Showing posts with label स्वान्त सुखाय. Show all posts
Showing posts with label स्वान्त सुखाय. Show all posts

Friday, January 10, 2020

सीमाको यात्रा

सीमाको यात्रा


सञ्जय साह मित्र
 
   देश भन्नु प्राविधिकरूपमा सीमाभित्र समेटिएको भूगोल पनि हो । एउटा नक्शाले भुइँलाई छुट्याएको भौगोलिक परिवेश हो । तर सीमा क्षेत्रहरूमा राजनीतिक भूगोल विभाजनको उति धेरै प्रभाव परेको पाइन्न । दुई देशका ठूला शहरबाट अर्को देशमा पुग्नुपर्ने अवस्थामा हुने औपचारिक ग्रामीण क्षेत्रमा हुँदैन । खुला सिमाना भएको कारणले एउटा चरो स्वच्छन्दरूपमा उडेर एउटा देशको रूखबाट अर्को देशको देशको रूखमा उडेर सजिलै पुग्दछ । कतै यस्तो पनि छ कि एउटा देशको गाई अर्को देशको बाली चर्छ र फेरि फर्केर आउँछ । कसैको बाख्रा अर्को देशको बाली चरेर आप्mनो देश फर्किन्छ । सिमानाको आसपासमा रहेका बस्तीहरूलाई सार्वभौमसत्ता सम्पन्न दुई अलग–अलग देश हुन् भन्ने यथार्थ थाहा छ तर सामाजिक व्यवहारमा भने फरक देशको अनुभूति हुँदैन ।
 सीमा क्षेत्रभन्दा टाढा बस्ने सर्वसाधारणलाई सीमा क्षेत्र जहिले पनि उत्सुकताको विषय हुन्छ । मौका मिल्नासाथ सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न र त्यहाँको जनजीवनबारे बुभ्mन पुग्छु । सीमा क्षेत्रमा जतिपटक पुग्छु, सधैं लाग्ने गर्दछ कि मेरो देश यहाँभन्दा यता छ । म आप्mनो देशको सिमाना अहिले नाघ्दैछु वा अब म आप्mनो देशको सिमानामा प्रवेश गर्दैछु । आप्mनो देशको सिमानालाई छाडेर भारततिर जाँदा देश छाडेको र अर्को देशमा प्रवेश गरेको स्वानुभूति हुने गरेको छ ।
    अहिले भ्रमण वर्ष चलिरहेको छ । विभिन्न समयमा देशका विभिन्न कुनामा डुलेका यादहरू झल्झली याद आइरहेका छन् । कुनै भ्रमण वर्ष नहुँदाको समयमा पनि भ्रमणको महŒव उत्तिकै हुन्छ । मौका पाउनासाथ कतै भ्रमणमा निस्किने आप्mनो पनि बानी भएकोले एक दिन दुई देशका सिमानामा कैयौं किलोमिटर घुम्ने मौका पाएँ । घुम्ने सवालमा मलाई के लाग्छ भने आप्mनो जिल्लाको सीमान्त क्षेत्रलाई राम्ररी चिन्नु आवश्यक छ । आप्mनै जिल्लाको सीमान्त क्षेत्रलाई बेवास्ता गरेर बाहिर मात्र घुमेको छु भन्ने गर्व गर्नु पनि खोक्रो गर्व हो ।
    देशलाई भूगोलको रूपमा मात्र सीमा क्षेत्रले चिन्दैन । कतिपय सामाजिक विवाद दुई देशका मानिस मिलेर समाधान गर्दछन् । यहाँ सामाजिक समस्या भन्नुको अर्थ गाई, बाख्रा, जातभात, विवाह, भोज तथा यस्तै समस्याहरू हुन् । साँच्चै भन्ने हो भने सीमासँगै रहेका दुई गाउँका बासिन्दा दुई देशका जस्ता हुँदैनन्, एकै समाजका जस्ता मिलेर बसेका पनि छन् । एउटाको दुःख र सुखमा अर्कोले साथ दिन्छन् । उत्सवहरू उत्साहका साथ मिलेर मनाउँछन् ।
    सीमा क्षेत्रका बासिन्दाहरूसित आत्मीय गन्थनमा यस प्रकारका कुराहरू सामान्यरूपमा सुन्न पाउँछन् । एक देशको पीडितप्रति अर्को देशको नागरिकमा सामान्य किसिमको समवेदना पाइन्छ । रातको समयमा छठियारमा गीत गाउन, सत्यनारायण भगवान्को पूजाको प्रसाद खान, अन्य सामाजिक तथा सांस्कृतिक र पारिवारिक जमघटहरूमा एकअर्काका परिपूरकजस्तै सहभागी हुन्छन् । एकअर्काको मलामी जान्छन् । एकअर्काको परिवारको लमी बन्दछन् । कुनै गा¥होसा¥हो पर्दा हृदयदेखि नै सहयोग गर्दछन् । यतिसम्म कि नजीक विद्यालय जुन देशमा हुन्छ, त्यहीं भर्ना हुन्छन्, पढ्छन् । नजीकै हुँदा पनि जुन विद्यालयमा स्तरीय पढाइ हुन्छ, त्यहीं पढ्न जान्छन् । एउटा देशमा एउटा कक्षा र अर्को देशमा अर्को कक्षा पढ्ने कैयौं विद्यार्थीहरू छन् । घरायसी प्रयोगका सरसामानलगायतका वस्तु ल्याउने र लैजाने तथा अन्य व्यवहार गर्ने कुरा पनि एउटा परिवारको जस्तो हुन्छ । सम्भवतः यस्तै र यिनै कारणहरूले स्थानीय राजनीतिकर्मीहरूले बारम्बार भन्दै आएका छन् कि बेटीरोटीको सम्बन्ध छ ।
    साँच्चै सीमा क्षेत्रमा यात्रा गर्दा मनमा कहिले आप्mनो देशमा छु र कहिले आप्mनो देशमा छुइनँ भन्ने भइरहन्छ । कुनै बेला कतै सिमाना छुट्याउने आधार अलि साँघुरिएको जस्तो लाग्न पुग्छ त कुनै बेला दशगजा अलि फराकिलो भएजस्तो लाग्छ । कहीं यदि बाङ्गिएको दशगजा छ भने, कतै दशगजामा ठडिएको जङ्गे पिलर ठीक बीचबाट यताउति देखिएको भ्रम पर्छ भने यी अवस्थाका अनुभूतिहरूको स्वादमा बेजोड फरक हुन्छ ।
    साँच्चै मलाई के लाग्दछ भने हामी जतिसुकै देश विदेश यात्रा गरौं तर अलिकति सीमामा पनि समय दिनुपर्छ । सीमालाई पनि बुभ्mनुपर्छ । सीमामा बस्ने नागरिकलाई पनि चिन्नुपर्दछ । आप्mनै देश र आप्mनै देशको नितान्त छिमेकको जनजीवनलाई बुभ्mनुपर्छ । जनजीवनको अन्तर्य बुभ्mनुपर्छ । अझ वास्तविक जीवनको दर्शन त त्यत्तिखेर हुन्छ, जतिखेर नितान्त सर्वसाधारण बनेर हामी सीमा क्षेत्रमा स्वच्छन्द हुन्छौं । त्यहीं चरीजस्तो यायावर बनेर जो घरी यताको रूखबाट उडेर उताको रूखमा जान्छ र घरी उताको रूखबाट उडेर यताको रूखमा बस्छ । उसलाई दुई देशका रूख, सिमाना र नागरिक भन्ने केही मतलब हुँदैन । हो, यस प्रकारको अनुभूति लिन नितान्त यायावर बन्नु जरूरी छ । साँचो यायावर बनेर आप्mना सीमा क्षेत्रमा घुम्ने चाहना पनि अरूमा उमारौं । अवसर मिलाएर, समय मिलाएर र सम्भव भएसम्म सन्दर्भ मिलाएर यस प्रकारको यात्रा गरौं, जहाँ सुविधाको खोजी नहोओस् र आत्मीय हृदयले जनजीवनको स्पर्श होओस् । मलाई के विश्वास छ भने हरेकले एउटा यस्तो फरक अनुभूति पाउनेछन्, जुन साथमा रहेका अन्य साथीले पाएको नहोओस् । यात्रामा यायावरलाई तत्काल जे जस्तो अनुभूति होला तर कम्तीमा एक महीनापछि त्यहाँको आनन्दले अलग्गै किसिमले हृदयको स्पर्श गर्नेछ ।

Friday, January 3, 2020

यात्राका डोबहरूको पुनर्कथन

यात्राका डोबहरूको पुनर्कथन

सञ्जय साह मित्र
    अहिले नेपालले भ्रमण वर्ष मनाइरहेको छ ।
    हरेकले जीवनमा यात्रा गरेका छन् । यात्रा त जीवनको पुनर्ताजगी हो । कुनै कारणवश अहिले यात्रा गर्न समर्थ नभएका व्यक्तिहरूसित पनि यात्राका रमाइला कथाहरू छन् । यात्राका सुन्दर यादहरू छन् । अब त्यहीं यात्राका डोबहरूलाई एकचोटि पछ्याउने बेला आएको छ । यात्राको पुनर्कथनको आवश्यकता भएको छ ।
    समाजका दोस्रो र तेस्रो पुस्ताले कमसेकम हरेक दिन आपूmले विगतमा कहाँ यात्रा गरेको भन्ने कुरा आपूmभन्दा अनुजलाई सुनाउनुपरेको छ । पहिलेको यात्रावर्णन र अहिलेको यात्रावर्णनमा आउने भिन्नता र मिठासबारे सामाजिक बहस चलाउनु आवश्यक भएको छ । यस प्रकारको बहसको औचित्य कहाँनेर गएर पुष्टि हुन्छ भने सुन्नेलाई उत्प्रेरणा हुन्छ । उत्प्रेरित भएर त्यो ठाउँ पुग्ने, डुल्ने र कथनेसित एकचोटि फेरि यात्रावर्णन कथ्ने रहर जाग्दछ । हो, यही रहर त हरेक नेपालीमा जगाउनुपरेको छ ।
    यात्रा त हरेकले गर्नुपर्दछ । यात्राको आनन्द लिनुपर्दछ । हुनत कतिपयलाई यात्रामा निकै कठिनाइ हुन्छ । कतिपयलाई बसमा बान्ता हुन्छ भने कतिपयले आपूmलाई सानो गाडीमा ‘एडजस्ट’ गर्न सक्दैनन् । तर गन्तव्यमा पुगेपछि भने सबै रमाउँछन् । सवारीसाधनमा भएको कठिनाइलाई बिर्सेर पुगेको ठाउँ हेरेर आनन्दित हुने बानी चाहिं साँच्चै राम्रो हो । साँच्चै यात्रालाई आनन्दमयी बनाउने कुराको खोजी गर्ने र यात्राको कठिनाइलाई बिर्सने हाम्रो राम्रो बानीले आप्mनो यात्रालाई मात्र नभएर अरूको यात्रालाई पनि रमाइलो बनाउने गर्दछ ।
    एउटा उखान छ– थोर करे राम बेसी कविजी । अर्थात् रामको वर्णन रामले भन्दा कविले गर्न सक्छन् । यसको तात्पर्य यो पनि हो कि यात्राको वर्णन यात्रा भोगाइको आनन्दभन्दा यात्राको वर्णनले दिन सक्छ । यात्राबारे वर्णन गर्नु यात्राको भन्दा पनि आनन्ददायक हुने कुरो धेरैले बुझेका छन् । यस कारण कम्तीमा हरेक यात्राको वर्णन अनुजसित गर्नु आवश्यक छ ।
    अझ लेख्न सक्नेले यात्राको वर्णन लेख्नु पनि पर्दछ । यात्राको वर्णन लेख्दा सकेसम्म यथार्थ झल्किने सरल तर कलात्मक बनाएर लेख्नु राम्रो हुन्छ । यात्राका सम्पूर्ण पात्रहरूको नाम अटाउने गरी यात्राको डोबलाई पछ्याउनुपर्दछ शब्दमा ।
यात्रामा पुगेका स्थान तथा भेटेका पात्रहरूको बारेमा पनि थोरबहुत चर्चा गर्दै जानुपर्दछ किनभने ती पात्रहरूको पनि संलग्नता बढोस् । अझ सम्भव भएसम्म ऐतिहासिकता तथा तथ्य र बुझिएको सत्य पनि खोतल्ने प्रयास गरिनुपर्दछ ।
    लेखकहरूले आप्mना अभिव्यक्ति कुनै पत्रिका वा अनलाइनका लागि मात्र लेख्ने होइन । वर्तमान परिवेशमा सामाजिक सञ्जालको भूमिका पनि निकै ठूलो रहेको छ । सम्पूर्ण लेख, संस्मरण, नियात्रा वा यात्रावर्णनलाई सामाजिक सञ्जालमा जस्ताको त्यस्तै राख्नुपर्दछ भन्ने होइन तर कम्तीमा जुन ठाउँको यात्रा गरिएको हो, त्यस ठाउँको भ्रमण गर्ने उत्साह जगाउने कुरा भने अवश्य राख्नुपर्दछ । कम्तीमा एउटा तस्वीर अवश्य राख्नुपर्दछ । सामान्यतया के मान्यता छ भने कैयौं शब्दले बोल्ने कुरो एउटा फोटोले नै बोल्दछ । कुनै शब्दभन्दा पहिले फोटोमा सर्वसाधारणको आँखा पुग्ने गर्दछ । यस कारण वर्तमान परिवेशले सामाजिक सञ्जालमा पनि फोटोका साथै भ्रमणको उत्प्रेरणा जगाउने सामग्रीको अपेक्षा गर्दछ । यसलाई पारिस्थितिक धर्म वा कर्तव्य पनि मान्न सकिन्छ ।
    नेपाल भ्रमण वर्ष चलिरहेको वर्तमान अवस्थामा यसलाई प्रोत्साहन गर्न लेखकहरूले मात्र नभएर पत्रिका, अनलाइन, टेलिभिजन तथा रेडियो–एफएमका सञ्चालक वा प्रमुखहरूले पनि नेपाल भ्रमण वर्षसँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिनुपरेको छ । सम्भव भएसम्म हरेक दिन एउटा पठनीय सामग्री र कम्तीमा एउटा समाचार अवश्य प्रकाशित गर्नुपर्दछ । अझ आप्mना लेखक, स्तम्भकार तथा सहयोगी र संवाददाताहरूलाई यस प्रकारको सामग्री पठाउन प्रोत्साहित गर्नुपर्दछ । अझ सम्बन्धित सञ्चारमाध्यमका प्रमुखले आप्mना यात्राका डोबहरूलाई शब्दमा रूपान्तरण गरी सार्वजनिक गर्नुपर्दछ । यसले गर्दा सञ्चारमाध्यमका लेखक, पाठक तथा अन्य प्राविधिक पक्षका मानिसहरूलाई पनि आप्mनो यात्राको वर्णन, देशदर्शन तथा स्मृतिहरूलाई सार्वजनिक गर्न प्रोत्साहन होओस्, सजिलो होओस् ।
    नेपाल भ्रमण वर्षमा नेपालभित्रैका यात्राहरूलाई प्राथमिकता दिइनुपर्दछ । यात्राका विविधताहरूलाई पस्कनुपर्दछ । यात्रालेखनलाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्दछ । एउटा यात्राले अर्को यात्रालाई जन्माउने हुन्छ । यात्रा गर्ने, गराउने तथा यात्राको गन्तव्य निर्धारण गर्नेजस्तो सम्पूर्ण पक्षमा यस प्रकारको सामग्रीले सहयोग गर्दछन् । अहिलेको आवश्यकता भनेको यात्रालाई प्रोत्साहन गर्नु पनि हो ।
    थोरै भएपनि नेपालीहरू यात्रामा निस्कन थालेका छन् । नेपाली देशबाहिर पनि जान थालेका छन्, यात्राकै क्रममा । हो, विदेशमा यात्राको क्रममा पुगेका नेपालीले सकेसम्म आपूmले जोसित जसरी विदेशमा कुरा गर्न सकिन्छ वा प्रचारप्रसार गर्न सकिन्छ, त्यसरी नेपाल घुम्न आउने प्रस्ताव गर्नुपर्दछ । नेपालका प्रमुख पर्यटकीय स्थानको बारेमा त धेरैलाई जानकारी छँदैछ, अझ सानातिना पर्यटकीय स्थान तथा आप्mनो गाउँघर र शहरवरिपरिका प्राकृतिक तथा जैविक सम्पदाको बारेमा पनि बताउनुपरेको छ ।
    अहिले कतिसम्म बुझिएको छ भने धेरैलाई आप्mनै जिल्लाका पर्यटकीय स्थानहरूको बारेमा जानकारी रहेको छैन । जानकारीको अभावमा कतिपय पर्यटकीय सम्पदाको संरक्षण र संवद्र्धन हुन सकेको छैन । आप्mनै पर्यटकीय सम्पदाहरू उदास र निराश बनेका छन् । गुल्जार हुनुपर्नेमा उजाड बनेका छन् । हो, अब आप्mनै गाउँठाउँका यात्रा गर्न सकिने वा आपूmले गरे गराएको यात्राको वर्णन सार्वजनिक गर्नुपरेको छ । आप्mनै गाउँठाउँले पनि पर्यटकीय गन्तव्य पाउनुपरेको छ ।
    शायदै कुनै स्थानीय तह होला, जहाँ पर्यटकीय दृष्टिकोणले विकास गर्न सकिने ठाउँको अभाव होला । हो, भ्रमण वर्षमा कम्तीमा त्यस्ता सम्भावनाहरूको खोजी गरी सम्बन्धित निकायलाई घच्घच्याउन सकिन्छ । यस्तो कम्तीमा वातावरण बनाउन सकिन्छ, जसले गर्दा अन्य गाउँठाउँका मानिस त्यस्ता ठाउँमा पुगेर त्यस ठाउँको बारेमा कतै लेख्न सकून् र त्यसले सम्बन्धित निकायको कानमा पर्यटकीय महŒवको गुञ्ज पुगोस् । यात्राका डोबहरूको पुनर्कथनले यात्राका अन्य डोबहरूको निर्माण गरोस् ।

Friday, December 27, 2019

जाडो र सीमान्तवर्ग

जाडो र सीमान्तवर्ग

सञ्जय साह मित्र
    हुनत वर्षको सबैभन्दा सानो दिन र सबैभन्दा ठूलो रात भनेर मानिएको दिन गइसकेको छ तर जाडो भने ह्वात्तै बढेको छ । जसरी सामान्यतया दिउँसो १२ बजेको समयलाई मध्याह्न र रातिको १२ बजेको समयलाई मध्यरात मानिन्छ, त्यसरी नै गर्मी वा जाडो हुँदैन । प्रायः दिउँसो २ बजे सबैभन्दा बढी गर्मी हुने समय मानिन्छ र बिहानको ४ बजेलाई सबैभन्दा बढी जाडो हुने समय मानिन्छ ।
यसैगरी मौसमको सवालमा पनि के मान्यता रहेको छ भने वर्षको सबैभन्दा सानो दिन वा सबैभन्दा ठूलो रातको समयपछि नै वास्तविक जाडो शुरू हुन्छ । यसै पनि समाजमा के मान्यता छ भने सबैभन्दा जाडो पुस महीनामा हुन्छ ।
    पुस महीनामा दिउँसो घाम कम लाग्ने वा लाग्दै नलाग्ने, पूरा दिनभर घाम लागे पनि मधुरो लाग्ने, घामले नपोल्ने र बिहान, बेलुका तथा रातभरि निकै जाडो हुने, यदि कुहिरो लागेको समय छ भने दिन–रात एकै समान जाडो हुने हुन्छ । सबैभन्दा बढी जाडो हुने महीनामा दिन र रात एकै किसिमले घाम नलाग्ने समय भइदिंदा जनजीवन निकै प्रभावित हुन्छ । जनजीवनमा सामान्य मान्यता यो पनि रहेको छ कि माघको पहिलो दिनदेखि बिस्तारै जाडो कम हुँदै जान्छ । समयको चक्रको हिसाबले पनि यो उपयुक्त देखिन्छ कि सबैभन्दा ठूलो रातपछि बिस्तारै रातको अवधि कम हुँदै र दिनको अवधि बिस्तारै बढी हुँदै जाँदा तापमानमा यसको प्रभाव केही पछि नै देखिनु स्वाभाविक हो । यसैले माघको पहिलो दिनदेखि नै जाडो कम हुँदै गएको अनुभूतिजन्य मनोविज्ञान समाजमा निर्माण भएको हुनुपर्छ । शास्त्रहरूले पनि माघे सङ्क्रान्तिदेखि सूर्य उत्तरायण लाग्ने व्याख्या गरेको छ । सूर्य उत्तरायण लाग्ने भन्नाले एक अर्थमा सूर्यको ताप हाम्रो क्षेत्रमा वृद्धि हुँदै जानु हो किनभने सूर्य सबैभन्दा दक्षिण हुँदा सबैभन्दा बढी जाडो भोग्नुपर्ने हुन्छ ।
    सामान्यतया जाडो सबैलाई बराबरी लाग्दछ । प्रकृतिको घाम, पानी, हावा जस्तै जाडो पनि हो । गर्मीमा लू लागेर तथा आगलागी भएर, वर्षामा बाढी आएर र जाडोमा कठ्याङ्ग्रिएर जनधनको क्षति हुने गरेको छ । तराई मधेसमा जाडो, वर्षा र गर्मी सबै मौसम चुनौतीको रूपमा नै रहेको देखिन्छ । अत्यधिक गर्मीले जनजीवन प्रभावित हुने, वर्षाले जलमग्न हुने तथा जाडोले कठ्याङ्ग्रिने गरी सबै किसिमको मौसममा पूर्वतयारी हुनु आवश्यक हुन्छ तर पूर्वतयारी गर्ने सामथ्र्यवान्ले मात्र सक्छन् । सबैले आप्mनो बचाउको लागि पर्याप्त पूर्वसावधानी अपनाउन सक्ने अवस्था हुँदैन । मुख्यगरी गरीबी र अभावमा जीवन व्यतीत गरिरहेका वा दैनिक ज्यालादारीमा आप्mनो परिवारको भरणपोषण गर्नुपर्ने अवस्थाका मानिसलाई जाडोले निकै प्रभावित पार्दछ ।
    विपन्न वा सीमान्त वर्गलाई मात्र जाडो लाग्दछ  र अरूलाई लाग्दैन भन्ने होइन । मध्यम र उच्च वर्गलाई पनि उत्तिकै जाडो लाग्दछ । फरक यति हो कि मध्यम तथा उच्च वर्गले जाडोबाट बच्न सकेसम्म वैकल्पिक उपाय गर्ने सामथ्र्य राख्दछ । जाडोबाट बचाउन आप्mनो परिवारको लागि केही सकेसम्म पूर्वतयारी वा आवश्यकता अनुसारको तत्काल तयारी गर्न वा उपाय गर्न सक्छन् तर सीमान्तवर्गले भने यस किसिमको सामथ्र्य राख्दैन । यसैले यो वर्ग नै जाडो, गर्मी तथा वर्षाबाट अत्यधिक प्रभावित हुन्छ ।
    वर्तमानलाई हेर्ने हो भने निकै जाडो बढेको छ । अझ घाम नलागेको दिन त जाडोले जनजीवनलाई निकै कष्ठकर नै बनाउने गरेको छ । यस्तो दिनमा सीमान्तवर्गका मानिसलाई निकै कठिन भएको छ । असह्य जाडोमा काम गर्नुपर्ने र जाडोबाट पनि जोगिनुपर्ने गरी दोहोरो विरोधाभाषपूर्ण अवस्थाबाट गुज्रिनुपर्दछ । वास्तवमा यस प्रकारका विपन्न व्यक्तिहरूका लागि यस प्रकारका कठिन दिनहरू स्वतः सङ्घर्षपूर्ण हुन्छन् ।
    देशले बिस्तारै आर्थिक प्रगति गर्दै लगेको छ । साथै तीन तहको सरकारको पनि गठन भइसकेको छ । नजीक सरकार हुनु र आर्थिक प्रगति हुुनुजस्ता कुराले सीमान्तवर्गका नागरिकको जीवनलाई केही सरल बनाउन सजिलो हुनुपर्ने हो । अझ यस वर्गका बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, बिरामी तथा सुत्केरीलाई त झन् कठिन हुन्छ । यस वर्गका लागि जाडोबाट बच्ने सबैभन्दा सजिलो साधन भनेकै घुर हुने गरेको छ । कतै घुर वा धुनी बालेको देख्नासाथ आपूmलाई अलिकति तताउन पुग्छन् । घरमा चुलो बल्दादेखि चुलोको आगो ननिभ्दासम्म घरका सदस्यहरू मुख्यगरी साँझ र बिहान आपूmलाई तताउँछन् । घर, आँगन वा दुरामा घुर बालेर जाडो छल्छन् ।
    अति समस्यामा परेकालाई पहिचान गरी स्थानीय, प्रदेश तथा सङ्घ सरकारका प्रतिनिधिहरूले समयमैं ध्यान दिनुपर्ने हो । हुनत कुनै पनि तहको सरकारको सहयोग हरेकले लिन खोज्लान् तथा माग दाबी गर्लान् । सरकारमाथि सबैको हक बराबरी भन्ने कुरा पनि आउला तर वास्तवमैं समस्यापीडितको पहिचान गरी मानवीय नाताले समेत सरकार, विभिन्न सङ्घसंस्था तथा समाजसेवीहरूले सहयोग गर्नुपर्ने देखिन्छ । अति विपन्न परिवारका सदस्यहरू समस्यामा परेर वा समस्याले पीडित बनेर पनि कहाँ भन्न जाने तथा कससँग सहयोग माग्ने वा कसैले कसरी सहयोग गर्लान् भन्ने नै हुँदैन । सकेसम्म यस वर्गप्रति सहानुभूति राखेर जाडोबाट बचाउने प्रयास सबैतिरबाट हुनु आवश्यक छ ।

Friday, December 13, 2019

रौतहटेली पत्रकारिताका आरम्भकर्ताको वर्तमान

रौतहटेली पत्रकारिताका आरम्भकर्ताको वर्तमान


सञ्जय मित्र
    वर्तमानमा रौतहटको मानव सेवा केन्द्रका सचिव, ज्येष्ठ नागरिक समाज रौतहटका जिल्ला अध्यक्ष तथा नागरिक समाज रौतहटका सचिव विजयकिशोर झा जिल्लाका एक समाजसेवी हुन् । झाको परिचय रेडक्रससित पनि जोडिन्छ । विश्वमा समाजसेवी संस्थामा अग्रणी रेडक्रसको नाम अग्रस्थानमा आउँछ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटका कोषाध्यक्षसमेत रहेका झाले रेडक्रससित अनेक किसिमका सम्बन्ध राखेका छन् । रेडक्रसमा उनले निर्वाह गरेको भूमिका तथा पदीय दायित्व र अनुभवको एउटा लामो प्रेरणादायी कथा छ । यो कथा फेरि कुनै दिन यहीं मञ्चमा कथुँला । झाको परिचय शिक्षणसित पनि जोडिन्छ । लामो समयसम्म शिक्षण गरेका झा शिक्षक बनेपछि पत्रकारिता पनि गर्न थाले । अलिकति विचार गरौं न, एक व्यक्ति अनेक व्यक्तित्व हुनु उनको बहुमुखी प्रतिभाको सम्मानजनक दृष्टान्त हो ।
    बहुमुखी प्रतिभा विजयकिशोर झा सम्भवतः प्रथम पत्रकार हुन् रौतहटका । जहाँसम्म झालाई सम्झना छ, उनी पत्रकारितामा आउनुभन्दा पहिले न त कोही यहाँ पत्रकार थिए, न त कुनै पत्रिका नै । जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्रपत्रिका दर्ताको सङ्ख्या हेर्ने हो भने ७६ पुगेको र नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको सदस्य सङ्ख्या विचार गर्ने हो भने पनि ७२ रहेको वर्तमानमा जिल्लामा पत्रकारिताको आरम्भकर्ता झा दुई दशकदेखि पत्रकारितादेखि अलग छन् । पत्रकारिताको धर्म निर्वाह गरिरहेका नयाँ पुस्ताले विजयकिशोर झाको पत्रकारिताको इतिहास बिर्सन लागेको वा उनी विगतमा हाम्रो पथनिर्माता हुन् भन्ने पनि थाहा नपाउने सञ्चारकर्मीहरूको सङ्ख्या बढेको देखिन्छ ।
    जहाँ कोही पनि पत्रकार थिएनन्, जब कुनै पनि पत्रिका थिएन, तब पनि पत्रकारिताको सुरुआत गर्नु त्यतिबेला आपैंmमा अनौठो थियो । अनौठो दुई अर्थमा,  एक, कोही पत्रकार भनेको को हो भनेर नचिन्ने र दोस्रो, आपूmले गरेको काम पनि तत्काल नदेखिने । झन् पारिश्रमिकको कुरा त निकै पछि आउँछ ।
    पूर्वपत्रकार विजयकिशोर झाको पत्रकारिता २०२७ मा शुरू हुन्छ । २ पुस २०२६ देखि शिक्षण पेशामा पसेका लक्का जवान झाको जोसले अभ्यन्तरको आकर्षणबाट तानिएका हुन्, पत्रकारितातिर । अज्ञात आकर्षणले तानेर त्यतिबेलाको राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि बनेका झाको समाचार त्यतिबेलाको समाचार गोरखापत्र दैनिकमा छापिएर आउँथ्यो । आजको गोरखापत्र त चार/पाँच दिनपछि गौर आइपुग्थ्यो । राससकै समाचार भने रेडियो नेपालबाट सुनिन्थ्यो । रौतहटको समाचार रेडियो नेपालबाट सुन्न पाउँदा सर्वसाधारण दङ्ग पर्दथे ।
    त्यो जमानामा पत्रकार र पत्रकारिताको बारेमा समाजले अलिकति पनि बुझेको थिएन । यस कारण खासै कुनै महŒव पनि थिएन सर्वसाधारणको लागि पत्रकारिताको । जिल्लाको समाचार कतै नआउँदा अभ्यन्तरले तानिएरै पत्रकारिता पेशा अपनाएपछि जिल्लाका केही प्रतिष्ठितले भने अलिक सम्मान गर्थे । जिल्लामा प्रमुख जिल्ला अधिकारी, जिल्ला सभापति तथा प्रहरी निरीक्षकसित चिनजान र उठबस हुन्थ्यो । कतै कुनै भवनको शिलान्यास वा उद्घाटन हुँदा वा कुनै महŒवपूर्ण कार्यक्रम हुँदा, जन्मोत्सव तथा विभिन्न दिवसहरू मनाइँदा मैले पढाउने गरेको जुद्ध माविमा मान्छे पढाएर त्यतिबेला प्रजिअ, सभापति र इन्स्पेक्टर साहबहरूले बोलाएपछि कार्यक्रममा पुगेर समाचार लेख्थें । आप्mनो साधन नभएको कारण प्रायः उहाँहरूकै साधनमा बसेर कतै जाने र सँगै फर्किने गर्नुपथ्र्यो ।
    हुलाकमार्पmत् समाचार पठाउनुपथ्र्यो । कुनै ज्यादै महŒवपूर्ण समाचार भएमा बैरगनियाबाट रेल चढेर रक्सौल पुगेर फेरि वीरगंजमा एअरमेल गरेर फर्किनुपथ्र्यो । समाचार छिटो पुगोस् भनेर एक दिन पूरा खर्च हुन्थ्यो । तर पत्रकारिताको खर्च धान्न भने मुस्किल थियो । एउटा समाचारको तीनदेखि पाँच रुपैयाँसम्म पाइन्थ्यो । रकम एकैचोटि असारमा लिन जानुपथ्र्यो । यदि रजिस्ट्री गरेको तथा अन्य स्टेशनरीमा सामान्य खर्च लागेको छ भने वर्षभरि बिल–भर्पाइ सुरक्षित राखेर असारमा लिएर जानुपथ्र्यो ।
    केही समयपछि पत्रकारितामा मोहन शर्मा पुडासैनी आए । पुडासैनी पनि गौरकै हुन् । दुईजना भएपछि साथी हुने र सल्लाह पनि । तर आपूm मास्टर भएको हुनाले सधैंभरि उनैसित बस्न पनि नसक्ने । उनले आप्mनै पत्रिका पनि निकाल्ने प्रयास गरेका हुन् ।
    झाले ४३ वर्ष शिक्षण सेवामा बिताउँदा पत्रकारितालाई बीचैमा छाडे । बीचैमा छाडे पनि उनले दुई/चार वर्षमात्र गरेनन् । अहिले पत्रकारितामा लागेको पाँच वर्ष नपुग्दै आपूmलाई कसैले वरिष्ठ पत्रकार भनेपछि गर्व गर्ने र अरूलाई पनि आपूmलाई वरिष्ठ पत्रकार भन्न लगाउने प्रवृत्तिको विकास भइरहेको वर्तमानमा उनी वरिष्ठहरूका पनि वरिष्ठ हुन् । सम्भवतः पत्रकारिताको आरम्भकर्ता झाले २०२७ देखि २०५४ सम्म अर्थात् अढाई दशक राससकै जिल्ला प्रतिनिधिको रूपमा आप्mनो गर्विलो इतिहास कायम गर्नु चानचुने तपस्या होइन ।
    आप्mनो पत्रकारिता जीवनको सफलतापूर्वक रजत वर्ष मनाएर, रौतहटेली पत्रकारितालाई एउटा दिशा प्रदान गरेर, अनेक अनुजहरू उत्पादन गरेर र एउटा उचाइमा पु¥याएर विजयकिशोर झाले पेशालाई औपचारिक विश्राम दिए तर अद्यपर्यन्त अन्तर्हृदयमा आप्mनै रगत वा मुटुजस्तो लाग्ने पत्रकारितालाई अत्यन्त माया गर्छन् । राष्ट्रिय दैनिक कान्तिपुरका तत्कालीन सञ्चालक हेमराज ज्ञवालीले आपूmलाई जिल्ला प्रतिनिधि भएर काम गर्न भनेको र आपूmले दुई वर्ष कान्तिपुरको पनि जिल्ला प्रतिनिधिको रूपमा काम गरेको बताउँदा झालाई गर्वानुभूति हुन्छ । ज्ञवालीले आपूmलाई जिल्ला प्रतिनिधि भएर काम गर्न भनेको क्षणलाई सम्भिंmदा अहिले पनि आपूmलाई गर्वानुभूति हुने गरेको झा बताउँछन् ।
    जिल्लाका प्रथम तालीमप्राप्त शिक्षक अर्थात् जिल्लाका प्रथम आइएड विजयकिशोर झा आपैंmमा पाँच दशकको शिक्षा, पत्रकारिता, रेडक्रस तथा अन्य समाजसेवी इतिहास बुझेका जीवन्त वर्तमान हुन् । सम्मानित समाजसेवी व्यक्तित्व झाबाट नयाँ पुस्ताले अनेक क्षेत्रमा आप्mनो प्रेरणाको स्रोत बनाउन सक्छन्, अनेक विवेक ग्रहण गर्न सक्छन् । उनको जोसले अभैm पनि जिल्लालाई ऊर्जा दिइरहेको छ, समाजसेवाका अनेक गराहरूमा ।

Friday, December 6, 2019

एक रात लङ्कामा

एक रात लङ्कामा


सञ्जय मित्र
    यात्राको कहिलेकाहीं मिल्दोजुल्दो नामले रोमाञ्च सिर्जना गर्ने गर्दछ । नामप्रति रूढ मानसिकतालाई अलिकति असमञ्जस सिर्जना गर्दछ ।
    यात्रामा एक रातको लागि डेरा खोज्नु र सस्तो डेरा खोज्नु कहिलेकाहीं ज्यादै फरक विषय बन्न पुग्दछ । एकचोटि भारतको पश्चिम बङ्गालको दानकुने शहरमा भाषाले धेरै अप्ठ्यारो पारेर करीब तीन घण्टापछि लज भेटिंदा ज्यादै ठूलो उपलब्धि हासिल भएको अनुभूति भएको थियो । प्रायः ठूलो शहरमा सस्तोमा बसाइँको लागि धेरै बरालिनुपर्ने हुन्छ । उत्तर प्रदेशको वाराणसी अर्थात् बनारसमा पनि बिस्तारै साँझ पर्दै गएपछि डेराको समस्या होला कि जस्तो भएको थियो तर विश्वप्रसिद्ध धार्मिक नगरी भएको हुनाले अन्तर्मनमा विश्वास थियो कि हाम्रोअनुकूल डेरा पाउन त्यत्ति गा¥हो हुनेछैन ।
    बनारस हिन्दू विश्वविद्यालय परिसरमा नै सस्तो र सजिलो डेराको लागि केहीलाई हाम्रो टोलीले सोधपुछ गरेको थियो । साउन २०७५ को अन्तिम हप्ता हुँदै थियो । बिहारबाट झारखण्ड हुँदै फेरि बिहार भएर उत्तर प्रदेशको बनारस घुम्ने मुख्य अभिलासा लिएर घरबाट हिंडेको पाँचौं दिनमा बनारस आइपुगेका थियौं । बनारस प्राचीनता र आधुनिकताको सुन्दर सङ्गम शहर हो । अनेक हिन्दी सिनेमामा देखिएका विभिन्न तस्वीरहरूसित प्रत्यक्षमा साक्षात्कार गर्दै गर्दा कहिलेकाहीं सिनेमामा नै छौं भन्नेजस्तो पनि भएको हुन्छ । हामीले सानैदेखि सुन्दै आएको कुरो पनि बिर्सेका छैनौं– बनारसमा साँढे, एकल महिला र पण्डापुजारीबाट जोगिनुपर्दछ । त्यहाँको इटली भन्ने परिकार पनि खानुपर्दछ ।  गङ्गा आरती त हेर्नै पर्दछ । बनारसको विश्वविद्यालयमा नपुगी एउटा शिक्षितको लागि यात्रा अधूरै हुन्छ । काशी विश्वनाथ पनि दर्शन नगरी हुँदैन ।
    कहिलेकाहीं असमञ्जस हुन्थ्यो कि काशी हिन्दू विश्वविद्यालय हो कि बनारस हिन्दू विश्वविद्यालय । त्यहाँ अधिकांश ठाउँमा देवनागरीमा काशी हिन्दू विश्वविद्यालय र रोमनमा वाराणसी हिन्दू विश्वविद्यालय लेखिएको पाएपछि बिएयुको नामसम्बन्धी असमञ्जसपूर्ण सम्पूर्ण भ्रम हट्दछ । अझ वाराणसी वा बनारस भन्ने ठाउँ एउटै हो कि फरक भन्ने दोधार पनि त्यहाँ पुगेपछि सदाको लागि अन्त्य भएको छ । वास्तवमा भ्रमण र प्रयोगात्मक गतिविधिमा सहभागी हुँदा स्थायी ज्ञान प्राप्ति हुँदो रहेछ ।
    ठूला शहरमा बसोबासको समस्या हुने कुराले विदित हामीले सस्तो र राम्रो डेरा तथा आरामदायी र आपैंmले खाना बनाएर खान हुने ठाउँको सोधीखोजी गर्दै जाँदा अधिकांशको सल्लाह हुन्थ्यो लङ्कामा बस्नु राम्रो हुन्छ । बनारसमा लङ्का भन्ने ठाउँ भनेर पहिलोपटक सुनेको भने त्यहीं विश्वविद्यालय परिसरमा नै हो । यहाँ लङ्का भन्ने ठाउँ पनि छ भनेर पूरै विस्मित भएका थियौं । सबैजना एकसाथ विस्मित भएर लङ्का शब्द सुन्दा उही रामायणमा वर्णित लङ्कालाई नै बुभ्mन पुगेका थियौं । सबैलाई राम्ररी जानकारी छ कि यहाँ लङ्का छैन । दक्षिणी भारतभन्दा अझ दक्षिण समुद्रभन्दा पारि रहेको श्रीलङ्कामा रामायणकालीन धेरै अवशेष तथा प्रमाण भेटिएको तथ्य सार्वजनिक भइरहेको हामीले नबुझेका होइनौं । बनारसमा रहेको लङ्का शहरभित्रै हो कि अलि टाढा वा कुनै टापूजस्तो ठाउँ पो हो कि भन्ने जिज्ञासा सार्वजनिक हुुनु अस्वाभाविक होइन । मनमा फेरि शङ्काको बेमौसमी बादलले यस कारण ढाक्न पुग्दछ कि कतै लङ्का भन्ने ठाउँका मानिसको आचरण र व्यवहार अन्यत्रको सामान्य व्यवहारभन्दा फरक पो हो कि ? कतै असामान्य व्यवहार भएर नै प्रवृत्तिगत किसिमले यस ठाउँको नाम लङ्का रहन गएको पो हो कि ?
    काशी हिन्दू विश्वविद्यालयको उत्तरी मुख्यद्वारबाट निस्केर सीधैं बजारतिर जाँदा बीच बजारमैं छ लङ्का । लङ्का एउटा टोलजस्तोको नाम हो । त्यहाँ एउटा संस्कृत क्याम्पस छ । मुमुक्षु भवन भनेर सबैले चिन्दछन् । यो मुमुक्षु भवनभित्र बास बस्न पनि पाइन्छ । सामान्यतया तीन/चार सय मानिस त्यहाँ बस्न सक्छन् । सबै किसिमका सुविधा त्यहाँ उपलब्ध छन् । सेवामूलक संस्था भएकोले मानवीय सुविधाहरू पनि सबै उपलब्ध छन् । बाहिरबाट आउने सर्वसाधारणले निकै मन पराउने ठाउँ हो । वाराणसीका अटोरिक्शाचालकले पनि सजिलै बताइदिन सक्ने यो ठाउँमा असुविधा छैन । बनारस घुम्न जहाँ पनि सजिलो हुन्छ यहाँबाट । सबैभन्दा असल पक्ष वाराणसीका मुख्य आकर्षणहरू भनेर चिनिने गङ्गा आरती र काशी विश्वनाथ मन्दिर त्यहाँबाट पैदलै हिंडेर जान सकिन्छ । त्यहाँ गाडीको पार्किड्ढो लागि पनि पर्याप्त सुविधा रहेको छ ।
    लङ्काको बारेमा जान्ने जिज्ञासाहरू विभिन्न ठाउँमा पोख्दै जाँदा यत्तिका जानकारी उपलब्ध हुन्छन्, जसले गर्दा लङ्काको मुमुक्षु भवनमा बस्न हाम्रोलागि उपयुक्त हुने भनी ठान्दछौं तर समस्या हुन्छ समयको । बिस्तारै सन्ध्याको अवतरण हुने समय नजीकिंदै छ । कहिलेकाहीं त्यहाँ मान्छे भरिएपछि ठाउँको अभाव पनि हुन्छ किनभने कोठाहरू बूक गराएर मानिसहरू घुम्न निस्कन्छन् । सकेसम्म छिटो पुग्न पाए राम्रो सुझावहरूले बास बस्न ढुक्क भइसकेको मनमा हल्का चिसो बतासले छोएजस्तो हुन्छ । यद्यपि खोज्दै, सोध्दै र अगाडि बढ्दै हरेक पल दूरी घटाइरहेका छौं लङ्काको । मनमा एउटा लङ्का हेर्ने गरी । आजै सुनेको लङ्काको स्पर्श आजै गर्ने गरी गन्तव्यतिरको बाटो छोट्याइरहेका छौं ।
    लङ्काकै निकटमा हँुदा अलि आपैंmमा अलि फरक अनुभूति भएकोजस्तो हुन्छ । अनि मुमुक्षु भवनको नजीक पुग्दा एउटा सुखद आश्चर्यले मनको कुनालाई स्पर्श गर्छ । एकै छिनमा लङ्कामा पाइला टेक्छौं । यो लङ्का नक्कली होइन । पाइला टेकेको चाहिं लङ्का नै हो । सधैंको मानसिकता लङ्का भनेको श्रीलङ्का हो तर अहिले टेकेको भूमि पनि लङ्का नै हो । यो पनि सक्कली लङ्का नै हो । लङ्काको मुमुक्षु भवनभित्र छिर्छौं ।
    साँच्चै लङ्कासित नाम जोडिएकै कारण मुमुक्षुजस्तो पवित्र भवनभित्र पस्दै गर्दा कतै लङ्काकै कुनै भवनमा पसेको अनुभूति भइरहेको छ । यो अनुभूति आपैंmमा दुर्लभ छ । एउटा तिर्सनाको तुष्टि पनि हो कि ?
    हल्का पानी परिरहेको छ । यसले घुम्नलाई रोक्ने अवस्था छैन । बनारस, काशी वा वाराणसीको सबैभन्दा प्रसिद्ध बताइएको गङ्गाघाटमा डुङ्गामा बसेर हल्का रुझ्दै आरती हेर्छौं । पर्याप्त विदेशीहरू पनि हुन्छन् । फर्केर रातको बसाइँ उही लङ्कामा अवस्थित मुमुक्षु भवनमा हुन्छ ।
    त्यस भवनको उद्देश्य, त्यसमा सञ्चालित महाविद्यालयको उद्देश्य र त्यस ठाउँको पवित्रता सबै बुझेका छौं । अझ हामीले यस प्रकारको उद्देश्यको समर्थन पनि गर्दछौं तर राति सुत्नेबेलासम्म हामी लङ्कामा छौं भन्ने अनुभूति भइरहन्छ । यात्रामा बिताइएका अन्य रातहरूभन्दा यस ठाउँको नामले पनि अलिकति विशेष बनाइदिन्छ । लामो समयसम्म सम्झनाको कुनामा आप्mनो स्थान जमाइरहन सफल हुन्छ ।
    कहिलेकाहीं साथीहरूको बीचमा लङ्का पुगेको र लङ्कामा एक रात बसेको भन्ने भइरहन्छ । अझसम्म त्यो सामान्य बसाइँ नामकै कारण विशेष बन्न पुगेको छ ।

फरक समाचार

Find us