Monday, November 30, 2020

अफीमसहित दुईजना कारोबारी पक्राउ

प्रस, परवानीपुर, १५ मङ्सिर/
बाराबाट अवैध लागू औषध अफीमसहित दुर्ईजना कारोबारी पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगंजको पूर्व सूचनाका आधारमा जितपुरसिमरा–१६ बस्ने दुर्गाबहादुर मोक्तान र रविबहादुर सिञ्जाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनीहरूको साथबाट २ किलो ७ सय ग्राम अफीम बरामद भएको प्रहरीले जनाएको छ।
लागू औषध नियन्त्रण ब्युरो वीरगंज शाखाका प्रहरी नायब निरीक्षक तुलाप्रसाद पुडासैनी र इलाका प्रहरी कार्यालय, कोल्हवीको संयुक्त टोलीले कोल्हवी नगरपालिका–६ परसौना बजारमा चेकजाँचको क्रममा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार ती दुवैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अफीम फेला परेको थियो।
बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा अनुसन्धान गर्न ६ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ। बाराको उत्तरी चुरे क्षेत्र र मकवानपुरमा गोप्य रूपमा अफीम खेती हुने गरेको र उत्पादन भारत पठाइने गरेको प्रहरी स्रोतले जनाएको छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us