Friday, January 29, 2021

वीरगंजमा पनि शहीद दिवस मनाइयो

प्रस, वीरगंज, १६ माघ/
शहीद दिवसको उपलक्ष्यमा नेपाली काङ्ग्रेस पर्सासँग आबद्ध विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले शहीद थीरबम मल्ल र तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरेको छ।

नारायणी अस्पतालस्थित थीरबम मल्लको सालिकमा माल्यार्पण गरेर मोटरसाइकल –यालीसहित गण्डकस्थित शहीद अमात्यको सालिकमा माल्यार्पण गरिएको थियो। मञ्च पर्साका अध्यक्ष हरेन्द्रप्रसाद यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, अनिल रूँगटा, नेकाका स्थानीय नेताहरू विजय कर्ण, उत्तमा प्याकुरेल, मनोज यादव, किरण सरकार, रामनारायण कुर्मी, प्रेमचन्द्र दुबे, दिना गुप्ता, श्याम पटेल, रोशन लामिछाने, वैकुण्ठ श्रीवास्तव, महमद सहाबुद्दीन, दशरथ पटेल, मनोज राउत कुर्मी, समसाद अलि, सन्तोष गुप्ता, बाबुनन्द पटेललगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण धीरज गुप्ताले गरेका थिए।
सो अवसरमा गुप्ताले आफ्नो हजुरबुबा प्रजातन्त्र सेनानी हरिहर साहको स्मृतिमा प्रत्येक वर्ष दुईजना पत्रकारलाई रु ११ हजार राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us