Wednesday, September 30, 2020

एकजना महिलासहित २३ जनाद्वारा रक्तदान


प्रस, सिम्रौनगढ, १४ असोज/
    युवा विद्यार्थी सङ्घर्ष समिति प्रदेश २ ले कङ्काली माविमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २३ जनाले रक्तदान गरेका थिए।
    रक्तदान कार्यक्रममा शान्ति देवी, साजन कर्ण, नवीनकुमार चौधरी, शेख मुतिम, अजित कुमार, सन्तोष कुशवाहा, शनि गुप्ता, अरविन्द यादव, चन्दन जायसवाल, कुन्दन जायसवाल, राकेश कुशवाहा, कर्ण कुशवाहा, रवि मेहता, गुड्डु कुशवाहालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उपमन्त्री साबिर अहमद एराज, कार्यालय प्रमुख उदयराज शर्मा, प्राविधिक धीरेन्द्र झाले सहयोग गरेका थिए।
    रक्तदान कार्यक्रमको उद्घाटन विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष शनि गुप्ताले गरेका थिए। कार्यक्रममा डा अजयकुमार, रञ्जीत कुशवाहा, सुनील कुशवाहालगायतको उपस्थिति थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us