Showing posts with label महाभारतबाट सङकलन तथा अनुवाद. Show all posts
Showing posts with label महाभारतबाट सङकलन तथा अनुवाद. Show all posts

Friday, December 13, 2019

द्रोणपर्व–२

द्रोणपर्व–२

उमाशङ्कर द्विवेदी
    दुर्योधनले भने– कर्ण, अब तपाईं हाम्रो सेनाको रक्षक हुनुहुन्छ, त्यसैले म अब यिनीहरूलाई सनाथ ठानिरहेको छु । तपाईं यस कुराको निर्णय गर्नुहोस् कि के गर्नाले हाम्रो हित हुन सक्दछ ।
    कर्णले भने– राजन्, तपाईं त बडो बुद्धिमान् हुनुहुन्छ, तपाईं आप्mनो विचार भन्नुहोस्, किनकि स्वयम् राजाले कर्तव्यको जसरी ठीकठीक निर्णय गर्न सक्दछन्, त्यस्तो अन्य कुनै पुरुषले गर्न सक्दैन । त्यसैले हामी तपाईंकै कुरा सुन्न चाहन्छौं ।
    दुर्योधनले भने– पहिला आयु, बल र विद्यामा बडो निपुण पितामह भीष्मजी हाम्रो सेनापति थिए । उनले सबै योद्धाहरूलाई साथमा राखेर शत्रुहरूको संहार गरे र भीषण युद्ध गर्दागर्दै दश दिनसम्म हाम्रो रक्षा गरे । अब त उनी स्वर्गवासको तयारीमा छन्, अतः उनको स्थानमा अब कसलाई सेनापति बनाउन उचित होला ? सेनानायकविना त सेना एक मुहूर्त पनि टिक्न सक्दैन । जसरी विनामाझीको डुङ्गा र विनासारथिको रथ जतातिर पनि हिंड्न सक्दछ, त्यसै प्रकार विनासेनापतिको सेना काबुबाहिरको हुन सक्दछ । त्यसैले मेरो पक्षका सबै वीरहरूमाथि दृष्टि हालेर तिमीले यो निश्चय गर कि भीष्मजीपछि को उपयुक्त सेनापति हुन सक्दछ । यस पदको लागि तिमीले जसलाई उचित ठान्दछौ, त्यसैलाई हामी सहर्ष आप्mनो सेनापति बनाउनेछौं ।
    कर्णले भने– यहाँ जति पनि राजाहरू भेला भएका छन्, ती जम्मै बडो महानुभाव हुन् र उनीहरू निस्सन्देह यस पदका योग्य छन् । यी सबै कुलीन, सुगठित देहयष्ठि, युद्धकलामा कुशल तथा बल, पराक्रम र बुद्धिबाट सम्पन्न छन्, सबै शास्त्रज्ञ, बुद्धिमान् र युद्धमा पिठ्यूँ फर्काउने खालका छैनन् तर एकै साथ जम्मैजनालाई भने सेनानायक बनाउन सकिंदैन । त्यसैले जो एकमा सबैभन्दा अधिक गुण छ, त्यसैलाई यस पदमा नियुक्त गर्न उचित हुनेछ । मेरो विचारमा त समस्त शस्त्रधारीहरूमा श्रेष्ठ आचार्य द्रोणलाई नै सेनापति उचित हुनेछ, किनकि यिनी सबै योद्धाहरूको आचार्य र गुरु हुन् तथा वयोवृद्ध पनि छन् । यिनी साक्षात् शुक्राचार्य र बृहस्पतिजीको समान छन् तथा यिनलाई कसैले परास्त पनि गर्न सक्दैन । अतः यिनी रहुञ्जेलसम्म अरू को हाम्रो सेनापति हुन सक्दछ ? तपाईंका यी गुरुदेव सबै सेनानायकमा, सबै शस्त्रधारीमा र सबै बुद्धिमान्मा श्रेष्ठ छन् । यसैले जसरी देउताहरूले स्वामी कार्तिकेयजीलाई आप्mनो सेनाध्यक्ष बनाएका थिए, त्यसै प्रकार यिनलाई नै आप्mनो सेनापति बनाउनुहोस् ।
    कर्णको यस्तो कुरा सुनेर दुर्योधनले सेनाको बीचमा उभिएका आचार्य द्रोणको छेउमा उभिएर भने– रुद्राणामिव कापाली वसूनामिव पावकः । कुबेर इव यक्षाणां मरूतामिव वासवः ।। वसिष्ठ इव विप्रषणां तेजसामिव भास्करः । पितृणामिव धर्मेन्द्रो यादसामिव चाम्बुराट् ।। नक्षत्राणामिव शशी दितिजानामिवोशनाः । श्रेष्ठः सेनाप्रणेतृणां निः सेनापतिर्भव ।। अर्थात् रुद्रहरूमा शङ्कर, वसुहरूमा पावक, यक्षहरूमा कुबेर, देउताहरूमा इन्द्र, ब्राह्मणहरूमा वसिष्ठ, तेजोमय पदार्थहरूमा भगवान् सूर्य, पितरहरूमा धर्मराज, जलचरहरूमा वरुणदेव, नक्षत्रहरूमा चन्द्रमा र दैत्यहरूमा शुक्राचार्यको समान तपाईं समस्त सेनानायकहरूमध्ये श्रेष्ठ हुनुहुन्छ, अतः तपाईं नै हाम्रो सेनापति हुनुहोस् । तपाईं हाम्रो सेनापति भएपछि हामीले अवश्य नै राजा युधिष्ठिर र उनका अनुयायी र बन्धु–बान्धवहरूलाई जित्नेछौं ।
    दुर्योधनले यस प्रकार भनेपछि सबै राजाहरूले उनलाई हर्षित पार्दै द्रोणाचार्यको जयजयकार मनाउन थाले । ती सबैले द्रोणाचार्यको उत्साह बढाउन थाले । अनि आचार्यले दुर्योधनसित भने–राजन्, म छवटै अङ्गयुक्त वेद, मनुजीले भनेको अर्थशास्त्र, भगवान् शङ्करले प्रदान गर्नुभएको वाणविद्या र कैयौं प्रकारका अस्त्रशस्त्रबारे जान्दछु । तिमीले विजयको अभिलाषाले जुन जुन गुण भनेका थियौ, ती जम्मैको निर्वाह गर्दै पाण्डवहरूको साथमा संग्राम गर्नेछु तर म द्रुपदपुत्र धृष्टद्युम्नको वध भने गर्नेछैन किनकि उसको उत्पत्ति नै मेरो वधको निम्ति भएको हो ।
    सञ्जयले भने– राजन्, यस प्रकार आचार्यको अनुमति पाएपछि तपाईंका पुत्र दुर्योधनले उनलाई विधिपूर्वक सेनापतिको पदमा अभिषिक्त गरे । त्यतिबेला बाजाहरूको घोष र शङ्खको ध्वनिबाट सबैले हर्ष प्रकट गरे तथा पुण्याहवाचन, स्वस्तिवाचान, सूत र मागधहरूको स्तुतिगान र ब्राह्मणहरूको जयजयकारले आचार्यको सम्मान गरियो । द्रोण सेनापति भएपछि सबैजना आश्वस्त भए कि अब हामीहरूले पाण्डवहरूलाई जितिसक्यौं ।
    सञ्जयले भने– राजन्, सेनापतिको अधिकार प्राप्त गरेर महारथी द्रोण आप्mनो सेनाको व्यूह रचना गरेर तपाईंका पुत्रहरूसहित युद्धक्षेत्रतिर हिंडे । उनको दाहिनेतर्पm सिन्धुराज जयद्रथ, कलिङ्गनरेश र तपाईंका पुत्र विकर्ण हिंडिरहेका थिए । उनको रक्षाको निम्ति गान्धार देशको घोडचढी सेनासहित शकुनि उनको पछिपछि हिंडिरहेका थिए । देब्रेतर्पm कृपाचार्य, कृतवर्मा, चित्रसेन, विविंशति र दुःशासन आदि वीरहरू थिए । उनको रक्षाको भार सुदक्षिण आदि काम्बोजवीरहरूमाथि थियो । उनीहरूकै साथमा शक र यवन सेना पनि हिंडिरहेका थिए । मद्र, त्रिगत्र्त, अम्बष्ठ, मालव, शिबि, शूरसेन, शूद्र, मलद, सौवीर, कितव तथा पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी देशका सबै योद्धा तपाईंको पुत्रहरूसहित दुर्योधन र कर्ण पछिपछि हिंडिरहेका थिए । ती सबैले आआप्mनो सेनाको बल र उत्साह बढाउँदै गइरहेका थिए । समस्त योद्धाहरूमा श्रेष्ठ कर्ण सेनामा शक्तिको प्रचार गर्दै सबैको अगिअगि हिंड्न थाले । आज कर्णलाई हेरेर कसैलाई पनि भीष्मजीको अभाव महसूस भइरहेको थिएन । सबैको मुखमा यही कुरा थियो कि आज कर्णलाई हेरेर पाण्डवहरू रणक्षेत्रमा टिक्न सक्ने छैनन् । कर्ण त देउताहरूसहित स्वयम् इन्द्रलाई पनि जित्न सक्दछन्, अनि यी बल–पराक्रमहीन पाण्डवहरूको त के कुरा ? भीष्मजी हुनत धेरै पराक्रमी थिए तर उनले पाण्डवहरूलाई सधैं बचाउने गर्दथे । अब कर्णले उनीहरूलाइ आप्mनो तीखो बाणबाट तहसनहस पारिदिनेछन् ।
क्रमशः...

Friday, December 6, 2019

द्रोण पर्व–१

द्रोण पर्व–१

उमाशङ्कर द्विवेदी
    सञ्जयले भने– राजन्, भीष्मजी मारिएपछि तपाईका पुत्रहरूले के के गरे, यो कुरा तपाईंले ध्यान दिएर सुन्नुहोस् । उनको निधन भएपछि कौरव र पाण्डवहरूले भिन्दाभिन्दै विचार गर्न थाले । उनीहरूले क्षात्रधर्मको निन्दा गर्दै महात्मा भीष्मजीलाई नमस्कार गरे, अनि उनको रक्षाको प्रबन्ध गरेर आपस्तमा उनकै चर्चा गरिरहे । तदन्तर पितामह भीष्मजीको आज्ञानुसार उनको प्रदक्षिणा गरेर उनीहरू कम्मर कसेर युद्ध गर्नको लागि फेरि युद्धभूमितिर हिंडे । अलिक बेरमैं तुरही र भेरीको ध्वनिको साथ तपाईंका पुत्रहरू तथा पाण्डवको सेना युद्ध गर्नाको लागि हिंडे ।
    राजन्, तपाईं र तपाईंका पुत्रहरूको मुख्र्याइँको कारण तथा भीष्मजीको वध भइसकेपछि अब कौरव र उनीहरूको पक्षका सबै राजाहरू मृत्युको समीप आइपुगेका छन् । भीष्मजीलाई गुमाएपछि ती जम्मैलाई बडो शोक भयो । । उनी नरहेपछि कौरवसेना अनाथभैंm भइसकेका छन् । आपत्ति आइपरेपछि जसरी आप्mनो बन्धुभाइको सम्झना हुन्छ, त्यसै प्रकार अब कौरववीरहरूको ध्यान कर्णतिर गयो, किनकि ऊ भीष्मजीको समान नै गुणवान् तथा समस्त शस्त्रधारिहरूमा श्रेष्ठ र अग्निको समान तेजस्वी थियो । कर्ण दुई महारथीहरूको बराबर थिए, तर भीष्मजीले बलवान् र पराक्रमी रथीहरूको गणनामा उनलाई अद्र्धरथी भनेका थिए । त्यसैले दश दिनसम्म, जबसम्म पितामहले युद्ध गरे, महायशस्वी कर्णले युद्धभूमिमा पाइलो राखेनन् । अब सत्यप्रतिज्ञ भीष्मजी धराशयी भएपछि तपाईंका पुत्रहरूले कर्णलाई सम्झेर–अब तपाईंले लडाइँ गर्ने बेला भइसक्यो भनेर–कर्ण कर्ण कराउन थाले ।
    अब महारथी कर्ण समुद्रमा डुब्दै गरेको डुङ्गालाई तार्नको लागि कौरवहरूको माझमा आई उनीहरूसित भन्न थाले– भीष्मजीमा धैर्य, बुद्धि, पराक्रम, ओज, सत्य, स्मृति आदि जम्मै विरोचित गुणहरू थिए । उनीसित अनेकौं दिव्यास्त्रहरू पनि थिए, साथै नम्रता, लज्जा, मधुर भाषण र सरलताको पनि उनमा कमी थिएन । उनी अर्काको उपकारलाई सम्झने र विप्रद्वेषीहरूको विरोधी थिए । उनी शान्त भइसकेपछि मलाई त सबै वीरहरूको अन्त भएको भैंm लाग्दछ । यति भनेर तथा भीष्मजीको निधन र कौरवहरूको पराजयको विचार गरेर कर्णलाई बडो खेद भयो र उनी आँखामा अश्रु भरेर लामालामा साँस लिन थाले । कर्णको यो वचन सुनेर तपाईंका पुत्रहरू र सैनिकहरू पनि अत्यन्त आतुर भएर आँखामा अश्रुभरि डाँको छाडेर रुन थाले । अनि रथीहरूमा श्रेष्ठ कर्णले अन्य महारथीहरूको उत्साह बढाउँदै भने– भीष्मजी ढलेपछि कोही पनि सेनापति नरहेको कारणले कौरवसेना अत्यन्त आत्तिएको छ । शत्रुहरूले यिनीहरूलाई निरुत्साह र अनाथ गरिदिएका छन् तर अब म भीष्मजीभैंm यिनीहरूको रक्षा गर्नेछु । अब म यो अनुभव गरिरहेको छु कि अब यो सम्पूर्ण अभिभारा मेरै काँधमा आइपरेको छ । म रणभूमिमा डुल्दै आप्mनो बाणले पाण्डवहरूलाई यमराजको घरमा पठाइदिनेछु र संसारभरिमा आप्mनो महान् यश पैmलाउनेछु अथवा शत्रुहरूको हातबाट मरेर पृथ्वीमाथि शयन गर्नेछु । फेरि आप्mनो सारथिसित भने– सूत, मलाई तिमीले कवच तथा शीर्षत्राण पहिराउ तथा शीघ्र नै मेरो रथमा सो¥हवटा तरकस, दिव्य धनुष, तरबार, शक्ति, गदा र शङ्ख आदि सबै सामग्रीहरूलाई राखेर घोडा जोतेर ल्याऊ ।
    सञ्जयले भने– राजन्, यति भनेर कर्ण युद्धको सामग्रीले भरिएको, ध्वजा–पताकाहरूबाट सुशोभित एउटा सुन्दर रथमाथि चढेर विजय प्राप्त गर्नको लागि हिंडे र सबैभन्दा पहिले शरशøयामाथि सुतेका अतुलित तेजस्वी महात्मा भीष्मजीको छेउमा पुगे । उनलाई हेरेर कर्ण व्याकुल भए । उनले रथबाट ओर्लेर हात जोडी भीष्मजीलाई नमस्कार गरेर नेत्रमा जल भरेर लरबराउँदो आवाजमा भने– भरतश्रेष्ठ, म कर्ण हँु । तपाईंको कल्याण होस्, तपाईं आप्mनो पवित्र दृष्टिबाट मतिर हेर्नुहोस् र आप्mनो मङ्गलमय शब्दहरूबाट मलाई अनुगृहित गर्नुहोस् । मलाई धनसङ्ग्रह, मन्त्रणा, व्यूहरचना र शस्त्रसञ्चालनमा तपाईंबाहेक कौरवसेनामा अर्को कोही पनि देखापरिरहेको छैन । तपाईंबाहेक अर्को को नै छ र जसले अर्जुनसित भिड्न सकोस् । बडेबडे बुद्धिमान्हरूको कथनानुसार अर्जुनसित अनेकौं दिव्य अस्त्र छन् र उनी निवातकवचादि अमानवहरूसित तथा स्वयम् महादेवजीसित पनि युद्ध गरिसकेका छन् । साथै उनले भगवान् शङ्करसित अजितेन्द्रिय पुरुषहरूको लागि दुर्लभ वर पनि प्राप्त गरेका छन् । तापनि तपाईंको आज्ञा पाए म आज नै आप्mनो पराक्रमबाट उनलाई नष्ट पार्न सक्दछु ।
    राजन्, कर्णले यस प्रकार भनेको सुनेर कुरुवृद्ध पितामहले प्रसन्न भएर देश र काल अनुसार भने– कर्ण, तिमी शत्रुहरूको मानमर्दन गर्ने र मित्रहरूलाई आनन्द प्रदान गर्न लायक होऊ । भगवान् विष्णु जसरी देउताहरूको आश्रय हुन्, त्यसै प्रकार तिमी पनि कौरवहरूको आधार बन । दुर्योधनको जयको इच्छाले नै तिमीले आप्mनो बाहुबलबाट उत्कल, मेकल, पौण्ड्र, कलिङ्ग, आन्ध्र, निषाद, त्रिगत्र्त र बाल्हीक आदि देशका राजाहरूलाई परास्त गरेका थियौं । बाबु, हेर, जसरी दुर्योधन सबै कौरवहरूको कर्णधार छ, त्यसै प्रकार तिमीले पनि उनीहरूलाई आश्रय दिनु । ल, म तिमीलाई आशीर्वाद दिंदैछु, तिमी शत्रुहरूसित संग्राम गर, युद्धमा कौरवहरूको पथप्रदर्शक बन र दुर्योधनलाई विजयी पार । दुर्योधनभैंm तिमी पनि मेरो पौत्र समान हौ । धर्मतः जसरी म उनीहरूको हितैषी हँु, त्यस्तै तिम्रो पनि हितैषी हुँ ।
    भीष्मजीको यो कुरा सुनेर कर्णले उनको चरणमा प्रणाम गरेर उनी सेनातिर गए तथा उनीहरूलाई उत्साहित गरे । कर्णलाई सबै सेनाको अगिअगि आइरहेको देखेर दुर्योधनादि समस्त कौरवहरूलाई पनि बडो हर्ष भयो । उनीहरूले नानाथरीका क्रिया गर्दै कर्णको स्वागत गर्न थाले । अनि उनीसित दुर्योधनले भने– कर्ण, अब तपाईं हाम्रो सेनाको रक्षक हुनुहुन्छ, त्यसैले म अब यिनीहरूलाई सनाथ ठानिरहेको छु । तपाईं यस कुराको निर्णय गर्नुहोस् कि के गर्नाले हाम्रो हित हुन सक्छ । क्रमशः...

Friday, November 29, 2019

भीष्मपर्व–७०

भीष्मपर्व–७०

उमाशङ्कर द्विवेदी
    तदन्तर, भीष्मजी मौन भएपछि सबै राजा आआप्mनो शिविरमा फर्किगए । यसै बेला कर्ण भीष्मजी मारिएको कुरा सुनेर अलिक भयभीत भएर छिट्टै उनको छेउमा आइपुगे । उनलाई शरशøयामाथि सुतिरहेको हेरेर कर्णको आँखामा आँसु छचल्किएर आयो । कर्णले अवरुद्ध कण्ठले भने– महाबाहु भीष्मजी, जसलाई तपाईंले सदैव द्वेषले भरिएको दृष्टिले हेर्नुहुन्थ्यो, सोही म राधापुत्र कर्ण तपाईंको सेवामा उपस्थित भएको छु । यो सुनेर भीष्मजीले आँखा खोलेर बिस्तारै कर्णतिर हेरे । यसपछि त्यस स्थानलाई सुनसान हेरेर पालेहरूलाई पनि त्यहाँबाट हटाइदिए । अनि फेरि जसरी पिताले पुत्रलाई अँगालो हाल्छ, त्यसै प्रकार एक हातले कर्णलाई तानेर ह्दयमा टसाउँदै स्नेहपूर्वक भने–आऊ, मेरो प्रतिस्पर्धी, तिमी सदैव मसित भेदभाउ गर्दछौं । यदि यतिबेला तिमी मेरोनजीक नआएको भए निश्चित नै तिम्रो कल्याण हुने थिएन । महाबाहो, तिमी राधाको होइन कुन्तीको पुत्र हौ । तिम्रो पिता अधीरथ न भएर सूर्य हुन्–यो कुरा मलाई व्यास र नारदजीबाट ज्ञात भएको थियो । यो नितान्त सत्य हो, यसमा अलिकति पनि सन्देह छैन । बाबु, म साँचो भन्दैछु, तिमीसित मेरो अलिक पनि द्वेष छैन, तिमी अकारण नै पाण्डवहरूमाथि आक्षेप गर्दथ्यौ, अतः तिम्रो दुस्साहस हर्नको लागि नै म कठोर वचन भन्दथे । नीच पुरुषहरूको सङ्गत गर्नाले नै तिम्रो बुद्धिले गुणवान्हरूसित पनि द्वेष गर्दथ्यो । यसै कारणले नै मैले कौरवहरूको सभामा तिमीलाई अनेकौं पटक कटु वचन सुनाउँथें । मलाई थाहा छ, युद्धमा तिम्रो पराक्रम शत्रुहरूको लागि असह्य छ । तिमी ब्राह्मणहरूको भक्त हौ, शूरवीर छौ र दानमा पनि तिम्रो बडो निष्ठा छ । मानिसहरूमा तिमीसमान गुणवान् अर्को कोही पनि छैन । बाण हान्नमा, अस्त्रहरूको सन्धान गर्नमा, हातको फुर्तीमा र अस्त्रबलमा तिमी अर्जुन र कृष्णको समान छौ । तिमी धैर्यको साथ युद्ध गर्दछौ, तेज र बलमा देउतातुल्य छौ । युद्धमा तिम्रो पराक्रम मानिसहरूभन्दा अधिक छ । पूर्वकालमा तिमीप्रति मेरो जुन क्रोध थियो, त्यसलाई मैले टाढा पन्छाइदिएको छु । अब मलाई निश्चय भइसकेको छ कि पुरुषार्थबाट दैवको विधानलाई मेट्न सकिंदैन । पाण्डवहरू तिम्रा सहोदर भाइ हुन्, यदि तिमी मेरो प्रिय गर्न चाहन्छौ भने उनीहरूसित मेल गरिहाल । मसितै यस वैरको अन्त भइहालोस् र भूमण्डलका जम्मै राजाहरू आजबाट सुखी भइहालून् ।
    कर्णले भने– महाबाहो, म सूतपुत्र होइन, कुन्तीपुत्र हुँ–तपाईंले भनेको यो कुरा मलाई पहिलेदेखि नै थाहा छ । तर कुन्तीले त मलाई त्यागिदिएकी थिइन् तथा सूतले मेरो पालनपोषण गरेका हुन् । आजसम्म मैले दुर्योधनद्वारा प्रदान गरिएको ऐश्वर्य भोग्दै आएको छु, अब त्यसलाई अन्यथा पारिदिने साहस ममा छैन । जसरी वासुदेवनन्दन श्रीकृष्ण पाण्डवहरूको सहायतामा दृढ छन्, त्यसै प्रकार मैले पनि दुर्योधनको निम्ति आप्mनो शरीर, धन, स्त्री, पुत्र र यशलाई अर्पण गरिदिएको छु । जुन कुरा अवश्य हुनेवाला छ, त्यसलाई परिवर्तन गर्न सकिंदैन । पुरुषार्थबाट दैवको विधानलाई कसले बदल्न सक्दछ र ? तपाईंलाई पनि त पृथ्वीको नाशको सूचना दिने अपशकुन ज्ञात भएकै थियो, जसबारे सभामा तपाईंले भन्नुभएको थियो । म पनि पाण्डव र श्रीकृष्णको प्रभावबारेमा जान्दछु, यिनीहरू मानिसहरूको लागि अजेय हुन् तैपनि मेरो मनमा यो विश्वास छ कि म रणमा पाण्डवहरूलाई जित्न सक्दछु । यो वैर अब धेरै बढिसकेको छ, अब यसलाई मेटाउन अत्यन्त गा¥हो छ, यसैले अब म आप्mनो धर्ममा स्थित रहेर प्रसन्नतापूर्वक अर्जुनसित युद्ध गर्नेछु । युद्ध गर्नको लागि मैले निश्चय गरिसकेको छु, अब तपाईंले मलाई आज्ञा दिनुहोस् । तपाईंको आज्ञा लिएर नै युद्ध गर्ने मेरो विचार छ । आजसम्म आप्mनो चपलताको कारणले मैले जे जति कटु वचन भनेको छु वा प्रतिकूल आचरण गरेको छु, त्यसलाई तपाईंले क्षमा गर्नुहोस् ।
    भीष्मजीले भने– कर्ण, यदि यो दारुण वैर मेटिन सक्दैन भने म तिमीलाई युद्ध गर्ने आज्ञा दिंदैछु । तिमी स्वर्गको कामनाले युद्ध गर । क्रोध र डाहालाई छाडेर आप्mनो शक्ति र उत्साहको अनुसार रणमा पराक्रम देखाऊ । सदैव सत्पुरुषहरूको आचरणको पालन गर । अर्जुनसित युद्ध गरेर तिमी क्षत्रिय धर्मबाट प्राप्त हुने लोकमा जानेछौ । अहङ्कारलाई त्यागेर आप्mनो बल र पराक्रममा विश्वास गरेर युद्ध गर । क्षत्रियको लागि धर्मयुक्त युद्धबाट बढी अर्को कुनै कल्याणको साधन छैन । कर्ण, मैले शान्तिको लागि जुन महान् प्रयत्न गरें, त्यसमा सफल हुन सकिनँ । यो कुरा तिमीसित सत्य भनिरहेको छु ।
    राजन्, भीष्मजीले यति भनेपछि कर्णले उनलाई प्रणाम गरेर उनको आज्ञाले रथमा बसेर दुर्योधन भएको ठाउँमा गए ।   (भीष्म पर्व समाप्त)

Friday, November 15, 2019

भीष्मपर्व–६८

भीष्मपर्व–६८

उमाशङ्कर द्विवेदी
    दुःशासनले द्रोणाचार्यलाई भीष्मको मृत्युको समाचार सुनायो । यो अप्रिय समाचार सुनेपछि आचार्य मूर्छित हुन पुगे । अलिक बेरमा उनी सचेत भएपछि उनले आप्mनो सेनालाई युद्ध बन्द गर्ने आदेश दिए । कौरवहरू युद्धभूमिबाट फर्किरहेको हेरेपछि पाण्डवहरूले पनि घोडचढी दूतहरूद्वारा चारैतिर पैmलिएको आप्mनो सेनालाई युद्धबाट रोकिदिए । क्रमशः सबै सेना फर्किगएपछि राजाहरू आआप्mनो कवच र अस्त्रशस्त्र बिसाएर भीष्मजीलाई नमस्कार गरी उनको छेउमा गएर उभिए । त्यतिबेला धर्मात्मा भीष्मजीले आपूm सामु उभिएका राजाहरूलाई सम्बोधित गर्दै भने– महान् शौभाग्यशाली महारथीहरू हो, म तपाईंहरूको स्वागत गर्दैछु । देवोपम वीरहरू हो, यतिबेला तपाईंहरूको दर्शनले मलाई बडो सन्तोष भइरहेको छ । यस प्रकार सबैको अभिनन्दन गरेर भीष्मजीले पुनः भने– मेरो मस्तक तल झुन्डिइरहेको छ, तपाईंहरूले मलाई सजिलो हुनको लागि तकिया ल्याइदिनुहोस् । यो सुनेर राजाहरूले धेरै प्रकारका कोमल र उत्तमउत्तम तकिया लिएर आए, तर पितामहलाई ती तकियाहरू मन परेन । उनले हाँस्दै भने– राजाहरू हो, यी तकियाहरू वीरशøयाको लागि योग्य छैनन् । यसपछि उनले अर्जुनतिर हेर्दै भने–बाबु, धनञ्जय, मेरो मस्तक झुन्डिइरहेको छ, यसकोलागि तिमीले शीघ्र नै ओछ्यानको अनुरूप एउटा तकिया ल्याइदेऊ । तिमी सबै धनुर्धरमध्ये श्रेष्ठ र शक्तिशाली छौं । तिमीलाई क्षत्रिय धर्मबारे ज्ञान छ र तिम्रो बुद्धि निर्मल छ, अतः तिमीले नै यो कार्य गर्न सक्छौ ।
    अर्जुनले पनि बेस भनेर उनको आज्ञा स्वीकार गरे तथा भीष्मजीको अनुमति लिएर आप्mनो गाण्डीव धनुष उचाले । त्यसमाथि तीनवटा बाणलाई राखेर उनले हानेर भीष्मजीको मस्तकलाई अगल्याइदिए । ‘मेरो अभिप्राय अर्जुनले बुझिसके’ भनेर भीष्मजी अत्यन्त प्रसन्न भए । उनले दिएको तकिया पाएर भीष्मजीले अर्जुनको प्रशंसा गर्दै भने–पाण्डुनन्दन, तिमीले यस शøयाको योग्य तकिया लगाइदियौ । यदि यस्तो नगरेको भए म क्रोधित भएर तिमीलाई शाप दिने थिएँ । महाबाहो, आप्mनो धर्ममा स्थित रहने क्षत्रियलाई संग्रामभूमिमा यसै प्रकार शरशøयामाथि शयन गर्नुपर्दछ । अर्जुनसित यति भनेर भीष्मजीले अन्य राजा र राजकुमारहरूसित भने– हेर्नुहोस्, अर्जुनले कस्तो राम्रो तकिया ल्याइदिए । अब म सूर्य उत्तरायणमा न आउन्जेलसम्म यसै शøयामाथि शयन गर्नेछु । त्यतिबेला जो मेरो छेउमा आउनेछन्, उनले मेरो परलोक यात्रा हेर्नेछन् । मेरो वरिपरिको भूमिमा खाड्ल खनिदिनुपर्दछ । यी सयकडौं बाणहरूबाट बिधेको भएर पनि म सूर्यदेवको उपासना गर्नेछु । अन्त्यमा मेरो प्रार्थना यो छ कि तपाईंहरूले अब आपसको वैर त्यागेर युद्ध बन्द गरिदिनुहोस् ।
    तदन्तर, शरीरबाट बाण झिक्नमा कुशल सुशिक्षित वैद्यहरू आप्mनो चिकित्सकीय सर्जामका साथ भीष्मजीको चिकित्साको लागि त्यहाँ उपस्थित भए । उनीहरूलाई हेरेर भीष्मजीले दुर्योधनसित भने– यी चिकित्सकहरूलाई धन दिएर सम्मानको साथमा बिदा गरिदेऊ । यस अवस्थामा पुगिसकेपछि अब मलाई वैद्यको के काम ? क्षत्रिय धर्ममा जुन सर्वोत्तम गति हुन्छ, त्यो मलाई प्राप्त भइसक्यो, बाणशøयामाथि शयन गरेपश्चात् अब चिकित्सा गराउनु मेरो धर्म होइन । यी बाणहरूको साथै मेरो दाहसंस्कार हुनुपर्दछ ।
    पितामहको कुरा सुनेर दुर्योधनले वैद्यहरूलाई धनादिबाट सम्मानित गरेर बिदा गरिदिए । नाना देशका राजाहरू त्यहाँ भेला भएका थिए, भीष्मजीको यो धर्मनिष्ठा र साहस हेरेर धेरै विष्मित भए । यसपछि कौरव र पाण्डवले बाणशøयामाथि सुतेका भीष्मजीजीको तीनचोटि प्रदक्षिणा गरेर उनलाई प्रणाम गरे र उनको रक्षाको प्रबन्ध गरेर सबैजना उनीहरू आआप्mनो शिविरमा फर्किआए ।
    महारथी पाण्डवहरू आप्mनो छाउनीमा प्रसन्न भएर बसेका थिए, यसैबेला भगवान् श्रीकृष्णले आएर युधिष्ठिरसित भने– राजन्, बडो सौभाग्यको कुरा हो कि तपाईंहरूको जीत हँुदैछ । धन्य भाग्य, भीष्मजी मारिए । यी महारथी सम्पूर्ण शास्त्रहरूका पारगामी थिए । मानिसहरूसित यिनी अवध्य त छँदै थिए, देउताहरूले पनि यिनलाई जित्न सक्दैनथे, तर तपाईंको तेजले यिनी दग्ध हुन पुगे ।
    युधिष्ठिरले भने– कृष्ण, विजय त तपाईंको कृपाको फल हो । तपाईं भक्तहरूको भय हरण गर्ने हुनुहुन्छ र हामीहरू तपाईंको शरणमा छौं । जसको रक्षा तपाईंले गर्नुहुन्छ, उनीहरूको यदि विजय भइरहेको छ भने यसमा कुनै आश्चर्यको कुरा छैन । मेरो त यस्तो विश्वास छ, जसले सर्वथा तपाईंको आश्रय लिएको छ, त्यसको लागि कुनै पनि कुरा आश्चर्यजनक छैन । उनले यस्तो भनेपछि भगवान् मुस्काउँदै भने– महाराज, यो कथन तपाईंकै अनुरूप छ ।
    सञ्जयले भने– राजन्, बिहान भएपछि कौरव र पाण्डव पितामह भीष्मजीको निकट उपस्थित भए । उनीहरूले वीरशøयामाथि सुतेका पितामह भीष्मजीलाई प्रणाम गरेर उनको छेउमैं उभिए । हजारौं कन्याहरूले त्यहाँ आएर भीष्मजीको शरीरमा चन्दन, रोली, खील र पूmलको माला चढाएर उनको पूजा गरे । दर्शकहरूमा स्त्री, बूढापाका, बालक, ढोल बजाउने, नट, नर्तक र शिल्पी आदि सबै श्रेणीका मानिसहरू थिए । सबै बडो श्रद्धापूर्वक उनको दर्शन गर्न आएका थिए । कौरव र पाण्डव पनि युद्ध बन्द गरेर कवच तथा हतियार थन्काएर परस्पर प्रेमका साथ आआप्mनो अवस्थाको क्रमबाट पितामहको छेउमा बसे । क्रमशः...




Friday, November 1, 2019

भीष्मपर्व–६७

भीष्मपर्व–६७

उमाशङ्कर द्विवेदी
    यी शिखण्डीका बाणहरू होइनन् । वज्रको समान यी बाणहरूको स्पर्श हुनेबित्तिकै शरीरमा विद्युत् प्रवाह भएभैंm हुन्छ । यी बाणहरू ब्रह्मदण्डको समान भयङ्कर र वज्रको समान दुर्दम्य छन् तथा मेरो मर्मस्थानहरूलाई विदीर्ण पार्दै गइरहेका छन् । अर्जुनबाहेक अन्य कसैको बाणले पनि मलाई यति पीडा पु¥याउन सक्दैन ।
    यति भनेर भीष्मजी मानौं पाण्डवहरूलाई भष्म पारिदिनेछन्, जसरी क्रोधित भएर अर्जुनमाथि पुनः एउटा शक्ति हाने, तर अर्जुनले तत्कालै त्यसलाई तीन टुक्रा पारिदिए । अनि भीष्मजी हातमा ढाल र तरबार लिएर रथबाट ओर्लिन थाले तर उनी रथबाट ओर्लिनुभन्दा पहिले नै अर्जुनले बाण हानेर उनको ढालको सयकडौं टुक्रा पारिहाले । यो हेरेर सबैलाई बडो विस्मय भयो । अर्जुनले आप्mना तीखा बाणबाट उनको रोमरोमलाई बिधिदिए । उनको शरीरमा दुई अङ्गुल पनि यस्तो बाँकी थिएन, जहाँ बाण नलागेको होओस् । यस प्रकार हेर्दाहेर्दै बाण बिध भएर भीष्मजी सूर्यास्तको बेला रथबाट खसे । त्यति बेला उनको मस्तक पूर्वतर्पm फर्केको थियो । उनी खस्नेबित्तिकै देउता र राजाहरूमा हाहाकार मच्चियो । पृथ्वीमाथि वज्रपात भएभैंm शब्द गुञ्जियो । उनको शरीरमा चारैतिर बाण रोपिएको हुनाले उनी बीचमैं झुन्डिए, धर्तीबाट उनको शरीरको स्पर्श भएन । बाण–शøयामाथि सुतेका भीष्मजीको शरीरमा दिव्यभावको आवेश भयो । खस्दाखस्दै उनले हेरे सूर्य त अभैm दक्षिणायनमा नै छन्, यो मरणको उत्तम काल होइन, त्यसैले उनले प्राणत्याग गरेनन्, उनी पूर्ण चैतन्य अवस्थामा नै रहे । त्यसै बेला उनले यो दिव्यवाणी सुने– महात्मा भीष्म त सम्पूर्ण शास्त्रवेत्ताहरूमा श्रेष्ठ हुन्, उनले दक्षिणायनमा आप्mनो मृत्यु किन स्वीकार गरे ? यो सुनेर उनले भने– म अभैm जीवित छु ।
    हिमालयकी पुत्री श्रीगङ्गाजीले जब यो कुरा थाहा पाइन् कि कौरवहरूका पितामह भीष्म भुइँमा खसेर पनि अभैm आप्mनो प्राणलाई बचाएर उत्तरायणलाई पर्खि बसेका छन्, अनि उनले महर्षिहरूलाई हाँसको रूपमा उनको छेउमा पठाइन् । उनीहरू आएर शरशøयामा रहेका भीष्मजीको दर्शन गरेर उनको प्रदक्षिणा गरे । अनि परस्पर भन्न थाले–भीष्मजी त बडो महात्मा हुन् । उनी दक्षिणायनमा किन पो आप्mनो प्राण त्याग्नेछन् ? यति भनेर उनीहरू जान लागेपछि भीष्मजीले उनीहरूसित भने–हंसगण, तपाईंहरूसित सत्य भन्दैछु, म दक्षिणायनमा आप्mनो देहत्याग गर्नेछैन । उत्तरायण भएपछि मात्र म आप्mनो प्राण त्याग गर्नेछु–यो मेरो मनमा पहिलेदेखि नै निश्चित छ । पिताको वरदानले मृत्यु मेरो अधीनमा रहेको छ, त्यसैले नियत समयसम्म प्राण धारण गर्नमा मलाई कुनै विशेष कठिन हुनेछैन ।
    यति भनेर उनी पूर्ववत् शरशøयामाथि सुतिरहे तथा हंसगणहरू गइहाले । त्यति बेला कौरवहरू शोकले मूर्छित भइरहेका थिए । कृपाचार्य र दुर्योधन आदि डाँको छाडेर रुँदै थिए । कतिपयको त विषादको कारण बेहोशी अवस्था भइरहेको थियो, उनीहरूको इन्द्रियहरू जडवत् भइसकेका थिए । कतिपय मानिसहरू गहिरो चिन्तामा डुबेका थिए । युद्धमा कसैको पनि रुचि भइरहेको थिएन । कसैले पनि पाण्डवहरूमाथि धावा गर्न सकेनन् । मानौं कुनै महान् ग्राहले उनीहरूको गोडा समातेको होस् । त्यति बेला सबैजनाले यही अनुमान लगाइरहेका थिए कि कौरवहरूको विनाश हुनमा अब धेरै बेर छैन ।
    पाण्डवहरू विजयी भएका थिए, अतः उनीहरूको दलमा शङ्खनाद हुन थाल्यो । सृञ्जय र सोमकहरू खुशीले ओतप्रोत भइरहेका थिए । भीमसेन ताल ठोकेर सिंहनाद गर्न थाले । कौरवसेनामा कोही बेहोस थिए त कोही रोइरहेका थिए । केही मानिसहरू क्षत्रिय धर्मको निन्दा गरिरहेका थिए त केही मानिसहरू भीष्मजीको प्रशंसा गरिरहेका थिए । भीष्मजी उपनिषद्हरूमा वर्णित योगधारणाको आश्रय लिएर प्रणवको जाप गर्दै उत्तरायणकालको प्रतीक्षा गरिरहे ।
    धृतराष्ट्रले भने– सञ्जय, भीष्मजी महाबली र देउताको समान थिए, उनले आप्mनो पिताको लागि आजन्म ब्रह्मचर्यको पालन गरे । त्यति बेला उनी रणभूमिमा लडेपछि हाम्रो योद्धाहरूको कुन गति भयो होला ? भीष्मजीले आप्mनो दयालुताको कारणले जब शिखण्डीमाथि बाण प्रहार न गर्ने निश्चय गरे, मैले त्यति बेला नै बुझिसकेको थिएँ कि अब पाण्डवहरूको हातबाट कौरवहरू अवश्य नै मारिनेछन् । हरे, मेरोलागि यसभन्दा बढ्ता दुःखको कुरा के नै हुन सक्दछ । वास्तवमा मेरो ह्दय वज्रले बनेको छ र त आज भीष्मजीको मृत्युको कुरा सुनेर पनि यस ह्दयको हजारौं टुक्रा भइरहेको छैन । सञ्जय, कुरुश्रेष्ठ भीष्मजी जुन बेला मारिनुभयो, त्यसपछि यदि उनले केही गरे भने त्यो पनि मलाई सुनाऊ ।
    सञ्जयले भने– सायंकालमा जब भीष्मजी रणभूमिमा लडे, त्यति बेला कौरवहरूलाई औधी दुःख भयो र पाञ्चालदेशीय योद्धाहरू आनन्दोत्सव मनाउन थाले । त्यति बेला तपाईंको पुत्र दुःशासन बडो वेगले द्रोणाचार्यको सेनामा गयो । उसलाई आइरहेको हेरेर कौरव सैनिकहरूले मनमनैमा सोच्न थाले कि हेरौं यिनले के भन्नेछन् ? उसलाई चारैतिरबाट घेरेर उभिए । दुःशासनले द्रोणाचार्यलाई भीष्मको मृत्युको समाचार सुनायो । यो अप्रिय समाचार सुनेपछि आचार्य मूर्छित हुन पुगे । अलिक बेरमा उनी सचेत भएपछि उनले आप्mनो सेनालाई युद्ध बन्द गर्ने आदेश दिए । कौरवहरू युद्धभूमिबाट फर्किरहेको हेरेपछि पाण्डवहरूले पनि घोडचढी दूतहरूद्वारा चारैतिर पैmलिएको आप्mनो सेनालाई युद्ध गर्न रोकिदिए । क्रमशः...

Find us