Saturday, January 30, 2021

विद्यार्थीलाई स्टडी मोटिभेशन


प्रस, वीरगंज, १७ माघ/
    वीरगंज मेघा कलेजको व्यवस्थापन तथा कानून सङ्कायको प्रथम वर्षका विद्यार्थीहरूलाई ‘स्टडी मोटिभेशन फर एक्जाम’ विषयक एक दिने प्रशिक्ष्Fण  नगर सभागृहमा सम्पन्न भयो। कलेजका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश धर्मराज र न्यायाधीश विष्णु अर्यालले संयुक्तरूपमा उद्घाटन गरेका थिए।
    कार्यक्रममा कलेजका प्रिन्सिपल दीपेन्द्र साह कानु, बार एशोसिएशन पर्साका अध्यक्ष ओमप्रकाश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए। सहभागी विद्यार्थीहरूलाई सन्तोष कर्ण र बलराम श्रेष्ठले प्रशिक्षण दिएका थिए। कार्यक्रम चन्द्रिका पटेलको सहजीकरणमा भएको थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us