प्रमोद यादव/ओमप्रकाश चौधरी, १५ पुस/
पर्सा जिल्लाका गहुँ र सुर्ती खेती गरेका किसानहरूलाई आवश्यक मल अहिले सहजरूपमा प्राप्त भइरहेको छ। साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीबाट सहकारीहरूले सहजरूपमा मल पाएपछि किसानहरूले पनि सोहीअनुरूप मल प्राप्त गरिरहेका छन्।
सखुवाप्रसौनी गाउँपालिका–४ देउरवाना निवासी किसान सफिकुल अन्सारीले मल सहजरूपमा प्राप्त भइरहेको बताए। मारुती नन्दन सहकारी संस्था सेढवाका अध्यक्ष सत्यनारायण साहले साल्ट टे«डिङबाट सातामा ८०/८० बोरा युरिया, डिएपी, पोटास र कृषि सामग्री कम्पनीबाट १२०/१२० बोरा युरिया, डिएपी, पोटास सहकारीहरूले पाइरहेको बताए।
कृषि सामग्री कम्पनी वीरगंजका प्रवक्ता गोकुल केसीले कम्पनीमा पर्याप्त मल सञ्चित रहेको बताए। उनले १६ सय मेट्रिक टन युरिया, १३ सय मेट्रिक टन डिएपी र २७ सय मेट्रिक टन पोटास सञ्चित रहेको बताए। प्रवक्ता केसीले प्रतिसहकारी साप्ताहिकरूपमा १२०/१२० बोरा युरिया, पोटास, डिएपी वितरण भइरहेको जानकारी गराए।
यसैगरी, साल्ट टे«डिङ कम्पनी वीरगंज कार्यालयका आमोद लामिछानेले १४ जिल्लामा साल्ट टे«डिङले मल आपूर्ति गर्दै आइरहेकोमा ती जिल्लामा अहिले मलको सहज आपूर्ति भइरहेको बताए। आफ्नो क्ष्Fेत्र अन्तर्गतका १४ वटै जिल्लामा मलको अभाव नभएको उनको दाबी छ। साल्ट टे«डिङमा १ लाख ५० हजार बोरा युरिया, डिएपी र ३० हजार बोरा पोटास सञ्चित छ।

0 comments: