Sunday, January 31, 2021

मधेस विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा साह

प्रस, जनकपुरधाम, १८ माघ/
    प्रदेश २ सरकार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेवल साह नियुक्त भएका छन् । त्यसैगरी, प्रतिष्ठानको रजिस्टारमा डा विनोद यादव र रेक्टरमा डा अङ्कुर साहलाई नियुक्त गरिएको छ ।
    प्रदेश सरकारले नियुक्त गरेको प्रतिष्ठानका पदाधिकारीहरूलाई आइतवार मुख्यमन्त्री लालबाबूराउत गद्दीले नियुक्तिपत्र प्रदान गरेका हुन् । सो अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गद्दीले विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको योजना भएकोले यसको उन्नति र प्रगतिमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जाहेर गरे । नवनियुक्त पदाधिकारीको लागि अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए ।
    प्रादेशिक अस्पताल जनकपुरलाई मुख्यालय बनाएर प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us