Sunday, January 31, 2021

अधिकारकर्मीले बालविवाह रोके

प्रस, सर्लाही, १८ माघ/
     सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा बालविवाह हुन लागेको थाहा पाएपछि अधिकारकर्मीहरू पुगेर बालविवाह रोकेका छन् । ईश्वरपुर–७ का प्रेमनाथ महतोकी १४ वर्षीया छोरीको विवाह हुन लागेको थियो ।
    जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका पदाधिकारीले बालविवाह हुनबाट रोकेका हुन् । १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थाहा पाएपछि आपूmहरू त्यहाँ पुगेर अभिभावकलाई सम्झाइबुझाइ गर्नुका साथै कानूनी कुराबारे जानकारी गराएर विवाह रोकेको सो संस्थाकी संयोजक रमा कानुले बताएकी छन् ।
    ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलिरहेको प्रदेशमा नै बालविवाहबारे अझै नागरिक सचेत नहुनु दुःखद भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन् ।
    बालिकाको घरपरिवारको स्थिति नाजुक रहेको कारण अभिभावकले छोरीको विवाह गरिदिन लागेको तर बालिकाले भने विवाह गर्न अस्वीकार गर्दै पढ्ने इच्छा व्यक्त गरेको सहसंयोजक पन्तले बताइन् ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us