प्रस, वीरगंज, ११ जेठ/
रिलिफ सोसाइटी अफ कमर्सले २२ औं स्थापना दिवस एवं २५५७ औं बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।
रिलिफ भवन, वीरगंज–१३, आदर्शनगर श्रीसियामा आज आयोजित समारोहका मुख्य अतिथि वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैद्यले रिलिफ सोसाइटी अफ कमर्सले बुद्धको मार्गदर्शनमा हिंडेर समाजसेवा एवं परोपकारमा अतुलनीय योगदान पुर्याइरहेको बताए ।
बालक, वृद्ध, गरीब तथा असहायलाई सेवा गर्नु सबैभन्दा ठूलो पुण्य हो र सो कार्य रिलिफले गरिरहेको भन्दै अध्यक्ष बैद्यले बुद्ध पूर्णिमाको अवसरमा अग्रजहरूले स्थापना गरेका रिलिफले स्थापनाको उद्देश्यबाट अलिकति पनि विचलित नभई निरन्तर अगाडि बढिरहेको चर्चा गरे ।
वीउवासङ्घ र रिलिफबीच अति नै नजिकको विशेष सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले भविष्यमा पनि यो सम्बन्ध कायम रहने र सेवा अभियानमा सहयोग आदानप्रदान भइरहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष बैद्यले आफ्ना पूर्वजहरूप्रति दृढ सड्ढल्पित संस्था रिलिफ सोसाइटी मात्रै भएको दाबी गर्दै पितृदेव आत्मशान्ति कार्यक्रमलगायतका धार्मिक कार्यक्रमहरूको पनि प्रशंसा गरे ।
कार्यक्रमका सभापति रिलिफका नवनिर्वाचित अध्यक्ष अशोककुमार लाठले रिलिफका संस्थापक अभिभावकहरूको सड्ढल्प र लक्ष्य पूरा गर्न आफू हरतरहले लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष लाठले रिलिफ परिवारका सम्पूर्ण सदस्य, समाजका अगुवा, समाजसेवी, बुद्धिजीवी, तथा परोपकारी सबै महानुभावहरूबाट सधैं रिलिफ अभियानमा सहयोग प्राप्त भइरहने विश्वास प्रकट गरे ।