Sunday, January 31, 2021

चीसोको कारण चारवटा गापाका विद्यालयमा बिदा

प्रस, सेढवा, १८ माघ/
    शीतलहरसँगै चीसो बढेपछि पर्सा जिल्लाका चारवटा पालिकाले माघ २० गते मङ्गलवारसम्म सामुदायिक विद्यालय तीन दिनको लागि बन्द गरेका छन् ।
    ठोरी, पटेर्वासगौली, धोबिनी, छिपहरमाई गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरू आइतवारदेखि मङ्गलवारसम्मको लागि बन्द गरिएको हो । विद्यालय बन्द गरेसँगै आइतवार दिउँसो घाम लागेको छ । यसअघि पनि पर्सा जिल्लामा चीसोको कारण बन्द गरिएको दिन घाम लाग्दै आएको थियो । यही कारण जिल्लाका अन्य पालिकामा शीतलहरसँगै चीसो बढे पनि विद्यालय बन्द गरिएको छैन । यसअघि तीन दिन पर्सा जिल्लाका सबै पालिकाले विद्यालय बन्द गर्दा घाम लागेको थियो ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us