Showing posts with label हाम्रो बारेमा. Show all posts
Showing posts with label हाम्रो बारेमा. Show all posts

Saturday, February 9, 2019

किन गरिन्छ सरस्वतीपूजा ?

किन गरिन्छ सरस्वतीपूजा ?


सञ्जय मित्र
    माघको शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीपूजा गरिन्छ । किन यसै दिन गरिन्छ त सरस्वती पूजा ?
    सरस्वतीको पूजा हिन्दू मान्यता हो । शास्त्रीय अर्थात् पौराणिक मान्यतानुसार सृष्टिको रचनाको समय ब्रह्माले विभिन्न जीवजन्तु र मनुष्यलाई उत्पन्न गरे । पृथ्वीमा जीवजन्तु, वनस्पति र मानिससमेतलाई देखेर उनी प्रसन्न भए तर केही बेरमैं ब्रह्मालाई लाग्यो कि सृष्टि मूक पो बनेछ त । उनी निराश भए । ब्रह्माले आप्mनो समस्या शिवलाई बताए । शिवले बताएको उपाय अनुसार ब्रह्माले आप्mनो कमन्डलुबाट जल छम्के । जल छम्केको ठाउँमा चमत्कार देखियो । चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् । त्यस स्त्रीको एक हातमा वीणा थियो र अर्को हात वरमुद्रामा थियो । बाँकी दुवै हातमा पुस्तक र माला थिए । ब्रह्माले स्त्रीलाई वीणा बजाउन अनुरोध गरे । अचम्म, स्त्रीले वीणा बजाउन शुरु गर्दा मधुर आवाज निस्क्यो । जसै वीणाको मधुरनाद निस्क्यो, तसै पृथ्वीका सम्पूर्ण जीवजन्तुलाई वाणी प्राप्त भयो । धाराको पानी कलकल गर्न थाल्यो, हावाले पनि सर्रसर्रको आवाज दिन थाल्यो, मानिसको पनि बोली फुट्यो, चराहरू चहचहाउन थाले । ध्वनिको पहिलो सञ्चरण भयो । ब्रह्मा हर्षित भए, उनलाई पृथ्वी पूर्ण भएको जस्तो अनुभूति भयो ।
    त्यही बेला ब्रह्माले स्त्रीलाई वाणीकी देवी भने, सरस्वती भने । स्त्रीको पहिलो नाम वाणीकी देवी सरस्वती भयो । सरस्वतीलाई वागीश्वरी, भगवती, शारदा, वीणावादनी, वीणपाणी तथा वाग्देवीसमेत अनेक नामले नमस्कार र पूजा गरियो ।
    भुइँमा जल छम्केको र सरस्वती प्रकट भएको दिन वसन्त पञ्चमी हो । श्रीपञ्चमी हो । अर्थात् श्रीपञ्चमीको दिन सरस्वती प्रकट भएकी हुनाले सरस्वतीपूजा यसै दिन गरिन्छ ।
    शिवेच्छाले ब्रह्माद्वारा प्रकटित सरस्वतीको प्रकटावस्थामैं एक हातमा पुस्तक थियो । पुस्तक भन्नु नै ज्ञान हो । पुस्तकबाट ज्ञान प्राप्त हुन्छ । ज्ञानको स्रोत पुस्तक भएको र विद्यार्थीहरूको दैनिकी यही पुस्तकसित हुने भएकोले विद्यार्थीले सरस्वतीको पूजा गर्दछन् ।
    संसारलाई वाणी प्राप्त भएकोले वाणी अर्थात् बोली अर्थात् आवाजको दुनियाँसित सम्बन्धित सबै र वीणा एउटा वाद्ययन्त्र भएकोले पनि गला तथा कला सबैको सम्बन्ध जोडिन पुग्छ । गीत गाउने, सङ्गीत बनाउने, शब्द कोर्ने र नृत्य गर्ने सबैको सोझो र साझा सम्बन्ध यस दिनसित रहेको स्पष्ट हुन्छ । यसै कारण कवि, साहित्यकार, कलाकार, गीतकार, सङ्गीतकार, मूर्तिकार, चित्रकार सबैले यस दिन चित्त शुद्ध पारेर आप्mनो कर्म गर्न चाहन्छन्, पूजा गर्दछन् वा पूजा नगरे पनि सम्झन्छन् कर्ममा ।
    वसन्त पञ्चमीकै दिन सरस्वती प्रकट भएको, यसै दिनदेखि संसारले वाणी प्राप्त गरेको, सङ्गीतको जन्म भएको तथा यसै दिन ब्रह्माले आप्mनो सृष्टि पूर्ण भएको ठानेको हुनाले कुनै पनि किसिमको कला र गलासँग सम्बन्धित हरेक व्यक्तिले सरस्वतीपूजा वा सरस्वतीको जन्मोत्सव मनाउने र मान्ने गर्दछन् ।

Wednesday, September 21, 2011

हाम्रो बारेमा

हाम्रो बारेमा


प्रकाशक    :    प्रतीक प्रकाशन समूह प्रा. लि. , वीरगंज–१४

प्रधान सम्पादक    :    जगदीशप्रसाद शर्मा


व्यवस्थापक/सम्पादक    :    विकाश शर्मा 

(मोबाइल नं. ९७७- ९८५०२१९१०, ९८११८२३५१०)
whatsapp No.: 9845021910

सम्पादक    :     शत्रुघ्न नेपाल


 समाचार सम्पादक    :    आर. के. पटेल

बारा विशेष प्रतिनिधि    :    गम्भीरा सहनी


मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छापाखाना)


त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज–१४ (नेपाल), 


पोस्ट बक्स नं. ७९, फोन नं. ०५१-५२५१२२/५२३१०५  
 
 
E-mail:  


prateekdainik@yahoo.com 


prateekdaily@gmail.com 

फरक समाचार

Find us