Showing posts with label प्रमुख समाचार. Show all posts
Showing posts with label प्रमुख समाचार. Show all posts

Monday, November 25, 2019

 गढीमाई मेलामा पुग्न थाल्यो बलि हुने पशु

गढीमाई मेलामा पुग्न थाल्यो बलि हुने पशु

प्रस, वीरगंज, ९ मङ्सिर/
    बारा, बरियारपुरमा ५ वर्षको अन्तरालमा एकपटक लाग्ने गढीमाई मेला अन्तर्गत यसपालि पनि श्रद्धालु भक्तजनहरूको भीड दिनानुदिन बढ्दैछ भने पशुबलिको रूपमा दिइने राँगा मेलास्थलमा पुग्नेक्रम पनि तीव्रता पाएको छ।
    नेपाल–भारतको गाउँगाउँबाट भाकल गरेका भक्तजनहरूले टायरगाडा, ट्याक्टर तथा पैदल विभिन्न ग्रामीण नाकाबाट राँगा गढीमाई मन्दिरभन्दा ५ सय मिटर पूर्वमा रहेको बलिस्थलमा पु¥याउने काम भइरहेको छ। बारा, प्रसौनीकी अनिता देवीले भाइ नहुँदा गढीमाईसँग भाकल गरेको र भाइ जन्मिएपछि विगत दुईवटा मेलादेखि हरेक मेलामा दुईवटा राँगाको बलि दिंदै आएको बताइन्।
    यसै सन्दर्भमा पञ्चवर्षीय मेला व्यवस्थापन समितिले यस वर्ष बलिस्थलमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार जगत्लाई फोटो, भिडियो खिच्न निषेधित गरेको छ।
    सञ्चारमाध्यममा आउने बलिको विभत्स फोटो र भिडियो सामग्रीले गर्दा वन्यजन्तु अधिकारवादी संस्थाहरू तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नकारात्मक असर पर्ने भएकोले यस्तो नियम लगाइएको मेला समितिका मिडिया संयोजक मुकेश यादवले जानकारी दिए । 

    उनका अनुसार मेलाको बलिस्थलमा मेला समिति आपैंmले व्यवस्था गरेको दुईवटा ड्रोन क्यामराबाट खिचेको फोटो र भिडियो सार्वजनिक गर्ने व्यवस्था मिलाइएको बताए। तर मन्दिर परिसरभन्दा एक किलोमिटर वरपरको क्षेत्रमा दिइने राँगा, हाँस, कुखुरा, खसीको बलिको फोटो खिच्न निषेधित नगरिएको उनले बताए। यसपालि मेला समितिका अध्यक्ष मोतीलाल कुशवाहाले बलिप्रथालाई निरुत्साहित गर्न समितिले चार किसिमको व्यवस्था मिलाएको बताए । उनले सो व्यवस्था अनुसार स्वस्थ राँगाको मात्र बलि दिइने, रोगी, अस्वस्थलाई परीक्ष्Fण गरी बलिस्थलबाट निकालिनेछ, राँगा किन्न नसक्ने भक्तहरूले समितिलाई चन्दा रकम दान गर्न सक्ने जस्ता व्यवस्था मिलाइएको उनले जानकारी गराए।
    समितिले हरेक मेलामा कहाँबाट कतिजना गढीमाईको मेलामा बलि दिन आउँछन् भन्ने यकिन तथ्याङ्क नभएकोले यसको नियन्त्रणमा कठिनाइ हुने जनाएको छ।

विद्यालय चार दिन बन्द
प्रस, वीरगंज, ९ मङ्सिर/
    वीरगंज महानगरपालिकाले मङ्सिर १७ र १८ गते मूल पूजा तोकिएको गढीमाई मेलालाई लक्षित गर्दै विद्यालयमा चार दिन विशेष बिदा दिने भएको छ ।
    नेपाल शिक्ष्Fक महासङ्घ, वीरगंज नगर समितिसँग भएको छलफलमा मङ्सिर १५ देखि १८ गतेसम्म निजी तथा सामुदायिक विद्यालय बन्द रहने जानकारी गराइएको छ।
    यसअघि शिक्ष्Fक महासङ्घको वीरगंज नगर समितिले मङ्सिर १६ देखि २० गतेसम्म ५ दिनको बिदा माग गरे तापनि महानगरले एक दिन कम गरी चार दिनको बिदा दिएको नगरसमितिका अध्यक्ष्F विनोद मेहताले जानकारी दिए।

Sunday, November 24, 2019

प्रदेश २ को सौर्य ऊर्जा परियोजनामा भारत, चीन, जर्मनी उत्सुक

प्रदेश २ को सौर्य ऊर्जा परियोजनामा भारत, चीन, जर्मनी उत्सुक

प्रस, परवानीपुर, ८ मङ्सिर/
    प्रदेश नं. २ ले चालू आवमा शुरू गर्न लागेको वैकल्पिक ऊर्जाको केन्द्र सोलार प्लान्टको लागि अघि बढाएको योजनामा भारतीयसँगै चिनियाँ, जर्मन कम्पनीहरूले उत्सुकता देखाएका छन्।
    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गत आवको बजेटबाट प्रदेशमा पचास मेगावाटको सोलार प्रणालीबाट ऊर्जा उत्पादन गर्न अध्ययन तथा प्रतिवेदन तयार पार्न बजेट छुट्याएकोमा सो कार्य यसपालि पूरा गरी सोलार केन्द्र निर्माणको लागि चालू आवदेखि काम शुरू हुने बताएका थिए।
    उनले भने– “अहिले जग्गा छनोटको विषयमा प्रदेश २ का आठ जिल्लामध्ये विभिन्न पालिकासँग छलफल भइरहेको छ, पर्साको पर्सागढी, बाराको प्रसौनी र बर्दिवासबाट पनि सोलार केन्द्र स्थापनाको लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने आश्वासन दिएका छन्। तर अहिले अध्ययन र विस्तृत प्रतिवेदनको पर्खाइमा प्रदेश सरकार छ। त्यो प्रतिवेदन आइसकेपछि जग्गाप्राप्तिको प्रक्रिया र लगानीकर्तासँग प्रदेश सरकारले छलफल गरी काम अगाडि बढाउनेछ।”
    उनले प्रदेश सरकारले वैकल्पिक ऊर्जामा आत्मनिर्भर बन्न सोलार केन्द्रको स्थापना गर्न लागेको र त्यो ऊर्जालाई नेपाल विद्युत् प्राधिकरणको ग्रीडमा जोडेर त्यसबापत प्रदेश २ को ८ जिल्लामा महसूल घटाउन केन्द्र सरकारसँग पहल गर्ने लक्ष्य रहेको बताए। उनले सबैभन्दा बढी बिजुली खपत गर्ने क्षेत्र भनेको औद्योगिक र कृषि रहेको बताउँदै पर्सादेखि सप्तरीसम्म प्रदेश २ का ८ जिल्लामा अहिले कृषिमा बढी बिजुली खपत हुने बताए। त्यस कारण प्रदेश सरकारले वैकल्पिक ऊर्जा केन्द्रबाट उत्पादन भएको बिजुलीलाई सोही लक्षित समूहहरूलाई न्यूनदरमा बिजुली उपलब्ध गराउने सरकारको नीति रहेको उनले बताए।
    सौर्य ऊर्जा केन्द्र स्थापनाको लागि नेपालको चौधरी समूहले पनि इच्छा जाहेर गरेको भए तापनि पारदर्शी तरीकाबाट सार्वजनिक खरीद ऐन, विद्युत् ऐन, प्रादेशिक विद्युत् ऐनलगायत नियम कानूनलाई मध्यनजर गर्दै टेन्डरबाट लगानीकर्ता छनोट गरिने प्रदेश सरकारको तयारी रहेको उनले धारणा व्यक्त गरे ।
निकुञ्जको राजमार्ग क्षेत्रमा सेनाको सरसफाइ

निकुञ्जको राजमार्ग क्षेत्रमा सेनाको सरसफाइ

प्रस, पथलैया, ७ मङ्सिर/
    नेपाली सेनाको सिद्धिबक्स गण र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा शनिवार पथलैया–अमलेखगंज सडकखण्डको दायाँबायाँको क्षेत्रमा सरसफाइ गरिएको छ।
    राजमार्गमा गुड्ने सवारीसाधनका यात्रुले फालेको फोहोर सेना र निकुञ्जको सक्रियतामा सरसफाइ गरिएको हो। त्रिभुवन राजपथ अन्तर्गत पथलैया–अमलेखगंज सडकखण्ड पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्छ।
    नेपाली सेना, निकुञ्ज कर्मचारी, प्रहरी, मध्यवर्ती वन उपभोक्ता समितिका सदस्य गरी करीब पाँच सयको सहभागितामा यात्रुले प्रयोग गरी फालेका पानीको बोतल, प्लास्टिक, कागजलगायतका फोहोर सङ्कलन गरिएको थियो। यात्रुले प्रयोग गरी फालेका फोहोरसँगै निकुञ्जको
जङ्गलमा सवारीसाधन रोकेर जथाभावी दिसापिसाब गर्ने, मरेका जनावर अन्यत्रबाट ल्याएर प्mयाँक्ने गर्दा उक्त क्षेत्र दुर्गन्धितसमेत हुने गरेको थियो।
    सेनाले सरसफाइ गरिएको क्षेत्रमा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै उक्त क्षेत्रमा सेनाले निगरानीसमेत गर्ने बताए । निकुञ्ज क्षेत्रमा हुने फोहोर नियन्त्रण गर्न सेनाले सवारीसाधनमा डस्टबिन राख्ने अभियानसमेत शुरू गर्न लागेको छ। सवारीसाधनमा डस्टबिन राखिएपछि जथाभावी फोहोर फाल्न कम हुने र सवारीसाधनबाट निस्कने फोहोरको उचित व्यवस्थापन हुने सिद्धिबक्स गणका प्रमुख सेनानी प्रकाश थापाले बताए।
    सरसफाइसँगै निकुञ्ज र सेनाले सवारीसाधनलाई लक्षित गरी चेतनामूलक अभियान शुरू गर्न लागेको थापाले जानकारी दिए। गाडीभित्रको फोहोर गाडीभित्रै व्यवस्थापन गर्न अभियान शुरू गरिएको र फोहोर नियन्त्रण गर्न यात्रुलाई सचेत गराउन लागिएको थापाको भनाइ थियो।
    चेतनामूलक अभियान अन्तर्गत सार्वजनिक सवारीसाधनमा फोहोर व्यवस्थापन गर्न यात्रुलाई आग्रहसहित सचेत गराउने सामग्री बजाउने व्यवस्था गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए । निकुञ्ज क्षेत्र प्रवेश गर्नुअघि सवारीसाधनमा उक्त चेतनामूलक सामग्री बजाइयो भने यात्रु सचेत हुने र जथाभावी फोहोर नफाल्ने आशा आपूmहरूले राखेको महर्जनको भनाइ छ। नेपाली सेना २८ नं. वाहिनीका वाहिनीपति सहायक रथी अनुपजङ्ग थापाले आमनागरिक सचेत नबन्दासम्म फोहोर व्यवस्थापन चुनौती हुने भन्दै सेना र निकुञ्जको अभियानमा सबैले साथ दिनुपर्ने बताए।
    राजमार्गको फोहोर व्यवस्थापनसँगै निकुञ्जले तीव्रगतिमा गुड्ने सवारीसाधनबाट वन्यजन्तुमा हुने क्षति नियन्त्रणका लागि पनि चेतनामूलक स्टिकर टाँस्ने अभियान पनि शुरू गरेको छ। निकुञ्जको जङ्गलबाट सडक पार गर्न निस्कने वन्यजन्तु सवारीसाधनबाट असुरक्षित रहेको भन्दै सवारी चालकलाई लक्षित गरी स्टिकर अभियान शुरू गरेको संरक्षण अधिकृत महर्जनले बताए। महर्जनका अनुसार निकुञ्ज क्षेत्र प्रवेश गर्ने पथलैया र अमलेखगंजमा प्रहरीको सहयोगमा स्टिकर टाँस्न थालिएको छ।
    सिद्धिबक्स गण र निकुञ्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा सेनाको २८ नम्बर वाहिनी, चन्दननाथ गण, चण्डोप्रसाद गण, प्रतिविद्रोह तथा जङ्गल वारफेर शिक्षालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, पथलैया प्रहरी चौकी, अमलेखगंज प्रहरी चौकी, मध्यवर्ती वन व्यवस्थापन समितिलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो। सहभागीले पथलैया–अमलेखगंज खण्डको १० किलोमिटर क्षेत्रको राजमार्गमा सरसफाइ गरेका थिए।

Friday, November 22, 2019

 गढीमाई मेला सफल पार्न जुट्दै स्थानीय तह

गढीमाई मेला सफल पार्न जुट्दै स्थानीय तह


प्रस, पथलैया, ६ मङ्सिर/
    विश्वप्रसिद्ध गढीमाई मेला सफल पार्न बाराका सबै स्थानीय तह एकजुट भएका छन्। बरियारपुरमा जारी एक महीने मेलालाई सफल बनाउन जिल्लाको १६ वटै स्थानीय तह जुटेका छन्।
    लाखौं भक्तालुको उपस्थिति रहने मेलालाई व्यवस्थित बनाउन आवश्यकता अनुसारको पूर्वाधार तयार गर्न स्थानीय तहको छुट्टाछुट्टै योजना बनेको छ। मेलामा आउने भक्तजनलाई आवतजावत गर्न सहजताका लागि बाटो निर्माण तथा मर्मत, भक्तजन सुत्ने र आराम गर्ने पण्डाल, पिउने पानी, शौचालय, निश्शुल्क स्वास्थ्य शिविरलगायत विभिन्न काम गर्ने घोषणा स्थानीय तहले गरिसकेका छन्।
    जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिका गरी १६ स्थानीय तह छन्। गढीमाई मन्दिर महागढीमाई नगरपालिका–१ मा पर्दछ। मेला व्यवस्थापनका लागि महागढीमाई नगरपालिकाले मात्रै एक करोड रकम खर्च गर्ने योजना बनाएको छ। महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले मेला व्यवस्थापनका लागि एक करोड रकम विनियोजन गरे पनि अपुग देखिएको बताए।
    “देशविदेशबाट ६० लाखभन्दा बढी भक्तजन आउँछन्, टाढाबाट आउनेहरूका लागि बस्ने र आराम गर्ने व्यवस्था गर्नुपर्दछ,” यादवले भने, “त्यसबाहेक बाटो, पानी, शौचालय, विद्युतीकरण, सुरक्षालगायत विभिन्न पूर्वाधारको तयारी गर्नु चुनौतीपूर्ण छ। तर हामी सबै गरिरहेका छौं।”
    शीतलहरको समयमा खुला चौरमा मेला लाग्ने हुँदा भक्तजन बस्ने पण्डालको बढी आवश्यकता पर्ने यादवको भनाइ छ । महागढीमाई नगरपालिकाले पण्डाललाई प्राथमिकता दिएको भन्दै यादवले एउटा पण्डालमा २५ हजारसम्म भक्तजन आराम गर्न सक्ने जानकारी दिए। त्यसबाहेक मेला क्षेत्रमा पाँच सयभन्दा बढी अस्थायी शौचालय निर्माण भइरहेको छ।
    सुरक्षाका लागि मेला क्षेत्रमा ८० वटा सिसी क्यामरा जडान भइरहेको यादवले बताए। उनले शुद्ध पानीका लागि मेला क्षेत्रमा करीब एक हजार चापाकल गाड्ने काम भइरहेको र केही चापाकल स्थायीरूपमैं निर्माण गरिने जानकारी दिए । मेलालाई सफल बनाउन जिल्लाका अन्य १५ स्थानीय तहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आपूmलाई खुशी लागेको यादवले बताए।
    यादवका अनुसार अन्य स्थानीय तहले भक्तजनलाई लक्षित गरी पूर्वाधार तयार गर्न इच्छा देखाएका छन्। आपूmले पनि भक्तजनको सहजताका लागि सहयोगको अपेक्षा राखेको यादवको भनाइ छ। “प्रत्येक स्थानीय तहले बढीमा ६ लाखसम्मको पूर्वाधार सहयोग गर्ने भएका छन्। जुन हाम्रोलागि ठूलै सहयोग हो,” यादवले भने, “यो मेला महागढीमाईवासीको मात्रै होइन। जिल्ला, प्रदेश अनि समग्र देशकै हो। सम्भव भएसम्म मेला सफल बनाउन सबैले आआप्mनोतर्पmबाट भूमिका खेल्नुहुन्छ भन्नेमा आशावादी छु।”
    जिल्लाको पर्यटकीय विकासका लागि गढीमाई मेला मुख्य आधार रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले मेला सफल पार्ने दायित्व सबैको रहेको बताए। उनले मेला सफल बनाउन आवश्यक पूर्वाधारका लागि कार्यपालिकामा छलफल गरी सहयोग गर्ने जानकारी दिए। कोल्हवी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारीले मेला सफल बनाउन विभिन्न योजना बनाएको बताए। गढीमाई मन्दिर प्रवेश गर्ने सडक मर्मत गरिरहेको भन्दै भण्डारीले एउटा पण्डाल र ५० थान चापाकल आप्mनो नगरले सहयोग गर्ने जानकारी दिए। मेला अवधिभरका लागि नगरमा रहेको वारुणयन्त्र मेला क्षेत्रमा राखिनेसमेत भण्डारीले बताए।
    जिल्ला समन्वय समितिको नेतृत्वमा प्रत्येक महीना बस्ने पालिकाको बैठकमा समेत गढीमाई मेलाको विषयमा छलफल हँुदै आएको थियो। मेला नजीकिंदै गएपछि सहयोगको घोषणा गर्न थालेका सबै पालिकाले अहिले पूर्वाधार तयारी गर्न थालेका छन्। निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालले मेला क्षेत्रमा शिशु तथा बालबालिकाका लागि स्तनपान गराउने सुरक्षित क्षेत्र निर्माण गराउने योजना आप्mनो रहेको बताए। अन्तर्राष्ट्रियस्तरमैं प्रसिद्ध मेला सफल बनाउन सबैले भूमिका खेल्नुपर्ने भन्दै नगरप्रमुख खनालले प्रवेशद्वार र अन्य पूर्वाधारमा सहयोग गर्ने बताए।
    कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश यादवले मेलाका लागि १५ लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको बताए। उनले मेलालाई लक्षित गरी खोलामा वैकल्पिक मार्ग निर्माण गर्ने, २४ घण्टा स्वास्थ्य शिविर चलाउने, पण्डाल तयार गर्नका लागि बजेट छुट्याएको यादवको भनाइ छ।
    पशुबलिका लागि प्रसिद्ध गढीमाई मेला मङ्सिर १ गतेदेखि शुरू भइसकेको छ। मङ्सिरको दोस्रो सातादेखि मेलामा भक्तजनको भीड लाग्ने  गर्दछ।
    मेला समितिले मङ्सिर १७ र १८ गते पशुबलिको तयारी गरेको छ। यता पशु संरक्षणमा सक्रिय सङ्घसंस्थाले बलि नचढाउन अनुरोध गर्दै आएका छन्।

Thursday, November 21, 2019

शुल्क फिर्ताको माग गर्दै नेशनल मेडिकल कलेजमा धर्ना

शुल्क फिर्ताको माग गर्दै नेशनल मेडिकल कलेजमा धर्ना

प्रस, वीरगंज, ५ मङ्सिर/
    नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन् । कलेजअगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘मेडिकल माफिया मुर्दाबाद’, ‘विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन’, ‘कलेज प्रशासनको विद्यार्थीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ’ नारासहित प्लेकार्ड बोकी धर्नामा बसेका थिए । साँझ ५ बजे धर्ना सकिएपछि कलेजको व्यवस्थापन पक्षले कलेजको ढोका बन्द गरेको थियो । आन्दोलनरत विद्यार्थीहरू रातिसम्म कलेजबाहिर बसिरहेका जानकारी प्राप्त भएको छ ।
    नेपालभरिका मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गर्दा सरकारले १५ दिनको अन्तिम म्याद तोकी रकम फिर्ता गर्न निर्देशन दिएकोमा सो म्याद सकिन चार दिन बाँकी छँदा विद्यार्थीहरूले दबाबस्वरूप आजदेखि धर्ना दिन शुरू गरेको बताएका थिए । सरकार र कलेज व्यवस्थापनबीच बढी रकम फिर्ता दिने सहमति भएको तर रकम फिर्ता नगरेका नेशनल मेडिकल कलेजलगायत अन्य कलेजहरूमा आन्दोलन जारी छ ।
    यसअघि विद्यार्थीहरूले गत कात्तिक ८ गतेदेखि एक सातासम्म आन्दोलन चर्काएका थिए । सोक्रममा कलेजको व्यवस्थापन पक्षले विद्यार्थीहरूमाथि मानसिक यातनासहित भौतिक कारबाई गरेको थियो । आजको धर्नामा प्रहरीले कडा सुरक्ष्Fा दिएको थियो ।

फरक समाचार

Find us