Saturday, January 30, 2021

वीरगंजमा दोस्रो मेयर कप रनिङ प्रतियोगिता शुरू


प्रस, वीरगंज, १७ माघ/
    दोस्रो मेयर कप रनिङ प्रतियोगिता वीरगंजको आदर्शनगरमा शनिवारदेखि शुरू भएको छ।
    पचासवटा सामुदायिक तथा निजी विद्यालय सहभागी रहेको सो प्रतियोगिताको प्रदेश २ का अर्थमन्त्री विजय यादवले उद्घाटन गरेका थिए। नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्ष्Fतामा प्रतियोगिता शुरू भएको थियो। प्रतियोगिताको मार्चपासमा निजी विद्यालयका जिएचपी मावि प्रथम, सामुदायिक विद्यालयका श्रीपुर मावि द्वितीय र निजी विद्यालयका साउथ जोन मावि तृतीय भएका थिए।
    प्रतियोगितामा २५ वटाभन्दा बढी खेल समावेश गरिएको छ। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी, जसपाका अध्यक्ष रामनरेश यादव, जिसस पर्साका सभापति नेकमहम्मद मियाँलगायतको सहभागिता थियो।



SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us