प्रस, वीरगंज, १६ पुस/
नेपाल–भारतको सीमा क्षेत्रमा रहेको नेपाल–इन्डो अस्पतालको अनुमतिपत्रमा त्रुटि फेला परेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
वीरगंज महानगरपालिकाबाट आँखा उपचार केन्द्र सञ्चालनका लागि ११ शøयाको अनुमति लिएको देखिन्छ तर महानगरको स्वास्थ्य महाशाखाले पूर्वाधारविना २५ शøयाको पोलिक्लिनिक सञ्चालन गर्न अनुमति कसरी दिएको भन्ने विषयमा अनुसन्धान शुरू भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।
पर्याप्त स्वास्थ्य उपकरणको अभाव तथा अदक्ष जनशक्तिका बीच केन्द्रलाई पोलिक्लिनिक सञ्चालनको अनुमति दिइएकोले स्वास्थ्य महाशाखाका कर्मचारीहरूमाथि जिल्ला प्रशासन कार्यालय, पर्साले अनुसन्धान शुरू गरेको प्रजिअ तामाड्ढो भनाइ छ। प्रजिअ तामाड्ढा अनुसार आँखा उपचार केन्द्रलाई पोलिक्लिनिक सञ्चालनको लागि अनुमति दिंदा आवश्यक पूर्वाधारलाई कैफियतमा उल्लेख गरी अनुमति दिएको देखिन्छ।
यतिमात्र होइन, सो अस्पतालले राजस्वसमेत चोरी गरेको पाइएको छ। हस्तलिखित बिल काट्ने, पैसा लिंदा बिरामीलाई रसीदमा रकम कम उल्लेख गर्ने विषयमा आन्तरिक राजस्व कार्यालय, वीरगंजले अनुसन्धान गरिरहेको छ। अस्पतालविरुद्ध उजूरी परेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सहायक प्रजिअ भीमकान्त पौडेलको नेतृत्वमा गत मङ्सिर १९ गते अस्पतालमा छापा मारेको थियो।
छापामारीको क्रममा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई नियुक्तिपत्र नदिएको, अदक्ष कमर्चारीहरूलाई काममा लगाएको, ल्याबमा प्राविधिकले नभई अन्य व्यक्तिले परीक्षण गर्ने गरेको, फार्मेसीमा अदक्ष व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको थियो। सो क्रममा आवश्यक कागजात हेर्दा सामान्य उपचारमा पनि बढी रकम लिएको पाइएको थियो।

0 comments: