Wednesday, December 30, 2020

सडक निर्माणमा ढिलाइ भएपछि जीतपुरमा तीन घण्टा चक्काजाम

प्रस, जीतपुर, १५ पुस/
वीरगंज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बुधवार जीतपुर बजारमा स्थानीयवासीले तीन घण्टा चक्काजाम गरेका थिए।
व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत वीरगंज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै सरोकारवालालाई दबाब दिन तीन घण्टा चक्काजाम गरिएको अगुवा सुनीलकुमार गुप्ताले बताए।

६ लेन सडक सीमाभित्र पर्ने जीतपुर बजारका भौतिक संरचना, पक्की घर, भवन भत्काएर वर्षौंदेखि अलपत्र पारेपछि बजार विस्थापित हुने अवस्था देखिएको छ। सडक निर्माण कार्य सम्पन्न नगरे व्यापारिक योजनाको कार्यालय, जीतपुरसिमरा उपमहानगर–७ को वडा कार्यालय र जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घमा तालाबन्दी गर्ने गुप्ताले बताए।
सो योजनाको भौतिक निर्माण प्रगति सरदर ७० प्रतिशत छ भने सूर्य नेपाल सिमरादेखि सैनिक क्याम्प जीतपुरसम्मको भौतिक सडक निर्माण प्रगति ४६ प्रतिशत मात्र छ।
निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाई गर्ने तयारी भइरहेको वीरगंज–पथलैया ६ लेन सडक निर्माण कार्यालय पथलैयाका सूचना अधिकृत सपतलाल दासले बताए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us