Monday, November 30, 2020

८ लाख दिनदहाडै लुटियो

प्रस, वीरगंज, १५ मङ्सिर/
वीरगंज बजारबाट दिनदहाडै आठ लाख नगद लुटिएको छ। वीरगंज, लिंकरोडस्थित माछापुच्छ«े बैंक शाखा नजीकैबाट वीरगंज माईस्थानका व्यवसायी कृष्णप्रसाद साहको ८ लाख रुपियाँ मोटरसाइकलमा आएका दुर्ईजना अपरिचितले लुटेका हुन्।
जिल्ला प्रहरी कार्यालय, पर्साको अनुसार व्यवसायी साहका स्टाफ कुन्दन पटेलले बैंकमा जम्मा गर्न लगेको रकमको  झोला थुतेर लुटेराहरू नगद लिई फरार भएको बताएको छ। आइतवार बिहान साढे ११ बजे लुटेराले पैसा लुटेर भागेको बताइएको छ। लुटेरा तथा मोटरसाइकलको नम्बर खुल्न नसकेको जनाइएको छ।
प्रहरीले सिसिटिभि क्यामेराबाट हेर्दा पैसा लुट्ने घटनामा पैसा धनीका स्टाफको मिलोमतो भएकोले उसलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराइन्।
व्यवसायी साहका स्टाफहरूकै सेटिङमा हुन्डीको पैसा लुटिएको हुन सक्ने प्रहरीको आशङ्का छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us