Saturday, January 30, 2021

बज्जिका साहित्य गोष्ठी आयोजित


प्रस, गरुडा, १७ माघ/
    बज्जिका साहित्य सङ्गम रौतहटको नियमित मासिक साहित्य गोष्ठी फेरि शुरू भएको छ। सङ्गमको नयाँ कार्यसमिति चयन भएपछि नियमित मासिक साहित्य गोष्ठी शुरू गरेको हो।
    गत असोजमा सङ्गमले नयाँ नेतृत्व पाएको थियो। हरेक महीना नियमित साहित्य गोष्ठी गर्दै आएको सङ्गमले विभिन्न प्राविधिक कामहरू गर्दै माघ महीनादेखि नियमित साहित्य गोष्ठी शुरू गरेको हो। सङ्गमको ४१औं साहित्य गोष्ठी पर्यटकीय पूर्वाधार निर्माणाधीन गुजरा नगरपालिकाको चोंचास्थित फन पार्कमा शनिवार सम्पन्न भएको छ।
    सङ्गम अध्यक्ष किशुनदयाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरू सञ्जय मित्र, विश्वनाथ सञ्जेल, किशुनदयाल यादव श्रीकृष्ण, रेणु गुप्ता,  केदार यादव, राजेन्द्रप्रसाद साह, हिमांशु गुप्ता, आलोक अधिकारीलगायतले विभिन्न विधाका सिर्जना वाचन गरेका थिए।
    रौतहटको स्थानीय भाषाको रूपमा रहेको बज्जिका भाषाका साहित्यकारहरूको एकमात्र ठूलो संस्था साहित्य सङ्गम रहेको भएपनि अत्यधिक चीसोको कारण सहभागितामा केही कमी आएको अध्यक्ष किशुनदयाल यादवले जानकारी गराए। फागुन महीनाको कार्यक्रम जिल्लाको कुनै ऐतिहासिक स्थानमा गरिने जानकारी दिइएको छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us