Monday, September 7, 2020

धानबालीमा विभिन्न रोगको प्रकोप



प्रस, पोखरिया, २२ भदौ/
    बजियानका किसानहरू पनि धानमा बेक्टोरियल लिफ ब्लाइट, सित ब्लाइट, पातको डढुवा (सरनवा) ब्लास्ट रोगको समस्याबाट ग्रसित छन्।
    पकाहामैनपुर, कालिकामाई,   छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका किसानहरू धानमा लाग्ने यी रोगहरूबाट आक्रान्त भएको पकाहामैनपुर गापा, धोरे निवासी किसान मनोज मेहताले बताए। उनले पात सुक्ने, रातो, पहेंलो, खैरो धर्को पातमा देखिने गरेको बताए।
    अर्का किसान सोही गापाका सुर्जाहा निवासी वीरेन्द्र चौहानले पनि आफूहरू धानमा लाग्ने रोगबाट चिन्तित भएको र उत्पादन घट्ने चिन्ताले सताएको बताए। पकाहामैनपुर गापाको कृषि शाखाका प्राविधिक हरिनारायण चौरसियाले उपचार गरिएको बीउको प्रयोग नगरेको र रासायनिक मल धानबालीमा आवश्यकता अनुसार नदिएकोले यस्तो रोग निम्तिएको बताए। उनले रोग लागेको धानमा टुप्पोबाट पात सुक्ने, पहेंलो, खैरो धर्को पातमा देखिने जस्ता समस्याहरू किसानहरूले सुनाएको बताए। यो रोगको लागि खेतमा जमेको पानी हटाइ सुक्खा पारेर फाइटोमाइसिन औषधि ५ ग्राम १५ लिटर पानीमा मिसाएर एक कट्ठा खेतमा छर्नुपर्ने बताए।
    यसैगरी, टाटा कन्टस, कपर हाइड्रोसाइड, मेलिगनलगायतका औषधिहरू पनि यो रोगविरुद्ध प्रयोग गर्न सकिने उनले सुझाव दिएका छन्। प्राविधिक चौरसियाले गत वर्षभन्दा यस वर्ष धानखेती बढी भएको र रोग पनि बढी देखिएको बताएका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us