प्रस, वीरगंज, १४ पुस/
वीरगंज महानगरपालिका वडा नं ३ स्थित दुईवटा उद्योगमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारी नक्कली उत्पादन बरामद गरेको छ।
वडा नं ३ स्थित शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त नेतृत्वको प्रहरी टोलीले मङ्गलवार साँझ छापा मारेको हो।
उद्योगबाट नक्कली उत्पादनका साथै नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरूसमेत बरामद गरिएको छ।
प्रहरीले उद्योगलाई सिल गरेको छ। बरामद सामग्रीहरू परीक्षणको लागि प्रयोगशाला पठाउने प्रउ पन्तले बताइन्।

0 comments: