Friday, January 29, 2021

अपराध न्यूनीकरणबारे अन्तक्र्रिया

प्रस, वीरगंज, १६ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराको सभाहलमा सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुरले अपराध नियन्त्रण तथा न्यूनीकरणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रिया गरेको छ।

कार्यक्रममा बारा जिल्लाका १६ वटै स्थानीय तहका उपप्रमुख, कानूनी सल्लाहकार, जिल्ला न्यायाधिवक्ताको कार्यालयलगायत स्थानीय समाजसेवी, बुद्धिजीवीहरूको सहभागिता थियो। अन्तक्र्रियामा सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रहरी वरिष्ठ उपरीक्ष्Fक किशोरकुमार दाहालले बारा जिल्लामा अपराध न्यूनीकरण तथा नियन्त्रणको लागि सरोकारवालाहरूको आवश्यकता रहेको बताए। उनले समाजमा हुने विकृतिविरुद्ध सबैको सहकार्य भएको खण्डमा प्रहरीले अपराध नियन्त्रणमा सफलता पाउन सक्ने दाबी गरे।
अन्तक्र्रियापछि प्रवउ दाहालले जिप्रका बारामा रहेको अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, उजूरी छानबिन शाखाको निरीक्ष्Fण गरी निर्देशन दिएका थिए। कार्यक्रममा बारा प्रहरी उपरीक्षक दीपेन्द्र शाही, जिल्ला न्यायाधिवक्ता महेन्द्रबहादुर थापालगायतको सहभागिता थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us