Showing posts with label स्वान्त सुखाय:. Show all posts
Showing posts with label स्वान्त सुखाय:. Show all posts

Friday, October 11, 2019

दशैं ः एक सांस्कृतिक फ्युजन

दशैं ः एक सांस्कृतिक फ्युजन


सञ्जय मित्र
    सीमाञ्चल क्षेत्रको दशैंलाई आधार मान्ने हो भने जति पाइलो उत्तर वा दक्षिण बढ्छ, मान्ने प्रक्रियामा पार्थक्यको मात्रा बढ्दै जान्छ । उत्तरमा चुरे पहाडको फेदीसम्म पुग्दा सीमाको दशैंभन्दा धेरै भिन्न भइसक्छ । सीमालाई नाघेर दक्षिणतिर जाने हो भने चुरे पहाडको फेदभन्दा नितान्त फरक दशैंको स्वरूप देख्न पाइन्छ ।
    पर्व दशैं नै हो । मान्ने तरीका फरक छ । दशैं मुख्य पर्व भएपनि यसको मान्ने संस्कृतिमा भने भिन्नताले यसको स्वरूप अन्यत्र पनि फरक होला भन्ने अनुमान गर्न सजिलो हुन्छ । सञ्चारमाध्यमहरूले भारतमैं विजयादशमीको दिन कतै रावणको पूजा गरेको र कतै रावणलाई पूरै नकारात्मकरूपमा प्रस्तुत गरी मनाइएको देखिन्छ । दशैंको मान्यता फरक रहेको सन्दर्भ अन्य पनि छन् ।    दशैंमा सामान्यतया महिषासुरलाई दुर्गाले मारेको मूर्ति बनाइन्छ । दुर्गालाई भगवती र पृथ्वीको उद्धारकर्ता तथा सबै भक्तजनलाई मनोवाञ्छित फल दिने मानिन्छ । यसको विपरीत महिषासुरलाई संसारको सबैभन्दा ठूलो खलनायकको रूपमा प्रस्तुत गरिन्छ । विज्ञान र प्रविधिले यति धेरै विकास गरिसकेको छ तर अन्धविश्वासमाथिको विश्वास झन् बढेको छ । महिषासुर शब्दमा महिष र असुर गरी दुई शब्द छन् । महिषको अर्थ भैंसी हुन्छ र असुर भनेको सुर होइन । सुर भनेको देउता हो । देउता पनि एक जाति हो र देवताको जाति नहुनु असुर हुनु हो । अर्थात् असुर हुनु राक्षस हुनु होइन र पहिले पनि यसै स्तम्भमा लेखिसकेको छु कि राक्षस पनि एक जातको रूपमा अस्तित्वमा रहेको थियो । राक्षसको काल्पनिक चित्र वा मूर्ति अहिले देखाइएजस्तो होइन कि अन्य मानिसजस्तै हुन्थे । जातिगत विभेद विकराल थियो र राक्षसलाई सबैतिरबाट आक्रमण गरियो र उनीहरूले पनि आप्mनो जात लुकाए वा कालान्तरमा जात परिवर्तन गर्दै गए ।
    यसपालिको दशैंमा फेसबूकमा एउटा चित्र प्राप्त भयो । चित्रले यस कुरालाई पुष्टि गरेको छ । फेसबूकमा पाएको चित्र यहाँ प्रस्तुत छ । यस चित्रले कसैलाई नकारात्मक असर पु¥याउँछ भने क्षमायाचना गर्छु । कसैको भावनामाथि ठेस पु¥याउनु यसको उद्देश्य होइन । मैले यो चित्रको विषयमा कतिपय अग्रजसित सल्लाह गरेको छु र फेरि पनि क्षमायाचना गर्छु कि यसको भावले कसैलाई ठेस पु¥याउन पुग्छ भने । फेसबूकबाट लिइएको यो चित्रले महिषासुरलाई भैंसीपालकहरूको राजा स्वीकारिएको छ । नेपालको इतिहासलाई हेर्ने हो भने यहाँ पनि प्राचीनकालमा महिषपाल वंशको शासन रहेको थियो । नेपालका महिषपाल शासक र यस चित्रमा भनिएको वंशबीचको सम्बन्धबारे खोजीनिती गर्नु जरुरी छ । काठमाडौं उपत्यकामा लामो समय राज्य सञ्चालन गरेका महिषपाल वंश कहाँ गए र अहिले कता छन् तथा तिनका वंशका अहिले को को छन् भन्ने कुरो पनि खोजीको विषय हो र यहाँ चित्रमा भनिएको वंशको सम्बन्ध यहाँ आपूmलाई सोही जाति वा थरको जस्तो लाग्ने मानिसबीच सम्बन्ध हुन वा नहुन पनि सक्छ । कारण एउटै थर भएका मानिसका अनेक जात हुन्छन् र एउटै जातमा अनेक थर पनि हुन सक्छन् । एउटै पिताका अनेक सन्तानमध्ये सबैको रूप, रङ्ग, स्वभाव, शारीरिक बनावट, बुद्धि र बल, वृत्ति आदिमा फरक पर्दछ भन्ने कुरो पनि हामीले बुझेका छौं । साथै भूगोल, समयको अन्तराल र तत्कालीन समाजको प्रभाव पनि मानिसको व्यक्तित्वमा परेको हुन्छ । यस चित्रका सम्बन्धमा यी पक्षमाथि विचार पु¥याउनु पनि आवश्यक छ ।
    गाउँ, काँठ र शहरमा मनाइने दशैंमा भिन्नता छ । गाउँमा अभैm पनि दशैंको जुन रूप छ, काँठ र शहरको तुलनामा त्यहीं नै मौलिक हो । यद्यपि दशैंले वैश्विक परिवर्तनलाई निरन्तर स्वीकार गर्दै गएको छ । दशैंलाई कसरी मान्ने भन्ने विषयमा बालबालिका, त्यहीं समाजका युवा र बाहिर काम गर्ने युवा, प्रौढ र ज्येष्ठ नागरिकका मन बाझिएको पाइन्छ । यसको अर्थ यो पनि हो कि दशैं मनाउनेसम्बन्धी हाम्रो दृष्टिकोणमा पनि स्थिरता रहेको छैन । दशैंको मान्यतामा प्mयुजन त छ नै मान्ने तरीकामा पनि छ ।
    नयाँ लुगा किन्नै पर्ने, घरआँगन सफा गरी सकेसम्म रङ्गरोगन गर्नुपर्ने तथा वर्षभरिका सबै पर्वमध्ये ठूलो पर्वको रूपमा दशैंलाई मान्ने र सामान्य धार्मिक पर्वको रूपमा मान्दै भाकल गरिए अनुसार बलि प्रदान गर्ने गरी दुई किसिमका सांस्कृतिक अन्तर्घुलनले दशैंमा जीवन्तता थपेको छ । विजयादशमीको दिन निधारमा टीका लगाउने वा चन्दन लगाउने दुवै प्रवृत्ति हुँदा पनि अब उत्सुकता यस कारण कम भएको छ कि समाजले बिस्तारै बुभ्mदै गएको छ अधिकांश निधार रित्तै भएपनि । महानवमीका दिन बलि प्रदान गर्ने चलन चुरेको फेदीसम्म विस्तार भइसक्यो ।
    विदेशमा रहेका हिन्दू नेपालीले दशैंलाई जति उत्साहका साथ मनाउँछन्, उत्तिकै उत्साह होलीमा पनि देखाउँछन् । विदेशमा रहेका नेपालीको सामूहिक पहिचानमा दशैंले सहयोग गरेको छ । साथै सामुदायिक, जातिगत तथा प्रवृत्तिगत पहिचानको आधारलाई पनि दशैंले केही सहयोग गरेको छ । यद्यपि विदेशमा दशैंलाई जतिसुकै रमाइलो गरेर मनाइँदा पनि स्वदेशको जस्तो हुनै नसक्ने दाबीहरूसमेत आउँदा त्यस दाबीमा सांस्कृतिक गौरवको अनुभूतिको पक्ष पनि रहेको छ । विदेशमा लामो समय दशैं मानेकाहरूको मनलाई छुने प्रयास गर्दा अब यहाँ पनि आत्मीयताको रङ्गमा खल्लोपन आएको स्वीकार्दछन् । दशैं पहिलेजस्तो यहाँको गाउँमा समेत रहेन भन्ने गुनासो गर्दा मौलिकताप्रतिको चिन्ता हुन्छ कि परिवर्तन भएको पक्षमा सुधारको भन्ने छुट्याउन मुस्किल हुन्छ ।
    कतै खूब खाइन्छ भने कतै शुद्ध शाकाहारी मनाइन्छ । कोही त पहिलो दिनदेखि दशैं खान शुरू गर्छन् भने कोही महानवमीसम्म अन्न नै त्याग गर्दछन् । भएभरको मोज गर्ने यसैमा हो भने अनन्त साधनाको प्रयास पनि यसैमा गरिन्छ । दशैंलाई भेटघाटमा बिताउने कि घर छाडेर कतै जानै नमिल्ने गरी मनाउने गरी समाजका दुई विपरीत प्रकृति रहेका छन् ।


Friday, September 27, 2019

सीताको अपहरण रावणले गरेकै हो ?

सीताको अपहरण रावणले गरेकै हो ?

सञ्जय मित्र
    हाम्रो संस्कृतिमा सर्वाधिक चर्चित कथा नै रामकथा हो । यस संस्कृतिका अन्य धर्मावलम्बीहरूबीच पनि रामायण महाकाव्यको मूल कथा उत्तिकै श्रुत्य छ । वर्तमानमा रामकथाको मूल स्रोत वाल्मीकीय रामायण हो । वाल्मीकीय रामायणलाई नै मूल आधार मानेर अन्य रचनाकारहरूले पनि विभिन्न नाममा रामायण लेखेका छन् । रामायणको लेखनमा उद्देश्यगत भिन्नता पनि पाइन्छ । रामायण लेखिएको जमानामा प्रचलित अन्य आख्यानहरूका प्रवृत्ति वा पूर्वीय साहित्यको मान्यता सुखान्त रहेकाले रामायणलाई दुःखान्त नमानिएको र लवकुशकाण्ड पछि आएर थपिएको र लेखकहरूले आआप्mना तर्क, तथ्य र मिथकहरूलाई जोड्दै अनेक किसिम र कोणबाट विश्लेषण गरिएका रामकथा लेखे र अद्यपर्यन्त यो चलिरहेकै छ ।
    मिथकहरू आप्mनै महŒव राख्ने हुन्छन् र पूर्णतया निरर्थकै हुन्छ भन्ने होइन । कुनै युगको निश्चित तर्कको प्रतिनिधित्व मिथकहरूले गरेका हुन्छन् । मिथक र रामकथाका केही प्रसङ्गबारे अहिले दशैंको समय भएकोले चर्चा गर्दा सान्दर्भिक होला भनेर यो आलेख प्रस्तुत गरिएको छ ।
    अध्यात्ममा विश्वास गर्नेहरूले भन्छन्– सीताको अपहरण भएकै होइन ?
    कसरी ?
    सीताको अपहरण गर्ने हैसियत, सामथ्र्य र शक्ति रावणमा थिएन ।
    शिवलाई उठाएरै लैजान सक्ने सामथ्र्य भएका रावणचाहिं कसरी सीतालाई अपहरण गर्ने सामथ्र्य राख्दैनथे?
    सबैलाई थाहा छ कि एक दिन बिहान घर लिपपोत गर्नेक्रममा सीताले शिवधनुषलाई बायाँ हातले उठाएर लिपपोत गरी फेरि पुरानै ठाउँमा जस्ताको त्यस्तै राखेकी थिइन् । त्यो त्यही शिवधनुष हो, जसलाई विश्ववीरहरूले उठाउन त के हल्लाउनसमेत सकेनन् स्वयंवरमा । त्यहाँ रावणले पनि शिवधनुषलाई उठाउने प्रयास गरेका थिए । जब सीताले बायाँ हातले अति हलुँगो सामान्य वस्तुजस्तो गरी उठाएको शिवधनुषलाई रावणसमेतका विश्ववीरहरूले हल्लाउनसमेत सकेका थिएनन् भने सीता आपैंm परमवीर थिइन् भन्ने प्रमाणित हुँदैन ? अनि सीतालाई रावणले अपहरण गर्न सक्छ भन्ने सामथ्र्य रावणमा थियो भन्ने पत्याउने    अर्को पनि तर्क छ ।
    लामो समयसम्म सीतालाई लङ्काको अशोक वाटिका राखिएको थियो । रावण बारम्बार अनुनय विनय गर्थे । बारम्बार धम्की दिन लगाउँथे । अनेक त्रास देखाउँथे तर त्यसभन्दा अगाडि बढ्न सक्दैनथे । एक दिन उनले सीतालाई डरले नै थर्कमान बनाइ आप्mनो कुरा मान्न लगाउन हातहतियारले सम्पन्न राक्षस दल लिई पुगे । त्यहाँ पुगेर रावणले सबै कला लगाए, थर्काउनसम्म थर्काए तर सीताले एउटा तृण अर्थात् घाँस उठाएर थर्काइन् कि सबै हतियारभन्दा यो ठूलो हो, मेरो आह्वानमा यसले भस्म गरिदिन्छ । सीताको तृणको डरले रावण केवल धम्की दिएरै फर्के । यहाँनेर हातहतियारले सुसज्जित रावणसेना किन त्यत्तिकै फर्के ?
    तर्क त यस्तो पनि छ ।
    सीताले दुई सन्तानलाई जन्म दिएपछि वनमैं राम्ररी शिक्षा दिन्छिन् । त्यतिबेलाको चलन अनुसार धनुर्विद्या र तर्कशास्त्रमा पारङ्गत भएपछि रामको अश्वमेध यज्ञको समयमा पितापुत्रको मिलन हुन्छ । दुई पुत्रको भरणपोषण भइसकेको हुन्छ । रामले पनि कामकाजका विभिन्न फाँटमा सीताको आवश्यकता रामले महसूस गरिरहेका हुन्छन् । तर पनि आप््mनो प्रतीज्ञाको कारणले सीतालाई भिœयाउन सक्ने अवस्था हुँदैन । तर जब सीतालाई रामले आपूmसित अयोध्या फर्किनलाई आग्रह गर्दछन्, तब सीताचाहिं अस्वीकार गर्दछिन् । सीताको अस्वीकृतिपछि रामले अझ भावुक भएर घर फर्किन बल गरेपछि सीताले धरतीलाई फाट्न भन्छिन् । सीताको भनाइपछि धरती फाट्छिन्, जसमा सीता पस्छिन् ।
