Showing posts with label आइतवार विशेष. Show all posts
Showing posts with label आइतवार विशेष. Show all posts

Saturday, October 10, 2020

 अध्यात्म सिद्धि होइन, सिद्धत्व प्राप्तिको पथ हो

अध्यात्म सिद्धि होइन, सिद्धत्व प्राप्तिको पथ हो

    लामा तथा बाक्ला रूख भएको यस जङ्गलको दशा जुन बेला पनि एकनासको देखिन्छ। समय दिउँसोको होस् वा रातिको यस क्ष्Fेत्रमा रात्रिको घनीभूत अँध्यारोले वास गरेको देखिन्छ। सूर्य जुन दिशामा भए पनि यस जङ्गलको मध्यभागमा प्रकाश पुग्नु लगभग असम्भव नै हुन्थ्यो।
    वनको निकटतम क्षेत्रमा विभिन्न जनजातिहरूको निवास थियो, जो जङ्गली जनावरहरूसँग तालमेल बसाएर आफ्नो गुजारा गर्दथे र आफ्नो विभिन्न गतिविधिमा निरत रहन्थे। धार्मिक आयोजनाहरूको क्रममा आज केही गृहस्थ भक्तहरूद्वारा आफ्नो सामूहिक अनुष्ठानको समाप्तिमा साधु–ब्राह्मणहरूका लागि विशाल भोजको आयोजना गरिएको थियो, जसमा सुदूरवर्ती क्ष्Fेत्रबाट सिद्ध महात्मा–तपस्वीहरूलाई सादर आमन्त्रण गर्नुका साथै उनीहरू सबैबाट विशेष आशीष प्रदान गर्न तथा प्रसाद ग्रहण गर्नका लागि विनम्र आग्रह पनि गरिएको थियो।
    आफ्नो–आफ्नो सुगमता र सुलभताको आधारमा सुदूरवर्ती क्ष्Fेत्रबाट साधु तथा तपस्वीगण आयोजन स्थल पुगेर आफ्नो सहभागिता सुनिश्चित गरिरहेका थिए। सिद्ध गुरु गोरखनाथ पनि विशेष आमन्त्रण पाएर यस पावन आयोजनको सफलतामा आफ्नो शुभकामना प्रदान गर्ने उद्देश्यले आफ्ना एकजना शिष्यका साथ आयोजनस्थलतर्फ  लागे।
    अनेकानेक अलौकिक ऋद्धिसिद्धका ज्ञाता भए तापनि गुरु गोरखनाथ आफ्नो सहजतामा कायम रहेर कहिले पनि अकारण शक्ति–प्रदर्शन गर्दैनथे। सर्वसाधारणझैं प्रकृतिको विधि–व्यवस्थाको पालन गर्दथे। आजको उनको यात्रा यसै स्वाभाविकताका साथ सम्पन्न भइरहेको थियो, जसको अनुसरण उनका शिष्य मूक अवस्थामा मनमनै इष्टमन्त्र जप्दै गरिरहेका थिए।
    जङ्गलको त्यसै सघनतामा प्रवेश गर्नेबित्तिकै गुरु गोरखनाथ केही बेर टक्क अडिएर केही विचार गरिरहेकोजस्तो देखिए। शिष्यले पनि दिशाको अस्पष्टताप्रति सन्देह प्रकट गर्दै गुरुसँग निवेदनस्वरूप भन्न थाले–“गुरुदेव १ सम्भवतः हामी बाटो अलमलियौं।” शिष्यलाई गम्भीरतापूर्वक हेर्दै गुरु गोरखनाथले भने–“होइन वत्स १ मेरा अगाडि मार्ग र प्रयोजन दुवै स्पष्ट छ।” यति भन्दै गुरु गोरखनाथले आँखा चिम्ले र केही क्ष्Fण ध्यानावस्थामा अद्र्धउन्मीलित नेत्रले केही देखेजस्तै मधुरो स्वरमा भन्न लागे–“मलाई त यस पीपलको ठीक सामुन्ने एउटा गाउँ देखिंदै छ, जहाँ पर्याप्त भीड छ र आयोजनका बीच साधु तथा कैयौं गाउँलेहरूको चहलपहल देखिंदैछ। साथै त्यहाँबाट केही भोज्य पदार्थको बास्ना पनि मसम्म पुगिरहेको छ।”
    दूरदृष्टिसम्पन्न गुरु गोरखनाथ यो देखेर आनन्दित भए भने यस्तो विस्मयकारी कुराले शिष्यको मनमा केही कुतूहल उत्पन्न भयो। अहिलेसम्म यस्ता ऋद्धिसिद्धिहरूबारे शिष्यले शास्त्रहरूमा मात्र पढेको थियो, तर प्रत्यक्ष्F घटनामा यसको सम्यक प्रयोग देखेको थिएन। तर पनि आफ्नो उत्सुकता थाति राखेर ऊ पुनः अनुसरण गर्न थाल्यो। शिष्य यो देखेर झन् चकित भयो कि गुरु त जङ्गलको सुगम मार्ग छाडेर, अर्को दुर्गमजस्तो अनजान मार्गमा हिंड्न थालेका छन्। केही समयपश्चात् गुरु गोरखनाथ र उनका शिष्य आयोजनस्थल पुगे।
    यात्राको सारा थकाइ, यात्राको क्रममा घटित घटनाभन्दा थोरै थियो, किनकि बितेको समयमा घटित घटनाको साक्षी शिष्यले गुरुद्वारा बताइएको मार्गसमेत आयोजनस्थलको परिदृश्यसँग सम्बन्धित सबै विवरण अक्षरशः सत्य पाए। आवश्यक पूजन कर्मपछि भोजनहेतु उपस्थित गण्यमान्य साधुहरूसँगै गुरु गोरखनाथ बस्नै आँटेका थिए कि उनले शिष्यसँग मसिनो स्वरमा आयोजकहरूलाई भोजनको व्यवस्था अन्य स्थानमा गर्न निवेदन गर्न पठाए।
    आयोजकहरूले यसको कारण जान्न खोज्दा गुरु गोरखनाथले भने भूमिभित्र मृतकहरूको अस्थिको थुप्रो छ, त्यसैले यो स्थान भगवान्को प्रसाद ग्रहण गर्नका लागि उचित छैन। आयोजकहरूलाई ठूलो आश्चर्य भयो कि यति लामो समयदेखि यस ठाउँमा बसेर पनि उनीहरूलाई यस कुराको जानकारी थिएन। गुरुको आज्ञा मानेर आयोजकहरूले भोजनको व्यवस्था अन्य ठाउँमा गरे र कुतूहलतावश त्यो ठाउँमा खनेर वास्तविकता जान्ने कोशिश गरे। शिष्य पनि गुरुका लागि समुचित व्यवस्था गरेर आफ्नो उत्सुकता र जिज्ञासा पूर्तिका लागि स्वयं त्यस ठाउँमा उपस्थित भयो। केही गहिरो खन्नेबित्तिकै मृतक जनावरहरूको हाडको थुप्रो देखियो। आयोजकहरू लज्जित भए र गुरु गोरखनाथप्रति मनमनै आभार प्रकट गर्न थाले। आजको विस्मयकारी घटनाहरूको साक्षी शिष्य, विस्मित थियो। गुरुको सिद्धत्वको सम्बन्धमा उसको सन्देह अब पूर्णतः लुप्त भइसकेको थियो। अब उसलाई गुरुको शक्तिको बोध भयो। आश्रम फिर्ता आएपछि एक दिन एकान्तको क्षणमा गुरुसमक्ष उपस्थित भएर गुरुको चरणमा शिर राखेर यस्ता सिद्धिहरूको रहस्य जान्ने इच्छा प्रकट ग–यो।
    “यो कुनै सिद्धि होइन, यो त स्वाभाविक शक्ति हो”–गुरु गोरखनाथले स्नेहयुक्त दृष्टिले शिष्यतिर हेर्दै सम्झाए। शिष्यलाई सम्बोधित गर्दै उनले भने–“आदिशक्तिले कसैसँग पक्ष्Fपात गरेको छैन। सबैलाई समान शक्ति प्रदान गरेको छ। गिद्धको दृष्टि, कमिलाको घ्राणशक्ति, हाँसको रसना, कुकुरको श्रवणशक्ति, अन्धाहरूको स्पर्शशक्ति र माकुराको कालज्ञान सर्वविदित छ। उपयोग नगर्दा यी सबै शक्ति नष्ट हुन्छ र त्यसमा कर्म संस्कारको मल थुप्रिन जान्छ, तर तपस्याद्वारा अशुद्धि हटेपछि मानिसको शक्ति पुनः जाग्रत हुन्छ।”
    समर्थ गुरुले लख काटिहाले कि शिष्यमा सिद्धिप्रति अनावश्यक उत्सुकता र कुतूहल उत्पन्न भएको छ, जुन उनका लागि कुनै महत्वको वस्तु थिएन, तसर्थ उनले शिष्यलाई सम्झाए–“गिद्धादि पक्षी बन्नुको अपेक्षा तिमीले मानवीय चेतनाको स्तरभन्दा माथि उठ्नुपर्छ र त्यो दिव्य बोध प्राप्त गर्नुपर्छ, जुन यस जीवनको लक्ष्य हो। तिम्रो शक्तिको उपयोग त्यसैका लागि हुनुपर्छ। चटक देखाउने मदारीहरूको कौतुकका लागि होइन।” त्यस बेला त शिष्यले गुरुको वचनलाई स्वीकार ग–यो, तर उसको हृदयमा उम्रेको उत्सुकता मरेन।
    गुरु गोरखनाथको पारखी दृष्टिले यो त ठम्याइसकेको थियो कि शिष्यले जतिसुकै आश्वास्त भएको बताए पनि उसलाई ऋद्धिसिद्धहरूको निस्सारता एवं जीवनको वास्तविक लक्ष्यबोधहेतु मेरा वचनभन्दा कहीं बढी तीतो व्यावहारिक अनुभव आवश्यक छ। साधनाबाट सिद्धिको सिद्धान्त सर्वसुलभ छ, तर यसको प्राप्तिका लागि मात्र पुरुषार्थ होइन, गुरुकृपा र प्रकृतिको अनुकूलताको पनि अर्थ हुन्छ, जुन उसलाई प्राप्त भइसकेको छ।
    यसै क्रममा योजनाबद्ध रीतिले केही अनुकूलतायुक्त सुविधा दिएर, आवश्यक सफलताको आशीष प्रदान गरेर तपस्या गर्नका लागि ती शिष्यलाई नेपालको तराईको एउटा उपयुक्त वनक्ष्Fेत्रमा पठाए। गुरुको परोक्ष मार्गदर्शनमा दीर्घकालीन तपश्चर्याको फलस्वरूप उसलाई योगको विभिन्न ऋद्धिसिद्धि प्राप्त भयो। अब आराधनाको समय थियो, र गुरुको आदेश थियो कि समाजमा गएर आफ्नो सामथ्र्य अनुसार मानवताको सेवामा संलग्न होऊ, जसले कालान्तरमा तिमीलाई आत्मस्वरूप दर्शन गराएर स्वयमेव अस्तित्वको विस्तारस्वरूप विश्वमानवसँग जोडेर पूर्णताको लक्ष्यसम्म पु–याउने छ।
    अध्यात्मको मार्ग तरबारको धारमा हिंड्नुजस्तो हुन्छ, जसमा व्यक्तित्वमा लुकेको सानोभन्दा सानो दुर्बलताले पनि पतनलाई निमन्त्रित गर्न सक्छ। जनसेवाको पारमार्थिक प्रयोजनहेतु निस्केको यस शिष्यलाई अहङ्कारले दर्प–प्रदर्शनहेतु उक्साएपछि आफ्नो अलौकिक सामथ्र्यको प्रयोग गरेर भूmटो शान देखाउने सिलसिला शुरू ग–यो। गर्मीको बेला थियो, आँप पाक्न थालेको थियो, ती तपस्वीले नजीकैको एउटा रूखको टुप्पोमा टल्किरहेको पहेंलो आँप टिपेर ल्याउन आदेश दिए। चढ्नका लागि त एकजना मानिस चढ्यो तर आँप सोझो हाँगामा निकै टाढा फलेको थियो, जहाँ पुग्नु कठिन थियो। हाँगा हल्लाउँदा कैयौं काँचो आँप खस्यो, त्यो पाकेको पहेंलो आँप खसेन। “नचाहिने काँचो आँप नखसाऊ”–उनले आदेश दिए।
    विवश भएर लामो बाँसको खोजी हुन थाल्यो, तर असलमा उसलाई त आफ्नो चमत्कार देखाउनुथियो। “म आफैं टिप्छु” भनेर ऊ उठ्यो। उसको शरीर लम्बिन थाल्यो। निकै लामो शरीर बनाएर उसले हातैले फल टिप्यो। त्यो फल उसले एउटा भक्तलाई जो निकै सम्पन्न थियो, प्रसाद भनेर दियो।  शरीर आफ्नो स्वाभाविक स्थितिमा आयो। यस चमत्कारी घटनापश्चात् उसको समीप भीड लाग्न थाल्यो। मानिस त तिललाई ताड बनाउन सिपालु हुन्छन्, उनकाबारे चर्चा हुन थाल्यो त्यो साधक त ढुङ्गालाई मानिस र बाघलाई बाच्छो बनाउन सक्छ। सबैको मनको कुरा बताइदिन्छ। रोगी रोगबाट त्राण पाउन, दरिद्र धन पाउन, सन्तानहीन पुत्र पाउन र यसैगरी आआफ्नो कामना पूर्तिका लागि मानिसहरू आउन थाले। प्रसिद्धिका साथै मायास्वरूप धन–सम्पत्ति पनि एकत्र हुन थाल्यो। भव्य मठको निर्माण भइसकेको थियो, बगैंचा पनि बन्यो र आगन्तुकहरूलाई बस्नका लागि धर्मशालाको जग पनि हालियो।
    दुरुपयोगको क्रम चालू थियो। सेवा त थोरै मात्र भएको थियो, समाजको सत्कार पचाउन अब गा–हो हुन लागेको थियो। तीव्र गतिमा चारैतिर फैलिएको यस मायाको आवरणमा जीवनको मूल दर्शन छुट्यो र प्रकारान्तरमा आर्जित शक्ति–सामथ्र्य पनि सिद्धिन थाल्यो र पतन–पराभवको सिलसिला आरम्भ भयो। अब पालो थियो प्रकृतिले दिएको मूल्य चुकाउने। मानिस त मानिस नै ठहरे, जबसम्म काम बन्दछ पूजा गर्छन्। अन्यथा प्रतिकूलतामा भगवान्लाई त सराप्न चुक्दैनन् भने यस सिद्धको औकात नै के। सारा यश अपयशमा परिणत हुन थाल्यो। शिष्यद्वारा प्रकृतिको शक्तिको अनावश्यक दोहनको परिणामस्वरूप यो दुर्गति हस्तगत भयो। शिष्यको दशा यस्तो भयो कि गुरूरुो शरणमा जानुको अतिरिक्त कुनै उपाय शेष रहेन। ऊ व्याकुल अवस्थामा वनको बाटो भएर ज्यान जोगाउँदै भाग्यो।
    सौभाग्यवश गुरु गोरखनाथ नजीकै घाघरा नदीको दोस्रो तटमा एउटा वटवृक्षको सघन छायामा एउटा ढुङ्गामाथि व्याघ्राम्बर ओछ्याएर शान्त बसेका थिए। धुनी बलिरहेको थियो र चिमटा भूमिमा गाडिएको थियो। दुवै कानमा विशाल मुद्रिका झुन्डिएको थियो। गुरु पनि के, जसलाई शिष्यको अन्तस् वा बाहिरको प्रतिपल ज्ञान नहोस्। उनी त पूर्व सुनिश्चित योजनानुसार उपयुक्त समयमा शिष्यको कामनाहरूमाथि अन्तिम प्रहार गरेर उसको सुप्त चेतनालाई जगाउनहेतु त्यहाँ उपस्थित थिए।
    पूरा चौध वर्षपछि शिष्यलाई आफ्नो गुरुको श्रीचरणमा उपस्थित हुने सुयोग प्राप्त भएको थियो। शिष्य गुरुको श्रीचरणमा शिर राखेर शिशुझैं धुरूधुरू रुन थाल्यो। बितेको अनुभव शिष्यका लागि पर्याप्त थियो। अश्रुको माध्यमले जहाँ चेतनामा जमेको सम्पूर्ण मल पखालियो, त्यहीं गुरुको दिव्य स्पर्शले ऊभित्र ज्ञानको चेतना प्रकाशित गरिदियो।
    वास्तवमा बोधलाई ज्ञानको आवश्यकता हुँदैन, यो त आत्माको अनन्त गहराइबाट निःसृत हुन्छ र तत्क्षण सम्पूर्ण जीवनलाई प्रकाशित पारिदिन्छ। तब पनि शिष्यलाई जीवन–दिशा देखाउने उद्देश्यले गुरु गोरखनाथले भने–“वत्स १ पशु र जड बन्नका लागि यो तपस्या गरेका थियौ र ? तिम्रो हात जतिसुकै लामो किन नहोस्, वृक्षभन्दा लामो हुन सक्दैन र अध्यात्म पथ मनोकामनाको पूर्ति हेतु पनि होइन। यो पथ सिद्धिहरूको आर्जनका लागि होइन, सिद्धत्व आर्जनका लागि हो। अब फेरि चौध वर्षपछि भेट्नेछु।” गुरु गोरखनाथले चिमटा र व्याघ्राम्बर उठाए र सघन वनमा विलीन भए। उनी पुनः चौध वर्षपछि त्यस शिष्यलाई भेटे कि भेटेनन् त्यो त थाहा भएन तर इतिहास साक्षी छ कि आफ्ना गुरुले बताएको मार्गमा हिंडेर सिद्धनाथले शाश्वस्त सिद्धि प्राप्त गरेका थिए र आफ्ना गुरुदेवको समान नै महानताको शिखरमा पुग्न सकेका थिए। यही अध्यात्मको सच्चा मर्म हो।



Saturday, October 3, 2020

 अभूतपर्व समस्या र अभिनव समाधान

अभूतपर्व समस्या र अभिनव समाधान

    जसैजसै वर्तमान शताब्दी युवावस्थातिर अग्रसर भइरहेको छ, त्यसैत्यसै मानवताका सम्मुख नयाँ–नयाँ चुनौती देखा पर्न थालेका छन्। आफ्नो जीवनको व्यस्ततम दौडधूपले गर्दा हामीलाई यी परिवर्तनहरूको अनुभूति भइरहेको छैन, यो अलग कुरा हो, तर जुन तीव्रताले परिस्थितिहरूमा परिवर्तन देखा परिरहेको छ, त्यस अवस्थामा आउने दिनमा मानवताका सामुन्ने नयाँ चुनौती उपस्थित हुनु अवश्यम्भावी देखिएको छ। यदि यी समस्याहरूबारे गम्भीरतापूर्वक चिन्तन नगर्ने हो भने समस्या यति विकराल बन्नेछ कि मानिसले कुनै समाधान खोज्न सक्नेछैन।
    ती कुन समस्या हुन्, जसले मानवतालाई चुनौती दिनेछन् भन्ने कुरा जान्नु पहिले के सोच्नु आवश्यक छ भने हाम्रो पहिलेको पीढीको सामुन्ने उसको अस्तित्वको विषयमा कस्ता यक्ष्F प्रश्न थिए, जसले उसलाई सदा भयभीत र आशङ्कित तुल्याएको थियो। इतिहासको पानामा दृष्टि पु–याउने हो भने सम्पूर्ण मानवतालाई आतङ्कित पार्ने समस्याहरूमध्ये प्रमुख समस्याको रूपमा
भोकमरी, अकाल, महामारी र युद्धको नाम लिन सकिन्छ। पुस्तौंपुस्ता प्रत्येक देश, धर्म, सम्प्रदायका मानिसका ऐतिहासिक ग्रन्थ यसै तथ्यतिर सङ्केत गर्दछन् कि जनसमुदायले यिनलाई दैवीय प्रकोपको रूपमा चिन्दथे, जसबाट मुक्ति पाउनु असम्भव लाग्दथ्यो।
    अकाल वा भोकमरीकै उदाहरण लिने हो भने करीब सय वर्ष पहिलेसम्म अकालको अवस्थामा लाखौं मानिस कालको गाँस बन्नु एउटा सामान्य घटना थियो। एउटा सानो चूक, व्यापारमा नोक्सान, प्राकृतिक आपदा, लूटमारजस्ता घटना हुँदा पनि व्यक्ति वा परिवार नै भोकभोकै मर्ने अवस्था सिर्जना हुन्थ्यो। उत्पादनका संसाधन सीमित थिए, यातायात सुस्त तथा कष्टप्रद थियो तथा सरकारी एवं शासकीय सहायता नगण्य थियो। जब युरोपमा भयङ्कर अकाल परेको थियो, तब त्यहाँकी महारानी मेरी एन्टिनिएटको कुख्यात भनाइ आज पनि स्मरण गरिन्छ– यदि मानिससँग खानका लागि रोटी छैन भने केक किन खाँदैनन् ? यस्ता शासक भएपछि प्रजाले दुःख पाउनु र मर्नुबाहेक अर्को कुन भवितव्य रोज्न सक्छ ?
    सन् १६९४ मा फ्रान्समा अकाल परेको थियो, त्यसको विवरण एकजना जनरलले, जो त्यस बेला व्यूवोन शहरमा नियुक्त थिए, आफ्नो डायरीमा यसरी लेखेका थिए– भोकमरीले गर्दा मानिसको यस्तो अवस्था थियो कि मानिसहरू भोक मेट्न कुकुर–बिरालो र घोडासम्म मारेर खान थाले। केही मानिस एकअर्काको बैरी भएर नरभक्ष्Fी बनेका थिए। त्यस अवधिमा, सन् १६९२ देखि १६९४ को मध्यसम्म, फ्रान्समा मात्रै २८ लाख मानिसको मृत्यु भएको थियो। त्यस बेला फ्रान्सका राजा लुई चतुर्थ, आफ्नी पत्नीका साथ स्पेनमा मोजमज्जामा मस्त थिए। त्यसपछिको वर्ष, सन् १६९५ मा एस्टोनियामा फैलिएको अकालले त्यहाँको जनसङ्ख्या एक चौथाइमा समेटिदिएको थियो। १६९५ र १६९८ मा स्काटल्यान्डमा र सन् १६९६ मा फिनल्यान्डमा आएको अकालले पनि ती देशहरूमा यस्तै अवस्था देखाएको थियो।
    उपरोक्त इतिहास उद्धृत गर्नुको अर्थ के हो भने वर्तमान शताब्दीमा चुनौतीहरूको रूप फेरिएको छ। आज दुनियाँका धेरै मुलुक अकालको समस्याबाट पीडित छैनन्। आज कसैको नोकरी गयो, कुनै दुर्घटनामा उसको सर्वस्व गुम्यो भने सरकारी वा गैरसरकारी सङ्गठनहरूको सहायता, संयुक्त राष्ट्रसङ्घलगायत युनिसेफ, रेडक्रसजस्ता अनेकौं राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहयोगका लागि हतारिंदै आइपुग्छन्। मानिस एक वा दुई दिन आजीविकाविना रहला तर यस्तो कुनै सम्भावना छैन कि समग्र देश वा महाद्वीप अकाल वा भोकमरीको परिस्थितिसँग जुधिरहनुपरोस्। यस दृष्टिले आजको समय पूर्ववर्ती परिस्थितिको तुलनामा कम चुनौतीपूर्ण छ। दुर्भाग्यवश आजको समस्या भोकमरी कम र मोटोपन बढी छ। सन् १९१४ मा विश्वभर मोटोपनले ग्रसित मानिसको सङ्ख्या २१ करोड थियो, जबकि कुपोषणका शिकार मानिसको सङ्ख्या ८ करोड पनि थिएन। शोधबाट प्राप्त तथ्याङ्कका अनुसार सन् २०३० सम्म विश्वको आधाभन्दा बढी जनसङ्ख्या यति मोटो हुनेछ कि तीमध्ये ८० प्रतिशत मानिसले हृदयरोगको पीडा भोग्नुपर्नेछ। सन् २०१० मा भोकमरी र कुपोषणले मर्ने मानिसको सङ्ख्या ८ लाख थियो भने मोटोपनजन्य रोगले मर्ने मानिसको सङ्ख्या ३० लाख थियो। यसबाट स्पष्ट हुन्छ कि यस शताब्दीको चुनौतीको रूप फेरिएको छ।
    यसै क्रममा एउटा अर्को उदाहरण महामारीहरूको पनि लिन सकिन्छ। सन् १३३० मा फैलिएको प्लेगको प्रकोप, जसलाई इतिहासकारहरूले ब्लैक डेथ पनि भनेका छन्– युरोपमा ६.५ करोडदेखि २० करोड आबादीलाई पूर्णतया नष्ट गरेको थियो। यो सम्पूर्ण युरेशियाको एक चौथाइ आबादी थियो। एक्लो इङ्गल्यान्डको जनसङ्ख्या यस प्लेगले गर्दा आधा हुन पुगेको थियो। यसै प्रकार सन् १५२० मा मेक्सिकोमा फैलिएको दादुराले त्यहाँको आधा आबादीलाई सखाप पारिदिएको थियो। स्थानीय बासिन्दाले यसलाई विभिन्न देवताको प्रकोप मानेर तिनको पूजा गरिरहे, तर १० वर्षसम्म फैलिएको यस रोगले मेक्सिकोको जनसङ्ख्या २२ लाखबाट घटेर २ लाखमा सीमित हुन पुग्यो।
    यस्तै घटना हवाईमा ‘फ्लु’को प्रकोपले हुन पुग्यो। यो क्रम प्रथम र द्वितीय विश्वयुद्धसम्म यसैगरी चलिरह्यो। प्रथम विश्वयुद्धमा मर्ने मानिसको सङ्ख्या ४ करोड थियो भने ‘स्पेनिश फ्लु’बाट ५ करोडदेखि १० करोड मानिसको मृत्यु भएको थियो। यो त मात्र एउटा महामारीबाट भएको क्ष्Fतिको आँकडा हो। यस्ता सबै महामारीबाट भएका क्ष्Fतिको गणना गर्ने हो भने यी महामारीहरूले कस्तो भयावहता सिर्जना गर्दा रहेछन्, सहजै अनुमान लगाउन सकिन्छ। यद्यपि आज परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ। जसैजसै चिकित्सा क्षेत्रमा प्रगति भएको छ, खोपको गुणस्तरीयतामा वृद्धि भएको छ, एन्टिबायोटिकलगायत अन्य औषधिहरूको खोज भएको छ, स्वच्छताप्रति मानिसको दृष्टिकोणमा सकारात्मक धारणाको विकास भएको छ, त्यसैत्यसै महामारीबाट, महामारीको प्रकोपबाट मानव सुरक्ष्Fित भएको छ र उसको आयु पनि बढेको छ।
    यिनै प्रयासहरूको फलस्वरूप सन् १९७५ मा विश्व स्वास्थ्य सङ्गठन दादुरा उन्मूलन भएको घोषणा गर्न सफल भयो। यद्यपि सार्स भाइरस, बर्ड फ्लु, इबोला, स्वाइन फ्लु, डेंगुजस्ता चुनौती हाम्रासामु उपस्थित नै छन्। र यसमा अहिले कोरोना कोभिड–१९ थपिन आएको छ, जसको अहिलेसम्म कुनै उपचार फेला परेको छैन र सन् २०१९ को डिसेम्बरमा चीनबाट फैलिएको यस महामारीको त्रासमा १० लाखभन्दा बढी मानिसको क्ष्Fति बेहोरेर अहिले विश्व बाँचिरहेको छ। महामारीले अझ कति क्ष्Fति गर्ने हो स्पष्ट कसैले बताउन सकेको छैन। बितेका दिनमा देखा परेका यी रोगहरूमा स्पेनिश फ्लुको तुलना कसैसँग गर्न सकिन्न। त्यसैले चाँडै नै कोभिड–१९ को कुनै उपचार फेला पर्ला भन्ने विश्वास सहज गर्न सकिन्छ। तर नबुझिंदो समस्या अर्कै छ। अब मृत्यु महामारीका कारण त्यति होइन, मुटुरोग, क्यान्सर, मधुमेह, हाइपर टेन्सनका कारण बढी भइरहेको तथ्यमा ध्यान दिन जरुरी छ। किनकि यी बिमारीहरूको सामान्य कारण त्यो हो, जुन जीवनचर्या अथवा जीवन बाँच्ने विकृत शैलीबाट उत्पन्न हुन्छ। यस शताब्दीमा हामीले यी दानवसँग सावधान हुनु आवश्यक छ।
    तेस्रो समस्या जुन हाम्रा पूर्वजहरूले झेले, त्यो युद्ध तथा विग्रहको थियो। लामो समयसम्म धरतीमा बाहुबलीहरूको, जसको लाठी उसको भैंसी भन्ने सिद्धान्तको वर्चस्व रह्यो। यद्यपि दोस्रो विश्वयुद्धपछि मानवीय चुनौतीमा पनि रोकथाम लागेजस्तो छ। आजभन्दा सय वर्ष पहिले युद्ध र त्यसका समानान्तर विभीषिका विश्वको १५ प्रतिशत मृत्युका कारण थिए, त्यसको प्रतिशत आज ०.५ प्रतिशतमा समेटिन पुगेको छ। यसविपरीत आज अपराधको सङ्ख्या बढेको छ। सन् २०१२ मा युद्धबाट भएको मृत्यु सङ्ख्या १२०० थियो भने अपराधबाट भएको हत्याले ५० हजारको सङ्ख्या नाघेको थियो। यसभन्दा पनि बढी ८० हजार मानिसको मृत्यु आत्महत्याका कारण भएको थियो र मधुमेहबाट मर्नेको सङ्ख्या १५ लाख थियो। आजको परिस्थितिमा चिनी बारुदभन्दा बढी खतरनाक बनेको छ।
    यी तथ्यहरूबाट के स्पष्ट हुन्छ भने वर्तमान सदीको चुनौती, विगत इतिहासको चुनौतीभन्दा पूर्णतया भिन्न छ। आज मानवीय समस्या बाह्य परिस्थितिका कारण कम र आन्तरिक परिस्थितिका कारण बढी छ। यस्तोमा तिनको समाधान आत्मिकस्तरमा गरिने प्रयासबाट नै सम्भव छ। आहार, विहार र आचरणको शुद्धि जसलाई आन्तरिक कायाकल्प मानिएको छ, त्यसलाई अँगालेर नै यी समस्याको समग्र र सटीक समाधान सम्भव हुन सक्दछ। यी नयाँ समस्याहरूको त्यही अभिनव समाधान हो।

Saturday, September 12, 2020

 मनोविकारको आध्यात्मिक उपचार प्रक्रिया

मनोविकारको आध्यात्मिक उपचार प्रक्रिया

    सम्पूर्ण विश्व आज मनोरोगहरूका भयङ्कर चपेटमा छ। मानौं मनोविकारको बाढी नै आएको छ। अपराध, हिंसा, आतङ्क, आत्महत्याको मूलमा रोगी मनले नै काम गरिरहेको हुन्छ। समाचारपत्रहरूको ऐनामा हे–यो भने पूरा मानवजाति एउटा विक्ष्Fिप्तताको युगमा बाँचिरहेको छ। आज विश्वको जनसङ्ख्याको एउटा हिस्सा कुनै न कुनै मनोरोगको चपेटमा छ। देश–विदेशमा भएका अनेकानेक अध्ययनहरूबाट के देखिन्छ भने शारीरिक बिमारीले पीडित लगभग एकतिहाई मानिस मानसिक रोगबाट पनि पीडित छन्, तर प्रायः यस्ता रोगीहरूको पहिचान हुँदैन।
    तनाव, चिन्ता, भय, बेचैनी, उद्विग्नता, निराशा, क्रोधजस्ता नकारात्मक भाव जीवनका अङ्ग बनिसकेका छन्। जब यस्ता नकारात्मक भावहरूले व्यवहारमा परिणत हुन्छन् अनि मनोविकारको रूप लिन्छन्। प्राथमिक अवस्थामा वैज्ञानिकहरू यसलाई न्युरोटिक स्तरको मान्दछन्। यसको निग्रह गर्नु रोगीका लागि सम्भव हुन्छ, तर यसमा अङ्कुश लगाउन सकिएन भने यसले गम्भीर रूप लिन्छ र साइकोटिक स्तरमा पुग्छ। यस्तोमा व्यक्तित्वको विखण्डन यस प्रकार हुन पुग्छ कि उसको स्वयंमाथि नियन्त्रण लगभग समाप्त हुन्छ र पागलखानामा भर्ती गर्नुपर्ने स्थिति सिर्जना हुन्छ।
    वस्तुतः व्यक्तित्वको विखण्डनको यो प्रक्रिया एकाएक घटित हुँदैन। सामान्य मनोविकार क्रमशः न्युरोटिक हुँदै साइकोटिक बन्न अग्रसर रहन्छ। यसै अनुरूप व्यक्तिको व्यवहार असामान्य हुँदै जान्छ र सामाजिक जीवन पङ्गु बन्छ। प्रतिभावान हुँदाहुँदै पनि व्यक्ति वातावरणसँग समायोजना गर्न अक्ष्Fम हुन्छ र आफ्नो प्रतिभा पूर्णरूपले अभिव्यक्त गर्न पाउँदैन। निश्चितरूपमा यस्तो बेला उसको पारिवारिक जीवन प्रभावित बन्न पुग्छ। यस्तो व्यक्ति निम्न आत्मसम्मान वा हीनता भावले ग्रसित हुन्छ र असामाजिक एवं आपराधिक गतिविधिहरूमा प्रायः यस्तै व्यक्ति संलिप्त भएका पाइन्छन्।
    मनोविकारको उपचारको सन्दर्भमा मनोचिकित्साको पूर्ण विधा विकसित भएको छ, तर त्यो प्रयास आफ्नो तमाम इमानदारीका बावजूद, मनको अधूरो समझदारीले गर्दा, समग्र समाधानबाट कोसौं टाढा छ। मनोविकारका कारण जैविक, वंशानुगत, पर्यावरणसँग सम्बन्धित हुन सक्छ, तर मुख्यरूपले बालपनका कटु स्मृति र अनुभव यसको मूलमा हुन्छ, जसलाई मनोचिकित्सक मनको गहिरो अचेतन तहमा खोज्दछन्।
    आधुनिक मनोविज्ञानको क्षेत्रमा सबभन्दा पहिले फ्रायडले यस तथ्यमा प्रकाश पारेका थिए, जसलाई उनको सबैभन्दा ठूलो देन मानिन्छ। यद्यपि महर्षि पतञ्जलिले यस तथ्यलाई हजारौं वर्ष पहिले अझ सूक्ष्म एवं सम्यकरूपमा चित्त एवं कर्म–संस्कारहरूको सिद्धान्तको माध्यमले प्रतिपादित गरिसकेका छन्। समग्र मानसिक उपचार गर्नका लागि यसको सही समझ हुनु अत्यन्त महत्वपूर्ण छ। मनोरोगहरूको उपचारका लागि मनको यस गहिरो तहसम्म पुग्नुपर्छ, अनि मात्र सही उपचार सम्भव हुन सक्छ।
    आधुनिक मनोविज्ञान मनको धरातलीय समझका कारण त्यसको सही उपचार गर्न असमर्थ छ। अहिले पनि त्यो फ्रायडवादी सोचको धङधङीबाट मुक्त हुन सकिएको छैन। आश्चर्यकोे कुरा छैन आजको मनचिकित्सा र जनमानसको सोच व्यापकरूपमा फ्रायडवादी सोचबाट प्रभावित छ। यस सोचले अचेतन मनलाई पशुवृत्तिको अँध्यारो कुना मात्र ठान्दछ र मनोविकारहरूको उपचारका लागि तिनको उन्मुक्त अभिव्यक्तिमा जोड दिन्छ। पशुवृत्तिहरूको परिमार्जन, रूपान्तरण पनि हुन सक्दछ, यो कुरा यसको समझभन्दा टाढा छ।
    दमित वासनाहरूको शमनमा यस सोचको तात्कालिक योगदान हुन सक्दछ, तर मात्र उन्मुक्त भोग, रोगको पूरा समाधान हुन सक्दैन। यसले जुन संस्कारको जन्म हुन्छ, त्यसले समस्या समाधान गर्नुको साटो झन् जटिल बनाइदिन्छ। एउटा ग्रन्थिको उपचार हुँदै गर्दा अर्को ग्रन्थि जन्मन पुग्छ र एउटा कम्प्लेक्स ठीक हुन्जेल अर्को टुसाउन थाल्छ। यो करीब त्यस्तै हो, जस्तो एलोप्याथी औषधिले एउटा रोग निको पार्दापार्दै त्यसको साइड इफेक्टले अन्य कैयौं रोग उम्रन्छ र रोगी चाहिं रोगी नै रहन्छ, अपितु झन् गम्भीर रोगहरूबाट पीडित हुन पुग्छ।
    दमित कामजस्तै दमित इच्छा र भावनाहरू मनोविकारको रूपमा व्यावहारिकस्तरमा देखा परिरहन्छन्, जसले व्यक्तित्वलाई असन्तुलित र असामान्य बनाइदिन्छ। मनको समग्र बुझाइविना यसको सही उपचार सम्भव छैन। मनको प्रवृत्ति मात्र पशुता होइन, यसको स्वरूप मानवीय र दैवीय पनि छ। मनोविज्ञानको मानवतावादी विचारधाराले मानिसको यस उज्ज्वल स्वरूपलाई स्वीकार गर्दछ। यसभन्दा अगाडि साइकोसिन्थेसिस र ट्रान्सपर्सनलजस्तो मनोविज्ञानको धाराले मानिसको आध्यात्मिक प्रकृतिलाई अहम् त मान्दछ, तर रोगी मनलाई निको पार्ने प्रभावकारी प्रविधि प्रस्तुत गर्न असमर्थ छ।
    यहाँ आध्यात्मिक मनोविज्ञान आफ्नो समग्र दृष्टि एवं अचूक उपायको आधारमा प्रभावकारी हस्तक्षेप गर्दछ। यसको स्पष्ट मत के छ भने दमित कामना, इच्छा र भावनाहरूको उपचार न यसको उन्मुक्त भोगमा छ, न दमनमा नै। दुवै साधनले विकृतिलाई अझ बढाइदिन्छन्। यिनको विवेकपूर्ण उपयोग नै उचित हुन्छ, यीबाट स्वतन्त्र–समग्र उपचार हुन सक्दैन। मनोविकारहरूको उपचारको मर्म यिनको रूपान्तरणमा निहित छ। जसरी भौतिक ऊर्जालाई नष्ट गर्न सकिंदैन, यसको रूपान्तरण मात्र गर्न सकिन्छ, त्यसैगरी मनोविकारमा निहित ऊर्जालाई नष्ट गर्न सकिन्न। यसलाई सृजनात्मक दिशा दिएर रूपान्तरित मात्र गर्न सक्नु नै सही उपाय हो।
    मनोरोगहरूको मूलमा तामसिक र राजसिक प्रवृत्तिहरू सक्रिय हुन्छन्। हामी जति तमबाट रजतिर र रजबाट सत्तिर अग्रसर हुन्छौं, मनोविकारहरूको त्यति नै शमन हुँदै जान्छ। मानिसमा दैवीय प्रकृति अभिव्यक्त हुन थाल्छ र उसको मानसिक सन्तुलन स्थापित हुन थाल्छ। अतः आध्यात्मिक उपचार अन्तर्गत तमोगुणलाई रजोगुणमा र रजोगुणलाई सतोगुणमा रूपान्तरित गरिन्छ। यहाँसम्म पुग्दा नपुग्दै मनको स्थिरता यति बन्न पुग्छ कि विखण्डित व्यक्तित्व सन्तुलित व्यक्तित्वमा परिवर्तित हुन्छ र व्यक्तिको परिवेशका साथ समायोजन स्थापित हुन्छ।
    मनोविकारहरूको शमन एवं मानसिक सन्तुलनको यो प्रक्रिया केही चरणमा सम्पन्न हुन्छ। पहिलो चरणमा ‘स्वस्थ स्व’ को विकास गरिन्छ। मनोरोगी प्रायः आफ्नो निम्न जैविक एवं मनोवैज्ञानिक प्रकृतिमा अल्झिरहन्छ। जसले गर्दा ऊ अनैतिक आचरणमा लिप्त रहन्छ। यसले उसमा इच्छाशक्ति दुर्बल र आत्मसम्मानमा कमी पाइन्छ। मनैमन ऊ हीन भावना, अपराधबोधले ग्रस्त रहन्छ, जसले उसलाई चैनले बस्न दिंदैन। अतः स्वस्थ स्वको विकास यसको पहिलो चरण हो। आफ्नो दैवीय स्वरूपको चिन्तन गर्दागर्दै अनैतिक आचरणबाट विमुख हुनेबित्तिकै ऊ माथि उठ्न थाल्छ र उसको स्वस्थ स्व विकसित हुन थाल्छ।
    अति स्वार्थ, अति महत्वाकाङ्क्षा एवं अति अहङ्कारले पनि व्यक्तिलाई लोभ, भ्रष्टाचार, शोषण, हिंसा एवं अपराधी गतिविधिमा लिप्त गराउँछ। यसबाट पनि उसले आफ्नो आत्मसम्मान गुमाउँछ। मनका ग्रन्थिहरूले व्यक्तित्वलाई विखण्डित पार्दै लान्छन्। बाहिरबाट निकै होशियार, चतुर र जबरदस्त बनेर पनि व्यक्ति भित्रबाट निकै कातर, सशङ्कित एवं अस्थिर मनःस्थितिको हुन्छ। सदाचरणको सहयोग लिएर व्यक्ति यस नारकीय अवस्थाबाट माथि उठ्न सक्छ र गुमाएको आत्मसम्मान पुनः प्राप्त गरी एउटा स्वस्थ, सन्तुलित व्यक्तित्वको स्वामी बन्न सक्दछ।
    यसपछि दोस्रो चरण प्रायश्चित विधानको हुन्छ। साँचो मनले गरिएको प्रायश्चित्त प्रभावकारी हुन्छ। केटाकेटी बेलामा, अज्ञानतामा वातावरण एवं परिस्थितिहरूको दबाबले गर्दा कैयौं प्रकारका गलती भएका हुन्छन्। यिनै बानी, संस्कार बनेर व्यक्तित्वलाई गम्भीर मनोविकारको चपेटमा पार्छन्। यिनको त्याग गरेर नयाँ जीवनको सुरुआत गर्न सकिन्छ। यसका लागि पहिले आध्यात्मिक जीवन–दृष्टिको विकास गरिन्छ।
    वास्तवमा जीवनप्रति आध्यात्मिक दृष्टिकोणको विकासले मनोविकारको जडमूल उच्छेदनलाई सुनिश्चित गर्दछ। मनोविकारहरूको गहनतमरूपमा पहिचान यसै आधारमा हुन्छ, अन्यथा मात्र व्यावहारिक, बाहिरी, धरातलीयस्तरमा तिनको पहिचान हुन सक्दैन। अतः उपचार पनि दुष्कर हुन्छ। मनोविज्ञानको आफ्नो पूर्ण इमानदारीको बावजूद यस सूक्ष्म समझको अभावमा चूक हुन्छ।

Saturday, September 5, 2020

वर्षा ऋतुमा समाहित छ जीवन–विद्याको प्रशिक्षण

वर्षा ऋतुमा समाहित छ जीवन–विद्याको प्रशिक्षण

    हाम्रा ऋषि–मनीषीहरूले प्रकृतिलाई चेतन सत्ता मानेर त्यससँग सामञ्जस्य स्थापित गर्दै जीवनयापन गर्ने सिद्धान्तमा जोड दिएका छन्। प्रकृतिसँग सद्भावपूर्ण सद्व्यवहारको पुण्य परम्पराका कारण  प्रकृतिले हाम्रालागि आमा बनेर पोषण व्यवस्था त गरेकै छ, जीवनसूत्रको दिव्य प्रेरणा पनि प्रदान गरेको छ। प्रकृतिका विभिन्न ऋतुहरू विभिन्न सूक्ष्म–प्रवाह तथा स्थूल–संसाधन लिएर आउँछन्। त्यसलाई बुझेर त्यस अनुकूल व्यवस्था बनाई हामी प्रकृतिका अनुदानहरूको श्रेष्ठ उपयोग गरेर श्री, समृद्धि र सन्तोषका अधिकारी बन्न सक्छौं।
    वर्षा ऋतु स्थूलक्रममा जलवृष्टि तथा सूक्ष्ममा पर्जन्य–उर्वरताको प्रवाह लिएर आउँछ। समझदार व्यक्तिले प्रकृतिको प्रवाहअनुरूप आफ्नो व्यवस्था मिलाएर त्यसबाट समुचित लाभ लिन्छ। जसले त्यस अनुकूल व्यवस्था मिलाउन सक्दैन, उसलाई लाभ त थोरै प्राप्त हुन्छ, समस्याको पनि सामना गर्नुपर्छ। स्थूलक्रममा पानी पर्छ। यदि छतको व्यवस्था समयमा गरिएको छैन भने पानी चुहिन्छ र घरमा चिस्यान उत्पन्न हुन्छ। यदि सडक र नालाहरूको सफाइ राम्ररी गरिएको छैन भने हिलो र घरमा पानी पस्ने समस्या झेल्नुपर्छ। यसविपरीत जसले समयमा तयारी गरेको छ, उसलाई त्यस्तो कठिनाईको सामना गर्नुपर्दैन र उसले वर्षाको आनन्द पाउँछ।
    सूक्ष्मक्रममा उर्वरता बढ्छ। समयमा जमीन तयार पारेर बीउ छरेको छ भने अन्नको लाभ हुन्छ। तर उर्वरताले बीउका साथै घाँस–पात पनि हुर्काउँछ। यस्तोमा गोडमेल गरिएन, घाँसपात उखेलेर फालिएन भने फसललाई हानि पुग्छ। प्रकृतिको उर्वरताले जहाँ रूख–बिरुवा तीव्रताले बढ्छन्, त्यहीं लामखुट्टे–झिङ्गा, भुसुनाहरूको पनि भरमार हुन्छ। सफाइमा लापरवाही भयो, अलिकति फोहर भयो कि यिनको उत्पत्तिमा तीव्रता आउन थाल्छ।
    यति मात्र होइन, आँखाले नदेखिने विषाणु–रोगाणुहरू पनि तीव्रताले हुर्कन्छन्। अलिकति बेवास्ता भयो कि शरीर रोगको प्रकोपले थला पर्छ। भनाइको तात्पर्य यो हो कि उर्वरताका वाञ्छनीय प्रभावलाई संरक्ष्Fित–प्रवद्र्धित गर्दै त्यसका अवाञ्छनीय प्रभावलाई निरस्त गर्ने व्यवस्था पनि निरन्तर गरिराख्नुपर्छ। जीवनका सबै आयाममा प्रकृतिको प्रवाहको वाञ्छित परिणाम बढाउने र अवाञ्छित परिणाम निरस्त पार्ने साधना आवश्यक हुन जान्छ।
    वर्षा ऋतुको साधनाकाल पनि कम उल्लेखनीय छैन। वर्षा ऋतुको स्थूल र सूक्ष्म, दुवै प्रवाहको सदुपयोग–सुनियोजनमा तत्परता देखाउनु जरुरी हुन्छ। स्थूलतन्त्रबारे त अधिकांश मानिस सावधान रहन्छन्, तर सूक्ष्मतन्त्रमा थोरैको ध्यान जान्छ। हाम्रा ऋषि–मनीषीद्वारा, दुवै क्षेत्रका लागि विवेकपूर्ण रीतिनीति प्रतिपादन तथा प्रयोग तरीका  निर्धारित गरिएको छ। त्यसलाई बुझेर विवेकपूर्वक व्यवहारमा प्रयुक्त गरियो भने वर्षाकालको कुप्रभावबाट जोगिएर सुप्रभावको पर्याप्त लाभ प्राप्त गर्न सकिन्छ।
    सन्त परम्परामा भनिएको छ कि सन्त श्रेणीका साधक लोक–शिक्ष्Fण तथा लोक–मङ्गलका कार्यहरूलाई गति दिन विचरण गरिरहन्थे। तिर्खाएको व्यक्ति तिर्खा मेट्न कुँवासम्म पुग्नु त ठीक छ, तर सन्त त बादलजस्तै तिर्खाएको धरतीसम्म स्वयम् पुगेर त्यसको तिर्खा मेट्ने साधना गरिरहन्छन्। रामचरित मानसमा लेखिएको पनि छ– ‘सन्त सुखी विचरंत मही’ अर्थात् सन्त प्रकृतिका मानिस धरतीमा विचरण गर्दै लोक–मङ्गलको साधना गरेर सुखको अनुभव गर्दछन्।
    सन्तजनकोे परम्परा पैदलयात्रा हो। प्राचीनकालमा वर्षा ऋतुमा पैदलयात्रा निकै कठिन हुन्थ्यो। त्यसैले वर्षायाममा यात्रा रोकेर उनीहरू कतै कल्पवास गर्दथे। एक स्थानमा बसेर विशेष तप–साधनाद्वारा शरीर–शोधन प्रयोग तथा स्वाध्याय–सत्सङ्गद्वारा मन–शोधन गर्ने प्रयोग गर्दथे। खानपानको संयमले, शरीर शोधनका यौगिक क्रियाहरूद्वारा, शरीरमा उत्पन्न हुने रोगाणु तथा विषाणुको प्रभावलाई निरस्त पार्दथे। उनको मार्गदर्शनमा सामान्य व्यक्ति पनि यस प्रकारका साधनामा लागेर लाभान्वित हुन्थे। स्वाध्याय–सत्सङ्गद्वारा मन–बुद्धि–चित्त आदि परिष्कृत गर्ने साधना–अनुष्ठान गर्ने–गराउने गरिन्थ्यो। दुवै प्रकारको प्रयोग मिलेर यस्ता कल्पसाधनालाई सार्थक बनाउँथे।
    लोक परम्परामा पनि विवाहादि आयोजनहरू रोकेर शिवार्चन, चन्द्रायणजस्ता साधनाक्रमलाई महत्व दिइन्थ्यो। वर्षा ऋतुबाट लाभ प्राप्त गर्नका लागि श्रेष्ठ विचार एवं प्रवृत्तिको बीउ विशिष्ट साधना, सत्सङ्ग आदिको माध्यमले रोप्ने परम्परा थियो। सद्विचाररूपी बीउ सत्प्रवृत्तिको रूपमा विकसित हुन्छ भने त्यसलाई सत्सङ्गको पोषण दिनु अभीष्ट हुन्छ। वर्षाकालको उर्वरताको लाभ प्राप्त गर्नका लागि यस्ता साधनाक्रम अँगाल्नु युक्तिसङ्गत हुन्छ। सन्त परम्परा र लोक परम्परा, दुवैमा देव संस्कृतिले यस्ता साधनाक्रमलाई महत्व दिएको छ।
    वर्षा ऋतुले दिव्य शिक्ष्Fण प्रदान गर्दछ। प्रकृतिको स्थूल–सूक्ष्म प्रवाहका साथ प्रकृतिमा सञ्चालित हुने विविध घटनाहरूले पनि आफ्नै ढङ्गले निकै मूल्यवान् शिक्षण प्रदान गर्दछन्। पूर्वीय चिन्तन परम्परामा प्रकृतिबाट प्रेरणा लिने विशेषता रहेको छ। भगवान् दत्तात्रेयका २४ गुरु, प्रकृतिकै घटक हुन्। उपनिषद्, संस्कृत काव्यहरूमा यस्ता असङ्ख्य प्रसङ्ग छन्।
    रामचरितमानसको किष्किन्धा काण्डमा भगवान् रामले वर्षाकालमा सहज घटित हुने घटनासँग सम्बद्ध प्रेरणाहरूको सुन्दर बोध भाइ लक्ष्मणलाई गराएका छन्। त्यसको अध्ययन गरेर  महत्वपूर्ण सूत्र हृदयङ्गम गर्न सकिन्छ।
    –बर्सने बादल धरती निकट आएर बर्सन्छन्, जसरी बुद्धिमान मानिस विद्या प्राप्त गरेपछि विनम्र बन्दछन्। बुद्धिमान् मानिस विद्या प्राप्त गरेपछि जनजनलाई त्यसबाट लाभान्वित बनाउन प्रयास गर्दछन्।
    वर्षाको पानीको आघात पर्वतले सहज सहन गर्दछ। यसै प्रकार दुष्ट व्यक्तिको कटु वचनको प्रभाव सन्त तथा सज्जन व्यक्तिमा पर्दैन। ठूला–ठूला विद्वान् विघ्नसन्तोषीहरूको व्यङ्ग्य वचनबाट आहत भएका देखिन्छन् तर जसको स्वभावमा शालीनता हुन्छ, ती त्यसबाट अप्रभावित रहेर सहज भावले लोक–मङ्गलको साधनामा लागिरहन्छन्। युग ऋषिले पनि लेखेका छन् कि कुटिल व्यक्तिको दुर्वचनको सबैभन्दा असल उत्तर हो–त्यसबाट अप्रभावित र सहज बन्नु।
    –वर्षाको पानी शुद्ध स्रावित जल हो। बादलबाट पानीको थोपा आफ्नो त्यसै शुद्धरूपमा झर्छ। भूमिको सम्पर्कमा आउने बित्तिकै त्यो फोहर हुन्छ। यसैगरी, ईश्वर अंश–जीवात्मा संसारको सम्पर्कमा आउनेबित्तिकै मायाले चपेटमा पार्छ। यदि जल स्थिर भयो भने त्यसमा मिसिएको माटो र अन्यान्य फोहर थेग्रिन्छ र जल सहज शुद्ध हुन्छ। यसै प्रकार ध्यान आदिको माध्यमले चित्तमा  स्थिरता आएपछि शुद्ध चित्तमा सहजै आत्मतत्वको बोध हुन थाल्छ।’
    –वर्षाको पानी सबै ठाउँबाट समेटिएर तलाउमा जम्मा हुन्छ। यसै प्रकार विनम्र, शालीन स्वभावका व्यक्तिमा सद्गुण सहजताले पुगिरहन्छ। गुणग्राहकताको कति सुन्दर उदाहरण वर्षाको यस घटनाले प्रस्तुत गरेको छ। सज्जन–शालीन व्यक्तिको वचन र व्यवहारमा विनम्रता हुन्छ र अर्काको सम्मान समेटेर राख्छ।
    –साना खहरे खोला थोरै पानी परे पनि उर्लिन थाल्छ। क्षुद्र मानसिकता भएका व्यक्ति यसै प्रकार थोरै सम्पदा
(धन, पद, यश) पाएर उन्मत्त व्यवहार गर्न थाल्छन्। गम्भीर प्रकृतिका व्यक्ति यस प्रकारको उपलब्धि पाएर पनि सहज बनिरहन्छन्।
    –हरियालीले भरिपूर्ण भूमिले त्यसैगरी शोभा पाउँछ, जसरी उपकारी व्यक्तिको सम्पत्ति। कन्जूस प्रकृतिका व्यक्ति आफ्नो धन लुकाएर राख्छन्। त्यो छ कि छैन त्यसको छनकसमेत पर्न दिंदैनन्। उपकारी व्यक्ति भने आफ्नो सम्पदालाई जनहितका लागि खुला गरिदिन्छन्, जसरी धरतीले आफ्नो उर्वरता र हरियालीलाई उजागर गर्दछ।
    –जसरी बाठो किसान आफ्नो खेतको गोडमेल गर्दछ, त्यसैगरी समझदार व्यक्ति आफ्नो मनोभूमिमा उम्रेको लोभ, मोह, अहङ्कारलाई सफलतापूर्वक उखेलेर फालिरहन्छ।

Saturday, August 29, 2020

 सो–ह कलाले परिपूर्ण कृष्णावतार

सो–ह कलाले परिपूर्ण कृष्णावतार

    ज्योतिषशास्त्रका अनुसार श्रीकृष्णको जन्म भदौ महीनाको कृष्णपक्ष्Fको अष्टमी तिथिमा महानिशीथकालमा वृष लग्नमा भएको थियो। त्यस बेला चन्द्रमा रोहिणी नक्षत्रमा थिए। रोहिणी नै चन्द्रमाको सर्वप्रिय नक्ष्Fत्र हो। राति ठीक १२ बजे क्षितिजमा वृष लग्न उदय भइरहेको थियो र त्यस बेला चन्द्रमा लग्नमा विराजमान थिए। पञ्चम भाव कन्यामा बुध विराजमान थिए। त्यस घडीमा छैटौं भाव तुलामा शुक्र र शनि विराजमान थिए। भाग्य भाव मकरमा मङ्गल विराजमान थिए भने लाभ स्थान मीनमा बृहस्पति स्थापित थिए। मूलतः श्रीकृष्ण चन्द्रमाप्रधान अवतार थिए, त्यसैले उनलाई कृष्णचन्द्र भनेर सम्बोधन गरिन्थ्यो तथा उनको वंशावली अनुसार पनि उनलाई चन्द्रवंशी नै भनिएको छ।
    शास्त्र अनुसार जसरी चन्द्रमाको सो–ह कला हुन्छ, जसरी महिला सो–ह शृङ्गार गरेर सम्पूर्ण बन्दछन्, त्यसैगरी भगवान् श्रीकृष्णको अवतार पनि सो–ह कलाले परिपूर्ण थियो। ब्रह्म उपनिषद्हरूका अनुसार सो–ह कलाले युक्त व्यक्ति ईश्वरतुल्य हुन्छ। चन्द्रमाको सो–ह कला हुन्छ अर्थात् सो–ह तिथि–अमृता, मानदा, पृषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीतिरङ्गा, पूर्णा, पूर्णामृता र स्वरजा। यिनैलाई प्रतिपदा, द्वितीया, एकादशी, पूर्णिमा आदि भनिन्छ। जसरी चन्द्रमाको प्रकाशको सो–ह अवस्थाबाट सो–ह शृङ्गार गर्ने चलन बस्यो, त्यसैगरी मानिसको मनको पनि सो–ह मनोदशा वर्णित गरिएको छ।
    चन्द्रमाको सो–ह कलाको अर्थ मानवीय व्यक्तित्वको समग्र बोध हो। श्रीकृष्णजस्तै प्रत्येक मानिसमा यी कला हुन्छन्, भलै ती सुषुप्तावस्थामा होऊन् अर्थात् यिनको सम्बन्ध यथार्थ ज्ञानको सो–ह अवस्था हो। शास्त्र अनुसार यी सो–ह कलाको नाम यस प्रकार छन्–अन्नमया, प्राणमया, मनोमया, विज्ञानमया, आनन्दमया, अतिशयनी, विपरिनाभिमी, सङ्क्रमिनी, प्रभवि, कुथिनी, विकासिनी, मर्यादिनी, सन्हालादिनी, आह्लादिनी, परिपूर्ण एवं स्वरूपवस्थित। चन्द्रमाका सो–ह कला वास्तवमा बौद्ध योगीका विभिन्न स्थिति हुन्। बोधको अवस्थाको आधारमा प्रतिपदादेखि पूर्णिमासम्म चन्द्रमाको प्रकाशको पन्ध्र अवस्था हुन्छ। यहाँ अमावस्या अज्ञानको र पूर्णिमा पूर्ण ज्ञानका प्रतीक हुन्।
    संसार परमात्माको हास–विलास हो। तैत्तिरि ऋषिले उपनिषद्हरूमा यसलाई हास–विलासको दिव्यलीला संदोह (दूध दुहुनु)को स्वरूपको रस घोषित गरिदिए। त्यही रसस्वरूप परमात्माको उत्सव नै रास हो। वर्षभरिको सबैभन्दा समृद्ध रात–शरद पूर्णिमालाई वाणी, व्यवहार र उत्सवलाई महानाट्यको रूपमा प्रस्तुत गर्नु नै ‘महारास’ हो। अनेक स्थानमा यो पर्व यसै रूपमा मनाइन्छ।
    शरद पूर्णिमाको रात चन्द्रमा आफ्नो सम्पूर्ण कलाका साथ उदित हुन्छन्। शेष दिन वा महीनामा पूर्णिमाको जून केही कम–बढी भइरहन्छ। आश्विन पूर्णिमाका दिन चन्द्रमा समग्र कलाका साथ विद्यमान हुन्छन्। भक्ति र प्रेमको गीत गाउने कविहरूले समवेत स्वरमा गाएका छन् कि यो राति चन्द्रमा आफ्नो सबै कलाका साथ प्रकट हुन्छन्। धरतीमा पूर्ण वैभवका साथ आउने भगवान्को पनि सो–ह कला हुन्छन्। विष्णुका दश वा सो–ह अवतारमध्ये कृष्ण मात्र सो–ह कलाले सम्पन्न छन्। यस विवरणलाई नै परमात्माको शीतल प्रकाश भनिएको होस किनकि चन्द्रमाले आफ्नो शान्त–स्निग्ध छविले सारा जगत्लाई आप्लावित गरिदिन्छन्।
    रासको स्वरूप पनि सबैले जानेका छन्। सो–हौं शताब्दीमा प्रचलित भएको यस लोकनाट्यमा, धर्मका साथ नृत्य, सङ्गीत र शृङ्गारप्रधान सख्यभावको क्रीडाको नेतृत्व कृष्णको हातमा हुन्छ। कृष्णको उपस्थिति त्यस आयोजनमा प्रतीक बनेका नृत्यकार वा नायकको रूपमा हुन्छ। रासको अन्तर्कथा यो हो कि गोपिनीहरूले एकपटक भगवान् कृष्णलाई पतिको रूपमा प्राप्त गर्ने इच्छा गरे। उनले गोपिनीहरूको यो कामना पूरा गर्ने वचन दिए। यसका लागि श्रीकृष्णले आह्वान गरेपछि शरदको रात गापिनीहरू दिव्य शृङ्गार गरेर यमुना तट पुगे।
    त्यहाँ श्रीकृष्णले रास शुरू गरे। भगवान् कृष्णले महारासको अन्तरालमा गोपिनीहरूलाई एउटा अद्भुत लीला देखाए। जति गोपिनीहरू थिए, ती सबैले आफ्नो कृष्ण पाए र दिव्य नृत्य एवं प्रेमानन्द शुरू भयो। के मान्यता छ भने आज पनि शरद पूर्णिमाका दिन श्रीकृष्ण गोपिनीहरूका साथ रास रचाउँछन्। त्यसैले शरद पूर्णिमाको दिन षोडस कलाको दृष्टिले सर्वश्रेष्ठ मानिन्छ। शरद पूर्णिमाको रात चन्द्रमा आफ्ना सो–है  कलाका साथ अभिव्यक्त हुन्छन्। यसैले शरद पूर्णिमाको आध्यात्मिक महत्व हुन्छ भनी मानिएको छ।    
    चन्द्रमालाई मनको कारक र भाव–संवेदनाहरूको अधिपति ग्रह मानिन्छ। त्यसैले यो दिन भक्त र भगवान्का बीच सम्बन्धका लागि सबैभन्दा उपयुक्त हो। वल्लभाचार्य तथा हितहरिवंश आदि महात्माहरूले जब रासलीलाको चलन चलाए, त्यस बेला यसमा राधा–कृष्णको दिव्य क्रीडाकल्लोलको नै सात्विक प्रदर्शन थियो। यसमा अध्यात्म र आनन्दको प्रधानता थियो। सूरदास तथा अष्टछापका कविहरूको पद र भजनका साथ नै सारा भक्तिका क्रियाकलाप सम्पन्न हुन्थे।
    सङ्गीत र काव्यको रस तथा आनन्दका साथ धर्मोपदेश र मनोरञ्जनको सम्पुट सन्निहित आयोजनहरूमा पात्रहरूको–कृष्ण, राधा र गोप–गोपिनीहरूका संवादहरूमा दार्शनिक गम्भीरता प्रकट हुन्थ्यो। महारासको मञ्चनले मञ्चमा अभिनय गरिरहेका तथा प्राङ्गणमा उनीहरूलाई हेरिरहेका मानिसको परिष्कार गर्ने गर्दथ्यो। यो हेरेर मानिसलाई भक्ति तथा अनुरागको बोध हुन्थ्यो।
    वर्तमान समयमा राधा–कृष्णको युगल छविको पूजा–आरतीबाट शुरू हुने रासलीलाको स्तरमा –हास आएको दोष सजिलै लगाउन सकिन्छ। यसका बावजूद यसले भावपूर्ण हृदयमा कृष्णप्रति प्रेमको सञ्चार त अवश्य नै गराउँछ। भजनको ऐश्वर्यको पराकाष्ठा त यो छ हो कि यसमा सबै वर्गका मानिस सम्मिलित होऊन् र भावपूर्ण हृदयले आराधना गरून्। रासकार्य सम्पन्न गर्नेहरूलाई रासधारी भनिन्छ।
    रासलीलामा हास्यको पुट र शृङ्गारको प्राधान्य हुन्छ। त्यसमा कृष्णको गोपी–सखीहरूका साथ अनुरागपूर्ण वृत्ताकार नृत्य हुन्छ। कहिले कृष्ण गोपिनीहरूका कार्य एवं चेष्टाहरूको अनुकरण गर्दछन् भने कहिले गोपिनीहरू कृष्णको रूप चेष्टादिको नकल गर्दछन्।
    रासलीलाको यस रूपमाथि आक्षेप गर्नेहरू अबोध, नादान र यस महारासको प्रतीकबाट अनभिज्ञ हुन्। यो भन्नु कि रासलीलाबाट अधोगामी उच्छृङ्खल प्रवृत्ति प्रोत्साहित हुन्छ–निराधार तथ्य हो। भावको उत्सर्ग, परिष्कार एवं विकास नै प्रेम हो। भावको पतन एवं पराभव नै वासना हो। जसको हृदयमा भाव पवित्र हुन्छ, तिनले नै यस महारासको आनन्द प्राप्त गर्न सक्छन्।
    यस सन्दर्भमा गाँधीजीको जीवनको एउटा उल्लेखनीय प्रसङ्ग छ। उनका कुनै अनुयायीले रासलीलाको स्वरूपमाथि आक्षेप लगाउँदै भनेका थिए कि संसारमा त्यसै प्रशस्त हास–विलास र राग–रङ्ग छन्, रासलीलाबाट त तिनको उद्दीपन मात्र हुन्छ। यस आक्षेपको प्रत्युत्तरमा गाँधीले भनेका थिए– “रासलीलाजस्तो आयोजनले नै संसारमा कृष्णप्रेमको सञ्चार सम्भव छ, अन्यथा यो संसार पूर्णरूपेण शुष्क र रसहीन हुनेछ।”
    भगवान् श्रीकृष्ण धीर–ललित नायक हुन्, जसलाई समस्त कलाको अवतार मानिन्छ। श्रीराधा उनकी अनुरञ्जक शक्तिको रूपमा देखिन्छिन्। श्रीराधा समस्त गुण र कलाहरूकी खानी, नायिका बन्दछिन्। गोप र सखीहरू भावप्रगल्भा हुन्छन्। तिनमा शोभा, विलास, माधुर्य, कान्ति, दीप्ति, विलास, विच्छित, प्रागल्भ्य, औदार्य, लीला, हाव, हेला, भाव आदि सबै अलङ्कार समाहित हुन्छ।
    यसरी के देखिन्छ भने श्रीकृष्ण जन्माष्टमी भगवान् कृष्णको आविर्भावको प्रतीक हो। भगवान् सबै कलाका स्वरूप हुन्। जन्माष्टमीले धरतीमा महाभावरूपी प्रेमको सञ्चार गर्दछ। प्रेमले आप्लावित हृदय भगवान् कृष्णको पावन मन्दिर हो। हृदय मन्दिरलाई पवित्र पावन पारेर मात्र यस उत्सवलाई सार्थक रूप प्रदान गर्न सकिन्छ। यस्तो गर्नका लागि भगवान् श्रीकृष्णको जीवनबाट यो सन्देश ग्रहण गर्नु आवश्यक छ, जसले हाम्रो जीवनका समस्त सम्भावना एउटा कलाको रूपमा चम्कन सकोस्। यसैमा मनुष्य जीवन एवं विश्वको समस्त समस्याको समाधान निहित छ।

फरक समाचार

Find us