Showing posts with label आयुर्वेद. Show all posts
Showing posts with label आयुर्वेद. Show all posts

Friday, February 7, 2020

वसन्त ऋतु र आयुर्वेद

वसन्त ऋतु र आयुर्वेद

डा. रमेश मिश्र
    आयुर्वेद विश्वको प्राचीन चिकित्सा प्रणाली हो । विश्वमा मानवको उत्पत्तिसँगै आयुर्वेदको विकास भएको वर्णन विभिन्न पुराण, ग्रन्थहरूबाट प्राप्त हुन्छ । आयुर्वेदमा देश, काल, प्रकृति अनुसार स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्ष्Fा र कुनै कारणवश रोग लाग्यो भने उसको उपचारको राम्रो व्यवस्था गरिएको छ । आयुर्वेद अनुसार रोग लागेर रोगको चिकित्सा गर्नुभन्दा रोगै हुन नदिने अति राम्रो हो  भनी ऋतुचर्या, दिनचर्या, रात्रिचर्याको पालन गराउन बढी जोड दिइन्छ, जसले रोग प्रतिरोधक क्षमता व्यक्तिमा विकसित होस् र सबै व्यक्ति निरोगी रहून् ।
    संसारका सबै व्यक्ति स्वस्थ र लामो जीवनयापन गर्न चाहन्छन् । यसको लागि ऋतुचर्या, दिनचर्या, रात्रिचर्याको जुन विधि छ, सोको पालना गर्नुपर्छ । यसको लागि ऋतुहरूको बारेमा पूर्णज्ञान हुनु जरुरी छ र त्यसैअनुरूप आहारविहार र सेवन गर्नुपर्छ । प्रकृतिकृत शीतोष्णादि सम्पूर्ण काललाई ऋषिहरूले एक वर्षमा संवरण गरे सूर्य र चन्द्रमाको गति विभेदबाट वर्षलाई दुई भागमा विभाजन गरिन्छ, जसलाई अयन भनिन्छ । यी अयन उत्तरायण र दक्षिणायण हुन्छन् । उत्तरायणमा रात्रि सानो र दिन ठूलो हुन्छ एवं सूर्यको किरण प्रखर हुनाले चराचर शक्तिहरूको शोषण हुन्छ, यस कारण यसलाई आदानकाल भनिन्छ । दक्षिणायणमा दिन सानो र रात्रि ठूलो हुन्छ, यस कारण चन्द्रमाको प्रभाव बढी हुन्छ, जसमा प्राणीहरूले बल प्राप्त गर्दछन् र शरीरको पोषणको काम हुन्छ । यी अवयवहरू प्रत्येकका तीन/तीन उपविभाग छन्, जसलाई ऋतु भनिन्छ । यी ऋतुहरू ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर र वसन्त हुन् ।
    आयुर्वेदशास्त्रमा दोषहरूको सञ्चय, प्रकोप र शमनको लागि यी ६ ऋतुहरूलाई नै मुख्य मानिएको छ । अहिले वसन्त ऋतु हो । वसन्त ऋतुमा बिस्तारै–बिस्तारै जाडो कम हुँदै जान्छ र वातावरण रमणीय हुँदै जान्छ । मन्द–मन्द हावा चल्न थाल्छ । सबै बिरुवामा पुराना पात झर्न थाल्छन्, नयाँ पात पलाउन थाल्छन् । आयुर्वेद अनुसार शिशिर ऋतुमा मधुर स्निग्ध आहार बढी सेवनले र काल स्वभावले शरीरमा बढी कफको सञ्चय हुन्छ, जुन अहिले वसन्त ऋतुमा सूर्यको तापले बिस्तारै पग्लिन थाल्छ र प्रायःजसो सबै व्यक्तिहरूमा कफको प्रकोप हुन्छ ।
    कर्फाश्रतो हिं शिशिरे वसन्तेऽकार्भु तापितः ।
    हत्वादग्नि कुरूते रोगानतस्तं त्वरया जयते् ।।
    (अ.ह्.स.ऋ.३।१८)
    परिणामस्वरूप धेरै व्यक्तिमा रुघाखोकी, भोक नलाग्ने लक्षण देखा पर्दछन् ।
    धेरै व्यक्तिमा रुघाखोकी बढी देखा पर्दछ । जसको जति रोग प्रतिरोधक क्षमता बढी हुन्छ, शरीरबाट बढी सञ्चित कफ निस्केपछि शान्त भइहाल्छ र जसको रोग प्रतिरोधक क्षमता कम हुन्छ र यसबेला शरीर रुघाखोकीले कमजोर भएपछि अन्य रोग लाग्ने सम्भावना रहन्छ । हालका दिनहरूमा छिमेकी देश चीनमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमणको डर सबैलाई छ । यस कारण वसन्त ऋतुमा हाम्रोजस्तो हावापानी र भौगोलिक बनोट भएका देशहरूमा रुघाखोकी वसन्त ऋतुमा हुनु आयुर्वेदको दृष्टिले राम्रै मानिन्छ तर हामी सतर्क हुनुपर्दछ किनकि कोरोना भाइरस सङ्क्रमणमा पनि कफको लक्षण हुन्छ । अतः वसन्त ऋतुमा रुघाखोकी लाग्यो भने डराउनुहुँदैन, बरु सतर्क रहनुपर्दछ ।
    आयुर्वेद अनुसार वसन्त ऋतुमा कफ निष्कारक औषधिहरू सेवन गरी कफ बाहिर निकाल्नुपर्दछ । आयुर्वेद अस्पतालहरूमा यस वसन्त ऋतुमा वमन गराइन्छ, जसलाई वसन्ती वमन भनिन्छ । तुलसी, अदुवा, मरिचको कव्वाथ सेवन गर्नुपर्दछ । कटु, तिक्त रस, मह, हर्रो चूर्णको सेवन गर्नुपर्दछ । यस ऋतुमा मधुर, अम्ल, शीत, स्निग्ध तथा गरिष्ठ भोजन गर्नुहुँदैन ।
    शरीरलाई न्यानो राख्नुपर्दछ । सफा लुगा लगाउनुपर्दछ । पटकपटक साबुनपानीले हात धुनुपर्दछ । बढी भीडभाड भएको ठाउँमा जानुहुँदैन । सकेसम्म मास्क लगाउनुपर्दछ । रोगको लक्षण देखा परे तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।
    (लेखक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंजका प्रमुख हुन् ।)

Friday, November 15, 2019

चित्तोद्वेगको आयुर्वेद उपचार

चित्तोद्वेगको आयुर्वेद उपचार

डा. रमेश मिश्र
    मानिस एउटा सामाजिक प्राणी हो । सबै व्यक्ति समाजका एकार्कासँग सद्भाव, भाइचाराको साथै सुखशान्तिसँग बस्न चाहन्छन् तर समाजमा केही यस्ता आपराधिक प्रवृत्तिका मान्छे हुन्छन्, जसले अरूको सुख, शान्ति हेर्न चाहँदैनन् र आप्mनो क्षणिक लाभको लागि अरूलाई दुःख, कष्ट दिन्छन्, जसले गर्दा धेरैजसो व्यक्ति अत्यधिक डर, त्रासमा बाँच्छन् र ती व्यक्तिलाई विभिन्न मानसिक रोग उत्पन्न भइरहन्छ । तीमध्ये चित्तोद्वेग एक हो । चित्तोद्वेग अर्थात् ऐंग्जाइटी न्यूरोसिस, हाम्रो शरीरमा भएका मानसिक दोष रज र तम दूषित भएको परिणामस्वरूप मस्तिष्क अशान्त हुनुलाई भनिन्छ ।
    अत्यधिक डर, दुःख वा खुशीबाट बढी प्रभावित हुनु, अरूप्रति हीनदृष्टि (अवनमन)बाट व्यवहार गर्नु र मानव मूल्यको आदर नगर्नु चित्तोद्वेग हुनुका मानसिक कारण हुन् । त्यस्तै असंयोज्य, दूषित भोजनको नियमित प्रयोगले पनि चित्तोद्वेग हुनु मुख्य कारण हो ।
    मनको अस्थिरता, अशान्ति, बुद्धिलोप, चिन्तित भाव, असमट्ट भाषण, अप्रासाङ्गिक कुरा बोल्नु यसका लक्षण हुन् । यसबाट उत्पन्न मानसिक तनावको प्रभावले शरीरमा अन्य रोगहरू उच्च रक्तचाप, माइग्रेन, अनिद्रा, मनोवसाद, दौवल्र्य, पाचनसम्बन्धी विकार, अम्लपित्त, यौवनपीडिका, त्वक विकार, कब्ज वा अतिसार रोगहरू उत्पन्न हुन्छन् । चित्तोद्वेगको आयुर्वेदमा उपचारको राम्रो व्यवस्था गरिएको छ । यो एउटा मनोविकार हो, जसको चिकित्सा रसायन औषधिहरू विशेषगरी मेध्य रसायनबाट गरिन्छ ।
    मण्डुक पर्णि (सेन्टेलाएभियाटिका)
    ब्राह्मी (वेकोपामोनिरी)
    यष्टी मधु (ग्लाइसिरिजा, ग्लेब्रा)
    यसको साथसाथै पञ्चकर्म, शिरो धारा, प्राणायाम, ध्यान गराइन्छ ।
    पुरानो चामल, घृत, अङ्गुर, मुन्नका, दूध, लौका पथ्य हुन् र गरम मसालादार एवं विरुद्ध आहार सेवन, मदिरा, मद्यपान, प्राकृतिक अधारणीय वेगलाई रोक्नु यो रोगमा अपथ्य हो ।

Friday, November 8, 2019

अनिद्रा र आयुर्वेद उपचार

अनिद्रा र आयुर्वेद उपचार

डा. रमेश मिश्र
    संसारका सबै जीवका लागि काम, आराम र निद्रा अति आवश्यक छ । स्वस्थ रहनको लागि पनि यी तीनै कार्य मुख्य हुन् । तर जब व्यक्ति काम काम भनी बढी व्यस्त हुन्छ, तब उसको आराम र निद्राको समय छोटिंदै जान्छ । परिणामस्वरूप व्यक्ति रोगी बन्छ ।
    व्यक्तिको लागि निद्रा अति नै आवश्यक हो । जब व्यक्तिको निद्रा अव्यवस्थित हुन्छ, उसको प्रसन्नता, मानसिक क्रियाहरू, साहस, बल, शक्ति तथा अन्य क्रियाहरू अत्यधिक प्रभावित हुन्छन् । बाहिरी बाधाहरू अर्थात् असुविधाजनक वातावरण, हल्ला, तेज प्रकाश आदिको कारणले व्यक्ति थकान मेटाउन सुत्न नपाउनुलाई अनिद्रा भनिन्छ ।
    अनिद्रा एउटा गम्भीर समस्या हो । यसको कारण व्यक्तिको स्वभाव, व्यवहार, शारीरिक र मानसिक क्रियाहरू प्रभावित हुन थाल्छन् । आयुर्वेदमा निद्राको गुण एवं अवधिमा तमोगुण र कफदोषको प्रधानता मानिएको छ । अव्यवस्थित जीवनशैली अथवा कुनै अन्य रोगको कारण उत्पन्न शारीरिक एवं मानसिक अवस्थाबाट वातदोष र रजोगुण बढेर निद्रालाई कुप्रभावित गर्दछ । यो अवस्था धेरै दिनसम्म रहिरहे अनिद्रा अर्थात् निद्राका अनेक विकृतिहरू उत्पन्न हुन्छन् ।
अनिद्राका लक्षण
    अपर्याप्त विश्रामको कारण अलि अस्वस्थताको अलावा निरन्तर निद्राको अभावमा निम्न स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्–
    शिरशुल, बेचैनी, अङ्गमर्द, अरुचि, कब्जियत, छालारोग, चिडचिडापन, असम्यक मनोरोग व्यवहार वा स्वभावमा परिवर्तन ।
    अनिद्राको आयुर्वेदमा उपचारको राम्रो व्यवस्था गरिएको छ । अनिद्राका कारण र लक्षणहरूको आधारमा आयुर्वेदमा चिकित्साको व्यवस्था गरिन्छ । शारीरिक र मानसिक विश्रामको लागि तथा जीवनशैलीमा मार्गदर्शन देखाउनको लागि रोगीको प्रकृतिलाई ध्यानमा राख्दै उसको उपचार गरिन्छ । जसले गर्दा बिस्तारैबिस्तारै निद्राको गुण र अवधिमा सुधार हुन्छ ।
    अनिद्रा र सम्बन्धित विकारहरूको सफलतापूर्वक उपचारको लागि आवश्यकताका अनुसार निम्न बिन्दुहरूबाट  चिकित्सा गरिन्छ ।
– आहार, भावनाहरू, शारीरिक क्रियाहरू, व्यवहार र निद्राको समय आदि जीवनशैलीमाथि नियन्त्रण ।
– पञ्चकर्मबाट शारीरिक शोधन एवं शिरोधाराबाट शारीरिक र मानसिक विश्राम ।
– अनिद्राका कारणहरूको चिकित्सा ।
– मेध्य रसायन र अन्य चिकित्सकीय परामर्शका अनुसार औषधिको प्रयोग ।
– सुत्ने बेला दूधको साथ खसखसको प्रयोग ।
– गुडको साथमा पिप्पली मूलको प्रयोग । – सुत्ने बेला उमालेको भन्टाको सेवन ।
– मुक्ताशुक्ति भष्म ।
– योगाभ्यास ।
    अनिद्रामा निम्न जडीबुटी र औषधिहरू आयुर्वेद चिकित्सकले प्रयोग गर्दछन्– शङ्खपुष्पी, जटामांसी, अश्वगन्धा, तगर, सर्पगन्धा ।
    अनिद्रामा सरल, पौष्टिक र सुपाच्य आहारको सेवन गर्नुपर्दछ ।
– समयमा भोजन र सुत्नुभन्दा २ घण्टाअघि रातिको भोजन गर्नुपर्र्छ ।
– धूमपान, मद्यपान, उत्तेजक पदार्थ, बढी चिया, कफीको सेवन गर्नुहुँदैन ।
– दिनमा नसुत्ने, अव्यवस्थित र व्यस्त दिनचर्या, अत्यधिक श्रम, अत्यधिक यौन सम्बन्ध नगर्ने ।
– ऋतु र वातावरणको अनुकूल सुखद शैøया हुनुपर्दछ ।
– सकारात्मक सोच, शान्तिपूर्ण व्यवहार, रात्रि भोजनपछि घुम्ने, सुत्नुअघि खुट्टा मनतातो पानीले धुने, टाउको र खुट्टामा तेल मालिस गर्ने ।
– प्राणायाम तथा ध्यान गर्ने ।

Friday, October 25, 2019

आयुर्वेदका प्रवर्तक धन्वन्तरि

आयुर्वेदका प्रवर्तक धन्वन्तरि

डा. रमेश मिश्र
    कार्तिक कृष्णपक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आप्mनो र आप्mना सबैको रोग र अन्य व्यक्तिको दीर्घायु एवं सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशहरूमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ, जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घरघरमा सरसफाइ गरी नयाँ भाडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवता उनको उत्पत्तिबारेमा विभिन्न मतहरू छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवादरूपले यसको प्रवर्तकको रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा यी दृष्टि गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थहरूबाट प्राप्त विवरणहरूको अनुसार काशीका राजाहरूको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वको पुत्रको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छन् ।     विभिन्न पुराणहरू जस्तै भागवत पुराण, हरिवंश पुराण एवं ब्रह्माण्ड पुराणमा वर्णन गरिएका कथाहरू र प्राचीन ग्रन्थहरूमा चर्चित चिकित्सा विशेषज्ञहरूमा मुख्यतः उल्लिखित छन् । धन्वन्तरि काशीराज, दिवोदास, अश्विनी कुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञहरूमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूको अनुसार काशीराज धन्वले पुत्रप्राप्तिको लागि दीर्घकालीन तप गरे र दीर्घ तपा उनलाई भनियो । आप्mनो दीर्घकालीन तपस्याको परिणामस्वरूप दीर्घ तपाले समस्त रोगहरूको नाश गर्ने देव धन्वन्तरिलाई पुत्ररूपमा प्राप्त गरी दीर्घ तपाको पुत्र धन्वन्तरि आयुर्वेदका प्रवर्तक, यज्ञ भागको अधिकारी एवं विष्णुको अवतार थिए । उनलाई अनिमा, महिमासहित आठवटै सिद्दीहरू प्राप्त थियो तथा उनको स्मरण मात्रले रोगहरूको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीम रथका पुत्र र महाराज दशरथका समकालीन थिए । उनको पुत्र वेदर्षि प्रवर्दनको नाम उल्लेख मर्यादा पुरुषोत्तम श्रीरामको राज्याभिषेकको बेला उपस्थित राजाहरूमा काशीराज प्रतद्र्धनको रूपमा पनि पाइन्छ । प्रतद्र्धनको पिता दिवोदासलाई आदि धन्वन्तरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वामित्र पुत्र सुश्रुतसहित आठजना शिष्यलाई उपदेशित गर्दै भनेका थिए– म नै आदिदेव धन्वन्तरि हुँ र समुद्र मन्थनको बेला अलिर्भूत धन्वन्तरि पनि म नै हुँ । देवासुर संग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचारप्रचार गर्न नसक्नुको कारण नै मलाई फेरि अवतरित हुनुप¥यो । उनले भनेका थिए– महर्षि सुश्रुतले आप्mनो ग्रन्थ सुश्रुत संहितामा यस तथ्यलाई अभिव्यजित गर्दै लेखेका छन् ।
    अयं हि धन्वन्तरिरादिदेवों
    जन्मजरा मृत्युहरो मराणाम् ।
    शल्यांगमंगे परेरूपेतः प्राप्तो
    हिमगां भूय इहोपदिपटुम ।।

    अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गर्ने देवहरूलाई अमरत्व प्रदान गर्ने म नै आदि देव धन्वन्तरि हुँ । म अन्य अरू (सात)बाट युक्त तथा शल्यतन्त्र प्रधान आयुर्वेदको उपदेश दिनको लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ, पुराणहरू तथा संहिताबाट प्राप्त विवरण अनुसार यो सिद्ध हुन्छ कि समुद्र मन्थनको बेला भगवान् धन्वन्तरिको आविभार्व भगवान् विष्णुको अंशको रूपमा भएको थियो तथा उनी आप्mनो हातमा श्वेतकलश धारण गरेर अवतरित भएका थिए । आग्नेय पुराणमा समुद्र मन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकको रूपमा उल्लेख गरिएको छ । मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी ई. पूर्वमा मिलिन्दको प्रति नाग सेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । त्यसमा रोगोत्पत्ति, निदान, स्वभाल, समुत्थान तथा चिकित्सा आदिमा आचार्यरूपमा चर्चा भएको नागसेनले आपूmभन्दा पूर्व नै आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौतिकता सिद्ध हुन्छ । चिकित्सा विज्ञानको जनक र आयुर्वेदको प्रवर्तकको रूपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज (पर्सा)

Friday, October 18, 2019

पेटमा ग्यास र आयुर्वेद उपचार

पेटमा ग्यास र आयुर्वेद उपचार

डा. रमेश मिश्र
    अनियमित र अनियन्त्रित खानपानले हामीलाई दिनहुँ कुनै न कुनै पेटको समस्या हुन्छ, तीमध्ये हिजोआज बढी हुने समस्या हो पेटमा ग्यास ।
    प्रायः धेरैजसो व्यक्तिमा यो समस्या हुन्छ । हामीलाई थाहा छ कि सबैको पेटमा केही न केही ग्यास हुन्छ । प्रत्येक दिन एक व्यक्तिको पेटमा सामान्यतः १ देखि ३ पिन्टसम्म ग्यास बन्दछ । जब हाम्रो पेटमा खाना पच्न थाल्छ, तब ग्यास एक वा दुवै बाटोबाट दिनमा १४ देखि २३ पटकसम्म प्रत्येक दिन बाहिर निस्कन्छ । जब यो ग्यास सजिलोसँग निस्किंदैन, तब हामीलाई समस्या हुन्छ र पेट भरिएको (द्ययियतभम) अनुभव हुन्छ ।
    पेटमा ग्यास दुई किसिमले बन्दछ, पहिलो, जब हामी छिटोछिटो खाना खान्छौं, तब खानासँग बाहिरका ग्यास मिसिएर पेटमा जान्छ । त्यसमध्ये धेरै ग्यास जब हामी खानापछि डकार (द्यगचउ) लिन्छौं, तब बाहिर निस्किन्छ । अर्को खाना खाइसकेपछि जब खानाको पाचन आन्द्रा (क्ष्लतभकतष्लभ)मा हुन थाल्छ र खाना टुक्राटुक्रा भई पच्न थाल्छ, तब ग्यास बन्दछ र यो पछाडितिर जान्छ । ग्यास बन्नु हाम्रFे खानामा निर्भर गर्दछ । बढी ग्यास बन्ने खानेकुराबाट बढी ग्यास बन्दछ । पेटभित्र बनेका ग्यास तल वा माथिबाट निस्केपछि व्यक्तिलाई आराम महसूस हुन्छ । जब यी ग्यास कब्जियत वा अन्य कारणले पेटभित्र रोकिन्छ, तब पेटमा दुखाइ हुन थाल्छ र पेट सुन्निएजस्तो अनुभव हुन्छ । धेरैजसो खानेकुराहरूले गर्दा यो अवस्था उत्पन्न हुन्छ । बढी चिल्लो, पिरो, बढी गरिष्ठ भोजन, अपक्क भोजन, बढी चिया, कफी, फास्टपूmड, च्युङ्गम, बियर, रक्सी, बढी माछामासुको सेवनले बढी ग्यास बन्दछ र पेटमा ठूलठूला रोग भयो भनेर शङ्का गरिन्छ ।
    पेटको यो समस्याबाट बच्न व्यक्तिले विभिन्न प्रकारका औषधिहरू किनेर खाने प्रचलन छ तर खानपानमा कसैले ध्यान दिंदैन । पेटमा ग्यास बन्ने समस्याको उपचार सबै चिकित्सा पद्धतिमा छ । आयुर्वेदमा पनि यसको उपचारको राम्रो व्यवस्था गरिएको छ ।
    आयुर्वेद अनुसार सबैभन्दा पहिला हामीले खानपानमा ध्यान दिनुपर्दछ । सुपाच्य भोजन गर्नुपर्दछ र त्यो पनि पेटभरि कहिले पनि खानुहुँदैन ।
    प्रकृतिले हाम्रो पेटलाई एउटा रबरको थैलीजस्तो बनाएको छ । यसको क्षमता एक लिटर बराबर हुन्छ तर हामी यसमा जति खानेकुरा पनि भर्छौं । अब कल्पना गर्नुस् एक लिटरको रबरको थैलीमा तीन लिटर सामान राख्यो भने के हुन्छ ? अतः त्यसैले खानेबेलामा सोच्नुपर्दछ । त्यसमा पनि खानेबेलामा पेटलाई चार भागमा बाँडेर कल्पना गर्नुस् र पेटको दुई भागमा खाना, एक भागमा पानी र एक भागमा हावा अर्थात् बनेको ग्यासको लागि छोड्नुस् । पेटभरि कहिले पनि खानुहुँदैन । बढी चिल्लो, पिरो, मैदा वा अन्य गरिष्ठ अन्नबाट बनेका खानेकुरा नखानुस् । फास्टपूmड, पिज्जा, बर्गर, चाउमिन, काँचो चाउचाउ, च्युङ्गम, बढी माछामासु, बढी चिया, कफी, जाँड, रक्सी, बियरको सेवन नगर्ने । खानापछि आराम गर्ने बानी बसाल्नुपर्दछ । नियमित र संयमित खानेकुरा बिस्तारै चपाइचपाइ खायौं भने पेटमा ग्यासको समस्या समाधान हुन्छ । परहेजको साथसाथै बढी ग्यास भएमा अविपतिकर चूर्ण, हिंग्वात्लक चूर्ण, ज्वानोनु चूर्ण, लवण भास्कर चूर्णको चिकित्सकको सल्लाह अनुसार सेवन गर्ने । अन्य कुनै रोगको कारणले ग्यास बनिरहेको छ भने चिकित्सकले रोग निर्धारण गरी उपचार गरिदिन्छ ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा, वीरगंज

फरक समाचार

Find us