    विश्ववीरहरूले उठाउन नसकेको त्यतिबेलाको सर्वाधिक प्रचलित हतियारमा गणना हुने परम्परागत शिवधनुषलाई बायाँ हातले उठाउन सक्नु, जसको हातमा एउटा तृणले हतियारसम्पन्न सेनालाई फर्काउन सक्नु र जसको आदेशले धरती नै फाट्न सक्नुले सीताको शक्तिलाई दर्शाउँछन् । बायाँ हातमा सामान्य शक्ति कति थियो ? उनले तृणलाई नै शक्तिशाली हतियारहरूभन्दा पनि शक्तिशाली बनाउन सक्छिन् भने उनमा जुनसुकै कुरालाई हतियारमा परिणत गर्ने क्षमता थियो । यसैगरी जसको आदेशमा धरती फाट्न सक्छ भने उनको बोलीमा कति शक्ति छ भन्ने देखाउँछ । यति धेरै शक्तिशाली सीतालाई रावणले अपहरण गर्न सक्छ भन्ने कुरामा विश्वास छैन ।
    सीताको विषयमा यसो पनि भनिन्छ ।
    जब विवाहपश्चात् सीता अयोध्या पुगिन्, तब केही दिनपछि परम्परा अनुसार सीताले एक दिन घरमा खाना पकाउनुपर्ने भयो । उत्तर भारत र दक्षिण नेपालका हिन्दू समुदायमा यो प्रथाकै रूपमा रहेको छ कि विवाहपश्चात् भित्रिएकी बुहारीले घरमा पहिलो दिन खाना पकाउँदा विशेष मानिन्छ । त्यो भोजन नै विशेष मानिन्छ । सीताले पनि त्यो गर्नैपर्ने थियो र एक दिन त्यो गर्नुपर्ने भयो । सीताले पहिलो दिन आपूmले पकाएको खाना खाने मान्छेको योग्यता कस्तो हुनुपर्छ भन्ने कुरो बताइन् । आपूmले पकाएको खानाको पहिलो गाँस खाने मान्छेको लागि तोकिएको योग्यता भएको मानिस नभेटिंदासम्म खाना पकाउन उचित नहुने बताइन् । अयोध्या नरेश आपैंm विभिन्न शास्त्रका ज्ञाता थिए । तोकिएका सबै गुण केवल रावणमा मात्र भेटिन्थ्यो । रावणलाई खाना खाने निम्तो दिइयो र रावणले एक रात अयोध्यामा राजा दशरथको आतिथ्य ग्रहण गरेर सीताले पकाएको खानाको पहिलो गाँस खाए । त्यो पहिलो गाँस जुन ससुरोको नाता पर्नेले खानुपर्ने थियो, रावणले खाए । यस सन्दर्भले रावणचाहिं सीताको पितातुल्य थिए र उनले अपहरण गर्ने कुरै होइन । ससुरो र बुहारीको नाताले गर्दा सीतालाई रावणले अपहरण गर्ने हैसियत राख्दैन वा अपहरण गर्नै सक्दैन भन्ने तर्क गरिन्छ ।
    उसो भए अपहरणमा पर्ने को त ?
    आधुनिक भाषामा नाटक र परम्परागत भाषामा लीला ।
    अहिले पनि नाटक गर्दा मानिस झुम्मिन्छन् । कसैले भनेर नबुभ्mने तथा नसुन्ने हुन्छ तर गरेर देखाएपछि भने बढी शिक्षाप्रद भएको मानिन्छ । सीताको अपहरण पनि केवल नाटक वा लीला मात्र हो । वास्तविक होइन ।
    सीताको अपहरण हुने कुरा सीतालाई पहिले नै थाहा थियो । रामलाई पनि थाहा थियो । लक्ष्मणलाई थाहा थिएन । मायाको सीतालाई अपहरण गराइएको हो र वास्तविक सीता कुनै देवताकहाँ पठाइएको थियो । मायाको सीता वा सीताको प्रतिरूपलाई रावणले अपहरण गरेको देखाइएको छ । रावणमाथिको विजयपछि सीताको अग्निपरीक्षा भनेको अग्निको बहानामा वास्तविक सीतालाई रामको हातमा सुम्पन र मायाको सीतालाई आप्mनो ठाउँमा पठाउन अग्निपरीक्षाको आयोजन गरिएको थियो ।
    यस्ता प्रसङ्गहरूले रामकथामा अनेक किसिमले विचार गर्नुपर्ने बनाउँछ । रामायण वा रामकथा कुन लेखकको पढ्ने र कुन उद्देश्यले पढ्ने भन्ने पनि हेर्नुपर्छ ।

