Showing posts with label स्थानीय समाचार. Show all posts
Showing posts with label स्थानीय समाचार. Show all posts

Thursday, April 18, 2019

महासङ्घद्वारा जिल्ला प्रशासनमा धर्ना

महासङ्घद्वारा जिल्ला प्रशासनमा धर्ना

प्रस, वीरगंज, ५ चैत/
    नेपाल पत्रकार महासङ्घ, पर्साले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत बिहान जिल्ला प्रशासन कार्यालयमा शाखा अध्यक्ष्F श्याम बन्जाराको नेतृत्वमा सञ्चारकर्मीहरूले धर्ना दिएका हुन् ।
    पोखराका पत्रकार लक्ष्मण गिरीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर क्राइममा पक्राउ गरी मुद्दा दायर गरेको विरोधमा नेपाल पत्रकार महासङ्घले देशव्यापीरूपमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने आह्वान गरेको थियो । शाखा अध्यक्ष्F श्याम बन्जाराले सहायक प्रजिअ नेत्रप्रसाद शर्मालाई पत्रकार गिरीलाई रिहा गर्न र विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरे ।
    सप्रजिअ शर्माले पत्रकारहरूको कुरालाई सम्बन्धित निकायमा पठाउने आश्वासन दिएका थिए । धर्ना कार्यक्रमको सहजीकरण सचिव युवराज खड्काले गरेका थिए ।
प्रस, रौतहट/
    नेपाल पत्रकार महासङ्घ, काठमाडौंको अगुवाइमा प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सदस्यहरूले जिल्ला प्रशासन कार्यालय रौतहटको मूलगेटमा धर्ना दिएका छन् ।
    साङ्केतिक धर्ना एक घण्टाको थियो । पत्रकारहरूले बिहीवार बिहान ९ः३० देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।
नेपाल बन्दको वीरगंजमा प्रभाव ः गाडी नचल्दा सयौं यात्रु अलपत्र

नेपाल बन्दको वीरगंजमा प्रभाव ः गाडी नचल्दा सयौं यात्रु अलपत्र

प्रस, परवानीपुर,४ वैशाख/
    नेत्रविक्रम चन्द्र विप्लवको नेकपाले आह्वान गरेको नेपाल बन्दको वीरगंज क्षेत्रमा आंशिक प्रभाव परेको छ । लामो दूरीको सवारी साधनबाहेक सबै सरकार संस्था, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत सञ्चालनमा छ ।
    वीरगंजदेखि २० किलोमिटर उत्तर सिमरासम्म सबै प्रकारको सवारी साधन चलेपछि वीरगंजबाट लामो दूरीको लागि छुट्ने सुमो, मिनि बस, बस, ट्रक तथा मालवाहक सवारी साधन नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश २ का संयोजक जगरनाथ साह कलवारले बताए ।
    “पहिलेको बन्दीभन्दा सवारी सञ्चालनमा यसपालिको विप्लवको बन्दीको प्रभाव बढी देखिएकोछ, छोटो दूरीबाहेक कहीं कुनै गाडी गएको छैन”–उनले भने–“हेटौडा, काठमाडौं, पोखरा, नारायणगढ, बुटवललगायत पश्चिम नेपालको लागि पनि सबै गाडी बसपार्क र वीरगंज क्षेत्रमा रोकिएको अवस्था छ ।”
    उनले सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेको बताए ।“बिहान देखि यात्रुहरू वीरगंज बसपार्कमा अलपत्र परेका छन्, हेरौं, राति गाडी चल्यो भने उनीहरू गन्तव्यतिर लाग्ने सम्भावना छ”–प्रदेश संयोजक कलवारले भने । उनले वीरगंज बसपार्कमा सुमो तथा बसबाट यात्रा गर्ने करीब ५ सय यात्रु अलपत्र परेको जानकारी दिए ।
    वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले बन्दको प्रभाव मालसमान ढुवानी तथा कच्चा पदार्थ उद्योगसम्म ल्याउनमा परेको बताए । उनले एक दिनको बन्दले उद्योगी व्यवसायीलाई करोडौं रुपियाँको घाटा लाग्ने भएकोले सङ्घर्षरत समूहसँग नेपाल सरकारले वार्ता गरी समस्या समाधान गर्न अग्रसर हुन जोड दिए ।
    बिहानदेखि प्रदेश १, ३, ४ र ५ मा विप्लवको प्रभाव देखिएपनि प्रदेश २ मा यातायातबाहेक क्षेत्रमा प्रभाव नपरेको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी योगबहादुर पालले बताए । “कति प्रतिशत कम गाडी चल्यो भन्न गा¥हो छ, तर यातायात कम भएको पाइएको छ”–उनले भने–“प्रदेश नं २ मा कुनै प्रकारको अप्रिय घटना अहिलेसम्म भएको जानकारीमा छैन ।”
झापाको गाउँपालिकाद्वारा हावाहुरी पीडितलाई ५ लाख सहयोग

झापाको गाउँपालिकाद्वारा हावाहुरी पीडितलाई ५ लाख सहयोग

प्रस, वीरगंज, ५ वैशाख/
    झापाको शिवशताक्षी नगरपालिकाले बारा–पर्साका हावाहुरी पीडितलाई रु पाँच लाख सहयोग गरेको छ ।
    शिवशताक्षी नपाका प्रमुख चन्द्रकुमार शेर्मा लिम्बू नेतृत्वको टोलीले बिहीवार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।
    मुख्यमन्त्री राउतले प्राकृतिक विपत्बाट प्रभावित बारा र पर्साका बासिन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बूलाई धन्यवाद ज्ञापन गरे ।
    नगर प्रमुख लिम्बूले प्राकृतिक प्रकोप पीडितलाई सहयोग गर्न आपूm सदैव तयार रहेको बताए ।
    टोलीमा शिवशताक्षी नपाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाल, वडाध्यक्ष कुलबहादुर बस्नेत, राधाकृष्ण खनाललगायतको उपस्थिति थियो ।
चक्रवातका घाइते मंसुरको मृत्यु

चक्रवातका घाइते मंसुरको मृत्यु

प्रस, वीरगंज, ५ वैशाख/
    बारा र पर्सामा आएको चक्रवातबाट घाइते भएकामध्ये बिहीवार एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
     च्रैत्र १७ गते साँझ चक्रावतमा परी घाइते भारत मोतिहारी निवासी फरजन मंसुरको आज मृत्यु भएको हो । उनको वीरगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहको थियो । उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । 
    त्रिशक्ति ईंटा उद्योग, बारामा मजदूरी गर्ने मंसुरको आज दिउँसो ३ बजे मृत्यु भएको थियो ।
चेलीको विवाहमा वडाध्यक्षद्वारा आर्थिक सहयोग

चेलीको विवाहमा वडाध्यक्षद्वारा आर्थिक सहयोग

प्रस, पचगावाँ, ५ वैशाख/
    पटेर्वासुगौली गाउँपालिका–२ का वडाध्यक्ष्Fले गादी बेलवा निवासी राजकुमार मुखिया बिनकी छोरीको विवाहको लागि आर्थिक सहयोग गरेका छन् ।
    बिनको घरमैं पुगेर वडाध्यक्ष विजय गैरेले निजी कोषबाट रु १० हजार नगद सहयोग गरेका हुन् ।
    सो क्रममा उनले गरीब, दलितलाई  सहयोगका गर्न सदैव तयार रहेको बताए । उनले दाइजो तथा बालविवाह मुक्त समाज घोषणा गर्न लागिपरेको बताए ।
निश्शुल्क क्यान्सर शिविर सम्पन्न

निश्शुल्क क्यान्सर शिविर सम्पन्न

प्रस, पोखरिया, ५ वैशाख/
    पोखरिया नगरपालिकासमेतको सहयोगमा भोलन्टियर नेपाल काठमाडौंले पोखरियामा दुई दिने निश्शुल्क क्यान्सर शिविर सम्पन्न गरेको छ ।
    पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालयमा सम्पन्न निश्शुल्क क्यान्सर शिविरमा १२५ जनाको उपचार गरिएको संयोजक सन्तोष यादवले बताए । हिजो र आज गरी ६३ जना महिलाको पाठेघर परीक्ष्Fण गरिएको र तीमध्ये एकजनालाई क्यान्सर भएको पुष्टि भएको तथा ८ जना शङ्कास्पद देखिएको डा. रुचि भुजीले बताइन् । शिविरमा पाँचजना यौनरोग सङ्क्रमित र एकजना फोक्सो क्यान्सरको बिरामी फेला परेको उनले जानकारी गराइन् । शिविरमा उपचार गराएकाहरूलाई निश्शुल्क औषधि पनि वितरण गरिएको भोलन्टियर नेपाल काठमाडौंका राकेशकुमार झाले बताए । शिविरमा डा. नास्त्य खडकासमेत पूजा खडका, मसिमा श्रेष्ठ, सरस्वती श्रेष्ठले प्राविधिक सहयोग पु¥याएका थिए ।
सांसद साहद्वारा ग्याँस सिलिन्डर र चुल्हो वितरण

सांसद साहद्वारा ग्याँस सिलिन्डर र चुल्हो वितरण

प्रस, रौतहट, ५ बैशाख/
    गुजरा नगरपालिका–४ लक्ष्मीपुरमा बिहीवार निश्शुल्क  ग्याँस सिलिन्डर र चुल्हो वितरण भएको छ ।
    चुनावी घोषणपत्रमा संसदीय  निर्वाचन क्षेत्र ३ लाई धूवाँरहित क्षेत्र बनाउने प्रतिबद्धता अनुरूप नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं २ का अध्यक्ष तथा क्षेत्र ३ का सांसद प्रभु साहले निश्शुल्क  ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेका हुन् ।
    दाउराको चुल्हो बाल्दा धूवाँको कारण स्वास्थ्यमा नराम्रो असर पर्ने र ग्याँस चुल्होबाट गृहिणीको समय र पैसा दुवै बचत हुने भएकोले यस क्षेत्रलाई धूवाँरहित बनाउन खोजिएको पूर्वमन्त्री साहले बताए ।
    आप्mनो निर्वाचन क्षेत्रमा ग्याँस सिलिन्डर र चुल्हो नभएका परिवार, दलित, विपन्नलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।
    कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगरप्रमुख सियाराम कुशवाहा, मौलापुर नगरप्रमुख रिना कुमारी साह, नेकपा प्रदेश २ का सदस्य वहिद अन्सारीलगायतले अभियानको प्रसंसा गरेका थिए ।
सामाजिक सम्पत्तिप्रति सरोकार विषयक अन्तक्र्रिया

सामाजिक सम्पत्तिप्रति सरोकार विषयक अन्तक्र्रिया

प्रस, वीरगंज, ५ चैत/
    जेसीज सप्ताह–२०१९ अवसरमा वीरगंज जेसीजले आयोजना गरेको ‘सार्वजनिक सम्पत्तिः हाम्रो दायित्व’ विषयक एक दिने अन्तत्र्रिmयाका सहभागीहरूले सार्वजनिक सम्पत्तिको संरक्ष्Fणमा सरोकारवाला पक्ष्F निष्क्रिय रहेको आरोप लगाएका छन् ।
    माईस्थान पार्कमा आयोजित अन्तत्र्रिmयामा बोल्दै सहभागीहरूले जनताको लापरवाहीको कारण सार्वजनिक सम्पत्ति निजी बन्दै गएको आरोप लगाए । सार्वजनिक सम्पत्ति निजी हुँदै गएको र त्यसलाई रोक्ने सरोकारवाला मौन भएको आरोप लगाए । निर्वाचित प्रतिनिधिहरूले पनि जथाभावी सिफारिश गरेको कारण जग्गा हिनामिना हुने गरेको बताए ।
    हालै सम्पन्न एसइई परीक्ष्Fामा प्रश्नपत्र बाहिरिंदा विद्यार्थीहरूले गरेको प्रदर्शनमा ठूलो राजनीतिक खेल भएको  प्याब्सनका आलोक चौरसियाले आरोप लगाए । प्रश्नपत्र बाहिरिंदा सामान्य विरोधमा उत्रेका विद्यार्थीहरूलाई उक्साएर सार्वजनिक सम्पत्ति नष्ट गर्न लगाएको उनले आरोप लगाए ।              आदर्शनगर, माईस्थान, घण्टाघरमा विरोध प्रदर्शन भइरहेको बेला विद्यार्थीहरूलाई उक्साएर एनआई कलेज तथा अनुभूति कलेजमा तोडफोड गरेर सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याएको बताए । यसको जिम्मेवारी अभिभावकले लिनुपर्ने चौरसियाले बताए । अभिभावकहरूले आप्mना छोराछोरीलाई नियन्त्रण गर्न नसकेको कारण ठूलो क्षति भएको उनको आरोप थियो ।
    कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले विद्यार्थी उचाल्न निजी विद्यालयको पनि भूमिका रहेको बताइन् । निजी तथा सामुदायिक विद्यालयले आप्mना विद्यार्थीहरूलाई नियन्त्रण गरेको भए उपद्रो नहुने उनको भनाइ थियो । विद्यार्थीको भीडले ग्रीनसिटी सामुदायिकले रोपेको रूख, घण्टाघरमा रहेका एलइडी, बाउन्ड्री वाल तोडफोड भएको बताइन् । तर अब वीरगंज महानगरपालिका साथ रहेको बताइन् ।
    ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष्F प्रकाश खेतानले प्रत्येक महीना हुने तोडफोड यसपटक तीन वर्षमा भएको भन्दै व्यङ्ग्य गरे । उनले तोडफोडबाट निराश नभएर नयाँ सिराबाट वीरगंजको विकासको लागि अग्रसर हुनुपर्ने सुझाव दिए ।
    नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले सार्वजनिक सम्पत्ति पुनर्निर्माणको लागि महानगरपालिका, वडापालिका, जिल्ला प्रशासन कार्यालय जिम्मेवार नदेखिएको बताए । उनले ठूलो रकम महानगरमा फ्रिज भइरहेको र विपत्को रकम पनि जिल्ला प्रशासनमा फ्रिज हुने गरेकोमा सो रकमलाई नगरको विकासमा खर्चिनुपर्ने बताए । उनले सार्वजनिक सम्पत्ति सबैको धरोहर भएकोले यसको संरक्ष्Fणमा सरोकारवालासँगै नागरिक पनि जिम्मेवार हुनुपर्ने बताए ।  
    जेसीजका अध्यक्ष्F शेखर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, एन–प्याब्सनका अरविन्द सिंह, वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेत, प्रनाउ मानबहादुर राई, व्यवस्थित वीरगंज अभियानका दिलीप कार्की, बद्रीबहादुर अधिकारी, अमर गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा शैक्षिक सामग्री वितरण

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा शैक्षिक सामग्री वितरण

प्रस, वीरगंज, ५ वैशाख/
    हावाहुरीबाट प्रभावित भएका बालबालिकालाई धुर्मुस–सुन्तली फाउन्डेशनले शैक्षिक सामग्री वितरण गरेको छ ।
    फाउन्डेशनका सीताराम कट्टेल ‘धुर्मुस’ले फेटा गाउँपालिकामा बिहीवार बिहान शिक्षा प्राविधिक सहायक सुनील यादवलाई ४ सय थान स्कूल ब्यागसहित शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । 
    यसैगरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्पmत हावाहुरीपीडित बालबालिकाको लागि २ सय थान स्कूल ब्यागसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
    कट्टेलले पर्साका हावाहुरी प्रभावित क्षेत्रका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्न फाउन्डेसनले ब्यागसहितको शैक्षिक सामग्री वितरण गरेको बताए । उनले बारा र पर्सामा गरी ८ सय थान स्कूल ब्यागसहित शैक्षिक सामग्री वितरण गरिने जानकारी गराए ।
    २ सय थान ठोरी गाउँपालिकामा वितरणको लागि आजै प्रस्थान गर्ने उनले बताए । पर्सा, बारामा वितरण
गरिएको शैक्षिक सामग्री रु ९ लाख मूल्य बराबर रहेको कट्टेलले सञ्चारकर्मीलाई बताए । सो अवसरमा नेपाल पत्रकार महासङ्घ, पर्साका सचिव युवराज खडका, समाजिक कार्यकर्ता प्रकाश थारूलगायतको उपस्थिति थियो ।

Wednesday, April 17, 2019

हावाहुरी पीडितलाई ३ नं. प्रदेशद्वारा १ करोड राहत

हावाहुरी पीडितलाई ३ नं. प्रदेशद्वारा १ करोड राहत

प्रस, वीरगंज, ४ वैशाख/
    प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतलाई रु १ करोडको चेक हस्तान्तरण गरेका छन् ।
    पर्सा र बारामा हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ को मन्त्रिपरिषद्ले गरेको निर्णय अनुरूप आज २ नं. प्रदेशका मुख्यमन्त्री राउतलाई सो चेक हस्तान्तरण गरिएको हो । प्रदेश नं. २ को पर्सा, बारामा चैत १७ गते हावाहुरीबाट २८ जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।
    चेक बुझ्दै मुख्यमन्त्री राउतले विपत्को बेला गरेको सहयोगप्रति मुख्यमन्त्री पौडेल र ३ नं. प्रदेशप्रति आभार व्यक्त गरे ।
    यसैगरी ३ नं. प्रदेशका सांसदहरूले तीन दिन बराबरको तलब रु ४ लाख ६९ हजार मुख्यमन्त्री राहत कोषमा
जम्मा गरेका छन् । सोको भौचर प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिन् ।
    ३ नं. प्रदेशका मुख्यमन्त्री पौडेलले विपत्मा आप्mनो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने सन्देश प्रवाह हुनुपर्ने बताए । सो क्रममा पौडेलले हावाहुरी प्रभावित पर्सा र बाराको निरीक्ष्Fण पनि गरेका थिए ।
जिल्ला प्रशासन पर्सामा जन्मका आधारमा नागरिकता लिनेहरूको भीड

जिल्ला प्रशासन पर्सामा जन्मका आधारमा नागरिकता लिनेहरूको भीड

प्रस, वीरगंज, ४ वैशाख/
    सर्वोच्च अदालतले गृहको पत्र कार्यान्वयन नगर्न परेको अन्तरिम आदेश खारेज गरेपछि जन्मको आधारमा नागरिकता लिएका सन्तानहरूलाई वंशजको नागरिकता वितरण गर्न बाटो खुलेको छ ।
    सर्वोच्चको निर्णयसँगै आज जिल्ला प्रशासन कार्यालय, पर्सामा जन्मको आधारमा नागरिकता लिनेहरूको घुइँचो देखियो । जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्माले कार्यालय खुलेदेखि नैं जन्मको आधारमा नागरिकता लिनको लागि फारम दर्ता गराउनेहरूको भीड देखिएको बताए । उनले आज एकै दिन २ सयको हाराहारीमा निवेदन दर्ता भएको बताएका छन् ।
    सप्रजिअ शर्माले आज निवेदन लिने काम भएको र निवेदन छानबीन गरेर नागरिकता वितरण गर्ने प्रक्रिया अवलम्बन गरिने बताए । उनले यस अघि अदालतको निर्णयबाट पर्सा जिल्लामा जन्मको आधारमा वंशज नागरिकता ४६ जनाले माग गरेको जानकारी गराउँदै प्राथमिकतामा उनीहरूलाई राख्ने र त्यसपछि अन्यको हकमा छानबीन गरेर वितरण गरिने बताए ।
    सहायक प्रजिअ शर्माले आज परेको निवेदन र यसपछि पर्ने निवेदनहरूको सन्दर्भमा जन्मको आधारमा नागरिकता लिएका केही व्यक्तिहरूविरुद्ध उजूरी परेकोले त्यस्ता उजूरी परेकाको हकमा अन्तिम निर्णय नहुन्जेल वितरण प्रक्रिया अगाडि नबढाउने बताए । जिल्ला प्रशासन कार्यालय, पर्साले जन्मको आधारमा नागरिकता लिनको लागि बाबुआमाको नागरिकता प्रमाणपत्रको सक्कल, जन्मदर्ता, जग्गाधनी दर्ता प्रमाणपुर्जा, निरन्तर बसोवासको किटानी सिफारिश, शैक्षिक प्रमाणपत्र (न्यूनतम एसइई परीक्ष्Fा उत्तीर्ण), खानेपानी–विद्युत् भुक्तानीको रसीद, आमाबुबाको विवाहदर्ता प्रमाणपत्र, प्रहरी सजर्मिन मुचुल्का, जन्मसिद्ध नागरिकता लिएका आमाबुबाको निधन भएको हकमा उनीहरूको मृत्युदर्ता प्रमाणपत्र, बसाइ, सराइ प्रमाणपत्र र जग्गाधनी दर्ता प्रमाणपूर्जा नभएकाहरूको हकमा जिल्ला प्रशासन कार्यालयबाट स्थलगत सजर्मिन गरिएको प्रमाणको आधारमा जन्मका आधारमा नागरिकता लिएकाहरूको छोराछोरीलाई वंशजको नागरिकता वितरण गरिने प्रावधान अवलम्बन गरिएको बताएका छन् ।
चक्रवात हुन्डरी प्रभावित बस्तीमा चट्याङ पर्दा पाँच घाइते, आकाशमा बादल मडारिन थाल्यो कि बस्ती सन्त्रस्त हुन्छ

चक्रवात हुन्डरी प्रभावित बस्तीमा चट्याङ पर्दा पाँच घाइते, आकाशमा बादल मडारिन थाल्यो कि बस्ती सन्त्रस्त हुन्छ

जीतलाल श्रेष्ठ, निजगढ, ४ वैशाख/
    “हे भगवान किन पटकपटक हामी माथि नैं निशाना लगाइरहन्छौं । किन सन्त्रास दिइरहन्छौं । अब त बाँच्न देऊ ।” आकाशमा कालो बादल देख्ना साथ यस्तै पुकार र बिलौना गर्छन्—बाराका हावाहुरी प्रभावित बस्तीका मानिस ।
    के बालबालिका, के युवा, के वृद्धवृद्धा दरिलो छानो र घर नबनुन्जेल उनीहरूमा डर र त्रासमा रहिरहने निश्चित छ । बस्तीमा एक, दुई, तीन, चार हुँदै २७ जनाको चक्रवातले ज्यान लिएको १५ दिन पनि नाघेको छैन । फेरि त्यही प्रभावित बस्तीमा चट्याङ परेको छ । मङ्गलवार राति करीब ८ः१५ बजे परेको चट्याङले चक्रवात प्रभावित क्षेत्रको धर्मनगरमा पाँचजनालाई घाइते बनायो ।
    न्यु गढीमाई ईंटाभट्टामा काम गरी राति सुत्ने बेला हावापानीसँगै  चट्याङ पर्दा भारत, सीतामढी थाना मेजरगंजका ४० वर्षीय कलेवर राम, भन्टु पासवान, ग्राम मर्फाटोलका २० वर्षीय रामप्रवेश यादव, लखनऊ सेवनपुरका वर्ष २५ का जितेन्द्र पासवान र बारा आदर्श कोतवाल गाउँपालिका–७ बाबाटोल बस्ने वर्ष ४५ का नैमुद्दिन अन्सारी घाइते भएका हुन् ।
    उनीहरूको उपचार कलैया अस्पतालमा भइरहेको र खतरामुक्त रहेको बारा प्रहरीले जनाएको छ । चट्याड्ढा कारण टहरामा आगलागी समेत भएको थियो ।
    सो घटनामा करीब ६ लाखको धनमालको क्षति भएको घटनास्थल पुगेको प्रहरी टोलीले बताएको छ ।
स्कूल बसको ठक्करबाट शिक्षिकाको मृत्यु

स्कूल बसको ठक्करबाट शिक्षिकाको मृत्यु

प्रस, वीरगंज, ४ वैशाख/
    स्कूल बसको ठक्करबाट एकजना शिक्षिकाको निधन भएको छ । बिहान करीब साढे ९ बजे माईस्थान चोकमा ना.१ क ७७६७ नं.को स्कूल बसको ठक्करबाट ना.२३ प ७९८७ नं.को मोटरसाइकलमा सवार शिक्षिका कुञ्जन चौरसियाको निधन भएको हो ।
    वीरगंज–१६ नगवा निवासी चौरसिया मोटरसाइकलमा पछाडि बसेर अलौ प्रFविमा अध्यापनको लागि जाने क्रममा माईस्थानमा दुर्घटनामा परेकी हुन् । उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंजका प्रनि राजकुमार सिंहले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
पोखरीमा विष राख्दा माछा नष्ट

पोखरीमा विष राख्दा माछा नष्ट

प्रस, रौतहट ४ वैशाख/
    पोखरीमा अज्ञात मानिसले विष राख्दा लाखौं मूल्य बराबरको माछा नष्ट भएको छ । कटहरिया नगरपालिका–१ भसेढवा घर भएका चन्द्रकेत महतोको पोखरीमा अज्ञात मानिसले विष राख्दा लाखौं मूल्य बराबरको विभिन्न प्रजातिको माछा नष्ट भएको हो ।
    गुुजरा नगरपालिका–४ मा साढे दुुई बिघा क्षेत्रफलमा रहेको पोखरीमा विष हालेको कारण ग्रासकार्भ, सिल्भर, लोकल माछा रोहुु, भकुरालगायत माछा मर्दा ५० लाखभन्दा बढीको नोक्सान भएको पीडित महतोले बताएका छन् ।
    ३ किलो सम्मको ३० क्विन्टल ठूुला माछा र भर्खरै हालेको ८० हजार भुुरा माछा मरेको कारण ठूलो नोक्सान भएको महतोले बताए ।
    मङ्गलवार साँझ माछा मर्न लाग्दा कसैले विषय हालेको जानकारी पाएको महतोले बताएका छन् ।
    पोखरीमा विष हालेको कारण पछिल्लो तीन वर्षको मिहिनेत खेर गएको उनले दुःुखेसो पोखेका छन् । नेकपाका सहयोगी पीडित चन्द्रकेत महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले पोखरीमा विष हालेको आशङ्का गरेका छन् ।
    श्रम र लगानी लगाएर पालेको माछा मार्ने दोषीलाई पक्राउ गरी कडा कारबाई गर्न महतोले सम्बन्धित निकायसँग अनुुरोध गरेका छन् । माछामा सात लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको महतोले जानकारी दिएका छन ।
    कटहरिया नगरपालिकाका मेयर सियाराम कुुशवाहाले विष हालेर लाखौंको नोक्सान गराउनुु जघन्य अपराध भएको बताए । अपराधीको अविलम्ब पत्ता लगाई कानूनी कठघरामा ल्याउन मेयर कुशवाहाले प्रहरीसँग आग्रह गरेका छन् ।
    पीडित परिवारलाई क्षतिपूर्तिका लागि आप्mनो स्तरबाट पहल गर्ने मेयर कुशवाहाले आश्वासन दिएका छन्।
    मरेको माछा र पोखरीको पानीको ल्याब टेस्ट गर्न पठाएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । घटना
जघन्य रहेकोले घटनाको विशेष अनुुसन्धान गरी दोषी पत्ता लगाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाएको छ ।
जर्मनीमा बस्ने नेपालीको सहयोगमा राहत वितरण

जर्मनीमा बस्ने नेपालीको सहयोगमा राहत वितरण

प्रस, परवानीपुर, ४ चैत/
    खोज पत्रकारिता केन्द्र काठमाडौंकी अध्यक्ष निर्मला शर्माले बुधवार बारा/पर्साका दुई सय घरपरिवार आँधीपीडितलाई राहत सामग्री बाँडेकी छन् । उनले स्थानीय जनप्रतिनिधिको रोहबरमा वीरगंज–१८ सुखचैनाका सय र बारा परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरका सय गरी दुई सय घरपरिवार आँधीपीडितलाई दैनिक उपभोग्य सामग्री सहयोग गरेकी हुन् । एउटा परिवारलाई एक सेट राहत सामग्रीमा प्लास्टिकको बाल्टिन, मग, कपडाको झोला, झुल, बेडसिट, सोलार टर्चलाइट एक/एक थान तथा थाल र गिलास २/२ थान राखेर वितरण गरिएको थियो । सुखचैनामा भवानीपुरका वडाध्यक्ष ब्रह्मदेव राउत कुर्मीको अध्यक्षतामा सामग्री बाँडिएको थियो भने चैनपुरमा वडाध्यक्ष गजेन्द्र पटेलको अध्यक्षतामा सामग्री बाँडियो । चैनपुरको शिवपुर, बिर्ता, रामटोल र चैनपुर गरी ४ वटा टोलका सय घरपरिवारलाई राहत सामग्री बाँडिएको थियो । राहत टोलीले चैनपुरका आँधीपीडित बालबालिकालाई खेल सामग्री पनि बाँडेको थियो ।
    सो टोलीले सुखचैनाका युवा क्लबहरूलाई खेल सामग्री एवं सुखचैना गाउँमा हावाहुरीमा ज्यान गुमाएका सरोज रामको परिवारलाई १० हजार नगद सहयोग गरेको थियो । विनाशकारी आँधीपछि सामाजिक सञ्जालमा सहयोग आह्वान गरेकोमा जर्मनका साथीहरूले सङ्कलन गरेको सहयोग रकमबाट सो राहत सामग्री बाँडिएको अध्यक्ष शर्माले बताइन् । टोलीमा जर्मनमा बस्ने नेपाली नागरिक उज्ज्जल जोशी, रेना जोशी, काठमाडौंकी डा नेहा लाखेलगायत सहभागी थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रामनारायण कुर्मीले सहजीकरण गरेका थिए । पीडितहरूलाई सहयोग गर्न आएकोमा गाउँलेहरूले टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
हजारीमल धर्मशाला महानगरको सरोकारको विषय होइन –मेयर सरावगी

हजारीमल धर्मशाला महानगरको सरोकारको विषय होइन –मेयर सरावगी

प्रस, वीरगंज, ४ चैत/
    वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले हजारीमल धर्मशालाको सन्दर्भमा नेपाली कांग्रेस पर्साले अनावश्यक बखेडा उत्पन्न गरेको आरोप लगाएका छन् । प्रतीकसँग कुरा गर्दै आज उनले नेपाली कांग्रेस पर्सालाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
    मेयर सरावगीले नेका पर्साले प्रायोजित तरीकाबाट हजारीमल धर्मशाला, सेवा ट्रस्टको विरोध शुरू गरेको बताएका छन् । उनले ट्रस्ट ०६४ सालमा विधिवत् दर्ता भएको र त्यसको विश्वसनीयतामा आपूm शतप्रतिशत विश्वस्त रहेको बताए । उनले शतप्रतिशत विश्वस्त रहेको दाबी गरेपनि ट्रस्टको आधिकारिक व्यक्तिमा कोही छुटपुट भएको भए थपघट गर्न सकिने बताए ।         मारवाडी समाजले सयकडौं वर्ष पहिले बनाएको धरोहर र मधेस आन्दोलनमा लाखौं आन्दोलनकारीलाई भोजन गराएर सेवा गर्ने परिवारमाथि अनावश्यक आरोप लगाउनु नेकालाई सुहाउँदो कुरा नभएको मेयर सरावगीले बताए । उनले हजारीमल धर्मशालाको सन्दर्भमा आपूmलाई मुछेर नेकाले आरोप लगाउनु एकदमै असान्दर्भिक कुरा भएको बताए । उनले हजारी मल धर्मशालाको जग्गामा वीरगंज महानगरपालिकाको कुनै भूमिका नभएको बताए ।
    मेयर सरावगीले हजारीमल धर्मशालाको सन्दर्भमा नेपाली काङ्ग्रेसका केही व्यक्ति ठूलो रकम चलखेलमा संलग्न रहेको आरोप पनि लगाए । उनले वीरगंज महानगरको ऐलानी, सार्वजनिक जग्गाहरू नेकाका कार्यकर्ताहरूले कब्जा जमाएर बसेको र ती कब्जा गरिएका जग्गाको सन्दर्भमा बोल्ने हिम्मत जुटाएर मात्र हजारीमलको वैधानिकताको खोजी गर्न सुझाएका छन् ।
    नेका पर्साले हजारीमल धर्मशाला अमुक व्यक्तिको इशारामा तोडफोड भइरहेको र सो सम्बन्धमा महानगरपालिका, जिप्रका चुप बसेको भन्दै आपत्ति जनाएको थियो । नेका पर्साले घटनास्थलमा पत्रकार सम्मेलन गरेर तोडफोडको विरोध गर्नुको साथै आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएको थियो । पत्रकार सम्मेलनमा वडाध्यक्ष धु्रव नेपाल र उपमेयर शान्ति कार्कीले पनि वडा कार्यालय र महानगरपालिकासँग तोडफोडको स्वीकृति नलिएको बताएका थिए ।
    महानगरपालिकामा कुनैपनि नयाँ संरचना निर्माण तथा पुरानो संरचना भत्काउँदा महानगरपालिकाको स्वीकृति अनिवार्य हुन्छ । हजारीमल धर्मशाला तोडफोड गर्दा यो स्वीकृति नलिएकोले नेका पर्साले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीको जिम्मा लगाएको थियो । तर त्यसपछिको अवस्थामा पनि स्वीकृति लिने काम भएको छैन भने हजारीमल धर्मशालाको संरचना भत्काउने कामले निरन्तरता पाउँदै आएको छ ।

Tuesday, April 16, 2019

राजमार्गका अधिकांश पुल र सडक जीर्ण, साँघुरो पुलमा बढी भारका गाडी सञ्चालन

राजमार्गका अधिकांश पुल र सडक जीर्ण, साँघुरो पुलमा बढी भारका गाडी सञ्चालन

जीतलाल श्रेष्ठ, बारा, ३ वैशाख/
    राजमार्गका अधिकांश ठूला–साना पुल जीर्ण बनेका छन् । लगभग चार दशक अघि निर्माण भएका यी पुलहरू दिन प्रतिदिन जीर्ण बन्दै गइरहेका छन् । राजमार्ग अन्तर्गत बारामा पर्ने बकैया, पसाह, दुधौरा, १, २ र ३ नम्बर पुल जीर्ण भइसकेका छन् । यी पुलहरूले झोलुङ्गे पुल वा भुइँचालो आउँदा हल्लिएको आभास दिन थालेका छन् ।
    यहाँबाट साना सवारी साधन आवत जावत गर्दासमेत हल्लिन्छ । यस्ता प्रकृतिका पुलहरूमा अधिक भारवहन गरेका गाडीहरू जबर्जस्ती दोहोरो छिर्छन् । निजगढ, बकैया पुल नजीकै जिल्ला ट्राफिक प्रहरी कार्यालय छ । तर पनि ट्राफिक नियमविपरीत पुलमा गाडी जबर्जस्ती सञ्चालन हुन्छन् । यसरी साँघुरो पुलमा गाडी हुलेपछि कम्तिमा १५/२० मिनेटदेखि एक डेढ घण्टासम्म सडक जाम हुन्छ । कहिलेकाहीं चालक/ चालकबीच विवाद र हात हालहालको अवस्था सिर्जना हुन्छ ।
    तीन दशक अघिदेखि यही सडकमा काम गर्ने लेन्थमेन कृष्णबहादुर दाहाल यी पुलहरूको भविष्य देख्दैनन् । “कति खेर पुलै भाँचिएर ठुलो दुर्घटना निम्तिन्छ”— उनी त्रस्त छन् । क्षमताभन्दा बढी भार बोकेर गाडी कुदिरहेका हुन्छन् । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी भार बोक्ने गाडीलाई कारबाही नगरेको होइन । तर पनि १६ चक्के, १८ चक्के भारतीय गाडी यहीबाट गन्तव्यतर्फ लाग्छन् । जसले गर्दा यहाँका पुलमात्र हैन, सडक सतहसमेत जीर्ण भइरहेको छ ।
    बेला बखत सडक विभागले ठेक्का लगाउँदै पुलको रङ्गरोगन र सडकको खाल्टाखुल्टी टालटुल पार्छ । सडक विभागले यस्ता काम चाडवाडको मुख मात्र गर्छ ।
    चाडपर्वको मुखमा गरिने यस्ता खाले काममा डिभिजन सडकका प्राविधिक र ठेकेदारको मिलेमतो भएर कमसल काम हुन्छ । हाकिम, प्राविधिक र ठेकेदारको मिलेमतोमा गरिने यस्ता कामको गुणस्तर नहुने स्रोत दाबी गर्छ ।
    करीब ४० वर्ष अघि तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्मित यी सडक र पुलहरूको सरकारले बेलैमा  मरम्मत सम्भार गरेको पाइँदैन । पुलको भारवहन क्षमताभन्दा बढी सवारी साधन गुड्छन् ।
सबैठवा नाका भएर चौपाया तस्करी

सबैठवा नाका भएर चौपाया तस्करी

प्रस, पोखरिया, ३ वैशाख/
    पर्सा जिल्लाको सबैठवा नाका भएर ठूलो परिमाणमा चौपाया तस्करी भइरहेको छ । गाई, गोरु, भैंसी (चौपाया) रातिपख तस्करी भइरहेको पाइएको छ ।
    स्थानीयले प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको बताएका छन् । सोमवार राति साढे ११ बजेतिर ठूलो परिमाणमा चौपाया भिœयाइएको थियो ।
    यसैगरी तस्करहरूले चौपाया पोखरिया हुँदै जीतपुर, कलैया पु¥याउने गरेको स्रोतले जनाएको छ । चौपाया तस्करीमा संलग्न व्यक्तिले दैनिक जोडीको रु १ हजार प्रहरीलाई दिने गरेको बताए । उनले सातामा चारपटक जीतपुर, कलैयामा लाग्ने भैंसी, गोरु बजारलाई लक्षित गरेर चौपाया ल्याउने गरेको बताएका छन् । सशस्त्र प्रहरी बेस सबैठवाका सप्रनि सुशील अधिकारीले आप्mनो नाका भएर चौपाया तस्करी नभएको दाबी गरेका छन् । उनले मिलेमतोको कुरा पनि निराधार भएको बताएका छन् ।
विद्यार्थीलाई चरम यातना दिएको आरोप

विद्यार्थीलाई चरम यातना दिएको आरोप

प्रस, वीरगंज, ३ वैशाख/
    नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई व्यवस्थापन पक्षले चरम यातना दिने गरेको अभिभावकले आरोप लगाएका छन् ।
    विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावक दिनानाथ यादवले आरोप लगाए । जिल्ला प्रहरी कार्यालयमा उजूरी लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेको उनको आरोप छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीहरूमध्ये जनकपुर, भानुचोक, पोखरीटोल निवासी सुमीत यादवलाई अस्पताल व्यवस्थापन पक्षले निर्घात कुटपिट गरेको अभिभावकको आरोप छ ।
    आज बिहान अभिभावकको अगाडि व्यवस्थापन पक्षले फाटाले कुट्दै नियन्त्रणमा लिई पुनः कोठामा थुनेर कुटेको अभिभावक यादवले बताए । नारायणी अस्पतालमा उपचार गराउन आएका घाइते विद्यार्थी यादवको जीउभरि नीलडाम छ ।
    विद्यार्थीका अनुसार एक साता अघि सिनियर र जुनियर विद्यार्थीबीच खेल हुँदा बल पानीमा गएपछि विवाद शुरू भएको र सोही विषयलाई लिएर व्यवस्थापन पक्षले यादवलाई कुटपिट गरेको हो ।
    यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनन्तराज शर्माले  यस्ता उजूरी जिल्ला प्रशासनमार्पmत आएमा दर्ता गरिने जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आवश्यक प्रक्रिया अघि बढाउने बताए ।
    अस्पतालका निर्देशक डा. प्रमोद सर्राफले घटना एक साता अघिको हो र आज पनि केही विद्यार्थीलाई सम्झाउने बुझाउने काम भएको तर सो सम्बन्धमा सम्पूर्ण जिम्मेवारी प्रिन्सिपल नीलमणि उपाध्यायको रहेको बताए । उनले प्रिन्सिपल उपाध्यायको सम्पर्क मोबाइल दिन रोक लगाएको बताए ।
मुख्यमन्त्री राउतले आयोगलाई विज्ञापन नगर्न भने

मुख्यमन्त्री राउतले आयोगलाई विज्ञापन नगर्न भने

राधेश्याम पटेल, वीरगंज, ३ वैशाख/
    प्रदेश नं २ सरकारले सङ्घीय सरकार मातहत रहेको लोक सेवा आयोगलाई प्रदेश २ को लागि कर्मचारी भर्ना नगर्न आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबूले आज लोकसेवा आयोगको नाममा पत्र लेख्दै यस्तो अनुरोध गरेका हुन् ।
    नेपालको संविधानबमोजिम प्रदेशमा निजामती कर्मचारी भर्ना गर्ने अधिकार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको तथा प्रदेश लोक सेवा आयोग गठन गर्ने तयारीमा रहेको अवस्थामा विभिन्न सञ्चार माध्यमबाट लोक सेवा आयागले प्रदेश र स्थानीय तहसमेतका लागि कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउन लागेको जानकारी पाएकोले प्रदेश २ को हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरिदिन उनले आग्रह गरेका हुन् ।
    प्रदेश २ का मुख्यमन्त्री राउतले लोक सेवा आयोगलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

Find us