प्रस, वीरगंज, १४ पुस/
नेकपा प्रदेश २ का अध्यक्ष ओली समूहका सत्यनारायण मण्डलले संसद् विघटन बाध्यात्मक अवस्थामा भएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा बुधवार वीरगंजमा हुने अगुवा कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता मण्डलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन रहरले नगरेको बताए। उनले पार्टीभित्रको आन्तरिक कलह चुलिएपछि बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपरेको प्रस्ट्याए।
पुस १५ गते वीरगंज नगर सभागृहमा हुने अगुवा कार्यकर्ता भेलामा आफ्नो समूहका ७ सयभन्दा बढी अगुवा कार्यकर्ताहरू सहभागी हुने उनले दाबी गरे।
नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सञ्जीव मिश्रले गरेका थिए। पत्रकार सम्मेलनमा ओली समूहका केन्द्रीय सदस्य राजकुमार गुप्ता, बसरुद्दीन अन्सारी, डा विश्वम्भर शर्मा, निर्मला देवकोटा, तेजप्रकाश निषाद्, महम्मद निजाम, विकाश रौनियारलगायतको सहभागिता थियो।

0 comments: