Monday, November 30, 2020

७ लाखको मोटरपाट्र्स बरामद

प्रस, पंचगावाँ, १५ मङ्सिर/
सशस्त्र प्रहरीले ७ लाख मूल्य बराबरको भन्सार छलीका मोटरपाट्र्स बरामद गरेको छ। वीरगंज महानगर–२६ सुगौलीबिर्ताबाट भुसा लोड गरेको ट्याक्टर चेकजाँच गर्दा सोभित्र लुकाएको मोटरपाट्र्स बरामद भएको सशस्त्र प्रहरी १३ नं. गण वीरगंजले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्ष्Fक ईश्वर अधिकारीले भुसा लोड गरेको ट्याक्टरको टेलरभित्र सो परिमाणको मोटरपाट्र्स बरामद भएको र आवश्यक कारबाईको लागि वीरगंज भन्सार पठाइएको बताए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us