Thursday, December 31, 2020

आन्तरिक राजस्व पर्साले ५ महीनामा २ अर्ब १७ करोड असुल्यो

प्रस, परवानीपुर, १६ पुस/
आन्तरिक राजस्व कार्यालय, पर्साले चालू आवको पछिल्लो ५ महीनामा लक्ष्य भेटाउन सकेको छैन। कार्यालयले लक्ष्यभन्दा ६४ करोड कम राजस्व असुलेको सूचना अधिकारी तथा कर अधिकृत हृदयनारायण महतोले जानकारी गराए।
कार्यालयले पछिल्लो ५ महीना अर्थात् साउनदेखि मङ्सिरसम्म रु २ अर्ब ८१ करोड ९६ लाख लक्ष्य पाएकोमा ७७.२५ प्रतिशत अर्थात् रु २ अर्ब १७ करोड ५२ लाख असुलेको छ।
आयकरतर्फ रु ३९ करोड ९७ लाख १४ हजार लक्ष्य पाएकोमा १६.२४ प्रतिशत बढी अर्थात् रु ४६ करोड ४६ लाख १३ लाख, मूअकतर्फ रु ५१ करोड ९० लाख ६७ लाख लक्ष्य पाएकोमा ५४.२१ प्रतिशत बढी अर्थात् रु ८० करोड ४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ रु १ अर्ब ८७ करोड ६९ लाख १७ हजार लक्ष्य पाएकोमा ४७.१५ प्रतिशत मात्र असुलेको छ।
अन्तःशुल्क शीर्षकमा पछिल्लो ५ महीनामा रु ८८ करोड ४९ लाख ७५ हजार मात्र असुली भएको छ।
त्यसैगरी, गत आवमा पछिल्लो ५ महीनामा रु २ अर्ब ४८ करोड ३७ लाख ४० हजार राजस्व असुली भएको थियो। कार्यालयले रु ३ अर्ब १६ करोड ९९ लाख ८२ हजार लक्ष्य पाएकोमा ७८.३९ प्रतिशत राजस्व असुली भएको छ। आयकरतर्फ रु ५१ करोड ४९ लाख ५१ हजार लक्ष्य पाएकोमा रु ५९ करोड २१ लाख १९ हजार, मूअकतर्फ रु ५७ करोड ३३ लाख ५८ हजार लक्ष्य पाएकोमा रु ८१ करोड ६२ लाख ६२ हजार असुली भएको थियो भने अन्तःशुल्कतर्फ रु २ अर्ब ४ करोड ८२ लाख १५ हजार लक्ष्य पाएकोमा रु १ अर्ब ५ करोड २४ लाख ६४ हजार असुली भएको थियो। अन्तःशुल्कमा पोहोर पनि ५१.३८ प्रतिशत मात्र राजस्व असुली भएको थियो।
पर्सा जिल्लामा सातवटा मदिरा उद्योगमध्ये एउटा मात्र हिमालयन डिस्टिलरी सञ्चालनमा रहेकोले अन्तःशुल्कतर्फको राजस्व असुलीमा निकै कमी आएको हो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us