प्रस, वीरगंज, १६ माघ/
वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सत्यतथ्य समाचार प्रकाशित गरेर जनतालाई सुसूचित गर्न आग्रह गरेका छन्।
शुक्रवारदेखि प्रकाशित कालिका टाइम्स दैनिकको विमोचन गर्दै नगरप्रमुख सरावगीले गलत समाचार सम्प्रेषण गर्ने प्रवृत्तिमा अङ्कुश लगाएर पत्रकारहरूले सत्यतथ्य समाचार प्रकाशित गरी जनतालाई सही दिशानिर्देश दिन आग्रह गरे। भ्रम सृजना गर्ने समाचारबाट पत्रकारिताको मूल्य–मान्यता घटिरहेकाले यसबारे पत्रकार स्वयम् सचेत हुनुपर्ने सुझाव दिए।
पत्रिकाका निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिसस पर्साका सभापति नेक महम्मद अन्सारी, नेकाका जिल्ला सचिव श्याम पटेल, एमालेका रहबर अन्सारी, जगरनाथपुर गापा अध्यक्ष जालीम मियाँ, सखुवाप्रसौनीका गापा अध्यक्ष प्रदीप जैसवाल, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछाने, प्रेस सेन्टर पर्साका नीरज पिठाकोठे मगर, प्रेस फोरमका अध्यक्ष आरके पटेल, जसपाका तबरेज अहमदलगायतले मन्तव्य व्यक्त गरेका थिए।

0 comments: