Showing posts with label शिक्ष्f नेपाल. Show all posts
Showing posts with label शिक्ष्f नेपाल. Show all posts

Sunday, December 8, 2019

अभिभावकको दृष्टिमा शिक्षा

अभिभावकको दृष्टिमा शिक्षा

अनन्तकुमार लाल दास

    कुनै पनि विद्यालयको एक दिनको दैनिकीको कल्पना गर्दा निस्कने विम्बहरूमध्ये एउटा विम्ब अभिभावकको हुन्छ, जो आप्mनो सन्तानलाई विद्यालय पु¥याउन, टिफिनको बेला खाजा खुवाउन, विद्यार्थीको शैक्षिक प्रगतिबारे कुराकानी गर्न वा लिएर जान विद्यालय पुगेका हुन्छन्। के हामीले यस्ता अभिभावकहरूको दृष्टिबाट शैक्षिक सरोकारलाई बुझ्ने प्रयास गरेका छौं ? शिक्षाको कथित उद्देश्यहरू जस्तै सबैको लागि शिक्षा, गुणस्तरीय शिक्षा आदिमा अभिभावकको भूमिकालाई के हामीहरूले चिन्तनमनन गरेका छौं ? के अभिभावकको भूमिका सन्तानलाई विद्यालय पु¥याउनु, लिएर जानु वा ट्यूसन आदिको पूरक सुविधा उपलब्ध गराउनुमा मात्र सीमित रहेको छ वा यसभन्दा पनि बढी सिक्ने–सिकाउने प्रक्रियामा पनि अभिभावकको सक्रिय भागीदारी हुनुपर्छ ? यो आलेख यिनै प्रश्नहरूलाई अभिभावकहरूको दृष्टिकोणबाट बुझ्ने एउटा प्रयास मात्र हो। यस आलेखद्वारा सामाजिक–आर्थिक दृष्टिकोणले पिछडिएका अभिभावकहरूको आप्mनो सन्तानको शिक्षाप्रतिको भूमिका र शैक्षिक प्रक्रियामा उनीहरू कसरी सहभागी हुन्छन् भन्ने पनि बुझ्नु हो।
    अभिभावकहरूको दृष्टिबाट शैक्षिक सरोकारलाई बुझ्नको लागि मैले आप्mनो विद्यालयमा आप्mना सन्तानलाई खाजा खुवाउन आउने आमाहरूको सामाजिक–आर्थिक र शैक्षिक पृष्ठभूमिको जानकारी हासिल गर्ने प्रयास गरें। एउटी महिलालाई छोडेर अन्य सबै महिलाहरूको उच्चतम शैक्षिकस्तर कक्षा १० सम्म मात्र पाएँ। यस शैक्षिकस्तरले के प्रश्न उब्जायो भने उनीहरूको अनुभव शिक्षाप्रति कस्तो रहेको छ ? उनीहरूले आप्mनो विचार यस प्रकार व्यक्त गरेका छन्।
    एउटी गाउँले अभिभावकले यसरी आप्mनो भावना व्यक्त गरिन्, “मेरो बुबाको इच्छा म पढूँ भन्ने थियो। म पढ्नमा राम्रो पनि थिएँ तर एसएलसी परीक्षामा पास हुन सकिनँ। गणित र अङ्ग्रेजीमा फेल भएँ। यदि ट्यूसन गरेको भए पास हुन सक्थें। त्यसबेला शिक्षकहरू पनि पढाउन आउँदैनथे। आपैंm पढेर जे गर्न सक्थें गरें।”
    अर्का एक अभिभावकले भनिन्, “आठ कक्षासम्म विद्यालय गएँ। त्यसपछि आप्mनो अङ्कलसँग भरतपुर गएँ । त्यहाँ विद्यालय जान बन्द भयो तर जहाँ बस्थें, त्यहाँ मैले जति कुरो सिकें, त्यो विद्यालय जानुभन्दा पनि बढी थियो। त्यसपछि मेरो बिहे भयो र म वीरगंज आएँ।”
    तेस्रो अभिभावकले भनिन्, “हाम्रो गाउँमा त विद्यालयको आतङ्क थियो। काम नगरेपछि पिटाइ खानुपथ्र्यो। काम नगरेको बेला हामी विद्यालय नै जाँदैनथियौं। कहिलेकाहीं घरको काम गर्दागर्दै ढिलो भइहाल्थ्यो।”
    चौथोले भनिन्, “त्यसबेला हाम्रो गाउँमा एसएलसीमा दुई/चार जना मात्र पास हुने गर्थे। म एसएलसीमा हुँदा कोही पनि पास भएनन्।”
    यस प्रकारका अभिव्यक्तिले अभिभावक स्वयम्को शैक्षिक अनुभव, पारिवारिक चुनौती, विद्यालयप्रतिको नकारात्मक अनुभव उजागर भयो। अभिभावकको यिनै अनुभवबाट शिक्षासम्बन्धी उनीहरूको दृष्टिकोणको विकास हुन्छ। उनीहरूले भन्ने गरेका छन्, “हामी आप्mनो सन्तानको जीवन हामीभन्दा राम्रो बनाउनका लागि नै तपाईंको स्कूललाई रोजेका हौं।” केही अभिभावकहरूले के पनि भन्ने गरेका छन् भने हामी गाउँबाट वीरगंज यस कारणले आएका हौं कि हाम्रो सन्तानले राम्रो शिक्षा हासिल गर्न सकून्। यसले सन्तानको शिक्षाबारे निर्णय लिंदा उनीहरूको अनुभवले सघाउ गरेको देखाउँछ। अभिभावकहरूले के पनि भन्ने गरेका छन् भने उनीहरू शिक्षकहरूसँग कसरी कुरा गर्ने सम्बन्धमा स्पष्ट नभएको कारण सन्तान पढ्ने विद्यालय जान चाहँदैनन् । अभिभावकको यस कथन “हामीलाई अङ्ग्रेजी आउँदैन कसरी उनीहरूले भनेको कुरा बुझ्ने”बाट के स्पष्ट हुन्छ भने कमजोर शैक्षिक पृष्ठभूमिको हीनताबोधले उनीहरूको शैक्षिक प्रक्रियामा भागीदारीलाई कमजोर बनाइराखेको भए तापनि यसको क्षतिपूर्ति र उत्तरोत्तर विकासका लागि शिक्षालाई नै माध्यमको रूपमा रोज्छन्।
    यस शोधबाट मैले के महसूस गरेको छु भने सामाजिक–आर्थिक दृष्टिले पिछडिएका अभिभावकहरूले पनि शिक्षालाई सामाजिक गतिशीलता र आर्थिक सफलताको आधार मान्छन्। यसबाहेक अभिभावकले के पनि ठान्छन् भने शिक्षाले केटाकेटीहरूको भविष्य निर्माणमा सघाऊ पु¥याउँछ र उनीहरूको जीवनलाई सार्थक बनाउँछ। सार्थक जीवनको व्याख्या गर्दै उनीहरूले भन्छन्, “सन्तानले समाजमा सम्मान र पहिचान पाउँछन्, कसैसँग पनि उठबस र कुरा गर्न सक्छन्। यस शोधकार्यमा अभिभावकहरूको के पनि भनाइ थियो भने उनीहरूको सन्तानले पढाइ सँगसँगै केही “सीप” पनि हासिल गरून्, जसबाट भविष्यमा आत्मनिर्भर भई केही “कमाइ” गरेर घर चलाउन सकून्। उनीहरूको के पनि भनाइ थियो भने सीप हासिल भएपछि स्वयम् रोजगार गर्न सक्षम हुन्छन् र यसमा बढी पूँजीको पनि आवश्यकता पर्दैन। यसको साथसाथै अभिभावकहरूले माथिल्लो कक्षामा भर्ना, जागीरको लागि प्रतियोगिता परीक्षामा सफल हुन र असल जीवनमा आउने समस्याको समाधानका लागि वर्तमान समयमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा बढी ध्यान दिनुपर्ने कुरामाथि पनि जोड दिएका थिए।
    अभिभावकहरूले घरमा उनीहरूको भूमिका र विद्यालयमा शिक्षकहरूको भूमिका महŒवपूर्ण रहेको बताए। जस अनुसार नैतिक ज्ञान, धार्मिक ज्ञान र दुनियाँदारीको ज्ञान उनीहरूले दिनेछन् भने विद्यार्थीहरूको बौद्धिक विस्तार, व्यावहारिक ज्ञान र सफल कसरी हुनेसम्बन्धी ज्ञान शिक्षकहरूले दिनुपर्ने बताए। यसको साथसाथै सन्तानका लागि उनीहरूले जे गर्न सक्छन्, गरिराखेको तर सही बाटो देखाउने काम, व्यक्तित्व र चरित्र निर्माण गर्ने काम शिक्षकहरूले गर्नुपर्ने उनीहरूले स्पष्ट पारे। उनीहरूको दृष्टिमा शिक्षकहरू अभिभावक सरह नै हुन्छन् भन्ने धारणा पनि उनीहरूले प्रकट गरे। कसरी एउटा शिक्षकले उनीहरूको जीवनलाई प्रभावित ग¥यो भन्ने सन्दर्भ पनि कुराकानीको क्रममा जोडे। शिक्षकहरूमध्ये पनि कक्षा शिक्षकको दायित्व सन्तानको चौतर्फी विकासमा बढी रहेको उनीहरूले बताए किनभने उनीहरूले कक्षाध्यापक विद्यालय प्रशासन र अभिभावकबीच मध्यस्थकर्ताको भूमिकामा हुने स्पष्ट गरे। यस कुराले शिक्षणमा अभिभावकको अप्रत्यक्ष सक्रियता मात्र सीमित रहेको पाइन्छ।
    यहाँ अर्को प्रश्न के उठ्छ भने अभिभावक र विद्यालयबीचको सम्बन्ध कस्तो रहेको छ ? यस सन्दर्भमा एक अभिभावकका अनुसार “हामी स्कूल आउनुको एउटा फाइदा के छ भने केटाकेटी र शिक्षकहरू दुवै सतर्क हुन्छन् । केटाकेटीलाई पनि के डर रहन्छ भने यदि हामीले केही गल्ती ग¥यौं भने मम्मीलाई थाहा हुन्छ। यस डरले पनि उनीहरू गल्ती गर्दैनन् र पढाइमा ध्यान दिन्छन्।” अर्का एकजनाले भनिन्, “हामी आएर पनि के हुन्छ ? शिक्षक र विद्यालयले हाम्रो कुनै कुरामाथि ध्यान दिंदैनन्। मात्र टाउको हल्लाएर पठाइदिन्छन्।” विद्यालयहरूले अभिभावकको कुरामाथि ध्यान दिने दावा गर्छन् भने अभिभावकहरूले उनीहरूको कुरा विद्यालयले सुन्दैनन् भन्ने बताउँछन् । यसले अभिभावक र विद्यालयबीच दूरी बढ्दै गएको सङ्केत गर्छ। यसबाट के स्पष्ट हुन्छ भने एउटा सूक्ष्म समाजको रूपमा विद्यालयको संस्कृति त्यस संस्कृतिबाट टाढिंदै गएको छ, जहाँबाट विद्यार्थी आउँछन्।
    अभिभावक स्वयम्को दैनिकी नेपाली परिवेशमा यति जटिल छ कि विद्यालयले छलफलका लागि बोलाए पनि उनीहरू त्यहाँ उपस्थित हुँदैनन्। अर्कोतिर म विद्यालय पुग्दा अभिभावकहरू पिउन, कार्यालय स्टाफसँग कुराकानी गरेर समय बचेको खण्डमा मात्र शिक्षकहरूसँग कुराकानी गरेको पाएको छु। विद्यार्थीहरू पढ्ने–लेख्ने काम विद्यालयमा गर्छन् र त्यसको अभ्यास मात्र घरमा गर्ने गरेको अभिभावकहरूले बताउँछन्। यस कार्यमा उनीहरूको भूमिका सम्बन्धमा कुरा गर्दा “ट्यूसन लगाइदिएको छु” भन्ने गर्छन्। केटाकेटीहरू विद्यालयबाट घर फर्केपछि त्यसको निरन्तरता रहिरहोस् भन्ने कुरामा अभिभावकहरूले ध्यान पु¥याएको देखिन्छ तर उनीहरूसँग समय बिताउने कुरामा व्यवसाय र जागीरको प्रकृति, वर्तमान शिक्षा र उनीहरूले पढेको कुराबीच तालमेल नहुनुलाई स्वीकार्छन् र यसको विकल्प “ट्यूटर”मा हेर्छन्, जसलाई केही रकम दिएर केटाकेटीहरूको पढाइलाई निरन्तरता दिने चाहना राख्छन् । यस्ता ट्यूटरहरूले अभिभावकको पूरक भूमिका निभाउने गर्छन्। यस्ता ट्यूटरहरूमा छरछिमेकमा क्याम्पस पढ्ने विद्यार्थीहरू बढी हुने गर्छन् । ट्यूटरको भूमिकालाई बुझ्नको लागि एउटा अभिभावकको यो भनाइ नै पर्याप्त छ– “न त हामीसँग आप्mनो सन्तानलाई दिने समय नै छ, न त उनीहरूलाई कसरी सहयोग गर्ने नै थाहा छ। यस कारण उनीहरूले आप्mनो गृहकार्य पूरा गरून् भन्नको लागि ट्यूसन पढाउनुपर्छ।” यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने कुराकानीको केन्द्रमा “गृहकार्य” मात्र छ, पढाइ होइन किनभने उनीहरू सधैं बढी गृहकार्य दिने कुरा गर्छन्।
    यस संक्षिप्त विवेचनाले के दर्शाउँछ भने सन्तानको शिक्षामा अभिभावकहरू सक्रियरूपले संलग्न छन्। उनीहरूको भूमिका स्वयम्को सामाजिक–आर्थिक स्थिति, विद्यालयको अनुभव, विद्यालयसँगको निकटता, ट्यूटरको सुझाव र सहयोग, विद्यालयको उनीहरूप्रतिको दृष्टिकोणमाथि निर्भर छ र यसले नै महŒवपूर्ण भूमिका निर्वाह गर्छ। यसले के पनि प्रमाणित गर्छ भने परिवारमा हुने अन्तत्र्रिmया सिक्ने स्रोत हो। यसको समानान्तर के प्रश्न खडा हुन्छ भने यस संसाधनको उपयोग सिक्ने–सिकाउने प्रक्रियामा कसरी गर्ने ? कसरी अभिभावकको दृष्टिले उनीहरूको शैक्षिक अपेक्षालाई बुझ्न सकिन्छ ? विद्यालयको शैक्षिक प्रक्रियामा उनीहरूको भागीदारीलाई कसरी सुनिश्चित गरी विद्यालय र अभिभावकबीचको बढ्दो दूरीलाई कम गर्न सकिन्छ ? यी सबै प्रश्नहरूको जवाफ वास्तविक शिक्षण अभ्यासको माध्यमले विद्यार्थीहरूको परिवेशसँग हामीलाई जोड्नमा मदत गर्छ । यसले एउटा यस्तो माध्यम तयार गर्छ, जसले विद्यार्थीहरूको दैनिक अनुभव र छलफललाई कक्षाकोठामा हुने शिक्षण प्रक्रियाको अङ्ग बनाउन सकिन्छ।

Sunday, December 1, 2019

हामी शिक्षकहरू विद्यार्थीहरूलाई कसरी सिकाउँछौं ?

हामी शिक्षकहरू विद्यार्थीहरूलाई कसरी सिकाउँछौं ?

अनन्तकुमार लाल दास

    यहाँ सरोकारको विषय विद्यार्थीहरू कसरी सिक्छन् भन्ने होइन ? सरोकारको विषय के हो भने “हामी विद्यार्थीहरूलाई कसरी सिकाउँछौं ?” यस प्रश्नको जवाफ यस कारण पनि खोज्नु जरूरी छ किनभने हामी शिक्षकहरू विद्यार्थी कसरी सिक्छन् भन्ने सरोकारमाथि जहिले पनि आप्mनो विद्वता प्रकट गर्न अबेर गर्दैनौं । यस कारण हाम्रोलागि के जान्नु पनि अति आवश्यक रहेको छ भने हामी विद्यार्थीहरूलाई कसरी सिकाउँछौं ? यस आलेखमा यिनै कुरामाथि बहस गर्ने जमर्को गरिएको छ ।
    शिक्षक प्रशिक्षणदेखि विद्यालयहरूको अवलोकनको आधारमा के पाइएको छ भने शिक्षा क्षेत्रमा काम गरिरहेका धेरै शिक्षकहरू विद्यार्थीहरू कसरी सिक्छन् भन्ने कुरा बुझेका छन् भनी बताउँछन्, त्यसमाथि चर्चा–परिचर्चा पनि गर्छन् तर कक्षा कोठामा सोही कुराहरू व्यवहारमा लागू गर्दैनन् र परम्परागतरूपमा चलिरहेको “लेक्चर मेथड”द्वारा नै पढाउने गर्छन् । परिणामस्वरूप त्यो सिद्धान्त पहिला किताबी र त्यसपछि वैचारिक धारणमा मात्र सीमित हुन पुग्छ । भुइँ सतहमा कहिल्यै पनि आप्mनो अस्तित्व प्राप्त गरेको देखा पर्दैन । यसलाई अब हामी विद्यार्थीहरूको केही व्यावहारिक समस्यामार्पmत् बुझ्ने प्रयास गर्छौं ।
    जसरी विद्यालयमा बिहानको प्रार्थनासभामा शिक्षकलाई के लाग्छ भने त्यहाँ ‘पिनड्रप साइलेन्स’ हुनुपर्छ र सामुन्ने भइरहेको प्रस्तुतिलाई एकाग्रतापूर्वक सुन्नुपर्छ । उदाहरणका लागि बिहानको प्रार्थनासभामा यदि शिशु कक्षादेखि आठसम्मका विभिन्न उमेर समूह र मानसिक अवस्थाका विद्यार्थीहरू छन् भने कलिलो उमेरका विद्यार्थीहरूसँग पिनड्रप साइलेन्स स्थितिमा उभिरहने अपेक्षा गरेर शिक्षकहरूले पहिला शैक्षिक सिद्धान्तलाई नै अवहेलना गरिसकेका हुन्छन् । यदि शैक्षिक विमर्श र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियालाई शिक्षकहरूले आप्mनो आत्मसन्तुष्टिका लागि बेग्लाबेग्लै राखे तापनि त्यहाँ अचानक कुनै हास्य उत्पन्न होस् र विद्यार्थीहरू कुनै प्रतिक्रिया नदिई शान्त मुद्रामा बसिरहून् वा वरिपरिको वातावरणमा कुनै आवाज वा हलचल होस् र उनीहरू त्यसतर्पm आकृष्ट नहोऊन् हुनै सक्दैन ।
    कल्पना गरौं, यदि शिक्षकले बालमनोविज्ञान वा मानवीय स्वभावको बाल्यावस्था र वयस्कावस्थालाई एउटै तराजुमा राखेको छ भने कुनै सभामा उनीहरूको व्यवहार कस्तो हुन्छ भन्ने कुरा सिकाउने तरीका के हुन्छ ? के त्यो तरीका भ्mयाउँ लाग्ने लामो भाषणको रूपमा हुन्छ ? के शिक्षकको भाषा विद्यार्थीहरूलाई अपमानित गर्ने खालको हुन्छ ? के आप्mनो सत्ता चलाउनको लागि विद्यार्थीहरूलाई जबरजस्ती बाध्य बनाउँछौं ? के रिसाएर उसलाई विद्यालयबाट निकाल्ने धम्की दिन्छौं ? के बाल स्वभावको जिज्ञासु प्रवृत्ति र स्वाभाविक आवेगलाई कुल्चिछौं ? यो मात्र बिहानको ३० मिनेटको प्रार्थनासभा वा विना कुनै सन्दर्भ लामो भाषण सुन्ने अत्याचार होस् वा वयस्कस्तरको चर्चामा सामेल हुने बाध्यता होस्, हामी बुझेर वा नबुझेर यस्ता कुराहरू गरिरहेका हुन्छौं ।
    वास्तवमा हामी विद्यार्थीहरूलाई राम्रो व्यवहार र आचरण सिकाइरहेको सोचिरहेका हुन्छौं तर यस्ता व्यवहार विद्यार्थीहरूको स्वाभाविक बालपनको हत्या गरेर उनीहरू विद्यार्थी हुन् भन्ने अस्तित्वलाई नै स्वीकार गरिरहेका हुँदैनौं । लामो भाषण, हप्काएर वा अन्य कुनै एकतर्फी विचारको माध्यमले केही सिकाउने अहङ्कार त्यसैगरी नष्ट पनि हुन्छ, जसरी हामी सैद्धान्तिकरूपमा शैक्षिक विमर्शमा भन्ने गर्छौं–शान्त र शिक्षक केन्द्रित कक्षाकोठामा विद्यार्थीहरू सिक्दैनन्, उनीहरू त खेलखेलमा गतिविधिको माध्यमबाट सिक्छन् । केटाकेटीहरू आप्mनै गति अनुसार सिक्छन् । उनीहरूलाई सिकाउनको लागि पूर्व ज्ञान र स्तरअनुरूप कार्य गर्नुपर्छ । उनीहरूलाई वरिपरिको परिवेशसँग जोडेर, बुझाइमा आधारित प्रक्रियाको माध्यमले नै केटाकेटीहरूमा व्यवहारगत परिवर्तन ल्याउन सकिन्छ ।             
  यस आलेखको मूल विषय यिनै सिद्धान्तलाई लागू गर्ने समस्या हो भने यहाँनिर के प्रश्न उठ्नु स्वाभाविक छ,  यदि विद्यार्थीहरू गल्ती गर्छन् भने गल्ती नगर्ने शिक्षाको लागि कसरी लामो भाषणद्वारा उनीहरूको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ? के विना कुनै गतिविधि वा प्रक्रियाबाट गल्ती वा झगडा नगर्ने बुझाइ विद्यार्थीहरूमा विकसित गर्न सकिन्छ ? यस्ता धेरै व्यवहारगत समस्याहरू विद्यालयमा हुन सक्छन् । जस्तै, झूटो बोल्नु, झगडा गर्नु, होच्याउनु, विद्यालयमा अनुपस्थित हुनु, समयमा विद्यालय नआउनु, कक्षाकोठामा कुराकानी गर्नु, ध्यान केन्द्रित नगर्नु, किताब च्यात्नु, विद्यालयको कार्यक्रममा भाग नलिनु, विद्यालय नियमको अवहेलना गर्नु, रूखबिरुवालाई भाँच्नु आदि । यस्ता थुप्रै समस्याहरू हुन सक्छन्, जसको समाधान मात्र संवाद वा लामो लेक्चर हुन सक्दैन । वास्तवमा केटाकेटीहरूमा देखा पर्ने यस्ता व्यवहारपछाडि लामो अनुभव आधारित बुझाइ हुन्छ, जुन परिणामस्वरूप उनीहरूको व्यवहारमा देखा पर्छ ।
    अब प्रश्न उठ्छ, यसको समाधान के हो त ? यस्ता समस्याहरूको कारणलाई खोतल्नु र बुझेर सिकाइको शैक्षिक सिद्धान्त अनुसार त्यसलाई भुइँ सतहमा लागू गर्ने आवश्यकता रहेको छ । पहिलो उदाहरण अनुसार यदि प्रार्थनासभामा विद्यार्थीहरू शान्त भएर उभिन सक्दैनन् भने संवाद र लेक्चरबाहेक के गर्न सकिन्छ ? सबैभन्दा पहिला हामीलाई के स्वीकार गर्नुपर्ने हुन्छ भने प्रार्थनासभा अमानवीय र अजैविक कुराहरूको समूह होइन, जसमा कुनै प्रतिक्रिया हुँदैन । शिशु कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरू यस्तो गर्छन् नै । दोस्रो, उनीहरू सबै कार्यक्रममा यस्तै व्यवहार गर्छन् भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । तयारीबेगर र स्तरहीन कार्यक्रममा कसरी विद्यार्थीहरू एकाग्रचित्त भएर बस्न सक्छन् ? मनोरञ्जक र आप्mनो स्तरको कार्यक्रममा उनीहरू आप्mनो ठाउँ छोड्दैनन् । यस कारण कुनै पनि सभा, जसमा केटाकेटीहरू सामेल हुन्छन्, त्यसलाई उनीहरूको स्तर, रुचि अनुसार नै गर्नुपर्ने हुन्छ । उदाहरणको लागि एउटा ज्ञानबद्र्धक फिल्म वयस्कको लागि राम्रो हुन सक्छ र उनी के चाहन्छन् भने विद्यार्थीहरूले पनि त्यो फिल्म हेरून् तर विद्यार्थीहरूको प्राथमिकतामा कार्टून फिल्म वा उनीहरूको स्तरअनुरूपको फिल्म नै राम्रो लाग्छ । के पनि सही हो भने कार्टूनका पात्रहरूबाट उनीहरूले जे सिक्नुपर्ने हो, त्यो सजिलै सिक्छन् पनि ।
यदि विद्यार्थीहरू दिइएको खाना राम्ररी खाँदैनन् भने उनीहरूसँग यस सम्बन्धमा कुराकानी गर्नुको साटो टिफिनको बेला खानासँग सम्बन्धित कुनै प्रोजेक्ट कार्य दिएर सबैको सामु त्यसको विश्लेषण गर्नु उचित हुन्छ । यसैगरी, विद्यार्थीहरूले  विद्यालयको सम्पत्तिमा क्षति पु¥याइरहेका छन् भने विद्यालय व्यवस्थापनले विद्यार्थीहरूलाई प्रोजेक्ट दिएर भएको खर्च सम्बन्धमा पारदर्शिता अपनाएर  समाधान गर्न सक्छ । यसैगरी, व्यवहारगत समस्याको समाधानका लागि समस्याको जडमा गएर कुनै कार्ययोजना, गतिविधि, रिडिङ मेटेरियल वा टीम प्लान अनुसार  कार्य गरेर सफलता पाउन सकिन्छ । यसको लागि लाइफ स्किल र स्वयम् गरेर अनुभव गर्ने जस्ता गतिविधिहरू जस्तै भिडियो, लघु नाटक, खेल, कथा आदिका योजना तयार गरी समूहगत वा व्यक्तिगतरूपमा कार्य गराउन सकिन्छ । विद्यार्थीहरूको पारिवारिक परिवेशको बुझाइ, व्यवहार र आमाबुबाको व्यवहारबारे शिक्षकले जानकारी लिई उनीहरूको सहभागितामा मनोवैज्ञानिक प्रक्रियाहरूमाथि छलफल गरेर समाधानका पाइलाहरू लागू गर्न सकिन्छ ।
    शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई बलियो बनाउनको लागि उपायहरू चाल्नु, विद्यार्थीहरूको रुचि अनुसार काम गर्नु र उनीहरूसँग अपेक्षा राख्नु जस्ता चरणहरूबारे शिक्षकलाई थाहा छैन भन्ने कुरा पनि हैन । उनीहरू यसबाट राम्ररी परिचित छन् । शिक्षक तालीमदेखि लिएर शिक्षकको रूपमा काम गरिरहँदा यस्ता बाल सरोकारका विषयहरूमाथि प्रायः चर्चा गर्दै कैयौं कार्यक्रममा सहभागिता भइराखेका हुन्छन् । विद्यार्थीहरूलाई सिकाउने प्रक्रियाको पुस्तक पढेर, त्यसको समीक्षा गरेर शिक्षकले आपूmलाई बुद्धिजीवी वर्गमा सामेल गरेर अरूलाई पढाइलेखाइको महŒवबारे बुझाइरहेका हुन्छन् । तर सत्यता के हो भने सिकेका यिनै कुराहरूलाई भुइँ सतहमा लागू गर्दैनन् किनभने त्यसको लागि शिक्षकहरूले आप्mनो सत्तालाई त्यागेर, कार्ययोजना र कार्यान्वयन गर्ने तहसम्म पसिना बगाउनुपर्ने हुन्छ । निरन्तर असीमित सङ्घर्षहरूको सामना गर्नुपर्ने हुन्छ, जसबाट स्थायी आनन्ददायी अनुभूतिको कालचक्र विचलित हुन बेर लाग्दैन ।

Sunday, November 24, 2019

शिक्षाको असफलता

शिक्षाको असफलता

अनन्तकुमार लाल दास

    हाम्रोजस्तो विकासशील देशमा मिलनसार समाजको आवश्यकता रहेको छ। सबैले सबैलाई सम्मान गर्ने र आपूmले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने समाज बनाउनुपर्ने खाँचो रहेको छ। सबैखाले शिक्षाको स्तर र प्रकृति समान बनाउनुपर्ने आवश्यकता रहेको छ। यस परिवेशमा शिक्षालाई मात्र तथ्याङ्कको भरमा उन्नति र प्रगति गरेको भन्न सकिंदैन। नेपालमा शिक्षाको तथ्याङ्कले साक्षरता दर ७५ प्रतिशतभन्दा बढी देखाएको छ तर मूल्य र मान्यताको स्तरमा आज पनि हामी धेरै पछाडि छौं। आज पनि हाम्रो समाजमा कैयौं प्रकारका विभेद, पाखण्ड, प्रदर्शन, अन्धविश्वास, सामाजिक विकृति र कुरीति विद्यमान नै छन्। आज पनि हाम्रो समाज अवैज्ञानिक मान्यताबाट ग्रसित छ। यदि यस्तो हुँदैनथियो भने हाम्रो समाजमा हिंसा, हत्या, भ्रष्टाचार र बलात्कारका घटनाहरू मुखपृष्ठका समाचार बन्दैनथिए। यसको विरोधमा मानिसहरू सडकमा ओर्लिंदैनथिए। सामाजिक एकतामा खलल पार्ने छुवाछूत र समाजमा डरत्रासको वातावरण सिर्जना गर्ने मानव बेचबिखन जस्ता कारोबार हुँदैनथियो। आज पनि तराईमा महिलाहरूलाई बोक्सी भनेर प्रताडित गरिन्छ। आज पनि हाम्रो देशमा दाइजो, घुम्टो, छाउपडी, देउकी र झुमा जस्ता प्रथाहरू सञ्चालनमा छन्। त्यसैगरी, जाति, वर्ग, लिङ्ग, राजनीतिक विचार, शारीरिक अवस्था आदिको आधारमा भेदभाव गरिन्छ। आज पनि पानी नपरेमा यज्ञ गर्ने चलन छ। गाउँ–देहातमा इलाजको लागि धामीझाँक्रीकहाँ जाने र पूजापाठ गर्ने चलन छ। आज पनि हामीले यस्तो समाजको निर्माण गर्न सकेका छैनौं, जो ग्रहण, पशुबलि र बोक्सीडायन जस्ता अन्धविश्वासबाट मुक्त होस्। यो सबै हेरेर के लाग्छ भने हामी भौतिक प्रगतिको दृष्टिले मात्र एक्काइसौं शताब्दीमा प्रवेश गरेका छौं र विज्ञानको नवीनतम खोजहरूबाट लाभान्वित भइरहेका छौं तर मानसिकरूपले आज पनि उन्नाइसौं शताब्दीमा नै बाँचिरहेका छौं।
    चिन्ताको कुरा के हो भने पढेलेखेका मानिसहरू पनि यस्ता खाले मानसिकताबाट प्रभावित छन्। अशिक्षित र गरीब मानिसहरू धामीझाँक्रीकहाँ किन गइरहेका छन् भन्ने कुरा त समझमा आउँछ। उनीहरूको आर्थिक स्थिति र निरक्षरता यसको लागि जिम्मेवार छ। आधुनिक सुविधा हासिल गर्ने क्षमता नभएको कारण उनीहरू यसको सहारा लिन्छन्। यदि एउटा बिरामी परेको मानिससँग अस्पतालको सुविधा उपलब्ध छैन भने धामीझाँक्रीकहाँ जानु उनीहरूको बाध्यता हो। तर पढेलेखेका मध्यमवर्गको सम्बन्धमा के भन्न सकिन्छ ? पहिला जब कुनै मानिसले कुनै विचार वा मानिसप्रति आस्था राख्दथे भने त्यो उसको अज्ञानता थियो। उसलाई सत्यता थाहा थिएन तर आज सबै कुराको जानकारी भए तापनि त्यसलाई नमान्नु नकारात्मकताबाहेक केही होइन। विज्ञानले जुन प्राकृतिक घटनाहरूको कारणको रहस्य उजागर गरिसकेको छ, त्यसलाई स्वीकार गर्नको लागि हामी तयार छैनौं र आप्mनो कुराको पक्षमा नयाँ–नयाँ कुतर्कहरू दिइरहेका छौं। पछिल्लो दुई दशकमा यसको गति झन् तीव्र भएको छ। विडम्बना के छ भने लोकतन्त्रमा पनि हाम्रो जीवनशैली लोकतान्त्रिक भएको छैन। यस प्रकारको स्थितिले हाम्रो शिक्षामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ किनभने शिक्षालाई नै मानिसको व्यवहार र मानसिक परिवर्तनको माध्यम मानिन्छ । मूल्य र मान्यताहरूको निर्माणमा शिक्षाको प्रमुख भूमिका हुन्छ। जस्तो शिक्षाको स्वरूप हुन्छ, त्यस्तै समाजको निर्माण यसले गर्दछ। जर्मनीमा नाजी र सोभियत सङ्घमा साम्यवादी समाज बनाउनुमा शिक्षाको अहम् भूमिका थियो ।
    हाम्रो शिक्षा वैज्ञानिक चेतना र लोकतान्त्रिक मूल्यको विकास गर्नमा पूर्णतया असफल रहेको भन्नु गलत हुँदैन । “सोच्ने, बुझ्ने र सही लाग्छ भने त्यसलाई जीवनशैली बनाउने” जस्तो विवेकशील नागरिक उत्पादनमा हाम्रो शिक्षा चुकेको छ। लोकतान्त्रिक शासन व्यवस्थामा पनि हाम्रो शिक्षाले यस्तो पीढी तयार गर्न सकेको छैन, जो समाजमा परिवर्तन ल्याउन सफल होस्। हत्या, हिंसा, भ्रष्टाचार र सामाजिक विकृतिप्रति असहमति हुँदाहुँदै पनि खुलेर त्यसको विरोध गर्न सकोस्। विडम्बना के छ भने आज पनि कतिपय मानिसहरूलाई पशुबलि, अन्धविश्वास, जातीय विभेद र रूढिवादिताको विरोध पचिरहेको छैन । हामी यस्तो लोकतान्त्रिक व्यवस्थामा छौं, जहाँ संविधानले वैज्ञानिक दृष्टिकोणको विकास गर्नु नागरिक कर्तव्य ठानेको छ । यो कुरा हामीले बिर्सेका छौं। विचार गर्नुपर्ने कुरा के हो भने यस्तो स्थिति नै किन उत्पन्न भयो, जहाँ हामी अघि जानुको साटो पछि गइरहेका छौं ? पुस्तकमा ठूलाठूला कुरा लेखिएको भए तापनि त्यो हाम्रो जीवनमा र व्यवहारमा किन देखा परिरहेको छैन ? त्यो कुन ताकत हो, जसले समाजमा प्रतिगामी कार्यलाई बढावा दिने र पालनपोषण गर्ने काम गरिरहेको छ ? बुझ्नुपर्ने कुरा के हो भने आखिर शिक्षित मानिसहरू पनि किन अन्धश्रद्धाको कारण आप्mनो धनसम्पत्ति व्यर्थको काममा लुटाइरहेका छन् ? किन भ्रष्टाचारी र कुकर्म गर्ने मानिसहरूलाई बचाउने काम गरिरहेका छन् ? वास्तवमा मानिस आँखा भएर पनि अन्धो जस्तो किन देखिएका छन् ?
    वास्तवमा यो त्यस्तो प्रवृत्तिको जीत हो, जो समाजमा लगातार साम्प्रदायिकता, कट्टरता, अन्धश्रद्धा जस्ता प्रतिगामी मूल्यलाई बढाउन चाहिरहेका छन्। दशकौंदेखि छरिंदै आएको यो अन्नबाली आज फलीभूत भएको छ। धार्मिक संस्थाहरूबाट दिइने शिक्षाले केटाकेटीहरूमा मानवीय मूल्य विकसित गर्न सकेको छैन तर अन्धश्रद्धा, भावुकता, अवैज्ञानिकता र कट्टरतालाई बढाउनमा अवश्य नै सहयोगीको भूमिका निर्वाह गरेको छ। यस्ता संस्थाहरूद्वारा बाल्यकालदेखि नै केटाकेटीहरूको मस्तिष्कमा अन्धआस्था प्रवाहित गर्ने काम हुन्छ, जसमा तर्क र विश्लेषणको कुनै ठाउँ हुँदैन । प्रश्न सोध्नु यहाँ घोर अनुशासनहीनता मानिन्छ । गुरुवाणी नै यहाँ अन्तिम सत्य हुने गर्छ। भाषा, गणित वा अन्य विषयलाई पनि संस्थाको विचारधारा अनुसार थोपिने काम गरिन्छ । केही संस्थाहरूले त अन्य धर्मप्रति घृणा पैmलाउने काम पनि गर्छन्, जस्तो हिटलरले कुनै बेला जर्मनीमा यहुदीहरूको विरोध गरेका थिए। यदि तपाईंले यस्तो संस्थाद्वारा तयार गरिएका पुस्तक पढ्नुहुन्छ भने कसरी सुनियोजित ढङ्गले विचारधाराको बीजारोपण गरिन्छ भन्ने कुरा थाहा हुन्छ । यस्ता पुस्तकहरूले काल्पनिक डर र असुरक्षाको भाव पैदा गर्ने काम गर्छन् । आलोचनात्मक विवेकलाई यिनीहरूले सख्त परहेज
गर्छन् । विश्लेषण गर्नु होइन, आस्था
राख्न सिकाइन्छ। यस्ता ताकतहरूलाई वर्तमानमा ‘एक्सपोज’ गर्न
आवश्यक रहेको छ, अन्यथा त्यो
दिन टाढा छैन, जब हामी यस्तो बर्बर युगमा प्रवेश गर्नेछौं, जहाँ धर्म र संस्कृतिको नाममा हिंसा, बलात्कार र सङ्कीर्णताको कारोबार आप्mनो उत्कर्षमा हुनेछ।
    यो पनि सत्य हो कि यसको लागि मात्र शिक्षण संस्थाहरू जिम्मेवार नभई परिवार, समाज, मिडिया पनि समानरूपले जिम्मेवार छन्। तर शिक्षण संस्थाहरू त्यस्ता ठाउँ हुन्, जहाँ परिवारसहित सबै सामाजिक संस्थाहरूबाट प्राप्त संस्कार र मूल्य परिमार्जित र परिष्कृत भएर स्थायी रूप ग्रहण गर्छन् भन्ने कुरालाई पनि स्वीकार गर्नुपर्ने हुन्छ। त्यहाँ केटाकेटीहरूभित्र सही र गलतको पहिचान गर्ने विवेक उत्पन्न हुन्छ र यस्तो बुझाइलाई सिक्न र बुझ्नको लागि शिक्षण संस्थाहरूले नै उनीहरूलाई प्रेरित गर्दछन्। संस्कारहरूलाई परिवर्तन गर्ने र सुदृढ गर्ने काम पनि शिक्षण संस्थाहरूले नै गर्छन्। शिक्षकहरूको आचरण र कुराको प्रभाव सबैभन्दा बढी विद्यार्थीहरूमाथि पर्छ । प्रारम्भिक कक्षाका केटाकेटीहरूले शिक्षकका कुरालाई ढुङ्गामा कोरिएको रेखा ठान्छन्। यस कारण मूल्य र मान्यताको निर्माणमा शिक्षण संस्थाको भूमिका महŒवपूर्ण मानिन्छ। यस कारण अन्धविश्वास र चमत्कारविरुद्ध शिशु कक्षादेखि नै पढाइको थालनी गर्नुपर्ने हुन्छ । कक्षामा प्रश्न र तर्क गर्ने वातावरण विद्यार्थीहरूलाई प्रदान गर्नुपर्ने हुन्छ। निश्चितरूपले यदि विद्यालयहरूमा वैज्ञानिक चेतनाको विकास र आलोचनात्मक विवेक पैदा गर्ने अवसर प्रदान गरिन्छ भने आज हाम्रो देशको
स्थिति जे जस्तो छ त्यस्तो रहँदैन। यसलाई गति र एउटा ठोस दिशा प्रदान गर्नका लागि मिडियासहित सामाजिक, राजनीतिक संस्थाहरू पनि अघि सर्नुपर्ने हुन्छ।

Sunday, November 17, 2019

 शिक्षकको असर

शिक्षकको असर

अनन्तकुमार लाल दास
    विद्यालय परिसरभित्र सिसिटिभीबाहेक अन्य पक्षहरू पनि छन्, जसबारे विमर्श गर्न त्यत्तिकै आवश्यक रहेको छ । सिसिटिभी प्रविधिको एउटा पाटो हो, जसले गर्दा विद्यालय परिसरभित्रको पठनपाठनको तौरतरीका र असर नै फेर्दै गएको छ । कम्प्युटर कक्षा र त्यससँग जोडिएका गृहकार्यले पछिल्ला दशकमा पुस्तक पठनको शैलीमा फड्को मारेको छ । पहिला कम्प्युटर कक्ष र शिक्षकको बारेमा परिकल्पना पनि गर्न सकिंदैनथ्यो । त्यसैसँग जोडिएर आएको छ प्रोजेक्टर, जहाँ पावर प्वाइन्ट प्रेजेन्टेशन, वृत्तचित्र प्रदर्शन जस्ता गतिविधि जोडिएका छन् । कतिपय विद्यालयमा हाजिरीको अभिलेख यिनै कम्प्युटर प्रविधिमार्पmत् राख्न थालिएको छ । स्तरीय शिक्षाको निमित्त विद्यालयको शैक्षिक प्रशासन चाहे त्यो सरकारी होस् वा निजी प्रविधिको उपयोगिताप्रति उत्सुक देखिएको छ । त्यसैले यसको असरबारे पनि बिस्तारै विमर्श मुखर हुन थालेको छ ।
    हावर्ड विश्वविद्यालयका प्रोफेसर रबर्ट रोशेन्थेलले संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयमा गजबको अनुसन्धान गरे । उक्त अनुसन्धानको विषय थियो, शिक्षकले कक्षाका कुनै विद्यार्थीलाई तिमी सफल हुन सक्छौ भनेर विशेष जोड दिंदा वा हौंस्याउँदा त्यसको परिणाम के हुन्छ भनेर हेर्नु थियो । याद राख्नुपर्ने कुरा के हो भने हामीकहाँ पनि शिक्षकहरूमा यस्ता स्वभाव प्रशस्त पाइन्छन् । त्यसले गर्दा यस प्रकारका अध्ययनको निचोड हाम्रोलागि पनि त्यत्तिकै सान्दर्भिक देखिन पुग्छ । प्रोफेसर रोशेन्थेलले विद्यार्थीहरूको एउटा सामान्य आइक्यू परीक्षा लिए तर उनले त्यहाँका शिक्षकलाई चाहिं यो आइक्यू क्षमता भएका र भविष्यमा साँच्चै नै केही गर्न सक्ने बालबालिका छान्नका लागि हावर्डले विकास गरेको विशेष परीक्षण पद्धति हो भनेका थिए । परीक्षापछि सामान्य तरीकाले केही विद्यार्थीहरू छनोटमा परे । उनले ती विद्यार्थीलाई अरू विद्यार्थीसँगै राखे । अरूमा केही फरक परेन । उनले भने, मैले छनोट गरेका बालबालिका विशेष क्षमता सम्पन्न हुन्छन् । चाँडै नै उनीहरूले विशिष्ट उपलब्धि हासिल गर्नेछन् भने । प्रोफेसर रोशेन्थेलले त्यसपछिका दुई वर्षसम्म निरन्तर अनुगमन गरे । प्रोफेसरले त्यहाँका शिक्षकहरूमा जगाइदिएको अपेक्षाले साँच्चै नै काम ग¥यो । उनले छानेका विद्यार्थीको आइक्यूमा एकदमै ठूलो अन्तर आयो ।
    “यो जादू होइन, मनका कुरा बुझ्ने कला पनि होइन,” प्रोफेसरको बुझाइ थियो । बरु विभिन्न किसिमका चिकित्सा जस्तै यो मानिसको उपचारको एउटा विधि हो । शिक्षकको अपेक्षाले विद्यार्थीको क्षमता बढ्छ भन्ने कुरा अनुसन्धानले पुष्टि गरेपछि अर्को प्रश्न उभियो, “शिक्षकहरूले सही अपेक्षा चाहिं कसरी राख्ने त ?” यस प्रश्नको उत्तर घोत्लिनुपूर्व एकछिन वीरगंजकै एउटा अनुभव सुनाउँछु । एकजना विद्यार्थीको बारेमा तिनका कक्षा शिक्षकले सधैं गुनासो गथ्र्ये । त्यसैका आधारमा त्यस विद्यालयका प्रधानाध्यापकले तिनका अभिभावकलाई विद्यार्थीको अवस्था र स्तरप्रति सजग गराइरहन्थे । कैयौंपटक यस्तोक्रम दोहोरियो । स्वाभाविकरूपमा कक्षामा जस्तै घरमा पनि विद्यार्थीले प्रशस्तै गाली खानुप¥यो । यस परिस्थितिमा विद्यार्थीको ध्यान पढाइप्रति केन्द्रित हुन सकिरहेको थिएन । उसमा चिडचिडा स्वभाव पनि बिस्तारै बढ्दै गयो । साथीहरूसँग पनि उसको दूरी बढ्दै गयो । उक्त विद्यार्थीको यस्तो अवस्थाबारे एक कक्षा साथीमार्पmत् उसको एक आफन्तले थाहा पाए । आफन्तले बडो आत्मीयतापूर्वक उसका समस्याहरूको बारेमा बुझ्न खोजे । निकै कुराहरू छर्लङ्ग भएर आयो । भएको के रहेछ भने ती विद्यार्थीको घरमा अध्ययनको वातावरण थिएन । पारिवारिक वातावरणले तनाव भइराख्थ्यो । उता कक्षा शिक्षक अध्यापनमा अब्बल रहे पनि उनी एकोहोरो स्वभावका थिए । उनले जुन विद्यार्थीको अगाडि जे जस्तो धारणा बनाएका हुन्थे, त्यसैमा अडिरहन्थे । शिक्षक आप्mनो विद्यालयको प्रधानाध्यापकको अत्यन्त विश्वासिला थिए । उसको विषयगत योग्यता र पढाउने शैलीबाट प्रधानाध्यापक मख्ख थिए । यस पृष्ठभूमिमा ती कक्षा शिक्षकबारे आएका गुनासाहरूलाई प्रधानाध्यापकले बेवास्ता गर्दथे । प्रधानाध्यापकलाई लाग्थ्यो यो कुनै योजनागतरूपमा शिक्षकको छवि खराब गर्ने काम हुँदैछ । विद्यार्थीका आफन्तले पहिला प्रधानाध्यापकसँग कुरा गरे । तर जिद्दी स्वभावका अडान लिइराख्ने प्रधानाध्यापकले आप्mनो कक्षा शिक्षकको दाँजोमा ती आफन्तको कुरा पत्याएनन् । प्रधानाध्यापकले बेवास्ता गरिरहे । उता कक्षा शिक्षकको मनमस्तिष्कमा ती विद्यार्थीप्रति बनिसकेको धारणा दृढ बन्दै गयो । जसको कारण दिनहँु ती विद्यार्थी कुटाइ खान थाल्यो । स्थिति झन् जटिल र भयानक हुँदै गयो । यी सबै घटनाक्रमबाट परिचित ती आफन्तले समस्या समाधानका लागि त्यही विद्यालयका अर्को शिक्षकबाट सहयोग लिने रणनीति बनाए । त्यो शिक्षक र कक्षा शिक्षक दुवैजना मिल्ने साथी थिए । दुवैबीच खुला र आत्मीय गफ हुन्थ्यो । यस्तोमा शिक्षकले ती विद्यार्थीप्रति अलि फरक व्यवहार गरेर हेर त भनेर ती कक्षा शिक्षकलाई सुझाए । त्यही अनुसार कक्षा शिक्षकले ती विद्यार्थीलाई मीठो भाषामा भने, गत वर्ष तिमीले राम्रो मिहिनेत गरेका थियौ । तिम्रो उपस्थिति पनि राम्रो थियो । साथीहरू पनि तिमीलाई मन पराउँथे । यसपटक पनि तिमी राम्रो गर्न सक्छौ । मैले तिमीलाई के सहयोग गर्न सक्छु तिमी मलाई विनाहिचकिचाहट भन । यता विद्यार्थी चकित प¥यो । उसलाई आप्mनो कक्षा शिक्षकले भनेको कुराको विश्वास नै भइरहेको थिएन । अहिले सुन्छु त्यो विद्यार्थीले आप्mनो कक्षामा राम्रो परिणाम ल्यायो । कक्षा शिक्षकको राम्रा विद्यार्थीहरूको सूचीमा त्यो विद्यार्थीको पनि नाम छ । यसले के देखाउँछ भने शिक्षकको बोली, व्यवहारले पनि विद्यार्थीमा बदलाव ल्याउन औषधिको काम गर्दो रहेछ । ससाना देखिने यस्ता कुराहरूले शिक्षक, विद्यार्थी र अभिभावक तीनवटै पक्षलाई तनावमा राखेको हुन्छ भने यता सानो सुझावले तीनवटै पक्षलाई खुशी पु¥याइरहेको हुन्छ । यो घटनाले हाम्रै शहरका अन्य विद्यालयका धेरै समस्याहरूसँग निकटता राख्छ । यिनै पृष्ठभूमिमा विद्यालय परिसरभित्र प्रविधिको प्रयोगसँगै शिक्षकको व्यवहारको पनि असर औचित्यपूर्ण हुन जान्छ ।
    अनुसन्धाता रबर्ट पियन्टा र उनका साथी शिक्षकहरूले कक्षामा पढाउँदा थुप्रै भिडियो टेपहरूको सूक्ष्म अध्ययन गरे र त्यसका आधारमा शिक्षकहरूका लागि उपयुक्त व्यवहारका केही सूत्र फेला पारे । यस्ता अरू पनि धेरै तरीका, विधि र उपायहरू हुन सक्छन् तर यसै सन्दर्भमा पियन्टाले एउटा उदाहरण दिए । मानौं मैले एउटा प्रश्न सोधें । एउटा विद्यार्थी  ‘मलाई थाहा छ, मलाई थाहा छ’ भनेर चिच्याउन थाल्यो । यस्तो बेला परिस्थितिलाई काबुमा राख्न शिक्षकसँग मूलतः दुईवटा उपाय हुन्छन् या त उनले उसलाई कठोर तरीकाबाट अनुशासनमा राख्नुपर्छ, या त उसलाई कुरा भन्न दिनुपर्छ । पियन्टाको अनुभवमा ‘तिमी आप्mनो ठाउँमा बस, पालो आएपछि भन’ भन्नु ठीक होइन । बरु उसको फुर्काइको व्यवस्थापन गर्नुपर्छ । पियन्टाको अनुसन्धानले देखाएको सही प्रतिक्रिया हो, “ल ल भन । तर एउटा कुरा चाहिं के भने यो भनिसकेपछि तिमी शान्त भएर बस र अर्कोपटक चाहिं हात उठाएर मात्र बोल ।”
    अमेरिका मत सर्वेक्षणहरूको देश हो । कुन देश कति सम्पन्न छ, त्यो त्यहाँ भइराख्ने अध्ययन र सर्वेक्षणहरूको मात्राले देखाउँछ । विकसित देशमा विभिन्न किसिमका मत सर्वेक्षणहरू अनवरत् चलिरहन्छन् र त्यसैबाट समाजको सोचाइ, प्रवृत्ति, व्यवहार, समस्या आदिका बारेमा थाहा पाउन र समाधानका उपाय अपनाउन सकिन्छ । त्यस्तै, एउटा मत सर्वेक्षण अनुसार आप्mना सन्तानलाई पढाउने शिक्षकलाई अमेरिकीहरू मन पराउँछन्, राम्रो ठान्छन् । यस अनुसन्धानले देखाए अनुसार शिक्षकहरूले निम्न तीन किसिमका सङ्गत बढाएर उनीहरूको सम्मान अझ बढ्छ । विद्यार्थी, अभिभावक र समुदायसँगको  सङ्गतबाट शिक्षकहरूले आपूmलाई अरू उपयोगी, सामुदायिक र फराकिलो व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्छन् । समुदायभित्र नजीक रहेका शिक्षक आपूm पनि कहिले एक्लो हुँदैन । सहकर्मी र व्यावसायिक व्यक्तिहरूसितको सम्बन्धले शिक्षकको व्यावसायिक क्षमता मात्र हैन प्रतिष्ठा पनि बढ्छ । यसबाट उनीहरू वास्तविकरूपमा शैक्षिकजगत् र पेशागत हकहितका कुरा गर्न सक्ने हुन्छन् ।
    धेरै अमेरिकी शिक्षकहरू राजनीतिबाट टाढा बस्न रुचाउँछन् तर उनीहरूले शैक्षिक क्षेत्रमा भएका कामकारबाई, बजेट कटौती र बढोत्तरी आदिका कुरा बुझिराख्नु राम्रो हुन्छ । मुलुकको शैक्षिक नीतिका बारेमा जानेका शिक्षकको प्रशासनमा पनि इज्जत हुन्छ । एउटा इमानदार र प्रतिबद्ध शिक्षकलाई तिनका विद्यार्थी र अभिभावकहरूले पनि कदर गर्छन् । यतिमात्र कहाँ हो र । अभिभावक र विद्यार्थीमार्पmत् चर्चा पाउँदै यस्ता शिक्षकहरू अन्य विद्यालयका निमित्त पनि मानक बनिरहेका हुन्छन् । एउटा गतिलो र आत्मीय शिक्षकको असर यसरी समाजमा परिरहेको हुन्छ । तिनको व्यवहारले तिनका बारेमा एउटा छवि बनाएको हुन्छ । त्यस छविबाट ती शिक्षकको सामाजिक स्वीकार्यता फराकिलो हुँदै गएको हुन्छ । यसले के देखाउँछ भने शिक्षकले पार्ने प्रभाव वा असरले गर्दा त्यो शिक्षक र विद्यालयकै चिनारी विकसित हुँदै जान्छ तर हामीकहाँ यस्ता अध्ययनहरू न त सरकारी, न त गैरसरकारी संस्थाहरूले नै गरिरहेका हुन्छन् । स्वयम् विद्यालयहरूले पनि आप्mनै पृष्ठपोषणका लागि यस्ता अध्ययनमा लगानी गर्न चाहँदैनन् । यस्ता अध्ययनमा लाग्ने खर्च मूलतः पूर्वाधारमा खर्चिने लगानी मात्र होइन, त्यसको नतीजाले कुनै पनि विद्यालयलाई सकारात्मक दिशामा जान टेवा दिन्छ र अन्ततोगत्वा विद्यालयले नै लाभ पाउँछ ।
    जुन स्थानीय घटनाको चर्चा गरें, त्यसबाट निस्कने पाठ के के हुन्, त्यसका बारेमा पनि सोचौं । प्रधानाध्यापक र शिक्षक एक अर्थमा ठीक गरिरहेका हुन्छन् । तर पृष्ठपोषण प्राप्त गर्ने कुनै आन्तरिक संयन्त्र नभएको हुँदा प्रअले आप्mना सुयोग्य शिक्षकमाथि अत्यन्त विश्वास गर्छन्, त्यही मनोविज्ञानबाट प्रअ अडान लिइरहन्छन्, जो अभिभावकको दृष्टिमा एउटा जिद्दी प्रअको र एकोहोरो शिक्षकको छवि बन्न गएको हुन्छ । तर जब कक्षा शिक्षकले आप्mनै साथीबाट सही सुझाव पाउँछ र त्यस अनुसार कक्षा शिक्षकले आप्mनो व्यवहारमा सुधार गर्छ भने त्यसबाट प्राप्त हुने असर देखेर तीनवटै पक्ष चकित हुन्छन्–प्रअ, शिक्षक र विद्यार्थी । यसले के देखायो भने हामीले अमेरिकामा जस्तो आवधिक सर्वेक्षण गर्न नसकेपनि शिक्षकहरूको प्रभाव र असरबारे आन्तरिक सर्वेक्षण स्वयम् एउटा जिम्मेवार प्रअले गर्न सक्छन् र आप्mनो विद्यालयको साखको श्रीवृद्धि गर्न सक्छन् । अहिलेका स्थानीय सरकारहरूले यस्ता सर्वेक्षणहरूका लागि मार्गदर्शन र स्रोत उपलब्ध गराउन सक्छन् । सहज र सरल तरीकाले पनि सर्वेक्षण गर्न सकिन्छ । जसरी केही प्रश्नोत्तर तयार गर्ने, जसमा विद्यार्थीहरूले आप्mनो नाम नलेखीकन नै त्यसको जवाफ प्रअले प्रत्येक कक्षाबाट सङ्कलन गर्न सक्छन् । यसो गरिंदा कक्षा कोठाभित्र अरू शिक्षकहरू रहनुहुन्न । यसरी आएका जवाफहरूको प्रअले प्रवृत्तिगत विश्लेषण गरी निस्केका निष्कर्षहरूलाई आप्mनो विवेक र अनुभवका आधारमा संशोधनको मार्गचित्रका रूपमा ग्रहण गर्न सक्छन् । यसरी शिक्षकको असर बढाउँदै गर्दा तिनको गरिमा र महिमाको पनि ख्याति बढ्छ ।

Sunday, November 10, 2019

विद्यालय के हो ?

विद्यालय के हो ?

अनन्तकुमार लाल दास

    विद्यालय के हो ? विद्यालयले के गर्छ ?  यो प्रश्न स्वयम् शिक्षकहरूलाई सोधियो भने अलमलिन्छन्  । विद्यार्थीहरू चकित हुन्छन् । अभिभावकहरू जवाफरहित हुन्छन् । यो प्रश्न सुन्दा प्राज्ञिक जस्तो लाग्छ । यी दुई प्रश्नबीचको भिन्नताका खास कारणहरू छन् । जबसम्म हामीले विद्यालयको सही व्याख्या वा परिभाषा गर्न सक्दैनांै, तबसम्म त्यसको विकल्पको खोजी सम्भव हुँदैन । विद्यालयहरूले यस्ता सामाजिक काम गर्छन्, जुन कुनै न कुनै माध्यम वा हिसाबले गर्नैपर्ने काम हुन्छ । केही मानिसको सोचाइमा विद्यालयलाई सुधार गरेर राम्रो बनाउन सकिन्छ । तर अर्काथरीको विचारमा विद्यालय नभएपनि केही फरक पर्दैन । उनीहरू सोच्छन् विद्यालयको विकल्प नै चाहिंदैन । किनभने मानिसले आपूmलाई चाहिने शिक्षा जीवनका अरू काम, व्यवहारमार्पmत् स्वाभाविक रूपमैं प्राप्त गरिरहेका हुन्छन् । तर पनि विद्यालयको परिभाषाविना न त यसको वास्तविक अवस्था थाहा हुन सक्छ, न त यसको मूल्याङ्कन नै गर्न सकिन्छ । विद्यालयको विकल्पको योजना बनाउँदा भावी विकल्पमा विद्यालयका कुन कुन चीज चाहिन्छ र के के हटाउनुपर्छ भन्ने छुट्याउनका लागि पनि विद्यालयको परिभाषा गर्नु आवश्यक हुन्छ ।
    तर यस्तो व्याख्या सैद्धान्तिकभन्दा बढी व्यावहारिक उपयोगिताको हिसाबले गरिनुपर्दछ । हामीले विद्यालयलाई यसरी परिभाषित गर्न सक्छौं, “यस्तो संस्था जहाँ अध्ययन वा तय गरिएका पाठ्यक्रमका लागि शिक्षकको पूरा निगरानीमा सञ्चालन हुने कोठामा निश्चित उमेर समूहका मानिसको पूरा अवधि उपस्थिति आवश्यक हुन्छ ।” आम विद्यालयहरूका लागि यो परिभाषा उपयुक्त छ, सामयिक छ । शिक्षाका विकल्पहरूका बारेमा कुरा गर्दा यस्तो चलिआएको अचल मान्यताका विद्यालयहरूभन्दा भिन्न भनेर व्याख्या गर्नु राम्रो हुन्छ । यसो नगर्दा विद्यालयहरूको परम्परागत चुम्बकीय शक्तिको आकर्षणले परिवर्तनकारीहरूलाई पनि आपूmजस्तै बनाइदिन सक्छ ।
    कक्षाका लागि उमेर तोकिदिएर विद्यालयले बाल्यकाललाई नै एउटा संस्थागत चीज बनाइदिन्छ । विद्यालयले भरिएको समाजमा अहिले बाल्यकाललाई कुनै समयसीमा नभएको विश्वव्यापी परिघटनाका रूपमा लिइन्छ । तर ३०० वर्षअगाडि आजका जस्ता बच्चा थिएनन्, अहिले पनि गरीब गाउँका बच्चा चल्तीका शहरी विद्यालयका बच्चाभन्दा नितान्त भिन्न हुन्छन् । फिलिप एरिजको पुस्तक “सेन्चुरीज अफ चाइल्डहुड”का अनुसार १७औं शताब्दीभन्दा अघि बच्चाहरू वयस्कका जस्तै लुगा लगाउँथे, उनीहरूसँगै काम गर्थे, जेल हालिन्थे, वयस्कसँगै फाँसीमा चढाइन्थे । तिनले बाल्यकालमैं भोग, रोग र मृत्युका बारेमा थाहा पाइसकेका हुन्थे । त्यतिबेला बालबालिका भनेर छुट्टै प्रकारको व्यवहार र मान्यता थिएन । बाल्यकाल भन्ने कुनै संस्कार नै थिएन ।
    समाजको यथार्थ निर्माताका रूपमा विद्यालयको कुरा गर्दा त्यसको आशय बच्चासँग मात्र जोडिएको हुँदैन । त्यसले शिक्षकलाई पनि छुन्छ । किनभने विद्यालयले शिक्षक पनि पैदा गर्छ । विद्यालयहरू जन्मिनुभन्दा पहिले पनि समाजमा हेरविचार गर्ने, शारीरिक व्यायामका नियम पालना गराउने,  अनुशासन सिकाउने मानिस वा गुरुहरू हुने गथ्र्ये । यी तीनै थरीले सिकाइलाई पढाइको नतीजाको रूपमा मात्र हेर्दैन्थे । अहिलेका आधुनिक विद्यालयहरूले सिकाइलाई पढाइको उत्पादनका रूपमा व्यवहार गर्छन् ।
    विद्यालयको पढाइको प्रक्रियामा एउटा शिक्षकले एकैपटक तीनवटा भूमिका निर्वाह गर्छ । रेफ्री, न्यायाधीश र सल्लाहकारको । रेफ्रीका रूपमा शिक्षकले कुनै पनि उत्तर ठीक वा बेठीक के हो भनेर घोषणा गर्छ, नम्बर दिन्छ र उन्नति–प्रगति निर्धारण गर्छ । न्यायाधीशका रूपमा शिक्षकले चोरी गर्नेहरूलाई दोषी ठह¥याउँछ र विद्यालयको नैतिक मूल्य र मान्यता जोगाउने काम गर्छ । सल्लाहकारको रूपमा उसले कमजोर वा थप प्रगति गर्न चाहने विद्यार्थीहरूलाई विद्यालयभित्र र बाहिर समेत के गर्ने र के पढ्ने भन्ने सल्लाह दिन्छ । शिक्षकको यो त्रिआयामिक परिभाषा हामीलाई नौलो लाग्दैन किनभने समाजमा विद्यार्थीलाई नागरिक अधिकार नभएको प्राणीका रूपमा लिइन्छ । जहाँ शिक्षकको भूमिका चाहिं एउटै व्यक्ति प्रहरी, न्यायाधीश र वकील भएजस्तो हुन्छ । विद्यार्थी निरीह, निरुपाय छ भने शिक्षकसँग असीमित शक्ति छ । यस अर्थमा हामीले विद्यालयको भूमिकाको बारेमा अहिलेका चुनौतीहरूसँग जुध्न संस्थागत संवाद गर्नुपरेको छ । अहिलेका स्थानीय सरकारहरूले त्यो सरोकारका बारेमा बहुआयामिक चिन्तन गर्नुपर्ने हो  । वर्तमान संविधानले विद्यालयस्तरको शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ तर अहिलेसम्म स्थानीय सरकारका भए गरेका कामहरू, प्रगति र पहलहरू हेर्दा यो प्रश्न उनीहरूको दिमागमा आएकै छैन ।
    विद्यालय शिक्षाका लागि हुन्छ । शिक्षा विद्यालयको घोषित आदर्श र सामाजिक उद्देश्य दुवै हो । विद्यालयको यो स्थान र भूमिकाका विषयमा लामो समयसम्म खासै प्रश्न उठेन तर यतिखेर अन्तर्राष्ट्रियरूपमैं यसमा प्रश्न उठ्न थालेका छन् । शिक्षा भन्ने चीज यस्तो हो, जो एकैपटकमा सबैका लागि एउटै हुँदैन । धेरै मानिसका लागि धेरै थोक हुन सक्छ । विद्यालयहरूले आप्mनै प्रकारका धेरै काम गर्ने भएपनि अहिले सामान्यतया संसारभरिका विद्यालयले गर्ने मुख्य चारवटा सामाजिक कार्यमा समानता आउन थालेको छ । ती हुन्– विद्यार्थीको रेखदेख गर्ने, सामाजिक भूमिकाको चयन गर्ने, सिद्धान्त घोकाउने र ज्ञान तथा सीपको विकास हुने हिसाबले शिक्षा दिने । अहिलेको वास्तविकता के हो भने विद्यालयले गर्ने यिनै कामले विद्यालयलाई महँगो बनाइरहेको छ साथै यिनै तŒवका बीचको द्वन्द्वले विद्यालय शिक्षालाई सुलभ हुन दिइरहेको छैन । यी चार कामको सम्मिश्रणबाट नै विद्यालय एउटा सम्पूर्ण संस्था बन्ने हो । विद्यालयले दिने हेरचाह विश्वभरि यसरी प्रवाहित भइरहेको छ कि यसका अरू व्यवस्थाहरू बिर्सन थालिएका छन् । बालबालिकाले अवश्य पनि राम्रो हेरचाह पाउनुपर्छ, यदि तिनीहरू बालक छन् भने । तर समुदायका साना सदस्यका रूपमा गतिविधिहरूमा सहभागी हुने र उत्पादनशील हुने सवालमा भने यस्तो हेरविचार चाहिंदैन । विश्वभरिका गरीब, किसान र वञ्चित समुदायका बहुसङ्ख्यक बच्चाहरू विशेष हेरविचार नपाएर पनि सही मार्गमा सही ढङ्गले हिंडिरहेका छन् ।
    बच्चाको हेरविचारमा खर्च लाग्छ । यद्यपि विद्यालयहरूले सस्तोमा त्यस्ता सेवा उपलब्ध गराउँछन् तर धेरैजसो विद्यालयको बजेट यसैमा जान्छ । टाइम पत्रिकाका लागि एन्थोनी लाउरियाले पुर्तोरिकोमा गरेको अध्ययनले के देखाएको छ भने एक शिक्षकले आप्mनो २० प्रतिशत समय मात्र विद्यार्थीलाई सिकाउनका लागि निकाल्न सक्छ । तिनको बाँकी समय बच्चाको व्यवहार नियन्त्रण र अरू प्रशासनिक काममा बित्छ । लाउरियाको यो अध्ययनबाट के पुष्टि हुन्छ भने एउटा माध्यमिक विद्यालय उत्तीर्ण विद्यार्थीले १२ वर्षमा सिकेका कुरा दुई वर्षमा सिक्न सक्छ, त्यो पनि निकै कम प्रयत्नमा । रमाइलो कुरा के छ भने बच्चा बढ्दै गएपछि रेखदेखको क्षेत्र र खर्च पनि बढ्दै जान्छ । विद्यालयमा व्यतीत हुने समय बढ्छ, भवनहरू थप आरामदायी हुन्छन्, विद्यार्थीको प्रगतिमा सघाउने कर्मचारीको सङ्ख्या र खर्च वृद्धि हुन्छ । तर विद्यालय नभएको ठाउँमा भने बालबालिका चाँडै सामाजिक बन्छन् । हुर्कनका लागि तिनलाई धेरै सहायता पनि चाहिंदैन । प्राथमिक विद्यालयको तुलनामा माध्यमिक विद्यालयले विद्यार्थीको समय र पैसा दुवै बढी लिन्छ । कलेज र विश्वविद्यालयले त तिनको पूरै समय खाइदिन्छन् । पढाइ जति बढ्दै गयो यस्तो समय र खर्च उत्तिकै बढ्दै जान्छ । माथिल्लो तहका विद्यार्थीको हेरविचारमा प्राथमिक तहभन्दा कम खर्च हुन्छ तर माथिल्लो तहमा विद्यार्थीले विद्यालयमा बिताउने समयको मूल्य सबैभन्दा बढी हुन्छ । कलेज, विश्वविद्यालय झन् महँगा हुन्छन्।
    विद्यालयले प्रदान गर्ने हेरचाहका लागि राम्रै पैसा खर्च हुन्छ तर त्यहाँको सबैभन्दा महŒवपूर्ण पक्ष विद्यालयमा हुने बच्चाको जीवनको विस्तार हो । जस्तै कुनै धनी बुबाका छोराछोरीहरू समाजका आम युवा सदस्यका रूपमा हुर्कनु । आधुनिक जीवनको विद्यालय, काम र अवकाशमा गरिने विभाजनको यो एउटा आयाम हो । जबसम्म युवाहरू केवल विद्यार्थी रहन्छन्, तबसम्म उनीहरू बच्चा नै हुन्छन् । आर्थिक, राजनीतिक र कानूनी हिसाबले समेत अर्थात् हाम्रा विद्यालयहरूले तिनलाई सधैं बच्चा नै बनाइराख्ने काम गरिरहेका छन् ।
    विद्यालयको विकल्पका रूपमा खडा हुने संस्था वा व्यवस्था किफायती र चाहेका जति सबैले पढ्न पाउने खालको हुनुपर्छ । यो प्रभावकारी पनि हुनुपर्छ । तर किफायती भनेर कम गुणस्तरको शिक्षा दिन भने पाइँदैन । विद्यालयलाई विस्थापित गरेर ल्याइएको व्यवस्था पनि फेरि उसैगरी समाजमा हाबी हुने किसिमको हुनुहुँदैन । यस्तो वैकल्पिक माध्यम विविध र बहुसङ्ख्यामा हुनुपर्दछ । यस्ता विकल्पहरूका बीचमा प्रतिस्पर्धा हुनु जरुरी हुन्छ तर प्रतिस्पर्धा जहाँ पनि खोज्नु ठीक हुँदैन ।
    विद्यालयका विकल्पमा खडा गरिने वैकल्पिक उपायहरू के के हुन सक्छन् । सबैभन्दा पहिले शिक्षाका स्रोतहरूलाई विद्यालयबाट बाहिर निकाल्नुपर्छ । यिनमा सबै शिक्षाग्राहीको समान अधिकार स्थापित गर्नुपर्दछ । यसलाई अझ स्पष्टरूपमा यसरी बुझौं । शिक्षाका लागि छुट्याइने सरकारी रकम कि त गरीब वा शिक्षामा पहुँच नभएकाहरूको कुनै छुट्टै संस्थाको विकास गरी त्यसलाई दिन सकिन्छ वा सोझै त्यस्ता विद्यार्थीलाई पनि दिन सकिन्छ । हुनत पढ्नेका हातमा सबै स्रोतसाधन वा पैसा दिएर शिक्षा पाइने पनि होइन तैपनि यो पहिलो कदम भने हुन सक्छ किनभने यसले तिनका हातमा अवसर थमाइदिन्छ ।
    वैकल्पिक शिक्षाका लागि हामीले मुख्य दुई चीजका बारेमा जान्नु आवश्यक हुन्छ । पहिलो हामीलाई शिक्षा किन चाहिएको हो भन्ने र दोस्रो यो कुन स्रोतबाट प्राप्त हुन्छ भन्ने । यदि राम्ररी हेरियो भने यी दुवै चीज एकापसमा जोडिएका छन् । यिनलाई फरक गरेर बुझ्न सकिंदैन । हामीले  खोजेको शिक्षाले हामीलाई स्वतन्त्रता र न्यायको दुनियाँतिर डो¥याउनुपर्छ । जहाँ स्वतन्त्रता भनेको कसैले कसैलाई बलपूर्वक केही गर्न बाध्य नगर्ने र न्यायको अर्थ सम्पत्ति, शक्ति र अवसरको समान वितरण भन्ने बुझिन्छ ।
    सम्पूर्ण स्वतन्त्रताको दर्शन भनेको त्यस्तो दर्शन हो, जहाँ कुनै पनि मानिसले आप्mना गुण वा दोष अरू कसैमाथि थोपर्न सक्दैन । त्यसैले सबै मानिस अरूको नियन्त्रणबाट मुक्त हुन्छन् । वैकल्पिक शिक्षा प्रणाली पनि यस्तै हुनुपर्छ भनेर अन्तर्राष्ट्रिय बहस चलेको छ । हामीकहाँ यो बहस कोठे बहसमा मात्र सीमित छ । वैकल्पिक शिक्षामा हरेकले आप्mनो रोजाइ अनुसारको पढ्न पाउनुपर्छ । कुनै व्यक्ति जीवनमा के गर्न वा के बन्न चाहन्छ भन्ने उसैले निर्धारण गर्नुपर्ने कुरा हो । उसले आपूmले चाहे जस्तो बन्न सक्नेगरी पढ्न पाउनुपर्छ । कुनै एउटा पाठ्यक्रम वा व्यवस्थाले यो सबैको लागि उत्तम हो भनेर प्रत्याभूति गर्न सक्दैन । त्यसैले कुनै एउटा शैक्षिक कार्यक्रमले यसबाट नै सबैले चाहेजस्तो सिक्न सक्छन् भनेर ठेक्का लिन पनि सकिदैंन । अहिले विश्वव्यापीरूपमा देखिएको एउटा ठूलो समस्या, अरूको इच्छाका बारेमा “उसलाई भन्दा बढी हामीलाई थाहा छ” भन्ने जिद्दीले उत्पन्न भइरहेको छ । हाम्रा विद्यालयहरूले यस्ता सवालहरूको जवाफ खोज्दैछन् कि ? विद्यालयहरू यस दिशामा केही गर्दैछन् कि ? वर्तमान र भावी पुस्ताले जवाफ खोज्न ढिलो गर्नुहुँदैन ।

Sunday, October 20, 2019

आलोचनात्मक चेतका लागि सिर्जनशीलता

आलोचनात्मक चेतका लागि सिर्जनशीलता

अनन्तकुमार लाल दास

    विद्यालय तहमा आलोचनात्मक चेतबारे कुरा गर्दा सबैभन्दा पहिले हामीले यसबारे बुझ्नु जरूरी छ, किनभने विद्यालयस्तरदेखि नै आलोचनात्मक चेतबारे फराकिलो बुझाइ हुन सकेन भने एउटा विद्यार्थी डाक्टर बन्न सक्छ, वकील बन्न सक्छ, शिक्षक बन्न सक्छ, व्यापारी बन्न सक्छ तर ऊ एउटा असल नागरिक बन्न सक्दैन । अहिले समाजमा देखिएको बेथिति, अनियमितता, अनुशासनहीनता र अराजकताबारे जुन चिन्ता छ, त्यसको लागि उपयुक्त औषधि भनेको आलोचनात्मक चेत हो, जसलाई अंग्रेजीमा ‘क्रिटिकल थिकिंङ’ भनिन्छ । जुन हुनु जरूरी छ । मानिसको व्यक्तित्वलाई गरिमा र सार्थकता प्रदान गर्ने दुईवटा महŒवपूर्ण पक्षमध्ये एउटा हो सिर्जनशीलता र अर्को आलोचनात्मक चेतना । सामान्यतया सिर्जनालाई हृदयको र आलोचनालाई मस्तिष्कको उपज मानिन्छ । तर यिनको प्रवृत्तिमा एउटा कुरा साझा छ, त्यो हो भिन्न दृष्टिकोण । दृष्टिकोणमा भिन्नता र मौलिकता छैन भने व्यक्ति न सिर्जनशील हुन सक्छ, न समीक्षात्मक नै ।
    सिर्जनशीलताको परिभाषा सजिलो छ । केही नयाँ र महŒवपूर्ण कुराको सिर्जना गर्नु नै सिर्जनशीलता हो । त्यो नयाँ कुरा कुनै समस्याको समाधान हुन सक्छ । जसरी गुरुत्वाकर्षणको सिद्धान्त वा कुनै औषधि पत्ता लगाउने काम हुन सक्छ, कुनै वस्तुको आविष्कार वा विकास हुन सक्छ, कला सहित्य र सङ्गीत हुन सक्छ, यसलाई अझ विद्यालयको स्तरमा हेर्ने हो भने अरू शिक्षकले पढाउने शैलीभन्दा फरक प्रयोग हुन सक्छ । सामाजिक शिक्षा विषय नै कतिपय विद्यार्थीका लागि नीरस हुन्छ, तर एउटा सिर्जनशील शिक्षकले त्यसलाई रमाइलो खेल, प्रतियोगिता, चित्रकला वा गीतमार्पmत रोचक र रमाइलो बनाइ दिन सक्छ । नयाँ र अरूले नगरेको काम भएमात्र सिर्जना हो, अर्काले गरिसकेको काम अनुकरण हो । कुनै काम नयाँ भएरमात्र पुग्दैन त्यो सार्थक पनि हुनुपर्छ । समाजले त्यसबाट केही न केही पाउनुपर्छ । एउटा खुट्टामा उभिने वा लामो समयसम्म बोलिरहनेजस्तो समाजलाई केही फरक नपर्ने काम गरेर विश्व कीर्तिमान बनाउनु लहड वा सनक हुन सक्छ, सिर्जनशीलता होइन । कुनै सामाजिक शिक्षाको शिक्षकले नवीन प्रयोगको नाममा कक्षामा हल्ला गरेर बोल्छ भने त्यो कुप्रयास मानिन्छ । त्यहाँ शिक्षकले यस्तो प्रयोग गनुप¥यो जसले विषयवस्तु वद्यार्थीको मनोमस्तिष्कमा बोधगम्य बन्न सकोस्, त्यस विषयप्रति विद्यार्थीको अरुचि हटोस् । शिक्षकको प्रयासले त्यो विषयप्रति रुझान उर्लोस् । हो, यहींनिर शिक्षकको कल्पनाशीलता, विषयवस्तुप्रति जानकारी सम्प्रेषण गर्ने कला, विद्यार्थीसँग सम्बन्धजस्तो कुरा जोडिएर आउँछ । त्यसैले यहाँ सिर्जनशीलताको कुरा गरिएको छ ।
    धेरै शिक्षकले भन्लान् सिर्जनाको स्रोत प्रतिभा हो र प्रतिभा जन्मजात हुन्छ भन्लान् । उनीहरूको बुझाइमा प्रतिभा बाहिरबाट थोपर्न सकिन्न । यस विचारका पक्षधरहरू भन्छन्–महाकवि लक्ष्मीप्रसाद देवकोटालाई शिक्षकले वा उनका आमाबाबुले कविता लेख्न सिकाएको भए उनका अरू दाजुभाई वा उनका अरू सहपाठीलाई पनि त सिकाउँथे होलान् नि १ यस्ता तर्कले सिर्जनशील व्यक्तिबारे गहिरो जानकारी नराखिएको देखाउँछ । यस्ता तर्कलाई मान्ने हो भने जे छ त्यसैमा चित्त बुझाउनुपर्छ । समाजलाई बदल्ने मानिस जन्माउन शिक्षक, अभिभावक, समाजको कुनै भूमिका हुन्छ भन्ने कुरा नमान्ने हो भने यथास्थितिमा चित्त बुझाएर बसे हुन्छ । तपाईं हामी कसैको पनि पेशागत उपयोगिता समाप्त हुन्छ । शिक्षा प्रणाली र शिक्षक अभिभावकहरूमा प्रतिभा चिन्ने र त्यसलाई चम्काउने क्षमता भएको भए अहिलेभन्दा धेरै प्रतिभाशाली व्यक्ति समाजमा हुने थिए र मानव समाज अहिलेभन्दा सुखी र समृद्ध हुन्थ्यो  ।   
    सिर्जनशील व्यक्तिको जीवनशैलीको अध्ययन गर्दा उनीहरूमा प्रचुर मात्रामा आलोचनात्मक चेत रहेको पाइन्छ । उनीहरू समाजप्रति गहिरो चासो राख्छन् र आप्mनो कारणले धेरै मानिसलाई फाइदा होस् भन्ने चाहन्छन् । उनीहरूमा धेरै उत्सुकता हुन्छ र प्रश्न गरेर थाक्दैनन् । उनीहरू अरूलाई मात्र प्रश्न गर्ने होइन, आप्mनै कामसित पनि सितिमिति सन्तुष्ट हुँदैनन् । उनीहरू अन्याय सहँदैनन् न प्रतिकारमा अहिंसक विधि नै अँगाल्छन् । उनीहरू जहिले पनि जे को पनि विकल्प खोज्छन् र परम्पराका निरर्थक पर्खाल भत्काउन पाउँदा एकदमै रमाउँछन् । उनीहरू स्वतन्त्रताका पक्षधर हुन्छन् । उनीहरू गरिखानका लागि काम गर्दैनन्, आपूmलाई मन लागेको कुरा गरिछाड्नका लागि भोकै बस्न र लामो तपस्या र साधना गर्न पनि तयार हुन्छन् । त्यस्ता व्यक्ति गनगन गर्दैनन्, नकारात्मक कुरा गरी हिंड्दैनन्, सकारात्मक सोच्छन्, परिस्थिति सुध्रिने प्रतीक्ष्Fा गर्छन् । हो यस्ता शिक्षक हामी तपाईंकै छेउछाउ हुनसक्छन् जो विपरीत परिस्थितिमा पनि नवीनता र रचनात्मकताको खोजी गर्छन् ।
    अब अर्को पाटोबाट पनि हेरौं । संस्कृतमा एउटा नीति श्लोक छ, जसको आशय छ, संसारमा अयोग्य व्यक्ति हुँदैन तर उसको प्रतिभालाई चिन्ने व्यक्ति भने दुर्लभ हुन्छ । सिर्जनशीलता पढाउनेहरू भन्छन् प्रत्येक व्यक्तिमा भएको सिर्जनशील प्रतिभालाई प्रेरित गर्न र उजिल्याउन सकिन्छ । साधारण ढुङ्गालाई जति ताछेपनि हीराको चमक आउँदैन भन्ने कुरा सबैलाई थाहा छ तर साधारण ढुङ्गालाई पनि राम्ररी ताछेर मूर्ति बनाउन सकिन्छ भन्ने कुरा बिर्सन हुँदैन । ढुङ्गालाई त्यसमा निहित गुण चिनेर काट्ने हो भने, हीरै बराबर नभए पनि कतिपय अर्थमा बढी उपयोगी र महŒवपूर्ण बन्न जान्छ। बालबालिकाका व्यक्तिगत स्वभाव र क्षमताको पहिचान गरेर फरक कोणबाट संसारलाई हेर्न सिकाउने हो भने उनीहरूलाई सिर्जनशील हुन मदत गर्न सकिन्छ । विद्यार्थीलाई सिर्जनशील बनाउने हो भने ऊ भोलि असल नागरिक बन्न सक्छ । यसका लागि हामी स्वभावतः शिक्षकहरूमाथि नै विश्वास गर्छौं र शिक्षकहरूकै माध्यमबाट यो काम गर्न सकिन्छ भनेर बाटो पनि कुर्छौं । विद्यार्थीहरूलाई पढ्ने, घोक्ने, जाँच दिने, पास गर्ने र जागीर खाने चक्रको विकल्प पनि छ भन्ने कुरा कसैले सिकाउन सक्ने व्यक्ति नै शिक्षक हो । सिर्जनशीलता सिकाउन सजिलो छैन तर सिर्जनशीलता सिकाउन वा थालनी गर्न गा¥हो पनि छैन । यसका निम्ति शिक्षकले प्रेरणाबाट सिर्जनशील बनाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्नु, समीक्षात्मक चिन्तनलाई बढावा दिनु र राम्रा मानिसबाट प्रेरणा लिने काम सदैव जारी राख्नुपर्छ । देशका वा संसारका कहलिएका सिर्जनशील व्यक्तिहरूका जीवनीको सार्थक अध्ययनले बालबालिकाको केही गर्ने चाहना झ्याङ्गिन थाल्छ । उनीहरू नयाँ ढङ्गबाट सोच्न सक्छन् । नेल्सन मन्डेलाले भनेका छन्– “महात्मा गाँधीबाट एकदमै प्रेरित भएँ ।” संसारका प्रत्येक सफल व्यक्तिले अर्को सफल व्यक्तिबाट सिकेको हुन्छ । निरन्तर सिक्न खोजिरहेको हुन्छ । समकालीन ठूला मानिसपनि एकअर्काबाट सिकिरहेका हुन्छन् । त्यसैले सामाजिक शिक्षाको असल शिक्षकले विद्यार्थीहरूलाई ठूलाबडाको जीवनी पढ्न प्रेरित गर्छ । आत्मवृत्तान्त, जीवन गाथा, डायरीहरू पढ्नुपर्छ । यसले प्रेरित गर्छ । यसले तपाईंले भोगिराखेको समस्याको बाटो पहिल्याउन सूत्रहरू देखाउँछन् ।
    अब कुरा गरौं, आलोचनात्मक चेतको । आलोचनात्मक चेत भन्ने शब्द सुन्दा नै अलि ग¥हुँगो र कठिन लाग्छ । तर यो बुझ्न र बुझाउन त्यतिकै जरूरी छ । पठनपाठनको सन्दर्भमा यसको सोझो अर्थ हो आप्mनै तरीकाले सोच्न र कारण दिन/खोज्न सिकाउनु । यस्तो अभ्यास गर्दै जाँदा बालबालिकाको मानसिक क्षमता बढ्ने भएकोले यसलाई शिक्षाको एउटा महŒवपूर्ण पक्ष मान्न थालिएको छ । केही अनुभवी शिक्षाशास्त्रीहरूले यसलाई प्रश्न गर्ने अभ्यास पनि भनेका छन् । आलाचनात्मक चेत भनेको विचारशीलता र आप्mनो विचारमाथि विश्वास पनि हो । यसका लागि व्यक्तिमा स्थापित मान्यताप्रति आलोचनात्मक दृष्टिकोण र केही परिवर्तन गर्ने तीव्र चाहना हुनुपर्छ । उसमा मूल्याङ्कन गर्ने, संशोधन गर्ने वा परिपाटी बदल्ने तीव्र इच्छा हुनुपर्छ । आलोचनात्मक चेतको माध्यमबाट संसार परिवर्तन गर्ने महान् व्यक्तिहरू धेरै छन् । तीमध्ये संसारले चिनेका दुई हुन् सिद्धार्थ गौतम र गैलिलियो । सिद्धार्थ गौतमले राज्य व्यवस्था र राज्य धर्मलाई समर्थन गर्न सकेनन् र आपूmले देखेको सत्यका लागि राजपाट त्यागे । त्यसबापत उनलाई त्यस बेलाको व्यवस्थाले ज्यादै दुःख पनि दियो । यस्तै नियति गैलिलियोले पनि भोगे । उनले पृथ्वी चेप्टो छ भन्ने भ्रामक सोचको अन्त्य गरे । आलोचनात्मक चिन्तन गर्ने व्यक्ति आप्mनो विचारमाथि अडिग हुनुपर्छ । अहिले नै हेरौं वीरगंज महानगरपालिकाले वितरण गरेको छात्रवृत्तिबारे विद्यार्थीहरू माझ अनेकौं गुनासो सुनिन्छ । यदि विद्यार्थीहरूलाई लाग्छ छात्रवृत्ति वितरण प्रक्रिया अपारदर्शी छ त्यहाँ लेनदेन भएको हुन सक्छ–ं प्रश्न गर्नुस् । महानगरपालिका जनउत्तरदायी संस्था हो उसले पक्कै यसको जवाफ दिन्छ । यदि महानगरपालिकाले प्रश्न गर्ने विद्यालय, क्याम्पसका शिक्षकलाई त्यसबापत अवाञ्छित दबाब दिन्छ भने ठान्नुस् ‘दाल मे कुछ काला है’ ।
    कुनै कुरा राम्ररी गर्न सक्ने व्यक्तिलाई सिपालु भनिन्छ । सीप अभ्यासबाट बढ्छ । मानिसको सीपले नै संसारलाई राम्रो बनाउँछ । तर सीप वा बानी लागेकोले गरिने कामले मात्रै संसारमा परिवर्तन ल्याउन सक्दैन । परिवर्तनका लागि सोच– यस्तो हुनुपर्नेमा त्यस्तो किन भयो भनेर काम गराइको विकल्प खोज्न आवश्यक हुन्छ । प्रसिद्ध कलाकार चार्ली चैपलिनले एउटा कथा लेखेका छन् । त्यो कथा अनुसार केही युद्धबन्दीलाई मृत्युदण्ड दिन लहरै राखिएको हुन्छ । बन्दूक ताकेर केही सैनिक उभिएका हुन्छन् । ‘रेडी वन, टू थ्री’ भनेपछि ‘फायर’ भन्ने र सैनिकले गोली चलाउँछ । तर त्यस दिन ‘रेडी वन, टू, थ्री’ भनी नसक्दै कमान्डरले मृत्युदण्ड कार्यान्वयन नगर्ने आदेश पाउँछन् । उनी कराउँछन् स्टप, तर सबै सैनिकले फायर भनेजस्तै गोली चलाउँछन् । बानी भनेको दिमाग रेडी वन, टू, थ्रीपछि फायर सुन्न अभ्यस्त हुन्छ । दिमागलाई यस्तो बानीबाट मुक्त राख्नु नै आलोचनात्मक चेत हो । त्यसैले प्रश्न गर्ने, जिज्ञासा राख्ने फरक तरीकाले सोच्ने, नयाँ परिकल्पना गर्ने, अर्को कुरा पनि हुन सक्छ भन्ने चिन्तनशीलताको शुरूआत एउटा असल शिक्षकले विद्यालयबाटै शुरू गर्न सक्छ । आलोचनात्मक चेतको अभावमा कुनै पनि देशको नागरिक भेंडा हुन्छ । एउटा जसरी हिंड्छ अरू पनि त्यस्तैगरी हिंड्छन् । वीरगंजकै शिक्षा क्षेत्रको सवालमा खै कसैले बोलेको ? यहाँ शिक्षक चुकेका छन् । यसको सोझो र प्रस्ट जवाफ हो– उनीहरूले आलोचनात्मक चेत भएका विद्यार्थी निर्माण गरेनन् ।

Sunday, October 13, 2019

शिक्षक–विद्यार्थी सम्बन्ध

शिक्षक–विद्यार्थी सम्बन्ध

अनन्तकुमार लाल दास

    विद्यालयको अवधारणामा धेरै प्रक्रिया र विचारहरूलाई सामेल गरिएको छ । प्रायः विभिन्न अवसरमा त्यसमाथि चर्चापरिचर्चा पनि हुने गरेको छ । विद्यालयको आदर्श स्वरूप प्रस्तुत गर्न शिक्षकहरू जहिले पनि तत्पर हुन्छन् किनभने शिक्षकको अस्तित्व विद्यालयसँग जोडिएको हुन्छ । अर्थात् विद्यालय छ भने शिक्षक छन् । विद्यालय छैन भने समाजमा शिक्षकको कुनै स्वरूप हुँदैन । पहिले शिक्षकको स्वरूप समाजमा बेग्लै किसिमको थियो । विद्यालयको भौतिक स्वरूप र संसाधनभन्दा बढी महŒव जैविक परिस्थितिलाई दिइन्थ्यो । यस कारणले पनि होला एउटा शिक्षक ‘गुरु’ बढी र शिक्षक कम हुन्थ्यो । त्यो गुरु परम्परा आधुनिक शिक्षा संरचनाले स्वीकार गर्दैन ।
    प्रायः कुनै ठाउँमा शिक्षकहरूको जमघट हुँदा विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरामा छलफल हुन्छ । छलफलमा भौतिक संरचनाको विकास, आन्तरिक व्यवस्थापन, विद्यालय वरिपरि सरसफाइ, अनुशासन, विद्यार्थी भर्नाजस्ता कुरा प्रमुखरूपमा उठाइन्छ । वास्तवमा एउटा विद्यालय कसरी आदर्श विद्यालय बन्न सक्छ भन्ने मूल अवधारणामाथि थोरै चर्चा हुनेगर्छ । आखिर किन शिक्षक र विद्यार्थीबीचको सम्बन्धमाथि शिक्षकहरू चर्चा गर्दैनन् ? यो बहस यस कारणले पनि आवश्यक छ किनभने विद्यालयको भौतिक स्वरूप राम्रो बनाउनु त्यति कठिन छैन जति शिक्षक र विद्यार्थीबीच मानवीय सम्बन्ध राम्रो बनाउनु । यो सम्बन्ध राम्रो बनाउन शिक्षकले पनि स्वयं विद्यार्थी बन्नुपर्छ ।
    शिक्षक र विद्यार्थीबीच राम्रो सम्बन्ध बनाउनका लागि शिक्षकप्रति विद्यार्थीहरूको मनमा रहेको डर हटाउनुपर्छ । अनि विद्यार्थीले आप्mनो भावना खुलेर अभिव्यक्त गर्छ र सिक्ने प्रक्रियामा सचेष्ट सामेल हुन्छ । पारिवारिक र विद्यालय परिवेशबीच उत्पन्न अन्तद्र्वन्द्व हटाएर विद्यार्थीहरूलाई सिकाउनु शिक्षकहरूका लागि ठूलो चुनौती हुन्छ तर शिक्षकले यसलाई कहिले पनि चुनौती नठानेर मशिनजस्तै सिक्ने–सिकाउने काममात्र ठाने । कक्षामा पाठ्यपुस्तक, चक, डस्टर लिएर जानु, पाठ पढाउनु, गृहकार्य दिनु, उनीहरूको मूल्याङ्कन गर्नु र परीक्षाको परिणाम सम्म पु¥याउनु मात्र ठानिएको छ । यसबाहेक शिक्षकको अपेक्षा विद्यार्थीसँग न केही हुन्छ, न विद्यार्थीमा आपूmसँग केही अपेक्षा पलाउन दिन्छ, किनभने उसको मान्यता विद्यार्थीसँग दूरी राखिएन भने उसले सिक्दैन भन्ने हुन्छ । दूरी भयो भने डर हुन्छ र डर भयो भने विद्यार्थीले शिक्षकको कुरा सुन्छ र सिक्छ भन्ने हुन्छ । यस मानसिकताले गर्दा नै हामी शिक्षाको वास्तविक स्वरूप सम्म पुग्दैनौं । बालमनोविज्ञानले केटाकेटीहरूको सिकाइ सम्बन्धमा के भनेको छ भन्ने कुरामा हामी कहिल्यै विचार गर्दैनौं ।
    हाम्रो सोच शिक्षक र विद्यार्थीको सम्बन्धमा के रहेको छ भने शिक्षकलाई धेरै कुरो थाहा हुन्छ र विद्यार्थीलाई केही थाहा हुँदैन । शिक्षक ठूलो हुन्छ र विद्यार्थीले सधैं शिक्षकको सम्मान गर्नुपर्छ, शिक्षक र विद्यार्थीबीच सिक्ने क्रममा दूरी हुनुपर्छ, नियमपालन विद्यार्थीहरूको लागि अनिवार्य हुन्छ, विद्यार्थीले मात्र पढाइमा ध्यान दिनुपर्छ र अनुशासनले विद्यार्थीलाई सफलता दिलाउँछ । यी कुराले सिकाउने प्रक्रियामा कति सहयोग पु¥याउँछ भन्ने तथ्यमाथि शिक्षकहरूले विचार गर्नुपर्छ किनभने यदि विद्यार्थीले यस्ता नियम पालना गर्छन् भने शिक्ष्Fक–विद्यार्थी सम्बन्ध राम्रो बन्न सक्दैन । यसैले गर्दा परम्परागत गुरु पद्दतिमा जुन दूरी विद्यार्थी र शिक्षकबीच थियो त्यो आज पनि छ, र पछि पनि रहिरहने छ । आज जुन चुनौतीको सामना शिक्षकहरूले गर्नुपर्छ त्यो पछि पनि गर्नुपर्छ र जति प्रयास गरे पनि विद्यार्थीहरू सिक्दैनन् भन्ने प्रश्न उठि नै रहन्छ ।
    शिक्षकहरू यदि विद्यार्थीहरूसँग त्यस्तो व्यवहार गर्छन् जस्तो स्वयंको लागि रुचाउँछन् भने यो सम्बन्ध गहिरो हुन्छ । कक्षा कोठामा हँसिलो अनुहार लिएर प्रवेश गर्नुपर्छ र विद्यार्थीहरूसँग अनौपचारिक कुराको थालनी गर्नुपर्छ । यसबाट पढ्ने वातावरण निर्माण हुन्छ । उनीहरूसँग विद्यालयमा अनुपस्थित हुने कारण खोजतलाश गर्ने प्रयास गर्नुपर्छ किनभने शिक्षकको व्यवहारले विद्यार्थीहरूलाई विद्यालयसँग जोड्ने कुरामा सघाउ पु¥याउँछ । कहिलेकाहीं विद्यार्थीहरूबीच बस्ने अवसर पाउँदा त्यसलाई छोड्नुहुँदैन । विद्यार्थीहरू शिक्षकहरूको नजीक गएर र शिक्षकलाई स्पर्श गरेर कुरा गर्न रुचाउँछन् । विद्यार्थीलाई हप्काउने प्रयास कहिले पनि गर्नुहुँदैन । कुनै दिन विद्यार्थी पढ्न रुचाउँदैनन् भने त्यस दिन उनीहरूसँग कुराकानी गर्नुपर्छ र उनीहरूलाई मनमा लागेका कुरा बोल्न प्रेरित गर्नुपर्छ ।
    यहाँ एउटा प्रसङ्ग उधृत गर्न चाहन्छु– कक्षा दशमा सामाजिक पढाउने शिक्षक प्रवेश गर्दा त्यहाँ उपस्थिति कम हेरेर उनले पढाउनुको साटो कुराकानी गर्ने निर्णय गरे । उनले सोधे–“आज हामी पढौं कि नपढौं ?” सबैले अपेक्षित जवाफ दिए–“आज पढ्ने मन छैन सर ।” ठीकै छ । आज कुरा गर्ने । उनले विद्यार्थीहरूको अनुहारमा खुशी र आश्चर्यको भाव देखे । एउटा केटोले सोध्यो–“के कुरा गर्ने, सर ?” उनले भने–“सबैभन्दा पहिले आप्mनो परिवारिक वातावरणबारे बताऊ ।” त्यसपछि सबैले एक–एकगरी आआप्mनो कुरा राख्न थाले । सबैले भने पछि शिक्षकले हाँसेर सोधे– “तिमीहरूले मेरोबारे त केही सोधेनौ ?” एउटा केटोले उठेर भन्यो– “सर, हामीलाई डर लाग्छ । एकपटक एकजना सरसँग सोध्दा उहाँ रिसाउनु भएको थियो । सर, तपाईं पहिलो शिक्षक हुनुहुन्छ जो हामीलाई जान्न चाहनुहुन्छ ।” यो सुनेर शिक्षकलाई अजीब अनुभूति भयो तर त्यसपछि आजसम्म प्रत्येक दिन केही विद्यार्थीहरूले फोन गरेर उनीसँग प्रश्नहरूको जवाफ सोध्ने र विद्यालयबारे सूचना लिने गर्छन्।
    यस उदाहरणले सिकाएको के हो भने शिक्षकले विद्यार्थीहरूसँग संवाद गरिराख्नुपर्छ । सही र गलतको पैmसला विद्यार्थी स्वयंले लिनुपर्ने वातावरण उनीहरूलाई दिनुपर्छ । शिक्षक विद्यार्थीहरू समक्ष विषयवस्तु पु¥याउने साधन मात्र नभई उनीहरूको जीवनलाई दिशा प्रदान गर्ने साध्य हुनुपर्छ । विद्यालय परिवारको गतिविधिबीच शिक्षकले एउटा यस्तो पुलको काम गर्नुपर्छ जसले विद्यार्थीहरूलाई विद्यालय आउन प्रेरित गरोस् । यस्तो सम्बन्ध शिक्षक र विद्यार्थीबीच हुनुपर्छ । आदर्शको कुरो गर्नु र त्यसलाई स्थापित गर्ने प्रक्रियालाई स्वयं एउटा शिक्षकले पहिले आपूmभित्र विकसित गर्नुपर्छ । कक्षाकोठामा हाँसोको पर्रा छुटोस्, गीतको सरगम होस्, कथा र प्रेरक प्रसङ्ग सुनाउने र सुन्ने अवसर होस्, मित्रवत् व्यवहार होस्, अभिव्यक्तिको अवसर होस्, विषयवस्तुमाथि चर्चा होस्, विद्यालय र समाजप्रति चिन्तन होस् र राष्ट्रभक्तिको चेतना होस् । मानवीय भावनालाई विकसित गर्ने अवसर होस्, मात्र आदर्शको खोक्रो कुरा नहोस्, अनुशासन नथोपरेर स्वअनुशासनको प्रेरणा होस्, सही र गलत छ्ट्याउने अवसर होस्, शिक्षक र विद्यार्थीबीच खुलेर विचार आदानप्रदान होस् हरेक कुरोको लागि किचकिच नहोस् ।
    जब भौतिक स्वरूपभन्दा बढी ध्यान विद्यालयको मूल अवधारणामाथि हुन्छ तबमात्र एउटा विद्यालय राम्रो हुन्छ । यस कुरोलाई विद्यार्थी र शिक्षकबीचको सम्बन्धले स्थापित गर्दछ । आजपनि विद्यार्थीहरूको व्यक्तिगत रुचि, आवश्यकता, जिज्ञासा र भावना बुझ्ने सार्थक प्रयास न शिक्षक समुदायले, न बाह्य समाजले गरेको छ कसैलाई थाहा छ । विद्यार्थीहरूको रुचि र इच्छाको उपेक्षा गर्ने काम घरबाट शुरू हुन्छ । अभिभावक कहिले पनि केटाकेटीहरूले के रुचाउँछन् भन्ने कुरो थाहा लिने प्रयास गर्दैनन् । वर्तमान परिवेशको कुरो गर्ने हो भने अढाई वर्षको बच्चा जसले आमाको काख, बुवाको माया, भाइबहिनीको स्नेह खोज्दछ, उसलाई शिक्षाको लागि ठूलो विद्यालयमा पठाइन्छ । नयाँ परिवेश, अपरिचित मानिसबीच यदि उसलाई केही सोध्नुप¥यो भने जवाफ दिने त्यहाँ कोही हुँदैन । अभिभावक बच्चा हाइफाई विद्यालयमा पढिरहेको छ भन्ने कुराले गौरवान्वित हुन्छ तर त्यस बच्चालाई थाहै हुँदैन कहिले र कसरी उसको बालपन खोसियो ।
    अब कुरा गरौं विद्यालयको जहाँ शिक्षक विद्यार्थीलाई पढाउन तत्पर छन् तर उनीहरूलाई बुझ्न खोज्दैनन् । विद्यार्थी के सोच्छ र उनको कलिलो मनमा के कति प्रश्न खेलिरहेका छन् त्यससँग कसैले सरोकार राख्दैन । अढाई–तीन वर्षको बच्चालाई विद्यालय पठाउनु उचित होइन तर आजको मशिन गुगमा यसबारे सोच्ने समय कसैसँग छैन । विद्यार्थीहरूको बालपन विद्यालयले हरण गरिदिएको छ । विद्यालयमा उसको पहिचान एउटा विद्यार्थीको रूपमा हुन्छ जसको काम मात्र विद्याआर्जन हुन्छ ।
    विद्यालयमा एउटा विद्यार्थीको रूपमा उसलाई सबैभन्दा पहिले–“तिमींलाई केही थाहा छैन” भन्ने अनुभूति गराइन्छ । विद्यार्थीहरूको ज्ञान र अनुभवलाई सिकाइ प्रक्रियासँग जोडेर हेर्ने हो तर यसको ठीक विपरीत भइरहेको छ । वर्तमान शैक्षिक अवधारणा अनुसार शिक्षकले कक्षाकोठामा एउटा सहजकर्ताको भूमिका मात्र निर्वाह गर्नु हो । विद्यार्थीको मौखिक र लिखित अभिव्यक्तिमाथि नकारात्मक टिप्पणी गर्नु उसमाथि मानसिक हिंसा गर्नु हो । धेरै कुरो यस्तो हुन्छ जुन हामी केटाकेटीहरूसँग पनि सिक्न सक्छौं । के हामी विद्यार्थीहरूको विचार र भावनालाई सम्मान गर्न सक्दैनौं ? हामी ठूलो भए तापनि सहजकर्ताको रूपमा उनीहरूको सम्मान र उनीहरूको अभिव्यक्तिको प्रशंसा गर्नुपर्छ, अनिमात्र विद्यार्थी शिक्षकको अनुकरण गर्दै सिक्ने प्रक्रियामा सामेल हुन्छ ।
    विद्यार्थीहरूलाई अनुशासन सिकाउनुपूर्व शिक्षकहरूले स्वयं अनुशासनको उदाहरण प्रस्तुत गर्नुपर्छ । अनुशासनको नियम थुपार्नुभन्दा स्वयं त्यसको पालना गरेर विद्यार्थीहरूलाई स्वअनुशासनको लागि प्रेरित गर्नुपर्छ । विद्यार्थीहरूलाई समयमा विद्यालय पुग्न, पङ्क्तिबद्ध हुन, अन्य गतिविधिको बेला शान्तिपूर्वक उभिन, विद्यालय पोशाक लगाएर आउन, आपूmभन्दा ठूलासँग नम्रतापूर्वक कुरा गर्न, कक्षाकोठा र विद्यालय प्राङ्गणलाई स्वच्छसफा राख्न र शिक्षकहरूको निर्देशन अक्षरशः पालना गर्न सिकाइन्छ तर के यी सबै नियमको पालना शिक्षक स्वयं पनि गर्छन् ? के हामीले सिक्ने अवसर स्वयंलाई उदाहरणको रूपमा प्रस्तुत गरेर दिएका छौं ?
    यी सम्पूर्ण प्रश्न शिक्षकमाथि पनि त्यतिकै लागू हुन्छ जति विद्यार्थीसँग अपेक्षित छ । किनभने हामी सबै जीवनभरि सिक्ने प्रक्रियामा नै रहन्छौं । जुन दिन मानिसले सिक्न छोड्छ, ऊ मृतप्रायः हुन्छ । विद्यार्थीसँग गरिने संवादले उनीहरूसँग एउटा छुट्टै सम्बन्ध कायम हुन्छ । जुन दिन हामीले विद्यार्थीहरूको भाषा, उनको परिवेश, विचार र अनुभवलाई आदर गर्न थाल्छौं त्यस दिनदेखि अनुशासनको पाठ सिकाइराख्न आवश्यक हुँदैन । उनीहरूसँग दूरी पनि मेटिन्छ जुन सिकाइमा बाधक बन्दछ ।

Sunday, September 29, 2019

विद्यालय परिसरमा सिसिटिभी

विद्यालय परिसरमा सिसिटिभी

अनन्तकुमार लाल दास

    स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भयो । स्थानीय सरकारका बहुमुखी क्रियाकलापहरूले समाजका महŒवपूर्ण क्षेत्रहरूलाई असर गर्न थालेको छ । निर्वाचित जनप्रतिनिधिहरू आधुनिक, प्रगतिशील एवं वैज्ञानिक सोचयुक्त रहेको देखाउन केही नयाँ काम शुरू गरौं भन्ने मनोवैज्ञानिक दबाबमा देखिए । त्यसका निमित्त उनीहरूले सबैभन्दा सहज प्रविधिको प्रयोग उचित ठाने । निर्वाचित जनप्रतिनिधि नहुँदा र व्यवस्थापन समितिको खिचलोले गर्दा कतिपय समस्या विद्यालयमा पैmलिंदै गएको थियो । ती समस्याहरू थिए–कक्षाकोठा सफा नहुनु, विद्यार्थीहरूमा अनुशासनको कमी, शिक्षकहरू समयमा नआउनु, स्टाफ रूममा राजनीतिक गफ चुट्नु, अभिभावकहरूद्वारा यदाकदा विद्यालयमा अराजकता खडा गर्नु, शिक्षकहरूको व्यवहार विद्यार्थीमैत्री नहुनु, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध पढाइमैत्री नहुनु, विद्यालयका सामग्रीहरू चोरी हुनु, छात्राहरूसँग दुव्र्यवहार हुनु । यसको समाधानका लागि सबैभन्दा छोटो, सरल र सहज उपाय नयाँ नेतृत्वलाई विद्यालयमा सिसिटिभी जडान गरिदिनु नै लाग्यो । यसले अतिरिक्त लाभ के पनि हुने भयो भने विद्यालय स्मार्ट स्कूल बन्यो । यसरी कम्प्युटर उपयोगबाट वञ्चित रहेका विद्यालयहरू पनि रातारात कम्प्युटरीकरणबाट जोडिए । स्थानीय सञ्चार माध्यमहरूले सित्तैमा यसको प्रचार गरिदिने भए ।
    यो नयाँ प्रविधि जसबाट सम्पूर्ण विद्यालयको गतिविधि निगरानी र नियन्त्रित हुने थियो, त्यसबारे स्थानीय सञ्चार माध्यममा जुन अनुपातमा फराकिलो बहस हुनुपर्ने थियो, त्यो भएन । सिसिटिभी जडान भइसकेकपछि के कस्ता असरहरू देखा परे त्यसको कुनै फौलोअप रिपोर्टिङ भएन । सम्पादकहरूले आप्mना रिपोर्टरहरूलाई यस्ता विषयमा लगाउन चाहेनन् । हामीकहाँ शिक्षासम्बन्धी विषयगत रिपोर्टिङ गर्नेहरूको अत्यन्त कमी छ । थोरबहुत गर्ने पनि छन् भने तिनीहरूमा विषयगत संवेदनशीलता र गहिरो जानकारीको अभाव छ । यस कारण अभिभावकहरू पनि यस्ता विषयप्रति ध्यान दिन सकिरहेका छैनन् । स्थानीय मिडियाले यस विषयमा फराकिलो विमर्श गरेको भए यसतर्पm अभिभावकहरूको पनि ध्यान आकर्षित हुन्थ्यो । शिक्षक र विद्यार्थी सङ्गठनहरू प्रायः राजनीतिक दलका दास हुन् । उनीहरूमा स्वतन्त्र चेतको असाध्यै कमी छ । त्यसैले पनि यस आलेखभित्र यस विषयमाथि सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।
    गुणस्तरीय शिक्षा र केटाकेटीको सुरक्षाको जिम्मेवारी सिसिटिभीमाथि छाडिदिने चेष्टाले हाम्रो ध्यान कतिपय महŒवपूर्ण विषयबाट अन्यत्र मोडियो । शिक्षकहरू पर्याप्त तयारीका साथ कक्षामा जाँदैनन् अथवा तिनको उपस्थितिमा पनि केटाकेटीहरू सुरक्षित हुँदैनन् भन्ने हामीलाई लाग्छ भने उनीहरूमाथि सिसिटिभीमार्पmत निगरानी गर्नुभन्दा उनीहरूलाई सक्षम, योग्य र जिम्मेवार बनाउनु र त्यसका निम्ति सहायक परिस्थिति निर्माण गर्नु होइन ? तर यो जिम्मेवारी त हामीले प्रविधि व्यवस्थापन गर्ने कम्पनीलाई दिएका छौं । कक्षा कोठामा सिसिटिभी जडान गर्दा शिक्षकहरूलाई बढी राम्रो र जिम्मेवार बनाउनुभन्दा ज्यादा उनीहरूलाई बढी सावधान, बढी सतर्क रहन मात्र प्रेरित गर्नेछ । त्यसको सोझो असर शिक्षकहरूको मनोविज्ञानमा पर्नेछ । उनीहरू एउटा सच्चा शिक्षक भन्दा नक्कली अभिनयकर्ता बन्छन् । त्यस्तै भइ पनि रहेछ । बेइमानी गर्न चाहने र बेइमानी गर्ने नियत राखेका राजनीतिकर्मीहरूको मिलेमतोले प्रविधि जडान भइसक्दा पनि अनेकौं छल्ने बाटो खोजी निकालेका छन् ।
    कक्षाकोठामा सिसिटिभी क्यामरा लगाई दिएपछि त्यस मार्पmत प्रअ, प्रिन्सिपल वा आमाबुवाले कक्षाका गतिविधि प्रत्यक्ष हेर्न पाउने भएपछि केटाकेटीको सुरक्षा र शिक्षाको गुणस्तर सुनिश्चित हुन्छ भन्ने जुन विश्वास छ त्यसले त शिक्षक अविश्वसनीय र प्रअ अथवा आमाबुवा सधैं विश्वसनीय हुन्छन् । केटाकेटीका लागि के राम्रो के नराम्रो भन्ने शिक्षकलाई थाहा हुँदैन । यो मान्यता वास्तविकताभन्दा निकै टाढा छ । स्कूल परिसरमा र कक्षाकोठाभित्र यस्ता अनेकौं घटना भेटिन्छन्, जसमा संवेदनशील शिक्षकसँग घर अथवा छरछिमेकमा आपूmमाथि भइरहेको हिंसा, शोषण अथवा भेदभावबारे त्यस्ता घटनाबाट भयभीत भएको केटाकेटीले आप्mना अनुभव सुनाएका हुन्छन् । जुन कुरा आप्mनै आमाबुवालाई भन्न उनीहरूको आँट हुँदैन । यस्ता कैयौं वृत्तान्त भेटिने छन् जसमा स्कूलमा पढिरहेका बालिकाले कुनै शिक्षकलाई विश्वासपात्र मानेर, उसको सहायताद्वारा, आमाबुवाले गराइदिन लागेको बालविवाह रोकाइदिएका हुन्छन् । हाम्रा आप्mनै अनुभव छ, एउटा असल सामाजिक शिक्षाको शिक्षकले आप्mना विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध स्थापित गरे भने विद्यार्थीहरूले गाउँघरका कुरा, सामाजिक–राजनीतिक यथार्थ वा घरपरिवारभित्रको थिचोमिचोबारे बताउँछन् । सिसिटिभी जडान भएपछि यो सहज सम्बन्ध स्थापित हुँदैन । यस्ता कैयौं दृष्टान्त भेटिन्छन् जसमा विद्यार्थीले शिक्षकलाई बताएर आप्mना घरेलू तनावबाट मुक्त भएका छन् । घरमा पढ्ने गतिलो परामर्श र वातावरण पाएका छन् । नजाने यस्ता वृत्तान्त कति होलान्, जहाँ संवेदनशील र सतर्क शिक्षकले कुनै केटाकेटीमा अचानक देखिएको परिवर्तनबाट सचेत भएर घरमा, ट्युशन पढ्दा वा अरू कुनै ठाउँमा शारीरिक अथवा यौन हिंसाको शिकार त भइरहेको छैन भन्ने जान्न र उसलाई त्यो दुश्चक्रबाट मुक्त गर्न प्रयास गरेको छ ।
    कैयौं अवस्थामा केटाकेटीले कक्षाकोठाभित्र आप्mना पीडादायी अनुभव अथवा त्यस्ता आकाङ्क्षाहरू व्यक्त गर्ने ठाउँ पाएका हुन्छन् जुन अभिभावकसामु भन्न सक्दैनन् । घरमा डाक्टर बन्नुपर्ने कठोर दबाब झेलिरहेकी बालिका कक्षाकोठामा प्रसन्न भावले आप्mनो कविता शिक्षकलाई सुनाइरहेकी हुन सक्छिन् । घरमा इन्जिनीयर बन्ने दबाब झेलिरहेको कुनै विद्यार्थी कक्षाकोठामा आप्mनो पेंटिङ प्रदर्शित गरिरहेको हुन सक्छ । सिसिटिभीको एक पक्षीय प्रयोगले यस्ता समस्त सम्भावनामाथि ग्रहण लगाइदिन्छ । यस्ता घटना हामी सबैले पटक–पटक सुनेकै हुनुपर्छ जब परीक्षामा फेल भएको कुनै विद्यार्थीले त्यो कुरा आमाबाबुसँग भन्न नसकेर आत्महत्या गर्छ । उसलाई आप्mनो निराशाभन्दा आमाबुवाको निराशा बढी असहनीय र भयप्रद लाग्छ । उसलाई आप्mनो निराशाभन्दा अभिभावकको बढी चिन्ता हुन्छ । यसै सन्दर्भमा केही पहिले वीरगंजका सिनेमाहलहरूमा चलेको हिन्दी चलचित्र ‘छिछोरे’को सम्झना हुन्छ । त्यसको कथानकपनि यस्तै एउटा सन्तानमा उत्पन्न निराशा र अभिभावकलाई त्यसबारे अनभिज्ञताको बडो संवेदनशील प्रस्तुति गरिएको छ । यसको अर्थ कक्षाकोठाहरू संधैं सुरक्षित, भेदभावरहित र संवेदनशील हुन्छ र शिक्षकहरू केटाकेटीको हितका निम्ति सधैं प्रतिबद्ध हुन्छन् भन्ने पटक्कै होइन । तर सिसिटिभीमार्पmत कक्षाकोठामा आमाबुवाले निगरानी गर्छन् र त्यसले शिक्षाको गुणस्तर बढाउँछ र केटाकेटी सुरक्षित हुन्छन् भन्ने निष्कर्षमा पुग्नु  तर्कसङ्गत मान्न सकिंदैन ।
    केटाकेटीलाई सघन निगरानीको यस्तो परिवेशले परम्परागत रूढिवादी, जातिवादी ढाँचालाई चुनौती दिन कसरी उत्प्रेरित गर्न सक्ला जबकि कैयौं वा अधिकांश अभिभावकहरू त्यस्तो ढाँचाका पक्षमा हुन सक्छन् ? स्पष्ट छ यस्तो अवस्थामा विद्यार्थीलाई तार्किक र आलोचनात्मक ढङ्गले खुला विचार विमर्श गर्न प्रोत्साहित गर्ने शिक्षकको प्रयास सघन निगरानीको शिकार बन्न सक्छ । केटाकेटीको अवस्था शायद अझ बढी दयनीय हुन सक्छ । यस्तो निगरानी हुने कक्षाकोठामा केटाकेटीले के बालपनका अबोध चकचक गर्न सक्लान् ? एकअर्कासँग आप्mनो मनको कुरा खोल्न सक्लान् ? प्रत्येक गल्तीलाई आमाबुवा लगायत अनेकौं मानिसले हेरिरहेका हुन्छन् भन्ने थाहा भएपछि केटाकेटीले गल्ती गर्ने र त्यसबाट सिक्ने सम्भावना पनि घट्दै जानेछ । त्यस बच्चाको हविगतको कल्पना गर्नुस् जसका आमाबुवा शिक्षक भन्दा चर्कोरूपमा आप्mनो सन्तानमाथि आँखा गाडेर बसेका हुन्छन् र ऊ स्कूलबाट लखतरान भएर घर पुग्नासाथ उसमाथि यस्ता प्रश्न बर्सिन थाल्छ, “सरले प्रश्न गर्दा आप्mनो हात किन नउठाएको ? मैले घरमा जसरी सिकाएर पठाएको थिएँ त्यसरी जवाफ किन नदिएको ? सरले पढाइरहेको बेला झ्याल बाहिर किन हेरेको ? अर्को बेंचको साथीमाथि किन कर्के आँखाले हेरेको ? घरको कुरा त्यहाँ किन सुनाएको ? यस्ता कुराले कुनैपनि केटाकेटीलाई आपूmले सामना गर्नुपरिरहेको पारिवारिक वा सामाजिक चुनौती वा समस्या वा शोषण आप्mना सहपाठी वा शिक्षकहरूलाई सुनाएर हलुको बन्न सक्ला ?
    यस्तोमा शिक्षकले किन बढी जोखिम मोल्छ ? उसले सुरक्षित विकल्पको बाटो रोज्छ । शिक्षकले पूर्णतः औपचारिक ढाँचाबाट पढाउन थाल्छ । त्यहाँ कुनै प्रकारको आत्मीयता हुँदैन । विद्यार्थीहरू पनि यन्त्रवत् हुन्छन् । यस्तोमा कसरी खुला र सहज संस्कृतिको विकास हुन्छ ? सहज वातावरण भएन भने विद्यार्थीको विकास हुँदैन । केटाकेटीलाई खाली भाँडो मानेर एकतर्फी रूपमा दिइने ज्ञान, शिक्षा होइन । कक्षामा गल्ती गर्ने, गल्तीबाट सिक्ने र एक अर्काबाट सिक्ने मौका उपलब्ध हुनुपर्छ तर यस्तो कक्षाकोठाको निर्माण सन्देहका दृष्टिले गरिने निगरानी अन्तर्गत सम्भव हुँदैन । शिक्षालाई एकतर्फी ज्ञान वितरणको प्रक्रिया नमान्ने हो र यसमा सामाजिक परिवर्तनको सम्भावना खोज्ने हो भने कक्षाकोठाहरूलाई यस्तो ठाउँ बनाउनुपर्छ जहाँ विनाकुनै डर इमानदार संवाद हुन सकोस् । पूर्वाग्रह र रूढिवादी अवधारणालाई जरैदेखि उखेल्न यस्ता ठाउँ चाहिन्छ जुन संवेदनशील र ननजजमेन्टल होस् तर गुप्त माइक्रोफोन र सिसिटिभीबाट सज्जित स्थल त्यस्तो ठाउँ हुन सक्दैन । त्यस्तो ठाउँमा त संवाद इमानदार नभएर क्यामराका निमित्त गरिएको प्रदर्शन मात्र हुन जान्छ ।
    अर्को कुरा पनि छ । पर्सा जिल्लामैं यो प्रयोग खुब चलेको छ । सुनिन्छ कैयौं ठाउँका सिसिटिभी बिग्रिए वा बिगारिए । खरीद गर्दा नै आर्थिक अनियमितता भएको हुनाले कतिपय ठाउँमा कमसल उपकरण खरीद गरिएको गुनासो पनि छ । जहाँ जडान गरिएको छ, त्यहाँ अभिभावकको सहज पहुँच छैन । सिसिटिभीभन्दा पर्सा जिल्लामा धेरै बढी आवश्यक यस्तो शिक्षण प्रणाली विकसित गर्नुपर्छ, जसले विद्यार्थीहरूलाई मानिसका शारीरिक,भावनात्मक र संज्ञानात्मक हित बुझुन् र त्यसको सम्मान गरोस्् । विद्यालय परिसरमा जडान गरिएको सिसिटिभीले शिक्षकलाई तबसम्म जिम्मेवार र सावधान बनाउँछ, जबसम्म ऊ क्यामराको परिधिमा रहन्छ । विद्यालयले अन्य पक्षको गुणस्तरीय सुधारका लागि स्थानीय सरकारको रचनात्मक निर्णयको प्रतीक्षा गरिरहेको छ ।

Sunday, September 22, 2019

निजी विद्यालयमा राजनीति

निजी विद्यालयमा राजनीति

अनन्तकुमार लाल दास

    तपाईंलाई यो शीर्षक अनौठो लाग्न सक्छ । राजनीति भनेको त सरकारी विद्यालयमा पो हुने हो तर यहाँ त निजी विद्यालयमा राजनीतिको कुरा आयो । यसलाई कैयौं कोणबाट हेरौं । एक त सरकारी पक्ष, यहाँ त व्यवस्था बदलियो तर सरकारी रवैया उहींको उहीं छ । सरकारले सरकारी विद्यालयहरूको नाम लिएर आपैंm बोर्डिङ स्कूलको व्यापार गर्नमा लागेको छ । प्रत्येक पार्टीका ठूला नेताहरूको निजी स्कूलमा साझेदारी छ । प्रदेश र स्थानीय सरकारका मुखियाहरूको पनि त्यही चाला छ ।  अङ्ग्रेजीको निहुँमा सरकारी विद्यालयहरूले धमाधम शुल्क लिन थालेका छन् । अहिलेकै सङ्घीय संसद्मा हेर्नुस्, बोर्डिङ स्कूलका कतिपय सञ्चालकहरू विभिन्न दलको काँधमा चढेर त्यहाँ पुगेका छन् । दलहरूलाई चन्दा चाहियो भने रिझाएर, तर्साएर जाने ठाउँ भनेको निजी विद्यालय नै हो । निजी विद्यालयको नाउँ विदेशी हो भनेर हल्ला गर्ने तर भित्री मनसाय एक प्रकारको दबाब बनाएर असुली गर्ने हो । त्यसैगरी दलहरूसँग जोडिएका शिक्षक र विद्यार्थीहरूका सङ्गठन पनि निजी विद्यालयमा राजनीति गर्न खोज्छन् । यसरी राजनीति गरेर आप्mनो व्यक्तिगत लाभहानि गर्छन् ।
    निजी विद्यालयहरूमा राजनीति भित्री तहसम्म पसिसकेको छैन । विद्यार्थीहरू आपैंm बाहिर निस्केर राजनीतिमा लागेका छैनन् । यदाकदा केही विद्यार्थी युनियनहरूले निजी विद्यालयहरूमा कालो झन्डा गाड्ने, हडताल गर्ने कामहरू नगरेका होइनन् । निजी विद्यालयका शिक्षकहरू पनि राजनीति गर्न चाहन्छन् । उनीहरू पनि आप्mनो सङ्गठन खोल्न थालेका छन् । यसैगरी यहाँका सञ्चालकहरूको पनि सङ्गठन खोलिएको छ । साझा समस्या भएर पनि साझा सङ्गठन बन्न सकेको छैन । कैयौं सङ्गठनहरू अस्तित्वमा छन् र आपसमैं पानी बाराबारको स्थिति छ । कतिपय निजी विद्यालयहरू आपसमैं मिलेर विभिन्न प्रयोजनका लागि अनेक नामका समूह बनाएका छन्–जस्तै एउटै पाठ्यक्रम, एउटै पाठ्यपुस्तक र एउटै परीक्षा प्रणाली । त्यसैगरी सार्वजनिक बिदाका पनि सगोलमैं सूची बनाएका छन् ।
    निजीकरण अनिवार्य कुरा हो । शिक्षा कहिले पनि सरकारद्वारा पूर्ण नियन्त्रित हुनुहुँदैन । निजी विद्यालयलाई नीतिगतरूपमा सरकारले केही नियन्त्रण गर्न खोज्छ । सामाजिक–आर्थिकरूपमा शिक्षा सरकारको पेवाको रूपमा कहिल्यै रहन सक्दैन । सरकारी नीति स्पष्ट छैन । निजी स्कूल हेर्ने विभागसँ निजी स्कूलसम्बन्धी सही तथ्याङ्क छैन । सरकारले निजी स्कूललाई पक्षपातपूर्ण तरीकाले हेर्ने गर्छ । सरकारसँग दीर्घकालीन भिजन नै छैन । सरकारी स्कूलको तुलनामा निजी स्कूलले गुणस्तर कायम गर्न सकेकोले अभिभावकहरू आप्mना छोराछोरीलाई आप्mनो इच्छा अनुसार जुनसुकै स्कूलमा भर्ना गर्न स्वतन्त्र छन् । उनीहरू आप्mनो आम्दानी अनुसार सकेसम्म राम्रो स्कूलमा भर्ना गर्न चाहन्छन् । यसरी निजी स्कूलप्रति उनीहरूको झुकाव दिन प्रतिदिन बढ्दो छ । तर राजनीति हेर्नुस्– लुटछन् सरकारी कोष र बदनाम गर्छन् निजी विद्यालयलाई । पर्सा जिल्लामैं सबैभन्दा बढी कुनै शीर्षकमा पैसा हुन्छ भने त्यो शिक्षामैं हो । तर सरकारी विद्यालय बेहाल छ । सरकारी विद्यालय सुधार्नुपर्छ भनेर कसैले राजनीति गर्दैन । बोर्डिङ स्कूललाई धम्काउनेहरू पनि सरकारी विद्यालयका शिक्षकहरूलाई कार्यकर्ता त बनाउँछन् तर तिनलाई सुधार्ने प्रयत्न गर्दैनन् ।
    जबसम्म सरकारी विद्यालयमा सुधार हुँदैन, निजी विद्यालयको अस्तित्व रहिरहन्छ । निजी विद्यालय बढ्दै जानुमा सरकारको हात छ । उसले आप्mनो जिम्माको काम गर्दैन । सरकारले काम नगरे अरूले त गर्छ नि १ वीरगंजमैं सबैभन्दा बढी पूर्वाधार भएको क्याम्पस ठाकुरराम हो । त्यसको जति भवन र फराकिलो ठाउँ कसैको छैन । प्रयोगशाला र पुस्तकालय त्यतिकै ठूलो छ । होस्टल पनि छ । शिक्षकहरू त्यतिकै छन् । अचल सम्पत्ति छ । त्यहाँ विद्यार्थी र प्राध्यापकका सङ्गठनहरू छन् तर कहिल्यै पनि पठनपाठनबारे कुरा उठेको सुन्नुभएको छ ? जब विद्यार्थीहरू त्यहाँको ठेक्कापट्टामा लाग्छन्, शिक्षकहरू व्यक्तिगत लाभहानिका कुरा गर्छन् । उता दलहरूले आप्mनो राजनीतिक स्वार्थका लागि यिनीहरूलाई औजारका रूपमा प्रयोग गर्छन् । यसमा सरकारी नीति नै जिम्मेवार छ । शैक्षिक भाँडभैलो ल्याउने काम सरकारमा गएका दलहरूले नै गरेका छन् ।
    हुनुपर्ने के हो भने देशको शिक्षा विकासको महान् कार्यमा जुटेका सबै निजी विद्यलयहरूलाई सरकारले प्रोत्साहन दिनुपर्छ । विदेशबाट झिकाइने आधुनिक शैक्षिक सामग्री, यातायातका साधन, आयात तथा खरीदमा भन्सार तथा विविध करहरूमा छूट दिनुपर्छ । विश्व बैंकसँग सम्पर्क गरी निजी विद्यालयहरूलाई भौतिक सुविधा जुटाउन सस्तो ब्याजदरमा अल्पकालीन तथा दीर्घकालीन ऋण उपलब्ध गराउन सरकारले पहल गर्नुपर्छ ।
    निजी विद्यालयबारे प्रयोग भएको राजनीतिक नारा हो “यिनीहरूले बेपार गरे ।” व्यापारीकरण केलाई भन्ने ? पहिलो त्यो निश्चित हुनुप¥यो । शुल्क लिंदैमा व्यापारीकरण हुने भए सरकारबाट अबौं लगानी भएका सार्वजनिक विद्यालयहरूले पनि विद्यार्थीहरूबाट शुल्क उठाइरहेका छन् त्यसलाई व्यापारीकरण भन्ने कि नभन्ने ? मेरो विचारमा सुविधा कम  र शुल्क बढी लिनु व्यापारीकरण हो । शुल्क लिएको मात्रामा सुविधाहरू प्रदान गरेको छ भने त्यसलाई व्यापारीकरण गरेको भन्न मिल्दैन । त्यसैगरी कुनैकुनै विद्यालयले एउटा–दुईटा स्वीमिङ पुल देखाएर, दश–बीसवटा कम्प्युटर देखाएर हजारौं विद्यार्थीबाट शुल्क लिने तर वास्तवमा शुल्क तिर्ने हरेक विद्यार्थीले स्वीमिङपुल वा कम्प्युटर हेरेर मात्र चित बुझाउने अवस्था हुनुहुँदैन । त्यसो गर्नु गलत हो । सुविधा दिएको छ भने शुल्क लिनु उचित हो । सुविधा छ, विद्यार्थीले उपभोग गर्न पाएको छैन भने त्यो उचित होइन । यहाँ पनि राजनीतिले पछ्याएको छ । प्रचार एउटा गर्ने र प्रयोग अर्कै गर्ने । निजी विद्यालयहरू नै सङ्गठनहरूमा हाबी हुन खोज्छन् । सङ्गठनको ताकतले यदाकदा आप्mना कमजोरी ढाकछोप गर्न खोज्छन् । कोही–कोही त निजी विद्यालयको अगुवाइ गर्छन् तर त्यसका समस्या र सरोकारभन्दा समाजमा आप्mनो हैसियत र सम्पर्क बढाउन त्यस पदको उपयोग गर्छन् । निजी विद्यालयको नाममा यस्तो चिमोट्ने खालको राजनीति पनि भइराखेको छ ।
    स्कूलमा हुने राजनीतिको एउटा तप्काले घोर विरोध गर्दै आएको छ । बाहिरबाट हुने राजनीतिक हस्तक्षेपले बोर्डिङ स्कूलको अनुशासनिक पर्खाल भत्काउने गरेको छ । निजी विद्यालयलाई परिसरभित्रको राजनीतिभन्दा बाहिरको राजनीतिले बढी दुःख दिएको छ । शिक्षा र राजनीति सँगसँगै जान सक्दैन । राजनीति गर्ने हो भने राजनीतिक पार्टी छँदैछ । विद्यालयका ससाना बालबालिकालाई राजनीतिक स्वार्थ सिद्धिको केन्द्र बनाउनुभएन । विद्यालयलाई शान्तिक्षेत्र बनाउने नारा आपैंmमा राजनीति हो । यो नारा जति उठान गरियो त्यति नै विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्छ ।
    गाउँले र शहरी निजी विद्यालयबीच पनि कतिपय ठाउँमा राजनीति छ । मूल कुरो हो निजी विद्यालयहरूले आआप्mनो क्षेत्रमा खेलेको भूमिका अनुसार सहयोग पाइरहेको छ वा छैन ? सार्वननिकरूपमा सम्पन्न हुने ट्राफिक सप्ताह, रेडक्रस गतिविधि, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरू निजी विद्यालयको सहयोग र साथबेगर त सम्पन्न नै हुँदैन । यसले के देखाउँछ भने सार्वजनिक सरोकारका विषयमा निजी विद्यालयहरूले बहुआयामिक भूमिका खेलेका छन् । तर दुःखद पक्ष के हो भने सरोकारवाला सबै बन्द कोठामा यसलाई स्विकार्छन् तर सार्वजनिकरूपमा जोरदार ढङ्गले बोलिदिंदैनन् ।
    निजी विद्यालय, कसैले चाहँदैमा तत्काल हट्ने स्थितिमा छैन । यो समाजको माग अनुरूप नै स्थापना भयो र समाजमा यसले गहिरो जरा गाडिसकेको छ । त्यसैले सरकारले निजी विद्यालयलाई पार्टनर अर्गनाइजेशनको रूपमा हेर्नुपर्छ । यदि फी निर्धारण सरकारले गर्ने हो भने सँगसँगै सहुलियत पनि निर्धारित गर्नुपर्छ र सरकारी अनुदान पनि दिनुपर्छ ।
    विश्वमा अहिले छिटोछिटो परिवर्तन हुँदैछ । विश्वव्यापीकरणको प्रभाव जताततै परेको छ । यस सन्दर्भमा हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने टडकारो आवश्यकता छ । यसका लागि त्यहीं अनुरूपको शिक्षा नितान्त आवश्यक छ, तर हाम्रो शिक्षाले सक्षम जनशक्ति उत्पादन गर्न नसकिरहेको अवस्थामा बेरोजगारी बढेको छ । सरकारी र निजी विद्यालयको तुलना गर्ने हो भने निजी विद्यालयबाट पढेकाहरू बढी रोजगार पाएका छन् । यसबारे खै कसैले बोलेको ? एउटा कम सुविधा भएको निजी विद्यालयले पनि विद्यार्थीहरूमा जुन प्रकारको आत्मविश्वास जगाइदिन्छ त्यो सरकारीले दिन सकिरहेको छैन । अवस्था त कस्तो छ भने निजी विद्यालयका विद्यार्थीलाई हेरेर सरकारी विद्यालयका विद्यार्थीहरूमा कतिपय अवस्थामा कुण्ठा र हीनताबोध हुन्छ ।
    २००७ सालमा प्रजातन्त्रको स्थापना पछि जनस्तरबाटै विद्यालयहरू खुल्न थाले । जनताले आप्mनो लगानीबाट धान्न नसक्ने भएपछि २०१२/२०१३ सालदेखि सरकार आपैंmले यस क्षेत्रमा हात हाल्यो र स्कूलहरू बढी खुल्न थाले । २०२८ सालतिर यहाँको शेक्षिक विकासको लागि भनेर विदेशी ऋण अनुदान पनि भित्रिन थाल्यो र केही खुलेका निजी विद्यालय बन्द गर्न सरकारले दबाब दिन थाल्यो । तर चार–पाँच वर्षपछि विदेशी सहयोग आउन छाड्यो र सरकारले पनि आप्mनो लगानीले सबै विद्यालयहरूको खर्च थाम्न सकेन र बाध्य भएर २०३७ सालपछि निजी विद्यालयहरू खोल्न स्वतन्त्र छोडिदियो । त्यसपछि निजी विद्यालय पैmलिंदै गयो । नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख समाजको परिकल्पना गरेको छ । अहिलेको शक्तिशाली सरकारले के निजी विद्यालयहरू राष्ट्रियकरण गर्न सक्छ ? नभए बालुवामा पानी खन्याएजस्तो सरकारी विद्यालयहरू नै बन्द गरिदिने कि ? सरकारी विद्यालयमा निजी विद्यालयले दिइरहेको करको सहयोग छ भन्ने कुरो कसैले बिर्सनुहुँदैन । निजी विद्यालयलाई पछाडिबाट चाकु हान्ने राजनीति बन्द होस् । राजनीति गर्न अरू ठाउँ छ । निजी विद्यालय त शिक्षाको आधार भइसकेको छ ।

Sunday, September 15, 2019

बोर्डिङ कसरी जोगाउने ?

