प्रस, वीरगंज, १३ पुस/
वीरगंज महानगरको विपी उद्यानमा स्थानीय खुद्रा व्यापारी र नगरप्रहरीबीच सोमवार दिउँसो झडप भएको छ।
विपी उद्यानमा रहेका खुद्रा व्यापारीहरूलाई हटाउने क्रममा नगरप्रहरीले उनीहरूको सामान खोसेर लान खोज्दा दुवै पक्षबीच झडप भएको हो।
खाली जग्गामा आफूहरूले व्यापार गरेको र महानगरले हटाउन निर्देशन दिए सहजै हट्ने उनीहरूले बताए। विवादको क्रममा खुद्रा व्यापारीहरूले नगरप्रहरीले आफूहरूलाई लुट्दै आएको दोषारोपण लगाए। नगरप्रहरी प्रमुख हरि भुसालले विपी उद्यानमा माटो पुर्ने र पर्खालले घेर्ने काम भएकोले महानगरले सो क्षेत्र खाली गर्न निर्देशन दिएकोले आफूहरूले सोको पालना गरेको बताए। विपी उद्यानमा रहेको दलित बस्तीलाई हिजो महानगरले डोजर लगाएर खाली गराएको थियो तर आज खुद्रा व्यापारीहरूलाई भने नगर प्रहरीले बल प्रयोग गरेर पनि हटाउन सकेन।

0 comments: