Showing posts with label कबीरा खडा बजार. Show all posts
Showing posts with label कबीरा खडा बजार. Show all posts

Friday, September 22, 2017

निर्वाचित प्रतिनिधिमा पहाडबारे बुझाइ

निर्वाचित प्रतिनिधिमा पहाडबारे बुझाइ

चन्द्रकिशोर
    स्थानीय तहको निर्वाचन प्रदेश २ मा सम्पन्न भयो । पहिलाको निर्वाचनभन्दा यसपटकको निर्वाचन शान्तरूपमा सम्पन्न भएको छ । पहिलाको निर्वाचनमा यस क्षेत्रमा डर, त्रास, उम्मेदवार रोकटोक, मतदाताभन्दा बढी मत र धाँधलीजस्ता कामहरू हुन्थे । विगतभन्दा यसपटक निर्वाचन तुलनात्मकरूपमा सहजरूपमा सम्पन्न भएको छ । यसको अर्थ निर्वाचन प्रक्रिया र आचारसंहिता पालनामा कमजोरी नदेखिएको होइन तर अहिले उठाउन खोजिएको विषय अर्को हो । त्यो के हो भने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि मधेसका निर्वाचित जनप्रतिनिधिहरूमाझ पहाडका बारेमा छलफल गराइनुपर्छ । उनीहरूलाई पहाडमा भएका असल प्रयत्नहरूका बारेमा साक्षात्कार गराइनुपर्दछ । पहाडे चरित्र बोकेको राज्यसँग लड्नु एउटा कुरा हो र लोकमतको खोजी गर्दै आप्mनै मुलुकको अन्य भूगोलमा सार्वजनिक संवाद गर्नु अर्कै कुरा हो । अन्तत्र्रिmयाले नेपालका फरकफरक भूखण्डमा बसोवास गर्ने भिन्नभिन्न समूहका प्रतिनिधिहरूबीच विकासका मौलिक अभ्यासबारे सिकाइ गराउँछ । यस्ता प्रयत्नले नेपाललाई बुभ्mन र नेपाली जनताबारे अवधारणा निर्माण गर्न सघाउँछ । तसर्थ मधेसमा पहाड पढाइनुपर्छ, पहाडमा मधेस पढाइनुपर्छ । विगतमा विभिन्न जिविस र नगरपालिकाबाट सर्वदलीय समितिहरू भ्रमणमा ननिस्किएका होइनन् तर त्यो घुमाइ दार्जीलिङ र देहरादुन भएको छ । मेसो मिलाउन झापा वा कञ्चनपुर घुम्ने काम भएको छ । अब त्यस्तो दोहोरिनुहुन्न ।
    मधेसले पहाड चिन्नुप¥यो । अहिले नै आएर यो प्रश्न किन उठाउनुप¥यो ? किनभने वर्तमानको डिलमा उभिएर हामी भविष्यको मार्गचित्र कोर्न जसरी तम्सिएका छौं, त्यस परिप्रेक्ष्यमा मधेसले आप्mनो सामथ्र्य र समृद्धि पहिचान गर्न पनि पहाडलाई जान्नुपर्छ । नेपाली सन्दर्भमा पहाडलाई नबुझीकन तराई–मधेसले आप्mनो भाग्य र भविष्यको निर्धारण गर्न हतारियो भने त्यो अधुरो र एकाकी हुन सक्छ । मधेसले केवल आप्mनै स्वार्थका लागि पनि पहाडको अग्लाइलाई आप्mनो मनभरि तौलन सक्नुपर्छ । पहाड जान्नुको अर्थ त्यहाँको केवल राजनीतिक र सामाजिक परिवेश मात्र होइन, प्रतिकूलताका बावजुद पनि त्यहाँ आशाको जसरी सञ्चार भएको छ, त्यो मधेसका लागि पाठ हुन सक्छ । त्यहाँको प्राकृतिक स्रोत, जनशक्ति, चेतना पनि मधेसका लागि महŒवपूर्ण पक्ष हुन् । पहाडको आवश्यकता र मधेसको पहाडमाथिको निर्भरता पहिचान गर्न पनि मधेसले पहाडलाई चिन्नुपर्छ ।
    प्रश्न उठ्न सक्छ, मधेस आप्mनो लागि आपैंm लड्न तत्पर छ । उसले हिजो त्यत्रो विद्रोह ग¥यो । उसले आप्mनैबारेमा जाने त पुगिहाल्यो नि । मधेसको वर्तमान र भविष्यको स्रोत, सीमा र सामथ्र्यको पहिचान गर्न र त्यसलाई मापन गरी आप्mनो अनुकूलताको स्थिति निर्माण गर्नका लागि पनि मधेसले पहाड नचिनीकन सुखै छैन । मधेसी राजनीति होस् वा नागरिक क्षेत्र प्रत्येक क्षेत्रमा पहाडका बारेमा अधुरो र पूर्वाग्रही ज्ञान छ । यो स्थिति केवल मधेसतिर मात्र होइन, पहाडतिर पनि मधेसका बारेमा एक खालको बहुप्रचारित छवि नै प्रायःको मानसपटलमा गुँड बनाउन पुगेको छ । नेपालको अभिन्न यी दुई भूगोलका बहुसङ्ख्यक बासिन्दामाझ एकअर्काप्रति पहिचान गर्नमा भएको सङ्कोचले गर्दा पनि अन्तरघुलनमा कैयौं अप्ठेराहरू खडा भएका छन्, जो वर्तमानका राजनीतिक यक्ष प्रश्नहरूलाई हल गर्न पर्याप्त छैनन् ।
    पहाड र मधेसको अन्तरसम्बन्ध नागरिकस्तरमा बिना कुनै प्रचारको गजबले हुँदै गएको छ । सुदूर पहाडका भन्ज्याङहरूमा बजार बनाउन पुगेका वा त्यहाँका उत्पादनलाई सोभैm मधेसमा पु¥याउने नदी प्रणालीसँगै अन्तरशृङ्खला बनेको छ । यसका बारेमा प्रायः विमर्श भएको छैन । राज्यले कुनै सुविधा वा योजना नदिईकन पनि नागरिक तहमा यस्ता सञ्जालहरू कसरी विकसित हुँदै गए ? वीरगंज र हेटौंडाबीच सार्वजनिक सवारी साधन बढी चल्छ, यो भनेको यी दुई शहरमाझ आर्थिक क्रियाशीलता बढी छ । धनुषाको व्यापारी सिन्धुलीको जुनार लिन होस् वा सप्तरीको व्यापारी धनकुटामा तरकारी बेच्न पुगेको होस् वा बर्दियाबाट चामल बेच्न सुर्खेत पुगेको होस् । यी सबै जनआवश्यकता अनुसार आपैंm परिचालित र परिलाभान्वित हुँदै गएका हुन् । पहाड र मधेसलाई जोड्ने पुराना मार्गहरू प्रायः ओझेलमा पर्न थालेका छन् । नयाँनयाँ राजमार्ग र बुल्डोजर मार्गले ती पुराना मार्गलाई कथाका विषय बनाइदिएका छन् । तर चाखलाग्दो कुरा के छ भने बन्दै गएका नागरिक सम्बन्धका आधारमा विकसित व्यापार मार्गहरूले तराई–मधेसलाई दैनिक आवश्यकतासँग जोडिएर आउने बजारकेन्द्रित दिशा दिएको छ ।
    यो जलवायु परिवर्तनको विश्वव्यापी विमर्शको अवधि हो । मुस्ताङ वा मनाङ आपैंmमा खुम्चिएर यो बहसमा भाग लिन सक्ने स्थितिमा छैन । उसले म्याग्दी र पाल्पालाई पनि जोड्नुप¥यो । त्यसपछि कपिलवस्तु र रूपन्देहीलाई पनि गाँस्नुप¥यो । त्यसैले होला पानीविज्ञ अजय दीक्षित परिवर्तनको असरबाट कुन समुदाय प्रभावित हुँदैछन्, त्यसको प्रणालीगत असर के पर्दैछ र त्यससँग जुध्ने विधि के हुन सक्छ भन्ने सवालमा त्रिक्षेत्रीय संवाद गर्न सक्रिय छन् । उनी भन्छन्, यी तीनै भूगोललाई एकैसाथ जोडेर नहेरेसम्म असरसँग जुध्ने ताकत निर्माण गर्न सकिंदैन ।
    मधेस कसरी समृद्ध हुन सक्छ, त्यसका लागि पनि पहाडका सकारात्मक प्रयत्नहरूलाई उसले सिक्न जान्नुपर्छ । पहाड हेर्नमा सुन्दर देखिन्छ । तर पहाडको जीवन अत्यन्त कष्टपूर्ण छ । कष्टपूर्ण जीवन सहेर पनि सुखलाई घरदैलोमा साट्ने जुन साहस र समर्पण पहाडको गरागरामा भेटिन्छ, त्यो मधेसको आलीआलीमा पुग्न जरुरी छ । पहाड भन्नेबित्तिकै त्यहाँ सबै सम्पन्न छ वा त्यहाँ सबै शासक नै छन् भन्ने भ्रम एकातिर मधेसमा छरिएको छ भने मधेसमा हुने रोदन पनि कसैको राग हो भन्ने सन्दर्भ पहाडमा तेर्सिएको छ । यसो हुनुका पछाडि अन्तरक्षेत्रीय संवादको कमी हो । मधेस बनाउने नाममा चन्द्रगढीदेखि चाँदनीदोधारासम्मको तेर्साे (भर्टिकल)मा धेरै छलफल गरियो तर मुस्ताङदेखि मर्चवारसम्मको ठाडो (होरिजेन्टल)मा संवाद चलाइएन । जनआन्दोलनपछिका वर्षहरूमा क्षेत्रगत छलफल त धेरै भए तर अन्तरभूगोल विमर्श भएन । यसले गर्दा पनि एउटा ठूलो रिक्तता खडा ग¥यो । एकअर्काप्रतिको बुझाइमा सूचनाको कमी, पृष्ठभूमि र उर्लंदो नाराको उत्तेजनाले गर्दा एकअर्काप्रति तिक्तताको मोडमा ल्याएर उभ्याइदिएको छ, जबकि राजनीतिबाहेकका क्षेत्रमा सामञ्जस्यता बाक्ंिलदै गएको छ ।
    एउटा रोचक अनुभव वरिष्ठ कार्टुनिस्ट वात्सायनको छ । उनी निस्सङ्कोच भन्छन्, मेरा प्रायः कार्टुनको पृष्ठभूमिमा भीरको बाटो, पहाड, नदीका खोंचहरू बढी आउँछन् किनभने त्यही परिवेशमा हुर्कियो र पहाडी क्षेत्रमैं बढी डुलियो । तराईसँग बढी सामीप्यता हुनै पाएन । आप्mनै देशको एक अभिन्न भूगोल भएको हुँदा त्यहाँको सामाजिक र राजनीतिक परिघटनाहरूलाई लिएर पनि कार्टुनमार्पmत् प्रतिविम्बित गर्छाैं । तर पनि मलाई लाग्छ अझ मधेसमा मनभरि घुम्न पाए मुटुभरि मधेसलाई सजाउन सक्थें । उनका यी भनाइले पनि एकअर्का भूगोलसँगको सामीप्यताको अभावले पनि प्रस्तुतिजन्य अप्ठ्याराहरूलाई प्रस्ट्याउँछ । आज आवश्यकता बढेको छ, समाजका ती क्षेत्रहरू जसले विचार निर्माण गर्नमा वा समाजको बग्दो दिशामा सार्थक हस्तक्षेप गर्न सामथ्र्य राख्छ । उनीहरूलाई यी भूगोलजन्य रिक्तताबाट जोगाउने प्रयत्न गरौं । त्यो भनेको उद्यमीहरूबीच, पत्रकार र साहित्यकारबीच, अधिकारकर्मीबीच ठाडो संवादको प्रक्रियालाई प्रोत्साहन गरौं । यसले नयाँ नेपाललाई प्राणवत्ता दिन्छ ।
    हिजो द्वन्द्वबाट निकै थिलथिलो भएको र समाजमा धेरै निराशा पैmलिएका बेलामा पनि पहाडमा मानिसहरूले आशाको दियो जोगाइरहेका थिए । अहिले पनि नयाँ काम, नयाँ धन्दा गर्न सुदूर गाउँहरूमा सृजनशील हातहरू मौन ढङ्गले काम गर्दैछन् । यहाँनेर सम्झनुपर्ने कुरा के छ भने सबैलाई राज्यले संरक्षण गरेको छैन । आप्mनो उन्नतिको सबैभन्दा ठूलो तागत आपैंmमा हुन्छ । पहाड आज यस कारणले आशाको पहाड भएको छ कि त्यहाँ मानिसले आप्mनै सामथ्र्यलाई पहिचान गरी परिचालित गरे । पहाडलाई प्रकृतिले पनि दुःख दियो । पछिल्ला वर्षहरूमा परिवर्तनका लागि भएका द्वन्द्वहरूले पनि कम्ती दुःख दिएनन् । तर त्यो पहाड नै हो कि आपैंmभित्र पीडाहरूलाई सुसाउँदै परिश्रमको मुस्कान छर्न सक्षम भएको छ । समकालीन दक्षिण एसियामा यस्तो परिदृश्य दुर्लभ छ ।
    पहाडमा देखिएको यो सकारात्मकता त्यहाँको सामाजिक क्षेत्रमा पनि देखिन्छ । त्यसैले शिक्षा, स्वास्थ्यजस्ता सेवाप्रदायक क्षेत्रमा देखा परेको गुणस्तर अरू ठाउँका लागि अनुकरणीय छ । राजनीतिक ठेलमठेल कम छैन यता । समाजमा विसङ्गतिहरू पनि टन्नै छन् । तर अप्ठ्यारापनमा पनि हुर्कने जुन जिजीविषा छ, त्यो त गजबको पो छ । जुन समस्या मधेसले यतिखेर भोग्दैछ, पहाडले केही दशक पहिले भोगिसक्यो । ऊ हिजोका अप्ठ्याराबाट आत्तिएन । बरु ऊ पर्वतको चट्टाने बाटोजस्तै समस्यालाई भाँच्दै आप्mनोलागि जीवन सुगम बनाउँदै हिंड्यो । मधेस यतिखेर सामाजिक सङ्क्रमणको अवस्थाबाट गुज्रिराखेको छ । यस परिस्थितिमा उसले हिजोका दिनमा पहाडले गुमाएको समय र सङ्घर्षबाट पाठ पैंचो लिन सक्छ । पहाड फगतमा एउटा भूगोल मात्र होइन । आपैंmमा एउटा प्रतीक हो ।
    मधेसले आप्mनो सामाजिक संरचनालाई खल्बलिन नदिन र वर्तमानका अप्ठ्याराहरूलाई छोप्दै अवसर लिंदै जानका लागि पहाडले गुमाएका अतीतबाट सिक्न सक्छ । यसो भएमा उसले आपूmलाई गुमाउनबाट जोगाउन सक्छ । अर्थात् मधेसमा यतिखेर रोजगारका लागि बाहिर जानेक्रम बढेको छ, सामाजिक द्वन्द्वका ज्वालामुखीहरू फुट्दै गएका छन् । अन्तरजातीय सम्बन्धका चुकुलहरू खुल्दैछन् । यस्तो अवस्थामा परम्परागत सामाजिक संरचनालाई ध्वस्त हुनबाट जोगाउनु र स्थिर सामाजिकतालाई कायम राखिराख्नु मधेसका लागि वर्तमानको कार्यभार हो । त्यसैले नेताहरू भन्छन्– त्यतातिर हेर्नुभन्दा पनि के गर्दा राम्रो हुन्छ ? त्यतातिर हेर्न सके मधेसको भाग्य र भविष्यको मार्गचित्र सही दिशामा जान सक्छ । पहाड र मधेसको भाग्यरेखा फरक छैन । राजनीतिक अतीतले मात्र होइन, भूगोलले पनि एकअर्कासँग अभिन्नरूपमा जोडिदिएको छ । यस अर्थमा अनुभवहरूको साझेदारी र परिपक्व दृष्टिकोण निर्माण गर्नु जरुरी छ । यसले पहाड र मधेसलाई अझ बढी अन्तरघुलन र अन्तरनिर्भर गराउँछ । हो, राज्य यहाँ अहिले पनि निस्क्रिय र निस्फिक्री छ । उसले नागरिक तहमा भइराखेका प्रयत्नहरूलाई टेवा नदिईकन राज्य पुनर्संरचनाको भागीरथ सवाललाई एक्लै हल गर्न सक्छ त ? प्रश्न पहाड जस्तै छ । तर जवाफ मधेसको फराकिलो फाँट जस्तै नखोजेसम्म वर्तमानका गाँठाहरू फुस्कँदैन ।

Friday, September 15, 2017

स्थानीय चुनाव र मधेसको गरिबी

स्थानीय चुनाव र मधेसको गरिबी

चन्द्रकिशोर
    स्थानीय निर्वाचनको दुई दिन बाँकी छ । मौन अवधि शुरू भइसक्यो । तर कहीं कतै पनि यस क्षेत्रको गरिबीबारे चर्चा भएन । विकासको हावादारी कुरा गरिए, स्मार्ट सिटी बनाउने गफ दिइयो तर यथार्थ धरातलसँग जोडिएका थोरै मात्र बहस चल्यो । मधेसमा कुन खाले गरिबी छ ? किन पछाडि प¥यो मधेस ? मधेसका राजनीतिक अभियन्ताहरूले त्यहाँको गरिबीको यथार्थ तस्वीर हेरेका छन् त ? कुनै पनि नेतालाई सोध्नुस्, तपाईंले अहिलेसम्म देखेकामध्ये चरम गरिबी भोगेको मान्छेको चित्रण गर्नुस्, उनलाई पक्कै गा¥हो होला ?
    के सपनाको राजनीति गर्नेहरूले समृद्ध मधेसको सुन्दर तस्वीर पस्किन सक्छन् ? मधेसको सन्दर्भमा गरिबीलाई कुन रूपमा परिभाषित गर्ने ? यस्ता प्रश्नहरू अहिले उपेक्षा गरिए पनि लामो समयसम्म अस्वीकार गर्न सकिंदैन । नेपालको भविष्य मधेसको भविष्यसँग फुकाउन नसकिने गरी गाँसिएको छ, मधेसमा गरिबी समाप्त नभईकन नेपाल समृद्ध हुन सक्दैन । तर त्योभन्दा पहिला गरिबीमा रहेको मधेसको सामाजिक, सांस्कृतिक र राजनीतिक जटिलता बुभ्mन जरुरी छ । मधेसको द्वन्द्व निम्त्याउन सक्ने त्यहाँको सामाजिक र आर्थिक विपन्न संरचना र त्यसले खडा गरेको सामाजिक–आर्थिक सीमान्तीकरणको अस्तित्वलाई ठम्याउन आवश्यक छ ।
गरिबीको रूप
    मधेसको गरिबीलाई दुई दृष्टिबाट हेरिनुपर्छ । गरिबीलाई वस्तुपरक आधारमा देखिनुपर्छ । यसलाई आर्थिक सूचकहरूबाट नापिनुपर्छ । कुनै पनि व्यक्तिलाई बाँच्नका लागि के कस्ता स्रोतहरू उपलब्ध छन् ? भौतिक साधनहरूबाट वञ्चितीको अवस्था गरिबी हो । त्यस्ता साधनविहीनहरूको आम्दानी बढाएर उनीहरूको गरिबीलाई हटाउन सकिन्छ । अर्को सोचाइ हो, गरिबी भावनात्मक विषय हो । यसलाई आधुनिक समयमा बहुआयामिक दृष्टिबाट हेरिनु र व्याख्या गर्नुपर्छ । वस्तुपरक नजरबाट नापेजस्तै भावनात्मक दृष्टिबाट गरिबीलाई कुनै सूचक निर्माण गरेर नाप्न गा¥हो छ । स्रोत र साधनको अभाव गरिबीको परिचायक हुँदै हो, उपलब्ध स्रोतको असमान वितरण प्रणाली पनि गरिबी हो । कुनै व्यक्तिले निर्णय गर्ने अधिकार र अवसरवाट वञ्चिती रहेको अवस्था पनि गरिबी हो । व्यक्तिको सम्मान र स्वतन्त्रता पनि गरिबीलाई अथ्र्याउने चक्रभित्र पारिनुपर्छ । मधेसीहरू किन र कसरी गरीब भइराखेका छन् ? मधेसीहरू किन गरीब भए ? गरिबी निवारण र समाज परिवर्तनबीचको साइनो के हो जस्ता पक्षलाई पनि गरिबी विमर्शसँग नजोडेसम्म गरिबीको महारोगबारे सही ठम्याइ हुन सक्दैन ।
    मधेसको जमीन निकै उब्जाउ रहँदै आएको छ, नदीहरूको जाल बाक्लो छ । जमीन मख्खनजस्तो मुलायम छ । दक्षिण एसियामा तुलनात्मकरूपमा मधेसको जग्गामा यसो बीउ प्mयाँकिदियो भने जमीनमा त्यो अङ्कुरित हुन्छ । तर भूमिको असमान वितरण, सिंचाइ  प्रणालीको अभाव, बीउ, मलको समस्याले गर्दा उर्वर खेतको सही उपयोग हुन सकेको छैन । जमीन, जनशक्ति र जलभण्डार (नदी, पोखरी, इनार) यहाँको विकासका आधार हुन् । मधेसमा नेपालका मुख्य वन्यजन्तु आरक्षहरू छन्, सीता र बुद्धको जन्मभूमि छ, सीमावर्ती भारतीय राज्य र पहाड जोड्ने आर्थिक सम्भावना छ, तर आपूmसँग विद्यमान रहेको सम्पदाको सही उपयोग गर्न नसकेर सुनको थालीमा भिख माग्नुपरेको अवस्था छ मधेसको । परिणाम जनशक्तिको ठूलो हिस्सा विदेशिएका छन् । बाहिरबाट आएको खाद्यान्नले जनजीविका टरेको छ । भोजपुरीमा भनिन्छ नि,“भोजन विनु, भक्ति होई ना गे माई ।”
    केन्द्र र मधेसको बीचमा टकराव हुने मूल कारण पनि असमानता र गरिबी नै हो । आर्थिक विकासबिना सामाजिक न्याय सम्भव छैन । पहिले “मनी अर्डर” इकोनोमी थियो, अहिले “रेमिटान्स” इकोनोमीले खर्च थेगिएको छ । तर मधेसमा जुन प्रकारको गरिबी पैmलिंदै गएको छ, त्यसको कल्पनासम्म पनि गर्न सकिंदैन । कारण प्रस्ट छ, मधेस आपैंmमा नेपालजस्तो विविधता बोकेको छ । गाउँ, शहर छिरेको छ, गाउँमा रेमिटान्स सङ्क्रमित छन्, शहर छिरेको गाउँले शहरलाई बेचैन बनाएको छ । त्यसैले मधेसको शहर होस् वा गाउँ गरिबीको आआप्mनै आख्यानहरू सुन्न र हेर्न पाइन्छन् ।
सम्भावनाको समथर, चुनौतीको पहाड
    मधेसमा गरिबीसँग जोडिएका चुनौतीहरू निम्न प्रकारका छन् वा यसलाई यसरी भनौं मधेसमा गरिबी हुनुका पछाडि यी कारणहरू रहेका छन् । यसलाई मधेसका शब्दावलीमा प्रवृत्तिगत अभिरेखाङ्कित गर्दा निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ–
क) झुलनिया
    यो एउटा यस्तो मानिसकता हो, जसले यथास्थितिलाई स्वीकार गर्छ । झुलामा झुलेजस्तै गरिबीको रोटेपिङमा हल्लिनुलाई नियति मान्दछन् । नेपालमा बस्ने हो भने यही हाम्रFे नियति हो, यसमा हामीले केही गर्न सकिंदैन । गरिबीको गोलचक्करमा हल्लिराख्ने, हल्लिराख्ने । गरिबी भनेको एउटा प्रक्रिया हो, जसद्वारा उनीहरूसँग भएका साधन र सामथ्र्यहरूको पनि दोहन गरी उनीहरूको जीवनस्तरमा नकारात्मकता ल्याउन बल दिन्छ, जुन सामाजिक र शासकीय ढाँचाको चाहना अनुरूपको छ ।
ख) टकटकिया
    विकास भनेको राज्यले दिने हो । राज्यले नै हेरेको छैन, जे गर्छ उसैले गर्छ । जबकि विकास भनेको दिने र लिने कुरै होइन । यो लिने व्यक्तिको ग्रहणशीलता र स्वामित्वको चाहनामा पनि भर पर्छ । गरिबीको नाममा राजनीतिको व्यापार गर्नेहरूले टकटकिया मनोविज्ञानलाई हौंस्याएका छन् । यसले आप्mनो दायित्वप्रति व्यक्ति वा समुदायलाई चुपचाप र शिथिल बनाउँछ भने राज्यप्रति सामान्य मानिसमा पनि आक्रोश पैदा गर्छ । राजनीतिमा जनतालाई उक्साउने यस्तो प्रयोग नौलो होइन । विकास वास्तवमा जनजीवनको उत्थानको लागि हो भने व्यक्ति र समुदायको पनि अग्रसरता चाहिन्छ । तर टकटकिया मनोविज्ञानले यसलाई निषेध गर्छ ।
ग) मखमलिया
    यो केन्द्रबाट भुइँ सतहलाई हेर्ने नजरिया हो वा अहिलेको राजनीतिक शब्दावलीमा भन्ने हो भने काठमाडौंले मधेसलाई हेर्ने आँखा हो । यसले के भन्छ भने संविधान र संसाधनमा कहाँनिर असमानता छ ? स्रोत दिइएकै छ, त्यत्रो सुगमता छ, यति विघ्न साङ्गठनिक क्रियाशीलता छ तर खै किन हो किन मधेसीहरूले आपूmलाई बदलावको सेरोफेरोमा राख्न सकेको ? यस्तो सोचले विकासलाई अनुकम्पाको रूपमा हेर्छन् । स्रोत भुइँ सतहसम्म कुन रूपमा, कसरी, कति र कसमा पुग्यो ? त्यसको निगरानी गर्दैनन् । योजनाहरू निर्माण गरिंदा के गर्ने, किन गर्ने, कसरी गर्ने, कुन गर्ने, कति गर्ने, केबाट गर्ने र परिणाम के हुने, यस सवालमा भुइँ सतहसँग सही ढङ्गले संवाद र समन्वय गरिंदैन । एक अर्थमा भनौं, यो थोपरिएको विकास हो । यसले गरिबी व्यवस्थापनमा चुनौती दिन्छ ।
घ) चितपटिया
    यो मानसिकता भनेको पहिले फोहर आपैंm गर्छन्, त्यसपछि सफाइका लागि बजेट माग गर्छन् । उल्टो र सुल्टो दुईटै भूमिका खेल्छन् । बिगार्ने र सपार्ने पनि । अहिले मधेसमा “एन्टी चिटिङ” अभियान चलेको छ, यो भनेको विद्यालय वा क्याम्पसमा हुने जाँचमा नक्कललाई रोक्नु हो । पहिले आपैंm चोरीको संस्कृति विकास गर्छन्, अनि त्यसको प्रतिरोध पनि आपैंm शुरू गर्छन् ।
ङ) पडोसिया
    भारतसँगको दैनिक सम्बन्धले पनि हाम्रो जनजीवनलाई असर गरेको छ । सीमावर्ती भारतीय क्ष्Fेत्रको सामाजिक, आर्थिक अवस्थाको असर हामीकहाँ आउने गरेको छ । त्यसैगरी, भारतले गरेका नदी व्यवस्थापनका काम हुन् वा सडक निर्माणका काम त्यसले पनि मधेसको स्वाभाविक विकासक्रममा अडचन पैदा गरेको छ । मधेसी राजनीतिलाई पुच्छर बनाउने सोच दिल्लीको देखिए पनि आप्mनै साँधसँग जोडिएको क्ष्Fेत्रमा असन्तुलित विकासका निम्ति उनीहरू कहिल्यै पनि गम्भीर देखिएनन् । खुला सिमानाले गर्दा हुने मूल्यान्तरको व्यापारबाट लाभ लिने मुठीभरहरू छन् तर त्यसको बाछिटामा बाँच्ने लोभमा सीमावर्ती क्ष्Fेत्रमा भरियाहरूको ठूलो हिस्सा छ । यस पेशाबाट उनीहरूको दैनिक गर्जो त टरेको छ तर अन्य उद्यमहरूतिर अनाकर्षित भएका छन् ।
च) विभेदिया
    जातीय भेदभाव र जातीय अर्थतन्त्रलाई निषेध गर्ने प्रवृतिले पनि मधेसभित्रको आन्तरिक जीवनलाई उथलपुथल बनाउने गरेको छ । मधेसको आर्थिक गिरावटमा र स्थानीयता आधारित विकास पद्धतिलाई प्रोत्साहित गर्नमा विभेदिया मनोविज्ञानको भूमिका पनि कम छैन । मधेसी समाज जाति र उपजातिहरूको झुन्ड मात्र हुन पुगेको छ । यहाँ नागरिक होइन, फगत जातिहरू बस्छन् । मधेसी गरिबीलाई बुभ्mनका लागि समाजमा व्याप्त जातीय विषमतालाई बुभ्mनुपर्छ ।
    मुसहर भन्ने बित्तिकै त्यो सामाजिकरूपमा वञ्चितीमा परेको मात्र हुँदैन, आर्थिक र राजनीतिक हैसियतमा पनि कमजोर हुन्छ । भूस्वामित्वको जातीय आधार अहिले पनि कमजोर भएको छैन । उच्च तथा मध्य जातिको तुलनामा निम्न एवं दलित जातिहरूको सामाजिक, आर्थिक अवस्थामा कुनै मूलभूत परिवर्तन भएको छैन । प्रायः दलितहरू आज पनि भूमिहीन छन् । स्त्री उत्पीडन मधेसी समाजको मूल तŒव हो । मधेसको विभिन्न क्षेत्रमा उत्पीडनको विभिन्न स्वरूप विकसित भएको छ, जसको सोझो सम्बन्ध त्यो समाजको स्तरीकरणको संरचनामा निहित छ ।
छ) दुमुहिया
    यो एउटा यस्तो मानसिकता हो, जसले आप्mनैभित्रको सामथ्र्यलाई पहिचान गर्दैन । आपैंmभित्रको धनात्मक र ऋणात्मक शक्तिको चिनारी आपैंmले गर्दैन । सम्पन्नताको खोजी त गर्छ, सम्भावनाहरूको सपना हेर्छ तर आपैंmभित्रको सामथ्र्यलाई केलाउँदैन अर्थात् दुईटा मुख छ । उदाहरणमा मधेसका सांस्कृतिक उत्पादनहरूलाई हेला गर्छ तर त्यो ज्ञानलाई उत्पादन विकास र बजारीकरणसँग जोड्दैन ।
ज) बेअजिया
    तन्त्र यति विघ्न भ्रष्ट भइसकेको छ कि उसले यहाँको समाजबाट थप ब्याज आर्जन गर्न खोज्छ । राज्य र मधेसबीच दूरीको एउटा कारण तन्त्रको नाउँमा त्यहाँ ठडिएका गणहरूको व्यवहार हो । त्यसैगरी, यहाँको सामाजिक अर्थतन्त्रमा चर्को ब्याज लिने चलन यथार्थ हो । रेमिटान्सले गर्दा पनि परिस्थितिमा आमूल परिवर्तन आउन नसक्नुको कारण चर्को ब्याजदर नै हो । मूल धनसँगै ब्याज चुक्ता गर्नमैं आर्जनको ठूलो हिस्सा समाप्त हुने गरेको छ । केही मुठीभर मानिसहरू ब्याजको धनबाट आर्जन गरिरहेका छन् । सामान्य जनताको ठूलो हिस्सा चर्को ब्याजको जाँतोमा पिल्सिएको छ ।
    यसरी नखोजिएको मधेसलाई चियाउन जरुरी हँुदै गएको छ । गरिबी व्यवस्थापनसँग जोडिएका तथ्य र भ्रम के हो त्यो छुट्याउन जरुरी छ । गरिबी निर्मूलनको नाराबाट विरक्तिनुभन्दा पनि उपरोक्त चुनौतीहरूलाई दृष्टिगत गरी गोरेटो समातिएमा सन्तुष्टि लिने ठाउँ हुन सक्छ ।
    राम्रो पक्ष के छ भने गणतन्त्र लड्दैपड्दै पाइला टेक्न सिक्दैछ । यसले बिस्तारै जनजीवन र जनजीविकामा सुधार ल्याउँछ भन्ने विश्वास फिजाउनु छ । प्रचुर सम्भावनाहरू बोकेको सुनको थाल मधेसको यस्तै हाल बेहाल रहने हो भने यहाँको गरिबीले यहाँको राजनीतिलाई ताल बेताल गरिदिन्छ भनेर ठोकुवा पक्कै गर्न सकिन्छ । यसले सिकाएको पाठ के हो भने राज्यसँग सम्बन्ध सुधारका साथै सामाजिक जीवनलाई पनि आधुनिक परिभाषामा ल्याउन सक्नुप¥यो अनिमात्र गरिबीको महारोगबाट मुक्त हुन सकिन्छ । स्थानीय चुनावमा यस पक्षबाट पनि विचारविमर्श हुनुपर्छ । केवल ठूला ठूला कुरा गरेर मात्र हुँदैन ।

Friday, September 8, 2017

हुलाकी सडक र स्थानीय तहको निर्वाचन

हुलाकी सडक र स्थानीय तहको निर्वाचन

चन्द्रकिशोर
    स्थानीय तहको निर्वाचन प्रदेश नं. २ मा हुन गइरहेको छ, त्यसका प्रक्रियाहरू प्रारम्भ भइसकेका छन् । यस क्ष्Fेत्रका जनता स्थानीय तहमा नयाँ जनादेश दिन आतुर देखिएका छन्, यो राम्रो पक्ष हो । एउटा जिल्लाबाट अर्को जिल्लामा जान पूर्व–पश्चिम राजमार्गको नै बढी भर पर्नुपर्ने स्थिति छ । वीरगंजदेखि कलैयासम्मको बाटो त ठीक छ तर वीरगंजबाट ठोरी जानुप¥यो भने गा¥हो । कलैयाबाट सिम्रौनगढ हुँदै गौर जानुप¥यो भने अहिले जान सकिंदैन । बाटो ठीक छैन । यसरी तराईका जिल्लाहरूलाई दक्षिणी सीमा क्षेत्रमा पूर्व–पश्चिम जोड्ने मार्गको माग र चाहना लामो समयदेखि हुँदै आएको छ । तर त्यो अहिलेसम्म हुन सकेको छैन । वीरगंजबाट गौर जानुप¥यो भने पहिला पथलैया जानुप¥यो, त्यसपछि राजमार्ग समातेर चन्द्रनिगाहपुर जानुप¥यो र त्यहाँबाट गौर जानुप¥यो । अर्थात् वीरगंजदेखि गौरसम्मको छोटो बाटो नभएर अहिले चल्तीको लामो बाटो समाउनुपरेको छ । हेर्दा यो सामान्यभैंm लाग्छ तर यसले सामाजिक र आर्थिक क्षेत्रमा ठूलो असर पु¥याइरहेको हुन्छ ।
    हुलाकी सडक भएपछि तराई भूगोलमा उत्तरी क्ष्Fेत्रको सम्पन्नता र दक्षिणको विपन्नताबीच सन्तुलन र समन्वय ल्याउनेछ भन्ने एक बुझाइ छ । उत्तरी क्षेत्रबाट पूर्व–पश्चिम राजमार्ग बनाइँदा तत्कालीन समयमा त्यसले नेपाललाई जोड्ने काम त ग¥यो नै, साथसाथै दक्षिणको तुलनामा नदीहरूको बहाव साँघुरो क्षेत्रमा भएको हुँदा यसले पुल निर्माणको खर्चलाई पनि कम पा¥यो, जो केही अर्थमा त्यतिखेरको परिस्थितिमा ठीक निर्णय मान्न सकिन्छ । यसै राजमार्गमा मेचीनगर, इटहरी, इनरुवा, लहान, रत्ननगर, भरतपुर, बुटवल, महेन्द्रनगर नगरपालिका नै विकसित हुँदै आयो भने यतिखेर सरकारले घोषणा गरेका नगरपालिका/उपमहानगरपालिका मध्ये बिर्तामोड, उर्लाबारी, मोहनपुर–कल्याणपुर, रूपनगर, मिर्चैया, हरिवन, निजगढ, सिमरा, चन्द्रनिगाहपुर, कोहलपुर यसै राजमार्गमैं पर्दछन् ।
    उता यो राजमार्ग बनेपछि दक्षिण सीमाञ्चल क्षेत्रका पुराना बजारहरू ओझेलमा पर्दै गए, वा जो शहरहरू सीमामा विकसित भएका छन्, ती शहरहरूबाट सोभैm पूर्व–पश्चिमतिर जोड्ने काम भएको भए त्यो छोटो र पायक हुन्थ्यो । जसरी वीरगंजबाट सोभैm सिम्रौनगढ हुँदै गौर पुग्यो, त्यहाँबाट मलङ्गवा, जलेश्वर, सिरहा, राजविराज, रङ्गेली जोड्दै गयो भने अहिलेको घुम्ती यात्राभन्दा समयको बचत बढी हुन सक्थ्यो । पूर्व–पश्चिम राजमार्गसँगै नेपालमा प्रायः उत्तर–दक्षिण सडक बनाउने काम हुँदै रह्यो, पूर्व–पश्चिम समानान्तरमा अर्को वैकल्पिक राजमार्ग बनाउनेतिर ध्यानै दिइएन । पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि चरणबद्धरूपमा पनि हुलाकी सडक वा सीमाञ्चल क्षेत्रमा अर्को पूर्व–पश्चिम सडक सञ्जाल खडा गर्न सकिएको भए अहिले देखा परेको सामाजिक–आर्थिक असन्तुलन र रिक्तता देखा पर्दैन्थ्यो ।
    त्यस्तै, पहाडबाट र नेपालबाहिरबाट भएका बसाइँसराइले उत्तरी क्षेत्रमा जनसाङ्ख्यिक बनावटलाई अस्वाभाविक बनाउँदैन्थ्यो, त्यो कुन अर्थमा भने बढ्दो जनसङ्ख्या यसरी थेग्रिंदै गयो, जसले सामाजिक–आर्थिक पर्यावरणलाई नै नराम्ररी कमजोर बनाइदिएको छ । जतिखेर पूर्व–पश्चिम राजमार्ग बन्यो, त्यतिखेर त्यो क्ष्Fेत्रमा एकदम कम आबादी थियो । प्रायः ठाउँमा जङ्गल फडानी गरेर बाटो बनाउनुप¥यो । त्यसले पु¥याएको नकारात्मक असर यतिखेर दक्षिणका बस्तीहरूले भोग्नुपरिरहेको छ । पूर्व–पश्चिम राजमार्ग चुरे शिवालिक क्षेत्रको काखमा रहेको छ, व्यापक वन फडानी, बढ्दो जनघनत्व र त्यसले गर्ने दोहनले गर्दा चुरे क्ष्Fेत्रमा वनस्पतिको ढकाव कम हुँदै जाँदा जमीनमा परेको पानी सोसिन पाउँदैन र वर्षाको पानीको अत्यधिक हिस्सा सतहमा बग्दछ, जसले गर्दा खोला र खहरेहरूमा बाढी आउँछ । यसको कारणबाट खोला तथा खहरेहरूले जमीन तथा खेतबारीहरूको कटान गर्ने, तराईका खेतीयोग्य जमीन पुर्ने, सिंचाइ कुलाहरूलाई प्रभाव पार्ने, विकासका संरचनाहरू बिगार्ने, धनजनको क्षति जस्ता दुष्प्रभावहरू देखिइरहेका छन् ।
    चुरे विनाशको असरको नजिता यी गाउँहरूमा पानीको सतह घट्दै गएको बारा जिल्लाको कोल्हवीका बासिन्दाहरू बताउँछन् । पानीको सतह घट्दै जाँदाको प्रत्यक्ष असर माछापोखरीहरूमा पर्न थालेको देखिन्छ । त्यसैगरी बोधवनका कृषकहरू गर्मीयाममा पर्याप्त पानी नहुँदा माछापालन व्यवसायमा सङ्कट आएको बताउँछन् । पोखरीनजिकै बोरिङ धसाएपनि पानी पर्याप्त आउँदैन, उनीहरू चिन्तित हुँदै प्रतिप्रश्न गर्छन्– “पानीको स्रोत नै घटेपछि आओस् पनि कसरी ?” खेतीपाती र जनजीविकामा पनि दक्षिणतिर असर पारेको छ ।
    यसलाई तराई केन्द्रित राजनीतिमा मधेसलाई पछाडि धकेल्ने राज्यको नियतको रूपमा अथ्र्याइन्छ । आज जसरी पहाडैपहाडलाई जोडने लोकमार्गको अपरिहार्यता छ त्योभन्दा कम हुलाकी राजमार्गको थिएन । सडकले राज्यसत्तामा विभिन्न सामाजिक–आर्थिक वर्गको प्रभाव, पहुँच र समावेशीकरणको अनुपात पनि देखाउने अभिमत राख्दछ । पूर्व–पश्चिम राजमार्गले गर्दा जसरी तराईका उत्तरतिर समृद्धि देखा प¥यो, त्यत्तिकै नै असन्तुलन दक्षिणतिरमा प¥यो । अर्थात् हुलाकी सडक निर्माण नहुँदा आर्थिक–सामाजिक जीवन नै दक्षिणको मत्थर हुँदै गयो । दक्षिणी क्ष्Fेत्रमा बेलाबखत चर्किने द्वन्द्वकोे एउटा कारण पछौटेपन पनि हो ।
    सीमावर्ती उत्तर प्रदेश र विहारमा पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग निर्माणको काम धेरै हदसम्म सकिसकेको अवस्था छ । पूर्व–पश्चिम राजमार्ग र छिमेकी राजमार्गको बीचमा एउटा डार्क बेल्ट
(अँध्यारो क्षेत्र) सीमान्त गाउँहरू देखा पर्न थालेको अवस्थामा हुलाकी सडक निर्माणको सन्दर्भले यदाकदा आशा देखाउँछ । तर यो सडक निर्माण वीरबलको खिंचडी भएको छ । विगतमा पनि विभिन्न दाताहरूको सहयोगमा हुलाकी सडक बनाउने सपना नदेखिएको होइन, तर त्यो व्यवहारमा कुर्दा वर्षौं बितिरहेको छ । यस परिप्रेक्ष्यमा स्थानीय तह निर्वाचन र त्यस उपरान्त हुने प्रदेश र सङ्घको चुनावको बेला हुलाकी राजमार्ग निर्माणबारे एजेन्डा बन्नुपर्छ । नेपाल सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ । स्थानीय र प्रदेशको राजनीतिक एजेन्डा त्यो बन्नै पर्छ ।
    क्रमबद्धरूपमा हुलाकी सडकलाई निर्माण गर्दै जानुपर्दछ । तर अब हुलाकी सडक बनाउँदा विगतमा उत्तरी क्ष्Fेत्रमा बनाइँदा भएका त्रुटिहरूलाई सच्याउँदै जानुपर्छ । त्यो भनेको यो सडक हरित सडकको सोच अनुसार बनाइनुपर्छ । हुलाकी सडकका दुवैतिर वृक्षरोपण गरिनुपर्दछ । नदीहरूमा पुल बनाइँदा नदीको बहावलाई दुवैतिरबाट तटबन्धको राम्रै प्रबन्ध गरिनुपर्छ, नत्रभने बहाव परिवर्तनका कारणले सडक कटानमा पर्न सक्छ ।
    हुलाकी सडकको निर्माणसँगै कृषिको परम्परागत तौरतरिकामा पनि बदलाव आउँछ । बजारलाई केन्द्रित गरी उत्पादनका किसिमहरूको थालनी हुन्छ । उत्पादित सामग्रीको सहज पहुँच बजारसम्म हुन्छ । पुराना बजारहरू गुलजार हुँदै जान्छन् । दक्षिणका गाउँहरूमा जीवन फर्किन थाल्छन् । सडक आपैंmमा ठूलो सम्भावना लिएर दक्षिणी गाउँघरतिर गुज्रिन थाल्छ । यसले मुलुकका अन्य भागमा पनि आपूर्ति व्यवस्थापनमा टेवा पु¥याउँछ । यी सबै पक्ष स्थानीय सरकारको विषयमा पर्छ । स्थानीय तहमा जनजीविका र जीवनस्तरमा बदलाव ल्याउनमा हुलाकी सडक सहयोगी बन्न सक्छ ।
    योभन्दा पनि महŒवपूर्ण हुलाकी सडकले राष्ट्रियतालाई मजबुत बनाउँछ । दक्षिणी क्षेत्रका बासिन्दालाई आप्mनै मुलुकभित्र ओहोरदोहोर गर्न छिमेकी भारतीय राज्यहरू भएर गुज्रिनुपर्दैन । स्थानीय प्रशासनलाई सीमावर्ती क्षेत्रमा राज्यको प्रभाव बढाउन सहज हुन्छ । सीमा व्यवस्थापन कार्य र सीमा निगरानीमा नेपाली पक्षलाई अप्ठ्यारोको सामना गर्नुपर्दैन । सीमा क्षेत्रमा नियमित प्रशासनिक ओहोरदोहोरले गर्दा सीमापार अपराध नियन्त्रण, अवैध कारोबारमा कमी, सीमा अतिक्रमणमा विराम लाग्न सक्छ ।
    यो सडक भारतलाई पनि पश्चिमको उत्तराखण्डबाट पूर्वोत्तर राज्यहरूमा जान छोटो मार्गको रूपमा प्रयोजन सिद्ध हुन सक्छ । विश्वको उदाउँदो अर्थतन्त्र भएको छिमेकी देश चीन र भारतबीच रहेको नेपालले निकै फाइदा लिन सक्छ । धेरै अर्थमा हुलाकी सडक ट्रान्जिट रूट सिद्ध हुन सक्छ । त्यसैले यो सडकको महŒवलाई केवल दक्षिणी क्षेत्रका बासिन्दहरूको आवश्यकताको रूपमा नहेरी राष्ट्रको एउटा आवश्यकताका रूपमा हेरी यसका निर्माणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतहरूको खोजी गर्नुपर्दछ । त्यसका साथै अहिलेको स्थानीय आवश्यकता, लागत, पूर्वाधार र सम्भावनाहरूलाई दृष्टिगत गरी त्यसको रेखाङ्कन अविलम्ब गरिनुपर्छ र निर्माणको समयसीमा पनि निर्धारण गरिनुपर्छ । फेरि पनि यो सडकको नियति भद्रपुरको मेची पुल जस्तो नहोस् वा सधैंको राजनीति गर्ने एउटा प्रियतावादी नाराको रूपमा देखा नपरोस् । अर्थात् प्रदेश नं. २ का लागि हुलाकी सडक मेरुदण्ड नै हुने भएको हुनाले सबै राजनीतिक शक्तिहरूको साझा सरोकार र प्रतिबद्धता निर्वाचनको बेला मात्र होइन, पछि पनि देखिनुपर्छ ।

Friday, September 1, 2017

मोहन मैनालीको पुस्तक र समय चेत

मोहन मैनालीको पुस्तक र समय चेत

चन्द्रकिशोर
    पत्रकार मोहन मैनालीद्वारा प्रकाशित ‘उपल्लो थलो’ नामक पुस्तकबाट उच्च पहाडी क्षेत्रको जनजीवनका बारेमा एउटा बुझाई उजागर गरेको छ । यो पुस्तक वि.संं. २०६९ मा प्रकाशित भएको हो । गोरखाको उत्तरीभेकमा आज पनि मध्ययुगीन जीवन चलिरहेको झल्काउँछ । पहाड जो हेर्नमा सुन्दर देखिन्छ, जहाँकाहरू आकाशनजिक बस्न पाइरहेका छन् भनेर बाहिरकाहरू दङ्ग पर्छन्, त्यो पहाडमा जीवन कस्तो छ ? नेपाली पहाडी जीवनका बारेमा धेरै लेखियो भनिन्छ, धेरै पाटाहरूलाई केलाइयो भनिन्छ तर पहाडलाई लेख्नु भनेको अभैm पहाड नै छ ।
    पहाडको वास्तविकता सतहमा ल्याउनु पहाडजस्तै दुसाध्य छ । पुस्तकले उत्तरी गोरखाको जनजीवनलाई बाहिर ल्याएको छ र त्यो भोगाइ नेपाली उपल्लो थलोको नियति नै हो । आप्mनो जीउज्यान जोखिममा राखेर पत्रकार मैनालीले पहाड पस्किने काम गरेका छन् । पहाडलाई बुभ्mने र बुझाउने जमर्को गरेका छन् र यसले यतिखेरको नेपाली समाजमा चलिराखेका अनेकौं बहसलाई दृष्टिचेत दिन सक्छ ।
    “२०१५ सालमा राजा महेन्द्र कालो तारे घोडा चढेर गोरखाको पौवा भञ्ज्याङ गएका थिए रे । राजनीति गर्नेहरू संसारका सबै मानिसका सबै समस्या समाधान गर्न सक्छु भन्ने भ्रम दिने गरी जसलाई भेट्दा पनि तिम्रो के समस्या छ भनी सोध्ने गर्छन् भने जस्तै महेन्द्रले पनि सोधेका थिए रे । त्यति बेला यहाँका तारानाथ आमगाईंले राजालाई काँक्रो चढाए र आपूmले भोगेको दुःख सुनाए— यो गाउँभरि न चरनका वस्तुले पानी खान पाउँछन्, न बस्तीका मानिसले तिर्खा मेट्न पाउँछन्, न त बाटो हिंड्ने बटुवाले घाँटी भिजाउन पाउँछन् । यी काकाकुलले धीत मर्ने गरी पानी खाएको देखेर मर्न पाउँछु कि भन्ने आशा छ सरकार । राजा महेन्द्रले “हुन्छ पाउँछौ” भन्ने जवाफ दिएका थिए रे । गाईवस्तुले, गाउँका मानिसले र बटुवाले धीत मर्ने गरी पानी खाएको हेर्न नपाईकन तारानाथ बिते । त्यसपछि धेरै वर्षसम्म तिर्खा मेट्ने उपाय कसैले गरेन । तारानाथले महेन्द्रलाई बिन्ती बिसाएको ३५ वर्षपछि उनको सपना पूरा भयो तर राजा अथवा सरकारले गर्दा होइन । जुग जुगको तिर्खा शीर्षक अन्तर्गत सिमल खण्ड र सिखरजुङ्गको पानीको कथा बयान गर्दै पत्रकार मैनालीले एउटा विकासे संस्थाको सहयोगमा गाउँले आपैंmले यो काम गरेको बताएका छन् ।
    तराईमा कृषि आधारित जीवनपद्धतिको सन्दर्भमा एउटा उखान छ रे, “बरु बूढो बाउ मरोस् तर बैल नमरोस्” यसको आशय थियो, बाँकी परिवारको जीवन धान्ने सहारा गोरु गुमाउन नपरोस् । ठ्याक्कै उपल्लो थलोको जुन ठाउँमा भेडा नै सर्वपूँजी छ, त्यस ठाउँमा एउटा पाठा मर्दा कति पीडा हँुदो हो । पुस्तकका एक पात्र उरसिंह गुरुङले भनेका छन्— “पाठा भुसुक्कै भए (मरे) भने गोठाला चिलिममाथि चिलिम हुन्छन् अर्थात् गोठाला ध्वस्त हुन्छ ।” त्यहाँ शिक्षा, स्वास्थ्य, खाना, पानी, सामाजिक सम्बन्ध, स्रोतको उपयोगको कतिको समस्या छ, त्यसलाई पुस्तकले मसिनो तरिकाले छरपस्टाएको छ । आजको युगमा गङ्गाबहादुरले भारी बोकेर हिंड्न मिल्ने खालको गोरेटो बाटो माग गरेका छन् । समग्रमा पुस्तकले मौलिक प्रश्न पनि उठान गरेको छ, कुनै पनि ठाउँ धनी हुनका लागि त्यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदा अनि मानवशक्तिको उपयोगमा राम्रो तालमेल भएको छ कि छैन, त्यसले अर्थ बोक्दछ । प्राकृतिक, सांस्कृतिक सम्पदा र मेहनती मानिस हुँदैमा त्यहाँका बासिन्दा समृद्ध हुन्छ भन्ने ठोकुवा हुँदैन ।
    नेपालको दक्षिणी भूभाग जो समतल छ, अर्थात् तलबाट अग्ला, परका, सजिलै पुग्न नसकिने उपल्लो थलोको बारेमा आपसी बुझाइ र तालमेललाई फराकिलो बनाउनु युगको हाँक हो । तराईका बासिन्दाहरूमा पहाडका बारेमा धेरै अधुरो सूचना छ । पहाडकाहरू रोजीरोटीका लागि तल झर्दा थोरबहुत सूचना तलका बारेमा पाइराखेका हुन्छन् । सूचनाको प्रसारले एक अर्काबीचको सम्बन्धलाई परिभाषित र परिपक्व बनाउन टेवा दिन सक्छ, थोरबहुत भइराखेको पनि छ । यस दिशामा वार्तमानिक नेपालमा मिडिया र साहित्यले अझ बढी काम गर्न सक्छ । पछिल्ला केही साहित्यिक प्रकाशनहरूले तराई र पहाडका यथार्थ चित्र पस्किने काम शुरू गरेको छ । लेखकहरू आप्mनो स्वतन्त्रचेतको प्रयोग गर्दै भूगोलजन्य पृष्ठभूमिलाई समाजसमक्ष ल्याउने र बुझाइको धरातललाई फराकिलो बनाउने काम गरिराखेका छन् । नेपाली मिडिया पनि यो दिशामा क्रमशः संवेदनशीलता देखाउँदै गइरहेको छ ।
    नेपालको विविधता केवल मौसमसम्बन्धी पर्यवेक्षकहरूका लागि मात्र ‘पहेली’ छैनन्, राजनीतिकर्मीहरूलाई पनि यो एउटा अबुझ गुत्थी रहेको देखिंदैछ । आप्mनो देशको भूगोल र त्यहाँ बसोबास गर्ने बासिन्दाको जीवन प्रणाली नबुझीकन समग्रमा मुलुकको कुनै एउटा हिस्सा विशेषको मात्र वकालत गरेर पार पाउन सकिंदैन । यतिखेर सबैले आआप्mनो कुरा मात्र गरिराखेका छन् । आआप्mना भूगोलमा यसो हुनुपर्ने, त्यसो हुनुपर्ने माग दाबी गर्दैछन् । यो मागको क्रम रोकिएको छैन । नयाँ संरचनाको परिकल्पनाको बहसमा नेपाली राज्य, राज्य सञ्चालनको प्रक्रिया तथा राज्य र समाजका विभिन्न समूहहरूबीचको आपसी सम्बन्धलाई आधार मानेर विश्लेषण गर्ने क्रम बढेको छ ।
    विभिन्न तहका बहसमा राजनीतिक संस्था र सामाजिक समूहहरूको सम्बन्ध तथा भूमिकाका बारेमा फरक तथा प्रतिस्पर्धी विचारहरू व्यक्त भएको पाइन्छ । फरक स्थान वा अवस्थितिबाट हेर्दा हरेक सवालमा भिन्न बुझाइ र भिन्न दृष्टिकोण पाइनु स्वाभाविक हो ।  एउटा भूगोलमा गरिएको मागदाबी अर्को भूगोलका लागि विरोधाभास वा असहज पनि हुन सक्छ, यसको हेक्का प्रायःलाई छैन । समकालीन राजनीतिको दुःखान्त पक्ष भनेको हामी विगतलाई खोतल्ने प्रयास त गर्दछौं, इतिहासलाई आजको चुनौतीसँग जोडेर व्याख्या गर्ने काम त गर्छौं तर मुलुकको भूगोललाई चिन्ने र छाम्ने प्रयत्न गर्दैनौं । मुलुकको भूगोललाई चिन्न र बुभ्mन सक्नु भनेको एटलसमा सरसर्ती नियालेजस्तो सहज र सरल होइन ।
    सबै बासिन्दालाई आपूmभन्दा फरकको भूगोलको बारेमा जानकारी गराउन त्यस ठाउँको अवलोकन यात्रा नै गराउन सकिंदैन, त्यो सम्भव पनि छैन । विभिन्न सरकारी र गैरसरकारी प्रतिष्ठानहरूले अन्तरभूगोल अवलोकन कार्यक्रमहरू चलाइराखेका छन् र यस्ता कार्यक्रमहरूबाट केही खास असर पनि परिराखेका छन् । प्रायः के देखिन्छ भने अवलोकन यात्राहरू पहाडका सुगम सदरमुकामहरूमा केन्द्रित छन् । तर छोटो अवधिको यात्राले भूगोलजन्य पृष्ठभूमि र  परिस्थितिप्रति गहिरो बुझाइ निर्माण गर्न सकिंदैन । यसका लागि मिडिया र साहित्य अगाडि आउन सक्छ र आउनु पनि पर्ने हो । तराईको भूगोलको सहजताले गर्दा मिडियामार्पmत् यहाँका कुराहरू कुनै न कुनै रूपमा आइरहेका हुन्छन् तर विकट पहाडमा सन्नाटा छ । दुर्गम पहाडका बस्तीहरूमा जीवनको गति कस्तो छ, अभैm पनि अनुमान गर्नुपर्ने अवस्था छ ।
    काठमाडौं अभैm पनि आपैंmमैं मस्त छ, उसलाई आपैंm अप्ठ्यारो नपरेसम्म उसले अन्य भूगोलका अप्ठ्याराहरूलाई अनुभव गर्न सकिराखेको हुँदैन । यसै कारणले काठमाडौंप्रति अन्य भूगोलका बासिन्दाहरूमा एक प्रकारको आक्रोश देखिन्छ । सामान्यतः सहज र सुगम मानिएको तराई–मधेसको समस्या सुन्न र सुनाउन त काठमाडौंलाई आन्दोलन नै पर्खिनुप¥यो । यतिखेरको राजनीतिक सङ्कट भनेको मुलुकका विभिन्न भूभागका आवाजहरू काठमाडौंको ढोका ढकढकाउन आइपुगेको हो । आवाजहरूको कोलाहलले गर्दा काठमाडौं आपैंmभित्र थुनिएको छ । उसका आपैंmभित्रका गुम्सनहरू त छँदै थिए, बाहिरी मागहरूको कोलाहलले ऊ झन् थिचिन पुग्यो । काठमाडौं यतिखेर थिचिएको छ । हिजोसम्म काठमाडौंको मानसिक उपनगरका रूपमा चिनिएका थलोहरू आप्mनो पहिचान र स्वाभिमान खोज्दै काठमाडौं आइपुगेको छ । तर थिचिएको काठमाडौं निकासका लागि केही नेताहरूको विवेकको पर्खाइमा छ ।
    अहिलेको अवस्थामा २०६३ को जनआन्दोलनमार्पmत् नेपाली समाजमा के कस्ता आशाहरू जागे र त्यस उपरान्त राज्यलाई कसरी व्यवस्थित गर्ने प्रयत्न भयो ? नयाँ संविधानले राज्यलाई तीन तहको बनोटमा लग्यो– स्थानीय तह, प्रदेश र सङ्घ । स्थानीय तहको तेस्रो तहको चुनाव प्रदेश नं. २ मा हुने तैयारी भइराखेको छ तर अहिले पनि धेरै कुराहरू काठमाडौंसँगै जोडिएको छ । तराईमा भएको बाढीपीडितको उद्धार, राहत र पुनस्र्थापनको सवालमा केन्द्रमाथि नै भर पर्नुपरेको छ । त्यसैले काठमाडौंको वर्चस्वमा अहिले पनि कमी आएको छैन । यहींनिर प्रश्न उठ्छ– राज्य समय सँगसँगै विकसित हुने विषय हो वा मनपरी तरिकाले काँटछाँट गर्ने विषय हो । स्थानीय तहको निर्वाचन दुई चरणमा भई सकेर पनि आवश्यक कानूनको कमीले गर्दा अधिकार र कामविहीनको अवस्था छ । कतै कतै मनपरीतन्त्र हावी छ । समय र सङ्गतले मानिसका सोचाइमा बदलाव आउँदै जान्छ । राज्यलाई फरकफरक अवस्थितिबाट हेर्दा फरकफरक रूपमा ठम्याउन सकिन्छ, यो स्वाभाविक र जायज हो तर फरकफरक बुझाइमा साझापन ल्याउने काम राज्य, नागरिक समाज र मिडियाको हो ।
    २०४६ र २०६३ को जनआन्दोलन र त्यसका पूरकका रूपमा भएका अन्य आन्दोलनहरूले मुलुकका विभिन्न भूगोलमा आप्mना कुरा राख्ने सचेतना ल्याइदिएको छ । सचेतनाले आप्mना क्षेत्रका समस्या र सरोकारलाई उजागर गराइदिएको छ । तर यी उठिरहेका स्वरहरूबीच तारतम्यता मिलाउनुपर्ने खाँचो छ । मुख्य दलहरू तारतम्यता मिलाउन नसक्दा अहिलेको सङ्कट देखिएको हो । राजनीतिक नेतृत्व सबैलाई तुष्टीकरण गर्न खोज्दछ र आपैंmमा अलमलिन्छ । संविधानसभाबाट संविधान घोषणा हुने बेला सबैले आप्mनै ठाउँमा सबै थोक खोज्दै थिए र कतिपय अवस्थामा एक अर्का ठाउँको बासिन्दाहरू माझ बुझाइको कमीले विरोधी स्वरहरू गुञ्जिन थालेका थिए । कतिपय ठाउँमा आपैंmमा झडप हुने तनावको स्थिति पनि थियो ।
    मुख्यतः के हो भने यस मुलुकको लागि भूगोलको विविधता पनि आपैंmमा एउटा यथार्थ हो, साथै यसले तलदेखि उपल्लो थलोसम्मलाई जोडेर राखिदिएको छ । भूगोलले दिने अस्तित्व, अवसर र अप्ठ्याराहरूलाई बुभ्mने र बुझाउने प्रयत्न नागरिक संवादमार्पmत् काठमाडौंले गर्न सक्यो भने उसको बोझ हलुको हुन सक्छ र मुलुकले स्थायी दिशा ग्रहण गर्न सक्छ । त्यसैले काठमाडौंले नागरिक संवादको अभ्यासलाई चारैतिर बढाउने तपस्या गर्न सक्नुपर्छ ।

Friday, August 25, 2017

तराईमा बाढी

तराईमा बाढी

चन्द्रकिशोर
    बाढी बर्सेनि भइरहने प्रकोपको घटना हो । जलवायु परिवर्तनको प्रभावले वर्षाको चरित्र र स्वभावमा परिवर्तन देखिन थालेको छ । बाढीले उत्पन्न गर्ने क्षतिमा कति प्राकृतिक कारणले वा कति मानवीय कारणले हो, त्यसको छिनोफानो जसरी र जुनरूपमा प्राज्ञिक र नीति निर्माण तहमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । यही कारण हो कि बर्सेनि बाढीको विपद् विभिन्न हिस्सामा दोहोरिन्छ र जनधनको व्यापक क्षति हुने गर्दछ । हामीले विगतका बाढी विपद्बाट पाठ पनि सिक्न सकेका छैनौं वा अहिलेसम्म सिक्ने सोच बनाएका छैनौं । त्यसकारणले पनि बाढीको त्रासदी हाम्रो अनिवार्य नियति बनेको छ ।
    मनसुनको वर्षा पहिले पनि हुन्थ्यो र भइरहने छ । यसलाई रोक्न सकिन्न तर वर्षाको कारण हुने डुबान, कटान, विस्थापनजस्ता सङ्कटलाई रोक्न सकिन्छ । बाढीलाई नकारेर होइन, पहिले बौद्धिक रूपमा जुधेर हामीले पार पाउन सक्छौं । यसका निमित्त बाढीका कारणहरूको सही पहिचान हुन सक्नुप¥यो । यी समस्याहरूमा कति मानवद्वारा सृजित छन् र त्यसलाई कसरी नियन्त्रित र नियमित गर्न सकिन्छ त्यसबारे सही सूचना हुनुप¥यो । अहिले तराई क्षेत्रकै बाढीको कुरा लिउँ, स्थान विशेषमा फरक फरक कारण देखिएका छन् । अत्यधिक वर्षा त भएकै हो, तर बढी क्षति हुने स्थानविशेषको फरक फरक सवाल र सरोकार देखिएको छ । पछिल्लो दुई दशकदेखि जनप्रतिनिधिहरू तल्लो एकाइमा नभएर पनि धेरै समस्या जेलिदै गएका छन् र कार्पेटमुनि छोपिएका छन् ।
    बाढीको विपद्ले उब्जाएको गम्भीर सवाल के हो भने हामीले अहिलेसम्म तय गरेको विकासको मोडेल नै त्रुटिपूर्ण छ । आत्मसात् गरिएको मोडेलले बाढीको सङ्कटलाई झन्झन् भयावह बनाउँदै लगेको छ । यसका निमित्त तीन तहमा सोच्नुपर्ने हुन्छ । पहिलो तत्काल बाढी पीडितहरूको उद्धार, राहत र व्यवस्थापन । दोस्रो आउँदा दिनमा जे जुन कारणले मनसुनी वर्षा विपद्को रूपमा अनुवाद हुँदै गएको छ त्यसलाई कसरी व्यवस्थित गर्ने र तेस्रो बाढीसँग कसरी मिलेर बस्ने ? यो तीनै तहमा खोजीनीति हुनुपर्छ र निकासको सूत्र पहिल्याउनुपर्छ ।
    मौसम पूर्वानुमानबारे जति वैज्ञानिक र व्यवस्थित प्रबन्ध हुनुपर्ने हो त्यसको अभाव छ हामी कहाँ । वैज्ञानिक अध्ययन र अनुसन्धान राज्यको प्राथमिकतामा परेन । छिमेकी बङ्गलादेशमा मौसम पूर्वानुमानबारे जति तयारी छ, त्यति पनि हामीकहाँ छैन । मनसुन प्रणालीलाई बुझ्ने र त्यसले पार्ने प्रभावबारे अग्रिम जानकारी दिने सही र सटिक तयारी हुनुप¥यो र सम्भावित जोखिमका क्षेत्रहरूमा अगावै त्यसको सूचना पु¥याइनु प¥यो । छिमेकी भारतमा नेपालबाट गएका नदी प्रणालीबारे व्यापक अध्ययन भएको छ । नदीहरूको बहावको इतिहास राखिएको छ । बाढीका सम्मेलनहरू  हुने गरेको शताब्दी लामो अनुभव छ । हामी यस मामिलामा कमजोर छौं । नेपालमा अहिलेसम्म बाढी केन्द्रित सम्मेलन भएको छैन । नेपालको भौगोलिक विविधता र बाढीको स्वरूप र कारणहरूको भिन्नताले गर्दा विभिन्न भूगोल र स्थान विशेषका अनुभवहरू एकीकृत साझेदारी हुनुमा ढिलो हुँदै गएको छ । तराई नेपालको सबैभन्दा सघन बाढीग्रस्त इलाका हो ।
    बाढी विपद्मा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्टर, डुङ्गा, गोंताखोर र अन्य प्राविधिक उपकरणहरू चाहिन्छ । कैयौं पटक यस्तो देखिएको छ बाढीको जोखिममा फसेको कैयौं दिनसम्म पनि उद्धार कार्य सम्भव भएको हुँदैन । कारण अत्यधिक वर्षाका कारण काठमाडौंबाट हेलिकप्टर त्यहाँ पु¥याउन सकिंदैन । अहिले पनि हेलिकप्टर काठमाडौंमैं राखिने चलन छ । मुलुक प्रादेशिक संरचनामा गइसकेपछि सैनिक हेलिकप्टरहरू मुलुकका अन्य हिस्सामा पनि राहत विपद् व्यवस्थापन रणनीति अनुकुल राखिनुपर्छ । त्यसैगरी बाढी पीडितहरूलाई पहिलो आवश्यकता टाउकोमा छाना, औषधी, खाना, दैनिक उपभोग्य वस्तु र प्रकाशको प्रबन्ध चाहिन्छ । क्षेत्र विशेषहरूमा तेलको भण्डारण जस्तै विपद् व्यवस्था सामग्री भण्डारण गरिनुपर्छ । त्यसले कुनै पनि प्रकारको प्राकृतिक विपद् हुँदा प्रबन्ध गर्न सजिलो हुन्छ । बाढी प्रभावित क्षेत्रमा सर्पदंश र सङ्क्रामक रोगहरूको खतरा रहन्छ ।
    बाढीभन्दा पनि त्यसको तीव्रता र टिकाउपनले बढी जोखिम निम्त्याउँछ । बादल फाट्यो, नदी अधिकतम कटान ग¥यो वा नदीमा अवशिष्ट जम्मा भयो, नदी भूमिमाथि अतिक्रमण, जङ्गल फडानी, चुरे विनाश, नदीको दोहन र तटबन्ध निर्माण जस्ता कामले बाढीको तीव्रता बढाउँदै लगेको छ । बाढीको तीव्रता र टिकाउपन हुने कारणको स्थायीरूपमा कसरी छेकबार गर्ने ? चिन्ता र चासो त्यतातिर लक्षित हुनुपर्छ । अहिले प्रदेश नं. २ मा चुनाव बाँकी छ अन्यत्र स्थानीय तहको चुनाव भइसकेको छ । स्थानीय सरकारहरूले आपूmखुशी लोक रिझाइका कार्यहरू गर्न थाले भने त्यसले आउँदा दिनमा झन् विनाश निम्त्याउँछ । बाढीको अवस्था उत्पन्न हुनबाट रोक्नका लागि प्रतिरोधात्मक उपायतिर ध्यान नदिएर बाढी आएपछि बचाउ र राहतका कार्यलाई बढी फोकस गर्ने गरिएको छ ।
    जिल्लागत तहमा प्राकृतिक प्रकोप व्यवस्थापन समिति छ तर तिनीहरूसँग विपद्सँग जुझ्ने आवश्यक तयारी र समन्वय छैन । अहिलेसम्म केन्द्रले पनि त्यस संयन्त्रलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिएन । सबै कुरा केन्द्रमुखी भयो अब तीन तहको सरकारको परिकल्पना कार्यान्वयनको चरणमा रहेको अवस्थामा बाढीलगायत विपद्बारे स्थानीय र प्रदेश तहमा कार्यभार र कार्यबोध दुइटै गराउनु परेको छ ।
    यसपटककै बाढीमा देखियो शहरी क्षेत्रमा समेत बिजुली, टेलिफोन र खानेपानी आपूर्तिमा कठिनाई भयो । सुदूर देहातबाट जोखिमको मात्राबारे टेलिफोन सम्पर्क विच्छेद हुँदा सही सूचना सम्बन्धित निकायमा समयमा आउन सकेन । पानीमा फसेकाहरूलाई त्यहाँवाट सुरक्षित ठाउँमा लग्ने र तिनको आवश्यक प्रबन्ध मिलाउन पनि सूचनाको अभावमा तीव्रगतिमा हुन पाएन । कतिपय ठाउँमा सामाजिक सञ्जालमार्फत् बाढीको अवस्थाबारे उजागर भयो । राहत कार्यमा सरकारले एकद्वार प्रणालीको आवश्यकता औंल्याएको छ । उता प्रदेश नं. २ मा चुनावी चटारोले गर्दा सस्ता लोकप्रिय कामहरू बढी हुने गरेका छन् । जसलाई कतिपयले राहतभन्दा पनि सेल्फी मोह वा फेसबुकिया चुनावी प्रचारका रूपमा अथ्र्याएका छन् । जुन ठाउँमा अत्यधिक खाँचो छ त्यहाँ सेवा पुग्न सकेकै छैन । मिडियाले जुन ठाउँको भयावहता उजागर गरिदियो सहयोगी हात त्यतै बढने गरेको देखियो । यसले के देखाउँछ भने उद्धार र राहतका निमित सूचना संयन्त्र खत्म नहोस् त्यसका लागि विशेष सावधानी चाहिन्छ ।
    पूर्वी र मध्यतराईबाट वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या ठूलो छ । उसो पनि गाउँहरू विस्तारै रित्तिदै गएको छ । गाउँमा खासगरी बूढापाका, बालबालिकाहरू बढी चेपुवामा परे । गाईवस्तुहरू जोखिममा परे । खेतको बाली र घरमा सङ्ग्रह गरिएका अन्न चौपट भए । मन्दगतिमा हुँदै गरेको सडक, विद्युतीकरण, नहर निर्माण जस्तालाई क्षति पु¥यायो । यस्तो अवस्थामा बाढीले क्षति गरिदिएपश्चात् फेरि पनि खेती गर्न सकिने तरिका, पानीमा पनि उम्रिने बाली र बहुबाली खेती प्रणालीतर्फ पनि ध्यान दिइनुपर्छ । अहिलेसम्मको अनुभवले के देखाएको छ भने जहिले पनि राहत र पुनस्र्थापनमा राजनीतिक चलखेल बढी हुने गरेको छ । यसले पनि कैयौं द्वन्द्वलाई आकार दिने गरेको छ । यसबाट कसरी जोगिने त्यसको पूर्व तयारी समीक्षा हुनुपर्छ ।
    बाढीको लागि उत्तरदायी को ? स्वयं पीडित पक्ष पनि देखिन्छ । नदी बहाव क्षेत्रमा बसोबास गर्ने, शहर बस्तीको पानी जम्ने क्षेत्रमा प्लटिङ गरिएका जग्गाहरूमा घर ठड्याउने, नदी, पोखरी, इनार मास्ने जस्ता कारणहरूले पनि बाढीको जोखिम बढाएको छ । अबको स्थानीय र प्रदेश सरकारको समन्वयमा त्यस्ता जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई अन्यत्र बसोबासका लागि प्रोत्साहन तथा जोखिम क्षेत्रको पहिचान र प्रचार गरिनुपर्छ । चुरे विनाशले गर्दा बाढी कसरी त्रासदी बन्दै गएको छ र यसका निमित्त चुरे क्षेत्रदेखि दसगजासम्मका बासिन्दाहरू माझ कसरी साझा जिम्मेवारीको आवश्यकता छ त्यसलाई लक्षित समूहमा बेलैमा पु¥याउन ढिलो हुँदै गएको छ । अव्यवस्थित विकासका संरचनाले पनि विनाश निम्त्याइरहेको छ । ठेकेदार, कर्मचारीतन्त्र र राजनीतिकर्मीबीच भ्रष्टाचारको सिन्डीकेटलाई मास्नैपर्छ । कतिपयका लागि बाढीबाट कमाउने अवसर जो भएको छ ।
    तेस्रो र मुख्य पक्ष हो बाढीसँग बाँच्न सिक्ने । यसका निमित्त पनि सरकारी प्रयत्न आवश्यक छ । अरू दुई चरणको प्रयत्न गर्दागर्दै पनि बाढी आइदिन सक्छ । त्यस्तो अवस्थामा बाढीलाई विनाश होइन वरदानको रूपमा कसरी बदल्ने ? त्यो रणनीति पनि आवश्यक छ । हाम्रो गाउँ र शहरहरूको बसोबास, घरहरूको वास्तु, विकासका संरचनाहरू बाढीलाई छेक्ने होइन निकास दिने हुनुपर्छ । बाढीका पानीलाई कसरी सङ्कलित गर्ने र सुख्खा मौसममा त्यसको कसरी प्रयोग गर्ने त्यो सिकाइको समाजीकरण गर्नु अहिलेको हाँक हुँदै गएको छ ।
    बाढीलाई त्रासदीको रूपमा प्रचार गरेर राजनीति वा कमाउने धन्दा मात्र नगरेर यो आवधिकरूपमा आइपर्ने मनसुनी पानीको व्यवस्थापन, सदुपयोग र जीवन निर्वाहका तौरतरिकामा बदलाव गर्न सकियो भने बाढी वरदान हुन सक्छ । के हामी पाठ सिक्न तयार छौं ?

Friday, August 18, 2017

महँगो भो पत्रकारकोे चुनाव

महँगो भो पत्रकारकोे चुनाव

चन्द्रकिशोर
    नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशनको तिथि तय भइसकेको छ । यही भदौ ४ र ५ गते काठमाडौंमा सम्पन्न हुँदैछ । यहाँ जुन रूपमा जिल्लाहरूमा महासङ्घको चुनाव महँगो हँुदै गएको छ, त्यसले अनेकौं सवालहरू खडा गरेको सन्दर्भ उठाइँदै छ । उसो त राजनीति महँगो भनेर धेरै भनिने र सुनिने गरिन्छ । स्थानीय तहको चुनावको परिप्रेक्ष्यमा यो सवाल झन् बढी मुखर भएर आएको छ । अन्य व्यावसायिक एवं पेशागत संस्थाहरूको आन्तरिक निर्वाचन महँगो हुँदै गएकोसमेत सुनिन्छ । जस्तो समाज हुन्छ, त्यस्तै पत्रकारिता हुन्छ, जसरी समाजका अन्य सङ्गठनहरूको निर्वाचन महँगो हुँदै गएको छ, त्यसैगरी पत्रकारहरूको पनि चुनाव पनि महँगो हुँदै जानु स्वाभाविक हो भनेर बहसलाई पन्छ्याउन मिल्दैन ।
    नेपाली पत्रकारहरूको साझा सङ्गठनको रूपमा नेपाल पत्रकार महासङ्घलाई मानिने गरिएको छ । किनभने यसमा विभिन्न रूखका हाङ्गा समातेका वा चौतारीमा आश्रय लिएका पत्रकारहरू आबद्ध छन् । मूलतः यो पत्रकारहरूको पेशागत हकहितका लागि लड्ने संस्था हो । पत्रकारहरूको वृत्तिको सुरक्षा, वृत्तिविकास, व्यावसायिक सुरक्षा तथा सामाजिक सम्मानका लागि पहल गर्ने संस्था हो । यसले सरकारसमक्ष पत्रकारहरूको साझा सरोकारका सवालहरू राख्छ र सरकारलाई पत्रकारितामैत्री बनाइराख्न दबाब दिइराख्छ । नेपाली पत्रकारहरूसँग अन्तर्राष्ट्रिय सम्पर्क र संवादका लागि सेतुको काम पनि नेपाल पत्रकार महासङ्घले गर्दै आएको छ । यस संस्थाको भूमिका र प्रभावकारिताले गर्दा नै होला मुलुकभरि र बाहिर पनि यसका शाखाहरू छन् । जनआन्दोलन २०६३ पछि यो संस्था त जिल्लाविशेषहरूमा एउटा सरोकारवालाहरूको रूपमा स्थापित भएको छ । त्यसले गर्दा महासङ्घमा आबद्ध हुन तँछाडमछाड भइराखेको हुन्छ ।
    प्रत्येक सङ्गठनमा आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न निर्वाचन आवश्यक हुन्छ । निर्वाचनले सङ्गठनभित्र प्रतिस्पर्धी वातावरण बनाउँछ । जसले गर्दा सङ्गठन गतिशील हुन्छ । निर्वाचनमार्पmत् पेशागत नेतृत्वको विकास तथा मुद्दाहरूको उठानमा बल मिल्छ । पत्रकार महासङ्घलाई सरकारले पनि मान्यता दिएको छ । तर अहिले जसरी जिल्लाहरूमा अधिवेशन सम्पन्न भएको छ र ती अधिवेशनका निमित्त जसरी पैसा खर्चिने गरिएको छ, त्यसले गर्दा अब पत्रकार र पत्रकारिताका बारेमा बोल्नै पर्ने भएको छ । कार्पेटमुनि फोहोर थुपारेर फगत इत्र छरेर कोठालाई सुगन्धित पार्न सकिंदैन । “आवाजविहीनहरूको आवाज” नारासहित पत्रकारिता गर्ने र व्यावसायिक ऐक्यबद्धता प्रकट गर्ने मूल थलोको रूपमा रहेको महासङ्घको आन्तरिक जीवन पारदर्शी हुन सकेन भने त्यसले कालान्तरमा न त पत्रकारहरूको सामाजिक गरिमा स्थापित गर्न सक्छ, न त सरकारसँग आप्mना सरोकारहरूको लागि जुध्न सक्छ, न त व्यावसायिक ऐक्यबद्धतालाई जोगाउन सक्छ । संस्थाको आन्तरिक जीवन फोहोरी भयो भने त्यसले अरूलाई बाटो देखाउन सक्दैन ।
    नेपाली समाजको हरेक कुनाबाट समावेशीकरणको आवाज गुन्जिरहेको छ । बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा विभिन्न समुदायहरूबीचको राजनीतिक र सामाजिक सम्बन्धको सवाल पत्रकारितासँग जोडिएर आउँछ । यसो हुनुको मुख्य कारण राज्य र व्यक्तिबीचको सार्वजनिक डबलीमा अहिले आएर मिडिया एउटा सकारात्मक हस्तक्षेप गर्न सक्ने हैसियत बोकेर खडा हुन सक्नुले हो । त्यस अर्थमा पनि पत्रकार र पत्रकारिताको भूमिका वस्तुस्थितिको यथार्थपरक जानकारी तथा तर्कसङ्गत विश्लेषणको आधारमा गर्नु पर्दछ । चुनावमार्पmत् आन्तरिक लोकतन्त्रको अभ्यास गरेर पत्रकार महासङ्घ अझ बढी उत्तरदायी भएर देखा पर्नुपर्ने जनअपेक्षा हो । तर भई के राखेको छ ?
    सबैतिर यो कुरा उठ्न थालेको छ कि पत्रकारको चुनाव यस्तै महँगो हँुदै जाने हो भने हाम्रा सङ्गठनहरूको उपादेयता के हुने हो ? महँगो चुनाव हुँदै गएपछि सङ्गठनमा वर्चस्व जमाउन कस्ता मान्छेहरू आइपुग्छन् ? आज किन विभिन्न स्वार्थका व्यक्तिहरू पत्रकारको आवरण प्राप्त गर्न महासङ्घको सदस्यता लिन अनेकौं जुगाडहरू गर्छन् ? यी प्रश्नहरूको छातीबाट गुज्रिनै पर्छ, यदि महासङ्घलाई ऐक्यबद्ध, प्रेरणादायी र लोकप्रिय बनाइराख्ने हो भने ।
    सुनिंदै छ, जिल्लातिर महासङ्घको सभापति बन्नका लागि कतिपय जिल्लाहरूमा १५ देखि २० लाख रुपैयाँसम्म खर्चनुपरेको छ । कतै कतै जित्ने र हार्ने दुवै खेमामा हाराहारीमैं खर्च गरिएको छ । यो खर्च केमा गरिन्छ ? महासङ्घको मतदाता पत्रकारलाई भोजभतेर, मतदाताको खरिद–बिक्री, अनेक प्रलोभन, तडकभडकयुक्त प्रचारप्रसार, चुनावभन्दा निकै पहिलादेखि नै समूहगत बैठकको खर्चापानीमा पैसा बग्दो रहेछ । यो पैसा आउँछ कहाँबाट ? पैसाको स्रोत के हो ? यत्रो संसाधन खर्चिएर जिल्लाविशेषले पत्रकारहरूको महासङ्घबाट के लाभ पाउँछ ? पत्रकारहरूलाई हेर्ने सामाजिक दृष्टिकोण कस्तो बन्दै गएको छ ? चुनावलाई वैचारिक, स्वस्थ प्रतिस्पर्धात्मक, नीतिमूलक एवं असल पत्रकारहरूको साझा एवं समावेशी डबली बनाइराख्नका निमित्त महासङ्घको चुनाव न्यून खर्चमा हुनुपर्छ । प्रत्येक उम्मेदवारले आपूmले खर्चेको रकम र स्रोत विश्वास गर्ने तरिकाले प्रस्तुत गर्न सक्ने हाँक र हौसला राख्न सक्नुपर्छ । महँगो हुँदै गएको पत्रकारको चुनाव आपैंmमा गलपासो हो, जसबाट जति फुत्किन चाहे घाँटी झन् कसिंदै आउँछ ।
    महासङ्घको महाधिवेशनमा भाग लिन मुलुकभरिबाट पत्रकारहरू काठमाडौं ओइरिन्छन् । पहिलाभन्दा त्यस संस्थामा पार्षद्हरूको सङ्ख्या बढ्दै गएको छ । पत्रकारिताको भविष्य आशामुखी देखिन थालेपछि पत्रकारहरूको सङ्ख्या बढ्नु स्वाभाविक हो । तर महासङ्घमा सदस्य बन्न गैरपत्रकारहरू बढी आतुर हुन थालेका छन् । विभिन्न दलीय स्वार्थका पत्रकारहरू दलहरूको दबाबमा यस्ता गैर पत्रकारहरूलाई महासङ्घभित्र चलखेल गर्न प्रोत्साहित गरिरहेका छन् । त्यसैगरी, पत्रकारहरूको महाकुम्भमा सहभागी हुन जसरी विभिन्न जिल्लाबाट पत्रकारहरू जसरी शानशौकतका साथ पुग्न थालेका छन्, त्यसले महासङ्घ खर्चिलो संस्था हुँदै गएको छ । यस्ता खर्चहरूको भार अन्तत्वोगत्वा समाजमाथि नै पर्ने गरेको छ । यस्ता विषयहरू अब सोच्नुपर्ने भएको छ ।
    केही पहिला मात्र काठमाडौंका एक पत्रकारले जसरी कुनै उद्यमीलाई धम्क्याएर अनैतिक रकम लिन खोजेको सन्दर्भ उजागर भयो र त्यसलाई महासङ्घको केन्द्रीय समितिले ढाकछोप गर्न खोज्यो, त्यसले यस संस्थाप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । अहिलेको महासङ्घ जुन स्वरूपमा आइसकेको छ, त्यसका निमित्त मुलुकभरिका जिम्मेवार पत्रकारहरूले ठूलो सङ्घर्ष गरेका छन् । पञ्चायतको उतरार्धमा यसैगरी तत्कालीन नेपाल पत्रकार सङ्घले फरक बाटो रोज्न बाध्य भएको थियो । महासङ्घ असल पत्रकारहरूको आकर्षण बन्न सकोस्, महासङ्घ व्यावसायिक हकहितका निम्ति आवाज उठाउने संस्थाको रूपमा आप्mनो विश्वसनीयता कायम राखोस् र पत्रकारहरूको प्रतिष्ठा र गरिमा कायम राख्नमा यसको खुट्टा नअलमलियोस्, यही नै अहिलेको हाँक हो । खराब नियत भएका पत्रकारहरू हतोत्साहित होऊन्, असल पत्रकारहरू हौसिऊन्, यही नै महासङ्घले गर्नुपर्ने प्रमुख काम हो । अहिले विभिन्न पेशा र संस्थाहरूको गरिमा क्षरण हुँदै गएका छन् । यस माझबाट पत्रकार महासङ्घले आपूmलाई जोगाउनु छ, जोगाउन सक्नुपर्छ ।
    अरूलाई धम्क्याउने, मोलमोलाइ गर्ने, आप्mना निहित स्वार्थ पूरा गर्न खोज्ने जस्ता तŒवहरू अब पत्रकारिताको आवरणमा बसिरहन हुन्न । महासङ्घले साहसका साथ यस्ता पक्षमा ध्यान देओस्, महाधिवेशन एउटा सार्थक मन्थनको अवसर हुन सकोस्, यसैमा महासङ्घको महाकुम्भको पवित्रता अन्तर्निहित छ ।

Friday, August 11, 2017

अखबार, पाठक र वीरगंज

अखबार, पाठक र वीरगंज

चन्द्रकिशोर
    एउटा जागरूक समाज हुनको लागि ऊ सुसूचित पनि हुन जरुरी छ । उसको सेरोफेरोमा के भइराखेको छ, त्यो जान्न जरुरी छ । उसका आप्mनाबारेमा, आपूm बसेको समाजको बारेमा र समुदायको पक्षमा के कस्ता कुराहरू प्रकाशित वा प्रसारित भइराखेका छन्, त्यसबारे अवगत हुन जरुरी छ । वीरगंजकै सन्दर्भमा भन्ने हो भने यो मामिलामा त्यति उत्साहप्रद स्थिति छैन । पत्रपत्रिका पढ्नुपर्छ वा चिठी लेख्नुपर्छ भन्ने सोचबाट अहिले पनि हामी बेखबर छौं भन्ने लाग्छ ।
    पत्रिकाले आप्mनो उपयोगिता समाजमा स्थापित गर्न नसकेर हो कि, समाजले पत्रिकालाई नपत्याइदिएर हो, वीरगंजमा पत्रिकाको बजार खासै छैन । वीरगंजको जुन जनसाङ्ख्यिक बनोट छ, यहाँका बासिन्दाहरूमा जुन प्रकारको क्रयशक्ति छ, त्यस अनुपातमा यहाँ पत्रिकाको बजार न्यून छ । पत्रिकाहरू निस्ंिकदै छन्, पत्रिकाको स्तर र बजार व्यवस्थापन अनुसार बजार छ तर त्यो बजार वीरगंजको सम्भावनाको आधारमा एकदम कम छ । पाठक सङ्ख्या विस्तारको बारेमा यहाँ खासै प्रयास भइराखेको पनि पाइँदैन । पाठकहरूको अभिरुचिका बारेमा यहाँ अध्ययन र सर्वेक्षण पनि भएको छैन । पाठकहरूको रुचि र उसले खोजेको जस्तो सामग्रीहरू पस्किनुपर्छ भन्ने सोच पनि खासगरी स्थानीय पत्रिकाहरूमा संंस्थागत हुन पाइरहेको छैन । पत्रिकाले आप्mनै विवेकमा पस्किराखेका सामग्रीहरूले पाठकीय रुचि जागृत गर्न सकिरहेको छैन ।
    अहिलेका पाठक को हुन् ? पाठकलाई तीनवटा वर्गमा विभाजित गरेर हेर्न सकिन्छ । पहिलो, काठमाडौंबाट प्रकाशित हुने पत्रिकाका पाठक, दोस्रो स्थानीय पत्रिकाका पाठक र तेस्रो छिमेकी भारतीय पत्रिकाका पाठक । उसो त जनकपुर, कलैयाबाट प्रकाशित अखबार पनि प्रतीकात्मरूपमा आइपुग्छन् । काठमाडौंबाट अचेल बिहानै पत्रिकाहरू आइपुग्छन्, केही वर्ष पहिलासम्म दिउँसोसम्म पत्रिका पर्खिनुपर्ने स्थिति थियो । काठमाडौंका पत्रिकाहरूका केही नियमित पाठक छन्, जो यहाँका स्थानीय विक्रेतामार्पmत् ग्राहक बनेका हुन्छन्, उनीहरूलाई घरघरमैं पत्रिका पु¥याइने व्यवस्था गरिएको छ । पत्रिका पसलहरूबाट पनि सोभैm बिक्री वितरण हुनेसमेत गरेको छ । स्थानीय पत्रिकाहरूको हकमा केही पत्रिकाहरू स्थानीय पत्रिकापसलहरूमा राखिएका हुन्छन् ।
    केहीलाई पत्रिकाले आप्mनै बन्दोबस्तीमा सोभैm घरघरमा पु¥याउने गर्दछन् । काठमाडौंबाट प्रकाशित हुने पत्रिकाको हकमा पत्रिका अनुसार एउटा निश्चित ग्राहक सङ्ख्या छ तर स्थानीय पत्रिकाको हकमा यो स्थिति छैन । कतिपय पत्रिकाको हकमा आपूmखुशी पत्रिका बाँड्ने र वितरण गर्ने स्थिति छ, पाठकसँग पूर्वस्वीकृति नै नलिईकन पत्रिका दैलोमा पठाइदिने, पत्रिकापसलबाट बिक्री नभए पनि पत्रिका त्यहाँ राखिछाड्ने स्थिति पनि छ । भारतीय पत्रिकाको हकमा यहाँ एक प्रकारको गतिलो बजार मानिनुपर्छ । त्यसका लागि काठमाडौंका पत्रिका नआइपुग्दै ती पत्रिकाहरू वीरगंज आइपुग्छन् र ती पत्रिकाहरू एउटा निश्चित नियमित ग्राहकको आधारमा आउने गरेको छ । मधेस आन्दोलनको समयमा भारतीय अखबारको बढी खपत थियो । अहिले फेरि आपैंmतिरका पत्रिका पढ्नुपर्छ भन्ने सोच बढेको छ ।
    केही स्थानीय पत्रिकाहरूले बेलाबेलामा हकरमार्पmत् बिक्री गर्ने चलन पनि राखेका छन् । हट न्यूज वा विज्ञापन वा परीक्षाफल प्रकाशित भएको बेला स्थानीय पत्रिका खोजीखोजी किन्नेहरू पनि छन् । केही लेखक विशेष जस्तै शिक्षा पत्रकार अनन्तकुमार लाल दासको प्रतीक दैनिकमा प्रत्येक सोमवार शिक्षासम्बन्धी स्तम्भ प्रकाशित हुँदा एउटा निश्चित विद्यार्थीवर्गले नियमितरूपमा त्यो अङ्क किन्ने गर्छन् । यी सबका बाबजुद पनि वीरगंजको सन्दर्भमा भन्ने हो भने पाठकहरूको उही एउटा जमात रहिआएको छ । पाठकहरूको नयाँनयाँ क्षेत्र खोजी, उनीहरूको चाहनाको प्रस्तुति र उनीहरूलाई पत्रिकासँग जोड्ने काम स्थानीय पत्रिकाहरूले प्राथमिक कार्यभारका रूपमा लिएका छैनन् । काठमाडौंका पत्रिकाहरूले पनि वीरगंज क्षेत्रमा पत्रपत्रिका पढ्ने संस्कृतिको विकासको लागि कुनै अभियान चलाएका देखिंदैनन्, बरु यदाकदा उनीहरू विभिन्न उपहार योजनाका साथ ग्राहक विस्तार कार्यक्रमहरू ल्याइराखेका हुन्छन् । त्यसैगरी, कुनै विद्यालय, कलेज वा कुनै औद्योगिक प्रतिष्ठानका बारेमा गतिला समाचार आयो भने थोकमैं पत्रिका किनिलिने चलन पनि छ ।
    पत्रिकाले नखोजेको भन्दैमा पत्रिका नपढ्ने होइन । एउटा व्यक्ति स्वयम् आपूmलाई सुसूचित हुनका लागि पनि उसले पत्रिका पढ्नुपर्छ । पत्रिकाले व्यक्तिको अधिकारप्राप्तिको लडाइँलाई सहज बनाउँछ । आइपर्ने समस्याका बारेमा ऊ सजग हुन्छ । उसलाई आप्mना पेशागत रणनीति बनाउनमा सहयोग प्राप्त हुन्छ । त्यसैले कुनै पनि समाज कति जागरूक छ वा जवाफदेह छ, त्यसको मापनको आधार त्यहाँ कुन सङ्ख्यामा पत्रिका पढ्ने जमात छ, त्यसको आधारमा मूल्याङ्कन गर्ने गरिन्छ । वीरगंजमा पाठकीयताको प्रवृत्ति चिन्ताको विषय हो । पत्रिका बढी मान्छेले पढ्दा पत्रिकाको बिक्री बढ्छ, उसले कमाउँछ भन्ने बुझाइ अधुरो र काँचो हो । पत्रिका पढ्नाले तपाईंलाई बलियो बनाउँछ ।
    नेपालकै पूर्वाञ्चलमा तुलनात्मकरूपमा बढी पत्रिका बिक्री हुन्छ । बढी पाठक सङ्ख्यालाई आधार मानी त्यहाँ कतिपय राजधानीका पत्रिकाहरूको स्थानीय संस्करण पनि निस्किन्छन् । वीरगंजमा पाठक सङ्ख्याको कमीले हामी कैयौं बौद्धिक अवसरहरूबाट वञ्चित भइराखेका हुन्छौं । त्यसैले यस सम्बन्धमा राजनीतिक दल, शैक्षिक प्रतिष्ठान, होटल व्यवसायी, उद्योग क्षेत्रलगायतले आआप्mनो स्तरमा भूमिका खेल्नुपर्ने समयको माग हो । त्यस्तै, यहाँका विभिन्न सामाजिक संस्थाहरूले पनि पढ्ने संस्कृतिको विकासका लागि आआप्mनो तह स्तरमा काम गर्नुपर्ने खाँचो छ । राजनीतिक दलहरूले आप्mना मातहत रहेका सङ्गठनहरूमा नियमित पत्रिकाको ग्राहक बनाउने, सार्वजनिक कार्यक्रममार्पmत् पढ्ने संस्कृति विकासका लागि अपिल गर्ने, आबद्ध कार्यकर्ताहरूलाई पत्रपत्रिका पढ्न र त्यसमाथि छलफल गराउन वातावरणका लागि प्रयास गर्न सक्छन् ।
    वीरगंजका शैक्षिक प्रतिष्ठानहरूले ठूलो सङ्ख्यामा रहेका विद्यार्थीहरूमा पत्रपत्रिका पढ्ने बानी विकासका लागि उत्प्रेरक र सहजकर्ताको काम गर्न सक्छन् । उनीहरूलाई पत्रिका किन पढ्ने ? भन्नेबारे फराकिलो बुझाइ विकसित गराउन सक्छन् । क्याम्पस वा विद्यालयभित्र पत्रपत्रिका पढ्ने कक्षको व्यवस्था गर्न सक्छन् । पाठकमञ्च गठन गराउन सक्छन् । पत्रपत्रिकामा छापिएका विषयवस्तुका बारेमा आवधिक छलफल गराउन सक्छन् । विद्यार्थीहरूलाई पाठक प्रतिक्रिया लेखनका लागि उत्प्रेरित गर्न सक्छन् र त्यसका लागि प्रोत्साहन योजनाहरू ल्याउन सक्छन् । तर वीरगंजको सन्दर्भमा विडम्बना नै मान्नुपर्छ, यहाँका शिक्षक र प्राध्यापकहरूमा नियमित पत्रिका पढ्ने बानी छैन । शिक्षक र प्राध्यापकहरूको एउटा ठूलो हिस्सा निश्शुल्क वितरण गरिएका कतिपय स्थानीय पत्रिका वा सहजरूपमा कतै देखिनमा आएका पत्रिकाहरूमा मात्र नजर हाल्ने गरेका पाइन्छ । अन्यत्र यस्ता उदाहरणहरू छन् कि शैक्षिक क्षेत्रमा संलग्न जनशक्ति आप्mना रुचिका जर्नलहरू मगाउने त गर्छन् नै, सामान्य जानकारीका लागि पनि केही पत्रिकाहरूका आपैंm नियमित ग्राहक हुन्छन् । जब शिक्षक र प्राध्यापकहरूमैं नियमित पत्रिका पढ्नका लागि गरिने खर्चलाई विलासिताको खर्च मानिन थालिन्छ भने त्यो चिन्ताको विषय हो । कतिपय शिक्षकहरू सुर्ती, पानपराग, जाँड, रक्सी र चियापानमा फजुल खर्च गरिराखेका हुन्छन् तर कुनै एउटा पत्रिकाको नियमित ग्राहक हुँदैनन् ।
    छिमेककै भारतीय शहरहरूमा बुटपालिस गर्ने, रिक्सा चलाउने, कुलीको काम गर्नेहरू फुर्सतको बेला लहरै पत्रिका पढिराखेका दृश्यहरू देखिन्छन्, त्यो भनेको त्यो वर्गले पनि पत्रपत्रिका पढ्नमा आप्mनो आम्दानीको निश्चित हिस्सा खर्च गर्न सक्नु हो । यहाँका होटलहरूमा आप्mना पाहुनालाई कोठामा कुनै एउटा पत्रिका दिने काममा कन्जुस्याइँ देखिन्छ, यसले पनि यस शहरमा पत्रपत्रिका पढ्ने रुझान कतिको छ भन्ने देखाउँछ । वीरगंज क्षेत्र औद्योगिक क्षेत्र पनि हो, मजदुर युनियनहरूले श्रमिकवर्गमा पत्रपत्रिका पढ्ने पक्षको महŒवबारे जानकारी गराउन सक्छन्, यो उनीहरूको जिम्मेवारीभित्रको कुरा हो । हो, पछिल्ला वर्षहरूमा बिहान मर्निङवाक गर्दै रेडियो सुन्ने वा बेलुका खाना खाँदै रेडियोका समाचारमूलक कार्यक्रम सुन्ने बानी बसालेकाहरूको सङ्ख्या थपिंदै छ । त्यस्तै, बिहानको चियासँगै पत्रिका पढ्ने वा कार्यालयमा पुग्ने बित्तिकै पहिला पत्रिका खोज्नेहरूको क्रम बढ्दै छ ।
    हामी हेर्छौं रेडियो घन्किराखेका हुन्छन् । त्यो भएन । रेडियोका केही समाचारमूलक कार्यक्रमप्रति तपाईंमा विशेष नोटिस हुनुपर्छ । त्यो कार्यक्रम छुट्यो भने तपाईंले केही मिस गर्नुभयो भन्ने तपाईंलाई लागोस् । रेडियो आमसञ्चारको एउटा सस्तो, सहज र सबैका लागि उपलब्ध हुन सक्ने माध्यम हो तर पनि वीरगंज उपमहानगरपालिकाभित्रै नियमित रेडियोका खास कार्यक्रमहरू सुन्ने श्रोतावर्ग छैन । भनौं वीरगंजेली जनसङ्ख्याको कति प्रतिशत बिबिसी नेपाली सेवा नियमित सुन्ने गर्छन् ? टेलिभिजन पनि समाचारका एक स्रोत हो । यसले दृश्यमैं विषयवस्तु देखाइदिंदा बोधगम्यता बढी हुन्छ ।
    पत्रपत्रिका पढ्ने र रेडियोका समाचारमूलक कार्यक्रमहरू सुन्ने नियमित बानीले शहरलाई एउटा नयाँ संस्कृति दिन्छ । मानिसको बुझाइ, गराइ र भनाइमा बिस्तारै बदलाव आउँदै गएको देखिन्छ ।

Friday, August 4, 2017

अथ श्री फोटोपत्रकार

अथ श्री फोटोपत्रकार

चन्द्रकिशोर
    एउटा सक्रिय र सजीव तस्वीर सधैं समाचारको बहुमूल्य अङ्ग हो –चाल्र्स एलेनले भनेका छन् । हुन पनि एउटा राम्रो तस्वीरले समाचारको भन्दा बढी ध्यान तान्न सफल भएर पाठक बढाउन सघाउँछ ।
    तस्वीरले ढाँटन सक्दैन । त्यसै कारण अहिलेको छविसम्पन्न विश्वमा तस्वीरको अत्यन्त अहम् भूमिका छ । बङ्गलादेशका प्रसिद्ध फोटोग्राफर सैबुद्दील आलमको अभिमत छ– हाम्रो भूमिका किन महŒवपूर्ण छ भने हामी घटनाका साक्षी हुन्छौं । टेलिभिजन माध्यमको जतिसुकै पहुँच र समाचारको गति तीव्र हुँदै गए पनि पत्रिकाका तस्वीरले दीर्घकालीन असर पार्छन् । टेलिभिजनका चलायमान दृश्यको आयु क्षणभर हुन्छ भने पत्रिकाका तस्वीरले वर्षौं त के अझ युगौंसम्म पनि पाठकलाई सोचमग्न पार्न सकेका हुन्छन् । जस्तो भियतनाम युद्धका बेला नाङ्गै दौडेकी एक बालिकासहित रुँदै कराउँदै दौडेका बालबालिकासँग सैनिकहरूको तस्वीरले अमेरिकी युद्धनीति परिवर्तन गर्न बाध्य पारेको थियो ।
    प्र्रिन्ट मिडिया (अखबारी पत्रकारिता) मा फोटो पत्रकारिताको विशेष महŒव हुन्छ । लिखित समाचारलाई पूर्णरूपमा बुभ्mनमा केही समय लाग्ला, तर एउटा तस्वीरले सम्पूर्ण घटनाको विवरण वा भनौं वस्तुस्थिति तत्काल प्रस्ट पारिदिन्छ । तस्वीरको भाषालाई अशिक्षित मान्छेले पनि सम्झन सक्दछ । उसले पनि सम्झन सक्दछ, जो अखबारको भाषासँग परिचित छैन । उडिया, तेलगु, चिनियाँ जस्ता भाषामा छापिएका अखबारको विषयवस्तु हामी सम्झन सक्दैनौं, तर त्यसमा प्रकाशित तस्वीरको भाषालाई बुभ्mन सक्छौं ।
    तस्वीरको विश्वसनीयता पनि असंदिग्ध हुन्छ । लिखित समाचारमाथि सन्देह पनि गर्न सकिन्छ । तर प्रत्यक्षलाई भूmटो कसरी भन्न सकिन्छ ? यतिमात्र होइन, तस्वीरले तत्काल आप्mनोतिर ध्यान आकर्षित गर्दछ । कसैले समाचार पढोस् वा नपढोस् तर उसले तस्वीरलाई अवश्य नै नियाल्छ ।
    भनिन्छ, एकपटक ईश्वरले कलाकारहरूको सभा गरेका थिए, तर त्यसमा फोटोपत्रकारहरूलाई डाँक्न बिर्सेछन् । जब कलाकारहरू फर्केर पृथ्वीमा फिर्ता आए, तब उनीहरूले आआप्mनो माध्यमबाट सभाको वर्णन शुरू गरे । कविले ईश्वरको बारेमा कविता लेखे, मूर्तिकारले मूर्ति बनाए, त्यसमार्पmत् प्रतिविम्बित गर्ने कोशिश गरे, गायकले गीतद्वारा र नर्तकले नृत्यद्वारा ईश्वरको अनुभूति गराउने प्रयास गरे । संवाददाताले विस्तृत समाचार पनि लेखे । त्यसमाथि सम्पादकको तर्पmबाट विशेष सम्पादकीय पनि छापियो । तर दर्शक र पाठकहरू ती सम्पूर्ण प्रयासबाट विश्वस्त हुन सकेनन् । अफसोंच, ईश्वरले एउटा फोटोपत्रकारलाई पनि सहभागी गराइदिएको भए, ईश्वरीसत्ताको विश्वसनीयता वा भनौं सभाको सत्यता ग्राह्य हुन सक्थ्यो । अर्थात् तस्वीर विश्वसनीयताको सर्वोत्तम साधन हो ।
    “लिखालिखी की बात नहीं, देखादेखी बात” भन्ने भोजपुरी साहित्यकार कवीर दासले पनि आँखाले हेरेको कुरालाई बढी विश्वसनीय मानेका छन् । शेक्सपियरले आप्mनो एउटा नाटकमा एक पात्रमार्पmत् भन्न लगाएका छन्– अभावबाट केवल अभाव उब्जिन्छ । यो उक्ति फोटोग्राफीमाथि पनि लागू हुन्छ । फोटोग्राफरले त्यसैलाई चित्रित गर्न सक्दछ, जसको अस्तित्व छ । जो छँदै छैन, त्यसको तस्वीर हुन सक्दैन ।
    एउटा जिम्मेवार फोटोग्राफरले जे हेर्छ, त्यसलाई त्यस्तै अरूलाई पनि हेराउन खोज्दछ । यदि कुनै कारणले उसले गर्न सकेन भने ऊ असफल ठहरिन्छ । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको मृत्यु उपरान्त उनकी छोरी श्रीमती इन्दिरा गाँधी केवल एकपटक मात्र जोडले रोएकी थिइन् । जब यस्तो घटना घटित भयो, एक विदेशी फोटोपत्रकार त्यहाँ मौजुद थिए । इन्दिरा गाँधीलाई रोएको हेरेर ऊ करुणाले प्रभावित भएर हेरेको हे¥यै भयो । अर्थात् उसले त्यो भावुक क्षणको तस्वीर लिन चुक्यो । भोलिपल्ट जब उसको सम्पादकले ऊसँग सोध्यो– उसले भन्यो, त्यो दृश्य बडो हृदयविदारक थियो । म भावुक भएँ । उसले एउटा महŒवपूर्ण समाचारको अर्थ बोकेको तस्वीर खिच्ने अवसर गुमाएकोमा उसलाई पत्रिकाले पदमुक्त गरिदियो । फोटोपत्रकारले जस्तोसुकै परिस्थितिमा पनि आप्mनो कर्तव्य निर्वाहबाट चुक्नुहुँदैन ।
    फोटो पत्रकारितासँग जोडिएको विषय हो– ब्ल्याकमेल पत्रकारिता । २०५९ असोजतिरको कुरा हो, काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकले नायिका श्रीषा कार्कीको नग्न चित्र प्रकाशित गरेको थियो । जसले गर्दा अपमान सहन नसकी उनले आत्महत्या गरिन् । यसरी ब्ल्याकमेल तथा आर्थिक या अन्य लाभका निमित्त चरित्रहत्या गर्ने जस्ता प्रवृत्तिलाई पनि प्रेस स्वतन्त्रताकै विस्तृत आयामको रूपमा चित्रित र प्रोत्साहित गर्दै आएको एउटा दृष्टान्त सार्वजनिक हुन पुगेको थियो । वस्तुतः फोटो पत्रकारिताले व्यक्तिको निजी जीवनलाई कुन हद र सीमासम्म मात्र हस्तक्षेप गर्न मिल्छ भन्ने सैद्धान्तिक सवाललाई नेपाली फोटो पत्रकारहरूले प्रस्ट्याउन जरुरी छ । प्रेस स्वतन्त्रता आपैंmमा एउटा जिम्मेवारीपूर्ण उत्तरदायित्व हो । पेशामा रहेका व्यक्तिहरूले त्यो उत्तरदायित्वको वहन अनाधिकृतरूपमा होइन कि संयमितरूपमा गरून् भन्ने समाजको चाहना हुन्छ ।
    पत्रकारिता जनताको आवाज हो, उनीहरूको चाहना, भावना र उकुसमुकुसको नियमित र सरल अभिव्यक्तिको माध्यम पनि हो । यसलाई सशक्तता प्रदान गर्ने काम फोटोपत्रकारहरूले गर्ने गर्दछन् । जहाँ फोटो पत्रकारको पहुँच बढ्छ, त्यहाँ नागरिकहरू आपूm लोकतान्त्रिक सञ्चार पद्धतिमा समेटिएको अनुभव गर्न सक्छन् । फेरि बङ्गलादेशका फोटोपत्रकार आलमको भनाइ उद्धृत गरिन्छ– तस्वीरबाट जो कोही पनि बाँच्न सक्छ, अस्तित्वमा आउन सक्छ ।
    असल तस्वीरले अखबारको रूप मात्र नभएर विषयवस्तुलाई पनि उज्जर र स्पष्ट पार्छ । अर्को कुरा हजार शब्दले जति प्रभाव दिन्छ, त्योभन्दा बढी प्रभाव गतिशील र प्रभावकारी तस्वीरले पु¥याउँछ । तस्वीर समाचारको सट्टा प्रयोग हुन सक्दैन तर असल तस्वीरले समाचारको महŒवपूर्ण पक्ष आपैंm बताउँछ । असल तस्वीर स्वयम् आपैंmले केही गरिरहेको हुन्छ, केही भनिरहेको हुन्छ, यसविपरित निष्क्रिय, निर्जीव र स्थिर तस्वीरले ठाउँ खेर फाल्नुबाहेक केही गर्दैन ।
    क्यामरा बोकेर हिंडेर घुम्दैमा, विभिन्न सार्वजनिक कार्यक्रमहरूमा क्लिक–क्लिक तस्वीर खिचेको खिचै गरेर, कोही आपूmलाई फोटोपत्रकार भएको दाबी गर्छ भने त्यो एउटा भ्रम हो । फोटो पत्रकारितासँग जोडिएका मूल्य र मान्यताको पनि पालना गरेको हुनुपर्छ । फोटोग्राफी र फोटो पत्रकारिताबीचको भिन्नता बुझेको हुनुपर्छ । तपाईंले खिंचेका तस्वीरहरू कतै न कतै सार्वजनिक माध्यममा प्रयोग भएको देखिनुपर्छ । क्यामरा बोकेर चोर बाटोबाट पत्रकारको भीडमा आपूmलाई सामेल गराउने मनसुवा लामो समयसम्म टिक्दैन । कतिपय बेरोजगारहरूलाई के लाग्छ भने क्यामरा बोकेर, सार्वजनिक कार्यक्रममा अर्थ न बर्थको तस्वीर खिंचेको देखाउँदैमा समाजले पत्रकारको रूपमा स्वीकार गर्दैन । तर जसले फोटो पत्रकारिताको मूल्यलाई बुझेको छ, आत्मसात् गरेको छ, उसले चाहिं छोटो समयमा नाम, काम र दाम आर्जन गर्न सक्छ । मेहनत र सृजनशीलता देखाउनेले यस क्ष्Fेत्रमा राम्रो सम्भावना लिएर आउन सक्छ । अहिले त हातहातमा तस्वीर खिच्ने माध्यम छ, जुन सार्वजनिक महŒवको हुन सक्छ, यस्तो मौका छोप्न सक्ने सामान्य मान्छेले पनि चर्चा पाउन सक्छ, नयाँ बहस उठान गर्न सक्छ तर अन्तमा फेरि पनि भनिन्छ यसरी पनि तस्वीर खिच्ने सबै फोटोपत्रकार हुँदैनन् । फोटोपत्रकार सबै फोटोग्राफर हुन्छन्, तर सबै फोटोग्राफर फोटोपत्रकार नहुन पनि सक्छन् । प्रत्येक फोटोपत्रकारले क्यामरा बोकेका हुन्छन् तर सबै क्यामरा बोक्ने फोटोपत्रकार नठहरिन सक्छन् । यस्ता विषयबारे हाम्रै थातथलोमा पनि कुराकानी चल्नुपर्छ ।

Friday, July 28, 2017

इतिहासको नासो खुला सिमाना

इतिहासको नासो खुला सिमाना

चन्द्रकिशोर
    संसार सिमानाहीन भइरहेको बेला नेपालको दक्षिणी सीमा जो इतिहासको नासोको रूपमा खुला प्राप्त भएको छ, त्यो सीमाका  सम्बन्धमा अचेल सीमाञ्चलका बासिन्दाहरूमाझ बहस उठिरहेको छ– अबको सीमाञ्चल सम्बन्ध कस्तो हुनुपर्छ ? नेपालको वा भारतको आँखाबाट सीमाञ्चल सम्बन्ध अब पुरानो सुरक्षा अवधारणाभित्र नअट्ने भएको छ । खुला सीमालाई वरदानको रूपमा कसरी जोगाउने अहिलेको मुख्य चुनौती हो । सीमा क्षेत्रमा देखा परेका जोखिमहरूलाई कसरी न्यून गर्ने, दुवैतिरको कार्यभार हो । सीमा सम्बन्धमा देखा पर्दै गएका अवरोध र त्यसको नियमनका लागि गरिने सैन्य प्रयासको मानसिकताले गर्दा सीमाञ्चल क्षेत्रमा पर्ने सामाजिक–आर्थिक असरहरूबारे अहिले पनि नेपाली पक्षमा चिन्ता र चासो देखिएको छैन । मिडियाका विभिन्न माध्यमहरूबाट जे जति घटनाहरूको बेहोरा बाहिर ल्याइएको छ, त्यसले प्रस्ट गर्दैछ कि सीमाञ्चलका सम्बन्धमा हस्तक्षेप गर्ने गरी केही प्रवृत्तिहरू शक्तिशालीरूपमा उदाइरहेका छन् ।
    नेपाल–भारतबीच खुला सीमा प्रणाली छ र यो नै यी दुई मुलुकबीचको सम्बन्धको मौलिक विशेषता पनि हो । दुवै देशका बासिन्दाहरू बिना कुनै रोकटोक जहिले पनि जुनसुकै बेला सीमारेखा वारपार गर्न सक्छन् । एकै व्यक्तिले दिनको कैयौंपटक सीमा वारपार गर्न भ्याउँछन् । मुख्य नाकाहरूमा पनि अभिलेख राख्ने व्यवस्था छैन । यी सब पुराना प्रक्रियाहरू यथावत् हुँदाहुँदै पनि अर्को सत्य के हो भने  पछिल्ला वर्षहरूमा दुवैतिर सुरक्षा निगरानी थपिएका छन् । भारतीय क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग मात्र होइन, सीमाञ्चलका प्रखण्ड तहमा पनि विशेष सडक व्यवस्थापनको नीति लिइएको छ । सीमामा मौजुद भारतीय सीमा सुरक्षा बलले आप्mनो निगरानी क्याम्पको दूरी साँघुरो बनाउँदैछ अर्थात् खुला सीमाका प्रत्येक गतिविधि नोटिसमा राख्न चाहन्छ ।
    नक्कली भारतीय रुपैयाँको कारोबार गर्नेहरू सीमा क्षेत्रका नेपालीहरू प्रायः हुँदैन थिए, तर सुरक्षा स्रोत अनुसार पछिल्ला वर्षहरूमा यस्ता कारोबारमा यस क्षेत्रका मानिसहरूको बाक्लो संलग्नता भएको पाइन्छ । यो सूचनाले यस क्षेत्रको बदलिंदो मनोविज्ञानलाई देखाउँछ । पहिला सीमा क्षेत्रका बासिन्दाहरू दुवैतिरका लागि अवैतनिक प्रहरीहरू हुन् भन्ने ठम्याइ थियो तर पछिल्ला सूचकहरूले त्यो मनोविज्ञानको पर्खालमा प्वालहरू देखिन थालेको प्रस्टयाउँछन् । अर्थात् जुन क्षेत्रका बासिन्दाहरूको बारेमा सुरक्षा कवचको अवधारणा थियो, अब त्यस्तो स्थितिमा क्षरण आउँदैछ । यस्तै अवस्था पारिपट्टिको पनि छ । दशगजा पारि नेपालीहरूले भोग्नुपर्ने अप्ठ्यारा र असजिलामा मात्र सीमित छैन, उनीहरूका कारणले नेपालभित्र पनि सुरक्षा चुनौती थपिएका छन् । सामाजिक र आर्थिक सुरक्षाका क्षेत्रमा मसिना मसिना कारण र कारकहरू थपिंदै गएका छन् । निश्चितरूपमा यसबाट दुवैतिरका बासिन्दाहरू भुक्तभोगी भइराखेकै छन् ।
    सीमामा सुरक्षा सञ्जाल थपिने क्रम र दुवैतिरको समन्वित प्रयासका प्रयत्नहरू भइराखेको भए तापनि मानव तस्करी, हतियार कारोबार, लागूऔषध, सङ्गठित अपराध, बैंक ठगी जस्ता काममा नयाँ नयाँ बाटो र तरिकाहरू अपनाएका सन्दर्भहरू छन् । जातीय उग्रता र अतिवादका प्रेरक पक्षहरू आयातित हुँदैछन् । केही व्यक्तिहरूको तात्कालिक लाभ र सङ्गठित मनसुवाका कारण सीमाञ्चलका आममानिसहरूको जीवन दुरुह बन्दैछ । फेरिंदै गएको परिस्थिति र अप्ठ्याराहरूका माझ दक्षिणी क्षेत्रमा भारतबाहेकका मुलुकहरूको रुचिसमेत आकर्षित भएको छ । नेपाली दक्षिणी क्षेत्रलाई भारतीय प्रभावबाट उन्मुक्त गराउन कतिपय प्रयत्नहरू भइराखेका छन् । यसले पनि सीमाञ्चलको सामाजिकतामा बदलाव आउँदै गएको छ । यहाँको राजनीतिले यहाँको परिवर्तित धरातललाई ठम्याउन सक्नुपर्छ ।
    खुला सीमा आप्mना समस्त सबलता र दुर्बलतासहित अहिलेको यथार्थ हो । जहाँ जहाँ अन्तर्राष्ट्रिय सीमा छन्, त्यहाँ आप्mनै खालका विसङ्गत पक्षहरू देखिन्छन्, उब्जिने पनि गर्छन् तर वैश्विकरूपमा नियाल्ने हो भने पनि राजनीतिक सीमाहरूलाई यथावत् सम्मान गर्दै गतिरोधहरू समाप्त पार्ने प्रयत्नहरू भएका छन् । ती परिप्रेक्ष्यलाई मनन गर्दै सीमा खुलारूपमैं उपयोग गर्न सक्ने प्रक्रियाहरू मजबुत बनाउन जरुरी छ । यसका लागि सरकारी प्रयत्नहरू मात्र काफी छैनन् । नागरिक प्रयत्नहरू पनि उत्तिकै हुनुपर्दछ । भारतले सीमाञ्चल क्षेत्रका नेपाली बासिन्दाहरूको असहजता र नेपालले भारतको सुरक्षा संवेदनशीलता बुझिदिन र एकअर्कालाई आश्वस्त तुल्याउन सक्नुपर्छ ।
    सीमाञ्चलका दुवैतिरका राजनीति र आर्थिक सङ्गठनहरूबीच नियमित सम्पर्क र संवादका लागि संयन्त्रहरू बनाइनु आवश्यक छ । सीमावर्ती मिडियाले पनि सहजताका लागि पहल गर्न सक्छन् । पटना, लखनऊ वा कोलकातामा बेलाबखत यस्ता कुराहरूको लागि गाइँगुइँ चले पनि ती प्रयत्नहरूले आकार लिन सकिरहेका छैनन् । नेपाली पक्षबाट पनि सीमाञ्चल केन्द्रित प्रयत्नहरूको अभाव देखिन्छ । कतिपय सन्दर्भमा सम्पर्कको अभावमा समेत अफवाह, अविश्वास र असहजताहरू सृजित भइरहेका हुन्छन् । सीमाञ्चलका बासिन्दाहरूको लागि दुवैतिरका नागरिकमा सचेतनाको पनि त्यत्तिकै खाँचो छ । नागरिक प्रयत्नहरू पातलो भएको अवस्थामा सुरक्षा सोच र मान्यताहरू मजबुत हुँदै जान्छ र त्यही नै नीति निर्धारक बन्न थाल्छ । यस्तो परिस्थिति सीमाञ्चलका बासिन्दाहरूको लागि कष्टप्रद हुन सक्छ ।
    सीमाञ्चल सम्बन्ध एउटा मुद्दाको रूपमा अगाडि आउनुपर्छ । राजनीतिले सीमा सम्बन्धका सम्भावनाहरूलाई राम्रोसँग प्रयोग गर्न दबाब दिन्छ । समस्यालाई सम्बोधन गर्न र अवसरलाई अधिकतम अनुवाद गर्न पैरवी गर्छ । सीमा क्षेत्रमा सतर्कताका लागि अपनाइनुपर्ने पूर्वाधार, विकास, प्रक्रिया र संयन्त्रका पक्षमा आवाज उठाउँछ । आखिर, पारम्परिक सम्बन्धलाई प्रगतिशील बनाउने एउटा मुख्य औजार राजनीति नै हो र यसले नै बाधाहरूलाई तिरोहित पार्ने काम गर्न सक्छ ।
    नेपाल वास्तवमा भारतवेष्ठित देश भन्नुपर्छ । विश्वका अनेकौं भूपरिवेष्ठित मुलुकले कुनै पनि देशको कुनाबाट आप्mनो व्यापार सामुद्रिक पारको देशसँग सञ्चालन गर्न सक्दछ । तर नेपालले चाहिं आप्mनो स्थितिले गर्दा केवल भारतबाट मात्र त्यस्ता व्यापार गर्न सम्भव छ । उसो त उत्तरी नाकाबाट समेत व्यापार गर्ने प्रयत्न भइराखेका छन्, तर त्यसमा अहिले पनि धेरै समय लाग्छ । नेपाल समुद्र पारको व्यापारमा भारतको कोलकाता बन्दरगाह मात्र फाइदाजनक छ । जुन ठाउँ काठमाडौंबाट ८९० कि.मी. टाढा पर्छ । वीरगंज त्यसको लागि मुख्य नाका हो ।
    नेपाल र भारतबीचको खुला सीमा भारतको पश्चिम बङ्गाल, सिक्किम, विहार र उत्तर प्रदेशसँग जोडिएका छन् । नेपालीहरू भारत जान र भारतीयहरू नेपाल प्रवेश गर्न कुनै नियन्त्रण, पासपोर्ट तथा भिसाको व्यवस्था छैन । नेपाल–भारतको सिमानाबाट मानिससहित वस्तु वारिपारि गर्न कुनै खास कठिनाइ छैन । नेपाल–भारतबीचमा अति सुमधुर सम्बन्ध हुँदाहुँदै पनि त्यस्तो कुरालाई चटक्कै बिर्सेर सानातिना कुरालाई लिएर मनमुटाव हुन गएको पाइन्छ । त्यस्ता कुरा लामो समयसम्म भने दुवै देशले राखिछाडेका भने छैनन् । दुई देशबीच गतिरोध केही समयसम्म रही रहे पनि दुवैले मिलेर खडा भएका समस्यालाई समाधान पारेका छन् । दिल्ली र काठमाडौंबीच मनमुटाव हुँदा कतिपय बेला त्यसको प्रभाव वीरगंज र रक्सौलको बीचमा देखा परेको छ भने कतिपय बेला असर परेको छैन ।
यो नै यी दुई देशबीचको विशेषता पनि हो ।

Friday, July 21, 2017

लोकतन्त्रको बीउ

लोकतन्त्रको बीउ

चन्द्रकिशोर
    नेपाली पत्रकारिताले आप्mनोबारेमा आपैंm मन्थन गर्नुपर्छ । अरूतिरबाट औंला तेर्सिनुभन्दा आपैंm आप्mनोबारे समीक्षा गर्न जुर्मुराउनुपर्छ । पत्रकारिताले स्वयम् आप्mनैबारे आपैंm खोजबिन, जाँच पडताल, आत्मबोध गर्न आवश्यक भइसकेको छ, यो यस कारणले पनि महŒवपूर्ण छ कि हामी आपैंmले आपैंmलाई आप्mनो ऐनामा नियालेनौं भने अरू पक्षले हाम्रो अनुहारमा लागेको दागलाई औंल्याउन थाल्छ । त्यसैले पनि पत्रकारको आचारविचार, उठबस, बानीबेहोराका बारे स्वयम् छलफल हुनुपर्छ । हामी पत्रकार हौं, त्यस कारण अरूले हाम्रोबारेमा खोजखबर गर्नुहुन्न भनेर अब धेरै दिन थेग्न सकिंदैन । पत्रकार र पत्रकारिता पनि यही समाजका अङ्ग हुन् । पत्रकारले अरूका बारेमा चियाउने र चर्चामा ल्याउने काम गर्छ भने स्वयम् पत्रकारका बारेमा अरूले परीक्षण गर्न किन नहुने ? अर्को पत्रकारिता पेशासँग जोडिएकै सवाल हो, यसको विश्वसनीयता । पाठकीय विश्वसनीयता पत्रकारको अमूल्य पूँजी हो ।
    जब पाठकले तपाईंलाई अमुक जातिको भनेर चिन्छ र तपाईंको लेखनीयप्रति त्यही अनुसारको धारणा बनाउँछ भने त्यहाँ तपाईं चुक्दै हुनुहुन्छ । निश्चितरूपमा पत्रकार कुनै न कुनै जातिविशेषको वंशमा जन्मिएको हुन्छ । तर त्यो उसको छनोट होइन । तर जब कोही व्यक्ति पत्रकार बन्दछ भने त्यो उसको रोजाइको पेशा हो । तपाईं अर्थात् पत्रकारको सम्प्रेषणमा जातीय गन्ध देखिनुहुँदैन । त्यहाँ केवल पत्रकारिताको सुवास फिजिएको हुनुपर्छ । पत्रकारले आप्mनो पेशागत धर्मका आधारमा अनेकौं विभेदमा परेकाहरूका पक्षमा बोल्छ । लोकतन्त्रको अँध्यारो कुनाका बारेमा चर्चा गर्छ । यसले समाजलाई लोकतान्त्रिक बनाउन टेवा दिइराखेको हुन्छ । यस पृष्ठभूमिमा पत्रकारहरू बडो सङ्कीर्ण सोचका साथ जातीय मोर्चाबन्दीमा
देखिन्छ भने त्यो दुःखद पक्ष हो । पत्रकार जहिले पनि एउटा पत्रकारको रूपमा चिनिनुपर्छ ।
    भोजपुरीका प्रसिद्ध कवि कबीर दासको एउटा मननीय पङ्क्ति छ, “जाति न पूछो साधु की, पूछ लीजिए ज्ञान ।” यसको भाव छ– सज्जन मानिसको जाति न सोधेर उसको ज्ञानलाई सम्झिनुपर्छ । ठीक यसै आधारमा भन्नुपर्दा यतिखेर नेपाली पत्रकारितामा भन्नुपरेको छ, “जाति न पूछो मिडिया की, पूछ लिजिए ज्ञान ।” पत्रकारिताको कुनै लिङ्ग, जात वा धर्म हुँदैन । त्यसैले नेपाली सन्दर्भमा म भन्ने गर्दछु– पत्रकारिता पहाडी र मधेसी हुँदैन । विषयवस्तुको छनोट र त्यसको प्रस्तुतिमा पत्रकारिताका आधारभूत मान्यतालाई आत्मसात् गरिएको हुनुपर्छ अर्थात् पत्रकार र पत्रकारिता व्यावसायिक हुनुपर्छ ।
    पत्रकारिताको यदि कुनै धर्म छ भने त्यो भनेको केवल “सत्य”लाई मात्र पस्किनुहुन्छ । यदि सत्यलाई जिस्काइयो भने त्यो कथा हुन जान्छ । त्यो खबर, खबर रहँदैन । त्यसैले कुनै पनि पत्रकारको मूल पूँजी भनेको उसले आप्mनो नामको साथ आर्जन गरेको विश्वसनीयता हो । ऊ समाचार पस्ंिकदा केवल समाचारका तथ्यहरूलाई मात्र छरपस्ट पारिरहेको हुँदैन, उसले आप्mनो लेखकीय क्षमता, सूचनामा पहुँच, समयबद्धता, शब्द खेलाउने सामथ्र्य जस्ता पक्षसँग जोडिएर आउने योग्यतालाई पनि प्रदर्शित गरिरहेको हुन्छ । त्यसैले त कुनै पत्रकारको प्रस्तुति पढ्दै वा हेर्दैैमा “वाह”, “गजब” जस्ता स्वस्पूmर्त प्रतिक्रिया आउँछ । कसैको पढ्दा के गरेको भनेर भनिन्छ । यी प्रतिक्रियाभित्र नै सम्बन्धित पत्रकारको योग्यताको मूल्याङ्कन भइरहेको हुन्छ । त्यसैले पत्रकारितामा पत्रकारको जातिभन्दा पनि उसको कामका आधारमा नियाल्नुपर्छ ।
    पत्रकारितामा संलग्न जनशक्तिको पृष्ठभूमिले विषयवस्तुको वस्तुनिष्ठता र त्यसको प्रस्तुतिमा प्रभाव पार्दो रहेछ । यस पेशामा संलग्न जनशक्तिले कुनै विषयवस्तु र घटनाक्रमलाई कसरी हेर्छ, समाचारको छनोट र प्रस्तुतिमा त्यसको प्रत्यक्ष असर रहन्छ । यदाकदा संलग्न जनशक्तिको पृष्ठभूमिले विषयवस्तुलाई वस्तुनिष्ठ र प्रभावकारी प्रस्तुति बनाउनमा प्रत्यक्ष प्रभाव पार्दो रहेछ । अझ सम्बन्धित सञ्चारमाध्यममा कसको लगानी छ भन्ने कुराको प्रत्यक्ष प्रभाव त्यसको सम्पादकीय सामग्रीमा देख्न सकिन्छ । कुनै फरक समुदायका पत्रकारले अर्को समुदायको समाचारमा वस्तुनिष्ठता कायम राख्न सक्दैन भन्ने पनि होइन । कतिपय अवस्थामा पत्रकारहरू आआप्mनो सामुदायिक पृष्ठभूमिका कारणले घटनाविशेषप्रति विशेष आग्रह राख्ने गरेका पनि छन् ।
    अनुभवले के देखायो भने समुदायविशेषका पत्रकारहरू नै द्वन्द्वको बेला सम्बन्धित समुदायमा सहज पहँुच बनाउन र समुदायविशेषको संवेदनशीलतालाई आत्मसात् गर्न सक्ने रहेछन् । यो भनिराख्दा यस्ता उदाहरणहरू पनि प्रशस्त छन्, जहाँ अन्य सामुदायिक पृष्ठभूमिका पत्रकार फरक समुदायमा गएर विश्वासिलो र तटस्थ पत्रकारको रूपमा चिनारी पनि पाएका छन् । यस्ता सन्दर्भले के देखाउँछ भने एउटा पत्रकारले पत्रकारिताको आचारसंहिताको पालना, आप्mनो पृष्ठभूमिबाट उत्पन्न हुने आग्रहबाट निरपेक्ष तथा निर्धारित समुदाय/क्षेत्र जहाँ ऊ खटिएको छ, त्यहाँको भावना र चाहनालाई कोर्न सक्यो भने ती पत्रकारले ती समुदायविशेषको सामीप्यता पनि पाउँछ र तिनको लेखनले विश्वसनीयता पनि आर्जन गर्छ ।
    पत्रकार समाज र सत्ताको आलोचक हुनुपर्छ । सँगसँगै उसले आप्mनो लेखनीमार्पmत् एउटा वैकल्पिक समाज, उच्च मानवीय समाजको कल्पना गरिरहेको हुन्छ । यो वैकल्पिक कल्पना यथास्थितिवादीहरूको लागि खतरनाक हुन्छ । यसैले यथास्थितिवादीहरूले पत्रकारको वैकल्पिक कल्पनालाई स्वग्रहण गर्ने लोकतान्त्रिक सुविधा दिंदैनन् । यथास्थितिवादी शक्तिहरू पुनरुत्थानवाद, सम्प्रदायवाद, जातिवाद, क्षेत्रीयवाद आदिका माध्यमले उन्माद जगाएर पत्रकारलाई कुण्ठित गर्ने प्रयत्न गरिराखेका हुन्छन् । जबकि एउटा जागरूक र जुझारु पत्रकारले लेखनको मूल पक्षलाई ज्यूँदो राख्नका लागि मानवताविरोधी र रचनात्मकताविरोधी शक्तिहरूसँंग जुध्नुपरिरहेको हुन्छ । वृहत् अर्थमा एउटा असल पत्रकारले आप्mनो राजनीतिक भूगोलभन्दा माथि उठेरसमेत आप्mनो लेखनलाई आकार दिइराखेको हुन्छ । ऊ अहिलेको चल्ती बहसमा कथित “राष्ट्रवादी” नहुन सक्छ ।
    एउटा पत्रकार सूचनाहरूको  द्वारपाल मात्र नभएर एउटा न्यायाधीश पनि हो । मिडिया कुनै चाउचाउ वा चप्पलको उत्पादन होइन । आज समाजलाई एउटा व्यावसायिक एवं पेशागत धर्मनिर्वाह गर्ने चिकित्सक, अध्यापक वा कानून व्यवसायीको खाँचो छ भने एउटा व्यावसायिक एवं पेशागत धर्मनिर्वाह गर्ने पत्रकारको माग त्योभन्दा कम छैन । पत्रकारको चाल, चरित्र र चेहरा त्यतिखेर चासोको विषय हुन पुग्छ, जब उसले व्यावसायिक प्रस्तुतिमा आघात पु¥याउँछ, सामुदायिक संवेदनशीलतालाई ओझेलमा पार्छ, कुनै शक्तिको स्वार्थको भरिया हुन पुग्छ । त्यतिखेर ऊ कुन जातिको हो भनेर प्रश्न उठ्छ ।
    यस्ता प्रश्न उठ्नु आपैंmमा हाँक पनि हो । किनभने पत्रकारिताको आप्mनै विधिशास्त्र छ, चुनौतीसँग जुधेर भएपनि जनतालाई साँचो कुरा भनिरहने । यसका लागि यस्ता प्रश्नहरूको कसौटीमा स्वयम् पत्रकारविशेषले आपैंmले आपैंmलाई हेर्नुपर्ने हुन्छ । पत्रकारितासँग जोडिएर आउने शक्तिको डन्डा देखाएर उसले योग्यतालाई गौण र जातिलाई महŒवपूर्ण देखायो भने त्यसले पत्रकारिताको नै अवहेलना हुन पुग्छ ।

Friday, July 14, 2017

लोकतन्त्रको बीउ

लोकतन्त्रको बीउ

चन्द्रकिशोर
    अहिलेको मुख्य चुनौती भनेकै लोकतन्त्र र सामुदायिक ऐक्यबद्धतालाई कसरी जोगाउने भन्ने हो । यो यस कारणले पनि भनिंदैछ–भन्नुपरिरहेको छ कि लामो सङ्घर्षपछि लोकतन्त्र प्राप्त भएको हो । लोकतन्त्रको बाङ्गोटिङ्गो यात्रामा आम नेपालीले निकै कष्ट सहनुपरेको छ । अहिले पनि लोकतन्त्रको बाटो अन्योलपूर्ण र धूलौटे छ । दुःख सहन सक्ने नेपालीहरूले अझ केही समय धैर्य गर्न तयार हुनुपर्छ । अतिवाद अन्ततः परास्त हुन्छ भन्ने कुरामा शङ्का छैन । यतिखेर स्थानीय तहको चुनावमा कुन दलले कति ठूलो सङ्ख्याको बाजी मार्छ भन्ने आधारमा विजय वा पराजयको गाथा लेखिने होइन । मूल कुरा लोकतन्त्र जित्छ कि जित्दैन भन्ने हो ।
बाचा तोड्नुको विपत्ति
    भनिन्छ, बाचा तोड्नु विपत्ति निम्त्याउनु हो । संविधानसभाबाट संविधान ल्याउँदाखेरी नै त्यसको प्रक्रिया, कथ्य र अभ्यासप्रति मधेसको कोणबाट गहिरो असहमति प्रकट भएको थियो । त्यतिखेर नै संविधानसभामा संविधानका रचनाकार मुख्य तीन दलका प्रधानहरूले सार्वजनिकरूपले संशोधन गरिन्छ भनेर पवित्र बाचा गरेका थिए । दिन र महिना बिते, आश्वासन बाक्लिंदै गरे, अन्तहीन वार्ताका क्रम चल्दै रहे तर मुलुक अभैm पनि त्यही छ, जहाँ एक वर्ष दश महिना पहिले थियो । प्रधानमन्त्रीहरू फेरिंदै गरे यस अवधिमा, तर बाचा पूरा गरिएन । सबैले यथाशीघ्र संशोधन गर्ने थेगो अलापिरहे । बुझ्ने कुरा के हो भने यथाशीघ्र शब्दावलीले कुनै निश्चित वा स्थिर समयसीमा जनाउँदैन । परिस्थिति त्यसैले जटिल बन्दै गइरहेको छ ।
    भनिन्छ, संसद् जनताप्रति उत्तरदायी र एउटा पद्धति अन्तर्गतको निकाय हो । यही निकायको आडमा अन्य संस्थाहरू पनि जनताप्रति जवाफदेह हुन्छन्, तर आज त्यहीं पद्धति छिन्नभिन्न पारिएको कारण अन्य संवैधानिक निकायहरू पनि कतै अनियन्त्रित हुँदै गएको हो कि भन्ने काठमाडौंको कोठे बैठकमा हुने विमर्शको एउटा विषय हुने गरेको छ । संसद्मा राष्ट्रिय सरोकारहरूको विषयमा जुन रूपमा फराकिलो विमर्श हुनुपर्ने त्यो हुन सकेको छैन । त्यहाँ निर्वाचित प्रतिनिधिहरूले आप्mना क्षेत्रका समस्या र सरोकार भुइँ सतहको शब्दावलीमा प्रस्तुत गर्न सकिरहेका छैनन् । अहिले राजपा नेपालले चुनाव बहिष्कारको राजनीति शुरू गर्दा प्रदेश नं. २ का नेपाली काङ्ग्रेसका जिल्ला र केन्द्रका पदाधिकारीहरूले यस क्षेत्रमा राजनीतिक तनाव बढेको अनुभूतिलाई पार्टीको शीर्ष तहमा पु¥याए ।
    मेरो जहिले पनि प्रश्न के हो भने मधेसका जनतामा असन्तुष्टि थपिंदै गएको छ, काठमाडौंसँग दूरी मेटिने तत्काल कुनै छाँटकाँट छैन, त्यस क्षेत्रका बासिन्दामा राज्यको भूमिकालाई लिएर मन र मस्तिष्कमा उग्रता थपिंदै गएको छ । यो त नेपालमा राजनीति गर्ने सबै राजनीतिक दलहरूले संवेदनशीलता देखाउनुपर्ने पक्ष हो । मधेसको सवाल केवल मधेसी दलको होइन । यो नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूको स्वार्थ र सरोकारको विषय हो । मधेसी दलले अग्रसरता देखाउँदा मात्र तात्ने तर त्योभन्दा पहिले त्यस क्षेत्रका सरोकारलाई संसद्को पटलमा नराख्ने ? मधेसी असन्तुष्टि व्यवस्थापनको जटिल खेलमा नेपालका राजनीतिक दलहरू अभैm पनि सिकारु नै साबित भइरहेका छन् ।
अवरोध कि गलपासो
    मधेसका जायज सवालहरू सम्बोधन गर्न ढिलो कसले गर्दैछ ? अवरोधक को र कुन पक्ष हो ? यसबारे संसद्मा व्यापक बहस हुनुपथ्र्यो । मुलुकभरि साङ्गठनिक सञ्जाल भएका दलहरू राष्ट्रिय एकताका आधुनिक सूत्र हुन् । यिनको साङ्गठनिक ढाँचाले विभिन्न पहिचान भएका जाति, समुदाय र व्यक्तिलाई एउटा सूत्रमा जोडेको हुन्छ । मधेसीहरूको असन्तुष्टि कहाँ छ ? किन कमजोर सङ्गठन भएका राजनीतिक शक्तिहरूको आह््वानमा पनि लाखौं व्यक्ति सडकमा आइपुग्छ ? अहिले पनि ठूला दलहरूकै मिडियामा वर्चस्व छ, सामाजिक सञ्जालमा तिनकै हालीमुहाली र कब्जा छ, तर पनि मधेसीहरूलाई सन्तुष्ट पार्न सकिएको छैन, के कुन सूचना र प्रभावले उनीहरू सडकमा आइपुग्छन्, यो विचारणीय प्रश्न हो । काठमाडौंको नागरिक विमर्शमा यस्ता कुराहरूले ठाउँ पाउनुपर्छ ।
    यतिखेर प्रदेश नं. २ को चुनाव असोज २ मा सारिएको छ । चुनाव सारिएसँगै नेपाली समाजको एउटा वृत्तमा फेरि असोजतन्त्रको काल्पनिक परिदृश्य मानसपटलमा उदाएको छ, यसो हुनु अस्वाभाविक पनि छैन । अरू प्रदेशसँग छुट्याएर अन्तमा प्रदेश नं. २ को चुनाव गराउनुको अन्तर्य के हो ? यस्तो निर्णयले मधेसमा काठमाडौंप्रति असन्तुष्टि झन् थपिएको छ । यसले मधेसभित्र एउटा पहाड खडा भएको छ । समस्या संशोधनलाई लिएर हो भने पहिले त्यसको छिनोफानो हुनुप¥यो । निर्वाचनको कथा उठान हुनुभन्दा निकै पहिलेदेखि संशोधनको राजनीति चल्दै आएको हो । के प्रदेश नं. २ को चुनावको बेलासम्म यस क्षेत्रको राजनीतिक तनाव कम हुन्छ वा सरकारले बल प्रयोग गरेर यस क्षेत्रमा चुनाव गराउन खोजेको हो ? मुलुकका बाँकी हिस्साभन्दा प्रदेश नं. २ सँग फरक व्यवहार किन ?
    नेपाली काङ्ग्रेसले पछिल्लो एक वर्षदेखि संशोधनको सवालमा उदार दृष्टि राख्दै आएको, त्यही सेरोफेरोमा माओवादी केन्द्रको पनि बोली–वचन देखिन्छ । यस्तै हो भने यी दुई ठूला दलहरू मिलेर संसद् र संसद्बाहिर यसका पक्षमा राष्ट्रिय जनमत बनाउने काम किन गर्दैनन् ? चुनावको मिति सार्दै जानु समस्याको उपचार होइन । न मधेसी दलहरूलाई वार्ताको गोलचक्करमा घुमाइराख्नु नै निकास हो । दिल्लीसँगको सम्बन्ध सुधारले पनि मधेसी रोगको निदान हुने होइन । कुनै प्रकारको राजनीतिक झारफुकबाट मधेसी समस्याको समाधान निस्कन सक्दैन । अग्रगामी सुधार नै अपरिहार्य छ । अहिले राजपाले यो ग¥यो, राजपाले त्यो ग¥यो, मधेसका नेता यस्तो, मधेसको नेता त्यस्तो वा उपेन्द्र भर्सेज राजेन्द्र–महन्थको कुरा गरेर पनि मधेसलाई तुष्ट पार्न सकिंदैन । मधेसका केही जायज सरोकारको हल निकाल्नुपर्छ ।
लोकतन्त्रको बीउ
    इतिहासको कसीमा सिंहदरबार मात्र होइन, शीतल निवास पनि छ । संविधानको संरक्षकको रूपमा रहेको राष्ट्रपति संस्था दलपतिहरूका सामुन्ने निरीह देखिएका छन् । नकारात्मक सोचाइले थिचेको काठमाडौंमा भक्कानो फुटुन्जेल मधेसीहरू रोए पनि सिंहदरबार र शीतल निवास कहिल्यै ब्युँझेनन् । यतिखेर वस्तुनिष्ठ मूल्याङ्कनको खाँचो छ । संविधानप्रति असहमतिको आन्दोलन, नाकामा अवरोध, आन्दोलनमाथि दमन, संशोधनको राजनीतिजस्ता प्रकरणले पहाड र मधेसको दूरी बढ्दै गएको छ । यो दूरी मूलतः मधेस र काठमाडौंबीचको हो । तर यो मधेसी समुदाय र अन्य समुदायबीचको सम्बन्ध परिभाषित हुनमा खर्चिन लागेको छ । सामुदायिक असन्तुष्टि यतिखेर सामुदायिक तनावमा अनुवाद हुँदै गएको छ । यसलाई सार्वजनिक विस्फोट हुनबाट जोगाउनुपर्छ ।
    जनताको राजनीति गर्ने जोसुकैले पनि बुझ्नुपर्ने एउटा कुरा हो, लोकतन्त्रका न्यूनतम संरचना ज्यूँदो रहेकै अवस्थामा उन्नत अधिकारको अभिलाषा राख्न सकिन्छ । मधेसका दलहरूले पनि बिर्सिनै नहुने पक्ष के हो भने लोकतन्त्रको बीउ जोगिएन भने मधेसी, थारू, जनजाति, दलित कसैको पनि हित संरक्षण हुन सक्दैन । देशका निमित्त राम्रो पक्ष के हो भने मधेसको कोणबाट यतिखेर सडकमा देखिएको समूह मध्यमार्गी हो ।
    सामुदायिक समझदारी नरहेमा त्यसले पहिलो प्रहार लोकतन्त्रको जरामाथि गर्छ । अहिलेको संविधानका संरचनाहरू नरहे मधेसीलगायत अन्य बहिष्करणमा परेकाहरू झन् बढी द्वन्द्वमा पर्नेछन् । लोकतन्त्र र सामुदायिक सम्बन्ध एक अर्कासँग जोडिएका छन् । के अहिलेको संविधानको विकल्प मधेसी जनताले चिताएको हो ? तमाम असन्तुष्टिका बावजुद मधेसी जनताले त्यस्तो परिस्थितिको परिकल्पनासम्म गर्न सक्दैन । इतिहासले प्रमाणित गरेको तथ्य हो, नेपालको कुनै पनि भूगोलका बासिन्दा लोकतन्त्रको सङ्घर्षमा हरेस खाएका छैनन्, निराश भएका छैनन्, सङ्घर्ष छोडेका छैनन् र जहिले पनि अघि बढ्ने गरेका छन् । तर वर्तमानका राजनीतिक अगुवाहरू आआप्mनो कुण्ठा र स्वार्थको चश्मा लगाएर लम्किंदैछन्, अगाडि कहाँ कुन असोजतन्त्रमा फेरि ठोकिने हुन् होश छैन । हरे शिव १

Friday, July 7, 2017

रिमझिम रिमझिम पानी बरसै

रिमझिम रिमझिम पानी बरसै

चन्द्रकिशोर
    मनसुनी वर्षासँग जोडिएर लोकजीवनमा अनेक भावहरू अभिव्यक्त भएका छन् । जसले गर्दा मधेसी समाजको परम्पराहरूमा चियाउन सकिन्छ । मनसुनको प्रतीक्षासँगै त्यसको स्वागतको तयारीको लामो परम्परा छ, मधेसमा । मनसुनले भिœयाउने वर्षाले यहाँको जनजीविका अभैm पनि थेगेको छ । त्यसैगरी वर्षासँग कसरी जुध्ने, वर्षाको सदुपयोग जनजीविकाको लागि कसरी गर्ने जस्ता पक्षमा पारम्परिक ज्ञान रहेका छन्, जो बहुआयामिक र वैज्ञानिक छन् । तराईका भाषाहरू चाहे मैथिली, भोजपुरी, अवधी, थारू वा बज्जिका होस् सबैमा प्रशस्त लोकगीतहरू छन्, जसले यस क्षेत्रका सामाजिक चेतनालाई प्रस्फुटित गर्छन् । वर्षा ऋतुमा मनसुन–पानी पर्ने हुनाले यस क्षेत्रको समाज र संस्कृतिको नशा–नशामा वर्षा आनन्द र उत्सवको क्षणका रूपमा प्रकट हुने गरेको छ । दैनिक जीवनको सङ्घर्षपूर्ण व्याकरणलाई मनसुनी वर्षाले लय र सुर दिएको छ ।
    वर्षा ऋतुको लागि पूर्वतयारीका क्रममा अभैm पनि गाउँ देहातमा जहाँ खपडा वा खरफुसको छानो भएका घर छन्, त्यहाँ वर्षा लाग्नुभन्दा पूर्व नै त्यसलाई “छाउने” गरिन्छ । वर्ष दिनभरिमा एकपटक छाइदिंदा त्यसले घर चुहिनबाट जोगाउँछ । त्यसैगरी वर्षामा खेत खलियानको माटो गिलो हुने भएको हुनाले समय छँदै सुक्खा माटो आँगनमा ल्याएर राखिन्छ, जो भइपरीआउँदा घर लिपपोत, खाल्डो पुर्ने, प्वालहरू टाल्ने काम हुन सकोस् । गाईवस्तु बाँध्ने घरमा दिनहुँको गोबरको सफाइ गर्दा हुन गएको खाल्डोलाई पुर्ने काम पूर्वतयारीकै रूपमा गरिन्छ । दाउरा र सुक्खा तरकारीको बन्दोबस्ती गरिएको हुन्छ । गाईवस्तुलाई खाने पराल वा दानाको जुगाड पहिलेदेखि गरिएको हुन्छ । खेतका आलीहरू वर्षाको पानीले नचुहियोस्, त्यसका निमित्त आवश्यक तयारी गरिएको हुन्छ । यसरी गाउँदेहातमा एउटा आवधिक दिनचर्याका रूपमा मनसुन भित्रिन्थ्यो र त्योसँग आप्mनो तादम्यता ग्रामीण समाजले स्थापित गरेको थियो ।
    कुनै पनि क्षेत्रको जलवायुको प्रभाव त्यहाँको निवासीहरूको आर्थिक प्रयत्नमा निकै व्यापकरूपमा परेको हुन्छ । त्यहाँको वनस्पति, पशुधन, मानिसहरूको कार्यक्ष्Fमता, मानवीय आवश्यकता तथा उद्यम–व्यापारको प्रकृति आदि माथि जलवायुको विशेषरूपमा प्रभाव परेको हुन्छ । तराईको जलवायुको सम्बन्धमा कुनै पनि सामान्य कथन असम्भव छ । किनकि यहाँ विभिन्न प्रकारका भौगोलिक स्थिति पाइन्छ । तर पनि मुख्यरूपमा यो भनिन्छ कि मधेसको जलवायु मनसुन प्रधान छ । तर यहाँको मनसुनका केही विशेषताहरू छन् ।
    सम्पूर्ण तराईमा एकैपटक मनसुनको आगमन हुँदैन । मेची किनार पुगेको मनसुन महाकाली किनार पुग्दा केही समय लागेको हुन्छ । त्यसैगरी सर्वत्र वर्षा पनि एकै प्रकारको हुँदैन । वर्षाको मात्रामा पनि अनिश्चितता हुन्छ । तर वर्षासँग जोडिएको एउटा विशेषता के हो भने वर्षा सामयिक हुन्छ । यहाँ वर्षभरि नै वर्षा हुँदैन, एउटा खास मौसम मनसुनका लागि हुन्छ, जहाँ असारदेखि असोज–कात्तिकसम्म प्रायः वर्षा हुन्छ । वर्षा सामयिक हुने हुनाले खासगरी महŒवपूर्ण बालीहरू यही मौका छोपेर गर्नुपर्ने हुन्छ । त्यस अर्थमा जहाँ अहिले पनि तराईमा सिंचाइका कृत्रिम साधनहरूको अभाव छ, त्यहाँ वर्षाको प्रतीक्षा हुने भई नै हाल्यो । वर्षाको अनिश्चितताले गर्दा कुनै वर्ष अतिवृष्टि त कुनै वर्ष अनावृष्टि यस क्षेत्रको विशेषता रहँदै आएको छ । पछिल्ला वर्षहरूमा वर्षाको यस चक्रमा पनि देखिने गरी नै बदलाव हुँदै गएको छ ।
    “मधेसको कृषिलाई मनसुन हावासँगको जुवा”का रूपमा मानिंदै आइएको छ । नियमित वर्षा भयो भने वा अतिवृष्टि वा अनावृष्टि भयो भने पनि यस क्षेत्रको कृषि एवं कृषकको आर्थिक जीवनमा असर पार्छ । बालीनालीसँगै पशुपालनमा पनि वर्षाको मात्राले प्रभाव पार्छ । कृषिजन्य आधारित उद्योगहरू कपास, जुट, उखुलाई राम्रो वर्षाले राम्रो उब्जनी दिलाउँछ । स्वभावतः मनसुन आम किसानको खेतीपाती र व्यापारसँग जोडिन पुग्दा त्यसले तिनको क्रयशक्तिमा पनि अन्तर पार्छ ।
    वर्षाले खेतीपाती मात्र हैन, बाढी पनि ल्याउँछ । बाढी विभिन्न प्रकारका हुन्छन् । तिनको स्वभाव अनुसार तिनलाई फरकफरक नामले चिनाइने गरिन्छ । नदीको पानी खेतमा आयो र त्यहाँ जम्यो भने त्यसलाई “दाहर” “बाढ” भनिन्छ । खेतीका लागि पानीको खाँचो भइराखेको हुन्छ, त्यस्तोमा दाहर उपयोगी भइदिन्छ । कहिलेकाहीं गाउँमा ढोकाअगाडिसम्म नदीको पानी हिलोर लिन लागोस्, त्यसलाई “बोह” भनिन्छ । कहिलेकाहीं नदीको पानी घरआँगनमा छिर्दै भ्mयाल, ढोकासम्म डुब्ने स्थिति आउँछ, गाईवस्तु जस्ता जनावर पानीमा डुब्न जान्छ, त्यस्तोलाई “बाढहुम्मा” भनिन्छ । बाढीको पानीले स्थिति यस्तो भइदेओस् कि मानिसहरूद्वारा विवश भएर आप्mना घरपालुवा पशुलाई खाँबोबाट खोलेर छोडिदिने बाध्यता आओस्, त्यस्तोलाई “प्रलय” भनिन्छ । बाढीका यस्ता विभिन्न रूपहरूका साथ स्थानीय समाजले स्वयम्मा बाँच्ने कला विकसित गरिसकेका थिए । जबसम्म प्रलय नआइहालोस्, मानिसहरू आप्mनो जीवन कुनै न कुनै प्रकारले निर्वाह गरि नै हाल्थे । नदीमा कस्तो पानीको मात्रा थपिन थाल्यो भने कस्तो स्वभावको बाढी आउँछ भनेर नदी र बाढी प्रभावित इलाकाका बासिन्दाहरू अवगत हुन्थे । तर यतिखेर बदलिएको सामाजिक–आर्थिक परिवेशमा न त मनसुनसँग तालमेल गर्न सक्ने सीप जोगाउन सकिएको छ, न त आपूmले विकसित गरेको नयाँ दैनिकीसँग मनसुनलाई जोड्न सकिएको छ ।
    मधेसको जनजीवनमा खेती किसानी एउटा लोकपर्व जस्तै हुन्छ । खासगरी मनसुन आधारित खेतीका लागि बीउ छर्ने (मुठ देहल), पहिलो दिनको रोपाइँ
(गवलगी), अन्तिम दिनको रोपाइँ
(कदवापखार) जस्ता दिवसहरू हुन्छन्, जुन दिन कृषि मजदुर र किसान एकापसमा सामुदायिकरूपमा त्यसलाई मनाउँछन् । मनसुनको बेला बादलको रूप, रङ र दिशाका आधारमा त्यसले के कस्तो पानी पार्ने र त्यस्तो बेला के गर्ने भन्नेबारे लोकवैज्ञानिकहरूका कहावतहरू मधेसको जनजीवनमा अहिले पनि धेरथोर बाँचेको छ । यसमा कृषि वैज्ञानिक घाघका वचनहरू बडो प्रमाणिक छन् । उसो कतै कतै डाँक र घाघरीका नाममा पनि यस्तै वचनहरू छन् । कतिपयले यिनीहरू एकै व्यक्ति थिए भनेर पनि भन्ने गरेका छन् ।
    थोडक जोतिह अधिक महिअबिह / ऊच क बान्हिह आरि / ताहू पर यदि नहि उपजै तँ / डाँक के पढिह गारि
(राम्रोसँग जोत्ने, डल्लो सम्याउने अनि आली मजबुत बनाउने, त्यसरी ग¥यो भने खेती राम्रो हुन्छ भएन भने डाँकलाई गाली दिनु ।) रोहिनी बरसै मृग तपै कुछ कुछ अद्रा । कहै घाघ सुने घाघिनी स्वान भात नहीं खाय । (यदि रोहिणी नक्षत्रमा वर्षा भयो, मृग सिरामा सुक्खा भयो, र फेरि आद्र्रामा साधारण वर्षा भयो भने धानको उब्जनी यति हुन्छ कि कुकुर पनि खाएर अघाउँछ ।)
    मनसुनको मिजास चिन्ने मधेसी मानसमा यस्ता कृषि वैज्ञानिकहरू घाघका भविष्यवाणीहरूसँग आप्mनो दिनचर्यालाई जोडेर बस्ने पुस्ता बिस्तारै सकिंदै गएको छ । खेत खलियानका कुराहरू स्वयम् मधेसभित्रको सामाजिक जीवनमा थोरै हुन थालेका छन् । मधेसी समाजभित्र विद्यमान रहेका यस्ता विरासतहरूलाई जोगाउने उपक्रमप्रति कसैको दृष्टि गएको छैन किनभने कुनै दाताले यस्ता खेती किसानीका कुरामा बौद्धिक विमर्शका लागि लगानी गर्दैन ।
    मधेसी लोकजीवनमा वर्षालाई लिएर अभिव्यञ्जित केही लोकगीतका पङ्क्तिहरू यस प्रकार रहेका छन्–
    सावन आइ गये मनभावन, बदरा घिरि–घिरि आवै ना १ बदरा गरजै बिजुरी चमकै, पवन चलति पुरवैया ना १ रिमझिम–रिमझिम मेहा बरसै, धरती काँ नहवावै ना १ (मनभावन सावन आइसक्यो, बादल घेरिएर आउन थाल्यो, बादल गर्जिन्छ, बिजुली चम्किन्छ, पुरवैया हावा चल्दो रहेछ, रिमझिम रिमझिम मेघ बर्सिएर धर्तीलाई नुहाउँदै छ ।
    मनसुनसँग जुध्ने मानसिक र भौतिक तयारी सँगसँगै हुन्थ्यो । रोजीरोटीका लागि परदेशिएका पति फर्किऊन् भन्ने चाहना पत्नीको होस् वा वर्षाको बेला खेती किसानीका लागि रुभ्mदै काममा खटिएका सन्तानप्रतिको माया आमामा देखिएको भाव होस्, यस क्षेत्रका लोकगीतहरूमा अभिगुञ्जित भएको पाइन्छ । वर्षालाई विपद्को रूपमा होइन, अवसर, आनन्द र अप्ठ्यारो भएपनि सहज बनाउने युक्तिका रूपमा लोकगीतहरूका भाव अभिव्यञ्जित भएका पाइन्छन् । मनसुनसँग आवधिक हुने जम्काभेटको नियतिलाई वरदान मान्दै त्यसलाई सामाजिक–आर्थिक उन्नतिमा अभिसिञ्जित गर्ने ज्ञान विकसित गरेका थिए । त्यसले नै यो समाजलाई शताब्दीसम्म जोगाएर राख्यो ।
    अहिले आप्mनै माझको रैथाने ज्ञान हराउँदै गएको छ, जीवनशैली फेरिएको छ, त्यसैले मनसुन अपरिचित लाग्छ । तर पनि मनसुन जब कोप भएर प्रकट हुन्छ, त्यसको सामना आपसी मेलजोलबाट गर्ने चलन जोगिएको छ, यसलाई धन्य मान्नुपर्छ । बाढी वा सुक्खा अहिले पनि सरकारीतन्त्र र राजनीतिक ब्युहका निमित्त कमाउने अवसर जो हुने गरेको छ । विप्रेषणले थिचिंदै गएको मधेसको अर्थतन्त्रले न त खेती किसानीबाट आपूmलाई टाढा राख्न सकेको छ, न त नयाँ र अपरिचित क्षेत्रसँग आपूmलाई तालमेल मिलाउन सकेको छ । त्यसैले मनसुनको सामना गर्ने क्षमतामा ¥हास आएको छ ।

Friday, June 30, 2017

स्थानविशेषको इतिहासमा वीरगंज–रक्सौल

स्थानविशेषको इतिहासमा वीरगंज–रक्सौल

चन्द्रकिशोर
    कुनै पनि देशबारे जानकारी लिन त्यस देशको इतिहासकै अध्ययन गर्नु अति आवश्यक पर्छ । मानवीय इतिहासको क्रममैं राष्ट्रिय इतिहासको क्रम शुरू हुने हुँदा इतिहासकारहरूले सत्य र तथ्यको आधारमा राष्ट्रिय इतिहास निर्माण गर्ने प्रयास गरेका हुन्छन् । इतिहासले नै हिजोको राष्ट्रिय स्थितिको जानकारी दिने हुँदा आजको कार्यमा सजिलो भई भोलिको लागि परिकल्पना गर्न      सिकाउँछ । नेपाल—भारत सम्बन्धबारे विवेचना गर्दा सीमा वारि र पारि बस्ने जनबारे त्यति मिहीन प्रकाश पारेको देखिंदैन । पृथ्वीनारायण शाहले गोर्खा राज्यको सीमा पैmलाउने क्रमदेखि अहिलेको नेपाल—भारत सीमा सम्बन्धको इतिहास मान्न सकिन्छ।
    सरदार भीमबहादुर पाण्डेले ‘त्यस बखतको नेपाल—राणाकालीन आखिरी तीन दशक’ पहिलो भागमा लेखेका छन्– “वि.सं.१९७७ सालमा एक प्रकारले विश्वभरि नै ठूलो उथलपुथल शुरू भयो । हाम्रो पडोसी भारतमा महात्मा गाँधीले भर्खर चम्पारणमा सूत्रपात गरेको सत्याग्रह र भद्र अवज्ञा आन्दोलनले १९७७ सालताका देशभरि हलचल मचायो । भारतीय कारागारहरू हजारन सत्याग्रहीले भरिए । एक शब्दमा भनिने हो भने १९७७ सालदेखि नेपालको दक्षिणमा गाँधीयुग शुरू भयो भने हुन्छ, भारतप्रति विश्वको नै ध्यान आकर्षित गर्ने किसिमले । नेपालको उत्तरी छिमेकी चीनमा केही वर्षयता तारासमान उदाएका डा. सन्यात सेनको चीनलाई एकीकरण, उत्तर–दक्षिण चीनका सामन्ती वार लर्डलाई दमन गर्ने र चीनमा आन्तरिक स्थिरता ल्याउने अविरल प्रयास असफल साबित हुन थालेकोले, १९७७ सालमा आजको नयाँ चीनको जन्मदाता साम्यवादी पार्टी उदायो । त्यतिका वर्षसम्म मस्त सुतेको चीन वि.सं. १९७७ मा उठ्यो भने हुन्छ ।”
    त्यस बखत नेपालको कूटनीतिक सम्बन्ध जगाउने एक सजिलो साधन गनिएको शिकार । त्यसैले भारतमा आएका ठूला–ठूला अङ्ग्रेजी पाहुनाहरूलाई नेपालमा शिकार नखेलाइ फर्काइँदैनथे । राणाकालमा नेपालको सफल परराष्ट्रनीति नै जसरी भएपनि भारतको अङ्गे्रज सरकारलाई राजीखुशी राख्ने र हात लिने हुँदा, उच्चस्तरीय अङ्ग्रेजको नेपाल तराईको शिकारलाई अति भव्यतापूर्वक सम्पन्न गरिन्थ्यो । मेचीदेखि महाकालीसम्म पैmलिएको एकनासको घना चारकोसको जङ्गल त्यस बेला जातजातका रूख र जङ्गली जनावरहरूले भरिभराउ थियो । आजकालका हिमालजस्तै नामी थियो, चारकोसको झाडी । कुनै बेला त्यो चारकोसको झाडी गनिएको थियो, नेपालको मजबुत किल्ला र जङ्गली जनावरको खानी । अहिलेको वीरगंज क्षेत्रमा पहिले–पहिले यस्तो बाक्लो बस्ती थिएन, न यो क्षेत्रको नाम नै वीरगंज स्थापित भएको थियो ।
    नेपाल—भारत सीमाञ्चलवासीबीच वीरगंजको भूमिका महŒवपूर्ण रहेको पाइन्छ । भौगोलिक कारणले पनि वीरगंज एउटा महŒवपूर्ण सरोकार भएर नेपाल–भारत सम्बन्धलाई आयाम दिएको छ । नेपाल–भारतबीच जनस्तरको सम्बन्धलाई बहुआयामिक बनाउन वीरगंजले निर्माण गरेको इतिहास खोतल्नु जरुरी छ । इतिहास ऐतिहासिक साधन वा सामग्रीहरूका आधारमा तयार हुने एउटा विज्ञान जस्तै विषय हो ।
    नयाँ साधन र स्रोत प्राप्त भएपछि इतिहासको स्वरूप बदलिन्छ । यो विषयमा अनुसन्धानको बाहुल्यता रहन्छ । त्यसैले समयसमयमा प्राप्त नयाँ सामग्रीहरूको संयोजन गरी इतिहासलाई बढाउनुपर्ने हुन्छ । कुनै पनि देशको भौगोलिक अवस्थाको त्यस देशको इतिहासमा ठूलो प्रभाव परेको हुन्छ । विश्वका सबै देशले आआप्mनो भौगोलिक अवस्थाकै आधारमा नीति निर्धारण र कार्यान्वयन गरेका हुन्छन् । देशको विकास पनि मुख्यतः भौगोलिक बनोटबाट प्रभावित हुन्छ । दुई मुलुकबीचको सम्बन्ध स्थापनामा पनि शहरविशेषको भूगोलले इतिहास तय गर्छ ।
    वीरगंज समावेशी शहर हो । यहाँ विभिन्न समुदायका नागरिक बसोवास गर्छन्, यहाँ विभिन्न भाषाभाषीहरूको सङ्गम छ । वीरगंजसँग जोडिएको भारतीय शहर रक्सौलको पनि नेपालसँग पुरानो साइनो छ । इतिहास बितेका घटनाहरूको विवरण हो । वास्तविक इतिहासले भविष्यको मार्ग निर्धारण गर्छ । वीरगंज हुनत सवा सय वर्ष पुरानो शहर हो तर नेपालको सीमाभित्र वीरगंजले ओगटेको भूभाग हुन आएको दुई सय वर्ष पुगेको छ । नेपाल–भारत सम्बन्धका सन्दर्भमा वीरगंजको चर्चा नभईकन इतिहास अधूरो रहन्छ । यी दुई मुलुकबीच सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा शहरहरूको कथा पनि आपैंmमा इतिहासको स्रोत हो । त्यस अर्थमा वीरगंजको चर्चा इतिहासलेखनमा सान्दर्भिक हुन आउँछ ।
    नेपाल—भारत सम्बन्धको सबैभन्दा ठूलो विशेषता भनेको नै दुई देशबीच खुला सीमा हो । खुला सिमाना तराई भूभागसँग बढी जोडिएको हुनाले यो राष्ट्रिय सवाल तराई क्षेत्रका बासिन्दाको सरोकारसँग जोडिन पुग्छ । छिमेकी भारतीय राज्यहरूसँग जुन विशेष सम्बन्ध छ, त्यसको मूल कारण नै खुला सीमा हो । यसले हाम्रो सांस्कृतिक, सामाजिक, ऐतिहासिक, धार्मिक परम्परामा एकरूपता र साझापनको परिचय दिन्छ । सीमावर्ती तराईका मानिसहरू दैनिक दिनचर्याका क्रियाकलाप भारतमा र सीमा क्षेत्रका भारतीयहरू नेपालमा दिनचर्या गर्दै आइरहेका छन् ।
  नेपाल—भारतबीच अन्तर्राष्ट्रिय सीमा वरिपरि बस्ने बासिन्दा जसका कतिपय सामाजिक, आर्थिक स्वार्थ समान र साझा छन् र जसका वारिपारिको संवाद र सम्पर्कको नियमितता छ, तिनीहरू सीमाञ्चलवासी हुन् । नेपाल–भारतबीच सीमा क्षेत्रमा सामाजिक, सांस्कृतिक, कला र धर्म धेरै अर्थमा चलनचल्ती मिल्दोजुल्दो छ । नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुक हो । नेपालको भूराजनीतिक अवस्थाले गर्दा उत्तरको छिमेकी देशभन्दा दक्षिण छिमेकीसँग विविध पक्षमा नजिकिन पुगेको कुरा सबैको सामु छ । नेपाल–भारतबीच सामाजिक संस्कार धेरै अर्थमा मिल्दोजुल्दो छ । त्यसैले नेपालको भारतसँग, भारतको नेपालसँग घनिष्ट सम्बन्ध रहेको छ । हुनत एकअर्काबीच बढी सम्पर्क जस्तै आतेजाते, लेनदेन र उठबस हुँदा कुनै बेला कटुता वा मनमुटाव हुन जानु स्वाभाविक हो ।
    वीरगंजमा रूपान्तरित हुनुपूर्वदेखि नै गहवा एउटा प्रमुख बस्तीका साथै क्रमिकरूपमा बजारको रूपमा विकसित हुन थालिसकेको तथ्य राणा प्रधानमन्त्री वीर शम्शेरको शासनकालमा गहवामा नै पर्सा जिल्लाको सदरमुकाम स्थानान्तरण गर्नुबाट पुष्टि हुन्छ । गहवाकै बासिन्दा तत्कालीन राणाशाही महŒवपूर्ण ओहदामा कार्यरत हुनु एवं राणा प्रधानमन्त्री एवं अन्य रोलवाला राणाहरूको यसतर्पm भ्रमण हुँदा गहवामा मुकाम रहेको पाइनुले गहवा त्यस बेला यस तराई क्षेत्रमा अरूभन्दा निकै विकसित बस्ती बनिसकेको अनुमान गर्न सकिन्छ । वि.सं. १९५३ सालतिर गहवामा तत्कालीन मालचलानीको हाकिम रहेका ज्ञानमान यसै गहवामा बस्थे ।
    राणाकालमा नेपालको पूर्वी तथा पश्चिमी तराई राणाशासक एवं तिनका परिवारका निमित्त एवं राणा श्री ३ का साथ तत्कालीन राजाहरूसमेतको शिकारका निमित्त प्रमुख स्थल मानिन्थ्यो । तराईको चितवन, रामवन, ठोरी, बगरी, सिम्रौनगढ, पत्थरघटा आदि प्रमुख स्थान मानिन्थ्यो । यी ठाउँमा शिकार खेल्न आउँदा कतिपय राणा प्रधानमन्त्री एवं राणा परिवारका उच्च सदस्यहरूको क्याम्प गहवामा पनि रहेको हुँदा तत्कालीन ऐतिहासिक स्रोतको रूपमा उल्लेख रहेको पाइन्छ । साथै नेपालबाट तीर्थाटन एवं अन्य प्रयोजनका लागि भारत जानुपर्दा सुगौली (भारत)बाट रेल चढी जानुपर्ने हुँदा राणाहरू गहवामा वास बस्ने गरेको पाइन्छ ।
  राष्ट्र—राष्ट्रबीच सम्बन्धमा आआप्mना आधारभूमिहरू हुुन्छन् तर ती आधारभूमिमाथि विभिन्न स्वार्थी समूहहरूका विभिन्न दबाब परि नै रहन्छ र सम्बन्धमा पनि दबाब र तनाव निर्माण हुने गर्दछ । जनस्तरको घनिष्टता र सम्बन्धको गहनता पनि स्वार्थ समूहहरूको विविध चरित्रबाट औसतन मुक्त त रहन्छ तर नेपाल र भारतको सम्बन्धमा जनस्तरको यो सम्बन्धलाई वास्तविक राष्ट्रिय हितद्वारा संरक्षण प्रदान गर्न सकिएन भने जनस्तरको सम्बन्धका विश्वास र घनिष्टताको जस्तै उच्च शिखरमा पनि क्रमशः पहिरो जान थाल्छ । यो पनि दुई राष्ट्रबीच सम्बन्धको अर्को जटिल एवं संवेदनशील पक्ष हो ।
  कतिपयले नेपालको भौगोलिक एकीकरणपछि नेपालीलाई आवतजावतमार्पmत् जोड्ने र बाहिरी दुनियाँमा पु¥याउने आधार सीमावर्ती क्षेत्रको रेलसेवाले नै गरेको मानेका छन् । नेपालभित्रको प्रशासनिक कामकाजका लागि पनि यही माध्यमको छनोट गर्नुपर्ने बाध्यता थियो । नेपालभित्र लामो समयसम्म आवागमनको आन्तरिक आधार नहुँदा त्यही भएर गुज्रिनुपथ्र्यो । बरु विसं २०४६ सालपछि बिस्तारै यो निर्भरतामा ¥हास आउँदै गएको छ । सीमावर्ती रेलसेवामाथिको निर्भरताले नेपाली जीवनलाई दक्षिणमुखी बनाएको थियो, जो बिस्तारै आप्mनै ‘केन्द्र’ तिर फर्किन थालेको छ । यसले नेपाली राज्यको विकासक्रमको यात्रालाई पनि झल्काउँछ । अर्थात् शिक्षा, स्वास्थ्य, व्यापारका लागि आप्mनैतिर मोडिएको छ ।
    नेपाल–भारतको स्थायी राजनीतिक नक्सा सन् १८१६ को सुगौली सन्धिबाट शुरू भएको हो । त्यसअघि लडाइँ भइरहने र सिमाना पनि बदलिरहने गर्दथ्यो । नेपाल–भारत सीमा क्षेत्रमा बसोवास गर्ने जनतामाझ सम्बन्धको आप्mनै ऐतिहासिकता छ । अहिलेको आधुनिक दुई राज्य निर्माण हुनु पहिलेदेखिकै यी दुई मुलुकबीचका सम्बन्ध हुन् । सिमाना क्षेत्रका शहर बजारहरू कालान्तरमा विकसित हुँदै गएका हुन्, जो समयक्रममा सीमाञ्चलवासीबीचको सम्बन्धको सेतुको रूपमा उदाएका छन् । नेपाल–भारत सम्बन्धको विभिन्न पक्षको ऐतिहासिक अध्ययनका लागि फराकिलो अध्ययनको आवश्यकता छ । तसर्थ यहाँ नेपालको एउटा मुख्य शहर वीरगंजको भूमिकाको ऐतिहासिक अध्ययन गर्ने जमर्को गरिएको छ । यसरी नै नेपाल–भारतबीच प्रत्येक शहरको सरोकार, स्वार्थ र सामीप्यबारे खोजीनीति हुनुपर्छ । वीरगंज–रक्सौलबीचको सम्बन्धलाई अतीत, वर्तमान र भविष्यको कसीमा हेर्ने हो भने हामी त्यसमा बिस्तारै बदलाव आउँदै गएको पाउँछौं । धेरै कुरामा हाम्रो निर्भरता बढेको छ, उनीहरूको यता आउने क्रम थपिएको छ । कैयौं समस्या समान छन्, जसको समान समाधानको खोजी गर्नु दुवै शहरको साझा जिम्मेवारी हो ।

Find us