प्रस, वीरगंज, १६ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगर–३ छपकैयास्थित शिवशक्ति रिप्याकिङ तथा त्रिदेव रिप्याकिड्ढा सञ्चालकद्वयमाथि कालोबजारी ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। सञ्चालकद्वय दीपक वर्णवाल र चन्द्रशेखर वर्णवालमाथि मुद्दा दर्ता गरी पाँच दिन थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन्।
छापामारीको क्रममा प्रहरीले घटनास्थलबाट बीस लाख मूल्यभन्दा बढीको दुई ट्रक नक्कली तिलको तेल, कागजपत्र, स्टिकर, तेल भर्ने मेशिनलगायत बरामद गरेको थियो। सोयाबिन तेललाई नक्कली तिलको तेल बनाउँदै उपभोक्ता ठगी गर्ने सञ्चालकद्वय वर्णवाललाई बचाउन केही राजनीतिक दलका नेताहरू सक्रिय रहेको प्रहरी स्रोतले जनाएको छ।

0 comments: