Wednesday, September 30, 2020

प्रहरीलाई स्वास्थ्य सामग्री वितरण


प्रस, वीरगंज, १४ असोज/
    पावरहाउस चोकमा रहेको दृष्टि आँखा अस्पतालले बुधवार एक कार्यक्रमको आयोजना गरी वडा प्रहरी कार्यालय, श्रीपुरलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।
    कोरोनाबाट जोगिनको लागि अस्पतालका अध्यक्ष विश्वराज गौतमले वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्ष्Fक दीपककुमार साहलाई इम्युनिटी पावर बढाउने औषधि, मास्क, सेनिटाइजर वितरण गरेको अस्पतालले जनाएको छ।
    कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर हरि शर्मा, वडाध्यक्ष तूफान अन्सारी, वीरगंज युवा समाजका कमल चौगाईं तथा दृष्टि विशेषज्ञ डा मुकेश यादवको उपस्थिति थियो।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us