Showing posts with label स्वान्त सुखाय. Show all posts
Showing posts with label स्वान्त सुखाय. Show all posts

Friday, November 1, 2019

छठको विस्तार कसरी हुन पुग्यो विश्वव्यापी ?

छठको विस्तार कसरी हुन पुग्यो विश्वव्यापी ?


सञ्जय मित्र
    महाभारतको एउटा किंवदन्तीसित छठको सम्बन्ध रहेको सामाजिक मान्यता छ । कस्तो किंवदन्ती रहेको छ भने पाण्डवहरूले चौध वर्षको वनबास र एक वर्षको अज्ञातबास पाएकोमा अज्ञातबासको सफलताको लागि द्रौपदीले छठपूजा गरेकी थिइन् । एक वर्षको अज्ञातकालमा पाण्डवलाई कौरवपक्षले पत्ता लगाउन सकेको खण्डमा बा¥ह वर्षको वनबास पुनः प्रारम्भ हुने र त्यसको अन्त्यमा फेरि एक वर्ष अज्ञातबास बस्नुपर्ने हुन्थ्यो । अज्ञातबास शुरू हुनुभन्दा पहिले नै वनबास समाप्तिको अन्तिम समयमा पाण्डव तथा उनकी पत्नी द्रौपदीलाई अज्ञातबासको चिन्ताले सताउन थालेको थियो । कौरवका गोप्य दूतहरू जताततै थिए । अज्ञातबासको समयमा आपूmलाई कसरी जोगाउने भन्ने चिन्ता लागेको थियो । यसै समयमा एक रात द्रौपदीले देवी छठीको कठिन व्रत गरेमा अज्ञातबास सफल हुने सपना देखिन् । द्रौपदीले आपूmले देखेको सपना सबैलाई बताइन् । सबैजना धार्मिक प्रवृत्तिका थिए– सपनामा देखे अनुसार सबैको सल्लाहले द्रौपदीले कठिन छठव्रत गरिन् । व्रतको प्रभावले पाण्डवहरूको अज्ञातबास सफलतापूर्वक पूरा भएको देखिन्छ ।
कुन ठाउँमा भएको थियो पहिलो छठ
    मान्यताको आधारमा द्रौपदीले पहिलोपटक गरेको छठ वर्तमान रौतहटको समनपुर हो ।
    साक्ष्य ः प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा भुटनदेवी मन्दिर छ । यो मन्दिर निकै प्रसिद्ध छ । भुटनदेवीलाई हिडिम्बा भएको मानिन्छ । हिडिम्बाको विवाह महाभारतका प्रसिद्ध पात्र भीमसेनसित भएको पाइन्छ । भीमसेन र हिडिम्बाको संयोगबाट घटोत्कचको जन्म भएको थियो । त्यहीं हिडिम्बाको नामबाट कालान्तरमा यस बस्तीको नाम हेटौंडा भएको मानिन्छ ।
    गत वर्ष २८ कात्तिक २०७५ मा रवीन्द्र घिमिरे र राजन घिमिरेले ‘त्यो हेटौंडा, यो हेटौंडा’ शीर्षकमा अनलाइनमा लेखेको संयुक्त रिपोर्टमा पनि हेटौंडाको नामकरण हिडिम्बाको दाजु हिडिम्ब राक्षसको मृत्युपछि उनैको नाममा हेटौंडा बस्ती बस्न गएको किंवदन्ती रहेको उल्लेख गरेका छन् । यसबाट पनि महाभारतकालको वनबासको केही समय यस क्षेत्रमा बिताएको पुष्टि हुन्छ ।
    महाभारत युद्धमा भीमसेन र हिडिम्बाका छोरा घटोत्कचको मृत्यु कर्णको बाणबाट भएको थियो । महाभारत युद्ध सकिएपछि भीमसेन छोराको मृत्युको खबर पत्नी हिडिम्बालाई सुनाउन हतारिएका थिए । हिडिम्बा भएको ठाउँमा आउँदै गरेका भीमसेनले परैबाट आप्mनो हतियार गदा फालेका थिए । उनको गदा फालिएको ठाउँ नै हेटौंडा उपत्यका बनेको जनविश्वास रहेको छ । चुरे र महाभारत पर्वत शृङ्खलाको हेटौंडादेखि फुर्केचौरसम्मको पहाड उनले फालेको गदाले चकनाचुर भएको थियो । यो ठाउँको लम्बाइ करीब सो¥ह किलोमिटर रहेको छ ।
    रौतहटको गढीमाई नगरपालिकाको समनपुर ऐतिहासिक तथा पौराणिक घटनाहरूको आपैंmमा साक्षी छ । नेपाल–अङ्ग्रेज युद्धको समयमा स्थानीयवासीले नै तोप तथा अन्य अत्याधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेजी फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । यस बजारको सम्बन्ध प्राचीन इतिहाससित पनि रहेको छ । तत्कालीन नेपाल (काठमाडौं) र पाटलीपुत्र (पटना)को व्यापार बागमती नदीको किनारै किनार हुँदा समनपुर ठूलो व्यापारिकस्थलको रूपमा थियो । प्रसिद्ध विद्वान् प्राडा योगेन्द्रप्रसाद यादवले यहीं समनपुरमा केही समय प्रसिद्ध चिनियाँ यात्री हु–एन–साङ आएर बसेका थिए भन्ने उल्लेख गरेका छन्, एउटा अनुसन्धानमा । यसै बजारनजीक एउटा महादेव मन्दिर रहेको छ । महादेव मन्दिर स्थापनाको विषयमा प्रचलनमा रहेको किंवदन्ती पनि महाभारतसितै सम्बन्धित रहेको छ ।
    पाण्डवहरूले अज्ञातबासको सुरुआत यहींबाट गरेका थिए । द्रौपदीले बागमती नदीको किनारमा छठव्रत गरेपछि अज्ञातबासको लागि पाण्डव एउटा सुरुङमा पसेका थिए । सुरुङभित्र पसेपछि सुरुड्ढो प्वाल बाहिरबाट बन्द गर्न मुखैमा एउटा ढुङ्गा हालेका थिए । सुरुङभित्र चार दाजुभाइ, द्रौपदी र आमा पसिसकेपछि सबैभन्दा पछि पसेका भीमसेनले सुरुङ नदेखियोस् भन्ने उद्देश्यले सुरुड्ढो मुखमा ढुङ्गा हालेका थिए । आज पनि के विश्वास रहेको छ भने महादेवमाथि जतिसुकै जल चढाए पनि पानी कहाँ जान्छ भनेर थाहै हुँदैन । सुरुड्ढो मुखमाथि ढुङ्गा राखिएकोले पानीजति सुरुङम पस्दछ भन्ने विश्वास स्थानीयवासीको छ । सुरुङमा पसेर अज्ञातबास शुरू गरेका पाण्डवहरू बागमती नदीपारि गएर केही दिनको यात्रापछि विराटनगरका राजा विराटको दरबारमा भेष बदलेर पुगेका थिए, जहाँ उनीहरूले अज्ञातबास पूरा गरेका थिए ।
    महादेव भनेर पूजा भइरहेको ढुङ्गा भीमसेनले ल्याएको हो भन्ने विषयमा पनि स्थानीयवासीमा फरक विश्वास रहेको छ । हिडिम्बासित बिहे भएपछि केही समय हेटौंडाकै आसपासमा रहेको जङ्गल तथा पहाड र नदी किनारमा विहार गरेका थिए । यसैक्रममा चुरे पहाडमा पनि बागमतीको किनारमा गएका थिए । एक दिन भीमसेनले पहाडको टुप्पोमा पुगेर ख्यालख्यालमैं एउटा ढुङ्गा फालेका थिए । त्यहीं ढुङ्गा केही समयपछि उनलाई सुरुड्ढो मुखमा हाल्न काम लागेको थियो ।
    द्रौपदीले अज्ञातबासको सफलताको लागि छठ गरेको र अज्ञातबास प्रारम्भ भएको ठाउँ रौतहटको समनपुरमा रहेकोले छठको सुरुआत रौतहटको समनपुरबाटै भएको हो भन्न सकिन्छ ।
    छठपूजामा प्रयोग गरिने सम्पूर्ण सामग्री तथा विधिविधानलाई राम्ररी विचार गर्ने हो भने सम्पूर्ण सामग्री यस क्षेत्रकै किसानको घरखेतका नै रहेबाट पनि यसको पुष्टि हुन्छ ।
विश्वविस्तार
    बागमती नदी किनारमा रहेको समनपुर छठको उद्गमस्थल हो । नदी किनारमा छठको प्रारम्भ भएको र अज्ञातबासजस्तो कठिन कार्य सफल भएकोले छठपर्व नदी किनार र जलाशयमा नै हुन थालेको देखिन्छ । तत्कालीन समनपुरको सीधा सम्बन्ध पाटलीपुत्र र कान्तिपुरसित रहेको थियो । तत्कालीन अवस्थामा संसारको सबैभन्दा ठूलो युद्ध भएको र युद्धको कथाका साथै द्रौपदीप्रति सबैको सहानुभूति रहेकोले यस पर्वले विस्तार पाएको थियो । तर यसबारेमा कसैले उल्लेख किन गरेनन् भने यस पर्वमा कुनै शास्त्रीय देवदेवीको पूजा कुनै शास्त्रीय विधिअनुकूल गरिएको थिएन ।
    द्रौपदीले पहिलोचोटि छठव्रत गरेको कुरो बारम्बार विभिन्न मिडियाहरूले उल्लेख गर्ने गरेका छन् ।
    छठको विस्तार यसै क्षेत्रबाट भएको हो । सबैभन्दा प्रचलित क्षेत्र पनि यहीं नै हो । बिस्तारै यहाँबाट छठ पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर पैmलँदो छ । यस क्षेत्रका बासिन्दा विभिन्न कारणले जताजता र जहाँजहाँ पुग्दैछन्, आप्mना अन्य संस्कृति बिर्से पनि छठलाई भने बिर्सेका छैनन् । छठपर्वको रूपमा मात्र नभई सांस्कृतिक जिनको रूपमा मन, मस्तिष्क तथा जीवनको एउटा अङ्गको रूपमा स्थापित भइसकेको छ । यस कारण यसको विस्तार विश्वव्यापी हुँदो छ ।

Friday, October 11, 2019

दशैं ः एक सांस्कृतिक फ्युजन

दशैं ः एक सांस्कृतिक फ्युजन


सञ्जय मित्र
    सीमाञ्चल क्षेत्रको दशैंलाई आधार मान्ने हो भने जति पाइलो उत्तर वा दक्षिण बढ्छ, मान्ने प्रक्रियामा पार्थक्यको मात्रा बढ्दै जान्छ । उत्तरमा चुरे पहाडको फेदीसम्म पुग्दा सीमाको दशैंभन्दा धेरै भिन्न भइसक्छ । सीमालाई नाघेर दक्षिणतिर जाने हो भने चुरे पहाडको फेदभन्दा नितान्त फरक दशैंको स्वरूप देख्न पाइन्छ ।
    पर्व दशैं नै हो । मान्ने तरीका फरक छ । दशैं मुख्य पर्व भएपनि यसको मान्ने संस्कृतिमा भने भिन्नताले यसको स्वरूप अन्यत्र पनि फरक होला भन्ने अनुमान गर्न सजिलो हुन्छ । सञ्चारमाध्यमहरूले भारतमैं विजयादशमीको दिन कतै रावणको पूजा गरेको र कतै रावणलाई पूरै नकारात्मकरूपमा प्रस्तुत गरी मनाइएको देखिन्छ । दशैंको मान्यता फरक रहेको सन्दर्भ अन्य पनि छन् ।    दशैंमा सामान्यतया महिषासुरलाई दुर्गाले मारेको मूर्ति बनाइन्छ । दुर्गालाई भगवती र पृथ्वीको उद्धारकर्ता तथा सबै भक्तजनलाई मनोवाञ्छित फल दिने मानिन्छ । यसको विपरीत महिषासुरलाई संसारको सबैभन्दा ठूलो खलनायकको रूपमा प्रस्तुत गरिन्छ । विज्ञान र प्रविधिले यति धेरै विकास गरिसकेको छ तर अन्धविश्वासमाथिको विश्वास झन् बढेको छ । महिषासुर शब्दमा महिष र असुर गरी दुई शब्द छन् । महिषको अर्थ भैंसी हुन्छ र असुर भनेको सुर होइन । सुर भनेको देउता हो । देउता पनि एक जाति हो र देवताको जाति नहुनु असुर हुनु हो । अर्थात् असुर हुनु राक्षस हुनु होइन र पहिले पनि यसै स्तम्भमा लेखिसकेको छु कि राक्षस पनि एक जातको रूपमा अस्तित्वमा रहेको थियो । राक्षसको काल्पनिक चित्र वा मूर्ति अहिले देखाइएजस्तो होइन कि अन्य मानिसजस्तै हुन्थे । जातिगत विभेद विकराल थियो र राक्षसलाई सबैतिरबाट आक्रमण गरियो र उनीहरूले पनि आप्mनो जात लुकाए वा कालान्तरमा जात परिवर्तन गर्दै गए ।
    यसपालिको दशैंमा फेसबूकमा एउटा चित्र प्राप्त भयो । चित्रले यस कुरालाई पुष्टि गरेको छ । फेसबूकमा पाएको चित्र यहाँ प्रस्तुत छ । यस चित्रले कसैलाई नकारात्मक असर पु¥याउँछ भने क्षमायाचना गर्छु । कसैको भावनामाथि ठेस पु¥याउनु यसको उद्देश्य होइन । मैले यो चित्रको विषयमा कतिपय अग्रजसित सल्लाह गरेको छु र फेरि पनि क्षमायाचना गर्छु कि यसको भावले कसैलाई ठेस पु¥याउन पुग्छ भने । फेसबूकबाट लिइएको यो चित्रले महिषासुरलाई भैंसीपालकहरूको राजा स्वीकारिएको छ । नेपालको इतिहासलाई हेर्ने हो भने यहाँ पनि प्राचीनकालमा महिषपाल वंशको शासन रहेको थियो । नेपालका महिषपाल शासक र यस चित्रमा भनिएको वंशबीचको सम्बन्धबारे खोजीनिती गर्नु जरुरी छ । काठमाडौं उपत्यकामा लामो समय राज्य सञ्चालन गरेका महिषपाल वंश कहाँ गए र अहिले कता छन् तथा तिनका वंशका अहिले को को छन् भन्ने कुरो पनि खोजीको विषय हो र यहाँ चित्रमा भनिएको वंशको सम्बन्ध यहाँ आपूmलाई सोही जाति वा थरको जस्तो लाग्ने मानिसबीच सम्बन्ध हुन वा नहुन पनि सक्छ । कारण एउटै थर भएका मानिसका अनेक जात हुन्छन् र एउटै जातमा अनेक थर पनि हुन सक्छन् । एउटै पिताका अनेक सन्तानमध्ये सबैको रूप, रङ्ग, स्वभाव, शारीरिक बनावट, बुद्धि र बल, वृत्ति आदिमा फरक पर्दछ भन्ने कुरो पनि हामीले बुझेका छौं । साथै भूगोल, समयको अन्तराल र तत्कालीन समाजको प्रभाव पनि मानिसको व्यक्तित्वमा परेको हुन्छ । यस चित्रका सम्बन्धमा यी पक्षमाथि विचार पु¥याउनु पनि आवश्यक छ ।
    गाउँ, काँठ र शहरमा मनाइने दशैंमा भिन्नता छ । गाउँमा अभैm पनि दशैंको जुन रूप छ, काँठ र शहरको तुलनामा त्यहीं नै मौलिक हो । यद्यपि दशैंले वैश्विक परिवर्तनलाई निरन्तर स्वीकार गर्दै गएको छ । दशैंलाई कसरी मान्ने भन्ने विषयमा बालबालिका, त्यहीं समाजका युवा र बाहिर काम गर्ने युवा, प्रौढ र ज्येष्ठ नागरिकका मन बाझिएको पाइन्छ । यसको अर्थ यो पनि हो कि दशैं मनाउनेसम्बन्धी हाम्रो दृष्टिकोणमा पनि स्थिरता रहेको छैन । दशैंको मान्यतामा प्mयुजन त छ नै मान्ने तरीकामा पनि छ ।
    नयाँ लुगा किन्नै पर्ने, घरआँगन सफा गरी सकेसम्म रङ्गरोगन गर्नुपर्ने तथा वर्षभरिका सबै पर्वमध्ये ठूलो पर्वको रूपमा दशैंलाई मान्ने र सामान्य धार्मिक पर्वको रूपमा मान्दै भाकल गरिए अनुसार बलि प्रदान गर्ने गरी दुई किसिमका सांस्कृतिक अन्तर्घुलनले दशैंमा जीवन्तता थपेको छ । विजयादशमीको दिन निधारमा टीका लगाउने वा चन्दन लगाउने दुवै प्रवृत्ति हुँदा पनि अब उत्सुकता यस कारण कम भएको छ कि समाजले बिस्तारै बुभ्mदै गएको छ अधिकांश निधार रित्तै भएपनि । महानवमीका दिन बलि प्रदान गर्ने चलन चुरेको फेदीसम्म विस्तार भइसक्यो ।
    विदेशमा रहेका हिन्दू नेपालीले दशैंलाई जति उत्साहका साथ मनाउँछन्, उत्तिकै उत्साह होलीमा पनि देखाउँछन् । विदेशमा रहेका नेपालीको सामूहिक पहिचानमा दशैंले सहयोग गरेको छ । साथै सामुदायिक, जातिगत तथा प्रवृत्तिगत पहिचानको आधारलाई पनि दशैंले केही सहयोग गरेको छ । यद्यपि विदेशमा दशैंलाई जतिसुकै रमाइलो गरेर मनाइँदा पनि स्वदेशको जस्तो हुनै नसक्ने दाबीहरूसमेत आउँदा त्यस दाबीमा सांस्कृतिक गौरवको अनुभूतिको पक्ष पनि रहेको छ । विदेशमा लामो समय दशैं मानेकाहरूको मनलाई छुने प्रयास गर्दा अब यहाँ पनि आत्मीयताको रङ्गमा खल्लोपन आएको स्वीकार्दछन् । दशैं पहिलेजस्तो यहाँको गाउँमा समेत रहेन भन्ने गुनासो गर्दा मौलिकताप्रतिको चिन्ता हुन्छ कि परिवर्तन भएको पक्षमा सुधारको भन्ने छुट्याउन मुस्किल हुन्छ ।
    कतै खूब खाइन्छ भने कतै शुद्ध शाकाहारी मनाइन्छ । कोही त पहिलो दिनदेखि दशैं खान शुरू गर्छन् भने कोही महानवमीसम्म अन्न नै त्याग गर्दछन् । भएभरको मोज गर्ने यसैमा हो भने अनन्त साधनाको प्रयास पनि यसैमा गरिन्छ । दशैंलाई भेटघाटमा बिताउने कि घर छाडेर कतै जानै नमिल्ने गरी मनाउने गरी समाजका दुई विपरीत प्रकृति रहेका छन् ।


Friday, September 27, 2019

सीताको अपहरण रावणले गरेकै हो ?

सीताको अपहरण रावणले गरेकै हो ?

सञ्जय मित्र
    हाम्रो संस्कृतिमा सर्वाधिक चर्चित कथा नै रामकथा हो । यस संस्कृतिका अन्य धर्मावलम्बीहरूबीच पनि रामायण महाकाव्यको मूल कथा उत्तिकै श्रुत्य छ । वर्तमानमा रामकथाको मूल स्रोत वाल्मीकीय रामायण हो । वाल्मीकीय रामायणलाई नै मूल आधार मानेर अन्य रचनाकारहरूले पनि विभिन्न नाममा रामायण लेखेका छन् । रामायणको लेखनमा उद्देश्यगत भिन्नता पनि पाइन्छ । रामायण लेखिएको जमानामा प्रचलित अन्य आख्यानहरूका प्रवृत्ति वा पूर्वीय साहित्यको मान्यता सुखान्त रहेकाले रामायणलाई दुःखान्त नमानिएको र लवकुशकाण्ड पछि आएर थपिएको र लेखकहरूले आआप्mना तर्क, तथ्य र मिथकहरूलाई जोड्दै अनेक किसिम र कोणबाट विश्लेषण गरिएका रामकथा लेखे र अद्यपर्यन्त यो चलिरहेकै छ ।
    मिथकहरू आप्mनै महŒव राख्ने हुन्छन् र पूर्णतया निरर्थकै हुन्छ भन्ने होइन । कुनै युगको निश्चित तर्कको प्रतिनिधित्व मिथकहरूले गरेका हुन्छन् । मिथक र रामकथाका केही प्रसङ्गबारे अहिले दशैंको समय भएकोले चर्चा गर्दा सान्दर्भिक होला भनेर यो आलेख प्रस्तुत गरिएको छ ।
    अध्यात्ममा विश्वास गर्नेहरूले भन्छन्– सीताको अपहरण भएकै होइन ?
    कसरी ?
    सीताको अपहरण गर्ने हैसियत, सामथ्र्य र शक्ति रावणमा थिएन ।
    शिवलाई उठाएरै लैजान सक्ने सामथ्र्य भएका रावणचाहिं कसरी सीतालाई अपहरण गर्ने सामथ्र्य राख्दैनथे?
    सबैलाई थाहा छ कि एक दिन बिहान घर लिपपोत गर्नेक्रममा सीताले शिवधनुषलाई बायाँ हातले उठाएर लिपपोत गरी फेरि पुरानै ठाउँमा जस्ताको त्यस्तै राखेकी थिइन् । त्यो त्यही शिवधनुष हो, जसलाई विश्ववीरहरूले उठाउन त के हल्लाउनसमेत सकेनन् स्वयंवरमा । त्यहाँ रावणले पनि शिवधनुषलाई उठाउने प्रयास गरेका थिए । जब सीताले बायाँ हातले अति हलुँगो सामान्य वस्तुजस्तो गरी उठाएको शिवधनुषलाई रावणसमेतका विश्ववीरहरूले हल्लाउनसमेत सकेका थिएनन् भने सीता आपैंm परमवीर थिइन् भन्ने प्रमाणित हुँदैन ? अनि सीतालाई रावणले अपहरण गर्न सक्छ भन्ने सामथ्र्य रावणमा थियो भन्ने पत्याउने    अर्को पनि तर्क छ ।
    लामो समयसम्म सीतालाई लङ्काको अशोक वाटिका राखिएको थियो । रावण बारम्बार अनुनय विनय गर्थे । बारम्बार धम्की दिन लगाउँथे । अनेक त्रास देखाउँथे तर त्यसभन्दा अगाडि बढ्न सक्दैनथे । एक दिन उनले सीतालाई डरले नै थर्कमान बनाइ आप्mनो कुरा मान्न लगाउन हातहतियारले सम्पन्न राक्षस दल लिई पुगे । त्यहाँ पुगेर रावणले सबै कला लगाए, थर्काउनसम्म थर्काए तर सीताले एउटा तृण अर्थात् घाँस उठाएर थर्काइन् कि सबै हतियारभन्दा यो ठूलो हो, मेरो आह्वानमा यसले भस्म गरिदिन्छ । सीताको तृणको डरले रावण केवल धम्की दिएरै फर्के । यहाँनेर हातहतियारले सुसज्जित रावणसेना किन त्यत्तिकै फर्के ?
    तर्क त यस्तो पनि छ ।
    सीताले दुई सन्तानलाई जन्म दिएपछि वनमैं राम्ररी शिक्षा दिन्छिन् । त्यतिबेलाको चलन अनुसार धनुर्विद्या र तर्कशास्त्रमा पारङ्गत भएपछि रामको अश्वमेध यज्ञको समयमा पितापुत्रको मिलन हुन्छ । दुई पुत्रको भरणपोषण भइसकेको हुन्छ । रामले पनि कामकाजका विभिन्न फाँटमा सीताको आवश्यकता रामले महसूस गरिरहेका हुन्छन् । तर पनि आप््mनो प्रतीज्ञाको कारणले सीतालाई भिœयाउन सक्ने अवस्था हुँदैन । तर जब सीतालाई रामले आपूmसित अयोध्या फर्किनलाई आग्रह गर्दछन्, तब सीताचाहिं अस्वीकार गर्दछिन् । सीताको अस्वीकृतिपछि रामले अझ भावुक भएर घर फर्किन बल गरेपछि सीताले धरतीलाई फाट्न भन्छिन् । सीताको भनाइपछि धरती फाट्छिन्, जसमा सीता पस्छिन् ।
    विश्ववीरहरूले उठाउन नसकेको त्यतिबेलाको सर्वाधिक प्रचलित हतियारमा गणना हुने परम्परागत शिवधनुषलाई बायाँ हातले उठाउन सक्नु, जसको हातमा एउटा तृणले हतियारसम्पन्न सेनालाई फर्काउन सक्नु र जसको आदेशले धरती नै फाट्न सक्नुले सीताको शक्तिलाई दर्शाउँछन् । बायाँ हातमा सामान्य शक्ति कति थियो ? उनले तृणलाई नै शक्तिशाली हतियारहरूभन्दा पनि शक्तिशाली बनाउन सक्छिन् भने उनमा जुनसुकै कुरालाई हतियारमा परिणत गर्ने क्षमता थियो । यसैगरी जसको आदेशमा धरती फाट्न सक्छ भने उनको बोलीमा कति शक्ति छ भन्ने देखाउँछ । यति धेरै शक्तिशाली सीतालाई रावणले अपहरण गर्न सक्छ भन्ने कुरामा विश्वास छैन ।
    सीताको विषयमा यसो पनि भनिन्छ ।
    जब विवाहपश्चात् सीता अयोध्या पुगिन्, तब केही दिनपछि परम्परा अनुसार सीताले एक दिन घरमा खाना पकाउनुपर्ने भयो । उत्तर भारत र दक्षिण नेपालका हिन्दू समुदायमा यो प्रथाकै रूपमा रहेको छ कि विवाहपश्चात् भित्रिएकी बुहारीले घरमा पहिलो दिन खाना पकाउँदा विशेष मानिन्छ । त्यो भोजन नै विशेष मानिन्छ । सीताले पनि त्यो गर्नैपर्ने थियो र एक दिन त्यो गर्नुपर्ने भयो । सीताले पहिलो दिन आपूmले पकाएको खाना खाने मान्छेको योग्यता कस्तो हुनुपर्छ भन्ने कुरो बताइन् । आपूmले पकाएको खानाको पहिलो गाँस खाने मान्छेको लागि तोकिएको योग्यता भएको मानिस नभेटिंदासम्म खाना पकाउन उचित नहुने बताइन् । अयोध्या नरेश आपैंm विभिन्न शास्त्रका ज्ञाता थिए । तोकिएका सबै गुण केवल रावणमा मात्र भेटिन्थ्यो । रावणलाई खाना खाने निम्तो दिइयो र रावणले एक रात अयोध्यामा राजा दशरथको आतिथ्य ग्रहण गरेर सीताले पकाएको खानाको पहिलो गाँस खाए । त्यो पहिलो गाँस जुन ससुरोको नाता पर्नेले खानुपर्ने थियो, रावणले खाए । यस सन्दर्भले रावणचाहिं सीताको पितातुल्य थिए र उनले अपहरण गर्ने कुरै होइन । ससुरो र बुहारीको नाताले गर्दा सीतालाई रावणले अपहरण गर्ने हैसियत राख्दैन वा अपहरण गर्नै सक्दैन भन्ने तर्क गरिन्छ ।
    उसो भए अपहरणमा पर्ने को त ?
    आधुनिक भाषामा नाटक र परम्परागत भाषामा लीला ।
    अहिले पनि नाटक गर्दा मानिस झुम्मिन्छन् । कसैले भनेर नबुभ्mने तथा नसुन्ने हुन्छ तर गरेर देखाएपछि भने बढी शिक्षाप्रद भएको मानिन्छ । सीताको अपहरण पनि केवल नाटक वा लीला मात्र हो । वास्तविक होइन ।
    सीताको अपहरण हुने कुरा सीतालाई पहिले नै थाहा थियो । रामलाई पनि थाहा थियो । लक्ष्मणलाई थाहा थिएन । मायाको सीतालाई अपहरण गराइएको हो र वास्तविक सीता कुनै देवताकहाँ पठाइएको थियो । मायाको सीता वा सीताको प्रतिरूपलाई रावणले अपहरण गरेको देखाइएको छ । रावणमाथिको विजयपछि सीताको अग्निपरीक्षा भनेको अग्निको बहानामा वास्तविक सीतालाई रामको हातमा सुम्पन र मायाको सीतालाई आप्mनो ठाउँमा पठाउन अग्निपरीक्षाको आयोजन गरिएको थियो ।
    यस्ता प्रसङ्गहरूले रामकथामा अनेक किसिमले विचार गर्नुपर्ने बनाउँछ । रामायण वा रामकथा कुन लेखकको पढ्ने र कुन उद्देश्यले पढ्ने भन्ने पनि हेर्नुपर्छ ।

Monday, September 9, 2019

खुला दिसायुक्त कालिकामाई गापा खुला दिसामुक्त घोषित

खुला दिसायुक्त कालिकामाई गापा खुला दिसामुक्त घोषित

खुला दिसामुक्त घोषणासभा कार्यक्रम र बाटोमा मलमूत्र  भएको दृश्य । तस्वीरः प्रतीक
प्रस, पोखरिया, २३ भदौ/
    कालिकामाई गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सबै सडक दिसायुक्त भएपनि सोमवार सो गापालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
    आज जिल्ला समन्वय समिति, पर्साका सभापति नेक महम्मद अन्सारीले कालिकामाई गापालाई खुला दिसामुक्त क्ष्Fेत्र घोषणा गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्काले गापाका सबैलाई खुला दिसा नगर्न प्रतिबद्धता जाहेर गर्न आग्रह गरे ।
    सन् २०१७ मैं नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुपर्ने सरकारी नीति रहेपनि अहिले सन् २०१९ सम्म घोषणा हुन नसक्दा सरकारले २०७६ असोज १३ गतेसम्म देशलाई खुला दिसामुक्त घोषणा गरिसक्नुपर्ने भएपछि सोहीअनुरूप पर्सा जिल्लालाई भदौ २८ गतेसम्म खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तर्गत आज हतारहतारमा दिसायुक्त कालिकामाई गापालाई दिसामुक्त गापा घोषणा गरिएको हो ।
    युएन हेभिटाटका हरि बुढाथोकीले परम्परागत संस्कारमा सुधार आउन नसकेको कारण खुला दिसा गर्ने कार्यले निरन्तरता पाइरहेको बताए । उनले हतारहतारमा खुला दिसामुक्त घोषणा गर्नुपरेको स्वीकारे । बुढाथोकीले खुला दिसामुक्त क्ष्Fेत्र घोषणापछि पूर्ण सरसफाइ अभियान २०३० सम्म सञ्चालन हुने र सो अवधिसम्म बाँकी रहेका कामलाई पूरा गरिने बताए ।
    घोषणासभा गापाका प्रमुख नथुनीप्रसाद कुशवाहाको अध्यक्षतामा भएको थियो भने उपप्रमुख राजेश चौरसिया, नेकपाका बलिराम साह, नेपाली काङ्ग्रेसका राजेन्द्रप्रसाद कुर्मी, जनस्वास्थ्यका कामेश्वर चौरसिया, शिक्ष्Fक महासङ्घका इन्द्रदेव पटेल, वडाध्यक्ष्F पवन तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    खुला दिसामुक्त क्षेत्र घोषणा भएको कालिकामाई गापाको वडा नं. १ मुडलीदेखि लङ्गडी जाने बाटो र वडा नं. ४ परशुरामपुर, वडा नं. ५ बिरञ्चिबर्वा र वडा नं. २ भेडिहारी सडकखण्डका दुवैतर्पm खुला दिसा भएको सहजै देख्न सकिन्छ ।
वीरगंज–२३ खुला दिसामुक्त घोषणाको तयारी
प्रस, वीरगंज/
    वीरगंज महानगर वडा नं २३ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष अवधकिशोर कुशवाहाले बताएका छन् ।
    वडामा रहेका करीब ८ सय घरधुरीमध्ये पछिल्लो चरणको तथ्याङ्क अनुसार ९८ घरधुरीमा शौचालय नभएको पाइएपछि वडास्तरबाट शौचालय निर्माणको काम धमाधम भइरहेको बताए । उनले अहिले १५ वटा घरमा मात्र शौचालय नरहेको बताउँदै भदौ २६ गतेसम्म बाँकी घरमा शौचालय निर्माण गरिसक्ने जानकारी गराए ।
    वडा नं २३ अन्तर्गत प्रसौनी, सबैठवा र इटियाही टोल पर्दछन् । त्यहाँ सरकारले यसअघि ११६ घरधुरीलाई जनता वार्ड कार्यक्रम अन्तर्गत २१ हजार मूल्यमा प्रतिघर शौचालय निर्माण गराइसकेको छ । वडा कार्यालयले ६ वटा रिङ, एउटा प्यान रु २ हजार ५ सयमा उपलब्ध गराउँदैछ । वडाध्यक्ष कुशवाहाले शौचालय नभएका घरहरूलाई वडाबाट दिइने सुविधा रोक्ने चेतावनी दिएको कारण ५ महीनाको अवधिमा यो प्रगति भएको बताए।
    यसअघि संसदीय विकास कोषबाट शौचालय निर्माणको लागि रिङ उपलब्ध गराउँदा स्थानीयले त्यसको दुरुपयोग गरेको वडाध्यक्ष कुशवाहाले बताए । सोहीअनुरूपको दुरुपयोग नहोस् भनेर आपूmले शौचालय नहुने घरधुरीको सिफारिश रोकेको कारण सबैले घरमा शौचालय बनाउनेतर्पm अग्रसरता देखाएको उनको भनाइ छ।
सिम्रौनगढ नपा खुला दिसामुक्त घोषणा
प्रस, सिम्रौनगढ/    बाराको सिम्रौनगढ नगरपालिका १२औं खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।
    जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिंहले सिम्रौनगढ नपालाई खुला दिसामुक्त घोषणा गरेका हुन् । कार्यक्रममा अध्यक्ष सिंहले लक्ष्य अनुसार स्थानीय तहहरू खुला दिसामुक्त भएकाले सरसफाइ अभियानमा सहभागी हुनुपर्ने बताए ।
    कार्यक्रममा नपाका वास कोअर्डिनेटर कृष्णकान्त पण्डितले प्रतिवेदन पेश गरेका थिए ।
    उपप्रमुख रीमादेवी कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासैनी र सञ्चालन स्वास्थ्य संयोजक राजेन्द्र साहले गरेका थिए ।
    कार्यक्रममा सिम्रौनगढ नपाका नगरप्रमुख विजयशङ्कर यादव, युनिसेफका अन्नपूर्ण मिश्र, महिला सञ्जालकी बबिता जयसवाल, राजेश यादव, अनिल गौरव, सारिज मन्सुर, वीरबहादुर साह, ओमप्रकाश ठाकुर, परमानन्द मुखियालगायतको सहभागिता थियो ।

Friday, September 6, 2019

ज्ञानको कदर हुने ठाउँ

ज्ञानको कदर हुने ठाउँ

सञ्जय मित्र
    ज्ञानको मुहान भनेर हाम्रो समाजमा दुई कुरालाई मान्न सकिन्छ– शिक्षक र पुस्तक ।
    जसले जतिसुकै आलोचना गरेपनि वा जसले जेसुकै भनेपनि अहिलेसम्म शिक्षकले नै नेपालमा पढाउने काम गरेका छन् । जीवनमा शिक्षक बनेकाहरू पछि नेता वा अन्य पेशामा गएका पनि छन् । कतिपयले शिक्षक र शिक्षणलाई घृणा पनि गर्दछन् । शिक्षण पेशाप्रति कुण्ठाको भाव राख्नेहरू पनि छन् तर सबैले भने आप्mना सन्तानलाई शिक्षकको भरमा ज्ञानी बनोस् चाहन्छन् । शिक्षकले नै ज्ञानी बनाइदिऊन् भन्ने अपेक्षा स्वाभाविकरूपमैं राख्छन् । शिक्षकलाई कामै नलाग्ने, समाजलाई बिगार्ने, जिम्मेवारी वहन नगर्ने, शिक्षालाई सही दिशा नदिने आदि अनेक आरोप लगाउँछन् बुझेर वा नबुझेर तर म आप्mना छोराछोरीलाई शिक्षककहाँ नपठाएर म आपैंm ज्ञानी बनाउँछु भन्ने व्यावहारिक कार्य गर्ने आँट कसैले पनि गर्न सकेका छैनन् । शिक्षकले त राज्यले उपलब्ध गराएको स्रोतसाधनको आधारमा र पाठ्यक्रमले तोकेको उद्देश्य पूरा गर्ने अभिप्रायले दैनिक कर्म गरेका हुन्छन् । शिक्षण पेशामा मात्र होइन अन्य पेशामा पनि सबल र दुर्बल पक्ष हुन्छन् । सक्षम र कमजोर मान्छे हुन्छन् । शिक्षकमा पनि यो लागू हुन्छ ।
    अहिलेसम्मको परम्परा र मान्यता यही छ कि शिक्षकविना शिक्षाको कल्पना गर्न सकिंदैन ।
    पुस्तक पनि ज्ञानको स्रोत हो । पुस्तकले झन् शिक्षकभन्दा निकै बढी कुरा सिकाउँछ तर पुस्तकलाई पढ्न सकिने आँखा र पुस्तकलाई बुभ्mन सक्ने विवेक पनि शिक्षकले मात्र दिन सक्छन् । यसै कारण पनि शिक्षकसित कसैको तुलना गर्नुहुँदैन भनेर पनि भन्दछन् ।
    “शिक्षकको ज्ञान सीमित हुन्छ । पुस्तकको ज्ञान सीमित हुन्छ ।” वादविवाद र तर्कवितर्क गर्ने ठाउँ प्रशस्त हुन्छन् तर यदि शिक्षकको ज्ञान सीमित हुन्छ भन्ने तुलनामा पुस्तकको ज्ञान सीमित हुन्छ । पुस्तक आपैंmमा सिर्जनात्मक होइन तर पुस्तकलाई सिर्जनात्मक बनाउने काम शिक्षकले गर्न सक्छन् । गुरु निर्जीव भएपछि ज्ञान दिंदैनन् तर पुस्तक सजीव भएर ज्ञान दिन सक्दैन अर्थात् निर्जीव पुस्तकले ज्ञान दिन्छ । हो, निर्जीव पुस्तकभित्र सजीव ज्ञान समेटिएको हुन्छ ।
    एउटा गज्जबको तर्क मेरो मनको खेतमा उम्रेको छ । गुरुको सही आदर पुस्तकले नै गर्दछ । पुस्तकको सही आदर शिक्षकले मात्र गर्न सक्दछन् । यो विरोधाभाष तर्क होइन । सतही विश्लेषण पनि होइन । यस अर्थमा शिक्षक र पुस्तकको सम्बन्ध खेत र बालीजस्तो घनिष्ट हुन्छ । हो, प्रयोगशालामा पनि बाली उमार्न सकिन्छ तर सर्वसाधारणको पेट भर्न खेतकै भर पर्नुपर्छ । ज्ञानको असली केन्द्र शिक्षालय र शिक्षालयको शिक्षा दिने आत्मा भन्नु नै शिक्षक हुन् ।
    शिक्षालयमा शिक्षार्थी शिक्षककै कारण पुग्दछन् । अभिभावकको विश्वास भौतिक संरचनामा भन्दा बढी शिक्षकमाथि हुन्छ । कुनै शिक्षालयको प्रतिष्ठा अत्यधिक बढ्नु भनेकै सक्षम शिक्षकको सम्मान हुनु पनि हो तर आंशिकरूपमा के अर्थ पनि लगाइन्छ भने शिक्षकको प्रतिष्ठा शिक्षालयले पनि बढाउँछ । यसलाई ठाउँविनाको कालो र कुठाउँविनाको गाजल (कुठाउँमा लाग्यो भने कालो र ठाउँमा लाग्यो भने गाजल) भन्ने उखानले चरितार्थ गरेजस्तो देखिन्छ ।
    अलिकति गहिरिएर विचार गर्ने हो भने पुस्तक र शिक्षक ज्ञानका दुवै स्रोतको सम्मान त्यहीं हुन्छ, जहाँ ज्ञानको सम्मान हुन्छ । ज्ञानको सम्मान कहाँ हुन्छ त ?
    ज्ञानको सम्मान हुने ठाउँको खोजी गर्ने हो भने ज्ञानको सम्मान हाम्रो समाजको वर्तमानले गरेको छ कि छैन ? भन्ने प्रश्नको उत्तरको खोजी गर्नुपर्छ । ज्ञानको सम्मान कत्तिको छ भन्ने उत्तर खोज्न आप्mनै घर, छिमेक र गाउँ वा शहरलाई मनमनै गमेर हेरौं । कोही पढेलेखेका मानिस पनि कुनै कृति पढ्छन् त ? कुनै पुस्तकको अध्ययन, विश्लेषण वा पुस्तक–संवादमा केन्द्रित हुने टोला वा ठाउँ छ कि छैन ?
    यसको अन्तर्यमा छिट्टै अलोकप्रिय वा छिट्टै लोकप्रिय हुने तŒव लुकेको छ । शिक्षालयहरूमा तालीमप्राप्त र लाइसेन्सप्राप्त हुनुपर्ने तर शिक्षालयको व्यवस्थापनको प्रमुख भने औंठा छाप नै हुने, कुनै लाइसेन्स नचाहिने, कुनै बाध्यात्मक योग्यता नहुँदा शिक्षालयमैं शिक्षाको कदर नभएको देखिन्छ । यसले शिक्षाको शासक कालो अक्षर भैंसी बराबर हुँदा शिक्षकको वा शिक्षाको वा ज्ञानको सम्मान हुन्छ त ?
    विश्वका अति सभ्य, अति शिक्षित र ज्ञानको दृष्टिले निकै विकास गरेका देश वा समाजको अध्ययन गर्ने हो भने वास्तवमा ज्ञान र ज्ञानीलाई सम्मान गरिएको पाइन्छ । ज्ञान दिने मानिस आपैंmमा सम्मानयोग्य हुन्छ र हुनुपर्छ । अझ राज्यले नै बालबालिकालाई ज्ञान दिने जिम्मेवारी तोकेपछि राज्य, राज्यका निकाय तथा अन्य पक्षले उच्च सम्मान दिनुपर्ने हो । ज्ञान दिनेलाई अवहेलना, अपमान, हेला, तिरस्कार हुने माटोमा ज्ञानको बिरुवाको चिल्लो पात होला त ? ज्ञानीमाथि अज्ञानीको शासन गर्ने बाटोमा हिंड्नेले ज्ञानको सही गन्तव्य पाउन सक्ला कि नसक्ला ? तर यहाँ चाहिं एउटा ज्ञानीले ज्ञानको उपयोग सही तरीकाले जुनसुकै अवस्थामा पनि गर्नुपर्छ भन्ने विचार पु¥याउनुपर्ने आग्रह पनि छ । कसैले दुराग्रह राखे पनि ज्ञानको ज्योति बाल्नेले उसको मस्तिष्कमा पनि ज्योति छर्ने काम गर्नुपर्छ । हेला र दुराग्रहको सामना सबैभन्दा बढी ज्ञानले नै गर्न सक्दछ । अज्ञान यदि ज्ञानमाथि हावी हुन्छ भने समाजमा चेतनाको गति तीव्र हुन सक्दैन तर ज्ञानको दीपक निभ्छ भन्ने कल्पनै नगरे पनि हुन्छ । बरु दिउँसोको उज्यालो घाम भनेको उज्यालो आपैंmले अँध्यारोलाई हटाउन कुनाकाप्चालाई पनि खोजेको हो भने रातिको टुकीको उज्यालोले अँध्यारोबीच आप्mनो पैmलावटको प्रदर्शन गरेर आप्mनो महŒव साबित गरेको हो । उज्यालोमा पनि उज्यालोको महŒव हुन्छ भने अँध्यारोमा त झन् उज्यालोको महŒव बढी हुन्छ ।
    उज्यालोको मुख कहिल्यै पनि अँध्यारो हुन्न । उज्यालोको अगाडि अँध्यारोले जहिलेपनि आप्mनो मुख लुकाउनुपर्ने हुन्छ । उज्यालोको महŒव नबुभ्mने होइन तर हृदयभरि र मस्तिष्कभरि अँध्यारो लिएर आप्mनो अनुहारअगाडि उज्यालो बाल्ने काम न त शिक्षकबाट सम्भव छ र न त कुनै पुस्तकले नै गर्न सक्दछ।

Find us