Showing posts with label प्रमुख समाचार. Show all posts
Showing posts with label प्रमुख समाचार. Show all posts

Thursday, December 5, 2019

गढीमाई मेला बलि व्यवस्थापनका संयोजकसहित तीनजना पक्राउ

गढीमाई मेला बलि व्यवस्थापनका संयोजकसहित तीनजना पक्राउ

प्रस, वीरगंज, १९ मङ्सिर/
    बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोेखरेलले गढीमाई मेलामा बलि व्यवस्थापन समितिका अध्यक्षसहित तीनजनालाई राँगा व्यवस्थापनमा लापरवाही गरेको कसूरमा पक्राउ गरेको समाचार छ ।
    बलि व्यवस्थापन उपसमितिका संयोजक रवीन्द्र महतोसहित तीनजनालाई तीन घण्टा नियन्त्रणमा लिएर प्रजिअ पोखरेलले छाडेका हुन ।
    बलि व्यवस्थापन उपसमितिले राँगा बलिको क्रममा चरम लापरवाही गरी राँगाको लगत नराखेको, छालासहित बलि दिएका राँगाहरू लुटाएको आरोपमा प्रजिअले महतोलगायत तीनजनालाई नियन्त्रणमा लिएका थिए ।
    उपसमितिले राँगाको लगत राखेर बलि दिएको प्रमाण पेश गरेपछि उनीहरूलाई रिहा गरिएको थियो । प्रत्येक गढीमाई मेलामा दलित समुदायले राँगाको सिनो नउठाउने निर्णय गर्ने र पछि बलि भएलगत्तै सिनो लुटेर लैजाने परम्परा यसपटक पनि जारी रह्यो । यसपटक राँगाको छाला पनि नहटाएर सिनो लुटिएको छ ।
    मङ्सिर १७ गते राँगाको बलि दिइएको थियो । बलि शुरू भएपछि बारा र पर्साका दलित समुदायसँगै यसपटक बाराको जीतपुरसिमरा उपमहानगर, कलैया उपमहानगर, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका र छिमेकी भारतसमेतबाट अन्य समुदायका मानिसहरूले पनि राँगाको सिनो लुटेर लगेको प्रेस संयोजन उपसमितिका संयोजक मुकेश यादवले बताए । उनले पञ्चवर्षीय गढीमाई मेलामा यसपटक पहिलोचोटि छालासहितको राँगाको सिनो लुटेर लगेको बताए । उनले बलिकै दिन करीब १४ हजारको सङ्ख्यामा राँगाको सिनो लुटिएको घटना पनि प्रथमपटक भएको बताए । यसैबीच, पशुबलिको लागि विश्वमैं विख्यात गढीमाई मेलामा ४ लाख सङ्ख्याको हाराहारीमा बोकाको बलि दिएको प्रेस संयोजक यादवले बताए ।
    चार किल्ला तोकिएको स्थानभित्र सो परिमाणमा बलि दिएको अनुमान गरिएको उनले दाबी गरे । बोका बलिको सङ्ख्या पुष्टि गर्ने आधार अहिलेसम्म गढीमाई मेलाले बनाउन सकेको छैन । अनुमानको आधारमा दाबी गर्ने पुरानो परम्परालाई अहिले पनि कायम गरिएको छ ।
    यसैगरी हाँस, कुखुराको लगत पनि छैन । परेवा व्यवस्थापनका लागि यसपटक परेवा संरक्षण समिति निर्माण गरिएको थियो । पशु कल्याण सङ्घले एउटा गैरसरकारी संस्थालाई परेवा संरक्षणका लागि ६ लाख रुपैयाँ खर्च गरी जिम्मा सुम्पेको थियो । तर समिति र संस्थाबीच रकमको कुरालाई लिएर विवाद भयो र परेवाको संरक्षणमा लापरवाही गरिंदा आधाभन्दा बढी परेवा मरेका छन् भने थुप्रै परेवा लुटिएका पनि छन् । परेवा लुटेराले प्रतिजोडा रु ५ सयसम्ममा बिक्री गरेको पाइएको थियो ।
    वीरगंजमा बलिको दिनसम्म परेवा प्रतिजोडी रु १ हजार थियो भने कलैयादेखि बरियारपुरसम्म रु ८ सयमा बिक्री भइरहेको थियो । गढीमाई मेला शुरू भएको मङ्सिर १ गतेदेखि हालसम्म करीब सवा करोड मानिसले मेला अवलोकन गरिसकेको प्रेस संयोजक यादवले दाबी गरेका छन् ।

Wednesday, December 4, 2019

श्रीसियावासीलाई मुआवजा कट्ठाको रु २४ लाखदेखि ६७ लाखसम्म दिने, गाउँलेद्वारा अस्वीकार

श्रीसियावासीलाई मुआवजा कट्ठाको रु २४ लाखदेखि ६७ लाखसम्म दिने, गाउँलेद्वारा अस्वीकार

प्रस, वीरगंज, १८ मङ्सिर/
    वीरगंज–२५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीबीचको रोक्का राखिएको ६२ बिघा जग्गाको मुआवजाबारे स्थानीय मूल्याङ्कन तथा मुआवजा समितिले कट्ठाको मोलको निर्णय गरेको छ ।
    समितिले सो क्षेत्रको प्रतिकट्ठा जग्गाको न्यूनतम २४ लाखदेखि अधिकतम ६७ लाख रुपैयाँसम्म मुआवजा दिने निर्णय गरेको छ ।
    पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई अध्यक्ष रहेको उक्त समितिले बुधवार बैठक बसी जग्गाको १३ वटा प्रकृतिको आधारमा जग्गाको मूल्याङ्कन गरेर मुआवजा दर निर्णय गरेको हो ।
    प्रजिअ भट्टराईका अनुसार श्रीसियाको ६२ बिघामध्ये १५ बिघा ऐलानी जग्गा रहेको र मुआवजा वितरण गर्नुपर्ने जग्गा ९९९ वटा कित्ता रहेको बताउँदै मूल्याङ्कन समितिले गरेको निर्णय अनुसार मुआवजा वितरण गरियो भने ४ अर्ब रुपैयाँ लाग्ने बताएका छन् । मुआवजा वितरणको जिम्मा सुक्खा बन्दरगाह भन्सारलाई दिने गरी मुआवजाको कार्य अघि बढाउने प्रजिअले निर्देशन दिइसकेका छन् ।
    घर–गोठ–टहरा तथा काठपात–फलपूmलको मूल्याङ्कन उपसमितिका संयोजक तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको अध्यक्षतामा गठित समितिले मुआवजाको माग र निवेदनको आधारमा छुट्टै रकम दिने निर्णय गरेको छ ।
    मुआवजा सङ्घर्ष समितिका सदस्य विजय तिवारीले सरकारी पक्षले गरेको निर्णय आपूmहरूलाई स्वीकार नभएको बताएका छन् । उनले पद्मरोडको उत्तरमा रु डेढ करोड प्रतिकट्ठामा जग्गा बिक्री भइरहेको र आपूmहरू उठिबास हुने गरी कसरी रु ६७ लाखमा मान्ने भन्दै चिन्ता व्यक्त गरे ।
    पछिल्लो निर्णयबारे आपूmहरूलाई थाहा नभएको र थाहा पाएपछि गाउँमा भेला गरी आन्दोलन थप सशक्त बनाउने बताए । गाउँलेले मुआवजाको उचित निकास वा पुनर्वासको माग गरेका छन् ।   गाउँलेले धुरको न्यूनतम ८ लाखदेखि अधिकतम २१ लाख रुपैयाँसम्म मुआवजा माग गरेका छन् । सम्भव छैन भने ६२ बिघा जग्गा अन्यत्र खरीद गरी हाल भए गरेको भौतिक पूर्वाधार विकास गरी बसोबासको व्यवस्था मिलाउन माग गर्दै आएका छन् ।
     तीन वर्षदेखि मुआवजा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबारसमेत गर्न पाएका छैनन् ।
    मुआवजाको विषयमा घडेरी, कालोपत्रे सडकछेउको जग्गा, पद्मरोड छेउको जग्गा, खेत, कच्ची सडकको जग्गालगायत १३ वटा वर्गको आधारमा मुआवजा दिने निर्णय भएको हो । बैठकमा महानगर, मालपोत कार्यालय पर्सा, सुक्खा बन्दरगाहका प्रतिनिधिलगायतको सहभागिता थियो ।

Tuesday, December 3, 2019

पञ्चवर्षीय गढीमाईमा विशेष पूजा सम्पन्न, साढे ते¥ह हजार राँगाको बलि चढ्यो

पञ्चवर्षीय गढीमाईमा विशेष पूजा सम्पन्न, साढे ते¥ह हजार राँगाको बलि चढ्यो

प्रस, निजगढ, १७ मङ्सिर/
    प्रदेश नं २ अन्तर्गत बारा जिल्लाको बरियारपुर–१ मा गढीमाई पञ्चवर्षीय मेलामा सोमवार राति १२ बजे विशेष पूजा विधिवत्रूपमा सम्पन्न भयो ।
    पुरोहित ताराकृष्ण पाण्डेयद्वारा मन्त्र उच्चारण गरी गढीमाईका मूल पुजारी मङ्गल चौधरी र तान्त्रिक दुखा धामीले विशेष पूजा गरेका थिए ।
    गढीमाई देवीको मन्दिरदेखि करीब ३ सय मिटर पूर्वस्थित ब्रह्मस्थानमा विशेष पूजाआजा गर्दै मुसा, सुङ्गुर, बोका, राँगाको बलि दिएर र तान्त्रिक दुखा धामीले आप्mनो शरीरको पाँच स्थानबाट रगत निकालेर चढाएपछि बलि शुरू भएको हो । तान्त्रिक दुखा धामीले आप्mनो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्राबाट रगत निकाली रगत चढाएका थिए ।
    राति १२ बजेदेखि तान्त्रिक विधिबाट गढीमाई मन्दिरका पुजारीहरूले विशेष पूजा शुरू गरेका थिए । पूजापाठ गर्दागर्दै आपैंm बत्ती बलेपछि पूजा सफल भएको मन्दिरका पुजारी शिव चौधरीले बताए । आपैंm बत्ती बलेपछि पहिले पाँच वर्षभन्दा बढी उमेरको बोका र जङ्गलबाट ल्याइएको सेतो मुसा, बच्चा अवस्थाको हाँसको अन्डा, बाख्रा र परेवालाई ब्रह्मस्थानमा नै पञ्चबलि दिइएको थियो । पञ्चबलि दिएपछि बलिको लागि ल्याइएका राँगाहरूमध्ये एउटा राँगाको बलि आपैंmले दिएर पूजापाठ गरेपछि गढीमाईलाई राँगा बलि दिने कार्य शुरू भएको पुजारी चौधरीले जानकारी दिए ।
    श्रद्धालु भक्तजनहरूले बलिका लागि ल्याएका राँगालाई ब्रह्मस्थानसँगैको वधशालामा सङ्कलन गरिएको थियो । सङ्कलन गरिएका राँगालाई गढीमाई पूजा व्यवस्थापन समितिले तोकेका तीन सयजना स्वयंसेवकहरूले धारिलो  खुँडा, खुकुरीले मार हानेर बलि दिएका थिए । यस वर्ष करीब १३५०० वटा राँगाको बलि चढेको वधशालाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार करीब ११ हजार राँगा वधशालामा दर्ता भई बलि दिइएको थियो भने आसपास क्षेत्रमा गरी करीब २५०० वटा राँगाको बलि चढाइएको थियो ।
    मङ्सिर १७ गते मङ्गलवार दिनभरि राँगाको बलि चढ्यो । १८ गते बुधवारदेखि बोकाको बलि चढ्ने र परेवा उडाउने तिथि रहेको छ । पशुबलि चढाउन मुलुकका विभिन्न जिल्ला र मित्रराष्ट्र भारतका विभिन्न राज्यहरूबाट श्रद्धालु भक्तजनहरू गढीमाईको दर्शन गर्न आइपुगेका छन् ।
    भाकल पूरा भएपछि आउनेहरूले बोका, राँगाको बलि दिने र केहीले परेवा उडाउने गरेको मन्दिरका पुजारीले बताए । त्यसैगरी, नरिवलको पानी माताको चरणमा चढाउन आएका भक्तजनहरूको पनि घुइँचो थियो । चिताएको माग्दा गढीमाईले मनोकाङ्क्षा पूरा गरिदिने जनविश्वास छ ।
    अहिंसावादी विभिन्न सङ्घसंस्थाहरूले बलिको विरोध गरेसँगै बलि दिइरहेको श्रव्य दृश्य वा तस्वीर खिच्न गढीमाई बलि व्यवस्थापन समितिले वर्जित गरेको थियो ।
    मङ्सिर १ गतेदेखि शुरू भएको  पञ्चवर्षीय गढीमाई पूजा तथा मेला मङ्सिर महीनाभरि चल्नेछ । मेला अवधिभर ६० देखि ८० लाख भक्तजन गढीमाई मेलामा आउने गढीमाई मेला व्यवस्थापन समितिको अनुमान छ ।
पर्सा जिल्लामैं गढीमाईको भाकल चढाइयो
प्रस, सेढवा/
    बाराको बरियारपुरस्थित विश्वमा बलिको लागि प्रसिद्ध गढीमाई मन्दिरमा दिइने बलि सरह पर्सा जिल्लामा पनि बलि दिइने प्रचलन छ ।
    पञ्चवर्षीय मेलामा मानिसहरूको घुइँचो लाग्ने र बस्ने, खाने, सुत्ने, शौच गर्नेलगायतका समस्या झेल्नुपर्ने भएकाले पर्सा जिल्लाका अधिकांश ग्रामीणवासीले आआप्mनो क्षेत्रमा बलि दिने, पूजाअर्चना गर्ने कार्य गर्दै आएका छन् ।
    सखुवाप्रसौनी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी नगरपालिकालगायतका ठाउँमा यस प्रकारको प्रचलन रहेको त्यहाँका मानिसहरूले बताएका छन् ।
    सखुवाप्रसौनी गापा–३ निवासी ७० वर्षीय कमल यादवले गढीमाई मेलामा भाकल चढाउन जाँदा समस्या भोग्नुपरेका कारण थुप्रै वर्ष अगाडिदेखि भाकल तथा गढीमाईको पूजा गाउँमैं गर्ने प्रचलन शुरू भएको बताए । उनले भाकल गर्नेहरूले आप्mनो वडा, क्षेत्र छाडेर गाउँकै अन्य क्षेत्रमा भाकल, पूजा गर्ने कार्य गर्दै आएको बताए ।
    जीराभवानी गापा–३ सेढवा का ५६ वर्षीय रामराज दास थारूले पनि गढीमाईमा गरिने भाकल गाउँमैं पूजाआजा गरेर सम्पन्न गर्ने गरेको बताए । गाउँलेहरूले राँगा, बोका, कुखुरा, हाँस, परेवा र मिठाइको भाकल आप्mनो टोलबाहेकको क्ष्Fेत्रमा गर्ने गरेको बताए । गढीमाई मेलामा लाखौं मानिसहरूको भीड हुने र त्यहाँ बलिलगायतका भाकल पूरा गर्न जाँदा समस्या बेहोर्नुपरेको हुनाले गाउँलेहरूले यो कार्यलाई गाउँमैं निरन्तरता दिंदै आएको उनको भनाइ थियो ।
    पर्सागढी नगरपालिकामा आज मात्र एक हजार राँगा र बोकाको बलि दिइएको बताइन्छ ।
    बाराको गढीमाईमा भने बलिको लागि छुट्टै सिमाना तोकिएको छ । परम्परागतरूपमा पञ्चवर्षीय मेलामा दिइने भाकल तोकिएको सिमानामा दिन सकिनेछ तर पर्सा जिल्लाका केही गाउँमा भने आपैंmले सिमाना तोकेर भाकल पूरा गर्दै आएका छन् ।
    आज मङ्गलवार परेकोले पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा थोरै मात्र बलि चढाइयो ।
    बुधवार पनि बलि यथावत् रहने र सो दिन थुप्रै मानिसहरूको सहभागिता हुन सक्ने अनुमान गरिएको छ ।

Monday, December 2, 2019

हिउँदे बालीको लागि रासायनिक मल भित्रिन शुरू

हिउँदे बालीको लागि रासायनिक मल भित्रिन शुरू

प्रस, वीरगंज, १६ मङ्सिर/
    हिउँदे बालीका लागि आवश्यक रासायनिक मलको अभाव हुन नदिन सरकारले वीरगंज नाकाबाट नेपालका लागि डिएपी मल भिœयाउन शुरू गरेको कृषि सामग्री कम्पनी लिमिटेड क्ष्Fेत्रीय कार्यालय वीरगंजले जनाएको छ ।
    गहुँ, तोरी, मसुरोलगायत रवि बालीको खेती शुरू हुनु एक महीनाअगाडि नै सरकारले चीन तथा ओमानबाट आयात गरेको रासायनिक मल वीरगंज नाकाबाट नेपाल भित्रिन शुरू भएको छ ।
    ग्लोबल टेन्डरमार्पmत् सरकारले हिउँदे बालीका लागि खरीद गरेको ४५ हजार मेट्रिकटन डिएपी र ६० हजार मेट्रिकटन युरिया मलको पहिलो खेप वीरगंजको श्रीसिया सुक्खा बन्दरगाहमा आइपुगेको सो कार्यालयले जनाएको छ ।
    भारतको कोलकाता बन्दरगाहबाट रेलमार्पmत् पहिलो खेपमा २ हजार ५ सय मेट्रिकटन डिएपी मल श्रीसिया सुक्खा बन्दरगाहमा पुगेको कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजले जनाएको छ ।
    ५ महीनाअगाडि नै ग्लोबल टेन्डरमार्पmत् खरीद गरिएको मल नेपाल भित्रिन शुरू भएकोे हो । एक महीनाभित्र पूरै मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश नं २ का प्रबन्धक गोविन्दप्रसाद पराजुलीले बताए ।
    आयात हुन लागेकोमध्ये विराटनगर वितरण केन्द्रका लागि युरिया १२ हजार ५ सय मेट्रिकटन, डिएपी ११ हजार मेट्रिकटन सडकबाट र वीरगंज तथा भैरहवा वितरण केन्द्रका लागि ८१ हजार ५ सय मेट्रिकटन मल रेलबाट नेपाल भित्रिने कृषि सामग्री कम्पनीले जनाएको छ ।
    आयात भएको मलमध्ये वीरगंज वितरण केन्द्रलाई युरिया २५ हजार मेट्रिकटन, डिएपी १७ हजार ५ सय मेट्रिकटन र भैरहवाका लागि युरिया २२ हजार ५ सय मेट्रिकटन, डिएपी १६ हजार ५ सय मेट्रिकटन छुट्याइएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

Sunday, December 1, 2019

सीमास्तम्भ बनेपछि पनि ठोरीको समस्या समाधान भएन

सीमास्तम्भ बनेपछि पनि ठोरीको समस्या समाधान भएन

विमला गुप्ता, वीरगंज, १५ मङ्सिर/
    भारतीय सीमासँगै जोडिएको पर्साको ठोरी गाउँपालिका वडा नंं. ३ रामनगरका बासिन्दाहरू अभैm पनि सीमापारिका भारतीयको ज्यादती सहन बाध्य छन् ।
    सीमास्तम्भ नहुँदासम्म ठोरी खोला पानीको मुहान र सेतो पहाडसमेत भारतको हो भन्दै मनपरी गर्थे । अहिले सीमास्तम्भ बनिसकेको छ । दुवैतर्पmका सीमा टोली बसेर दुईवटा सीमास्तम्भ निर्माण गरिसकेपछि भारतीयले पहिले दाबी गरेको स्थल स्पष्टरूपमा नेपाल साबित भएको छ । फेरि पनि सीमावर्ती भारतीयहरू पानीको मुहान र सेतो पहाड छोड्न तयार छैनन् । “ठुटे खोलाको मुहान नेपालमा परे पनि पानी हाम्रो हो । मुहान छेउको पहाड पनि हाम्रै हो,” भन्दै भारतीयहरू पानीमा अधिकार जमाइरहेका छन् । ठोरी, रामनगर र बुद्धनगरका बासिन्दाले सो कुराको प्रतिवाद गरेपछि भारतीयहरूले निर्माणाधीन हुलाकी सडक अन्तर्गत ठोरी खोलाको पुल निर्माणमा समेत अवरोध गरेका छन् । पक्की नहर बनाएर भारततर्पm स्थायीरूपमा पानी लान नदिएसम्म नदी आसपासको हुलाकी सडक निर्माण गर्न र पुल सञ्चालनमा आउन नदिने भारतीयको अडान छ ।
    मुलुकको सीमा क्षेत्रभित्र निर्माण भएको पुल र सडक सञ्चालनमा भारतीयले अवरोध गरेपछि वडा नं ३ का बासिन्दा आक्रोशित बनेका छन् । “स्तम्भ नहुँदासम्म सहन बाध्य थियौं, अब सीमास्तम्भ बनिसकेको छ, प्राण गए पनि आप्mनो खोलाको मुहानमा भारतीयको कब्जा हुन दिंदैनौं,” वडा नं. ३ का अध्यक्ष सूर्यबहादुर लामाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने ।
    जिल्ला सदरमुकाम वीरगंजदेखि पश्चिमतर्पm करीब ६७ किलोमिटरको दूरीमा छ, दुर्गम तर प्राकृतिक रमणीय गाउँ ठोरी । ठोरी सीमामा राज्यको नजर नपुगेकोले ओझेलमा परेको छ । गाउँनजीकै सीमापारिका भारतीयहरूले ठोरी गाउँका नेपाली जनतामाथि हेपचेप गर्दै आएका छन् ।
    वडाध्यक्ष सूर्यबहादुर लामाका अनुुसार हुलाकी सडक अन्तर्गत ठोरी २ र ३ को बीचमा पर्ने ठोरी खोलामा ३ वर्षअघि पुल निर्माण भयो । तर नेपालको खोला र पुलमाथि भारतीयले अवरोध गरेपछि पुल सञ्चालनमा आउन सकेको छैन । नेपाली जनता र सवारीसाधन खोला तरेर वारपार गर्नुपरिरहेको छ । वर्षायाममा खोलामा पानीको बहाव बढी भए आवागमन नै बन्द हुन्छ ।
    नेपालतर्पm ठोरी खोला (ठुटे खोला) पानीको मुहानमा प्रायः भारतीय किसानहरू पानीको रेखदेखमा आइरहेका हुन्छन् । नेपालको मुहानबाट नेपालमा नै तीनवटा नहर बनेको छ । दुईवटा ठूला नहर भारतको लागि र एउटा सानो कुलो नेपालतर्पmको सिंचाइको लागि छुट्टयाइएको छ । मुहानको पानी छोएको मात्र थाहा पायो भने भारतीयहरू सयौंको सङ्ख्यामा घरेलु हतियारसहित मुहानमा आइपुग्छन् । नेपालको रामनगर, बुद्धनगरमा उर्वरा जमीन सिंचाइ अभावमा बाँझो बनेको छ तर नजीकै आप्mनै मुहानबाट पर्याप्त पानी ल्याउन पाइँदैन । पानी नपाएको खेत र मुहानबीचको दूरी ३/४ किलोमिटरको नजीकमा छ । तर भारतीयहरूले भने दुईवटा नहरमा पानी गडगडाएर लगिरहेका छन् ।
    सीमापारि भारतबाट मुहानमा आइपुगेका केही भारतीय नागरिकहरू निर्धक्कसाथ नेपालतर्पm नहर मरम्मत गर्दै थिए । पहिले ठोरीमा कोइलावाला रेल चल्दा रेलमा भर्नका लागि भनेर सानो पानी लगेका थिए । भारतीय पक्षले विसं २०३० सालतिर मुहान हाम्रो हो भन्दै जबरजस्ती ठूलो मुहान लगेको स्थानीय सीमावर्ती नेपालीहरूको भनाइ छ ।
    २०६८ सालमा सीमाविद्हरूको टोली आई नेपालको सीमाबारेमा ठोरीवासीलाई जानकारी गराए । २०६९ सालमा नेपाल–भारतको सीमामा दुईवटा नयाँ पिलर  गाडिए पनि भारतीयहरू स्तम्भ मान्न तयार छैनन् ।
    मुहानमा आइपुगेका भारतीय नागरिक रामचन्द्र महतोले भने, “विगत २५ वर्षदेखि सिंचाइको लागि कुलोको मर्मत गर्दै आएको छु । पानी हाम्रो हो, ठोरीका नेपालीहरूलाई हाम्रा पूर्वजले सहयोगबापत पानी खान दिएका हुन् ।”         मुहानको उत्तरतर्पmको सेतो पहाडलाई देखाउँदै उनले भने, “त्यहाँसम्म हाम्रो, भारतको सिमाना हो, सरकारको हेरफेरले गर्दा सीमास्तम्भ गलत स्थानमा बनेको हो ।” कुलोको निर्माणमा आवश्यकता पर्दा दुइ सयजनाभन्दा बढीको सङ्ख्यामा सीमापारिको सहोदरा (शुभद्रा) थाना क्षेत्रका स्थानीयहरू आउने महतोले बताए । ठोरीका किसानलाई आवश्यकता अनुसार आपूmहरूले पानीको मुहान छोडिदिने गरेको महतोसँगै आएका अर्का भारतीय किसान उमेश यादवको भनाइ छ ।
    खेतीको समयमा ठोरीका जनता आप्mनै खोलाबाट पानी ल्याउन भारतीयको भर पर्नुपरेको दुःखद अवस्था छ । “भारतीयहरूलाई सीमा क्षेत्रमा बसेको उसको एसएसबीले सहयोग गर्छ । अर्काको भूमिमा आउँदा पनि उनीहरू सहयोग गर्छन्, पानीको लागि हाम्रो प्रहरी प्रशासनसँग कुरा गर्छन् । तर हाम्रो त जिल्लाका ठूला हाकिमहरू आएर पनि केही नबोली फर्कन्छन् । माथिसम्म कुरा पु¥याउँदैनन् । आप्mनो भूमिमा निर्माणको काम गर्न डराउँछन्,” स्थानीय नेपाली कृषक प्रेमबहादुर विकको गुनासो थियो ।
    सिंचाइको समयमा पर्याप्त पानी नपाउँदा ठोरीका किसानलाई कृषि गर्न पनि समस्या छ ।  विकले भने, “भारतको हेपाहा प्रवृत्तिको विरोध गर्दा आपूmहरूलाई सीमापारिका भारतीयहरूले कुटपिट गर्ने हातहतियार देखाएर धम्काउने गर्छन् । स्थानीय प्रशासनलगायत हाम्रा सरकारका मान्छेलाई बारम्बार जानकारी गराउँदासमेत ध्यान नदिंदा भारतीयहरूको मनोबल बढ्दै गएको  छ ।”
    पहिलेदेखि नेपाली भूभागमा कुलो बनाएर पानी माथि कब्जा जमाएका  भारतीयहरूले अब पक्की कुलोको मुहान बनाउन चाहेका छन्, तर सम्पूर्ण ठोरीवासी यसको विरोधमा उत्रेका छन् । वडाध्यक्ष लामाले भने, “ज्यान दिन तयार छौं तर पक्की कल्भर्ट भारतीयलाई बनाउन दिन्नौं ।”
    ७० वर्षीय निवर्तमान वडाध्यक्ष टीकाराम अधिकारी विगतको अनुभव सुनाउँदै भने, “सीमाको सुरक्षाको लागि हामीले दशकौंदेखि ठूलो सङ्घर्ष गर्दै आएका छौं । ठुटे खोलाको कुलोको समस्या नेपाल सरकारले चाँडै समाधान गरोस्, भारततर्पmको कुलो नै बन्द गरिदिए भारतीयहरूको चलखेल बन्द हुन्छ । सरकारले हिम्मत गरोस् या हामीलाई इजाजत देओस्, हामी निर्णयमा पुग्न तयार छौं ।”
    अहिले यो समस्या देशव्यापीरूपमा चर्चाको विषय छ तर नेपाल सरकारले यसप्रति गम्भीर भएर नसोच्दा नेपाली जनता भारतको हेपाहा प्रवृत्ति सहन बाध्य छ । यस्तो बलमिच्याइँका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्पm भारतीय पक्ष गम्भीर हुनुपर्ने माग ठोरीवासीको छ ।

Find us