प्रस, पोखरिया, १६ माघ/
छिपहरमाई गाउँपालिकाको आयोजनामा शुक्रवार भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
रक्तदान कार्यक्रममा केन्द्रका प्राविधिक जीतेन्द्र साहले प्राविधिक सहयोग पु–याएका थिए।
यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गापा अध्यक्ष मनोज गुप्ताले रगतको अभाव हुन नदिन गापाले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए। रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले मानवीय सेवामा गापाले संलग्नता देखाएको बताए।

0 comments: