प्रस, वीरगंज, १८ माघ/
ग्यालेक्सी युथ क्लबको आयोजना र वीरगंज महानगरपालिका वडा नं २४ वडा कार्यालयको सहयोगमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । आइतवार रामगढवामा आयोजित कार्यक्रममा ५० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष राजेशकुमार पटेलले जानकारी गराएका छन् ।
शिव प्राथमिक विद्यालयमा आयोजित कार्यक्रममा वडाका अतिविपन्न तथा दलित बालबालिकालाई कार्यक्रमका प्रमुख अतिथि तथा सो वडाका अध्यक्ष दशरथराउत कुर्मीले स्कूल ब्याग, कापी, कलमलगायतका सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा स्वागत क्लबका कोषाध्यक्ष अमित पटेलले र सहजीकरण क्लबका सचिव साजन पटेलले गरेका थिए ।
0 comments: