Saturday, January 30, 2021

जनमत पार्टी पर्साको पोखरियामा भेला



प्रस, पोखरिया, १७ माघ/
    जनमत पार्टी पर्साको पोखरियामा भेला सम्पन्न भएको छ। चन्दन यादवको अध्यक्ष्Fतामा भएको भेलाका केन्द्रीय सदस्य अब्दुल खाँले नेपालका राजनीतिज्ञहरू अनपढ, अशिक्षित भएकाले अहिलेको राजनीतिक अस्थिरता सृजना भएको आरोप लगाए। उनले मधेसवादी दलहरू सत्तासीन भएपछि मधेसी हकअधिकारलाई बिर्सेको आरोप लगाए।
    कार्यक्रममा पर्साका अध्यक्ष्F सन्तोष साह, बाराका अध्यक्ष सुरेश साह, सुजीत रौनियार, अनीता रौनियार, सुजीत चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us