प्रस, वीरगंज, १४ मङ्सिर/
पर्सा र
बाराका १६ जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको
प्रयोगशालामा ९६ जनाको स्वाब नमूना परीक्ष्Fण गर्दा पर्साका ११ र बाराका ५
जना गरी १६ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका
प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
सङ्क्रमित
हुने पर्साका ११ जनामा तीनजना महिला छन्। वीरगंज महानगरपालिका वडा नं ५ का
दुईजना, वडा नं १९, १५, २१ का १/१ जना र एकजनाको वडा खुल्न सकेको छैन।
यसैगरी, कालिकामाई गाउँपालिका–२ र ठोरी गापा–२ का १/१ जना र जीराभवानी
गापा–३ का दुईजना छन् भने एकजनाको ठेगाना खुलेको छैन।
0 comments: