Showing posts with label स्थानीय समाचार. Show all posts
Showing posts with label स्थानीय समाचार. Show all posts

Saturday, January 18, 2020

ट्राफिक जनचेतनाका लागि साताव्यापी कार्यक्रम

ट्राफिक जनचेतनाका लागि साताव्यापी कार्यक्रम

प्रस, परवानीपुर, ४ माघ/
    राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय वीरगंजको सहयोग र प्रदेश नं. २ ट्राफिक कार्यालय पथलैयाको सहकार्यमा जिल्ला ट्राफिक कार्यालय पर्साले शनिवार वीरगंजमा जनचेतनाका लागि प्रभातफेरीका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ ।
    रावा बैंकको यही माघ १० गते परेको वार्षिकोत्सवको अवसरमा निर्धारित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ट्राफिक जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
    राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रबन्धक विश्वप्रसाद ज्ञवालीको सभापतित्वमा अन्तत्र्रिmया कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगंजमा ईरिक्शा र अटोको जामलाई न्यूनीकरण गर्न सरोकारवाला निकायसँग छलफल गरी अगाडि बढ्न ट्राफिक प्रहरीले पहल गर्नुपर्ने बताए ।         सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी जितेद्र बस्नेतले नियम पालना नगर्ने चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष्F श्यामकुमार बन्जारा, प्रदेश ट्राफिक प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकुमार महतो, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतको सहभागिता थियो ।
    कार्यक्रम पर्सा जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक कमलराज पाण्डेको संयोजकत्वमा भएको थियो ।
वीरगंजमा मोटरसाइकल चोरको बिगबिगी दुई दिनमा तीनवटा चोरी

वीरगंजमा मोटरसाइकल चोरको बिगबिगी दुई दिनमा तीनवटा चोरी

प्रस, वीरगंज, ४ माघ/
    वीरगंजमा मोटरसाइकल चोरको बिगबिगी बढेको छ । दुई दिनको अवधिमा तीनवटा मोटरसाइकल चोरी भएका छन् ।
    सोमध्ये दुईवटा मोटरसाइकल सवारीधनीले आप्mनै पहलमा फिर्ता ल्याइसकेका छन् भने एउटा सरकारी नम्बरको मोटरसाइकल भने अझै फेला परेको छैन ।
    यही माघ १ गते दुईवटा निजी मोटरसाइकल र २ गते एउटा सरकारी मोटरसाइकल वीरगंजबाट चोरी भएको थियो । माघी पर्व मनाउन चितवनबाट वीरगंज आइपुगेका सुभाष थारूको पल्सर मोटरसाइकल १ गते बिहान ९ बजे नयाँ बसपार्कबाट चोरी भएको थियो । उनले भोलिपल्ट रक्सौल पुगेर मोटरसाइकल फिर्ता ल्याए ।
    त्यसैगरी, सोही दिन ठाकुर राम क्याम्पसपछाडि खोला किनारामा पिसाब फेर्न लागेको अवस्थामा मिर्जापुरका हस्मुद्दीन मियाँको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल सोही साँझ रक्सौल टुमरिया टोलामा आफन्तले फेला पारेपछि फिर्ता ल्याएको बताइएको छ ।
    माघ २ गते जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसियाले प्रयोग गर्ने सरकारी मोटरसाइकल अलखियामठ चोकदेखि पश्चिम नबिल बैंक अगाडिबाट चोरी भयो । कार्यालय कामको क्रममा बैंक गएका कार्यालय प्रमुखको मोटरसाइकल डेढ मिनटभित्र चोरी भएको थियो । उक्त मोटरसाइकल अभैm फेला परेको छैन ।
    तुरुन्तै जिल्ला प्रहरी कार्यालयमा खबर गरेको स्वास्थ्य प्रमुख चौरसियाले बताएका छन् । खोजतलाश भइरहेको जिप्रकाले जनाएको छ । मध्याह्न १२ बजेर ४३ मिनट ४६ सेकेन्डमा चौरसियाले पार्किङ गरेको मोटरसाइकल १२ः४५ मा चोरी भएको सिसिटिभीले देखाएको छ । अलखियामठ चोकतर्पmबाट हेल्मेट र कालो ज्याकेट लगाएर आएका युवकले आप्mनै चाबी प्रयोग गरी मोटरसाइकल हाँकेर गएका थिए ।
    उनी आएको अलखियामठ चोकतर्पm पनि टन्नै सिसिटिभी छन् । मोटरसाइकल चढेर गएको पश्चिम पानीटङ्कीतर्पm पनि सेफर वीरगंज र वित्तीय संस्थाहरूको सिसिटिभी छन् । तर ती सिसिटिभीका फुटेज हेर्न प्रहरीबाहेक अरूलाई उनीहरूले दिंदैनन् ।
    एउटा निजी संस्थाले निकै टाढाबाट खिचेको सिसिटिभी फुटेज हेर्दा अनुहार चिनिएको छैन । सो समयको आसपासका क्षेत्रको फुटेज हेर्ने हो भने मोटरसाइकल चोर कहाँबाट कसरी आएको र कोहो भन्ने सजिलै पत्ता लाग्न सक्ने अवस्था छ ।
    सिसिटिभीको बीचबाट सरकारी मोटरसाइकल चोरी हुँदासमेत प्रहरीले पत्ता लगाउने प्रयास नगर्नुको रहस्य भने खोजी गर्नुुपर्ने बेला आएको अलखियामठ चोकका व्यवसायीहरू बताउँछन् ।
चिकित्सक सङ्घको मतदान शुरू

चिकित्सक सङ्घको मतदान शुरू

प्रस, वीरगंज, ४ माघ/
    नेपाल चिकित्सक सङ्घको नयाँ कार्यसमिति चयनका लागि शनिवार मतदान भएको छ ।
    मुलुकभरि भएको मतदानमा उपत्यकाबाहिर आज बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । नारायणी शाखा वीरगंजमा आज पहिलो दिन भएको मतदानमा १५२ जनाले मतदान गरेका निर्वाचन अधिकृत डा आरके सिंहले जानकारी दिएका छन् ।  ४ सय मतदाता रहेको नारायणी शाखामा आज र भोलि गरी दुई दिनसम्म मतदान हुनेछ । पहिलो दिन धेरैजसो निर्वाचन केन्द्रमा उत्साहजनकरूपमा मतदाताहरू सहभागी भएको सङ्घले जनाएको छ  ।
    सङ्घको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन् । यस क्षेत्रबाट समावेशी पेशागत समूहबाट सहकोषाध्यक्षमा डा उदयनारायण सिंह र प्रजातान्त्रिक समूहबाट सहसचिवमा डा नीरज सिंहले उम्मेदवारी दिएका छन् । उपत्यकाभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ ।
मानव साङ्लोको लागि सुगौलीमा प्रचारको आलोचना

मानव साङ्लोको लागि सुगौलीमा प्रचारको आलोचना

प्रस, रक्सौल, ४ माघ/
    बिहार सरकारको ‘जल जीवन हरियाली’को क्रममा आइतवार १९ जनवरीका दिन बनाइने मानव साङ्लोको लागि सुगौलीमा गरिएको प्रचारको अहिले आलोचना भएको छ ।
    सरकारी अधिकारीहरूको उपस्थितिमा आयोजित प्रचारमा डिजे बजाएर नर्तकी नचाएको विषयलाई लिएर अहिले आलोचना शुरू भएको हो ।
    प्रखण्ड विकास पदाधिकारी सरोजकुमार बैठा, प्रवीणकुमार मिश्र, सुदामा सिंह, एकराम हुसैनलगायतको सहभागितामा सो कार्यक्रम आयोजना गरिएकोले आलोचना भएको हो । आयोजकले बिहार सरकारको ‘जल जीवन हरियाली’ कार्यक्रममा आइतवार आयोजना गरिने मानव साङ्लोमा सहभागिताका लागि प्रचारप्रसार गर्दा सो शैली अवलम्बन गरिएकोमा आलोचना भएको हो ।
    सरकारी अधिकारीको उपस्थितिमा बङ्गाली नर्तकीहरू सहभागी गराएर डिजे डान्स गराइएको थियो ।
    प्रचारप्रसारको यो शैलीलाई  अशिष्ट, असभ्य भनेर आलोचना भइरहेको छ । सरकारी अधिकारी सरोज बैठाले मानव साङ्लोमा जनसहभागिता जुटाउन सांस्कृतिक कार्यक्रम गरिएको दाबी गरे । तर बसपार्कबाट छपवा चोकसम्म निकालिएको सांस्कृतिक कार्यक्रम अन्तर्गतको डिजे र नर्तकी सहभागी नृत्यमा युवाहरूले झन् अश्लीलता प्रदर्शन गरेका थिए ।
    डिजेमा उनीहरूले नर्तकीहरूसँग सेल्फी लिनेलगायतका कार्य गर्दा सहभागीहरूले सो कार्यको आलोचना गरेका थिए । सरकारीस्तरबाट शिष्ट तरीकाले प्रचारशैली अपाउनुपर्ने स्थानीयको सुझाव छ ।
ब्रह्माकुमारीको आयोजनामा ३२ दिवसीय अखण्ड योगसाधना

ब्रह्माकुमारीको आयोजनामा ३२ दिवसीय अखण्ड योगसाधना

प्रस, वीरगंज, ४ माघ/
    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक प्रजापिता ब्रहमाबाबाको ५१औं पुण्य स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलिसभा तथा ३२ दिवसीय अखण्ड योगसाधना तपस्या कार्यक्रम गरेको छ ।
    शनिवार श्रद्धाञ्जलिसभा तथा ३२ दिवसीय अखण्ड योगसाधना तपस्या कार्यक्रमको समापन प्रदेश सदस्य शङ्कर चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । चौधरीले प्रजापिता ब्रह्माबाबाले विश्वमा शान्ति र भाइचाराको स्थापनाको लागि गर्नुभएको त्याग र बलिदानीबाट सबैले प्रेरणा ग्रहण गर्नुपर्ने बताए । ब्रह्माकुमारी रविना दिदीको अध्यक्षता तथा प्रदेशसभा सदस्य चौधरीको प्रमुख आतिथ्य भएको श्रद्धाञ्जलिसभामा अर्का प्रदेशसभा सदस्य प्रह्लाद गिरीले ब्रह्माबाबा एक साधारण गृहस्थ मानव भएर पनि आध्यात्मिकता र योगलाई अपनाएर सारा संसारको लागि आदर्श र अमर व्यक्तित्व बनेको बताए । उनले ब्रह्मबाबाको पदमार्गमा हिंडेर सदाचारको सत्यपथमा अग्रसर हुनुपर्ने बताए । कार्यक्रमकी अध्यक्ष ब्रह्माकुमारी रविना दिदीले समय र संसार दुवै परिवर्तनको संघारमा उभिएको बताउँदै ब्रह्माबाबा समान त्याग, सादगी र आध्यात्मिक जीवनशैलीलाई अपनाएर परमात्माको स्वर्णिम युगको स्थापनाको कार्यमा सहयोगी बन्न आग्रह गरिन् ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, समाजसेवी उषा शाह, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्का, उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजितकुमार भुजेल,   सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासुद्दीन मियाँ ठकुराई, इन्जिनीयर ज्योति श्रेष्ठ, डा शोभेन्द्रलाल कर्ण,  ओमशान्ति छपकैया–२ की प्रमुख बेली दिदी, ब्रह्माकुमार जितेन्द्र, छोटेलाललगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन ब्रह्माकुमार गोवद्र्धनले गरेका थिए ।

Find us