Saturday, January 30, 2021

आहा रारा गोल्डकप चैत १७ देखि


कास्की, १७ माघ/रासस
    मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप पूmटबल प्रतियोगिताको १९औं संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ।
    आयोजक सहारा क्लबले शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल पूmटबल सङ्घ
(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समयतालिका प्राप्त भएकाले तयारी शुरू गरिएको जनाएको छ।
    “खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौं” भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, “ए” डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए।
    कोरोना भाइरस महामारी र राष्ट्रिय पूmटबल टोली विश्वकप पूmटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको बताइन्छ। यसअघि क्लबले पुस/माघमा प्रतियोगिता गर्दै आएको थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us