Showing posts with label वाटिका. Show all posts
Showing posts with label वाटिका. Show all posts

Friday, November 22, 2019

भइहाल्छ नि!

भइहाल्छ नि!

मुकुन्द आचार्य

    मान्छे सर्वश्रेष्ठ पशु हो। यसै कुरालाई सभ्यतापूर्वक भन्दाखेरि भनिन्छ– मान्छे सर्वश्रेष्ठ प्राणी हो, यस सृष्टिमा १ भनाइ मात्र सभ्य हो, वास्तवमा कुरोको चुरो त त्यै नै हो– मान्छे एक नम्बरको छट्टु पशु हो, जसको सिङ र पुच्छर हुँदैन। तैपनि सर्वश्रेष्ठ र सभ्य रे । कस्तो विडम्बना १ उभिन्डिएको बुद्धि १
    यो मान्छे भनाउँदो सभ्य र श्रेष्ठ जन्तुले अनेकथरीका दुर्गुणहरू पालेर राखेको हुन्छ। दुर्गुणलाई ऊ सद्गुण भन्छ– भन्ठान्छ, मख्ख पर्छ, नाकलाई घिरौंले बनाउँछ। दुर्गुणलाई सद्गुण भनी आत्मरतिमा मग्न रहन्छ।
    यस्तै दुर्गुणहरूमध्ये यौटा हो– ‘भइहाल्छ नि १’ कति मीठो भनाइ छ– ‘भइहाल्छ नि १’ सबैलाई कुनै काम गर्न भनी अ¥हाउनुस्। जसलाई अ¥हाइएको छ, ऊ अल्छी छ भने, सधैं गरौंला, गर्नेछु, भइहाल्छ नि भन्छ भन्ने त्यो अल्छीको पोको हो। ‘भइहाल्छ’ भन्छ तर कहिल्यै हुँदैन। काम गरे पो काम हुन्छ। यो अल्छीपन र भइहाल्छ नि, गरौंला–हेरौंला– यी सबै नेताहरूकै मात्र पेवा हैनन्, अल्छीले पनि यी शब्द प्रयोग गर्ने सुविधापूर्ण कानूनी अधिकार पाएको हुन्छ। नेपालको संविधानले समेत यसमा रोक लाएको छैन।
    एक भयङ्कर सज्जन सामुन्ने प्रकट भए। उनी राजनीतिमा मात्र हैन सबैखाले रीतिमा पारङ्गत थिए। तर चाणक्य नीति, विदुर नीति भन्ने कुनै नीति पुस्तक पनि छन् भन्ने ज्ञान उनलाई थिएन। त्यसै हुनाले होला प्याच्चै बोलिहालेस कसैकसैलाई बेला न कुबेला पण्डित्याइँ पल्टिहाल्छः–
    ‘यो देश त्यत्तिकै बिग्रेको हैन। हामी सबैले जानी नजानी देशलाई बिगारेका छौं। भानुभक्तको पालाको ‘भोलिवाद’ अझ पनि नयाँ–नयाँ स्वरूपमा, रूपरङ्गमा हाम्रा कार्यालयहरूमा फल्दोफुल्दो छ। पृथ्वीनारायण शाहको भनाइ, घूस लिन्या र दिन्या दुवै अपराधी हुन्। यसलाई सबैले बिर्सिसके। साँच्चै भन्ने हो भने जानेर बुझेर पनि बिर्सिदिए। कुरोको चुरो यै हो। एक साँसमा यति फलाकेपछि उनी स्वाँ–स्वाँ गर्न थाले। दम थियो कि ?११
    केही बुजु्रक मनुवाहरू भन्छन्– यो भोलिवाद त हाम्रो खास टे«डमार्क
(व्यापारिक चिह्न) हो। त्यसैले हामी अन्य मुलुकको दाँजोमा पछौटे भएका छौं। तथापि हामीलाई यस पछौटेपनले पिरोलेको छैन। हामीमा कुनै विकाससम्बन्धी छटपटी छैन, व्यग्रता, खिन्नता छैन। जाही विधि राखे राम ताही विधि रहिए १ गीतामा पनि भगवान्ले भन्नुभएकै छ– अशान्तस्य कुतः सुखम् ? अर्थात् अशान्तले कदापि सुख पाउँदैन। तर हामी सुशान्त छौं, त्यसैले त सुखी छौं।
    के यै हो त कुरोको चुरो ? फुर्सत छैन हामीलाई सोच्ने घोरिने १
भीष्मपर्व–६९

भीष्मपर्व–६९

    सबै बडो श्रद्धापूर्वक उनको दर्शन गर्न आएका थिए। कौरव र पाण्डव पनि युद्ध बन्द गरेर कवच तथा हतियार थन्काएर परस्पर प्रेमको साथ आआप्mनो अवस्थाको क्रमबाट पितामहको छेउमा बसे।
    बाणहरूको घाउले भीष्मजीको शरीरलाई पोलिरहेको थियो। पीडाको कारण उनी मूर्छित हुन थालेका थिए। उनले बडो कठिनताले राजाहरूतिर हेरेर भने– पानी...पानी...। यो सुन्नेबित्तिकै क्षत्रियहरू चारैतिरबाट उत्तमोत्तम भोजन सामग्री तथा चिसो पानी ल्याएर भीष्मजीलाई अर्पण गरे। यो हेरेर भीष्मजीले भने– अब मैले पहिला भोग गरिसकेको कुनै पनि मानवीय भोगहरूलाई स्वीकार गर्नेछैन, किनकि अब म मानवलोकबाट अलग भएर बाणशøयामाथि शयन गरिरहेको छु। यति भनेर उनले राजाहरूको बुद्धिको निन्दा गर्दै भने– यति बेला म अर्जुनलाई हेर्न चाहन्छु।
    यो सुनेर अर्जुन तत्काल उनको छेउमा पुगी हात जोरेर विनित भावले उभिई सोधे– हजुर, मेरोलागि के आज्ञा छ ? अर्जुनलाई सामु उभिएको देखेर धर्मात्मा भीष्मले प्रसन्न भएर भने– बाबु, तिम्रो बाणहरूले मेरो शरीरलाई पोलिरहेको छ। मर्म स्थानहरूमा बडो पीडा भइरहेको छ। मुख पनि सुकिरहेको छ। मलाई खानेपानी देऊ। तिमी समर्थ छौ, तिमीले नै मलाई विधिवत् जल पिलाउन सक्छौ ।
    अर्जुनले ‘हस्’ भनेर पितामहको आज्ञा स्वीकार गरी रथमा बसेर गाण्डीव धनुष उचाले। त्यस धनुषको टङ्कार सुनेर सबै प्राणी थुर्र कामे तथा राजाहरूलाई पनि बडो भय भयो। अर्जुनले रथद्वारा नै भीष्मको परिक्रमा गरे तथा एउटा तेजस्वी बाण झिकेर मन्त्र पढी त्यसलाई पार्जन्य–अस्त्रबाट संयोजित गरे। यसपछि सबैले हेर्दाहेर्दै उनले भीष्मको छेउको जमीनमा त्यस बाणलाई हाने। बाण लाग्नेबित्तिकै पृथ्वीबाट अमृतको समान मधुर तथा दिव्य गन्ध र दिव्य रसबाट युक्त शीतल जलको निर्मल धारा निस्कन थाल्यो। त्यस जलबाट दिव्य कर्म गर्ने अर्जुनले भीष्मलाई तृप्त पारे। अर्जुनको यो अलौकिक कर्म हेरेर त्यहाँ बसेका राजाहरूलाई बडो विस्मय भयो। ती जम्मैजना भयले काम्न थाले। त्यतिबेला चारैतिर शङ्ख र दुन्दुभीको तुमूल ध्वनि गुञ्जिन थाल्यो भीष्मजीले तृप्त भएर सबैको सामु अर्जुनको प्रशंसा गर्दै भने–महाबाहो, तिमीमा यतिको पराक्रम हुनु कुनै आश्चर्यजनक कुरा होइन। मलाई नारदले पहिले नै बताइदिएका थिए कि तिमी पुरातन ऋषि नर हौ तथा यी भगवान् नारायणको सहायताले ठूलाठूला कार्य गर्नेछौ, जसलाई गर्न इन्द्र आदि देउताहरू पनि साहस गर्न सक्दैनन्। तिमी यस धरातलमा एकमात्र सर्वश्रेष्ठ धनुर्धर हौ। यस युद्धलाई रोक्नको लागि मैले तथा विदुर, द्रोणाचार्य, परशुराम, भगवान् श्रीकृष्ण र सञ्जयले पनि बारम्बार भने, तर दुर्योधनले कसैको पनि कुरा सुनेन। उसको बुद्धि विपरीत भइसकेको छ, ऊ बेहोसभैंm रहन्छ, कसैको कुरामाथि उसको विश्वास नै हँुदैन। सधैं शास्त्रको प्रतिकूल आचरण गर्दछ। यसको फल यसले अवश्य पाउनेछ, भीमसेनको बलबाट अपमानित भएर ऊ मारिएर रणभूमिमा सोत्तर भइहाल्नेछ।
    भीष्मजीको यस्तो कुरा सुनेर दुर्योधनको मन अत्यन्त दुःखित हुन पुग्यो । उसलाई हेरेर भीष्मजीले भने– राजन्, क्रोध त्यागेर मेरो कुरा सुन। यो जुन तिमीले हे¥यौ कि कसरी शीतल, मधुर एवं सुगन्धित जलको धारा प्रकट भयो ? यस्तो पराक्रम गर्ने यस जगत्मा अर्को कोही पनि छैन। आग्नेय, वारुण, सौम्य, वायव्य, वैष्णव, ऐन्द्र, पाशुपत, ब्राह्म, पारमेष्ठ्य, प्राजापात्य, धात्र, त्वाष्ट्र, सावित्र र वैवस्वत इत्यादि अस्त्रहरूबारे यस संसारमा अर्जुन वा भगवान् श्रीकृष्णलाई मात्र थाहा छ। तेस्रो अन्य कसैलाई पनि यसबारे ज्ञात छैन। अतः अर्जुनलाई कुनै पनि प्रकारले युद्धमा जित्न असम्भव छ, उनको जम्मै कर्म अलौकिक छ। त्यसैले मेरो यही राय छ कि तिमी शीघ्र नै सन्धि गरिहाल। जबसम्म भगवान् श्रीकृष्ण कोप गर्दैनन्, जबसम्म भीम, अर्जुन, नकुल र सहदेव तिम्रो सेनाको विनाश गरिहाल्दैनन्, त्यसभन्दा पहिले नै पाण्डवहरूसित तिम्रो मित्रभाव भइहाल्नु मलाई बेस लाग्छ। बाबु, म मरेपछि मसितै यो युद्धलाई समाप्त पारिदेऊ, शान्त होऊ, मैले भनेको कुरालाई मान, यसमा नै तिमी र तिम्रो कुलको कल्याण हुनेछ। अर्जुनले गरेको यो पराक्रम तिमीलाई सचेत गर्नको लागि पर्याप्त छ । अब तिमीहरूमा प्रेमभावको वृद्धि होस् र बचेका राजाहरूको जीवनको रक्षा होस् । पाण्डवहरूलाई आधा राज्य दिइहाल तथा युधिष्ठिर इन्द्रप्रस्थ गई हालून्। सबै राजाहरूबीच प्रेमपूर्वक एकार्कासित मेल होस्। पिता पुत्रसित, मामा भाञ्जासित र भाइ भाइसित मिलेर बसून्। यदि मोहवश वा मूर्खताको कारण तिमीले मेरो यस समयोचित कुरामाथि ध्यान दिएनौ भने अन्तमा पछुतो मान्नुपर्नेछ, सबैको नाश भइहाल्नेछ–यो तिमीसित साँचो कुरा भन्दैछु।
    भीष्मजी सुह्दभावले यति कुरा भनेर चुप लागे तथा आप्mनो मन परमात्मामा लगाए। दुर्योधनलाई यो कुरा त्यसरी नै मन परेन, जसरी मर्ने मानिसलाई औषधि मन पर्दैन।
    तदन्तर, भीष्मजी मौन भएपछि सबै राजा आआप्mनो शिविरमा फर्किगए। यसै बेला कर्ण भीष्मजी मारिएको कुरा सुनेर अलिक भयभीत भएर छिट्टै उनको छेउमा आइपुगे। उनलाई शरशøयामाथि सुतिरहेको हेरेर कर्णको आँखामा आँसु छचल्किएर आयो। कर्णले अवरुद्ध कण्ठले भने– महाबाहु भीष्मजी, जसलाई तपाईंले सदैव द्वेषले भरिएको दृष्टिले हेर्नुहुन्थ्यो, सोही म राधापुत्र कर्ण तपाईंको सेवामा उपस्थित भएको छु। क्रमशः...
 विदेह, तिरहुत र मिथिला — एक संक्षिप्त चिनारी

विदेह, तिरहुत र मिथिला — एक संक्षिप्त चिनारी

बासुदेवलाल दास
प्राध्यापक, इतिहास विभाग
ठाराब क्याम्पस, वीरगंज
    वर्तमान समयमा भौगोलिकरूपले नेपाल र भारत गरी दुई राष्ट्र अन्तर्गत विभाजित रहेको मिथिला क्षेत्रको परिचय र पहिचान सांस्कृतिक स्वरूपमा अक्षुण्ण रहेको छ, यद्यपि पूर्वकालमा यसको स्वतन्त्र राजनीतिक अस्तित्व पनि विद्यमान रहेको थियो। यसको राजनीतिक तथा प्रशासनिक सिमानामा इतिहासको विभिन्न कालखण्डहरूमा हेरफेर हँुदै गरेका देखिन्छन्। अर्कोतिर, यस भौगोलिक क्षेत्रका लागि विदेह, तिरहुत र मिथिला गरी तीनवटा नामहरू प्रचलनमा रहेको समेत देखिन्छ। अतः यस लेखमा यसै सन्दर्भमा केही संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ।
    मिथिलाको ऐतिहासिक भूगोलबारे अध्ययन गर्दा यसको विस्तृत क्षेत्र भनेर मानिएको भूभाग अहिले राजनीतिक दृष्टिले नेपाल र भारत गरी दुई राष्ट्रहरूको भूभागको रूपमा विभाजित अवस्थामा रहेको छ। बृहद् विष्णुपुराण ग्रन्थको मिथिलाखण्डमा वर्णित बहुचर्चित श्लोक अनुसार उत्तरमा हिमालय र दक्षिणमा गङ्गा नदी तथा पूर्वमा कोशी नदी तथा पश्चिममा नारायणी (गण्डकी) नदी गरी यति चार किल्लाभित्रको भूभागलाई मिथिलाञ्चल क्षेत्र मानिएको पाइन्छ।
    प्राचीन आर्यावर्तको राजनीतिक र सांस्कृतिक जीवनमा मिथिलाको महŒवपूर्ण स्थान रहेको थियो। यस भूमिमा महान् राजतन्त्र एवं गणतन्त्रको उत्थान तथा पतन भएको कुरा इतिहासको अध्ययनले देखाएको छ। यो भूमि जनक सदृश राजर्षि, याज्ञवल्क्य सदृश विद्वान्, न्याय–सूत्रका प्रणेता गौतम, वैशेषिक दर्शनका प्रतिपादक कणाद, मीमांसाका प्रस्तुतकर्ता जैमिनी तथा साङ्ख्य दर्शनका संस्थापक कपिल जस्ता अनेकानेक दार्शनिक विद्वान् र चिन्तकहरूको जन्मभूमिको रूपमा रहेको मानिन्छ। मिथिलाको सिमाना अन्तर्गत पर्ने वैशाली–क्षेत्र जैन तथा बौद्ध धर्म–दर्शनको प्रसिद्ध गढको रूपमा मानिएको छ। यसरी ठूलाठूला साहित्यिक र दार्शनिक क्रियाकलापहरूको केन्द्रको रूपमा रहेको मिथिला क्षेत्र विगतमा अनेक शताब्दीसम्म प्राच्य संस्कृतिको केन्द्रको रूपमा समेत विख्यात रहेको थियो।
    यस भूभागका लागि मिथिला, तीरभुक्ति, वैदेही, नैमिकानन, ज्ञानशीला, कृपापीठ, स्वर्णलाङ्गल, निरपेक्षा, विकल्मषा, रामानन्दकरी, विश्वभावनी, र नित्यमङ्गला गरी बा¥हवटा नामहरूको उल्लेख पाइए तापनि विदेह, मिथिला र तीरभुक्ति (तिरहुत) गरी यी तीन नामहरू नै प्रचलित रहेका पाइन्छन्। यीमध्ये सबैभन्दा प्राचीन नाम भनेको विदेह हो। शतपथब्राह्मण ग्रन्थको प्रथम खण्डको चौथो अध्यायमा वर्णन गरिएको छ कि अति प्राचीनकालमा विदेघ माथव आप्mना पुरोहित गौतम रहूगणका साथ सरस्वती नदीछेउबाट प्रस्थान गरी अग्नि–वैश्वानरको अनुसरण गर्दै पूर्व दिशातर्पm अगाडि बढ्दै सदानीरा (वर्तमान नारायणी) नदी निकट आएर रोकिएका थिए। यसपछि उनी सदानीरा नदी पार गरी त्यसभन्दा पूर्वतर्पmको भूभागमा प्रवेश गरे। यसपश्चात् त्यहाँ अग्नि–वैश्वानरद्वारा पवित्र पारिएको भूमिमा कृषि–कार्यको प्रारम्भ भएको तथा यज्ञद्वारा अग्निलाई संतृप्त पारिएको थियो ।
    भनिन्छ कि शतपथब्राह्मण ग्रन्थमा उल्लेख भएको यो एउटा सानो प्रसङ्गमा प्राचीनकालको एउटा ठूलो अवधिको इतिहास सुरक्षित रहेको छ। प्राचीनकालमा आर्यहरूको आगमन सर्वप्रथम यसै भूभागमा भएको थियो। यसैगरी, ब्राह्मणहरूले यसभन्दा पहिले सदानीरा नदीलाई पार गर्न सकेका थिएनन्। सदानीरादेखि पूर्वतर्पmको क्षेत्रमा त्यसबेलासम्म अग्निको प्रवेश (प्रचलन) भएको थिएन। भूमिको स्वरूप जङ्गली, अनुर्वर र भास (दलदल) अवस्थाको थियो । अग्नि–वैश्वानरको आगमन पश्चात् त्यो भूमि पवित्र भएको थियो भनेर भनिन्छ। यसको तात्पर्य के लाग्दछ भने त्यस भू–भागमा रहेको जंगललाई अग्नि द्वारा जलाएर सफा पारिएको तथा बसोबास र कृषि–योग्य बनाइएको थियो । यसपछि नै यस क्षेत्रमा वैदिक यज्ञ आदिको प्रारम्भ भएको थियो। यसरी सरस्वती नदीसम्म मात्र सीमित रहेको ब्राह्मणहरूको यज्ञ–कर्म अब सदानीरा नदीदेखि पूर्वतर्पmका क्षेत्रसम्म विस्तृत भयो । यस प्रकार विदेघ माथवद्वारा बसोबास गराइएको यस भूभागको नाम उनकै नामको आधारमा विदेह हुन गएको भनिन्छ।
    संस्कृत वाङ्मयमा विदेह शब्दको प्रयोग विभिन्न स्थान र अनेक प्रसङ्गमा भएको पाइन्छ। वाल्मीकीय रामायणमा उल्लेख भएको वर्णन अनुसार धनुषभङ्गपश्चात् राजा जनकका दूत अयोध्या पुगेर राजा दशरथलाई सूचना गरेका थिए कि लक्ष्मणसहित श्रीराम अहिले विदेहमा हुनुहुन्छ। यसैगरी, राजा दशरथ छोराको विवाहका लागि जन्ती लिएर अयोध्याबाट प्रस्थान गरेर चार दिन बाटोमा बिताएपछि विदेहमा पुगेका थिए। यसरी नै महाभारत ग्रन्थमा विदेहको उल्लेख आदि–पर्व र शान्ति–पर्वमा गरिएको पाइन्छ। यी वर्णनहरूको अध्ययन गर्दा थाहा पाइन्छ कि त्यस समयमा विदेह एउटा जनपदको रूपमा स्थापित भइसकेको थियो। संस्कृतका प्रसिद्ध कवि अश्वघोष रचित बुद्धचरित ग्रन्थमा विदेह शब्दको प्रयोग भएको पाइन्छ। यस्तै, कौटिल्य कृत अर्थशास्त्रम् ग्रन्थमा कराल जनकलाई विदेह देशका राजा भनी उल्लेख गरिएको छ।
    यसैगरी, यस भूभागको लागि प्रचलित अर्को नाम मिथिला हो। यस शब्दको प्रयोग वाल्मीकीय रामायण र अनेक पौराणिक ग्रन्थहरूमा पाइन्छ। श्रीमद्भागवत ग्रन्थमा गरिएको वर्णन अनुसार महाराज मिथिको नामबाट मिथिला शब्द बनेको हो भन्ने थाहा हुन्छ । यस ग्रन्थमा राजाहरूको नामावलीको अन्त्यमा “एते वै मैथिला राजन्...” अर्थात् “यी सबै मैथिल राजाहरू” भनेर उल्लेख गरिएको पाइन्छ। पौराणिक साहित्यको अध्ययनबाट थाहा हुन्छ कि इक्ष्वाकुका छोरा निमि थिए। यिनै निमिका पुत्र मिथि भए। उनैको नामबाट उनीद्वारा शासित प्रदेशको नाम मिथिला रहन गयो । अर्कोतिर, मिथिला शब्दको प्रयोग राज्य र नगरको लागि समेत गरिएको पाइन्छ । श्रीमद्भागवत ग्रन्थमा “विदेहेषु मिथिलायां...” जस्ता वाक्यांशको प्रयोग भएको देखिन्छ। यसबाट थाहा पाइन्छ कि विदेह (जनपद वा राज्य) अन्तर्गत मिथिला (पुरी) नगर रहेको थियो। यस्तो प्रकारको जानकारी संस्कृत साहित्यका दण्डी कृत दशकुमारचरित नामक ग्रन्थ तथा मुरारी मिश्र कृत अनर्घराघव नाटक ग्रन्थबाट पनि पाइन्छ। यस्तै, यस भूभागमा प्रचलित लोकगीतहरूमा “मिथिला नगरिया...” जस्ता शब्दावलीको प्रयोग देखिन्छ। महाभारत ग्रन्थको आदिपर्व, अध्याय ११८ मा पाण्डु द्वारा अधिक कोष र वाहन लिएर मिथिलातर्पm जानु एवं युद्धमा विदेहवासीलाई पराजित गर्नु जस्ता प्रसङ्गको वर्णन पाइन्छ। यसबाट स्पष्ट हुन्छ कि विदेह जनपद वा राज्यको नाम थियो र मिथिला एउटा नगरी थियो, जहाँ विदेहको राजधानी रहेको थियो। क्रमशः...

देवघाटधामको रोचक यात्रा

देवघाटधामको रोचक यात्रा

 

राजेश मिश्र
    चराहरूको चिरबिर, शङ्ख–घण्टको नाद र हर हर महादेव, जय शिव शम्भुको जय जयकारले गुञ्जायमान थियो देवघाटधाम। एकाबिहानै हामी पुगेका थियौं। पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी पाठकमाझ नेपालकै प्रसिद्ध देवघाटधामको रोचक यात्रा र सो ठाउँको बारेमा प्राप्त भएका जानकारी राख्दैछु । सो स्थानको अवलोकन भ्रमण नगरेका वा जानकारी नभएकाहरूले यो लेखबाट अवश्य जान्नुहुनेछ भनी अपेक्षा लिएको छु। साथै, देवघाटधाम क्षेत्र विकास समितिलाई यसै लेखमार्पmत् जिकिर गरिएका विषयबारे ध्यानाकषर्ण गराउने प्रयाससमेत गरिएको छ।
    यस वर्ष कात्तिक पूर्णिमाको अवसरमा स्नान गर्न कत्तिक २६ गते मङ्गलवारको दिन चितवनको देवघाट जाने कुरा दुई दिनअघि मात्र अन्तिम टुङ्गो लागेको थियो। आन्तरिक पर्यटन प्रवर्धनमा जोड दिंदै आन्तरिक पर्यटक भएर थोरै भएपनि देश विकासमा योगदान पु¥याउनुपर्छ भनेर हामी एकमत भयौं। भारत बिहारको सोनपुर जाने भनी १५ दिनअघि तय भएको कार्यक्रम अन्तिम समयमा रद्द गरियो।
    सोमवार रातिको ११ः४५ बजे कुटुम्ब र साथीहरूसँगै देवघाटको लागि हिंडियो । दुईवटा टाटा सुमोमा दुईजना बच्चा र आठजना महिलासहित हामी बीसजनाको यात्रा वीरगंजको राधेमाईदेखि शुरू भएको थियो। रातिको करीब एक बजे हेटौंडाको बसपार्कमा पानी र चिया खाँदै केहीबेर विश्राम गरियो। जो पहिलोपटक जाँदै थिए, उनीहरूले अब कतै पनि गाडी नरोकी सरासर देवघाट जानुपर्ने कुरामा जोड दिइरहेका थिए। उक्त धार्मिक यात्रामा समूहका पाँचजनाबाहेक अरू सबै पहिलोपटक जाँदै थिए। उत्सुकताले होला, उनीहरूले अब कतै पनि गाडी नरोकी गन्तव्यमैं पुग्नुपर्ने खुल्दुली व्यक्त गरे।
    अब कतै पनि नरोक्ने सहमति भयो । गाडीचालकहरूले नारायणघाट हाम्रो रूट नभएकोले पटके रसिद लिनुपर्ने बताए । नारायणघाटतर्पmको बाटोमा हेटौंडादेखि लगभग दुई किलोमिटर पश्चिमतर्पm गाडी रोकियो। त्यहाँ यातायात कार्यालय रहेछ । चालकहरू गाडीको कागजसहित पटके कटाउन गए। धेरैबेर आवाज लगाएपछि एकजना कर्मचारी आँखा मिच्दै बाहिर आए। उनी एउटा मात्र रसिद रहेछ भन्दै काटेर दिए। अर्काे गाडीको रसिद मनहरिमा कटाउन सुझाए। हामी हिंड्यौं । केही अगाडि मोटरसाइकलमा आउँदै गरेका ट्राफिक प्रहरीलाई देखेर चालकले गाडी रोके, र उनीसित कहानी बताउँदै अर्काे गाडीको पटके रसिद काटिदिन आग्रह गरे। ट्राफिक प्रहरीले आपूmसित रसिद नरहेको बताए। मनहरि ट्राफिक कार्यालयमा पनि सम्पर्क गरियो । देवघाटधामको धार्मिक यात्रा भएकोले काट्न नपर्ने भन्दै प्रहरीको सकारात्मक प्रतिक्रियासहित त्यहाँबाट गाडी सीधैं गन्तव्यतर्पm हानियो ।  

    बिहान ३ः४५ बजे हामी देवघाट पुग्यौं । वारि झुलुङ्गे बेस स्टेशननजीकै गाडी पार्किङ भयो। गाडी पार्किङ हुनेबित्तिकै शौचालयको खोजी गर्न थालियो । त्यहाँ लगभग १५ वटा पसल रहेका छन्। तीमध्ये एउटा पसल खुलिसकेको थियो भने अर्को पसलकी सञ्चालिका भर्खरै खोलिरहेकी थिइन् । हामीमध्येका अशोक साहले गएर भर्खरै पसल खोलिइरहेकी दिदीसित सोधेछन्, साहुनी शौचालय कता छ ? जवाफ आयो, थाहा छैन। त्यतिखेर सबैजना शौचालयकै खोजीमा थिए। हामीभन्दा अघिदेखि दुईवटा गाडी आइसकेको रहेछ। ती मानिसहरू पनि शौचालयकै खोजीमा थिए । महिलाहरू एकै ठाउँमा जम्मा भई यताउति हेर्दै थिए, तर बत्तीको मधुरो प्रकाशमा कतै पनि शौचालय देखिइरहेको थिएन।
    हाम्रो समूहका अशोक साहले आशावादी हुँदै अर्की पसल सञ्चालिकासँग  विनम्र भएर सोधे, दिदी शौचालय कता छ ? उनले औंलाले देखाउँदै, ऊ त्यहाँ छ भनिन् । उनले भन्नेबित्तिकै हामी उतै हानियौं । एउटा पक्की घरको वालमा शौचालय लेखेको देखियो। फोन नम्बर पनि लेखिएको थियो। तर त्यो सार्वजनिक शौचालयमा ताला झुन्डिइरहेको थियो । मेरोनजीक आएर एक वयस्क पुरुषले हिन्दीमा सोधेछन्, भाइसाहेब इधर शौचालय है क्या ? पेसाब बहुत जोड से लगा है, चिनीरोगका मरिज हुँ। कुछ औरतें शौच वेग के कारण काफी परेशान हैं। शायद उनी मबाट सकारात्मक उत्तरको प्रतीक्षामा थिए र व्यथा सुनाउँदै गइरहेका थिए। मैले सोधें, आप कहाँ से आए हैं ? उनले भने, वीरगंज के पास रक्सौल से हम लोग आए हैं। मैले भने, हम लोग भी वीरगंज के हीं है। हम लोग भी शौचालय के हीं खोजी में है। हम लोग पता कर रहे हैं। आप साथ में हीं रहिये । बिहानको समय भएकोले सबैजना शौच वेगमा थिए। चिनीरोगीहरू झन् तनावमा थिए।
    अशोक साहलाई मैले भनें, शौचालयको पर्खालमा उल्लेख गरिएको नम्बरमा फोन गर्नुस् त। उनी फोन लगाउन थाले। पहिलोपटक पूरै घण्टी बज्यो, फोन उठेन । दोस्रोपटकको चौथो घण्टीमा उताबाट भोजपुरीमा आवाज आयो, केकरा के खोजतानी ? (कसलाई खोज्नु भो ?) अशोक साहले भने, आइना शौचालय खोलीं, बहुत लोग बा (आउनुस् न शौचालय खोल्नुस्, धेरै मानिस छन्) । उताबाट जवाफ आयो, पहिले उ हम ले ले रनी, अभी दोसर केहु के जिम्मा में बा (पहिले मैले लिएको थिएँ, अचेल अर्कैको मातहतमा छ)। यताबाट उनको नम्बर दिनुस् भनी सोध्नै लाग्दा फोन काटियो। यति सुनेपछि सबैको अनुहार मलीन भयो।
    म उक्त शौचालयको पछाडिपट्टि हेर्न गएँ। कहीं कतै झाडी छ कि। उता अँध्यारो थियो। डरलाग्दो थियो। अलिकति असावधानीले पनि त्रिशूलीमा खस्न सकिने प्रबल सम्भावना थियो । पिसाबको वेगका कारण अँध्यारोको फाइदा मैले पनि उठाएँ। राहत महसूस भयो। उत्तिकैमा महिलाहरूको लस्कर यता आउन लागेको थियो। मैले महिलाहरूलाई सावधानीपूर्वक जानुहोला भन्दै, हिंडें। हामीमध्येको एकजना वृद्धले पारि जाउँ भन्दै थिए। उनी योभन्दा पहिले दुईपटक स्नान गर्न आइसकेका व्यक्ति थिए। उनलाई पारि शौचालय छ भन्ने थाहा थियो, तर कहाँ छ यकिन थिएन। आआप्mनो झोला बोकी हामी हिंड्यौं। झुलुङ्गे पुल पार गर्नु थियो। सबैमा उत्साह थियो। झुलुङ्गे पुलमा जब केही दूरी पार ग¥यौं, झुलुङ्गे पुल हल्लिंदै थियो। झुलुङ्गेमा पहिलोपटक पाइला टेकेका महिला तथा पुरुषको सातोपुत्लो उडेको देख्न लायक थियो। भुनभुन शुरू भयो। कसैले भूकम्पको झझल्को दिइरहेको भन्दै थिए भने महिलाहरूलाई भाँच्ने डरले सताइरहेको थियो। मध्य भागमा पुग्नै लाग्दा हल्लिनेक्रम तीव्र भइरहेको थियो। झुलुङ्गे पुलका अनुभवीहरूले केही हुँदैन भन्दै अघि बढिरहन आश्वासन दिइरहेका थिए । डररूपी हाँसोमा सबैजना एकार्कालाई हेर्दै अगाडि बढिरहेका थिए। करीब १० मिनेटको झुलुङ्गे पुलको रोमाञ्चक यात्राले शौच वेग आदि सबै कुरा बिर्साइदिएको थियो। केही बेरमा हामी पारि झ¥र्याैं।
    चितवन जिल्लाबाट तनहुँ जिल्लामा प्रवेश गरिसकेका थियौं। पाँच बजिसकेको थियो। सुनसान बाटो थियो। झुलुङ्गे पुलको चर्चा हाँसो र ठट्टासँगै उकालो चढ्नेक्रम चलिरह्यो। लगभग २० मिनेटको हिंडाइपश्चात् ढिलो चाँडो गर्दै हाम्रो समूह कृष्ण मन्दिरनिरको चोकमा पुग्यो। त्यहाँ भर्खरै पसलहरू खुलिरहेका थिए। एउटी दिदीसँग सोधियो, शौचालय कता छ ? उहाँले उ माथि छ भन्दै देखाउनुभयो। म, जयकुमार मिश्र र अशोक साह अवस्था बुभ्mन गयौं। साँच्चिकै रहेछ। हामी अति खुशी भयौं, शब्दमार्पmत् अवगत गराउन साध्य छैन । एक कान, दुई कान हुँदै शौचालय रहेको कुरा हरेकको कानसम्म पुगिसकेको थियो । करीब आधा घण्टामा शौचादि कार्यक्रम सकियो। अब राहत महसूस भइरहेको थियो। सबैजना तनावमुक्त भए।
    अब स्नानादिको कुरा गर्दै अगाडि बढ्न थालियो। चारैतिर मन्दिरै मन्दिर । शङ्ख–घण्ट बजिरहेको थियो। विभिन्न मन्दिर हेर्दै हामी अघि बढिरहेका थियौं । लगभग १५ मिनेटको हिंडाइपछि हामी त्रिशूलीको पेटीमा अर्थात् पारिको देवघाटधामको सङ्गममा पुग्यौं। सङ्गम तटमा एक/दुई जना पण्डितजीहरू अगरबत्ती र दियो बाली पाठवाचन गरिरहेका थिए। एउटा सानो टेन्टमा कृष्णकथा वाचन भइरहेको थियो। हामी बिहान ६ बजे पुग्दासम्म करीब २०/२५ जना महिला/पुरुष कोही नुहाउँदै थिए, त कोही कपडा फेर्दै थिए। त्यहाँ पहिलोपटक पाइला टेकेका हाम्रो समूहका व्यक्तिहरू उज्यालो हुँदै जाँदा प्राकृतिक दृश्य देखेर अचम्मित मुद्रामा हर्षित भइरहेका थिए। मानिसहरूको आउनेक्रम जारी थियो। वीरगंजका चिनेजानेका केही व्यक्तिहरूसँग भेंट पनि भयो। वीरगंज, कलैया, भारतको बिहार र उत्तर प्रदेशका भक्तजनको अत्यधिक उपस्थिति देखियो। त्यस भेगका स्थानीयहरूको उपस्थिति नगन्य थियो। म भने फटाफट नुहाएर तयार भएँ। मलाई सो स्थानबारे नजानेका कुराहरू जान्ने उत्सुकताले सताइरहेको थियो। हाम्रा समूहका कोही नुहाउने त कोही सेल्फीको चक्करमा रहिरहँदा म केही बेरको लागि त्यहाँबाट फुर्र भएँ।
    मठमन्दिरका पुजारी र केही स्थानीय मानिसहरूसँग गफगाफ गरें। र, नजानेका कुराहरू थाहा पाएँ। ठूलो एकादशी, माघे सङ्क्रान्ति र नयाँ वर्षमा स्थानीयहरूको ठूलो उपस्थिति रहन्छ । स्थानीय मानिसहरूमा कात्तिक पूर्णिमाको खासै उत्सुकता हुँदैन रे १
    गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बूढीगण्डकी,  सेतीगण्डकी, मादी, दरौंदी, मस्र्याङ्दी र त्रिशूली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि ’नारायणी’ भनिंदोरहेछ । यसलाई भारतमा गण्डक नामले समेत चिनिन्छ। चितवन जिल्लाको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तरपश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तरतर्पmबाट बगेर आउने त्रिशूली नदी र बूढीगण्डकी, मस्र्याङ्दी मिसिएर बनेको नदीलाई नारायणी नदी भनिन्छ। यस नदीलाई सप्तगण्डकीसमेत भनिन्छ। देवघाटधाम तथा भरतपुर नगरलाई देब्रे पार्दै बगेको यो नदीमाथि नारायणगढमा पक्की पुल रहेको छ। यो नदीले चितवन तथा नवलपरासी जिल्ला र लुम्बिनी तथा नारायणी अञ्चललाई छुट्याएको छ । नवलपरासीको त्रिवेणीबाट यो नदी भारत प्रवेश गर्दछ। भारतमा यसलाई गण्डक पनि भन्ने गरिन्छ। यो नदीले चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा समेत यसको महŒव छ। यो नदीमा दुर्लभ मानिने मगर गोही र घडियाल गोहीहरू पाइन्छन्। भारतको बिहार प्रदेशमा गङ्गाको मैदान हुँदै दक्षिण पूर्वतर्पm मोडिएर पटनानजीकै गङ्गा नदीसँग मिल्दछ।
    देवघाटधाम, त्रिवेणीधाम अथवा बिहारको सोनपुरमा अवस्थित हरिहरनाथधाम जहाँ नुहाए पनि कुरा एउटै हो। तर सबै ठाउँको विविधता र दृश्यावलोकन भने फरकफरक छन् । देवघाटधाम नेपालको प्रसिद्ध धामहरूमध्ये एक हो। देवघाटधाम क्षेत्र विकास समितिले ठूलो एकादशी, माघे सङ्क्रान्ति र नयाँ वर्ष आदिको अवसरमा गरिने आयोजना र व्यवस्थापन जस्तै प्रचारप्रसार र व्यवस्थापन गरे भने कात्तिक पूर्णिमाको अवसरमा पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । कात्तिक पूर्णिमाको अवसरमा नेपालको तराईवासी र भारतीय पर्यटकलाई भिœयाउन सकिने प्रबल सम्भावना छ । त्यसको लागि कुनै पर्यटन वर्ष कुर्नुपर्दैन । चिरबिर–चिरबिर चराहरूको आवाज, ठूलाठूला पहाडी चट्टान, कलकल बग्ने खोलाको पानी, आनन्दमयी झुलुङ्गे पुल, डुङ्गाको सवारी  र नीलो आकाशले मानिसहरूलाई आपूmतिर तानिरहेको जस्तो अनुभूति हुँदोरहेछ। स्वर्गभैंm आनन्दमयी स्थान यही त हो देवघाटधाम १     

के फिक्का भएकै हो त त्यस उत्कर्षको महत्व ?

के फिक्का भएकै हो त त्यस उत्कर्षको महत्व ?

सञ्जय मित्र
    उमेरजन्य समस्या बढ्दै गएपछि रौतहटका पुराना नेता राजदेव चौधरी कतिपय कुरालाई डायरीमा टिप्न थालेका छन्, अव्यवस्थित किसिमले। मङ्सिर ३ गतेको उज्यालोलाई धेरै समक्ष पु¥याउने उनी यस दिनका एक साधक हुन्। उनी यस दिनलाई कसैले बिर्सन नहुने बताउँछन् ।
    नेपाली क्रान्तिको इतिहासमा २००७ सम्पूर्ण नेपालीलाई अद्यपर्यन्त किन प्रिय छ भने त्यसले सर्वमान्यता पाएको छ। जनक्रान्तिको सात दशकमा देशको राजनीतिले अनेक आरोह–अवरोह पार गरेर विविध स्वरूपको आन्दोलनले इतिहासमाथि इतिहास सिर्जना गरेको छ तर त्यस क्रान्तिले पाएको सर्वमान्यता आपैंmमा विशिष्ट महŒवको छ। त्यस जनक्रान्तिमा तत्कालीन नेपाली काङ्ग्रेस, नेपाल प्रजापरिषद् तथा नेपाल कम्युनिस्ट पार्टीलगायत सबै राजनीतिक दलको सहभागिता थियो। राणाशासनप्रति असन्तुष्ट असङ्गठित व्यक्तित्व तथा स्वयम् केही राणाहरूको पनि आन्दोलनमा प्रत्यक्ष सहभागिता र सहयोग थियो। तत्कालीन राजा त्रिभुवनसमेतको आन्दोलनप्रति सीधा समर्थन रहनु वा राजा स्वयम् पनि विद्रोही भएर निस्कनुले पनि देशको पहिलो राजनीतिक जनक्रान्तिको सर्वपक्षीय सहभागितालाई पुष्टि गर्दछ। अझ देशका विभिन्न उपलब्धिमूलक मापनहरूमा २००७ लाई अहिलेसम्म मूल आधार मान्ने गरिएको छ।

    नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको औपचारिक घोषणा हुनुभन्दा पहिले नै रौतहटमा दर्जनौं राजनीतिक कार्यकर्ताहरू आपूmलाई कम्युनिस्ट बताउँथे। भारतीय कम्युनिस्ट पार्टीको स्थापना भएपछि खुला सिमानाको कारणले रौतहटमा भाकपाका नेताहरूको आप्mना नातेदारकहाँ आवतजावत गर्ने र शरण लिने गतिविधिले केहीलाई कम्युनिस्ट बनाएको थियो। झन् भारतीय छिमेकी जिल्ला बिहारको चम्पारणमा महात्मा गाँधीले किसान आन्दोलन गर्दा बैलगाडीमा हजारौं मानिस रौतहटबाट पुगेका थिए साथ दिन । केही युवाहरू त गाँधीको आन्दोलनका स्वयंसेवकसमेत बनेका थिए। त्यस्ता नवयुवाहरूमा गुलाबनाराय झा, शिवप्रसाद सिंह कुँवरलगायतका थिए। रौतहटमा राजनीतिक चेतनाको जरो यहींबाट बलियो गरी विस्तार भएको थियो ।
    २००७ सालको असोजमा नेपाली काङ्ग्रेसको पहिलो सम्मेलन बैरगनियामा आयोजना गर्नुमा पनि रौतहटको राजनीतिक चेतनाको स्तर उच्च रहनु रहेको थियो। बैरगनियाको पहिलो ऐतिहासिक सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता गरेका गुलाबनारायण झा दशकभन्दा बढी लामो समयदेखि नेपाल र भारतका क्रान्तिकारीहरूमा आपूmलाई परिचित बनाइसकेका थिए। प्रवासको क्रममा भारतको बनारसमा रहेका विपी कोइरालाले २००४ तिर आपैंmले झालाई बोलाएर राजनीतिक छलफल गरेका थिए । विपीको विचारबाट प्रभावित झाको आर्थिक अवस्था तत्कालीन अवस्थामा बलियो थियो। झा सर्वसाधारणमा  चुनचुनबाबूको नामले प्रसिद्ध थिए । जनकपुरको पापमोचनी मन्दिरका पुजारी महन्थ गोकुल गिरीले गरेको राजनीतिक छलफलमा पनि उनी सहभागी भएका थिए। त्यस राजनीतिक छलफलले सुदामा सेवा समिति वा सुदामा भजन मण्डली बनाउँदै भजनको लयमा राजनीतिक चेतनाका गीत गाउने निर्णय गरेको थियो। भजनमण्डली पनि बनाएको थियो। त्यहीं निर्णयबमोजिम चुनचुनबाबूले सर्लाही, रौतहट तथा बाराका दक्षिणी भागमा विभिन्न भजनमण्डली बनाएका थिए। कहिले कुन गाउँ त कहिले कुन ठाउँमा पुगेर गाउँका मानिसलाई एक ठाउँमा भेला पारी भजन गाउँथे र राणाशासनको कमजोरीबारे बताउँथे। साथै प्रजातन्त्र आएपछि सर्वसाधारणले पाउने अधिकारका विषयमा पनि गीतमार्पmत् नै जानकारी गराउँथे। धर्मको कुरा सुन्ने समाज र धार्मिक गतिविधि गर्दा राणाशासनको आँखा छल्न सजिलो हुने भएकोले जनजागरणको सशक्त माध्यम भजनमण्डली बन्न पुगेको थियो । भजनमण्डलीले केही हदसम्म भारतीय भूमिमा पनि राजनीतिक चेतना विस्तार गर्ने भूमिका खेलेको थियो। यहीं पृष्ठभूमिमा सबै किसिमका सहयोग र जनसमर्थन हुने दोहोरो सम्भावनाले रौतहटको गौर बजारसित सीमा जोडिएको बैरगनियामा नेपाली काङ्ग्रेसको पहिलो सम्मेलन भएको थियो ।
    बैरगनिया सम्मेलनले पारित गरेजस्तै देशमा क्रान्ति शुरू भयो। दीपावलीको राति वीरगंजलाई राणाशासनबाट मुक्त गराउन रौतहटका केही दर्जन क्रान्तिकारीहरू पनि भारतीय रेलबाट त्यहाँ पुगेका थिए। त्यहींबाट फर्कनेक्रममा मङ्सिर ३ मा गौरमा आन्दोलन गर्ने योजना बनाइएको थियो। योजनाअनुरूप कार्यकर्ताहरू गाउँमा परिचालित गरिएका थिए।
    क्रान्तिको नारा देशव्यापी घन्किइसकेको थियो। राणाशासनको जग बिस्तारै हल्लिन थालेको थियो। गौरमा पनि आन्दोलन हुने खबर पैmलाउन क्रान्तिकारीहरूले सबै किसिमका प्रयास गरेका थिए। कहिल्यै आन्दोलन नदेखेका सर्वसाधारणलाई आन्दोलनप्रतिको जिज्ञासा उत्कर्षमा थियो।
    सदरमुकाम गौरमा त्यस दिन हाटबजार लागेको थियो। गाउँगाउँबाट आन्दोलनमा सहभागिता जनाउन क्रान्तिकारीहरू पनि थपिएका थिए। अहिलेको जस्तो चोक तथा बजारहरूको विस्तार भइसकेको थिएन त्यतिबेला। भारतका पनि विभिन्न गाउँबाट सर्वसाधारण किनमेल गर्न बजार आएका थिए। भारतीय सीमानजीकै रहेको बजारको एउटा कुनामा चुनचुनबाबूले क्रान्तिकारी भाषण दिए। भाषणपश्चात् गौर अड्डातर्पm जुलुस बढ्यो। जुलुसको नेतृत्व चुनचुनबाबूले नै गरेका थिए। जुलुस अड्डाअगाडि गएर एकैछिन रोकियो। अड्डाको सुरक्षार्थ वा सदरमुकामकै सुरक्षा गर्न गगन शमशेरको कमान्डमा नेपाली सेनाको टुकडी सुरक्षार्थ खटेको थियो। अड्डातिर बढेको जुलुसलाई कमान्डर गगन शमशेरले रोक्न खोजे। जुलुस झन् अगाडि बढ्न खोज्दा गगन शमशेरले चेतावनी दिए– नरोकिए गोली हान्छु। जुलुस टक्क अडियो तर शिवप्रसादसिंह कुँवरले अगाडि बढेर आपूmले लगाएको लुगाको छातीको टाँक खोल्दै छाती देखाएर सक्ने भए गोली चलाउन भने। पछाडिबाट ताली बजाउने र नारा लगाउने काम पनि भइरहेको थियो। वातावरण उत्तेजित भइसकेको थियो। भीड चलमलाएर अगाडि बढ्न खोज्दा गगन शमशेरले ड्याम्म गोली हाने। कुँवर त्यहीं ढले। उनी शहीद भए । भागाभाग भयो तर केही क्रान्तिकारीले गौर क्रान्तिका प्रथम शहीद कुँवरको ढलेको रक्ताम्य शरीरलाई उठाउन खोजे। ड्याम्म ड्याम्म गोली चल्यो। त्यहीं सडकमा रति गिरी तथा नन्दु साह पनि ढले।
    कति मानिस मारिए, त्यसको लेखाजोखा छैन। तर आन्दोलन सकिएपछि भने पैतीसजना क्रान्तिकारीको नाम सङ्कलन गरिएको थियो रे तर त्यो पनि धेरै समयसम्म सुरक्षित रहन सकेन । गौर क्रान्तिको समय किसानहरूको धान काट्ने बेला भइसकेको थियो। आन्दोलनमा चर्को दमन भएकोले कैयौंले सहादत प्राप्त गरे, कैयौंको अङ्गभङ्ग भयो । कुटाइ खाएर तथा भाग्दाभाग्दै सडकमा लडेर घाइते हुनेहरू त कति थिए कति। आन्दोलनमा सहभागी नभएका सर्वसाधारण बटुवा पनि दमनमा परे। आन्दोलनमा भएको दमनको कारण स्थानीयमा भयत्रासको वातावरण व्याप्त भयो। आसपासका धानबाली डरैले भिœयाएनन् किसानले। वास्तवमा कति मान्छे त्यस दिन शहीद भए भन्ने यकिन इतिहास पाउन अब मुस्किल भइसकेको छ।
    गौर क्रान्तिगाथाको स्मृतिमा २०२२ सालदेखि निरन्तर क्रान्ति दिवसको रूपमा रौतहटले मनाउँदै आएको छ। पञ्चायतकालमा भूमिगतरूपमा सीमित नेताहरूबीच पनि क्रान्ति दिवस मनाउँदा केन्द्रीय सदस्यहरूको पनि सहभागिता हुन्थ्यो। देशमा गणतन्त्र आएपछि क्रान्ति दिवस केही फिक्का हुन पुगेको छ। जिल्लाको प्रथम राजनीतिक क्रान्तिको उत्कर्ष बलिदानको दृष्टिले २००७ सालको जनक्रान्तिको पनि उत्कर्ष हुनुपर्छ। तीन दशकदेखि निरन्तर क्रान्ति दिवसको अगुवाइ गरिरहेका राजदेव चौधरीले बलिदान र क्रान्तिगाथाको महŒव बुभ्mने युवाको जमात कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दछन्। उनी भन्छन्– राज्यले पनि गौरको क्रान्तिगाथा बिर्संदै गएको छ। (चौधरीसित गरिएको कुराकानीमा आधारित)

Find us