प्रस, पर्सागढी, ३ फागुन/
पर्सागढी नगरपालिका वडा नं ३ पकडिया बडनिहारको खेलमैदानमा भइरहेको तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार वीरगंज युथ एकेडेमी र वाग्मती युवा क्लब सर्लाहीबीच भएको खेलमा वाग्मती युवा क्लब सर्लाही ०–२ गोलअन्तरले विजयी भएको छ।
Monday, February 15, 2021
Sunday, February 14, 2021
सिंगौल फूटबल क्लब ‘ए’ र रतनपुर युनाइटेड युथ क्लब विजयी
प्रस, निजगढ, २ फागुन/
निजगढ फूटबल क्लबको आयोजनामा निजगढमा सञ्चालन भइरहेको तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा सिंगौल फूटबल क्लब ‘ए’ र रतनपुर युनाइटेड युथ क्लब विजयी भएका छन्।
रतनपुरले नमोबुद्ध आधुनिक क्लबलाई ० का विरुद्ध तीन गोल गरेको थियो। रतनपुर क्लबका कप्तान आशालाल कुमरले दुई गोल गरेका थिए। खेलको ८औं मिनेटमा कप्तान कुमरले पहिलो गोल गर्दै रतनपुरलाई अग्रता दिलाए। मध्यान्तरअघि एक गोलले अगाडि रहेको रतनपुरले मध्यान्तरपछि दुई गोल गरेको थियो।
खेलको ४१औं मिनेटमा रतनपुरका समन कुमरले गोल गर्दै रतनपुरको अग्रता दोब्बर बनाएका थिए। तेस्रो गोल गर्ने क्रममा कप्तान आशालालले ५०औं मिनेटमा फ्रिकिकमार्फत गोल थपे। रतनपुरका कप्तान आशालाल खेलको म्यान अफ दि म्याच घोषित भए।
Saturday, February 13, 2021
खेल युवापीढीको गहना हो –नेता पटेल
प्रस, वीरगंज, १ फागुन/
समग्र नेपालद्वारा शनिवार बहुदरमाई नगरपालिका–२ पिपरामा सञ्चालित नगरस्तरीय क्रिकेट प्रतियोगिताको जसपाका केन्द्रीय सदस्य शिव पटेलले उद्घाटन गरेका छन्।
बहुदरमाई मन्दिरनजीक तिलावे नदीको किनारमा रहेको मैदानमा भएको उद्घाटन कार्यक्रममा नेता पटेलले खेल युवापीढीको लागि गहना भएको बताए। उनले खेलले युवाहरूलाई शारीरिकरूपमा स्वस्थ्य बनाउनुका साथै अनुशासनमा रहन, लगनशील हुन र युवाहरूको भविष्य निर्माणमा अहम् भूमिका निर्वाह गर्ने बताए।
संस्थाका अध्यक्ष शुभराती अन्सारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जसपा पर्साका सचिव श्रीराम गिरी, नगरअध्यक्ष कृष्ण यादव, वडाध्यक्ष जीतेन्द्र पटेल, स्थानीय समाजसेवी लक्ष्मी साहलगायतले शुभकामना व्यक्त गरेका थिए।
आज भएको उद्घाटन खेलमा गम्हरिया र विश्रामपुर छपकैया विजयी भएका छन्।
पहिलो खेलमा गम्हरियाले भौराटाँडलाई र दोस्रो खेलमा विश्रामपुर छपकैयाले नगरदाहालाई पराजित गरेका थिए।
तेस्रो मेयर कप फूटबल प्रतियोगिता शुरू, टाइब्रेकरमा सिटी क्लबको विजयी सुरुआत
प्रस, निजगढ, १ फागुन/
निजगढमा नगरस्तरीय तेस्रो मेयर कप फूटबल प्रतियोगिता–२०७७ शनिवार उद्घाटन भयो।
निजगढका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले सो प्रतियोगिताको संयुक्तरूपमा उद्घाटन गरेका थिए।
कार्यक्रममा नगरप्रमुख खनालले निजगढमा फूटबल खेलको विकासका लागि नगरपालिकाले मेयर कप फूटबल प्रतियोगिताको सञ्चालन लगातार तीन वर्षदेखि गर्दै आएको बताए। उनले खेलाडी उत्पादन र फूटबल खेलको प्रवद्र्धनको लागि मेयर कप फूटबलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र ढिलै भएपनि यसको प्रतिफल आउनेमा आफू आशावादी रहेको उनले बताए। उपप्रमुख लीलादेवी लामिछानेले खेलले शरीर स्वस्थ हुनु त छँदैछ, यसले एकापसमा मैत्री, सद्भाव, मित्रता, भाइचारासमेत बढाउने भएकोले अन्य क्षेत्रको विकाससँगै खेलकूदको विकास हुनुपर्ने बताइन्। उनले समूहगतरूपमा खेलिने फूटबल सबै उमेर समूहले सहज, सरलरूपमा बुझ्ने भएकाले यसको महत्व विश्वमा बढ्दै गइरहेको पनि बताइन्।
कार्यक्रममा प्रतियोगिता आयोजक समितिका सचिव स्वर्ण लामाले स्वागत गरेका थिए। कार्यक्रमका अध्यक्षता निजगढ फूटबल क्लबका अध्यक्ष शम्भु थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए।
निजगढ फूटबल क्लबको आयोजनामा शहीद हीरालाल रङ्गशालामा सञ्चालित नगरस्तरीय तेस्रो मेयर कप फूटबल प्रतियोगिताको उद्घाटन खेलमा निजगढ नगरपालिका वडा नं ५ को निजगढ सिटी क्लबले विजयी सुरुआत गरेको छ।
आजको खेल निजगढ नगरपालिका वडा नं ५ को निजगढ सिटी क्लब र पहिलो संस्करणको विजेता निजगढ नगरपालिका वडा नं ४ को निजगढ युवा क्लबबीच भएको थियो।
६० मिनेटको खेल अवधिभर दुवै टीमले गोल गर्न नसकेपछि टाइब्रेकरमा निजगढ सिटी क्लबका गोलरक्षकले रचित थापाले निजगढ युवा क्लबका कप्तान रञ्जीत धार्मीको प्रहार रोक्न सफल भएका थिए भने मङ्गल कुमारले प्रहार गरेको बल बाहिर गएको थियो। खेलको म्यान अफ दि म्याच निजगढ सिटी क्लबका गोलरक्षकले रचित थापालाई प्रदान गरिएको थियो।
भोलि दुई चरणमा खेल हुने आयोजक समितिले जनाएको छ। जसमा पहिले चरणको खेल समूह ‘ए’का सिंगौल एफसि ‘ए’ र शान्तिटोल युनाइटेडबीच अपराह्न १२ः३० मा र समूह ‘बी’का रतनपुर युनाइटेड युथ ‘ए’ र नमोबुद्घ आधुनिक क्लबबीच दिउँसो २ बजे हुने आयोजक क्लबका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।
तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता शुरू
प्रस, बिरुवागुठी, १ फगुन/
पर्सागढी नगरपालिकामा शनिवारदेखि तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता शुरू भएको छ।
आमोदेवी युवा स्पोट्र्स क्लब पर्सागढी–३ पकडिया बडनियारद्वारा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले गरेका थिए। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य राजेश्वर साह तेली, नगरप्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी र वडाध्यक्षहरूले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।
प्रतियोगितामा मुख्य रेफ्री शशी मगरलाई नेका केन्द्रीय सदस्य चौरसियाले फूटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए। उद्घाटन खेलमा वीरगंज युनाइटेडले मकवानपुर हेटौंडालाई दुई गोलअन्तरले पराजित गरेको छ।
वीरगंज युनाइटेडका लक्ष्मण चौधरी र कृपा चौधरीले मध्यान्तरपछिको एक/एक गोल गरेका थिए।
पहिलो गोल गर्ने लक्ष्मण चौधरीलाई समाजसेवी लक्ष्मण श्रेष्ठले नगदबाट पुरस्कृत गरेका थिए।
भोलिको खेल सशस्त्र प्रहरी बल बर्दिबास महोत्तरी र आयोजक आमोदेवी युवा स्पोट्र्स क्लब बडनियारबीच हुनेछ।
Thursday, February 11, 2021
तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता फागुन १ गतेदेखि
प्रस, निजगढ, २९ माघ/
‘निजगढको शान, खेल प्रवद्र्धन तथा खेलाडी उत्पादन हाम्रो अभियान’ नाराका साथ नगरस्तरीय तेस्रो मेयर कप फूटबल प्रतियोगिता–२०७७ निजगढमा हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।
फागुन १ देखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक निजगढ फूटबल क्लबका अध्यक्ष शम्भु थापाले बताए। प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको उनले बताए। निजगढ नगरपालिकाको ८ लाख रुपैयाँको आर्थिक सहयोगमा आयोजना गरिने प्रतियोगितामा नगरका १६ टीम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
सो प्रतियोगिताको प्रत्येक खेलमा एकजना उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ दि म्याच’ को ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिए। निजगढ–९ स्थित शहीद हीरालाल रङ्गशालामा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत प्रत्येक दिन दुई चरणमा खेल सम्पन्न हुनेछ। प्रतियोगिता अवधिभर अनुशासित, मर्यादित भई उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूको पहिचान गरी फूटबल टीम तयार गर्नेसमेत जनाएको छ।
Wednesday, February 10, 2021
प्रथम पटेर्वासुगौली गोल्डकपको उपाधि वीरगंज युनिटीलाई
प्रस, सेढवा, २८ माघ/
प्रथम पटेर्वासुगौली गोल्डकप प्रतियोगिताको उपाधि वीरगंज युनिटीले पाएको छ। बुधवार सम्पन्न फाइनल खेलमा गढीमाई युथ क्लब अपौनीलाई १ का विरुद्ध २ गोल गर्दै वीरगंज युनिटीले उपाधि जितेको हो। उपाधि जिताउन वीरगंज युनिटीका सरोज तामाङले खेल शुरू भएको ५ मिनेटमैं पहिलो गोल गरेका थिए भने खेल समाप्त हुन ११ मिनेट बाँकी छँदा विमल रानामगरले अर्को गोल गरेका थिए।
फाइनल खेलमा अपौनीले मध्यान्तरपछि फ्री किक पाएको र त्यसलाई एलेक्सले गोलमा परिणत गरेका थिए। अपौनीतर्फबाट यही एउटा गोल भयो। फाइनलका विजेता वीरगंज युनिटीलाई पटेर्वासुगौली गापाका प्रमुख हरिनारायण चौधरीले नगद रु २ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
यसैगरी, प्रतियोगिताको म्यान अफ द सिरिज वीरगंज युनिटीका विमल रानामगर घोषित भए। त्यस्तै, उत्कृष्ट मिडफिल्डर अपौनीका राधेश्याम महतो, उत्कृष्ट गोलकीपर युनिटीका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनिटीका अनिल पटेल, उत्कृष्ट स्ट्राइकर युनिटीका सन्त गुरुङ, प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने अपौनीका अब्दुल्लाह, उत्कृष्ट कोच युनिटीका सुलभ राणालाई कार्यक्रमका प्रमुख अतिथि गापा प्रमुख चौधरीले पुरस्कृत गरेका थिए। कार्यक्रम समता समाज नेपालका अध्यक्ष मधुकान्त चौधरीको अध्यक्षतामा भएको थियो।
Monday, February 8, 2021
पटेर्वासुगौली गोल्डकप ः वीरगंज युनिटी फाइनलमा प्रवेश
पटेर्वासुगौली गाउँपालिकामा समता समाज नेपालद्वारा आयोजित प्रथम पटेर्वासुगौली गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा वीरगंज युनाइटेडलाई एक गोलअन्तरले पराजित गर्दै वीरगंज युनिटी फाइनलमा प्रवेश गरेको छ। आज भएको रोमाञ्चक खेलमा मध्याह्नअघि कसैले पनि गोल गर्न सकेको थिएन। मध्याह्नपछि र खेल समाप्तिको दश मिनेटअघि वीरगंज युनिटीका विमल रानामगरले गरेको एकमात्र गोल निर्णायक साबित भयो। जीतसँगै वीरगंज युनिटी फाइनलमा प्रवेश गरेको छ। हिजो फाइनलमा पुगेको गढीमाई युथ क्लब अपौनी र वीरगंज युनिटी उपाधिको लागि माघ २८ गते बुधवार भिड्नेछन्। आजको खेलमा गोलकर्ता मगर म्यान अफ दि म्याच घोषित भए।
Sunday, February 7, 2021
पटेर्वासुगौली गोल्डकपः गढीमाई युथ क्लब फाइनलमा
प्रस, सेढवा, २५ माघ/
समता समाज नेपालले पटेर्वासुगौली गाउँपालिकामा आयोजना गरेको प्रथम पटेर्वासुगौली गोल्डकपको आइतवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वसन्तपुर युनाइटेड चितवनलाई पराजित गर्दै गढीमाई युथ एकेडेमी क्लब अपौनी फाइनलमा प्रवेश गरेको छ।
Saturday, February 6, 2021
पटेर्वासुगौली गोल्डकप ः वीरगंज युनिटी सेमिफाइनलमा
प्रस, सेढवा, २४ माघ/
प्रथम पटेर्वासुगौली गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा बिएफसी चितवनलाई चार गोलअन्तरले पराजित गर्दै वीरगंज युनिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोलि आइतवारदेखि सेमिफाइनल खेल शुरू हुने आयोजक संस्था समता समाज नेपालका अध्यक्ष मधुकान्त चौधरीले बताए । पहिलो सेमिफाइनल खेल गढीमाई युथ क्लब अपौनी र वसन्तपुर युनाइटेड चितवनबीच हुनेछ ।
Friday, February 5, 2021

मेयर रनिङ शिल्डमा सिद्धार्थ र वीरगंज पब्लिक अगाडि
प्रस, वीरगंज, २२ माघ/
आदर्शनगर रङ्गशालमा जारी दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ वीरगंज पब्लिक सेकेन्ड्री स्कूल र छात्रातर्फ सिद्धार्थ मावि अगाडि छन्।
माघ १७ गतेदेखि शुरू भएको प्रतियोगितामा पर्सा जिल्लाका सामुदायिक र निजी गरी ५० वटा विद्यालयका खेलाडीहरूले भाग लिएका छन्।
शुक्रवार भएका विभिन्न प्रतिस्पर्धामा छात्रातर्फ १९ अङ्कसहित सिद्धार्थ मावि पहिलो स्थानमा र छात्रतर्फ १६ अङ्कसहित वीरगंज पब्लिक सेकेन्ड्री स्कूल पहिलो स्थानमा छन्।
शुक्रवार ट्र्याक इभेन्टमा १००, २००, ४००, ८००, १५००, ३०००, ४१००, ४४०० र ५००० मिटर दौड प्रतियोगिता भएका थिए। त्यस्तै, फिल्ड इभेन्टमा हाईजम्प, लङजम्प, सटफुट, ट्रिपलजम्पलगायतका खेलहरू भएका थिए।
रनिङ शिल्डको फाइनल खेल भोलि शनिवार हुने खेल प्रशिक्षक प्रकाश शर्माले बताए। उनले फूटबल र कबड्डी फागुन १ गतेबाट र क्रिकेट १५ गतेदेखि शुरू हुने जानकारी गराए।

पटेर्वासुगौली गोल्डकपः वीरगंज र अपौनी सेमिफाइनलमा
प्रस, सेढवा, २३ माघ/
समता समाज नेपालले आयोजना गरेको पटेर्वासुगौली गोल्डकपमा शुक्रवार दुईवटा क्वाटरफाइनल खेल सम्पन्न भए। आज भएको पहिलो क्वाटरफाइनलमा वीरगंज युनाइटेडले वाग्मती फूटबल क्लब सर्लाहीलाई १ का विरुद्ध ४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
आम हडतालको कारण बिहीवारको खेल स्थगित भएपछि शुक्रवार भएको खेलमा वीरगंज युनाइटेडका विवेक चौधरीले २, चतुर्धन चौधरी र सञ्जय चौधरीले १/१ गोल गरेका थिए।
सर्लाहीका विमल घलेले १ गोल मात्र गर्न सके। दुई गोल गरेका वीरगंज युनाइटेडका विवेक चौधरी म्यान अफ दि म्याच घोषित भए। यसैगरी, दोस्रो खेलमा गढीमाई युथ एकेडेमी अपौनीले महोत्तरी फूटबल क्लबलाई १ का विरुद्ध २ गोल गरी पराजित गरेको छ। महोत्तरीलाई पराजित गरेको अपौनी पनि सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो गोल महोत्तरीले गरेको थियो। त्यस लगत्तै दोस्रो र तेस्रो गोल अपौनीले गरेको हो।
यो खेलमा महोत्तरीले विवाद गरी अन्तिम चरणमा बहिष्कार गरेको थियो। एक/एक गोलको बराबरी अवस्थामा महोत्तरीले फल खेलेपछि रेफ्रीले अपौनीलाई अवसर दिएको थियो। सो अवसरलाई अपौनीले गोलमा परिणत गरेपछि महोत्तरीले विवाद गरेको हो। महोत्तरीका खेलाडीहरूले रेफ्रीले सिटी बजाउनुपूर्व फल बल हानिएको भन्दै विवाद गरेका थिए। आयोजकले रेफ्रीको निर्णयलाई सदर गरेपछि महोत्तरीले ५ मिनेट खेल बाँकी रहँदा फिल्ड छाडेर बहिष्कार गरेको थियो। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल शनिवार बिएफसी चितवन र युनिटी क्लब वीरगंजबीच हुने आयोजक कमिटीका मधुकान्त चौधरीले बताए।
Thursday, February 4, 2021
महानगरमा खस्केको फूटबलको रौनक ग्रामीण क्षेत्रमा बढ्दै
प्रस, वीरगंज, २२ माघ/
वीरगंज महानगरपालिकामा फूटबल प्रतियोगिताको आयोजना शून्यमा झरे पनि पर्साका अन्य पालिकाहरूमा फूटबल प्रतियोगिताको आयोजना बढ्दो छ।
मनपाको आदर्शनगर खेलमैदान र नारायणी रङ्गशालामा हुने गरेको महेन्द्र गोल्डकप, शहीद तेजबहादुर अमात्य गोल्डकप फूटबल प्रतियोगिता अहिले बन्द अवस्थामा छन्। नियमितजसो सञ्चालनमा रहेको विशाल मेमोरियल गोल्डकप पनि गत वर्ष कोरोनाको कारण बन्द रह्यो भने यस वर्ष पनि सञ्चालनको तयारी छैन। तर महानगरमा आयोजना कम भएको फूटबल प्रतियोगिता पर्सा जिल्लाका ग्रामीण क्षेत्र खासगरी थरुहट क्षेत्रमा बढ्दो छ।
पर्सा जिल्लाको जीराभवानी गापामा प्रत्येक चार वर्षमा स्थानीय एभरेस्ट युवा क्लबले आयोजना गर्ने परसवा गोल्डकप जिल्लामा मात्र नभएर देशमैं चर्चित छ। गापामा सञ्चालित यो फूटबल प्रतियोगितामा विदेशी खेलाडीहरूको पनि सहभागिता हुने गरेको र ठूलो धनराशिमा प्रतियोगिता सम्पन्न हुने हुँदा यसको चर्चा देशभरि हुन थालेको हो। अहिले पर्सा जिल्लाको पटेर्वासुगौलीमा पटेर्वासुगौली गोल्डकप सञ्चालनमा छ। यो प्रतियोगितामा पनि चितवन, सर्लाहीसम्मका फूटबल खेलाडीहरू सहभागी छन्।
यसैगरी, पर्सागढी नगरपालिकामा पनि दुईवटा गोल्डकप हुँदै आएको छ। आमोदेवी युवा स्पोट्र्स क्लबले आयोजना गर्ने पर्सागढी गोल्डकप फागुन १ गतेदेखि सञ्चालन हुँदैछ। यसैगरी, पर्सागढीमा जनजागृति युवा क्लबले पनि फूटबल प्रतियोगिताको आयोजना गर्दैछ। पर्सा जिल्लाको थरुहट क्ष्Fेत्रमा फूटबलको रौनक बढी छ भने बजियान क्षेत्रमा क्रिकेट प्रतियोगिताले प्राथमिकता पाएको छ। वीरगंज महानगरमा पनि क्रिकेट प्रतियोगिता भने निरन्तररूपमा हुँदै आएको छ।
बजियानमा कालिकामाई गापा–३ का वडाध्यक्ष सञ्जय पटेलले फूटबल प्रतियोगिताको आयोजना गराउँदै आएका छन्। पोखरिया नगरपालिकाले क्रिकेट प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ। वडाध्यक्ष्F सियानन्द चौहानको पहलमा पोखरियामा क्रिकेट प्रतियोगिता निरन्तररूपमा हुँदै आएको छ भने धोबिनीमा पनि क्रिकेट प्रतियोगिता हुँदै आएको छ। ठोरी गापामा फूटबल प्रतियोगिता भएपनि ठूलो लगानीमा नियमितरूपमा हुने गरेको छैन।

बन्दले सेमिफाइनल खेल स्थगित
प्रस, सेढवा, २२ माघ/
आम हडतालको कारण पटेर्वासुगौलीमा जारी फूटबल प्रतियोगिता प्रभावित भएको छ। निचुटा खेलमैदानमा बिहीवार क्वाटरफाइनलको खेल स्थगित भएको आयोजक संस्था समता समाज नेपालका अध्यक्ष मधुकान्त चौधरीले बताए।
आजको क्वाटरफाइनल खेल सर्लाही र वीरगंज युनाइटेडबीच थियो।
Wednesday, February 3, 2021
वसन्तपुर युनाइटेड चितवन सेमिफाइनलमा प्रवेश
प्रस, सेढवा, २१ माघ/
प्रथम पटेर्वासुगौली गोल्डकप प्रतियोगिता अन्तर्गत बुधवार वसन्तपुर युनाइटेड चितवन सेमिफाइनलमा प्रवेश गरेको छ।
त्यस्तै, हेटौंडाका विश्व लामाले दुई र समीरराज ठोकरले एक गोल गरेका थिए। आजको खेलको म्यान अफ दि म्याच चितवनका रोशन खत्री घोषित भए।
बिहीवारको खेल वीरगंज युनाइटेड र वाग्मती फूटबल क्लब सर्लाहीबीच हुने आयोजक समता समाज नेपाल निचुटाका अध्यक्ष मधुकान्त चौधरीले बताए।
Tuesday, February 2, 2021
वीरगंज युनिटी क्वाटरफाइनलमा प्रवेश
प्रस, सेढवा २० माघ/
प्रथम पटेर्वासुगौली गोल्डकपको आज भएको खेलमा वीरगंज युनिटीले जीत हासिल गरेको छ।
समता समाज नेपालले निचुटाले आयोजना गरेको प्रतियोगितामा वीरगंज युनिटीले टाइब्रेकरमा झारखण्ड युवा क्लब देउरियालाई पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेका हो।
आजको खेलमा वीरगंज युनिटीका गोलकिपर सरोज तामाङलाई मैन अफ दी मैच घोषित भए। तामाङलाई पटेर्वासुगौली गापा– १ का अध्यक्ष फरमान मियाँले नगद रू दुर्ई हजारसहित ट्रफी प्रदान गरेका थिए।
बुधवारको पहिलो क्वाटर फाइनल खेल वसन्तपुर युनाइटेड चितवन र एफसी मुन्डियाल क्लब हेटौडा मकवानपुरबीच हुने आयोजकले जनाएको छ।
फागुन १ गतेदेखि पर्सागढी गोल्डकप
बलिराम शुक्ला, बिरुवागुठी २० माघ/
पर्सागढी नगरपालिका–३ बडनिहारको खेल मैदानमा फागुन १ गते देखि तेस्रो पर्सागढी गोल्ड कप फूटबल प्रतियोगिता हुने भएको छ।
आमोदेवी युवा स्पोट्र्स क्लब पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारको आयोजनामा हुन लागेको गोल्डकप फूटबल प्रतियोगितामा ८ वटा उत्कृष्ट फूटबल टिमको सहभागिता रहने क्लबका अध्यक्ष शम्भुदास थारूले बताएका छन्।
गोल्डकपको विजेता टिमलाई रु १ लाख ५ हजार र उपविजेतालाई ५५ हजार नगदसहित ट्रफी प्रदान गरिने र
प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच खेलाडीलाई नगदसहित सम्मान गरिने छ। गोल्डकप आयोजनामा रु ७ लाख २० हजार खर्च हुने क्लबका कोषाध्यक्ष नन्दलाल चौधरीले बताएका छन्।
Monday, February 1, 2021

गढीमाई युवा क्लब अपौनी विजयी
प्रस, सेढवा, १९ माघ/
पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा सञ्चालित प्रथम पटेर्वासुगौली गोल्डकप अन्तर्गत सोमवारको खेलमा आयोजक समता समाज नेपाल निचुटालाई गढीमाई युवा क्लब अपौनीले पराजित गरेको छ।
आयोजक निचुटालाई अपौनीले शून्यका विरुद्ध दुई गोल गरी विजय हासिल गरेको हो। अपौनीका अजित चौधरी र सन्दीप मगरले १/१ गोल गरेका थिए। आजको खेलको म्यान अफ दि म्याच अपौनीका राधेश्याम चौधरी घोषित भए। उनलाई समता समाज नेपाल निचुटाका अध्यक्ष मधुकान्त चौधरीले नगद रु २ हजार र ट्रफीबाट पुरस्कृत गरे। मङ्गलवारको खेल झारखण्ड युवा क्लब देवरिया र वीरगंज युनिटी पर्साबीच हुने आयोजक संस्थाले जनाएको छ।
Sunday, January 31, 2021
वीरगंज युनाइटेड क्लब विजयी
प्रस, सेढवा, १८ माघ/
पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा सञ्चालित प्रथम पटेर्वासुगौली गोल्डकप पूmटबल प्रतियोगितामा वीरगंज युनाइटेड क्लब विजयी भएको छ।
जिल्ला पूmटबल सङ्घ, बारालाई ०–२ गोलअन्तरले वीरगंज युनाइटेडले पराजित गरेको हो। वीरगंज युनाइटेडका कृपा चौधरीले मध्यान्तरपूर्व र चतुर्धन चौधरीले मध्यान्तरपछि एक/एक गोल गरेका थिए। प्रतियोगिताको आजको खेलमा बारा पूmटबल सङ्घका देवमणि चौधरी म्यान अफ दि म्याच घोषित भए।
सोमवार आयोजक समता समाज नेपाल निचुटा पर्सा र गढीमाई युथ एकेडेमी अपौनी पर्साबीच खेल हुने आयोजक संस्थाले जनाएको छ।
छनोटमा नपरेका दुईजना खेलाडीको आपत्ति
प्रस, वीरगंज, १८ माघ/
रौतहटमा माघ २० गतेदेखि हुने क्रिकेट प्रतियोगिताको छनोटमा नपरेका दुई खेलाडीले छनोट प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।
फिरोज अन्सारी र मुर्तुजा हवारीले पर्सा क्रिकेट सङ्घले खेलाडी छनोट नगरेर रौतहट प्रतियोगितामा पठाउन लागेको आरोप लगाएका छन् । उनीहरूले यसअघि पर्सा क्रिकेट सङ्घमा ए र बी दुईवटा टीम रहेको र आपूmहरू छनोटमा पर्दै आएकोमा यसपटक छनोट नै नगरेर १८ जनाको टीम बनाएर रौतहट पठाउन लागेको भन्दै आपत्ति जनाएका हुन् । प्रतीक कार्यालयमा आएर उनीहरूले प्रतियोगितापूर्व छनोट प्रतियोगिता नगरिएको बतFए ।
यसबारेमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष दाउद अन्सारीसँग बुझ्दा उनले प्रत्येक प्रतियोगिताको लागि छनोट प्रक्रिया आर्थिक अवस्थाले भ्याउन नसक्ने बताए । उनले एकपटक छनोट भएपछि सोही खेलाडीहरू सिजनभरि खेलाउनुपर्ने बाध्यता रहेको बताए । छनोटमा नपरेका खेलाडीहरू प्रतियोगिता खेल्न पाउनुपर्छ भनी अत्तो थापेर बसेको उनले बताए ।