Friday, September 6, 2019

ज्ञानको कदर हुने ठाउँ

ज्ञानको कदर हुने ठाउँ

सञ्जय मित्र
    ज्ञानको मुहान भनेर हाम्रो समाजमा दुई कुरालाई मान्न सकिन्छ– शिक्षक र पुस्तक ।
    जसले जतिसुकै आलोचना गरेपनि वा जसले जेसुकै भनेपनि अहिलेसम्म शिक्षकले नै नेपालमा पढाउने काम गरेका छन् । जीवनमा शिक्षक बनेकाहरू पछि नेता वा अन्य पेशामा गएका पनि छन् । कतिपयले शिक्षक र शिक्षणलाई घृणा पनि गर्दछन् । शिक्षण पेशाप्रति कुण्ठाको भाव राख्नेहरू पनि छन् तर सबैले भने आप्mना सन्तानलाई शिक्षकको भरमा ज्ञानी बनोस् चाहन्छन् । शिक्षकले नै ज्ञानी बनाइदिऊन् भन्ने अपेक्षा स्वाभाविकरूपमैं राख्छन् । शिक्षकलाई कामै नलाग्ने, समाजलाई बिगार्ने, जिम्मेवारी वहन नगर्ने, शिक्षालाई सही दिशा नदिने आदि अनेक आरोप लगाउँछन् बुझेर वा नबुझेर तर म आप्mना छोराछोरीलाई शिक्षककहाँ नपठाएर म आपैंm ज्ञानी बनाउँछु भन्ने व्यावहारिक कार्य गर्ने आँट कसैले पनि गर्न सकेका छैनन् । शिक्षकले त राज्यले उपलब्ध गराएको स्रोतसाधनको आधारमा र पाठ्यक्रमले तोकेको उद्देश्य पूरा गर्ने अभिप्रायले दैनिक कर्म गरेका हुन्छन् । शिक्षण पेशामा मात्र होइन अन्य पेशामा पनि सबल र दुर्बल पक्ष हुन्छन् । सक्षम र कमजोर मान्छे हुन्छन् । शिक्षकमा पनि यो लागू हुन्छ ।
    अहिलेसम्मको परम्परा र मान्यता यही छ कि शिक्षकविना शिक्षाको कल्पना गर्न सकिंदैन ।
    पुस्तक पनि ज्ञानको स्रोत हो । पुस्तकले झन् शिक्षकभन्दा निकै बढी कुरा सिकाउँछ तर पुस्तकलाई पढ्न सकिने आँखा र पुस्तकलाई बुभ्mन सक्ने विवेक पनि शिक्षकले मात्र दिन सक्छन् । यसै कारण पनि शिक्षकसित कसैको तुलना गर्नुहुँदैन भनेर पनि भन्दछन् ।
    “शिक्षकको ज्ञान सीमित हुन्छ । पुस्तकको ज्ञान सीमित हुन्छ ।” वादविवाद र तर्कवितर्क गर्ने ठाउँ प्रशस्त हुन्छन् तर यदि शिक्षकको ज्ञान सीमित हुन्छ भन्ने तुलनामा पुस्तकको ज्ञान सीमित हुन्छ । पुस्तक आपैंmमा सिर्जनात्मक होइन तर पुस्तकलाई सिर्जनात्मक बनाउने काम शिक्षकले गर्न सक्छन् । गुरु निर्जीव भएपछि ज्ञान दिंदैनन् तर पुस्तक सजीव भएर ज्ञान दिन सक्दैन अर्थात् निर्जीव पुस्तकले ज्ञान दिन्छ । हो, निर्जीव पुस्तकभित्र सजीव ज्ञान समेटिएको हुन्छ ।
    एउटा गज्जबको तर्क मेरो मनको खेतमा उम्रेको छ । गुरुको सही आदर पुस्तकले नै गर्दछ । पुस्तकको सही आदर शिक्षकले मात्र गर्न सक्दछन् । यो विरोधाभाष तर्क होइन । सतही विश्लेषण पनि होइन । यस अर्थमा शिक्षक र पुस्तकको सम्बन्ध खेत र बालीजस्तो घनिष्ट हुन्छ । हो, प्रयोगशालामा पनि बाली उमार्न सकिन्छ तर सर्वसाधारणको पेट भर्न खेतकै भर पर्नुपर्छ । ज्ञानको असली केन्द्र शिक्षालय र शिक्षालयको शिक्षा दिने आत्मा भन्नु नै शिक्षक हुन् ।
    शिक्षालयमा शिक्षार्थी शिक्षककै कारण पुग्दछन् । अभिभावकको विश्वास भौतिक संरचनामा भन्दा बढी शिक्षकमाथि हुन्छ । कुनै शिक्षालयको प्रतिष्ठा अत्यधिक बढ्नु भनेकै सक्षम शिक्षकको सम्मान हुनु पनि हो तर आंशिकरूपमा के अर्थ पनि लगाइन्छ भने शिक्षकको प्रतिष्ठा शिक्षालयले पनि बढाउँछ । यसलाई ठाउँविनाको कालो र कुठाउँविनाको गाजल (कुठाउँमा लाग्यो भने कालो र ठाउँमा लाग्यो भने गाजल) भन्ने उखानले चरितार्थ गरेजस्तो देखिन्छ ।
    अलिकति गहिरिएर विचार गर्ने हो भने पुस्तक र शिक्षक ज्ञानका दुवै स्रोतको सम्मान त्यहीं हुन्छ, जहाँ ज्ञानको सम्मान हुन्छ । ज्ञानको सम्मान कहाँ हुन्छ त ?
    ज्ञानको सम्मान हुने ठाउँको खोजी गर्ने हो भने ज्ञानको सम्मान हाम्रो समाजको वर्तमानले गरेको छ कि छैन ? भन्ने प्रश्नको उत्तरको खोजी गर्नुपर्छ । ज्ञानको सम्मान कत्तिको छ भन्ने उत्तर खोज्न आप्mनै घर, छिमेक र गाउँ वा शहरलाई मनमनै गमेर हेरौं । कोही पढेलेखेका मानिस पनि कुनै कृति पढ्छन् त ? कुनै पुस्तकको अध्ययन, विश्लेषण वा पुस्तक–संवादमा केन्द्रित हुने टोला वा ठाउँ छ कि छैन ?
    यसको अन्तर्यमा छिट्टै अलोकप्रिय वा छिट्टै लोकप्रिय हुने तŒव लुकेको छ । शिक्षालयहरूमा तालीमप्राप्त र लाइसेन्सप्राप्त हुनुपर्ने तर शिक्षालयको व्यवस्थापनको प्रमुख भने औंठा छाप नै हुने, कुनै लाइसेन्स नचाहिने, कुनै बाध्यात्मक योग्यता नहुँदा शिक्षालयमैं शिक्षाको कदर नभएको देखिन्छ । यसले शिक्षाको शासक कालो अक्षर भैंसी बराबर हुँदा शिक्षकको वा शिक्षाको वा ज्ञानको सम्मान हुन्छ त ?
    विश्वका अति सभ्य, अति शिक्षित र ज्ञानको दृष्टिले निकै विकास गरेका देश वा समाजको अध्ययन गर्ने हो भने वास्तवमा ज्ञान र ज्ञानीलाई सम्मान गरिएको पाइन्छ । ज्ञान दिने मानिस आपैंmमा सम्मानयोग्य हुन्छ र हुनुपर्छ । अझ राज्यले नै बालबालिकालाई ज्ञान दिने जिम्मेवारी तोकेपछि राज्य, राज्यका निकाय तथा अन्य पक्षले उच्च सम्मान दिनुपर्ने हो । ज्ञान दिनेलाई अवहेलना, अपमान, हेला, तिरस्कार हुने माटोमा ज्ञानको बिरुवाको चिल्लो पात होला त ? ज्ञानीमाथि अज्ञानीको शासन गर्ने बाटोमा हिंड्नेले ज्ञानको सही गन्तव्य पाउन सक्ला कि नसक्ला ? तर यहाँ चाहिं एउटा ज्ञानीले ज्ञानको उपयोग सही तरीकाले जुनसुकै अवस्थामा पनि गर्नुपर्छ भन्ने विचार पु¥याउनुपर्ने आग्रह पनि छ । कसैले दुराग्रह राखे पनि ज्ञानको ज्योति बाल्नेले उसको मस्तिष्कमा पनि ज्योति छर्ने काम गर्नुपर्छ । हेला र दुराग्रहको सामना सबैभन्दा बढी ज्ञानले नै गर्न सक्दछ । अज्ञान यदि ज्ञानमाथि हावी हुन्छ भने समाजमा चेतनाको गति तीव्र हुन सक्दैन तर ज्ञानको दीपक निभ्छ भन्ने कल्पनै नगरे पनि हुन्छ । बरु दिउँसोको उज्यालो घाम भनेको उज्यालो आपैंmले अँध्यारोलाई हटाउन कुनाकाप्चालाई पनि खोजेको हो भने रातिको टुकीको उज्यालोले अँध्यारोबीच आप्mनो पैmलावटको प्रदर्शन गरेर आप्mनो महŒव साबित गरेको हो । उज्यालोमा पनि उज्यालोको महŒव हुन्छ भने अँध्यारोमा त झन् उज्यालोको महŒव बढी हुन्छ ।
    उज्यालोको मुख कहिल्यै पनि अँध्यारो हुन्न । उज्यालोको अगाडि अँध्यारोले जहिलेपनि आप्mनो मुख लुकाउनुपर्ने हुन्छ । उज्यालोको महŒव नबुभ्mने होइन तर हृदयभरि र मस्तिष्कभरि अँध्यारो लिएर आप्mनो अनुहारअगाडि उज्यालो बाल्ने काम न त शिक्षकबाट सम्भव छ र न त कुनै पुस्तकले नै गर्न सक्दछ।

Friday, August 30, 2019

जहाँ सबै इमानदार लाग्छन्

जहाँ सबै इमानदार लाग्छन्

सञ्जय मित्र
    अहिले बिहानको दश बज्न लागेको छ । बिहानको चिया खाएका छौं तर मेरो बानी कस्तो छ भने बिहानै केही खानुपर्ने । बिहान उडिसामा पस्नासाथ चिया खाएका हौं । म चियासित बेग्लै खालको पाउरोटीजस्तो पनि अलिकति लिएको छु । नयाँ ठाउँमा अलिकति नयाँ परिकार खान मन पराउँछु । राम्रो लागोस् कि नलागोस्, त्यो स्वादको काम हो तर आपूmलाई पनि स्थानीय कुरामा अलिक फरक स्वाद लाग्दछ ।
    यो चरम्पा हो । चरम्पा भन्ने ठाउँ त्यति ठूलो शहर होइन तर सानो बजार पनि होइन । सडकबाट हुइँकिदा भने दश मिनेटमैं नाघ्न सकिन्छ तर हामीलाई केही काम भने नगरी नहुने भएको छ । भद्रकमा तरकारी किन्नु छ र चुल्हो भएको सानो ग्याँस सिलिन्डर पनि बनाउनुछ । नबनाउँदा होटलमा खाना खानुपर्छ । होटलको खाना महँगो हुन्छ । त्यति स्वादिलो पनि लाग्दैन । आफैंले बनाएको र आप्mनो स्वाद अनुसार तरकारी पकाएर खाँदा सधैFं पिकनिककै आनन्द आउँछ ।
    कालोपत्रे सडकमा नाङ्गो खुट्टा हिंड्दा निकै पोलेको छ, तर उत्सुकता छ बजार हेर्ने । रहर छ, मानिससित कुराकानी गर्ने । भोक पनि लागेको छ । केही नखाई हुँदैन । मौका पाउनासाथ पेटमा केही हुलिहाल्नुपर्छ, हैन भने सधैंजस्तो खाना पकाएर खाँदा दिउँसोको एक बजिहाल्छ ।
    उडिसाका तीस जिल्लामध्ये भद्रक पनि एक हो । भद्रक त्यति ठूलो जिल्ला होइन तर यो ऐतिहासिक जिल्ला भने अवश्य हो । जहाँसम्म मलाई सम्झना छ, चरम्पा र भद्रक दुवै ठाउँको नाम पहिलोचोटि पढ्दैछु बोर्डमा । बोर्डहरू पनि उडिया भाषामा लेखिएका छन् । आप्mनै लिपि छ उडियाको । आप्mनै शैली छ उडियाको । तर अंग्रेजी भाषाको पर्याप्त प्रयोग लेखाइमा भएको हुनाले ठाउँहरूको नाउँ बुझ्न त्यति अप्ठ्यारो हुँदैन । त्यसैपनि हामीले मोबाइल एप प्रयोग गरेर यात्रा गर्दैछौं । सामान्यतया कसैलाई कुनै ठाउँबारे सोध्ने जरुरत नै छैन । बाटो पनि देखाउने, मोड वा नयाँ सडक आउनासाथ पहिले नै जानकारी गराउने र कति गतिमा कतातिर हिंडिरहेका छौं तथा गन्तव्य कति टाढा छ भन्ने सबै कुरा मोबाइलमैं आउँछ ।
    तरकारी बजारमा स्कारपिओ पस्छ । पस्न दिन्छन् र एउटा पसलको छेउमैं लगाउँदा पनि केही बोल्दैनन् । केही बोल्दैनन् भन्दा पनि उनको अनुहारमा कुनै विपरीत भाव देखिंदैन । ग्याँस सिलिन्डर बनाउने ठाउँ पनि पहिले नै देखेका छन् प्रेम सर र देव सरले गाडीबाट ओर्लेर । मनु गिरी चालक हुन्, उनी छतमा चढेर सिलिन्डर झिक्छन् । मेरो काम हुन्छ चालकलाई खाजा ख्वाउने । मैले खोजेको पनि यही हो कि चालकलाई खाजा खुवाउँ र सँगै बसेर आपूm पनि खाउँ । तर बिजोग मिल्छ, संयोग मिल्दैन किनभने जस्तो खाजा गिरीले मन
पराउँछन्, त्यो आपूmलाई मनै पर्दैन । जाबो पुरी, तरकारी र मिठाइ खानुभन्दा त भोकै बस्नु जाती । टन्न खाजा खान्छन् र पैसा सोध्छु त तीस रुपये । हैट कति सस्तो ? त्यति खाजा र मिठाइको त हाम्रो वीरगंजमा डेढ सय र जनकपुरमा दुई सय रुपैयाँभन्दा कम पर्दैन हो १
    स्कारपियोले देखाए अनुसार गरुडाभन्दा करीब एक हजार दुई सय किलोमिटर टाढा छौं । हुनत धेरै घुमाउरो बाटो हिंड्नुपरेको छ । हल्लिंदै, रल्लिंदै र बरालिंदै त होइन, तर घुम्दैफिर्दै नयाँ ठाउँहरु हेर्दै जाने भएकोले बढी दूरी लागेको हो । स्कारपियोको चक्का घुमेपछि दूरी बढ्नु स्वाभाविक हो ।
    हामी वास्तवमा अहिलेको गन्तव्य बनाएका छौं जगन्नाथपुरी । राति वास बसेका थियौं बहरागोडा भन्ने ठाउँमा जुन झारखण्डकै सीमावर्ती हो ।
    आज सोमवार हो । साउन ६ गते २०७६ तदनुसार २२ जुलाई २०१९ । गत शुक्रवार हामी घरबाट निस्केका थियौं । आज राति हाम्रो वास जगन्नाथपुरीमा हुन्छ । हामीलाई आज कुनै हतार छैन किनभने हामीले बुझेका छौं, आरामले हामी जगन्नाथपुरी पुग्छौं । अब धेरै टाढा छैन । यसैले तरकारी किन्नु पनि स्वाभाविक हो । झन् होटलमा चालकले खाजा खाँदा नै देखेको छु, हाम्रोभन्दा निक्कै भिन्नता देखिन्छ यहाँ । चिल्लो अलि बढी नै, जेमा पनि । आपूmलाई चिल्लो, पिरो र नुनिलो चाहिं हुनुहुँदैन । सकेसम्म सादा खाना मलाई मन पर्छ ।
    अF, खाजा नखाएपछि मैले आप्mनो लागि त केही किन्नुप¥यो । अघि एक ठाउँमा टोल टेक्स तिर्दा किनेको जामुन लगभग स्वादहीन थियो । सबैले नखाइकन फाले । मैले बरु अलिकति बढी खाएँ । यसपालि जामुन त्यति खान पाइएन । जामुनको सिजन गइसकेको छ तर खान पाइएको छ भने अलिकति खाउँ भनेर खाएको हुँ । भित्री मनमा यो पनि थियो कि जामुन सुगर रोगबाट बचाउने सबैभन्दा सस्तो औषधि हो, यो सुनेको छु । कुनै फल किनूँ भने त्यस्तै नमीठो पर्ने डर । एउटा ठेलामा अम्बा बेचेको देख्छु । खाली पेटमा अम्बालाई पनि स्वस्थकर मानिन्छ भन्ने सुनेकोले सजिलोको लागि त्यहीं किन्न अगाडि बढ्छु ।
    एक किलोको चालीस रुपैयाँ त महँगै हो । अम्बा पनि सामान्य नै लाग्छ हामीकहाँको जस्तै । बेच्ने चाहिं नवयुवक हुन् । हेर्दा विपन्न समुदायकै । उति पढेलेखेजस्तो लाग्दैनन् । पूmर्ति भने गज्जबको छ । न धेरै पाकेको र न धेरैै काँचो अम्बा छान्न उनले पनि सहयोग गर्दछन् हामीले खोजेजस्तै । चालकसित म बज्जिकामा कुराकानी गर्दा उनी बडो उत्सुकताका साथ सुन्छन् र मुस्कुराउँछन् । अनि मुखर हुन्छन् – हिन्दी मलाई पनि आउँछ । बिहारसम्म पुगेको छु । हामी बिहारी होइन नेपाली हौंभन्दा अझ उत्सुकता बढ्छ उनमा ।
    उडियामा अम्बालाई के भन्छन् होला ? मनमा एउटा जिज्ञासा उत्पन्न हुन्छ । म सोध्छु कि यसको नाम के हो ? उत्तर आउँछ – पेंडा । फेरिफेरि सोध्दा उत्तर त्यहीं आउँछ । हिन्दीमा के भन्छन् त उसो भए ? अलि शङ्का लागेर सोध्छु । उनी फोनमा एकजनासित सोधेर बताउँछन् अमरुद । अनि रूखमा फल्ने पेंडाको स्वाद आपूmलाई अलि बढेजस्तो लाग्छ ।
    जिलेबीको रूख धेरै देखेको छु । अहिले पनि कतैकतै पाइन्छ तर अब जिलेबीभन्दा बढी रूख त उडिया भाषाको पेंडाको हुने भयो । अरू कुनै शब्द सुन्ने वा सिक्ने मस्तिष्कमा ठाउँ नै भएन । मनोरञ्जनको हावाले बेलुन भरिएजस्तै यहीं एउटा शब्दले अहिलेलाई पुगेको छ । हामीले भन्ने पेंडालाई हामीले पेंडा भनेपछि पनि उनीहरू बुझ्दछन् ।
    नेपाली भाषामा अम्बा भनिने फलको लागि विभिन्न भाषामा लताम, अमधुर, अमरुद र ग्वाभा भनेर व्यवहार गरेको पाएँ ।
    चरम्पाबाट प्रस्थान हुन गाडीमा बसेपछि हामी सबैको निष्कर्ष रह्यो– मानिसहरू अत्यन्तै इमानदार । अपरिचितलाई देखेर दुई पैसा बढी लिइहालूँ भन्ने भाव नै नभएको । ठग्ने प्रवृत्ति नहुनेमात्र होइन कि सम्मान पनि प्रदर्शन गर्ने । व्यवहारबाट सम्मान गरेको र नगरेको त बुझ्न सकिन्छ नि १ बिहान चिया खाँदादेखि अहिले चरम्पाको बजारमा सानातिना सामान किन्दा, सिलिन्डर बनाउँदा, खाजा खाँदा, केही सोधपुछ गर्दा तथा गाडी पार्किङ गर्दा उडिया नागरिकसितको व्यवहारले उनीहरूप्रति निर्माण भएको पहिलो
धारणा हो, यो । चरम्पाबाट अब अगाडि बढ्छौं जगन्नाथपुरीतिर, जुन हिन्दू धर्मावलम्बीका लागि प्रमुख मानिने चार धाममध्ये एक हो ।

Friday, August 23, 2019

आस्थाका अनेक रूप र यात्रा

आस्थाका अनेक रूप र यात्रा

सञ्जय मित्र
    आस्था र श्रद्धा भित्री मनको मलिलो माटोमा उम्रिन्छन् । आपूmले श्रद्धा गर्ने गरेको मानिसले अरूलाई झन् श्रद्धा गर्दछन् भने त्यो अवस्थामा अर्को मान्छेप्रति एक्कासि आरोपण गरिएको श्रद्धा देखिन्छ । श्रद्धा तत्कालीन समयको लागि मात्र पनि हुन सक्छ र आप्mनो जीवनकालभरि पनि हुन सक्छ । कहिलेकाहीं भीडले श्रद्धा गरेको देखेर अकारण पनि श्रद्धा गर्नुपर्ने हुन्छ । भीडको श्रद्धाप्रति विश्वास प्रकट गरिएन भने समाजमा एक्लिने डर हुन्छ । अकारण कोही समाजबाट एक्लिन चाहँदैन । अरूलाई देखाउनका लागि पनि श्रद्धा व्यक्त गर्दछन् वा श्रद्धा व्यक्त गरेको देखाएर आप्mनो अन्य काम फत्ते गर्न खोज्दछन् । अरूलाई देखाउनका लागि श्रद्धा व्यक्त गर्नेहरूमध्ये कोही यदि आप्mनो क्षेत्रका प्रतिष्ठित मानिस छन् भने उनको सिको गरेर श्रद्धा गर्ने पात्रहरू स्वतः बढ्दछन् ।
    यात्राहरूमा श्रद्धाका अनेक रूप देखिन्छन् । सामान्य मस्तिष्कले पराकाष्ठा नै मान्ने किसिमको श्रद्धा र आस्था पनि देखिन्छन् । केही सामान्य उदाहरणहरूलाई हेरौं न ।
    भारत बिहारको सुल्तानगंजदेखि झारखण्ड प्रान्तको देवघरमा रहेको रावणेश्वर मन्दिर पैदल मार्ग ८५ किमि र मोटरबाटो ११५ किमि रहेको एउटा सरकारी बोर्डमा लेखिएको छ । बोर्ड लेखिएको ठाउँभन्दा गङ्गा नदी अझ तीन किलोमिटर जति टाढा नै हुनुपर्छ । मुख्यगरी साउनभरि एक दिनमा कम्तीमा एक लाख मानिस सुल्तानगंजस्थित गङ्गा नदीमा स्नान गरेर देवघरका लागि प्रस्थान गर्दछन् । पैदलै हिंड्ने बढी हुन्छन् । गाडीको लस्करै हुन्छ । बाटोमा जहाँ अलिकति विश्रामको लागि फराकिलो ठाउँ भेटिन्छ, सैकडौं गाडी पार्किङ गरिएका देखिन्छन् ।
    सुल्तानगंजदेखि देवघरसम्म जाने बाटोको पैदल मार्ग बिहान, बेलुका, दिउँसो र राति पनि कहीं कतै खाली देखिंदैन । दिउँसो यदि घाम निकै चर्को लाग्छ भने अलिकति कम यात्रु हुन्छन् तर बाटो खाली हुँदैन । यसरी पैदल हिंड्नेहरूमा पनि अनेक किसिमका मानिस हुन्छन् । कोही २४ घण्टाभित्र मन्दिर परिसरमा प्रवेश गर्ने सङ्कल्पपत्र लिएर नै सुल्तानगंजबाट निस्केका हुन्छन् । आप्mनो जलपात्रलाई ढाडमा बोकेर कुद्ने यस प्रकारका बोलबमलाई डाँकबम भनिन्छ, जसप्रति अन्य बोलबम, प्रहरी, प्रशासन, सर्वसाधारण सबैको विशेष श्रद्धा हुन्छ र बढी सुविधा पनि पाएका हुन्छन् । पैदलै २४ घण्टाभित्र कम्तीमा ९० किलोमिटर हिंड्नुपर्ने श्रद्धालुहरूलाई बस्ने र सुत्ने छुट हुँदैन । निरन्तर हिंडिरहनुपर्ने हुन्छ । सकेसम्म राति नै बढी कुद्छन् किनभने बाटो अलिक खालीखालीजस्तो देखिन्छ ।
    आस्थाको उत्कर्ष त दण्ड दिने/घस्रिएर जानेहरूमा देखिन्छ । सुल्तानगंजबाट देवघर जानेमा सबैभन्दा छिटो गाडीवाला पुग्छन्, दोस्रोमा छिटो पुग्नेमा डाँकबम हुन्छन्, त्यसपछि पैदल हिंड्नेहरूमध्ये कोही दुई, कोही तीन र कोही चार दिनमा पुग्छन् । महिला र मोटो जीउ भएका तथा हिंड्न समस्या हुनेहरूलाई भने पाँच दिन वा बढी पनि लाग्छ । तर घस्रेर जानेहरूलाई भने २५ दिनभन्दा कम लाग्दैन । गङ्गातटबाटै रावणेश्वर मन्दिरसम्म घस्रिएरै जानेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । यसरी घस्रिएर जाँदा वर्षा हुँदा र चर्को घामले भुइँलाई पोल्ने गरी बनाउँदा दुवै अवस्थामा कति कष्ट हुँदो हो ? आखिर त्यसरी जानैपर्ने प्रण गरेपछि त्यत्ति त गर्नैपर्छ । आस्था र श्रद्धाको कुरा हो । तर यदि पहिलेदेखि नै अभ्यास गरेको मानिस हो भने यसरी घस्रेर जाँदा पनि १० दिनमा पुग्न सक्ने देखिन्छ । अलिकति पहिलेदेखि अभ्यास गर्ने हो भने घस्रेर जाँदा शुरूका एक/दुई दिनमा कति घस्रिने र कसरी घस्रिने भन्ने अभ्यास भइहाल्छ र त्यसपछि यदि बिरामी परिएन भने दिनको दश किलोमिटरको दरले घस्रिन सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ । तर घस्रेर जानेहरूलाई ती डाँकबमहरूले पनि सम्मान गर्दछन् किनभने यो सबैभन्दा कडा साधनाको अवस्था हुन्छ ।
    सुल्तानगंजदेखि रावणेश्वर मन्दिरसम्म करीब सय किलोमिटरको जुन लाम देखिन्छ मान्छेको, त्यतिबेला लाग्छ कि सबै मानिस यहीं ओइरिन्छन् तर जेठ, असोज, माघ, फागुन आदि महीनामा त्यहाँ पुग्नेले पनि भन्छन्– रावणेश्वर मन्दिरमा प्रवेश गर्न तीन/चार घण्टा लाइन बस्नैपर्छ । यसको अर्थ यो पनि हो कि साउनमा चाहिं बढी मानिस हिंडेर जान्छन् तर बा¥है महीना भीडभाड भइरहन्छ ।
    भगवान् बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया र मृत्युवरण गरेको कुशीनगरमा बौद्धमार्गीहरूलाई अनेक किसिमको साधना वा ध्यानमा लीन रहेको देख्न वा भेट्न सकिन्छ । अनेक देशबाट त्यहाँ पुगेका मानिसहरूले आप्mनो संस्कृति वा चलन अनुसारको भेषभूषा र धार्मिक संस्कारअनुरूप ध्यान गरेको वा साधना गरेका अर्थात् श्रद्धा व्यक्त गरेको देख्दा यस्तो लाग्दछ कि वास्तवमा श्रद्धा गर्नेमाथि श्रद्धाको बाटो निर्भर रहन्छ ।
    देवघरमा भीड देखेर पहिले लाग्थ्यो कि आस्थाको भीड यहीं नै लाग्दछ । हुनत मानिसले जति धेरै घुम्दछ, उति धेरै थाहा हुन्छ । उत्तर प्रदेश प्रान्तको बनारसमा अवस्थित विश्वनाथ मन्दिरमा त्यत्ति धेरै भीड देखिएन । कुनै बेला आधा घण्टाको लाइन त कुनै बेला लाइन नै बस्नु नपर्ने दर्शनका लागि । उडिसाको पुरी (जगन्नाथपुरी) मन्दिरमा ड्युटीमा खटेका एक प्रहरी जवानलाई सोध्दा उनी सजिलै बताउँछन्– दैनिक एक लाख मानिस दर्शन गर्दछन् । साँझ र बिहानको अवस्था हेर्दा यो सत्य प्रतीत हुन्थ्यो किनभने मन्दिरभित्र र बाहिर पाँचदेखि दश हजार मानिसको उपस्थिति सजिलै देखिन्थ्यो ।
    सबै मानिस आस्तिक नै हुन्छन् भन्ने छैन र श्रद्धा गर्नेहरूमा सबै आस्तिक नै पनि हुन्छन् भन्ने पनि होइन । घुम्ने वा यात्रा गर्ने एउटा माध्यम पनि हो । धार्मिक यात्राको माध्यमले जति मानिस घुम्न निस्कन्छन्, उति मानिसलाई पर्यटकीय दृष्टिकोणले घुम्न निस्किने फुर्सद र पैसा हुँदैन । यसको मुख्य कारण यो पनि हो कि धार्मिक यात्रा भनेर निस्कँदा आप्mनै गाउँटोलदेखि जहाँ घुम्न गइन्छ, त्यहाँसम्म एउटा अलग्गै श्रद्धा, विश्वास र सम्मान पाइन्छ । यसले यात्रामा लाग्ने खर्चलाई आपैंmले नियन्त्रण गरेको हुन्छ अर्थात् खर्च प्रणालीमा स्वतः अङ्कुश लागेको हुन्छ । तुलनात्मकरूपले खर्च कम हुने र सबैतिर अलग किसिमको सम्मान पाइने हुनाले धार्मिक यात्रा वा आस्थाको यात्रामा सहभागी हुनेको सङ्ख्या अत्यधिक हुन्छ ।
    धार्मिक यात्रा नै सही, घुम्न त मज्जाले पाइन्छ ।

Find us