प्रस, सप्तरी, १८ माघ/
सप्तरीका बालप्रतिभाहरूलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ । राजविराजको तेरापन्थ भवनमा आयोजित कार्यक्रममा सर्वश्रेष्ठ बालिका घोषित भएकी तृप्ति चौडरिया, सर्वश्रेष्ठ बालक घोषित केशव सुराना साथै प्रतिभावान् बालिका मोहिता छाजेडलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
सो अवसरमा बितेको वार्षिक परीक्ष्Fामा कक्षा १ र २ मा उत्कृष्ट अङ्क हासिल गरेका बालबालिकाहरूलाई पुरस्कार प्रदान गरिएको थियो । ज्ञानशालामा निश्शुल्क अध्यापन गराउने शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यक्रममा तेरापन्थसभाका पूर्वअध्यक्ष रायचन्द्र दुगडले बालबालिकामा विनम्रता, सहनशीलता, आदर र सेवाभावको संस्कार बीजारोपण गर्न ज्ञानशालाले महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । ज्येष्ठ नागरिक सङ्घका प्रदेश नं २ अध्यक्ष शङ्कर शारदाले जीवन जिउने कला र ज्ञान सिकाउने ज्ञानशालाबाट भावी पिंढीलाई सुरक्षित बनाउन सकिने विचार व्यक्त गरे । त्यसैगरी इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बालबालिकालाई असल जीवन पद्धतितर्पm उन्मुख गराउँदै सफल मनुष्य बनाउन सार्थक प्रयास भइरहेको भन्दै प्रशंसा गरेका थिए ।
ज्ञानशालामा जैन धर्मावलम्बी बालबालिकालाई जैन जीवनशैलीको प्राथमिक जानकारी दिई आध्यात्मिक, धार्मिक, सामाजिक, नैतिक, सांस्कृतिक मूल्यमान्यताबाट परिचित गराउँदै असल संस्कार सिकाइन्छ । ज्ञानशाला पाठशालाका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित समारोहमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास, ज्ञानशालाकी मुख्य प्रशिक्षिका कमला भन्साली, संयोजक सुशीलादेवी छाजेड, तेरापन्थ महिला मण्डलकी अध्यक्ष नीलम कुचेरिया, सुनिला गोल्छा, पूनम झालगायतले मन्तव्य व्यक्त गरेका
थिए । सो अवसरमा ज्ञानशालाका बालबालिकाले गीत, कविता, मुक्तक, चित्र, वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
0 comments: