प्रस, सेढवा, १६ माघ/
पर्सा जिल्लाका चारवटा गाउँपालिकाले मात्र दिवाखाजा सञ्चालनमा ल्याएका छन्।
लकडाउनको छैटौं महीनापछि सञ्चालनमा आएका सामुदायिक विद्यालयहरूमा बाल विकासदेखि कक्षा ५ सम्मका लागि दिवाखाजाको व्यवस्था गरिएको भएपनि अहिलेसम्म ११ वटा पालिकामा दिवाखाजा सञ्चालनमा आएको छैन।
ठोरी, धोबिनी, छिपहरमाई र कालिकामाई गाउँपालिकामा मात्र दिवाखाजा सञ्चालनमा छ। दिवाखाजा सञ्चालनमा ल्याएको ठोरी गापाले माघको दोस्रो सातासम्म दिवाखाजाको रकम नपठाउँदा समस्या भएको नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष्F अमृत श्रेष्ठले बताए। उनले विद्यालयको खर्चमा दिवाखाजा खुवाउँदै आएको र गापाले रकम पठाउन ढिला गरेको बताए।
गापामा लेखापालको दरबन्दी नरहेको र अन्य कार्यालयबाट लेखापाल खटाएर काम गर्नुपर्दा आर्थिक कारोबारमा कठिनाइ भएकोले दिवाखाजाको रकम पठाउन ढिला भएको सफाइ दिए।
सखुवाप्रसौनी गापाका अध्यक्ष प्रदीप जैसवालले सामुदायिक विद्यालयका प्रअहरूबाट दिवाखाजाको माग नभएकोले रकम पठाउन ढिला भएको बताए। उनले लकडाउनपछि सञ्चालित सामुदायिक विद्यालयहरूमा टिफिनपछि कक्षा सञ्चालन नभएकाले प्रअहरूले दिवाखाजाको लागि प्रयास नगरेको बताए।

0 comments: