Showing posts with label स्वान्त सुखाय:. Show all posts
Showing posts with label स्वान्त सुखाय:. Show all posts

Friday, February 21, 2020

साहित्यमा प्राज्ञिक गतिशीलता

साहित्यमा प्राज्ञिक गतिशीलता

सञ्जय साह मित्र
    संसार गतिशील छ । संसारको ज्ञान र विज्ञानको क्षेत्रमा निरन्तर प्रगति भइरहेको छ । प्रगति भन्नु पनि गति नै हो । जहाँ कुनै स्थिरता रहन्छ भने त्यहाँ कुनै प्रगति पनि रोकिएको हुन्छ भन्दछन् । तर यसले राजनीतिक स्थिरतालाई समेट्दैन । यसमा पनि विवाद होला तर सामान्य मान्यता के छ भने राजनीतिक स्थिरताले अन्य धेरै कुरामा गतिशीलता ल्याउँछ । यदि राजनीतिक अस्थिरता भयो भने धेरै किसिमको गतिशीलता कम हुन्छ । फेरि राजनीति र सरकार केही फरक हुन सक्छ । यस अर्थमा कुनै देशको राजनीतिक वातावरण अस्थिर हुँदा वा नहुँदाको परिस्थितिलाई छोडेर समाजमा हुने परिवर्तनलाई विचार गर्ने हो भने सामाजिक परिवर्तन भन्नु चाहिं गतिशीलता हो ।
    कतिपयले दोहोरो चरित्र देखाउँछन् । एकातिर समाजमा विकास र परिवर्तन चाहन्छन् र अर्कोतिर परिवर्तन भयो भने पहिलोको समाज राम्रो थियो भन्दछन् । पहिले नै समाजमा परिवर्तन हुनुहुन्न भन्दैनन् । समाजमा भइरहेको परिवर्तन म रोक्न चाहन्छु भन्दैनन् । समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने र परिवर्तन हुनुभन्दा पहिलेको समाज राम्रो थियो, अहिलेको समाज बिग्रियो भन्ने रोदन कतिपय प्राज्ञिक व्यक्तिले पनि रोएको पाइन्छ । हो, समाजमा भइरहेको परिवर्तनमा आप्mनो भूमिका छ वा छैन भन्ने विचार गर्नु पनि पर्दछ । कतिपय परिवर्तन स्वाभाविक हुन्छ र कतिपय परिवर्तनमा चाहिं हस्तक्षेप हुन्छ । मुख्यतया हरेक भौतिक परिवर्तन हस्तक्षेपकारी हुन्छ तर अभौतिक परिवर्तनमा व्यक्तिको भूमिका त्यति सक्रिय हुँदैन । यद्यपि समाजले पनि परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गरेको हुन्छ । यी सबैको अन्तर्य यही हो कि समाज परिवर्तनशील छ ।
    समाजमा भइरहने परिवर्तन जीवनको हरेक क्षेत्रमा देखा पर्दछ । समाजका अभिन्न अङ्ग जीवनपद्धति, कला, साहित्य, सोच्ने तरीका तथा अभिव्यक्तिका अन्य अङ्गलाई पनि विचार गर्न सकिन्छ । यथार्थमा वाङ्मयमा नै परिवर्तन भइरहेको हुन्छ तर आप्mनो अतीत अर्थात् विगतको भोगाइ, अनुभूति, देखाइप्रति जनसामान्यको विकराल मोह हुन्छ । त्यो मोहले विगतप्रति आत्मिक आकर्षण उत्पन्न गर्दछ तर भौतिकतामा जान सम्भव हुँदैन । यस कारण कहिलेकाहीं द्वन्द्वात्मक विचार सार्वजनिक भइरहेको हुन्छ । विचारमा कोलाजपन देखिन्छ । विचारको कोलाज पनि प्राज्ञिक दृष्टिले गतिशीलता हो । वैज्ञानिक दृष्टिले पनि द्वन्द्वात्मक भौतिकवादको परिचायक हो । दृष्टान्त हो । यसलाई अझ फराकिलो विचार र दृष्टिकोणले पनि हेर्न सकिन्छ ।
    यदि नितान्त कला र साहित्यलाई पनि विचार गर्ने हो भने पनि यो गतिशील देखिन्छ । कला र साहित्यमा संरचना र विचार दुवै दृष्टिले गतिशीलता देखिन्छ । रूपलाई महŒव दिने र सारलाई महŒव दिने तथा सारलाई महŒव दिने र रूपलाई महŒव नदिने गरी कम्तीमा दुई ध्रुव शताब्दीयौंदेखि अस्तित्वमा छन् । समन्वयवादीहरूले रूप र सार दुवैलाई मिलाएर लैजानुपर्ने विचार पनि व्यक्त गर्दै आएका छन् । दुवैको संयोजनबाट उत्कृष्ट साहित्यको सिर्जना हुने र बताउँदै आएका छन् । उदाहरण दिन्छन् र प्रमाणित पनि गर्दछन् । यहाँ पनि द्वन्द्वात्मक भौतिकवाद लागू हुन्छ ।
    साहित्यमा प्रचलित विचार धारणलाई हेर्ने हो भने साहित्य र समालोचना दुवै क्षेत्रमा अनेक वाद र विवादहरू प्रचलनमा रहेका छन् । अनेक वाद र विवादले पनि साहित्यलाई गतिशील बनाएको छ । यसले प्राज्ञिक गतिशीलतामा वृद्धि गरेको छ । साहित्यिक वादहरूको इतिहास हेर्ने हो भने उही साहित्य केका लागि ? भन्ने प्रश्नको वरिपरि कम्तीमा एक फन्को लगाउनुपर्ने गरी जवाफ पाइन्छ । साहित्य, जीवनको लागि लागि हो कि साहित्यचाहिं साहित्यकै लागि ? हो, कतिपयले भन्ने गर्दछन् साहित्यचाहिं साहित्यकै लागि हुनुपर्दछ । यसलाई जीवनसित गाँस्नु आवश्यक छैन र कतिपयको मान्यता हुन्छ कि साहित्य र कला चाहिं जीवनका लागि नै हुनुपर्दछ । किनकि जीवन नभएको साहित्य र कलाले मानवसमाजलाई सभ्य बनाउन सक्दैन, सुसंस्कृत बनाउन सक्दैन । साहित्य कसका लागि भन्ने प्रश्नको उत्तरमा पनि दुई ध्रुव देखिनु स्वाभाविक हो ।
    समाजमा विचार दुई थरीका हुन्छन् भन्ने मान्यता नराख्ने कोही पनि नहोलान् । जसले कहीं पनि राजनीति देख्दैन, उनले पनि राजनीति गरेको देख्नेहरू हुन्छन् भने साहित्यमा प्राज्ञिक गतिशीलता हुँदैन भन्ने मान्यता आपैंmमा कमजोर हुन्छ । जुन पानी गतिशील हुँदैन, त्यो कालान्तरमा आपैंmमा फोहोर हुन्छ । जुन वाद वा सिद्धान्त गतिशील हुन्न त्यो आपैंmमा कमजोर हुन्छ र अन्तमा मृत्यु हुन्छ । गतिशील हुनुको अर्थ हो, उसमा जीवन छ, उसमा सङ्घर्ष गर्ने क्षमता छ, उसमा नवीनता सिर्जना गर्ने अनुकूलता छ । यस अर्थमा साहित्यमा प्राज्ञिक गतिशीलता चाहिन्छ र हुनु पनि पर्दछ । तर प्राज्ञिक गतिशीलताको अर्थ द्वैध चरित्र होइन र न त अद्वैतवाद नै हो । साहित्यमा प्राज्ञिक गतिशीलताको विश्वव्यापी दृष्टान्तलाई विचार गर्ने हो भने सारवाद, ध्वनिवाद, रीतिवाद, वक्रोक्तिवाद, औचित्यवाद, अलङ्कारवादजस्ता सिद्धान्तहरूलाई अब प्राचीन धरोहर मान्न थालिएको छ । साहित्यलाई हेर्ने दृष्टिकोणमा पनि नीतिपरक समालोचना प्रणाली, समाजपरक समालोचना प्रणाली, मनोविज्ञानपरक समालोचना प्रणाली, रूपपरक समालोचना प्रणाली, आदिमतापरक समालोचना प्रणालीहरूले समाजलाई समयानुकूल गतिशील बनाएकै हुन् । अझ गहिरिएर विचार गर्ने हो भने यी सबै समालोचना प्रणालीभित्र पनि आन्तरिक गतिशीलता भएको पाइन्छ । पाश्चात्य साहित्यको अध्ययन गर्दा शास्त्रीयतावाद/ परिष्कारवाद, नवपरिष्कारवाद, स्वच्छन्दतावाद, यथार्थवाद, अतियथार्थवाद, प्रगतिवाद, प्रकृतवाद, प्रतीकवाद, अस्तित्ववाद, विसङ्गतिवाद आदिले पाश्चात्य साहित्यलाई गतिशील बनाएको देखिन्छ। कतिपयले आधुनिकतावाद, उत्तरआधुनिकतावादको चर्चा र विश्लेषण पनि गरेका छन् । वर्तमान विश्वमा डायस्पोरिक लेखनले पनि एक किसिमको तहल्का मच्चाइरहेको छ । एउटै विचार, सिद्धान्त वा वादभित्र संशोधन गर्नुपर्ने विचारकलाई संशोधनवादी मान्ने गरिएको अर्को यथार्थले पनि साहित्यमा प्राज्ञिक गतिशीलता थपेकै छ ।
    साहित्य सिर्जना हुन्छ । सिर्जना गतिशील हुन्छ । साहित्यमाथि समालोचना हुन्छ । समालोचनाको दृष्टिकोण पनि गतिशील हुन्छ । एउटै साहित्यमाथि अनेक वैचारिक दृष्टिकोणले समालोचना हुन सक्ने भएकोले साहित्यमा प्राज्ञिकताको औचित्य हुन्छ र साहित्यमा प्राज्ञिक विविधताजस्तै प्राज्ञिक गतिशीलताको पनि आवश्यकता हुन्छ भन्ने मान्यता रहेको छ ।

Saturday, February 15, 2020

के छ पतौराको पुरातात्विक वास्तविकता ?

के छ पतौराको पुरातात्विक वास्तविकता ?

सञ्जय साह मित्र

    ऐतिहासिक तथ्य र प्रमाणहरूले स्पष्ट केही पनि भन्दैनन् तर पतौराको भग्नावशेषले स्पष्ट नभन्ने सबैलाई चुनौती दिइरहेको छ ।
    नजीकै सिम्रौनगढ रिसाइरहेको छ । सिम्रौनगढले यस क्षेत्रकै इतिहास खोलेको छ । अलि परको ईशनाथ महादेव मन्दिरले पनि इतिहास बोलेकै छ । तर मौलापुर नगरपालिकाको पतौराबारे सबैतिर किन मौनता ?
    इतिहासले भन्छ – इस्वी सन् १०९७ मा डोय राज्यको स्थापना भएको थियो । दक्षिण भारतको कर्नाट देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई डोय राज्य स्थापना गरेका थिए । नान्यदेव दक्षिण भारतका चालुक्य शासकका सेनापति थिए । सेनापति नान्यदेवले डोय राज्यको स्थापना गरेका थिए । डोय राज्यमा नान्यदेवपछि गङ्गदेव, गङ्गदेवपछि नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव तथा हरिसिंह देवले शासन गरेको इतिहास छ । दिल्लीका बादशाह गयासुद्दीन तुगलकले डोय राज्यमा आक्रमण गरी ध्वस्त पारेपछि डोय राज्यका सातौं राजा हरिसिंह देव आप्mनो राज्य छाडी भागेका थिए । हरिसिंह देवले शासन छोडी भागेपछि तुगलकले कामेश्वर ठक्कुरलाई शासक नियुक्त गरेका थिए । त्यसपछि ठक्कुर वंशको पनि शासन चलेको पाइन्छ ।
    तुगलकले आक्रमण गरेको वर्ष भने सन् १३२४ हो । सामान्य ऐतिहासिक विश्वास के छ भने तुगलकको आक्रमणबाट सिम्रौनगढको भौतिक संरचना तहसनहस भएको थियो । सिम्रौनगढको समृद्धि खलबलिएको थियो र सिम्रौनगढ उजाड भएको थियो । सिम्रौनगढ समग्रमा ध्वस्त भएको थियो भन्ने मान्यता स्थापित भइसकेको छ ।
    सिम्रौनगढमा राजधानी त्यत्तिकै स्थापना भएको थिएन होला । त्यहाँको भौतिक संरचना वा कूटनैतिक महŒव वा सामरिक महŒव त्यस जमानामा केही थियो र त त्यहाँ राजधानी बनाइएको थियो । तुगलकको आक्रमणपछि सिम्रौनगढ पूर्णरूपमा ध्वस्त नै हुन पुगेको थियो भन्ने कुरा ठक्कुरले पुनः राज्यको शासन तुगलकबाट लिएकोबाट देखिन्छ । यहाँनेरको अँध्यारोले पनि केही बोल्नुपर्ने हो ।
    डोय राज्य स्थापना भएको वर्षलाई विक्रम संवत्मा ११५४ मानिएको छ । डोय राज्यको स्थापना हुनुभन्दा करीब चार दशक पहिले वि.सं.११४ मा औरैयामा ईशनाथ महादेवको स्थापना भएको ऐतिहासिक तथ्य रहेको छ । जसरी सिमरावनबाट सिमरौनगढ वा सिम्रौनगढ भयो त्यस्तै अमलाको वन भएको ठाउँ औरावनबाट औरैया हुन गएको हो । बकैया नदीको पश्चिमी किनारमा स्थापना भएको महादेव मन्दिरसँग सम्बन्धित अनेक किंवदन्तीहरू त्यस आसपासमा अद्यापि प्रचलनमा छन् । ईशनाथ महादेवको पुरानो मन्दिरको भग्नावशेष अझै पनि देख्न सकिन्छ ।
    सिम्रौनगढ स्थापना भएको समयभन्दा केही दशकपहिले स्थापना भएको मन्दिर अहिले पनि अस्तित्वमा छ र सिम्रौनगढको संरचना चाहिं ध्वस्त भएको छ । अझ स्पष्ट भन्ने हो भने पुराताŒिवक महŒवका दुवै स्थानको स्थापनाको इतिहास देखिन्छ,् तर पतौरा महादेवबारे सबैतिर मौनता किन ?
    एकजना जानकारको अभिमत कस्तो छ भने डोय राज्य ध्वस्त भएको केही समयपछि पतौरामा महादेव मन्दिरको स्थापना भएको हो र यहाँ केही शताब्दीसम्म पूजा चलेको हो र पृथ्वीनारायण शाहको समयमा पतौरा मन्दिरलाई ध्वस्त पारिएको हो । पतौरा मन्दिरलाई पृथ्वीनारायण साहका मान्छेहरूले किन ध्वस्त पारे ? ती जानकारको अभिमत छ– पतौरा र आसपासका बासिन्दा पृथ्वीनारायण शाहका पक्षमा थिएनन् रे । यहाँका बासिन्दा सेनवंशका समर्थक थिए रे । पृथ्वीनारायण शाहले मकवानपुर आप्mनो राज्यमा मिलाएपछि यहाँका बासिन्दाले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गरेका थिएनन् । राजा नस्विकारेको कारणले उनको सेनाले यस क्षेत्रमा आक्रमण गरे र मन्दिरमा लुकेका स्थानीयलाई लखेट्ने क्रममा मन्दिर नै ध्वस्त पारे रे । मन्दिर ध्वस्त भयो र यो क्षेत्र पूरै मानवविहीन बन्न पुग्यो । कालान्तरमा फेरि बस्ती बस्न पुगी करीब दुई वर्ष पहिले मन्दिरको अवशेष फेला परेको हो ।
    यस तर्कलाई विभिन्न किसिमले विश्लेषण गर्दा तथ्य अर्कै हुनुपर्ने सङ्केत प्राप्त हुन्छ । पतौराको पुराताŒिवक उत्खनन भएको छ र उत्खननले प्रारम्भिकरूपमा के देखाएको छ भने यो मन्दिर कर्नाटकालीन हो । कर्नाटकालीन भन्नु चाहिँ डोयकालीन भन्नु नै हो । पृथ्वीनारायण शाहको समय भनेको त्यस्तै साढे दुई सय वर्ष पुरानो हो । धरतीभन्दा करीब बाइस फिट गहिरोसम्म मन्दिरको संरचना भेटिएको छ । यति गहिरोसम्म सिम्रौनगढमा मन्दिर वा पुराताŒिवक संरचना भेटिएको कसैलाई थाहा छैन । यदि हो भने तथ्य बाहिर आउला तर साढे दुई सय वर्षमा नै कुनै संरचना बाइस फिट गहिरो भासिन सक्ला र ? पतौरा र यस आसपासको बस्ती नै साढे दुई सय वर्षभन्दा पुरानो छैन भन्ने पनि स्पष्ट पार्दछ । तर वास्तविकता यो होइन । वास्तवमा पतौरा भन्ने बस्ती साढे दुई सय वर्षभन्दा पनि कैयौं शताब्दी पुरानो हो भन्नेमा शङ्का छैन।
    जब लोकमानसमा सिम्रौनगढ ध्वस्त भएको कुरा इतिहासको पुस्तकमा लेखिएको भन्दा पुरानो भनी व्याप्त छ, जुन सन् १३२४ को घटना हो । सिम्रौनगढ ध्वस्त भएको करीब सात सय वर्ष हुन लागेको छ तर जम्मा साढे दुई सय वर्ष पहिले ध्वस्त भएको पतौरा महादेवको मन्दिरबारे न कुनै किंवदन्ती प्रचलनमा छ, न लोकमानसमा यसको इतिहासको कुनै अवशेष नै छ । यसले के स्पष्ट हुन आउँछ भने पतौरा मन्दिरको इतिहास अन्य क्षेत्रको इतिहासभन्दा अझ पुरानो छ ।
    मन्दिरको आसपासको जग्गाजमीन र केही घरहरू माली जातिको रहेको पाइएको छ । करीब दुई दशक पहिले मन्दिरको संरचना भेटिएको र पुराताŒिवक उत्खननले हजारौँ वर्ष पहिलेको भएको सम्भावना व्यक्त गरिरहेको वर्तमानमा यसको पुराताŒिवक वास्तविकता अझ बाहिर आउन बाँकी नै छ । यहाँको मूर्तिकला, ईंटाको संरचना तथा अन्य तथ्यहरूले यहाँ कुनै प्राचीन सभ्य र भव्य बस्ती रहेकोतर्फ सङ्केत गर्दछ । कुनै प्राचीन बस्तीको विलुप्त अवशेष फेला पर्न सक्ने सम्भावनाले नयाँ किसिमले मानव सभ्यताको अध्ययनको ढोका पो खोल्ने हो कि ? यस विषयमा पुरातŒव विभागले नयाँ तथ्य सार्वजनिक गर्ला । सर्वसाधारण जान्न अत्यन्त उत्सुक छन्– आखिर के छ पतौराको पुराताŒिवक वास्तविकता ?

Friday, February 7, 2020

मधेसको आधुनिक नेपाली गजल

मधेसको आधुनिक नेपाली गजल

सञ्जय साह मित्र
    यहाँ मधेसलाई सङ्कुचित अर्थमा लिइएको छ । यस आलेखमा मधेस भन्नाले प्रदेश २ लाई सम्बोधन गरिएको हो ।
    नेपाली भाषा र साहित्यको सेवा मधेसले निकै सजगतापूर्वक गर्दै आएको छ । समग्र देशमैं मोफसलबाट पहिलो पत्रिका निकाल्ने यहींको वीरगंज हो । त्यो सम्भवतः साहित्यिक पत्रिका थियो । तर अहिले वीरगंज साहित्यिक पत्रिकाविहीन छ ।
    यस प्रदेशमा नेपाली साहित्यको सबै विधाले फल्ने–फुल्ने मौका पाएको छ । समग्र नेपाली साहित्यको विशिष्ट सेवा गरेको छ । अनेक मापनहरूले यसलाई पुष्टि गरेका छन् । यस प्रदेशको साहित्य सिर्जना स्तरीय छ र त नेपाली मानक साहित्यिक पत्रिका, साहित्यकार तथा भाषासेवामा यो प्रदेशले अग्रणी भूमिका खेल्दै आएको छ । ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ – प्रज्ञा आधुनिक नेपाली गजल कृतिलाई ।
    नेपाल प्रज्ञा प्रतिष्ठानले हालै यो कृति प्रकाशन गरेको छ । यस कृतिका दुई सम्पादक छन् – डा. घनश्याम न्यौपाने परिश्रमी र गोपाल अश्क । डा. परिश्रमी वीरगंजमा नौ वर्ष बसेर प्राध्यापनसँगै साहित्य सेवा गर्ने व्यक्तित्व हुन् भने अश्क वीरगंजकै हुन् अर्थात् यस कृतिको सम्पादन यस प्रदेशले गर्ने मौका पाएको हो भनी दाबी गर्दा हुने देखिन्छ ।
    प्रज्ञा प्रतिष्ठानले आधुनिक नेपाली गजल भनेर प्रकाशन गरेको यस कृतिको आरम्भमा गजलको परिचय र आधुनिक नेपाली गजलका प्रवृत्ति दिइएको छ । यस अन्तर्गत गजलको वण्र्य विषय, गजलको उद्भव र विस्तार, गजल संरचनाका मूल तŒव, नेपाली गजलको परम्परा, आधुनिक नेपाली गजल र निष्कर्ष प्रस्तुत गरिएको छ । कृतिको दोस्रो परिच्छेदमा आधुनिक नेपाली गजलहरू प्रस्तुत गरिएका छन् । कृतिभित्र हरेक रचनाकारका दुई गजल राखिएका छन् । कृतिमा एक सय असीजनाको गजल समेटिएको छ । कृतिभित्र मधेसका दर्जनौं गजलकारका रचना सङ्कलित छन् ।
    नेपाली वर्णानुक्रमानुसार गजलहरू प्रस्तुत गरिएका छन् । यस कृतिमा समाविष्ट मधेसका गजलकारहरूमध्ये सबैभन्दा पहिले अमर त्यागी, त्यसपछि किसान प्रेमीको गजल परेका छन् । यसपछि कृष्ण कुसुम अनि कृष्ण दाहालका गजल छन् । कृतिका दुई सम्पादकमध्ये एक गोपाल अश्कको गजल पनि रहेको छ । गजलको शास्त्रीय मान्यतानुरूप लेखिएको अश्कको प्रस्तुत गजलको आरम्भ यस्तो छ –
झरेको पात हुँ मेरो कहानी के सुनाउँ
बितेको रात हुँ मेरो कहानी के सुनाउँ पृ.१०९)
    आधुनिक नेपाली गजलमा जुनू क्षेत्रीको गजल छ । धीरेन्द्र प्रेमर्षि तथा चर्चित युवा गजलकार नारायण निराशीको गजल परेको छ । कृतिमा बागियान शर्मा र भक्ति रिजाल आजादको गजल रहेको छ । कृतिमा भीम विरागको गजल पनि परेको छ । मनु ब्राजाकीको गजलको यो टुक्रा यस्तो छ –
जाँड खाने देवता छन् हाम्रा धेरै भन्ने ठानी
पूजा गर्न आफ्नो फोटो तखतामा राख्दो रहेछु । (पृ.२५९)
    दशकौंसम्म रौतहटमा रही भाषा र साहित्यको सेवा गरेका रमेश समर्थन अहिले रूपन्देही जिल्लाको सेवामा तल्लीन छन् । समर्थनको गजल पनि यस कृतिमा सङ्गृहित छ । आशावादी विचार अभिव्यक्त गर्ने गजलमा समर्थन भन्छन्–
पर्खी बसें फर्की दिन आउँछ कि भनी
कोइलीले नयाँ गीत गाउँछ कि भनी ।
(पृ.२७७)
    रामप्रसाद साहको गजल यसमा समेटिएको छ । यसमा लीलाराज दाहालको गजल पनि छ । यस कृतिका सम्पादक डा. परिश्रमीको गजल यसमा समेटिएको छ । डा.परिश्रमीको गजल आप्mनो मूल प्रवृत्ति अनुरूप प्रगतिशील रहेको छ । उनका दुई गजलमध्ये पहिलो गजलको अग्रभाग यस्तो छ –
मजदुर हुँ एउटा म, बोझा उठाउँदै छु
बिक्री गरेर निद्रा, पसिना बगाउँदै छु ।
(पृ.१२१)
    नेपाली गजलको यस विशाल कृतिमा मधेसका स्तरीय गजलहरू समेटिएका छन् । यस कृतिमा परेका नेपाली गजलहरूको विषयवस्तुमा समाज, प्रेम, विश्वास, आशा र जीवनका विविध पक्ष रहेका छन् । गजलको शास्त्रीय मान्यता र आधुनिक चलन दुवै प्रकृतिलाई कृतिले आत्मसात् गरेको छ । साथै मधेसका गजलहरूले पनि यी दुवै प्रकृतिलाई पाठकसमक्ष प्रस्तुत गरेको छ ।
    आधुनिक नेपाली गजलको अध्ययन तथा आस्वादन गर्न चाहने हरेकको लागि प्रज्ञा आधुनिक नेपाली गजल एउटा महŒवपूर्ण प्राप्ति रहेको छ । मधेसमा रहेका नेपाली साहित्यको पाठकका लागि यो कृति सङ्ग्रहणीय छ ।

Friday, January 31, 2020

आठ जिल्लामा गजलकारहरूको खोजी

आठ जिल्लामा गजलकारहरूको खोजी

सञ्जय साह मित्र
    नेपालका सात प्रदेशमध्ये प्रदेश नम्बर २ मा धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिराहा जिल्ला रहेका छन् । यस प्रदेशका प्रमुख तीन भाषामा बज्जिका, भोजपुरी र मैथिली छन् । देशकै प्रमुख भाषा नेपाली यस प्रदेशको प्रमुख तीन भाषामा परेको छैन तर पनि नेपाली भाषाको साहित्य समृद्ध छ । नेपाली भाषाका साहित्यमध्ये गजलको विशिष्ट स्थान रहेको छ । आठ जिल्ला अर्थात् प्रदेश २ मा गजलकारहरूको पनि खोजी हुनुपर्दछ । यसैको प्रयासस्वरूप यो आलेख तयार पारिएको हो ।
    गजलकार अमर त्यागी (बारा)को ‘बाँसुरीमा आँसुको गीत’ गजलकृति प्रकाशित छ । अर्जुन थापा, कमल नेपाल, कवि सुवेदी, कृष्ण दाहाल, कुमार दाहाल, चण्डिका मैनाली, पवन कार्की, प्रमिला पोखरेल, मनीषा भट्टराई, मिलन कोइराला, वसन्त पौडेल, विवश पौडेल, लीलाराज दाहाल र सुमित्रा आचार्य (सर्लाही)को ‘अध्याय संयुक्त’ गजलकृति प्रकाशित छ । खेमप्रसाद बोलखे (रौतहट)को ‘उद्वेग’ कृति प्रकाशित छ । यसैगरी, गोपाल अश्क (पर्सा)को ‘जीवनको लेक र बेंसी’ गजलसङ्ग्रह तथा प्रेमान्तर गजल महाकाव्य प्रकाशित छ । धीरेन्द्र प्रेमर्षि (धनुषा)को ‘सलाम’ प्रकाशित छ । यसैगरी, धु्रवराज गिरी र रमेश अजिव रश्मि (महोत्तरी)को संयुक्त गजलकृति ‘एक अँगालो सपना’ प्रकाशित छ । नारायण निराशी (सर्लाही)को ‘तुषारोमा फुलेका पूmलहरू’ प्रकाशित छ । प्रकाश तिमल्सिना (रौतहट)को ‘केही पूmल केही काँडा’, भक्ति रिजाल (सर्लाही)को ‘बगान’ र भीम विराग (पर्सा)को ‘भीम विरागका गीत–गजल’ कृति प्रकाशित छन् । यसैगरी, महोत्तरीका मनु ब्राजाकीका ‘गजलगङ्गा’, ‘काँडाका पूmलहरू’ र ‘के हेरेको ए जिन्दगी’ गरी तीन गजलकृति प्रकाशित छन् । रमेश समर्थन (रौतहट)को ‘पर्खी बसें’, रामप्रसाद साह (बारा)को ‘अश्रुपुरित आँखा’, वागियान शर्मा (बारा)को ‘चुपचाप चुपचाप’ र सुरेश वाग्ले (सर्लाही)को पनि एउटा गजलकृति प्रकाशित भएको छ ।
    पुस्तकाकार कृति प्रकाशन गर्ने कृतिकारको सङ्ख्या धेरै नदेखिए पनि कृति सङ्ख्याको आधारले प्रदेश २ को अवस्था सन्तोषजनक रहेको छ । पुस्तकाकार कृति प्रकाशन गर्नेहरूमध्ये अधिकांश अहिले पनि गजलसिर्जनामा सक्रिय छन् । कृतिकारबाहेक सयौं गजलकारहरू सिर्जनामा तल्लीन छन् । साहित्यिक तथा गैरसाहित्यिक पत्रिकामा निरन्तर गजल प्रकाशन गर्ने सर्जकहरूले गर्दा प्रदेश २ मा गजलले उच्च सम्मान पाएको देखिन्छ ।
    प्रदेश राजधानी जनकपुर र धनुषामा तोयानाथ घिमिरे, दिनेश पौडेल ‘गरीब’, दिल पौडेल, राजाराम सिंह, रामभरोस कापडी ‘भ्रमर’, नीला घिमिरे, श्यामसुन्दर शशीलगायतले गजल सिर्जनकर्मलाई अगाडि बढाएको पाइन्छ ।
    पर्सामा रहँदा नेपाली गजलको ठूलो सेवा गरेका डा घनश्याम न्यौपाने ‘परिश्रमी’बाट प्रेरित भएर दर्जनौंले गजल सिर्जनाको अभ्यास पनि गरेका थिए । डा परिश्रमीको योगदानलाई प्रदेश २ ले बिर्सन सक्दैन । डा रामभक्त ठाकुर, लक्ष्मी श्रेष्ठ (दिवङ्गत), डा विश्वम्भर शर्मा पर्साका राम्रा गजलकार हुन् । डा शर्माले भोजपुरी गजलको विश्लेषणात्मक अध्ययन पनि गरेका छन् ।
    बारामा गजल साहित्यले निकै माया पाएको छ । अच्युत खनाल, इशहाक हुसैन, जुनु क्षेत्री, नवराज रिजाल, प्रगति गुप्ता, पृथ्वीराज पाण्डे, भोला चौलागाईं, राम खनाल, राम पराजुली, शिव सन्देशले गजलमा आआप्mनो पसिना बगाएका छन् ।
    महोत्तरीमा किशोर अधिकारी, केदार गौतम, जीवनस्पर्शी, तोयानाथ घिमिरे, दीपचन्द्र मण्डल, निर्मल पौडेल, मीना आले, यशोदा श्रेष्ठ, रामगोपाल यादव, सुभद्रा भुजेललगायतका गजलकारहरू सक्रिय छन् । महोत्तरीले स्थानीय पत्रिकामा गजललाई पर्याप्त स्थान दिएको देखिन्छ ।
    धेरैपटक गजलको प्रशिक्षण सञ्चालन गरिसकेको रौतहटमा दीपक खड्का, रमेशमोहन अधिकारी, रामउदित आचार्य, रेणु गुप्ता, रेणुका जिसी खतिवडा, लक्ष्मण आचार्य, विक्रान्त शर्मा, सञ्जय मित्र, समीर पाण्डे, सुमी कोइराला, सोनु थापा, सौगात विश्वकर्माबाट नेपाली गजलले माया पाएका छन् । मदन आले तथा शीतल गिरीले पनि रौतहटेली गजलको सेवा गरेका छन् ।
    कृति प्रकाशन भएको नपाइए पनि सप्तरीमा गजललेखनले महŒव पाएको छ । यहाँका दर्जनौं सर्जकहरू गजल लेखिरहेका छन् । अशोक अमन, करुणा झा, डा केशव उपाध्याय, कुन्दनकुमार कर्ण, गजेन्द्र गजुर, देवकरण माझी, देवेन्द्र मिश्र, देवेन्द्र साह, धमला भट्टराई, नन्दलाल आचार्य, पार्वती राउत, पूनम ठाकुर, मनोहर पोखरेल, रवेन्द्र रवि, रामप्रसाद गौतम, ललिता साह ‘प्रतिज्ञा’, विद्यानन्द वेदर्दी, श्यामप्रीत मण्डल, शम्भुश्री, सागरवीर कडारी, साधना झालगायतकाले नेपाली गजलको सेवा गरेका छन् ।
    सर्लाही चाहिं गजलको उर्वरभूमि हो । पन्ध्रजनाको संयुक्त गजलकृति प्रकाशन गर्ने सर्लाहीमा एकल गजलकृति प्रकाशन हुन नसके पनि जीवन आचार्य, रामदरश यादव, रामनारायण चौधरी, डा वसी मिकरानी, सञ्जय सुदामा, सुमन घिमिरेले स्तरीय गजल लेखेका छन् । विवश पौडेलले सर्लाहीका गजलहरूको प्रवृत्तिगत अध्ययन पनि गरेका छन् ।
    सिराहाको गजलको बारेमा खासै जानकारी प्रकाशमा आउन सकेन । रोहित न्यौपाने राम्रा गजलकार हुन् । अर्जुन गुप्ता, गायत्री सिंह, यमुना खनाल, रामरिझन यादवलगायतकाले पनि गजल लेखेका छन् ।
    प्रदेश २ का सक्रिय गजलकारहरूको नाम समेट्न खोज्दाखोज्दै पनि छुटेका हुन सक्छन् । कृतिको सङ्ख्या केही कमजस्तो बुझिए पनि प्रदेश २ ले नेपाली गजललाई स्थापित गराउन इतिहासमैं ठूलो भूमिका खेलेको छ भने वर्तमानमा पनि गजल प्रवाहमा सयौं नवसर्जकहरूले आपूmलाई अभ्यस्त बनाइरहेका देखिन्छन् ।
    गजल विधालाई नेपाली साहित्यमा स्थापित वा पुनस्र्थापित गराउने तीन नु (घनु, मनु, ज्ञानु)मध्ये दुईजनाको सान्निध्य प्रदेश २ ले पाउनु आपैंmमा गर्वोपलब्धि हो । डा घनश्याम परिश्रमी पर्सामा लामो समय बसेर गलजसाधना गरेका थिए । परिश्रमीलाई गजलमा विद्यावारिधि दिलाउन प्रदेश २ को अहम् भूमिका छ । मनु ब्राजाकी महोत्तरीकै हुन् ।
    नेपालमैं गजलको पहिलो औपचारिक गोष्ठी गर्ने श्रेय प्रदेश २ लाई छ । शीतल गिरीको संयोजनमा रौतहट (गौर)मा २०५७ मा पहिलो औपचारिक गजल गोष्ठी आयोजन भएको थियो ।
    नेपाली गजललाई पहिलो र सम्भवतः एकमात्र महाकाव्य दिने प्रदेश २ नै हो । पर्साका गोपाल अश्कको कृति (प्रेमान्तर) पहिलो गजल महाकाव्य हो । यस कृतिलाई त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्रतर्पm स्नातक तहमा राखेको छ । पर्सामा रामप्रसाद पाण्डेले नारायणी अञ्चलका प्रतिनिधि गजलकारका गजलको विश्लेषणात्मक अध्ययन गरेका छन् । बाराबाट अमर त्यागी र नवराज रिजालले मूच्र्छना गजलप्रधान त्रैमासिक पत्रिकाकै प्रकाशन गरेका थिए । जुन सम्भवतः १७ अङ्कसम्म प्रकाशन भएको थियो । हाल यसको प्रकाशन स्थगन भएको छ । पर्साबाट प्रकाशित (हाल स्थगित) सगर साहित्यिक त्रैमासिकले गजल विशेषाङ्क निकालेको थियो । अन्य पत्रपत्रिकाहरूले पनि गजल विशेषाङ्क निकालेका छन्।
    प्रदेश २ मा अन्य धेरै गजलकार सक्रिय हुन सक्छन् । सम्भव भएसम्म खोजी गरिनुपर्छ र खोजी गर्नेलाई सहयोग पनि गर्नुपर्दछ ।
स्रोत ः गोपाल अश्क (पर्सा), नवराज रिजाल (बारा), रेणुका जिसी खतिवडा (रौतहट) लीलाराज दाहाल (सर्लाही), सुमन गौतम (सर्लाही), रमेश अजीव रश्मि (महोत्तरी), राजेश्वर नेपाली (धनुषा), उपेन्द्र भगत नागवंशी (धनुषा), अर्जुन गुप्ता  (सिराहा), रोहित न्यौपाने (सिराहा), ललिता साह (सप्तरी), विद्यानन्द वेदर्दी (सप्तरी) र विभिन्न पत्रपत्रिका ।

Friday, January 24, 2020

विसं २९६६ को सिम्रौनगढ

विसं २९६६ को सिम्रौनगढ

सञ्जय साह मित्र


    मधेसको एउटा प्राचीन बस्तीमध्ये सिम्रौनगढलाई पनि मानिन्छ । सन् १०९७ मा तत्कालीन दक्षिण भारतको कर्नाट देशका सेनापति नान्यदेवको नेतृत्वमा आएको फौजले यहाँ राजधानी बनाइ डोयराज्य स्थापना गरेको थियो । वेदको समयभन्दा पहिलेदेखि नै अस्तित्वमा यो क्षेत्र रहेको छ भन्ने कुरो कसरी प्रमाणित हुन्छ भने यस क्षेत्रलाई तीरभुक्ति भनिएको छ । त्यसै हुनाले तीरभुक्तिको अपभ्रंश भएर कालान्तरमा तिरहुत पनि भनिएको पाइन्छ । तिरहुत शब्दसँग सम्बन्धित विभिन्न स्थान कोशीदेखि पश्चिम र नारायणीदेखि पूर्व तथा चुरेदेखि दक्षिण र गङ्गादेखि उत्तरको भूभागमा अहिलेसम्म पनि अस्तित्वमा रहेको सम्भवतः यसै कारणले हो ।
    तत्कालीन दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले सन् १३२४ मा आक्रमण गरेर सिम्रौनगढलाई तहसनहस पारेको इतिहास पाइन्छ ।
    सम्भवतः सिम्रौनगढलाई यही अवधिको मानेर अध्ययन गरिन्छ । सिम्रौनगढको इतिहास यही अवधिको मात्र हो ? यसपछिको ठक्कुर वंशको शासनको बारेमा अलिकति जानकारी पाइन्छ तर नान्यदेवको समयभन्दा पहिलेको इतिहासको बारेमा खासै कोही जान्ने इच्छा राख्दैनन् वा उताको इतिहासको विषयमा कसैलाई सोच्ने फुर्सद नै छैन । वास्तवमा नान्यदेवले सिम्रौनगढलाई यत्तिकै किल्ला त बनाएनन् ? यस ठाउँलाई राजधानी बनाउनुका पछाडि यस ठाउँमा बस्ती थियो वा उन्नत बस्ती थियो वा सामान्यतया त्यस युगको लायक पूर्वाधारको विकास भइसकेको थियो । त्यत्तिकै मानवशून्य ठाउँमा त सिम्रौनगढ बसाइएन कि?
    विभिन्न शास्त्रहरूमा सिम्रौनगढलाई सिमरावन पनि भनिएको पाइन्छ । सिमरावन भनेको सिमलवन हो । सिमल एउटा रूख हो । सिमललाई स्थानीय बज्जिका भाषामा सिमर वा सेमर भनिन्छ । यसलै आजसम्म पनि यस ठाउँलाई सेम्रौनगढ वा सिम्रौनगढ पनि भनिन्छ । सिम्रौनगढको इतिहासको अध्ययन गर्दा अब नान्यदेवले यहाँ राजधानी स्थापना गरेको समयभन्दा पनि पहिलेको बस्ती वा मानव समुदायको अवस्थाको बारेमा पनि अध्ययन हुनुपर्छ ।
    सिम्रौनगढको ऐतिहासिकतालाई पुष्टि गर्ने अनेक प्रमाणहरू छँदैछन् । विभिन्न सरकारी अध्ययन र इतिहासको विभिन्न पुस्तकले सिम्रौनगढको बारेमा अनेक बखान गरेका छन् ।
    सिम्रौनगढको ऐतिहासिकतालाई त्यहाँ रहेको एउटा बोर्डले पनि स्पष्ट पारेको छ । सिम्रौनगढको इशरा पोखरीको पश्चिमतिर किनारमा कङ्काली मन्दिर रहेको छ । यहाँ कङ्काली मन्दिरको निर्माण कसले गरेको हो, कसरी भएको हो भन्ने विषयमा यस क्षेत्रमा एउटा किंवदन्ती रहेको छ प्रचलनमा । तर अहिले रहेको मन्दिरको निर्माण चाहिं कम्तीमा एक सय वर्ष पहिले राणाशासनको समयमा भएको हो मानिन्छ । यस मूर्तिको प्राचीनतालाई पनि यदि विचार गर्ने हो भने यसले कैयौं व्यवस्थालाई देखेको छ भन्दा हुन्छ । यस मन्दिरभित्रको मूर्ति करीब आठ सय वर्ष पुरानो रहेको मानिन्छ । यस मन्दिरले सिम्रौनगढको प्राचीनतालाई पुष्टि गर्ने आधार थपेको छ । अन्य अनेक आधारहरू पनि यहाँ रहेका छन् ।
    मन्दिरको छेउमा रहेको एउटा बोर्ड छ । बोर्डको भाषाले पनि यसलाई प्राचीन बताउने प्रयास गरेको छ तर यसको भाषामा देखिएको एउटा त्रुटिले शायद यसको विश्वसनीयतालाई कमजोर बनाएको जस्तो छ । सिम्रौनगढ क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति वीरगंज लेखिएको छ । यसै संस्थाले बोर्ड लेखाएको हुनुपर्छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । बोर्ड अलि खुइलिएको अवस्थामा पुगिसकेकोले बोर्ड अलि पुरानै हुनुपर्छ भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
    कङ्काली मन्दिर, सिम्रौनगढ भनेर सिरानमा लेखिएको बोर्डको तेस्रो बुँदामा यस मन्दिर क्षेत्रको उत्खननको इतिहास बताउने प्रयास गरिएको छ, जसमा भनिएको छ– यस मन्दिर क्षेत्रमा विसं १९३५, विसं २९६६ र विसं २०५१ मा उत्खनन गरिएको थियो ।
    यहाँ सामान्यता सन्देह गर्न नमिल्ने तथ्य भनेको यसमा लेखिएको विसं २९६६ को ठाउँमा विसं १९६६ हो । सामान्यतया पढ्नेले पनि यही नै पढ्ने गर्दछन् । तर जहाँ इतिहास र तथ्यको सवाल हुन्छ, त्यहाँ त यसले निकै फरक पर्न सक्छ । यस पङ्क्तिमा प्रयोग गरिएका तीनवटै मितिको अगाडि विसं लेखिएको छ । अघिल्लो र पछिल्लो दुवै मितिलाई पत्याउने अवस्था छ तर बीचको मिति आउन अभैm सयौं वर्ष बाँकी छ । त्यहाँ मूर्तिको प्राचीनता लेखिएको करीब आठ सय वर्षभन्दा बढी समय त अभैm आउनै बाँकी रहेको यस मितिले देखाएको छ । इतिहासको अध्ययन र अनुसन्धानको दृष्टिले यसलाई पत्याउन मुस्किल बनाइदिएको छ एउटै तथ्यले ।
    बोर्ड लेख्ने संस्था वा पर्यटक वा यहाँका स्थानीयको ध्यान नगएको हुन सक्छ वा ध्यान गए पनि सच्याउनेतर्पm ध्यान नगएको हुन सक्छ । वास्तवमा यस क्षेत्रको भ्रमण र अध्ययन गर्न आउने नयाँ विद्यार्थीलाई भने यस तथ्यले अलिकति भ्रम उत्पन्न गर्न सक्छ ।
    जहाँ इतिहासको सवाल हुन्छ, त्यहाँ अझ बढी गम्भीर हुनु जरुरी हुन्छ । यदि कुनै शिलालेखमा यही किसिमको त्रुटि हुन पुग्छ भने त्यसको अध्ययनले कति असर उत्पन्न गर्न सक्ला ? बोर्ड तथा ब्यानर लेख्ने र लेखाउनेहरूले अलिकति लापरवाही गर्दा वा निगरानी गर्नेले समयमा गम्भीरतापूर्वक ध्यान दिन नसक्दा अध्ययनमा कति प्रभाव पर्दछ भन्ने बलियो उदाहरण यो बोर्ड हुन गएको छ ।
    यदि यो बोर्डमा लेखिएको कुरो सही नै हो भने पनि कसरी सही हो भन्ने पनि स्पष्ट हुन सकेको छैन । वास्तवमा यसको मितिलाई सच्याउनु उचित हुन्छ वा यसलाई अझ स्पष्ट पारेर यसको मिति सर्वसाधारणले बुझिने पनि हुनुपर्छ कि जस्तो लाग्छ । यदि यो मिति लेखिनमा त्रुटि हुन पुगेको हो भने सम्बन्धित पक्षले सकेसम्म छिटो सच्याउँदा राम्रो होला कि जस्तो लागेको छ । हैन भने नौ सय वर्ष पहिलेको इतिहास बताएको हो कि नौ सय वर्षपछिको भन्ने बुभ्mन साधारण पाठकलाई निकै गा¥हो बनाएको छ ।

Find us