३२ जना सिए दीक्षित
प्रस, वीरगंज, १८ माघ/
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औं वार्षिकोत्सव तथा तेस्रो दीक्ष्Fान्त समारोह सम्पन्न भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा शनिवार वार्षिकोत्सव तथा दीक्ष्Fान्त समारोह सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्टबाट जनताले ठूलो अपेक्ष्Fा राखेको बताए। उनले सो अपेक्ष्Fा पूरा गर्न आइक्यान र सिएहरूले खेलेको भूमिकाको प्रशंसा गरे। मन्त्री पौडेलले लेखा प्रणाली र लेखापरीक्ष्Fण देशको विकाससँग सम्बन्धित विषय भएको बताउँदै लेखापरीक्ष्Fण माध्यमबाट सुशासन सुदृढ हुने दाबी गरे। उनले देश विकास, समृद्धि र सुशासनका लागि सबै सिएलाई आफ्नो क्ष्Fेत्रबाट प्रभावकारी काम गर्न सुझाए।
समारोहमा ३२ जना सिए प्रमुख अतिथि पौडेलबाट दीक्षित भएका थिए।

0 comments: