Tuesday, September 29, 2020

भन्सार छलीको सामान बरामद

प्रस, रौतहट, १३ असोज/
    ईशनाथ नगरपालिका–२ औरैयाबाट भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको रु ५ लाख ४६ हजार मूल्य बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ।  
    सुर्ती १०९ किलो, कपडा र मोबाइलमा प्रयोग हुने विभिन्न सामान सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको टोलीले बरामद गरेको हो।
    पक्राउ परेका सामान आवश्यक कारबाईको लागि भन्सार चलान गरेको सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए। उक्त सामान आज दिउँसो बरामद गरिएको सशस्त्र प्रउ ओलीले बताए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us