बोर्डिङ कसरी जोगाउने ?

अनन्तकुमार लाल दास

    निजी विद्यालयहरूको लागि सरकारी शब्द ‘संस्थागत’ विद्यालय हो, जुन अचेल कम्पनी कानून अनुसार दर्ता हुन्छ । यस अर्थमा यो प्रा.लि. हो । निजी विद्यालय त्यो हो जसले सरकारबाट मान्यता त पाएको छ तर सुविधा र संरक्षण पाएको छैन । बोलीचालीको भाषामा निजी विद्यालयलाई बोर्डिङ स्कूल भनेर पनि चिनिन्छ । त्यसो त बोर्डिङ स्कूल भनेको आवासीय सुविधा उपलब्ध भएको विद्यालय हो । तर जनसामान्यमा निजी विद्यालय भन्नेबित्तिकै यसलाई सगोलमा बोर्डिङ भन्ने चलन छ । बोर्डिङ भनेपछि, सरकारी होइन भन्ने बुझिन्छ । बोर्डिङ अर्थात् निजी लगानीकर्ताहरूको पहल र संरक्षणमा हुर्केको विद्यालय हो भन्ने बुझ्नुपर्ने हुन्छ।
    यस आलेखभित्र हामी त्यही बोर्डिङ स्कूलबारे चर्चा गर्छौं । शहरी क्षेत्रबाट विस्तार हुँदै ग्रामीण क्षेत्रमा समेत प्रभाव जमाउन सफल निजी स्रोतमा सञ्चालित स्कूलहरूले आप्mनो मौलिक पहिचान र पृथक अस्तित्व बनाइसकेका छन् । वि.सं. २०३८ सालपछि सरकारले निजी स्कूल खोल्ने स्वतन्त्रता दिएपछि निजी विद्यालयहरू पैmलिंदै गएका हुन् । सरकारले सरकारी स्कूलको गुणस्तर वृद्धि गर्न नसकेको, राजनीतीकरण भएको र सार्वजनिक स्कूलहरूको गुणस्तर झन्–झनु खस्कँदै जानाले सामान्य आर्थिकस्तरका अभिभावकले पनि आप्mना छोराछोरीको भविष्य उज्ज्वल बनाउन बोर्डिङमैं पढाउन थालेका छन् । केही समय अघिसम्म बोर्डिङलाई धनीहरूले पढाउने ठाउँ भन्ने जनधारणा थियो तर अहिले यो आम आवश्यकता भइसकेको छ । आज बोर्डिङ स्कूलको शिक्षा मध्यम वर्ग र केही निम्न मध्यमवर्गको पहुँचसम्म पुगेको छ ।
    अहिले लोकतान्त्रिक गणतन्त्र छ । लोकतन्त्र भनेकै आधुनिक जीवन प्रणाली हो । यसमा खुला प्रतिस्पर्धा हुन्छ । व्यक्तिको क्षमता विकासमा कुनै बन्देज लगाइएको हुँदैन । जसले पनि पढ्न पाउँछ । पढ्नका लागि कुनै लिङ्ग, जाति र धर्मको छेकबार हुँदैन । जसले पनि पढाइका लागि लगानी गर्न सक्छ र लगानी गरेर खोजेजस्तो परिणाम हासिल गर्न सक्छ । यस्तो स्वतन्त्रता छ । यो स्वतन्त्रता नै बोर्डिङ स्कूलका लागि जीवनदायी आधार हो । प्रतिस्पर्धाले बोर्डिङ स्कूलहरूका लागि आकर्षण थपिदिएको छ । जो सफलता हासिल गर्न चाहन्छ, उसले बोर्डिङ स्कूलको बाटो रोज्छ । यसबाट नै बोर्डिङ स्कूलको औचित्य पुष्टि हुन्छ । सरकारले बोर्डिङ्ग स्कूलसँग भेदभाव गरेपनि, थिचोमिचो गरेपनि, अलगथलग पार्न खोजेपनि यो बोर्डिङ स्कूल पहाडी नदी झैं बाङ्गोटिङ्गो बाटो भएर पनि निरन्तर बगिरहेको छ । निरन्तर आप्mनो यात्रामा छ । सरकारी स्कूलहरू रित्तिंदै गएका छन्, रुग्ण हुँदै गएका छन्, कुपोषणका शिकार छन् । त्यहाँ भ्रष्टाचार र अनियमितता छ । त्यहाँ बेथितिका दस्तावेजहरू छन् । शिक्षाको मन्दिर शिक्षकहरूको राजनीति गर्ने अखडा भएको छ । शिक्षाजस्तो पवित्र ठाउँलाई किनमेल र भनसुनको बाजार बनाइएको छ । सरकारी स्कूलहरूमा आप्mनै भविष्यप्रति निराशा छ ।
    यता बोर्डिङ स्कूलहरू आशा लिएर धपक्क बलेका छन् । ती विद्यालयहरू कर तिर्छन् । अभिभावक भेला गरेर सामाजिक लेखा परीक्षण गराउँछन् । विद्यार्थीहरूका लागि आकर्षक गन्तव्य बनेका छन् । राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेका छन् । अहिले समाजको जुनसुकै क्षेत्रमा जो जहाँ सफल भएका छन् तिनको बायोडाटा हेर्दा उनीहरू बोर्डिङ्ग स्कूलबाट उत्तीर्ण गरेका छन् । अभिभावकहरूले पत्याएका छन् । कुनै पनि बोर्डिङ स्कूल सुकेको देखिन्न । सबै पल्लवित र पुष्पित छन् । शिक्षकहरू आत्मविश्वासले भरेका भेटिन्छन् । विद्यार्थीहरूमा केही गर्छु भन्ने भावना भेटिन्छ । शिक्षाको बाजारमा दुई थरीको पसल छ – सरकारी र संस्थागत । अहिले संस्थागतसँग सम्बन्ध विस्तार गर्ने र आप्mनो सन्ततिको उन्नतिका लागि होड चलेको छ । कुनै पनि बोर्डिङ स्कूलले बाटो हिंड्ने विद्यार्थीलाई हात समाएर ल्याएको छैन बरु उल्टै शुल्क लिन्छ । तापनि सबै बोर्डिङ स्कूलमा विद्यार्थीहरूको चाप हुन्छ । यसले नै बोर्डिङ स्कूलहरूलाई अभिभावकहरूबाट लालमोहर प्राप्त भएको छ । यो नै बोर्डिङ स्कूलहरूको सफलता हो । प्रतिस्पर्धात्मक जीवन शैली आजको विश्वव्यापी संस्कृति बनिसकेको छ । संसार यति सानो र विशिष्टीकृत हुँदै गएको छ कि एउटा सानो क्षेत्र वा विषयमा असीमित सम्भावना छ । प्रविधि र व्यावसायिक चमत्कारले मानिसलाई बहुआयामिक र बहुप्रतिभाशाली हुनैपर्ने अवस्था सिर्जना गरेको छ ।
    हरेक मानिसले आप्mनो आन्तरिक क्षमताको अत्यधिक प्रस्फुटन गराउनुपर्ने अवस्था छ । सूचना र सञ्चारले हरेक काम, व्यवसाय र पेशालाई अत्यधिक प्रभाव पार्न थालेको छ । यस्तो अवस्थामा के हाम्रो शिक्षा विश्वव्यापीरूपमा प्रतिस्पर्धी छ त ? अवश्य छैन । निजी विद्यालयहरूले अहिले पनि कुल शैक्षिक भारको ठूलो प्रतिशत आपूmभन्दा अलग राखेका छन् । यसले खासगरी सरकारले, जसले संविधानमा लेखिएको शिक्षाको अधिकार प्रत्याभूत गर्न खोजेको छ, यसतर्पm गम्भीर र सक्रिय रूपमा ध्यान दिन जरुरी छ । आज हरेक पेशागत सङ्गठनहरूमा साना–मसिना कुरामा भुलेर, ईष्र्या, सङ्कीर्णता पालेर सम्पर्क संवाद र सूचनाको प्रभावलाई बिर्सेर एकाङ्गी ढङ्गले चल्ने प्रवृत्ति बढेको छ र यस्तो प्रवृत्ति आपूmकहाँ पस्न नदिन वर्तमानमा प्याब्सन र एन. प्याब्सन सचेत हुनु जरूरी छ ।
    उदार अर्थतन्त्र र विश्वव्यापीकरणको भेलमा केही पैसा आर्जन गर्न स्कूल वा अन्य क्षेत्रमा लगानी गर्नु गा¥हो छैन । तर विद्यालय मानसम्मान, प्रतिष्ठा आर्जन र सेवाको क्षेत्र पनि हो । यो वर्तमानमा भविष्यको (विद्यार्थीको) व्यापार भएकोले संवेदनशील हुन्छ नै । त्यसैले गुणस्तरीयता, उदारता, सहृदयता, बौद्धिकता, प्रविधिगत विकास, विश्वव्यापी प्रवाह, सक्षम, सबल, दक्ष जनशक्ति उत्पादनतर्पm लाग्नुपर्छ निजी विद्यालयहरूले । मौकामा पैसा कमाइहालौं भनेर निकृष्टताको हद नाघियो भने नैतिक, भौतिक, सामाजिक वा कानूनी कुनै न कुनैरूपमा भोलि दण्डित वा अपहेलित हुनुपर्छ नै । यसलाई शिष्ट, सभ्य, सुपाच्य व्यापार बनाए साँच्चीकै ‘गुरुर्देवो भव’ हुन सक्छ । अहिले जस्तो  सरकारी विद्यालयभन्दा यति बढी विद्यार्थी, यति बढी प्रतिशत उत्तीर्ण भए भनेर नाक फुलाएर बस्ने हो भने समयसँगै निजी विद्यालयहरू पनि सरकारी विद्यालयजस्तै निस्तेज हुने निश्चित छ । निजी विद्यालयहरूका सकारात्मक पक्षबारे स्वयं बोर्डिङ स्कूलहरूले गौरवका साथ बोल्न सक्नुपर्छ ।
    बोर्डिङ स्कूल चलाउनु पूmटपाथमा पसल थापेजस्तो होइन । एउटा स्कूल सञ्चालन गर्दा त्यहाँ पढिरहेका विद्यार्थीहरूको भविष्य सञ्चालकको हातमा हुन्छ । यो व्यवसायसँगै जवाफदेही र उत्तरदायित्व आउँछ । यो चप्पल वा रक्सी बेच्ने पसल होइन । निश्चितरूपमा बोर्डिङ स्कूलमा लगानी हुन्छ । कानूनले पनि यसलाई व्यवसाय मानेको छ । तर अरू व्यवसाय र यसमा भिन्नता छ– यो व्यवसाय सार्वजनिक र सेवामूलक हो । बोर्डिङ स्कूल आप्mनो स्वामित्वमा छ भनेर सञ्चालकले मनपरि गर्न सक्दैन । त्यहाँ अनुशासन हुन्छ, त्यहाँ समूहकार्य हुन्छ र त्यहाँ एउटा संस्कृतिको विकास भएको हुन्छ । त्यहाँ एक–एक विद्यार्थीप्रति जिम्मेवारीबोध भएको हुन्छ । बोर्डिङ स्कूल आप्mनो सार्वजनिक छविप्रति संवेदनशील हुन्छ । तर आजकलका अधिकांश नेताहरू बोर्डिङ स्कूलबारे नकारात्मक धारणा राख्छन् । सरकारी पदाधिकारीहरूले बोर्डिङ चलाउनेहरूलाई अपराधीको नजरले हेर्छन् । बोर्डिङ भन्ने बित्तिकै पैसा छाप्ने उद्योग भनेर जुन पक्षले सबभन्दा चर्को स्वरमा कुरा उठाउँछ उही सबैभन्दा पहिले बोर्डिङ स्कूलमा चन्दा माग्न जान्छ । बोर्डिङसँग मोलमोलाइ गर्छ र उसको स्वार्थ पूरा नभए हिलो छ्याप्छ ।
    सबैले बुझ्नुपर्ने र स्विकार्नुपर्ने पक्ष के हो भने निजी स्कूलहरूले सरकारी स्कूलको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गरेका छन् । निजी विद्यालयको जनशक्तिलाई देशको रोजगार–बाजार र अन्तर्राष्ट्रिय क्षेत्रले पनि सरकारी उत्पादनभन्दा बढी प्राथमिकता दिएको देखिन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सरकारी विद्यालयमा पढेको भन्दा बोर्डिङ स्कूलमा पढेकालाई मान्यता दिन्छन् । बोर्डिङ स्कूलका उत्पादनमा आत्मविश्वासको मात्रा उच्च हुन्छ । तुलनात्मकरूपमा राम्रो वातावरणमा शिक्षा प्रदान गरिएको हुन्छ । नेपालका बोर्डिङ स्कूलहरूले गुणस्तरीय शिक्षाका लागि विदेशिनबाट केही मात्रामा भए पनि पैसा रोकेका छन् । शिक्षामा राष्ट्रले गर्नुपर्ने लगानीलाई निजी विद्यालयले शेयर गरेको छ । प्रशस्त रोजगार दिएको छ । शैक्षिक जागरुकता ल्याएको छ । सही अर्थमा भन्ने हो भने बोर्डिङ्ग स्कूलले शिक्षा क्षेत्रमा एउटा समानान्तर सत्ता खडा गरेको छ ।
    सरकारी विद्यालयको तुलनामा धेरै राम्रो गुणस्तर निजी विद्यालयले कायम गरेका छन् । त्यो अनुभूति जनसमुदायमा पनि परिसकेको छ र सर्वसाधारणले पनि आप्mना छोराछोरी निजी विद्यालयमा भर्ना गर्न थालेका छन् । तर अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा हामी पछाडि नै छौं । युरोप र अमेरिकासँग तुलना गर्न मिल्दैन । हामीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्नुमा प्रमुखरूपमा सरकारी नीति जिम्मेवार छ । सरकारको व्यावहारिक, दीर्घकालीन, आधु्निक, समयसापेक्ष शैक्षिक नीति र शैक्षिक संस्थाको सुरक्षा, कानूनी मान्यताजस्ता कुरामा राम्रो सोच चाहिन्छ । त्यसैगरी निजी स्कूलको विरोध गर्नेहरू धेरै छन् तर सबैलाई बुझाउन सकिएको छैन । संस्थागतरूपमा, अर्थात् निजी विद्यालयहरूका सञ्चालकहरू, कुनै राजनीतिक दलको पुच्छर बनेर त्यति सशक्त हुन सकिरहेका छैनन् ।
    आजसम्म बोर्डिङ स्कूलहरू आप्mनै खुट्टामा उभिएका छन् । पहिचान बनाउन निकै सङ्घर्ष गरेका छन् । निजी स्कूलमाथि अभिभावकहरूको भरोसा एक दिनमा कायम भएको होइन । त्यो दशकौंको मेहनत हो । सरकारी रवैया त जुनसुकै व्यवस्था रहेपनि छेकबार लगाउने रहेको छ । यो भन्नुको अर्थ बोर्डिङ स्कूलको जीवन र मरण ऊ आपूmभित्रै छ । तर आज भन्नुपरेको छ बोर्डिङ स्कूल बाँच्न चाहन्छ । देशको नवनिर्माणको लागि पनि बोर्डिङ स्कूल बाँच्नुपरेको छ । बोर्डिङ स्कूललाई सबैभन्दा पहिले कसैले बचाउँछ भने त्यो बोर्डिङ स्कूलले नै हो । यसका निमित्त बोर्डिङ स्कूलहरू इतिहास र परम्पराले सुम्पिदिएको जिम्मेवारीप्रति सदैव प्रतिबद्ध, गतिशील र निरन्तरता दिइराख्नुपर्छ ।

Sunday, September 8, 2019

शिक्षा दिवस नाराको औचित्य

शिक्षा दिवस नाराको औचित्य

अनन्तकुमार लाल दास
    यसपटक सङ्घीय सरकारले शिक्षा दिवसको अवसरमा यस वर्षका लागि छनोट गरेको नारा हो “हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण ।” यो नाराले एकैपटक कैययन् प्रश्न र सरोकारहरू लिएर आएको छ । सङ्घीय सरकारले सार्वजनिक शिक्षालाई कतिको प्राथमिकतामा राखेको छ ? प्राथमिकतामा राखेको छ भन्ने कुरा कागजभन्दा कार्यान्वयनमा कतिको प्रस्टिएको छ ? यस वर्ष अर्थात् आर्थिक वर्ष २०७६/०७७ मा बजेटको आकार निकै बढाइएको छ तर शिक्षा क्षेत्रको अवस्था अनुसार बजेट वितरण आकर्षक छैन । यसपालिको बजेटले शिक्षामा राज्यले वहन गर्नुपर्ने दायित्व अथवा लगानी खासै वृद्धि गर्न सकेको छैन । अर्थात् कुल बजेटमा शिक्षाको अंश नाम मात्र अर्थात् १०.२ बाट १०.६ अर्थात् ०.४ प्रतिशतले बढेको छ । यसबाट राजनीतिक हिसाबले ऐतिहासिक अनुकूलता प्राप्त सरकार शिक्षामा आवश्यक र व्यापक सुधारमार्पmत् राष्ट्रको अनुहार फेर्ने वा समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने अवसरबाट चुक्ने सम्भावना टड्कारोरूपमा बढेर गएको छ । बजेटले शब्दमा दाबी गरेजस्तो यसका अङ्क र आँकडाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा पारेको कतै भेटिंदैन । यो बजेटले शिक्षामा सङ्घीयतालाई उपेक्षा गरेको झलक सजिलै पाइन्छ । केन्द्रीयताको सोचबाट ओतप्रोत यो बजेटले शिक्षामा धेरै आशा गर्ने ठाउँ दिएको छैन ।
    दोस्रो कुरा सार्वजनिक शिक्षा क्षेत्र अहिलेसम्म पछाडि किन प¥यो ? यसबारेमा सङ्घीय सरकारले अहिलेसम्म कुनै श्वेतपत्र जारी गरेको छैन । शिक्षा क्षेत्रमा जनताले तिरेको करको त्यत्रो लगानी वर्षौंदेखि हुँदा पनि सरकारी शिक्षाको चाल कछुवा गतिमा छ । कम लगानी र संसाधनका बावजूद संस्थागत विद्यालयहरू खरायो चालमा अगाडि बढ्दै गएका छन् । सरकारी विद्यालयहरूले स्थानीय तह र प्रादेशिक सरकारसँग अहिले पनि मैत्रीपूर्ण तालमेल मिलाउन सकिरहेका छैनन् । जबकि सङ्घीय संरचना र संवैधानिक व्यवस्था अनुसार देशको शिक्षा निदिष्ट हुनुपर्ने हो । सबै पक्षको संलग्नता र सहमतिमा नेपाल सरकारले देशको अवस्था र आवश्यकतालाई मध्यनजर गरेर शिक्षा ऐन, नियमावली बनाइ सबै बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने प्रबन्ध गर्न सक्नुपर्छ । यसका लागि सबै राजनीतिक पार्टी, सरकार र सम्बन्धित पक्षको प्रतिबद्धता र दृढ इच्छाशक्ति आवश्यक हुन्छ र यसका निमित्त सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने हो । यसको सर्वथा अभाव देखिएको छ ।
    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम भएर यिनले अभिभावकको विश्वास प्राप्त नगर्दासम्म संस्थागत विद्यालयहरू अस्तित्वमा रहिरहनेछन् । संस्थागत विद्यालयका लागि अवसर र सम्भावना खोलिदिने काम स्वयम् सरकारले गरेको छ । शिक्षा मन्त्रालयले पनि सामुदायिक विद्यालय र त्यसमा कार्यरत शिक्षकहरूको योगदानको कदर गर्न सक्नुपर्छ । यसमा पनि सरकार पछाडि छ । सार्वजनिक विद्यालयहरूको गुणस्तर सुधार नगरी देशको समग्र शिक्षाको अवस्था सुध्रिन सक्दैन भन्ने कुरा एउटा कर्णप्रिय नारा मात्र भएको छ । स्वयम् राजनीतिक दल र दलका हस्तीहरूले संस्थागत विद्यालय सञ्चालन गरिरहेका छन् ।
    यो नाराले एउटा भेदभाव पनि देखाएको छ । प्रस्ट शिक्षा नीति र नियमको अभावका कारण निजी विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । सरकारले संस्थागत विद्यालय खोल्न अनुमति दिने, कर लिने र तिनबाट अपेक्षाभन्दा बढी परिणाम पनि हासिल गर्ने तर नारा दिंदा केवल सामुदायिक विद्यालयलाई मात्र लक्षित गरेर नारा दिंदा यो बेमुनासिब ठहर्छ । सरकारको शैक्षिक लक्ष्य पूरा गर्ने रथका दुई पाङ्ग्रामध्ये एउटा संस्थागत विद्यालय पनि हो । सरकारले संस्थागत विद्यालयहरूबाट सहयोग लिन्छ तर सहकार्य गर्न चाहँदैन । यही थिचोमिचोको प्रवृत्तिले गर्दा शिक्षा क्षेत्रको अवस्था लथालिङ्ग छ । सरकारको चाल न कुखुराको छ, न हाँसको नै । निजी विद्यालयहरू एउटा ऐनबाट दर्ता गरिन्छन् तर सञ्चालन गर्ने ऐन अर्कै छ । विद्यालयको भौतिक पूर्वाधारलाई ख्यालै गरिएको छैन । संस्थागत विद्यालयलाई व्यवस्थित गराउन बलियो संयन्त्रसहितको अनुगमन आवश्यक हुन्छ । त्यो लागू हुन सकेको छैन । विद्यालय सञ्चालन गर्ने र त्यसमा अध्यापन गर्ने व्यक्तिको योग्यता, क्षमता र दक्षताको लागि आचारसंहिता बनाइ लागू गर्नुपर्ने हो, तर त्यो पनि हुन सकिरहेको छैन । अधिकांश निजी विद्यालयले कक्षामा शैक्षिक क्रियाकलाप गर्न गराउन सकेको छ वा छैन त्यसको लेखाजोखा कसले गर्ने ? संस्थागत विद्यालयमा भइरहेका रचनात्मक कामहरूको स्वामित्व सरकारले लिनुपर्ने हो कि होइन ? शिक्षा मन्त्रालयले पनि संस्थागत विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीको योगदानको कदर गर्न सिक्नुपर्छ । संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षा पनि यही देशका लागि नै हो भन्ने महसूस गरेर आवश्यक सुविधा प्रदान गर्नुपर्छ । शिक्षाजस्तो मौलिक हक सबै बालबालिकाले पाउने अवसरबाट वञ्चित गरिनुहुँदैन । सबै बालबालिकालाई त्यस्तो अवसर प्रदान गर्ने दायित्व सरकारकै हो तर हेर्नुस सरकारले नारा दिंदा संस्थागत विद्यालयलाई भुसुक्कै बिर्सियो ।
    अहिले शिक्षा क्षेत्रको अवस्था देख्दा आश गर्ने ठाउँ कहींकतै देखिंदैन । सङ्घमा कम्युनिस्टहरूको सरकार छ । सिद्धान्ततः यिनीहरूले सार्वजनिक शिक्षालाई मात्र प्रोत्साहन गर्नुपर्ने हो । संस्थागत विद्यालयहरूको राष्ट्रियकरण गरिदिनुपर्ने हो । यो आँट सरकारसँग छैन । सरकार भन्छ एउटा कुरा, गर्छ अर्को कुरा । यस अर्थमा शिक्षा दिवस एउटा कर्मकाण्ड मात्र हो । यस दिन केही भाषणबाजी हुन्छ तर सारमा केही ठोस काम हुँदैन । प्रत्येक वर्षझैं यसपटक पनि शिक्षा दिवस त्यसैगरी सम्पन्न भएको छ । यो बर्सेनि निर्वाह गरिनुपर्ने परम्पराको रूपमा मात्र देखिएको छ । प्रत्येक वर्षका नाराहरू हेर्नुस् र सरकारको कामकाजको मूल्याङ्कन गर्नुस् । सरकार आपैंm कठघरामा उभिएको पाउनुहुनेछ । यही कारण हो सार्वजनिक विद्यालयको शिक्षा प्रगतिभन्दा बढी दुर्गतितर्पm गइरहेको छ । विद्यालय प्रवेश गरेका दुई तिहाइ विद्यार्थीले सामुदायिक विद्यालयबाट बीचमैं पढाइ छाड्ने गरेको छ । कलिला उमेरका बालबालिकाहरू यसरी विद्यालयबाट बाहिरिनु असाध्यै भयावह स्थिति हो । के कारणले यस्तो भइरहेको छ ? कक्षाबाट हराएका विद्यार्थीहरू कहाँ गइरहेका छन् ? यसको अध्ययन सरकारले गर्नुपर्ने हैन र ?
    सरकारको नियतको भण्डाफोर गर्ने एउटा सन्दर्भ हेर्नुस् । वर्तमान सङ्घीय सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग–२०७५ले शिक्षा क्षेत्रमा देखिएका समस्या निराकरण गरी दीर्घकालीन शिक्षा नीति तय गर्न निकै मिहिनेत गरेर प्रतिवेदन तयार पा¥यो । प्रधानमन्त्रीले प्रतिवेदन बुझेर आयोगलाई धन्यवाद त दिनुभयो, तर त्यो प्रतिवेदनमाथि कहीं पनि बहस हुन पाएन । यो कस्तो खालको गणतन्त्र हो ? यसअघि बनेका शिक्षा आयोगका प्रतिवेदनहरू सार्वजनिक हुन्थे । तीमाथि पर्याप्त चर्चा–परिचर्चा हुन्थे । त्यही अनुसारका नीति नियम बन्थे । आयोगको प्रतिवेदनमाथि सार्वजनिक छलफल चलाएर दीर्घकालीन महŒवको शिक्षा नीति बन्नुपर्ने होइन ? तर सरकारको रवैया निराशाजनक छ । सरकारले आपैंmले गठन गरेको आयोगको प्रतिवेदनलाई थन्काएर आप्mनै तरीकाले नयाँ विधेयक संसद्मा प्रस्तुत ग¥यो । यो त चिकित्सकले दिएको सल्लाह छाडेर बिरामीको उपचारमा धामीझाँक्री लगाए जस्तो भएन ? सरकार चलाउनेहरूलाई देशका सार्वजनिक संस्था र नागरिकको हित गर्नुभन्दा कार्यकर्ता खुशी पार्नमा मात्र मतलब भएको जस्तो देखिन्छ । यस्तो अवस्था पञ्चायतकालभन्दा पनि बढी निराशाको अवस्था हो । अहिले स्थानीय सरकारहरूको गैरजिम्मेवारपूर्ण भूमिकाले सरकारी विद्यालयहरू भताभुङ्ग भइरहेका छन् । यही बुझ्नुपर्ने कुरा हो, सङ्घीय सरकारले खसीको टाउको देखाएर कुकुरको मासु बेच्दै छ । नारा सामुदायिक विद्यालयको दिने तर बल चाहिं अघोषितरूपमा संस्थागत विद्यालयमा पु¥याउने । त्यसैले भन्नुपरेको छ सामुदायिक शिक्षा डुबाउँदै यो सरकार ।
    शैक्षिक गुणस्तर कायम गर्न कुल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षालाई चाहिने हो तर सरकारले छुट्टयायो कति १०.६ । अपुग ९.४ प्रतिशत लगानी नगरी प्रतिफल कसरी प्राप्त हुन्छ । यस खालका रिक्तता पूरा गर्नेतर्पm सरकारको कुनै चिन्तन र तयारी छैन । अपारदर्शी ढङ्गले काम गरिरहेको अहिलेको सरकार आप्mनै कारणले शक्ति गुमाइरहेको छ । त्यसैको आडमा कर्मचारी तन्त्रको स्वार्थ बलियो हुँदै गएको छ । उत्तरदायित्वबाट पन्छिदै गएको सरकारलाई नियन्त्रणमा राख्ने संसद् पनि कमजोर भएकोले शैक्षिक अव्यवस्था थप चिन्ता लाग्दो अवस्थातर्पm अघि बढ्दैछ । यस पृष्ठभूमिमा शैक्षिक नाराको औचित्य स्वयम् सरकारले नै पुष्टि गर्न सकिरहेको छैन । यति भनिसकेपछि भन्नै पर्ने हुन्छ, सामुदायिक शिक्षा चाहिन्छ । यसले नै शैक्षिक समानता ल्याउँछ । यो असम्भव पनि होइन । तर सरकार तद् अनुसार आँट, आकाङ्क्षा र अभ्यास गर्नेतिर इमानदार हुनुप¥यो । यसपटकको शिक्षा दिवसको नारा सरकारका लागि सच्चिने ऐतिहासिक अवसर हो । मधेसमा एउटा कहावत छ, “जब जगे तभी सबेरा ।”

Sunday, September 1, 2019

केटाकेटीहरू पुस्तक पढ्दैनन् किनभने अभिभावक पढ्दैनन्

केटाकेटीहरू पुस्तक पढ्दैनन् किनभने अभिभावक पढ्दैनन्

अनन्तकुमार लाल दास

    आधुनिक इलेक्ट्रोनिक उपकरण केटाकेटीहरूलाई पुस्तकबाट टाढा लगिरहेको छ भन्ने कुरा मात्र एउटा सांस्कृतिक मान्यता हो । अन्य विद्यालयका शिक्षकहरूसँग भेट्दा प्रायः उनीहरूले “विद्यार्थीहरू हिजोआज पढिरहेका छैनन्, किनभने चौबीसै घण्टा उनीहरू मोबाइलमा झुन्डिरहेका हुन्छन्” भन्ने गुनासो पोखिरहेका हुन्छन् । टेक्नोलोजीबाट भयभीत जमात अनुसार हामी यस्तो पीढी तयार गर्दैछौं जसले साहित्यको शक्ति बुझ्दैन । नयाँ र पुरानाबीच ध्रुवीकरण कायम छ । हुन सक्छ यो धारणा टेलिभिजनविरोधी सोचबाट बचेको गुनासो होस् । यो एउटा मनगढन्ते कथा पनि हुन सक्छ, जुन प्राविधिक साम्राज्यवादको विरोधमा पुस्तकको हार बयान गरिरहेको छ जसमा कागत साँचो नायक र गोरिल्ला ग्लास खलनायक हुन सक्छ ।
    कामन सेन्स मिडियाको प्रतिवेदन ‘केटाकेटी, युवा र पढ्ने बानी’मा अमेरिकन केटाकेटीहरूमा पढ्ने बानीको ठूलो खाका प्रस्तुत गरिएको छ । यसले के देखाएको छ भने हालको दशकमा भएको टेक्नोलोजी क्रान्तिले गर्दा केटाकेटीहरूमा पढ्ने बानी कसरी परिवर्तन भएको छ । आप्mनो प्रतिवेदनमा यसले के प्रस्तुत गरेको छ भने एउटा सरकारी अध्ययन अनुसार सन् १९८४ मा सातामा एकपटक पढ्ने १३ वर्ष उमेर समूहका केटाकेटीहरूको प्रतिशत ७० बाट घटेर ५३ भएको छ । सातामा एकपटक पढ्ने १७ वर्ष उमेर समूहका विद्यार्थीहरूको प्रतिशत ६४ बाट तल झरेर ४० मा पुगेको छ । त्यहीं १७ वर्ष उमेर समूहका कहिल्यै नपढ्ने वा मुश्किलले पढ्ने विद्यार्थीहरूको प्रतिशत ९ बाट बढेर २७ भएको छ । वास्तवमा यो प्रतिशत झस्काउने खालको छ । यस कारण टेक्नोलोजी सम्बन्धमा जुन गुनासो पोखिएको छ वा पोखिन्छ त्यो आधारहीन हो ।
    आज हामी यस्तो सांस्कृतिक परिवेशमा बाँचिरहेका छौं जो इतिहासको कुनै पनि कालखण्डभन्दा बढी पाठ–सम्पन्न छ । आज मानिस दिनभरि पढिरहन्छन् । गुगल, ट्विटर र फेसबूकमा शब्दको भण्डार तयार गरिरहेका हुन्छन् । मानिसहरू आप्mनो आँखालाई स्मार्टफोनबाट अलग्ग राख्न सकिरहेका छैनन् जो मूलतः पाठ र सूचना बाँड्ने मेशिन हो । सही भन्ने हो भने हाम्रो समस्या हर समय पढिरहनु हो । मानिसहरू लगातार आप्mनो इ–मेल वा टेक्स्ट मैसेज चेक गरिरहन्छन् । कहिलेकाहीं त उनीहरूलाई यस शब्दजालबाट बाहिर निस्कन पनि गा¥हो हुन्छ ।
    अब प्रश्न के उठ्छ भने मानिसहरू आखिर के पढिरहेका हुन्छन् ? लाग्दछ उनीहरू धेरै पुस्तक पढिरहेका छैनन् । यो सन्दर्भ केटाकेटीहरूको होइन् वयस्क मानिसहरूको हो । टेक्नोलोजीबाट भयभीत रहने जमात पनि स्मार्टफोनबाट पुस्तक पढ्दैन । यस्ता धेरै विद्वान् साथीहरूलाई भेटेको छु जसले पुस्तक पढ्ने समय नै पाउँदिनँ भन्ने गर्छन् । उनीहरू पत्रपत्रिकाहरूमा छप्ने पुस्तक समीक्षा पढेर आपूmहरूलाई आयोजित पुस्तक परिचर्चामा इज्जत जोगाउने कुरा गर्छन् । उनीहरू कुनै पत्रिकामा दिएको सारांश पढेर मात्र काम चलाउँछन् । कैयौंले भन्छन्–“तपाईंको लेख पढ्ने गरेको छु । बडो राम्रो लेख्नुहुन्छ” तर थोरैबाहेक धेरैले पूरा लेख पढ्दैनन् ।
    केटाकेटीहरूमा पुस्तक नपढ्ने हो वा कसैले पनि पुस्तक नपढ्ने के कुनै समस्या हो ? के हाम्रो संस्कृति गैरएकेडमिक र बौद्धिकताविरोधी भएको छ ? के सरकार द्वारा पुस्तकमा लगाइएको भन्सार कर यसैको उदाहरण हो ? हामी पत्रिका र ब्लाग पढ्न रुचि देखाउँछौं । यो मानविकी, लिबरल आर्ट्स एजुकेशन वा पुस्तकमाथि निर्भर विश्वविद्यालयको डिग्रीमाथि निरन्तर प्रश्न उठाएर  अदृश्य रूपमा आत्म प्रचारात्मक हुन्छ । वर्तमान फेशनमा विज्ञान, टेक्नोलोजी, इंन्जिनीयरिङ, गणित शिक्षाप्रति आकर्षणले बढी इन्जिनीयर, बढी व्यवसायीहरू चाहिएको बताउँछ । परोक्षमा आज हामी पुस्तकविरोधी एजेन्टहरूको घेरामा छौं र केटाकेटीहरू पढिरहेका छैनन् भनेर परेशान छौं । म पक्षपाती हुँ भन्ने कुरा स्वीकार गर्छु । म एकेडेमिस्ट पनि हुँ । मलाई पढ्नको लागि नै पैसा पाइन्छ । हाम्रा ६ देखि ८ वर्षको उमेर समूहका छोराछोरीहरू पनि खुब पढ्छन् । उनीहरू मेरो चाहना भएकोले पढ्दैनन्, भिडियो गेम खेल्नु छ भने एक घण्टा पढ्नुपर्छ भनेर पढ्छन् । डैड सधैं नयाँ–नयाँ किताब किन्नुहुन्छ । डैड सधैं पढिरहनुहुन्छ । मेरो घरमा वयस्क हुनुको अर्थ पुस्तकप्रेमी हुनु हो भन्ने कुरा आज थोरै परिवारमा देखिन्छ ।
    कमन सेन्स मिडियाको प्रतिवेदनले के स्वीकार गरेको छ भने–आमाबुवाले पढ्ने प्रेरणा दिन सक्छन् । प्रतिवेदनले भन्छ–“छापिएको पुस्तक घरमा राख्ने, त्यसलाई स्वयं पढ्ने र आप्mनो सन्तानको लागि पढ्ने समय निर्धारित गर्नाले पढ्ने प्रेरणाले जन्म लिन सक्छ ।” आमाबुवा द्वारा गरिने गतिविधि र सन्तानमा पढ्ने भोकबीच गहिरो सम्बन्ध हुन्छ । एक तथ्याङ्क अनुसार नियमित पढ्ने विद्यार्थीहरूमध्ये ५७ प्रतिशत आमाबुवाले सन्तानका लागि नियमित समय निर्धारित गरेका छन् । ठीक विपरीत अनियमितरूपले पढ्ने केटाकेटीहरूमा १७ प्रतिशतका आमाबुवाले पढ्ने व्यवस्था गरेका हुन्छन् ।
    जहाँसम्म पुस्तकको कुरो छ धेरैजसो अध्ययनलेले के देखाएको छ भने पुस्तकमा पाठलाई प्रस्तुत गर्ने विधि सही हुँदैन । पढाइमा गहिरो रुचि राख्नेहरूको लागि यो कुनै मुद्दा होइन । इ–रीडर, टैबलेट, ल्यापटप स्क्रीन आदिबाट पनि लामो पाठ पढ्न सकिन्छ । पढाइमा रुचि राख्ने पाठकहरूका लागि कागजी पुस्तक नै चाहिन्छ भन्ने छैन । सही त के हो भने इलेक्ट्रोनिक उपकरणहरूको माध्यमले जुनसुकै पुस्तक नजीक पुग्नु सजिलो भएको छ । अमेरिकाको एउटा सेन्टरले यस वषएको प्रारम्भमा जारी गरेको एउटा प्रतिवेदनले के देखाएको छ भने २ देखि १० उमेर समूहका धेरैजसो केटाकेटीहरूसँग पढ्ने कुनै न कुनै इलेक्ट्रोनिक डिवाइस छ । ५५ प्रतिशतसँग घरमा बहुउपयोगी टैबलेट छ र २९ प्रतिशतसँग आप्mनो ई–रीडर छ । घरमा कुनै एउटा यस्तो उपकरण राख्ने केटाकेटीहरूमध्ये ४९ प्रतिशत इलेक्ट्रोनिक माध्यमले पढ्छन् भने ३० प्रतिशतले आमाबुवासँग भएको उपकरणबाट पढ्छन् ।
    आजको युगमा केटाकेटीहरू पढ्छन् भन्ने कुरो महŒवपूर्ण हो, कसरी पढ्छन् त्यति महŒवपूर्ण होइन । वास्तवमा भन्ने हो भने पुस्तकभन्दा सजिलो डिजिटल पुस्तक पढ्नु हो । यसको लागि पनि अभिभावकहरू सक्रिय हुनुपर्छ । अभिभावकहरूले केटाकेटीहरूलाई कसरी इलेक्ट्रोनिक उपकरण उपयोग गर्ने भनी सिकाउनु आवश्यक छ । विडम्बना के हो भने आज हामी आपैmलाई दोष दिनुको साटो भिडियो गेम्स र एप्सलाई दोष दिन्छौं । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने केटाकेटीहरूलाई विवेकशील, संवेदनशील र खुला दिमाग भएको वयस्कको रूपमा तयार गर्ने जिम्मेवारी अभिभावकहरूले नै लिनुपर्छ । पुस्तक शिक्षाको अहम् हिस्सा हो तर आधुनिक डिजिटल उपकरण हटाएपछि उनीहरू झन् पुस्तक पढ्दैनन् । खाँचो वयस्क बन्नका लागि पुस्तक पढ्नु कति आवश्यक छ भन्ने कुरोको समझ उनीहरूमा विकसित गर्नु हो ।
    आप्mनो सन्तानलाई पढ्नको लागि शिक्षित गर्नुपर्छ । रेनेसां लर्निड्ढो वार्षिक प्रतिवेदनमा “केटाकेटीहरू के पढिरहेका छन्” मा भनिएको छ उनीहरू जे पढिरहेका छन् त्यसमा सबैथोक राम्रो छैन । यो अमेरिकाका ९८ लाख छात्रहरू द्वारा पढिएको ३१.८ करोड पुस्तकहरूको अध्ययन प्रतिवेदन हो । यो अमेरिकाको एउटा विस्तृत प्रतिवेदन हो जो १२ कक्षा सम्म पढ्ने विद्यार्थीहरूको पढ्ने बानीको खुलासा गर्दछ । यस प्रतिवेदनले देखाएको पहिलो निष्कर्ष के हो भने लैङ्गिक रुझानको पढाइ पहिलो कक्षादेखि नै प्रारम्भ हुन्छ । हामी यस्तो दुनियाँमा बाँचिरहेका छौं जहाँ मानिसको भूमिका र बौद्धिक अपेक्षा लैङ्गिक प्रजनन अङ्गहरूको आधारमा विभाजित गरिएको छ । यहींनिर हाम्रो सोचलाई फराकिलो गर्ने आवश्यकता छ ।
    प्रतिवेदनले दिएको दोस्रो निष्कर्ष के हो भने निम्न माध्यमिक तहका केटाकेटीहरू बढी पढ्छन् । यस उमेर समूहका विद्यार्थीहरूको शब्द सङ्ख्यामा तीव्र गतिले वृद्धि हुन्छ तर माध्यमिक तहसम्म पुग्दा नपुग्दै शब्द सङ्ख्यामा कमी आउन थाल्छ । एउटा सूक्ष्म अध्ययनले के देखाएको छ भने ससाना केटाकेटीहरूले पढेको हेरेर हामी धेरै खुशी हुन्छौं तर तिनै केटाकेटीहरू अलिकति बुझ्ने भएपछि आमाबुवाको बानी अनुसरण गर्न थाल्छन् । यस कारण यदि अभिभावक पढ्छन् भने पढाइलाई ठूलो काम बुझेर पढ्छन् । तेस्रो र अन्तिम निष्कर्ष के हो भने क्लासिक साहित्यको तुलनामा ट्वीलाइट र हंगर गेम्स केटाकेटीहरूबीच बढी लोकप्रिय छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने आजको लोकप्रिय पुस्तकमा कथ्यको साटो बिक्रीलाई बढी प्राथमिकता दिइएको हुन्छ । त्यस्ता पुस्तक मात्र पैसा कमाउन लेखिएको हुन्छ । यसको अर्थ लोकप्रिय कथा राम्रो हुँदैन भन्ने होइन ।
    अन्त्यमा केटाकेटीहरू कसरी पढिरहेका छन् र के पढिरहेका छन् भन्ने कुराबाट केटाकेटीहरूको साटो ठूलाबडाहरूको दृष्टिकोण कस्तो छ भन्ने कुरा थाहा हुन्छ । तपाईं आप्mनो सन्तानलाई जस्तो देख्न चाहनुहुन्छ पहिले त्यस्तो व्यवहार स्वयं आदर्शको रूपमा अँगाल्नुपर्छ ।

Find us