नरेश यादव, पर्सागढी, १६ पुस/
पर्सागढी नगरपालिकामा अहिले कुखुराको कारण झैंझगडाका घटना वृद्धि भएको छ। नगरपालिकाका प्रायः सबै वडामा मानिसहरूले लोकल र लोहाटन कुखुरा पालन गर्दै आएका छन्। उनीहरूले कुखुरापालन गरे पनि सोको व्यवस्थापन नगर्दा झगडाका घटना बढेको हो।
सातामा एक/दुई वटा कुखुराकै विषयलाई लिएर झगडा हुने र पञ्चायती गर्नुपर्ने उनले बताए। पर्सागढी नगरपालिकामा पछिल्लो समयमा लोकल र लोहाटन कुखुराको माग बढेको छ।
अहिले लोहाटन र लोकल कुखुरा जिउँदो रु ५ सयदेखि ८ सयसम्ममा बिक्री हुने गर्छ। लोकल कुखुरासरह लोहाटन कुखुराको मूल्य भएपछि अहिले धेरैले लोहाटन पालिरहेका छन्। तौल बढी हुने र मूल्य लोकल कुखुरासरह पाइने हुनाले पर्सागढीलगायत ग्रामीण क्षेत्रमा लोहाटन कुखुरा पाल्ने क्रम बढेको छ।

0 comments: